Thursday, December 27, 2018

बुढानीलकण्ठको पुनर्स्थापना केन्द्रमा प्रहरी छापा, ५१ युवतीको उद्दार

https://www.onlinekhabar.com/2018/12/730248
बुढानीलकण्ठको पुनर्स्थापना केन्द्रमा प्रहरी छापा, ५१ युवतीको उद्दार

१२ पुस, काठमाडौं । प्रहरीले बुठानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ कृपाघर पनि भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर उनीहरुलाई उद्दार गरिएको हो ।
केन्द्रबाट दुई युवती भागेर टेकुस्थित काठमाडौं प्रहरी परिसरसम्म पुगेपछि त्यहाँ अमानवीय व्यवहार हुने गरेको खुलेको थियो । सोही आधारमा परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर युवतीहरुको उद्दार गरेको हो ।
बोगटीका अनुसार रिह्याबका दुई सञ्चालक र दुई जना कामदारलाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्ने सञ्चालकमा सन्तोष गौचन र श्रुति गुरुङ छन् । कामदारको नाम भने खुलाइएको छैन ।
उद्दार गरिएकाहरुमा १२ देखि ६० वर्षसम्मका युवतीहरु छन् । एक जना रसियन नागरिक पनि छन् ।
उनीहरुमध्ये २० जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी २९ जनालाई माइती नेपालको आश्रयस्थलमा राखिएको छ । स्रोतका अनुसार उक्त रिह्याबको एउटै कोठामा २५ जनासम्मलाई राखेर शारीरिक र मानसिक यातना दिइने गरिएको थियो ।
त्यहाँ यौन दुर्व्यवहार पनि भएको हुनसक्ने आशंका गरिएपछि पुष्टि नभएको प्रहरी बताउँछ ।
यसअघि २० मंसिरमा प्रहरीले सुकेधारामा रहेको ट्रान्सफरमेशन नेपाल नामक रिह्याबमा पनि छापा मारेको थियो । जसलाई गृहमन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले योग्य भएको प्रमाणीकरण गरेको थियो ।

३ सय विद्युतीय बस किन्ने सरकारको तयारी

http://www.newsofnepal.com/2018/12/28/169037/
३ सय विद्युतीय बस किन्ने सरकारको तयारी

Share to Google+

मनोज रेग्मी, काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकाका लागि ३ सय विद्युतीय बस खरीद गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो।
यस्तै पछिल्लो मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरू दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ।
यस्तै बैठकले अमेरिकासँग पर्यटकीय भिसा पारस्परिक गर्ने प्रस्ताव अनुमोदन गरेको छ। नयाँ व्यवस्थाअनुसार पर्यटक भिसामा नेपाल आउने अमेरिकी नागरिकलाई बहुप्रवेशी पाँचवर्षे भिसा प्रदान गरिने प्रवक्ता बाँस्कोटाले बताउनुभयो।
९० दिनभन्दा बढी बस्न चाहेमा दिनको २ डलर थप बुझाउनुपर्ने नियम रहेको छ। अमेरिकाले भने नेपालीलाई १ सय ६० डलरमा ५ वर्षको बहुप्रवेशी भिसा प्रदान गर्दै आएको छ।
पाँचवर्षे भिसामा १ सय ८० दिन नेपाल बस्न पाइनेछ भने बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १ सय ६० अमेरिकी डलर बुझाउनुपर्नेछ। हालको व्यवस्थाअनुसार नेपालमा पर्यटकका रूपमा आउने अमेरिकी नागरिकले भिसा शुल्कबापत १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि सय डलर भिसा शुल्क तिर्ने व्यवस्था छ।
९० दिनभन्दा बढी बस्न चाहेमा दिनको २ डलर थप बुझाउनुपर्ने नियम रहेको छ। अमेरिकाले भने नेपालीलाई १ सय ६० डलरमा ५ वर्षको बहुप्रवेशी भिसा प्रदान गर्दै आएको छ।
सरकारको नयाँ निर्णयअनुसार अब दुई देशबीच भिसा शुल्क बराबरी भएको छ। मन्त्रिपरिषद्ले पारित गरेको व्यवस्था सन् २०१९ जनवरी १ देखि कार्यान्वयनमा आउनेछ। सरकारले नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क २ सय अमेरिकी डलर हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ।
बैठकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गतका कार्यालयलाई थप अधिकार दिनेगरी राजपत्रमा सूचना प्रकाशन गर्न अनुमति दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने अधिकार कार्यालयलाई दिइएको हो। कार्यालयहरूले विज्ञापन गरे–नगरेको नियमित अनुगमन गरी सत्यतथ्य बुझ्न पनि पाउनेछन्।
कार्यालयहरूले तोकिएको संख्या नबढ्ने गरी श्रम स्वीकृतिको निस्साका लागि निवेदन लिने र विभागबाट प्राप्त भएअनुसार स्वीकृति दिन सक्नेछन्। त्यतिमात्र नभई सरकारले कार्यालयहरूलाई इजाजत प्राप्त कार्यालयको नियमित अनुगमन तथा निरीक्षण गर्ने अधिकार पनि दिएको छ।
यसैगरी वैदेशिक रोगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ का निश्चित दफा र नियममा उल्लेख भएका व्यवस्थाहरू पालना भए नभएको अनुगमन पनि गर्नसक्ने अधिकार दिएको छ।

बोनस ऐन, २०३० को संशोधन प्रस्ताव : कम्पनी र श्रमिक डुबाउने, सरकारी खाता मोटाउने

http://www.abhiyan.com.np/?p=304885
बोनस ऐन, २०३० को संशोधन प्रस्ताव : कम्पनी र श्रमिक डुबाउने, सरकारी खाता मोटाउने
काठमाडौं । श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ल्याएपछि सरकारले अहिले बोनस ऐन, २०३० लाई संशोधन गर्न बनेको विधेयकको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको छ ।
सरकारले पुस ९ गते यो ऐन संशोधनका लागि संसद्मा दर्ता गराएपछि उक्त विधेयकका प्रावधानलाई लिएर उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, श्रमिक र ट्रेड युनियनहरूसमेतले विरोध गर्न थालेका छन् । उनीहरूले यो संशोधन जस्ताको त्यस्तै पारित भए उद्योगी, बैंकर र श्रमिक सबैले एकैसाथ आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
बोनस ऐन, २०३० मा कुनै पनि कम्पनीले प्राप्त गरेको मुनाफाको १० प्रतिशत रकम बोनसका रूपमा छुट्याउनु पर्ने व्यवस्था छ । उक्त रकमबाट कम्पनीका श्रमिक वा कर्मचारीले तलब स्केलका आधारमा नगद लाभांशका रूपमा बोनस रकम पाउँदै आएका छन् ।
यसअनुसार न्यूनतम पारिश्रमिक लागू हुनुअघि कुनै कम्पनीमा ५ हजार मासिक तलब थाप्दै आएको श्रमिकले ६ महीनाको, ५ देखि १५ हजार तलब पाउनेले ४ महीनाको र १५ हजारभन्दा बढी तलब पाउनेले ३ महीनाको तलबबराबरको बोनस पाउँदै आएका थिए । श्रम ऐनले न्यूनतम पारिश्रमिक १३ हजार ४५० तोकेपछि अहिले सबै श्रमिकले ३ महीनाबराबरको तलब बोनसका रूपमा पाउँछन् ।
यसरी कम्पनीले आफ्ना श्रमिकलाई बोनस दिएर बाँकी रहेको रकममध्ये ३० प्रतिशत सरकारले स्थापना गरेको राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जाने प्रावधान थियो । अहिले यस्तो रकम सामाजिक सुरक्षा कोषमा जाने गरेको छ ।
बाँकी रहेको ७० प्रतिशत रकम कम्पनीभित्र रहने प्रतिष्ठानका कर्मचारीको हकहितका लागि व्यवस्था गर्न बनाइएको कल्याणकारी कोषमा जम्मा हुँदै आएको थियो । यो कोषबाट कम्पनीमा कार्यरत कर्मचारीलाई विभिन्न शीर्षकमा काजकिरिया, जन्म, मरण, विवाह, शिक्षा, दुर्घटना, औषधोपचार, आकस्मिक खर्च, परिवारका सदस्यको औषधोपचार लगायत शीर्षकमा उपलब्ध गराइँदै आएको थियो ।
तर, सरकारले बोनस ऐन २०३० को संशोधन प्रस्तावमा कल्याणकारी कोषमा जाने ३० प्रतिशतसहित प्रतिष्ठानमा रहने भनेको बाँकी ७० प्रतिशत रकम पनि सरकारी कोषमा जम्मा गर्नुपर्ने बाध्यकारी नियम ल्याएको छ । यसको उद्योगी व्यवसायीदेखि श्रमिक वर्गसम्मले विरोध गरेका छन् ।
देशकै एउटा ठूलो कम्पनीका प्रतिनिधिको भनाइमा १० प्रतिशत बापतको बोनस रकममध्ये २ देखि ३ प्रतिशतमात्रै रकम कर्मचारीको बोनसमा खर्च हुन्छ । बाँकी ८ प्रतिशत हाराहारी रकम सरकारी खातामा जाँदा करसहित तिर्नुपर्ने रकम ठूलो हुन्छ । तर, सरकारले योगदानमा आधारित भएर मात्र श्रमिकलाई सरकारी प्रक्रिया पुगेको खण्डमा सीमित रकम तोकेर दिन्छ ।
कम्पनीहरूले दिँदा यस्तो रकम तत्काल निर्णय गरेर आवश्यकताका आधारमा धेरै रकम दिन्छन् । तर, यो बाटो बन्द गरिदिएपछि त्यसको असर कम्पनी र श्रमिकबीच फाटो आउने उनीहरूको भनाइ छ । यसले नेपालमा उद्योग खोल्न चाहने स्वदेशी÷विदेशी लगानीकर्ता नआउने र भएकै कम्पनीहरूको समेत आगामी वर्षदेखिको मुनाफा घट्ने दाबी गरिएको छ । यसको सीधा असर कम्पनीलाई मात्र नभएर श्रमिक वर्गमा समेत पर्नेछ ।
यो विधेयक पारित भएमा उद्योगी र श्रमिकबीच वैमनश्य कायम भई देशमा उद्योग सञ्चालन गर्ने अवस्था नै नरहने देशकै एक प्रमुख उद्योगका प्रतिनिधिले बताए । ‘सरकारको यो प्रस्तावपछि कम्पनीले श्रमिकका लागि गठन गरिएको प्रतिष्ठान स्तरको कोषमा रकम जम्मा नहुने भएकाले बोनसबाहेक कम्पनीले आप्mना श्रमिकलाई एक पैसा पनि दिन सक्ने अवस्था आउँदैन,’ उनले भने, ‘बोनसबाहेक पनि अहिले पाउँदै आएको कम्पनीका तर्पmबाट आउने रकम नपाउने भएपछि श्रमिक वर्गले आन्दोलन गर्ने, उद्योगी र श्रमिकबीच वैमनश्य आउने र कम्पनीहरूको कार्य प्रगतिमै असर पर्ने भएकाले यो प्रस्तावको हामी ठाडै अस्वीकार गर्छौं ।’
केही वर्षदेखि कम्पनी सञ्चालक र श्रमिकबीच सुधिँ्रदै गएको सम्बन्ध यो विधेयक पास भएमा बिग्रिने बैंक तथा वित्तीय संस्थाका संचालकहरूले पनि बताएका छन् । बैंक तथा वित्तीय संस्था र ठूला कम्पनीहरूले आकर्षक बोनसको साथमा आप्mना कर्मचारीलाई सेवा सुविधा पनि उत्कृष्ट दिँदै आएका छन् ।
यसैको आशमा कर्मचारीले समेत आफ्नो तहबाट दिलो ज्यान दिएर काम गर्ने र उद्योगहरू पनि फस्टाउने गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (उद्योग/वाणिज्यतर्फ) किशोरकुमार प्रधानले बताए ।
‘बोनस ऐनको प्रस्तावित प्रावधानले कर्मचारीको बोनस र अन्य सुविधामा कटौती हुने भएपछि काम गर्न मन नगर्ने र त्यसको सीधा असर कम्पनीको मुनाफा, सञ्चालन र सञ्चालक श्रमिकबीचको सम्बन्धमा पर्ने छ,’ उनले भने, ‘सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याएको छ, जसमा सरकारको एक पैसा पनि खर्च हुँदैन, कम्पनी र श्रमिकको पैसाले चलेको कोषबाट श्रमिकले पाउने भनेको रकम तत्काल पाउन सक्दैनन्, त्यसैले प्रतिष्ठानमा रहने कोषको रकम सरकारी खातामा जम्मा गर्ने प्रावधान गलत छ ।’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष एवम् अधिवक्ता रमेश बडालले सरकारले प्रस्ताव गरेको ऐन गलत भएको बताए ।
यो ऐनको मस्यौदा ढंग नपुगेको व्यक्तिले गरेको जस्तो देखिन्छ, यसको असर ठूला कम्पनीहरूको आगामी आर्थिक वर्षको मुनाफामा देखिने भन्दै बडालले भने, ‘आफूले काम गर्ने कम्पनीले बोनस र अन्य सुविधा दिन छोडेपछि कम्पनी सञ्चालक र श्रमिकबीच फाटो आउँछ, मुनाफाको लोभले गर्ने काम श्रमिकले छाडिदिन्छन्, जसका कारण सिँगो देशको औद्योगिक र लगानीको वातावरण बिग्रिन पुग्छ ।’
यो ऐनको संशोधन प्रस्ताव श्रम मन्त्रालयले गर्नुपर्नेमा अर्थ मन्त्रालयले हस्तक्षेप गरी आफै गरेको बताइएको छ । यसको एकमात्र उद्देश्य सरकारी खातामा पैसा जम्मा पार्ने मात्र रहेको बताइन्छ । जानकारहरूका अनुसार श्रम मन्त्रालयले मस्यौदा गरेको संशोधन प्रस्ताव उचित रहेकाले सोही प्रस्ताव संसद्मा लैजानुपर्ने सम्बन्धित क्षेत्रका व्यक्तिले बताएका छन् ।


Tuesday, December 25, 2018

भुइँकटहर

सम्भावनायुक्त फलफूल - भुइँकटहर !!!
========================
भुइँकटहरलाई उष्ण फल भनिए तापनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ । यसलाई समुन्द्री सतहदेखि १५०० मिटरको उचाइसम्ममा खेती गर्न सकिन्छ । २१–२३ सेल्सियस तापक्रम यसको लागि उत्तम मानिन्छ । तर पनि १५.५ देखि ३२.५ सेल्यिससम्मको तापक्रममा यसको खेती सफलताका साथ गर्न सकिन्छ । तुषारो नपर्ने तर मन्द चिसो रात भएमा फलको गुणस्तर राम्रो हुन्छ । भुइँकटहरले अलिअलि छायाँ मन पराउँदछ । तर घाम नै नपर्ने ठाउँमा भने उत्पादन हुँदैन । पातका कोषिकामा पानी जम्मा गरेर राख्न सक्ने क्षमता भएको हुँदा यो फलले गर्मी सुक्खा हावापानी पनि सहन्छ । ५१ देखि ५०० से.मि. सम्म वार्षिक पानी पर्ने ठाउँँमा यसको खेती सफलताका साथ गर्न सकिन्छ ।
रोपेको ३० महिनामा मात्र भुइँकटहर खान योग्य हुन्छ। हाल नेपालमा यसको व्यावसायिक खेती गर्ने किसान अत्यन्त कम छन्।'इथरेल' नामक औषधि प् प्रयोगबाट भुइँकटहरको बिरुवा रोपेको १६ महिनामा फल खानयोग्य हुन्छ। भा र त , वेष्टइण्डिज, ब्राजिल, स्पेन आदि देशमा पनि यही औषधिको प्रयोग गरी वर्षैभरि भुइँकटहर उत्पादन भइरहेको छ |
फलफूल थोक बजार बल्खुमा भुइँकटहरको सिजन सुरु भएयता दैनिक औसत ५ टन भन्दा बढी भुइँकटहर खपत हुने गरेको छ। बजारमा नेपालमा उपादित भुइँकटहरले मात्र बजार थेग्न नसक्दा ७० प्रतिशत भन्दा बढी भुइँकटहर भारतबाट खपत गर्नुपरेको छ |
नेपालको पूर्वी तराईबाट केहि मात्रामा भुइँकटहर खपत हुने गरे पनि अन्य क्षेत्रबाट भने खासै भुइँकटहर बजारमा आउदैन । सिजन सुरु भएसँगै विशेषत भारतको सिलगुढीबाट यसको आयात गरिने गरेको व्यवसायीहरु बताउँछन्।
नेपालमा उत्पादित भुइँकटहरको आकार भन्दा भारतबाट आउने भुइँकटहरको आकार ठूलो हुन्छ। बजारमा १ किलो देखि ३ किलो सम्मको भुइँकटहर आउँछ। यसरी आउने भुइँकटहरमा पनि ग्राहकले ठूलो आकारको नै मन पराउने हुँदा भारतीय भुइँकटहरले नै बजार लिने गरेको छ। अहिले सामान्यत बजारमा भूइँकटहरको प्रजाति र गुणस्तर हेरी प्रतिकिलो ७० देखि ९० रुपैयाँसम्ममा कारोबार भईरहेको छ। येदि हामीले ठुलो प्रजातिको भुइँकटहरकोखेति सो खेति संगै केरा खेति ठाउँ ठाउमा गर्ने हो भने मुनाफा धेरै लिन सकिन्छ | तेस्तै हाल हामीले उपदान गर्ने समय अबधि लामो हुने र येदि इथरेल' नामक औषधि प्रयोग गरि खेति गर्ने हो भने भुइँकटहरको बिरुवा रोपेको १६ महिनामा फल निकाल्न सकिन्छ | भुइँकटहर लाई प्लास्टिक मल्चिंग गरि खेति गर्न सके झारपात समेत नआउने र उत्पादन मा समेत बृदी गर्न सकिन्छ |तर नेपालमा प्रबिधि पूर्ण र ब्यबसायिक हिसाबले भुइँकटहरको खेति गरेको पाइदैन यता तिर पनि सोच्ने हो कि ?
१. बेर्ना छनोट :
बेर्न छनोट गर्दा कसरि गर्ने पुरानो तरिका अनुसार :
प्रायः किसानहरुले नया बेर्ना रोप्दा फलको टुप्पातिर रहेको बेर्ना (crown) रोपेको पाईन्छ, किनभने यो यस्तो मूल्यमा पाईन्छ । तर व्यावसायिक खेती गर्ने किसानले चाहिँ यस्तो बेर्ना नरोपी फलको फेदतिरबाट पलाएका बेर्ना (slip) वा पुरानो भूईकटहरको बिरुवाको साईडबाट पलाएका बेर्ना (sucker) लाई रोप्नुपर्छ ।
नया तरिका : यो तरिका मा भुइँ कटहर को बिरुलाई तन्तु प्रजनन बिधि बाट उत्पादन गरिएको त्यसमा पनि राम्रो जात को बिरुवा लगाउन सकिन्छ | हाल नेपालमा विश्व मा प्रचलित जात MD -२ जात को तन्तु प्रजनन को बिरुवा समेत पाइन्छ | यस किसिमको बिरुवा बाट राम्रो आम्दानी र बजार समेत लिन सकिन्छ | तर हाल नेपालमा ब्यबसायिक रुपमा भुइँ कटहर खेति त्यसमा पनि तन्तु बिरुवा बाट गरिएको पाइदैन |
२. एकैपटक फूल नफुल्ने समस्या:
व्यावसायिक भूईकटहर खेती गर्ने किसानहरुले भोगिरहेका समस्याहरु मध्ये फूलहरु एकैपटक नफुल्ने प्रमुख हो, जसले गर्दा फलहरु एकै समयमा नपाकी टिपाईमा धेरै श्रम खेर गैइरहेको छ । यसको लागि मङ्सिर महिनामा ५ मि.लि. इथिलिन + ५लि. पानी +२०० ग्राम युरिया मिसाई बनाएको झोल प्रती बोट ५० मि.लि. को दरले बिरुवाको मुटुमा हाल्नुपर्छ । यसरी उपचार गरेपछी फाल्गुनमा ९९% बिरुवाहरुमा फूल फुल्छन ।
- राजेन्द्र देवकोटा -बिज्ञ कृषि
==================================KRD==================
Unsaturated gases like ethylene and acetylene in the form of smoke cause early flowering in pineapple. This can be achieved by applying acetylene saturated water or calcium carbide in the heart of the plant. About 50ml ethrel solution 10 ppm conc. in combination with 2% urea and 0.04% sodium carbonate can bring forth flowering. NAA@25 ppm also induces flowering.

To delay harvest by a few days (10 - 15 days), 300 ppm Planofix may be sprayed on the fruit just 60 to 70 days ahead of harvest. To ripen the fruit earlier by about 10 - 15 days, 500 ppm of ethrel may be sprayed on the fruit about one month before normal harvest. Staggering of harvesting almost throughout the year is possible by the following means i. using different planting materials.

ii. planting suckers and slips at regular intervals from July-December and 

 iii. applying flower inducing chemicals at desired time as stated above
  =========================KRD====================

Applying Calcium Carbide to Induce Flowering in Pineapple 

 Figure 2: Pineapple seven weeks after calcium carbide application. Residue appears on the flower and leaves. Slight leaf burning is evident on leaves which seven weeks previously were part of the whorl. Photo by Brian Hilton

 Figure 2: Pineapple seven weeks after calcium carbide application. Residue appears on the flower and leaves. Slight leaf burning is evident on leaves which seven weeks previously were part of the whorl. Photo by Brian Hilton

=====================

http://prsvkm.kau.in/book/flower-induction

दक्ष/अदक्ष सबै नेपालीलाई जापानमा काम गर्ने अवसर, यस्तो छ जापानले ल्याएको भिषासम्बन्धी नयाँ नियम

http://www.abhiyan.com.np/?p=304145
दक्ष/अदक्ष सबै नेपालीलाई जापानमा काम गर्ने अवसर, यस्तो छ जापानले ल्याएको भिषासम्बन्धी नयाँ नियम
दक्ष/अदक्ष सबै नेपालीलाई जापानमा काम गर्ने अवसर, यस्तो छ जापानले ल्याएको भिषासम्बन्धी नयाँ नियम
The following two tabs change content below.
पुस १०, काठमाडौं । ठूलो संख्यामा विदेशी अदक्ष (ब्लु–कलर) कामदार ल्याउने तयारी गरिरहेको जापानले भिषा नीतिसम्बन्धी निर्देशिका पारित गरेको छ । मंगलवार त्यहाँको मन्त्री परिषद्ले नयाँ भिषामार्पmत देशमा आउने कामदारहरुलाई सघाउने र उनीहरुको जीवन सहज बनाउने खालको नीतिगत उपायहरुको समष्टिगत प्याकेज नै पारित गरेको हो ।
१ सय २६ ओटा योजना भएको यो प्याकेज यसै महीना संशोधन गरिएको आप्रवासी नियन्त्रण कानूनको सहायक भएको भन्दै स्थानीय दैनिक पत्रिका जापान टाइम्सले मंगलवार समाचार छापेको छ ।
यसमा जापानी, अंग्रेजी, चिनियाँ, नेपाली लगायत ११ भाषा बोल्नेहरुलाई सजिलो होस भनेर १ सय परामर्श केन्द्र स्थापना लगायत योजनाहरु छन् । देशभित्र आएका कामदारहरु मुख्य शहरी क्षेत्रहरुमा मात्रै अत्यधिक रुपमा एकीकृत नहुन भनेर आवश्यक उपाय पनि अपनाइएको छ । केन्द्र सरकारले आप्रवासी कामदारहरुको शोषण गर्ने ब्रोकरहरुको गतिविधि रोक्न कठोर स्क्रिनिङ प्रक्रियाहरु पनि ल्याउने वाचा गरेको छ । गैर–जापानीहरुको लागि जापानी भाषामा शिक्षा कार्यक्रम ल्याउन ६० करोड येन पनि छुट्टयाउँदै छ ।
संशोधित आप्रवासन कानून अन्तर्गत जापानले निश्चित खालका सीप र विज्ञता भएका अदक्ष विदेशी कामदारलाई वर्किङ भिषा उपलब्ध गराउँदैछ । आगामी वर्षको अप्रिलदेखि शुरु हुने यो भिषा कार्यक्रम अन्तर्गत आउँदो पाँच वर्ष भित्र नर्सिङ सेवा, कृषि, माछा पालन, खाद्य प्रशोधन र खाद्य सेवालगायत श्रमिक अभाव चरम भएका १४ औद्योगिक क्षेत्रमा करीब ३ लाख ४५ हजार विदेशी काम ल्याइनेछ । यस भिषा कार्यक्रममा चीन, इण्डोनेशिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामी कामदारहरुलाई समावेश गरिएको छ ।
यस अघि पनि नेपाललगायत अन्य देशहरुबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लगिने व्यवस्था थियो । तर, यसरी जाने प्रशिक्षार्थीहरुले काम वा रोजगार दाता फेर्न नपाउने भएकोले थोरै पैसाका लागि अप्ठ्यारो स्थितिमा पनि काम गर्न बाध्य हुन्थे । नयाँ भिषा कार्यक्रम अन्तर्गत जापान सरकारले विदेशमा जापानी भाषासम्बन्धी शिक्षामा ३ अर्ब ४० करोड येन खर्च गर्ने योजना बनाएको छ । नयाँ भिषा कार्यक्रम अन्तर्गत १८ वर्ष वा सो भन्दा माथिका विदेशी कामदारहरुले आवेदन दिने पाउनेछन् । यसमा २ खालको आवासीय भिषाको व्यवस्था छ ।
पहिलो खालको भिषाका लागि अदक्ष कामका लागि जानेले मात्रै आवेदन दिन पाउनेछन् । यो भिषा पाँच वर्षको लागि मात्रै हुनेछ । यसमा जापान जाने व्यक्तिले आप्mनो परिवारका सदस्यहरुलाई साथमा लान पाउने छैनन् । यिनीहरुले आधारभूत जापानी भाषा मात्रै जाने हुन्छ । दोस्रो खालको भिषामा भने उच्च सीप भएका कामदारले मात्रै आवेदन दिन पाउनेछन् । यिनीहरुको भिषा अवधि बारम्बार नवीकरण हुनेछ । यिनीहरुले साथमा परिवारका सदस्यलाई पनि लैजान पाउनेछन् ।
जापानले यसरी अदक्ष कामदार लैजान थालेको यो नै पहिलो पटक हो । जनसंख्या बनावटमा आएको परिवर्तनसँगै बजारमा श्रमीकको अभाव उच्च भएपछि जापानले अदक्ष कामदार पनि लैजान लागेको हो । यस अघि भने पेशागत ज्ञान भएका र उच्च सीप भएका विदेशीहरुलाई मात्रै वर्किङ भिषा दिइन्थ्यो ।
नेपालबाट काम गर्न खाडी मुलुक, मलेशीया लगायत देशहरुमा नेपालीहरु जाने प्रवृत्ति निकै धेरै छ । जापानमा भने प्रायः जसो पढ्नकै लागि जानेको संख्या धेरै छ ।

माध्यमिक शिक्षक बन्न फर्स्ट डिभिजन वा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने

http://www.abhiyan.com.np/?p=302576

माध्यमिक शिक्षक बन्न फर्स्ट डिभिजन वा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने

माध्यमिक शिक्षक बन्न फर्स्ट डिभिजन वा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने
तस्वीरः आर्थिक अभियान
पुस ५, काठमाडौं (अस) । माध्यमिक तह (कक्षा ८–१२) को शिक्षक बन्नका लागि तोकिएको विषयमा स्नातकोत्तर (मास्टर्स डिग्री) मा प्रथम श्रेणी वा ‘बी प्लस’ वा सोभन्दा उच्च ग्रेड ल्याउनुपर्ने भएको छ । बिहीवारदेखि काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सातै प्रदेशबाट संकलित सुझावका आधारमा तयार पारेको मस्यौदा छलफलका लागि प्रस्तुत गरेको छ ।
उक्त मस्यौदामा शिक्षकको तलब सुविधामा समेत उच्च वृद्धि गर्ने उल्लेख छ । ‘माध्यमिक वा अन्य विद्यालय शिक्षक पदमा मेधावीहरुलाई आकर्षण गर्न शिक्षकको बेतनमान र सुविधालाई सोही योग्यताको सरकारी पदमा रहेका व्यक्तिले पाएभन्दा १० प्रतिशत बढी बनाउने,’ मस्यौदामा उल्लेख छ । अहिलेको विविध प्रकारका माध्यमिक शिक्षक दरबन्दी व्यवस्था खारेज गरी स्थायी र अर्को अस्थायी (अर्थात् एक वर्षे आवधिक करारका रुपमा) मात्र व्यवस्था गर्ने, युद्धस्तरमा विषय शिक्षक दरबन्दी आपूर्तिको सम्पूर्ण खर्च जुटाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले ७०ः१५ः१५ प्रतिशतको अनुपातमा स्रोत जुटाउने नीति अबलम्बन गर्ने मस्यौदामा उल्लेख छ ।
यस्तै कुनै पनि विद्यालयमा एक जना शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति लिइने बताइएको छ । शिक्षक पदमा महिलालाई विशेष ग्राह्यता दिने र दलित वस्ती सघन भएको हरेक विद्यालयमा एक जना दलित शिक्षक अनिवार्यरुपमा हुनुपर्ने नीति अपनाइने मस्यौदामा उल्लेख छ ।
सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र झलनाथ खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेल, सातै प्रदेशका मन्त्री, सांसद, शिक्षाविद् लगायतको उपस्थिति रहेको छ ।
सम्मेलन शुक्रवारसम्म चल्नेछ ।

बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट

http://www.newsofnepal.com/2018/12/24/168136/

Share to Google+





वासुदेव पौडेल , पोखरा।
दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् ।
आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं २ भैँसेगौँडामा विसं २०७२ देखि नै सामूहिकरुपमा मेकाडामिया नटको खेती शुरु गरिएको छ ।
राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूहमा उक्त क्षेत्रका २५ जना कृषक आबद्ध भई ५०० बिरुवा लगाइसकेको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो ।
भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायतका स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । यस आसपासमा मात्रै हाल एक हजार ५०० भन्दा बढी बोट लगाइसकिएको छ । “गाउँ बस्तीमा अहिले बाँदरको बिगबिगी छ”, उहाँले भन्नुभयो, “मेकाडामिया नट बाँदरले खान सक्दैन, एकपटक लगाएपछि त्यसबाट वर्षौं उत्पादन लिन सकिने भएका कारण पनि यसतर्फ कृषकको आकर्षण बढेको छ ।”
भैँसे गौँडामा विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङ गाविसका २५ जना कृषकको पहलमा पहिलोपटक नर्सरी तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पछिल्ला समयमा व्यक्तिगरुपमा पनि यस खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।
मेकाडामिया नट खेतीको शुरुआत अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ६०० सम्म बिक्री हुने गरेको बताउने कृषक बजारको मागअनुसार पु¥याउन नसकिएको बताउँछन् ।
सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उर्बर मानिन्छ । कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलका अनुसार समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटरसम्मको उचाइको सिँचाइयुक्त भू–भाग यसका लागि उपयुक्त मानिन्छ ।
मालेपाटन कृषि अनुसन्धान केन्द्रबाट वार्षिक एक हजारदेखि एक हजार ५०० बिरुवाको नर्सरी तयार हुने गरेको जानकारी दिँदै यहाँले पछिल्ला वर्षमा पोखरा आसपासका क्षेत्रमा यसको बिरुवा लैजानेक्रम निकै बढिरहेको बताउनुभयो ।
कास्कीको ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भू–भागका साथै आसपासका क्षेत्रमा यसको खेती विस्तार भएको पौडेलले जानकारी दिनुभयो । “मेकाडामिया नटमा बाँदर त लाग्दैन नै यसमा असिनाको प्रकोप पनि पर्दैन,” उहाँले भन्नुभयो, “टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने अनुसन्धानले देखाएको छ ।”
उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ । बाँदर र वर्षेनी असिनाको प्रकोपका कारण कृषक समस्यामा परिरहेको वास्तविकतामा मध्य पहाडी क्षेत्रमा यसको व्यावसायिक खेती महत्वपूर्ण विकल्प हुन सक्ने देखिएको छ ।
रासस
===========================KRD================================
Image result for macadamia nutsImage result for macadamia nuts treeImage result for macadamia nuts treeImage result for macadamia nuts treeImage result for Macadamia tree varietiesRelated image

Thursday, December 20, 2018

तपाई सञ्चयकर्ता हुनुहुन्छ । थाहापाई राख्नुहोस, मंसिर १ गते देखि सुरु भयो तपाईको बीमा

https://insurancekhabar.com/2018/11/9552/?fbclid=IwAR2T0o8C5JHwyl53IYCuJPwicC2e0lrRGXwMqkJbtJ5jg1lfH1Nop_HhYKg

तपाई सञ्चयकर्ता हुनुहुन्छ । थाहापाई राख्नुहोस, मंसिर १ गते देखि सुरु भयो तपाईको बीमा

79990
कर्मचारी सञ्चयकोषले आफना ६ लाख सञ्चायकर्ताको एकै पटक स्वास्थ्य बीमा गरिदिएको छ । उक्त बीमा मंसिर १  देखि लागू भएको छ । कोषले गरेको आम्दानीबाट छुटटाईएका विभिन्न कोषहरुको प्रयोग गरी सञ्चयकोषले बीमा गरिदिएको छ ।
यदि तपाई सञ्चयकर्ता हुनुहुन्छ भने निम्न जानकारी थाहा पाउँनुहोस ।
तपाई सञ्चयकर्ता हो भने कोषले तपाईको पनि बीमा गरिदिएको छ । त्यस बापत तपाईले आफैले भने कुनै रकम भुक्तान गर्नुपर्दैन । उक्त बीमा योजनाले १ लाख बराबरको औषधीउपचार खर्च र १० लाख रुपैयाँ बराबरको घातक रोगको बापतको जोखिम बहन गर्छ । प्रत्येक बर्ष यो बीमा योजना नविकरण गर्नुपर्छ । कोषले राष्ट्रिय बीमा संस्थानसँग बीमा सम्झौता गरेको छ । यो सम्झौता तीन बर्षको छ ।
के छ सुविधा ? के भयो भने बीमा रकम पाईन्छ ?
यस बीमा योजना अनुसार तपाई दुर्घटनाबाट बिरामी हुनु भयो भने उपचार गर्दा लाग्ने खर्चको अधिकत्तम १ लाख रुपैयाँसम्म कम्पनीमा दाबी गर्न सक्नुहुन्छ । दुर्घटना भएको उपचार गर्दा लागेको खर्च सहित कम्पनीमा दाबी गरेपनि कम्पनीले भुक्तानी गर्छ । त्यसैगरी सरकारले तोकेको नौ घातक रोग लाग्यो भने पनि उपचारको लागी लाग्ने खर्चमध्ये १० लाखसम्म कम्पनीमा दाबी गर्न पाईन्छ ।
तर, उपचार खर्चको लागी पनि बीमा योजना विभिन्न सिमा तोकिएको छ । जस्तै, बिरामीले एक बर्षमा एक पटक वा पटक पटक अपरेसन गर्दा लाग्ने खर्चको अधिकत्तम ३० हजार रुपैयाँसम्म मात्रै दाबी भुक्तानी पाउन सक्नुहुन्छ । त्यस्तै सचिकित्सकको जाँच शुल्क, एक्सरे वा स्पेस्लिस्ट चार्ज वा प्याथोलोजी तर्फको शुल्कको हकमा एक वर्षमा अधिकतम २० हजार रुपैयाँ र एक पटकमा अधिकतम १० हजार रुपैयाँसम्मको दाबी भुक्तानी पाउने व्यवस्था रहेको छ ।
सर्जिकल सामाग्री खरिद गर्नु पर्दा बीमितले ८ हजार रुपैयाँ नबढ्ने गरि दाबी प्राप्त गर्न सक्छन । अस्पताल भर्ना भइ बस्नु परेमा बिमितिले प्रति दिन २ हजार रुपैयाँ नबढ्ने गरी एक वर्षको अवधिमा २५ हजार रुपैयाँसम्मको दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ । साथै तपाईले औषधि खरिद गर्दा एक पटकमा अधिकतम ५ हजार रुपैयाँसम्मको र वार्षिक रुपमा अधिकतम १५ हजार रुपैयाँसम्मको बीमा रकम पाउँन सक्नुहुन्छ । प्रसुती सेवाको लागि वर्षमा दुई पटक र एक पटकमा ४ हजार ५०० रुपैयाँसम्मको सिजरियनको सुविधा प्राप्त गर्न सकिन्छ ।
दाबी कसरी गर्ने ?
नेपाल सरकारबाट सम्बन्धन प्राप्त सवास्थ चौकी, नसिङ्ग होमबाट बिरामीको उपचार गराउँदा स्वास्थ्य बीमाको भुक्तानी पाउन सकिन्छ । जसमा सञ्जयकर्ताले अस्पतालबाट डिस्चार्ज भएको ३५ वा बिरामी भएको ६० दिन भित्र कम्पनीलाई सोको जानकारी दिनुपर्छ ।
यो बीमा लेख जारी भएको तीस दिनभित्र दुर्घटना बाहेक साधारण औषधोपचार र घातक रोगको हकमा ९० दिन प्रतिक्षा अवधि तोकिएको छ । यस अवधिमा बीमा सुविधा प्राप्त गर्न सकिँदैन । तर यो बीमा लेख नविकरण गर्दाको वेलामा प्रतिक्षा अवधि लागु हुने छैन । दाबीको लागि प्रमाणित गर्नको लागि बीमीतले तोकिएको ढाँचामा बीमीतको निवेदन, कम्पनीबाट उपल्ध गराएको फाराममा अस्पतालको छाप, सम्बन्धित डाक्टरको दस्तखत र सक्कली डिस्र्चान स्लिप र बीमीतको सक्कल रिपोर्टहरु र बीमीतको परिचय पत्र नम्बर सहितको कोषको प्रमाणित पत्र पेश गनुपर्दछ । यसका साथै बीमीतले २५ हजारसम्मको दाबी पर्दा १५ दिन भित्र, २५ हजार देखी माथि १ लाखसम्म दाबी पर्दा ३० दिन भित्र, घातक रोगको लागि ४५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेपछि प्राप्त गर्न सक्नेछन् ।
दाबी नपाउने अवस्थाहरु
यदि बीमीतले दुर्घटनाबाट उपचारको बाहेक दाँतको उपचार वा अप्रेसन, आँखाको सामान्य जाँच, चस्मा खरिद, श्रवण उपकरण खरिद, कस्मेटिक सर्जरी, दुई वा दुईभन्दा बढि सिजरियन, मादक पदार्थ तथा लागु पदार्थ सेवन तथा अनधिकृत तवरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोगहरु तथा चोटपटकको उपचारमा बीमा दावी गर्न पाइँदैन । दुई मुलुक बीच भएको घोषित वा अघोषित लडाई, आम हड्ताल, हुलदंगामा सहभागी भएको अवस्थामा भएको चोट पटक वा उपचार खर्च, बीमालेख प्रारम्भ हुनु भन्दा अगाडि लागेका रोगको उपचार क्रममा भए गरेका खर्चहरु, आयुर्बैदिक उपचार खर्च, चिकित्सकको अनुमति विना विदेशमा गरिएका उपचार खर्च पनि दावी गर्न पाइँदैन ।
यसका साथै पुनः उपचार गराउँदा भएका खर्च, मानसिक खर्च, तौल बढाउन वा घटाउन प्रयोग हुने ओषधी, सौन्दर्य बढाउन गरिने उपचार, प्लाष्टिक सर्जरी, चिकित्सकको आफ्नो ल्यावमा वा क्लिनिकमा गरेका सर्जरी, साधारण मेडिकल चेकअप र छाला सम्बन्धि एलर्जी, सावुनको प्रयोग, लोसन आदिको प्रयोगलाई यो बीमाले समेट्ने छैन ।


स्वास्थ्यका लागि खरायोको मासु उत्तम

http://www.newsofnepal.com/2018/12/18/166394/
स्वास्थ्यका लागि खरायोको मासु उत्तम

Share to Google+

भगवती तिमल्सिना
विश्व बजारमा शाकाहारीको दाँजोमा मांसाहारीको संख्या उच्च नै रहेको अवस्थामा स्वस्थ मासु कसरी पँर्ति गर्ने भन्ने विषयमा चिन्ता गर्नेभन्दा पनि कसरी छिटो उत्पादन गर्ने र बजारमा पु¥याउने भन्ने हतारो नेपाललगायत विकासोन्मुख मुलुकको समस्या हो। यही कारण जनस्वास्थ्य जटिल बन्दै गएको अवस्थामा नेपालमा स्वस्थ मासुका लागि खरायो उपयोगी हुने निचोड निकाल्दै एउटा समँह नै लागिपरेको छ।
सन् २०१२ मा काठमाडौंको बलम्बुमा २५ वटा मासुजन्य खरायो लिएर ५ रोपनी जग्गामा खरायो पालनको योजना लिएर अघि बढेका युवा उज्ज्वल चापागाईं यतिबेला २५ रोपनी जग्गामा ५ सयवटा खरायो पालेर खरायोको मासुको परिकार र यसका फाइदाका बारेमा ठँलाठँला होटल तथा मासु पसलहरूमा मार्केटिङ गर्दै हुनुहुन्छ।
शुरूका दिनमा नयाँ योजना लिएर मार्केटमा जाँदा निकै समस्या रहे पनि पछिल्लो समय खरायो पालन र बिक्रीप्रति कृषकहरू आर्कषित हुँदै गएकाले आफँ सरकारी निकायसँग पनि उत्तिकै समन्वय गर्दै अघि बढिरहेको चापागाईं बताउनुहुन्छ। चापागाईं मार्केटिङ गर्ने क्रममा विभिन्न होटल, रेस्टुरेन्ट, मासु पसलका साथै धेरै मानिस भेला हुने र खाना खाने ठाउँमा खरायोको मासुको प्रचारमा दौडिरहेको अवस्थामा एक जना फ्रान्सका नागरिक डिलाइसेस डिसँग भेट्दा निकै खुसी भएको बताउनुहुन्छ। चापागाईंले डिलाई पहिलो ग्राहकका रूपमा पाएको र डिले एकैपटक २ केजी मासु खरिद गरेका थिए।
यतिबेला काठमाडौंका बजारमा पनि खरायोको मासु खपत बढ्दै गएको चापागाईं बताउनुहुन्छ। उहाँ थप्नुहुन्छ खरायोको मासु कम कोलेस्टेरोल हुनुका साथै स्वस्थ हुने भएकाले पनि माग बढेको हो। यसमा प्रोटिनको मात्रा बढी हुने, स्वस्थकर भएकाले खरायोको मासुको माग दिन प्रतिदिन काठमाडौंमा मात्र नभई पर्यटकीय नगरका होटल, रेस्टुरेन्टहरूमा पनि यसको माग बढ्दो रहेको छ।
यही माग र बजार प्रवद्र्धनका उद्देश्यले धुलिखेलका होटलहरूमा कार्यरत पाकशास्त्रीलाई खरायोको मासु कसरी बनाउने भन्ने बारेमा शनिबार एक तालिमको आयोजना गरिएको थियो। होटल एसोसियसन धुलिखेल काभ्रे र हिमालयन ¥याबिट फम काठमाडौंको संयुक्त आयोजनामा तालिम तथा मासुको परिकार प्रदर्शन प्रवद्र्धन गरी पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। कार्यक्रममा ग्लोबल नेप्लिज सेफ फोरमका पाकशास्त्री सन्दीप खत्रीले खरायोको मासुका बारेमा तालिम दिनुका साथै विश्व बजारमा जस्तै नेपालमा पनि आगामी दिनमा खरायोको मासुको खपत बढ्ने बताउनुभयो। खरायोको मासुमा भिटामिन, मिनिरल्स, फोस्फरस, सिलिनियम पाइने हुनाले शरीरका लागि आवश्यक पर्ने भिटामिन र मिनिरल्सको सन्तुलन मिलाउने काम सन् २०१६ को न्युट्रिसनल स्टडी अफ ¥याबिट मिटको रिपोर्टमा उल्लेख गरिएको छ।
हिमालयन ¥याबिट फामका मेनेजिङ डाइरेक्टर चापागाईं भन्नुहुन्छ– ‘नेपालमा खरायो पालनलाई व्यावसायिकरूपमै अघि बढाउने उद्देश्यका साथ आफँले काठमाडौंलगायत आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोकमा समेत किसानहरूलाई तालिम दिँदै आएका छौं।’ खरायो पालन थोरै लगानीमा पनि गर्न सकिने भएकाले गाउँ तथा शहरमा पनि यसको व्यवसाय गर्न सकिन्छ। यतिबेला खरायो पालनभन्दा पनि बजार व्यवस्थापन चुनौतीको विषय भएकाले पहिला बजार र उपभोक्ता चयन गरी कृषकमाझ जाने तयारीमा आफ्नो टिम लागिपरेको चापागाईं बताउनुहुन्छ।
सरकारले कृषि व्यवसायलाई उच्च प्राथमिकता दिनुपर्ने र घरै बसेर विना कठिनाइ यो व्यवसाय गर्न सकिने हुनाले सरकारको ध्यानाकर्ष हुनु जरुरी भएको पनि उहाँ बताउनुहुन्छ। खरायो पालन सामान्य बाँसको घर, घाँस र तरकारीका बोक्राजस्ता खाद्यान्न दिँदा पुग्ने हुनाले सहज र सरल भएको चापागाईंको दाबी छ। खरायो पालन पहिला एउटा भाले र एउटा पोथी ल्याउन सामान्य १५ हजारको हाराहारीमा लगानी गरे पुग्ने र पाल्न पनि सजिलो भएकाले कृषकहरूको आकर्षण बढ्दो छ। अन्य मासुमा हुनेभन्दा निकै कम चिल्लो पदार्थ हुने हुनाले खरायोको मासु मुटुरोगीले समेत खान मिल्ने विभिन्न सभा सम्मेलनमा सहभागी खरायो विज्ञले प्रस्तुत गरेका कार्यपत्रमा समेत उल्लेख गरेको पाइएको चापागाईं बताउनुहुन्छ।
अबको योजना धुलिखेललाई ¥याबिट हब बनाएर नजिकैका बजारमा सप्लाई गर्ने योजनामा अघि बढेको हिमालय ¥याबिट फमको उद्देश्य रहेको र पहिलो प्राथमिकता सीधै होटल, दोस्रो मासु पसल र तेस्रोमा कृषकको घर दैलौमा पुग्ने रहेको बताउनुभयो। यतिबेला काठमाडौंको बालाजु र भैंसेपाटीमा हिमालयन ¥याबिट फमले मासु सप्लाई गर्दै आएको र भविष्यमा नेपाल सरकारसँग सहकार्य गरी योजनाबद्धरूपमा अघि बढ्ने कार्यक्रम रहेको पनि बताउनुभयो।
हिमालयन ¥याबिट फर्मको कार्यक्रम र योजनाका बारेमा नेपाल कृषि अनुसन्धान परिषद् र पशुसेवा विभाग सहकार्यमा जुटिरहेको पनि चापागाईं बताउनुहुन्छ। खरायो पालनलाई कसरी व्यवसायी बनाउने र यसका चुनौती केके छन् भन्ने बारेमा खरायो पालनका क्षेत्रमा अघि बढ्नुभएका काभ्रे कुसादेवीका लक्ष्मण हुमागाईं भन्नुहुन्छ– ‘खरायोपालन व्यावसायिक बनाउन तालिमको व्यवथा नेपाल सरकारको राष्ट्रिय बंगुर कुखुरा प्रवद्र्धन केन्द्रले तालिम दिएको थियो।
गत आर्थिक वर्ष असारमा कृषि सहकारीको समन्वयमा ३० जनाले तालिम लिएका थिए। यसपछि व्यावसायिक बनाउन जीवीकोपार्जन कार्यक्रममा न्यँन आय भएका वर्गलाई छनोट गरियो। तर, यहाँ चुनौती देखियो, उत्पादन हुन्छ बजारमा कसरी बेच्ने? नेपाल सरकारको कुनै पनि निकायले प्रभावकारीरूपमा लिएको छैन। अनुदान बीमा कुनै छैन। क्षति हुँदा, रोग लाग्दा जिम्मेवारी लिने निकाय देखेनौं। हिमालयन ¥याबिटले बजार व्यवस्थापन गर्छौं भनिरहेको छ यतिले मात्र व्यवसायी बन्न पुग्ने अवस्था छैन। आउँदा दिन ढुक्क भएर खरायो पाल्नोस् भन्ने अवस्था सृजना गर्न सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ।’
मासु परीक्षण, खरायो बजारमा कसरी पु¥याउने, बीमा, चिकित्सक, भेटेनरी, भ्याक्सिन, रोगका बारेमा ज्ञान, उपचार विधि, कार्यक्षेत्र र उपचार गर्ने निकायको दँरी, प्राविधिकको प्रत्यक्ष निगरानी पनि उत्तिकै खाँचो हुनु जरुरी छ। स्थानिय निकायमानै जागरुकता हुनुपर्छ।
कृषक, सरिता तामाङ भन्नुहुन्छ– ‘२०७२ को भँकम्पपछि रोटरी क्लब र हिमालय ¥याबिट फर्मको सहयोगमा ३ वटा माउ र एउटा भाले दिनुभयो। १७ वटा छन् एक महिनामा बच्चा पाउँछ। ४ महिनामा ३ देखि १३ वटासम्म बच्चा पाउँछ। ढुटोपिना, नुन मिसाएर दाना, घास खुवाउँछु। खोरभित्रै धुनेर पाल्ने हो।
बिरामी पर्दा के गर्नुहुन्छ? घाउ भए मलम लगाउछौं, लुत्तो आयो भने तोरीको तेल लगाउँछौ। वार्षिक आम्दानी हुँदै नहुँदा पनि ३० देखि ४० हजार ३ टाइम घास पानी, दाना दिन्छौं। हिमालयन ¥याबिट फमले घरमै गाडी ल्याएर जिउँदो प्रतिकेजी ३ सयमा उठाउँछ। बजार खोज्न आफै जानुपरेको छैन।
खरायो पालन र मासु विक्री वितरणमा बजारको खोजीमा उत्रिएको हिमालयन ¥याबिट फममा २५ जना युवाहरू सक्रियरूपमा लागिपरेको र सम्भावना राम्रो देखेको चापागाईं बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ बजारमा पुग्दा ९ सय रुपियाँमा प्रतिकेजी उपभोक्ताले खरिद गर्न सक्छन्। बजारसँगै खरिद बिक्री केन्द्र पनि विस्तार गर्दै लैजाने र उपभोक्तालाई सुसँचित गर्ने कार्यमा समँह लागिपरेको छ। काभ्रेको मण्डन देउपुर नगरपालिकामा पनि कृषकहरूले तालिम लिएर तयारी अवस्थामा बसेका छन्। खरायोको मासु खपत हुने बजारको पहिचानसँगै उत्पादन पनि आसपासमै गर्ने लक्ष्य हाम्रो रहेको छ। काभ्रेका लागि काभ्रेमै, काठमाडौंका लागि काठमाडौं, पोखराका लागि पोखरा गर्दै स्वस्थ मासु खुवाउने र स्वस्थकर जीवन जीउन प्रोत्साहन गर्ने लक्ष्य रहेको चापागाईं बताउनुहुन्छ।
सरकारको योजनामा भने खरायो पालन, कृषको उत्थानका विषयभन्दा पनि सडक, ढल निमार्ण पहिलो प्राथमिकतामा परेकाले तालिमका हिसाबले दोलखा, नुवाकोट, रसुवा, म्याग्दी दिइसकिएको छ। तर दक्ष जनशक्ति र बजार अहिले मँल चुनौतीको विषय भएकोले स्वस्थकर मासुका लागि खरायो नै रोज्न उपभोक्तालाई झक्झक्याउँदै हिँडेका छौं। पहिलोपटक चाख्न पनि हिच्किचाउने मान्छे एकपटक चाखेपछि स्वास्द र स्वास्थ्यका दृष्टिकोणले अर्कोपटकदेखि खरायोको मासुनै छनोट गर्छन् होटल एसोसियसन काभ्रेका सचिब जोत्सना सैंजँ भन्नुहुन्छ।
नेपालका लागि खरायो पालन विगतमा शोखको विषय थियो भने अबका दिनमा व्यावसायिक हुने पाकशास्त्री खत्री बताउनुहुन्छ। युरोप, अमेरिका, बेलायतजस्ता मुलुकका बासिन्दाहरू आफ्नो स्वास्थ्यप्रति अत्यन्तै सजग हुने हुनाले झन्डै ४ दशक अघिदेखि नै उनीहरूले अध्ययन अनुसन्धान गरी खरायोको मासु स्वास्थ्यबद्र्धक छ भनेर प्रयोग गर्दै आएका छन्। यी मुलुकमा वर्षेनी १ करोडभन्दा बढी खरायो खपत हुने गर्दछ। तर नेपालमा भने यो भर्खर अध्ययनकै क्रममा छ।
पछिल्लो समय चीन, माल्टा, इटाली, साइप्रस, फ्रान्स, स्पेन, इजिप्ट, उत्तर कोरिया, मेनिजुयला, न्युजल्यान्डलगायतका थुप्रै मुलुकमा अध्ययन अनुसन्धानपछि प्रयोगशाला विधिद्वारा प्रमाणीत भएपश्चात् स्वास्थ्यका लागि पनि खरायोको मासुको प्रयोगकर्ता बढेको उल्लेख गरिएको छ।
तर खरायो व्यवसाय र यसको मासु स्वस्थकर प्रमाणित गरी प्रयोग गर्न नेपालमा सर्वप्रथमत नेपाल सरकारले ठँलै योजना बनाउनुपर्ने हुन्छ। भौगालिक दृष्टिकोणले समथरको दाँजोमा पहाडी भेगमा यातायात, बजार, शहरीकरण, उपभोक्ता कम हुनुका साथै खरायो पालनलाई व्यावसायिक बनाउन उचित थलो तथा दक्ष जनशक्ति उत्पादन गर्नु निकै ठँलो चुनौतीको विषय रहेको छ। साना तथा मझौला किसानले ठँलो लगानी आफैले गरेर खरायो पालन गर्नु बजार अभाव, बिरामी पर्दा उपचारमा आउँने कठीनाइजस्ता विषयले निकै कठिन हुने हुमागाईंको ठम्याइ छ। यसका लागि पहिलो चरणमा सरकारले अनुदानमा किसानलाई सहुलित दिनुपर्छ, बीमाको व्यवस्था हुनुपर्छ र बजार सुनिश्चित भएको खण्डमा पछिल्ला दिन आफै खरायो पालन फस्टाउँछ।
प्रतिक्रिया दिनुहोस्

नैतिक शिक्षाको खाँचो

http://rajdhanidaily.com/139076/
नैतिक शिक्षाको खाँचो
20 hours ago
20/12/2018

नैतिक शिक्षाको खाँचो

डा. देवीप्रसाद आचार्य


शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घर–परिवार समुदाय, विद्यालयलगायतका निकायहरूको हो भन्ने आशय व्यक्त गरेका छन् । यसको अर्थ मानिस जन्मँदा उसले खाली दिमाग लिएर जन्मन्छ र उसको खाली मस्तिष्कमा जस्तो वातावरण वा शिक्षादीक्षा दिइन्छ, तदनुरूपको ज्ञान आर्जन गरी उसले उसले बानी, व्यवहार सिक्छ भन्ने कुरा बुभ्mनुपर्दछ । यसका लागि घर–परिवार, समुदाय तथा विद्यालयहरूले उचित शिक्षाको व्यवस्था गरी असल व्यक्ति, व्यक्तित्व तथा समाज निर्माणमा जोड दिनुपर्दछ । देशका शिक्षित जनशक्ति नैतिकवान, कर्तव्यनिष्ठ, सरल, सभ्य, शालीन, भद्र तथा सहयोगी हुन नसकेमा सुसंस्कृत एवं लोककल्याणकारी समाज निर्माण हुन सक्दैन । तसर्थ नैतिक शिक्षा आजको आवश्यकता बन्न गएको छ ।
नैतिक शब्दको अर्थ सुविचारशील, सद्विचार, सद्भाव वा सदाचारको नियम भन्ने हुन्छ । नैतिकता भनेको नीतिसहितको व्यवहार आउनु हो । अहिले हाम्रो समाजका हरेक क्षेत्रमा नैतिकताको ठूलो अभाव रहेको सामाजिक अनुभव छ । नैतिक व्यवहारको अभावमा समाजमा सद्भाव र सुविचारको कमी हुँदै गएको अवस्था अनुभूति भएको छ । सामाजिक सद्भाव र देश विकासका लागि समाजका हरेक नागरिकहरू अनुशासित, मर्दादित, कर्मशील तथा कर्तव्यनिष्ठ हुन आवश्यक हुन्छ । यसर्थ समाजका व्यक्ति, व्यक्तित्व तथा राज्यका हरेक निकायमा अनुशासन, जवाफदेहिता, पारदर्शिता, जिम्मेवारीबोधका लागि नैतिक शिक्षा आवश्यक छ ।



सामाजिक सद्भाव र देश विकासका लागि समाजका हरेक नागरिकहरू अनुशासित, मर्यादित, कर्मशील तथा कर्तव्यनिष्ठ हुन आवश्यक छ । यसर्थ समाजका व्यक्ति, व्यक्तित्व तथा राज्यका हरेक निकायमा अनुशासन, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारीबोधका लागि नैतिक शिक्षा आवश्यक छ


नैतिक शिक्षाले व्यक्तिलाई जन्म दिने माता, पिता र शिक्षा दिने गुरुजन र समाजका मान्यजनहरूको आदेश र उपदेशलाई शिरोधार्य गर्न सक्ने सकारात्मक सोचको विकास गर्न सहयोग गर्दछ । यसका साथै ठूलालाई इज्जत, सानालाई माया, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तनको विकासमा नैतिक शिक्षाको ठूलो भूमिका हुन्छ । यसैगरी, आप्mनो भाषा, संस्कृति, धर्म, परम्परागत सामाजिक मूल्य र मान्यताप्रतिको सकारात्मक सोचको विकास गराउन तथा समाजमा रहेका भिन्न धार्मिक एवं सांस्कृतिक सम्प्रदायका मूल्य र मान्यताप्रति सहानुभूति राख्न सक्ने चिन्तनका दायराहरू फराकिलो बनाउन महŒवपूर्ण भूमिका खेल्छ ।
हाम्रो समाज पूर्वीय मूल्य र मान्यताबाट प्रशिक्षित छ । वैदिक कालमा शिक्षाको सम्पूर्ण गतिविधि गुरुमा निहित थियो । गुरु र ऋषिमुनि समाजका नेतृत्व वर्ग मानिन्थे । समाजमा नैतिक व्यवहार एवं आत्मअनुशासन उच्च थियो । समयको विकाससँगै शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हुँदै विद्यालय शिक्षाको अवस्थामा आइपुग्दा शिक्षामा नैतिकता, जनहितकारी संस्कार र कर्तव्यबोधजस्ता मानवीय गुणहरूको सिकाइ कमजोर बन्दै गएको अग्रज पुस्ताको ठम्याइ छ । यस सन्दर्भमा व्यक्ति तथा समाजलाई आदर्शवान बनाउन नैतिक शिक्षाको विषयवस्तुलाई घर, परिवार तथा शिक्षण संस्थाहरूले महŒव दिन आवश्यक ठानिन्छ ।
नैतिक शिक्षाले व्यक्तिलाई आप्mनो घर, परिवार, समुदाय र जन्मभूमिप्रतिको कर्तव्यबोध गराइदिन्छ । यसका साथै आपूmभन्दा सानालाई माया, ठूलालाई सम्मान गर्ने भावनाको विकास गर्न सहयोग गर्दछ । समाजका बालबालिकालाई अनुशासित हुन, सकारात्मक सोचको विकास गर्न, ठूलालाई सम्मान गर्न, साँचो बोल्न, अरूलाई सहयोग गर्न, जात, जाति, धर्म, लिंग, वर्गजस्ता विभेदहरूमा सहभाव राख्न सक्ने ज्ञानको विकासका लागि नैतिक शिक्षाको आवश्यकता पर्दछ ।
घर परिवार, मानिसको पहिलो सिकाइको स्थान हो । बालकको सबैभन्दा ठूलो मित्र तथा गुरु आमा हुन् भन्ने गरिन्छ । नेपोलियन बोनापार्टले ‘मलाई शिक्षित आमा देऊ, म तिमीलाई असल नागरिक दिन्छु’ भनेका छन् । यसको अर्थ घरायसी वातावरणको शिक्षाले मानिसको जीवनमा ठूलो प्रभाव पार्छ भन्ने हो । असल नागरिक हुनका लागि असल आचरणको आवश्यकता पर्दछ । घरमा सिकाएकोे र सिकेको कुराले बालबालिकाले विद्यालयमा गर्ने व्यवहार तथा आचरणमा प्रभाव पार्नुका साथै उसको दीर्घकालीन जीवनमा समेत ठूलो भूमिका खेलेको हुन्छ । यसर्थ हरेक अभिभावकले आप्mना छोराछोरीलाई नैतिक आचरण वा असल व्यवहारको अभ्यास घरपरिवारमा नै गराउनुपर्छ ।

समयको विकासस“गै शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हु“दै विद्यालय शिक्षाको अवस्थामा आइपुग्दा शिक्षामा नैतिकता, जनहितकारी संस्कार र कर्तव्यबोधजस्ता मानवीय गुणहरूको सिकाइ कमजोर बन्दै गएको अग्रज पुस्ताको ठम्याइ छ



प्र्रकृतिवादी दार्शनिक रुसोले शिक्षालाई आचरण निर्माणको माध्यम हो भनेका छन् । मानिसको नैतिक आचरण, असल बानी, व्यवहार, तथा असल संस्कार सिक्ने आधार शिक्षा हो । यसर्थ, शिक्षामा नैतिक शिक्षाको विषयवस्तुलाई अनौपचारिक एवं औपचारिक रूपमा सिकाइ शिक्षणको माध्यम बनाउन जरुरी छ । यसो गर्दा घरमा बुबाआमा वा अभिभावकले आप्mना छोराछारीलाई नैतिक शिक्षाको वियषवस्तुलाई सैद्घान्तिक तथा व्यावहारिक रूपमा सिक्ने र सिकाउने काम गर्नुपर्छ । शिक्षालयले आजका कलिला बालबालिका तथा किशोर किशोरीहरूलाई नैतिक शिक्षा र दीक्षाले प्रशिक्षित बनाउँदै समाजका स्थापित मूल्य र मान्यतालाई उनीहरूमा हस्तान्तरण गर्नुपर्छ । नैतिक शिक्षाको मार्गदर्शनले व्यक्ति तथा समाजलाई अनुशासित एवं कर्तव्यनिष्ठ बनाउन मद्दत गर्दछ ।
शिक्षाविद् पेरे बोड्र्युले हरेक बालबालिकाको सिकाइमा उसको पारिवारिक तथा सामाजिक संरचनाले गहिरो प्रभाव पारेको हुन्छ भन्ने धारणा राखेका छन् । यसको अर्थ मानिसको सिकाइमा वातावरणले ठूलो प्रभाव पारेको हुन्छ । घर, परिवार, समुदाय, विद्यालयलगायतका समाजका अनौपचारिक एवं औपचारिक ठाउँमा त्यहाँको वातावरण वा परिवेशको आधारमा मानिसले ज्ञान आर्जन गरिरहेको हुन्छ । नैतिक शिक्षाको कमीले अहिले समाजमा अपराधीकरण बढ्दै गइरहेको छ । साइबर अपराध, मादक पदार्थ दुव्र्यसनी, धु्रमपानजस्ता कुलतमा लाग्ने बालबालिकाकोे संख्यामा व्यापक वृद्घि भइरहेको तथ्यांक छ । त्यसैले, समाजका बालबालिकालाई कुलत र जोखिमबाट जोगाउन उचित मार्गनिर्देश गर्ने प्राथमिक दायित्व अभिभावक, समुदाय तथा शिक्षालयहरूको हो । व्यक्तिलाई अनुशासित, मर्यादित, सहिष्णु, कर्तव्यनिष्ठ, परोपकारी तथा सांस्कारिक बनाउनका लागि घर, परिवार, शैक्षिक संस्थालगायत राज्य गम्भीर हुन आवश्यक छ ।
आज शिक्षालाई समयसापेक्ष बनाउनुपर्ने बहस छ । समयसापेक्ष शिक्षाभित्रको एउटा अत्यन्त महŒवपूर्ण पाटो नैतिक शिक्षा पनि हो । नैतिक शिक्षाबिना व्यक्ति, समाज, शिक्षालयलगायत देशका कुनै पनि निकायहरू अनुशासित, मर्यादित, जवाफदेही तथा कर्तव्यनिष्ठ बन्न सक्दैनन् । नैतिक शिक्षाले सहयोगी भावनाको विकास गर्न, आप्mनो काम आफैं गर्न, स्वावलम्बी बन्न, घर परिवार, आफन्तजन, छिमेकीजनलगायत समुदायमा सामाजिकीकरण हुन मद्दत गर्छ । सरल, सभ्य, शालीन भद्र र सहयोगी व्यक्तित्व निर्माणको स्रोत पनि नैतिक शिक्षा नै हो । यसर्थ आजका बालबालिकालाई घर, परिवार र समुदायबाट स्वआर्जित ज्ञानमा नैतिक शिक्षाको प्रशिक्षणलाई आवश्यक छ भने औपचारिक रूपमा आर्जन गरिने राष्ट्रिय शिक्षा प्रणाली, पाठ्यपुस्तक, पाठ्यव्रmम एवं शिक्षण सिकाइमा पनि नैतिक शिक्षाको विषयस्तुलाई महŒव दिन आवश्यक ठानिन्छ ।
नैतिक शिक्षाबिना समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यवहार कमजोर हुन्छ । प्रसिद्ध वैज्ञानिक हेलेन केलरले ‘शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो’ भनेकी छन् । हाम्रो देशको सन्दर्भमा अहिले समाजमा आप्mनै शिक्षित छोराछारीबाट नै वृद्घ मातापिताहरू अपहेलित हुन परेका घटनाहरू व्याप्त छन् । एकातिर जन्म दिने बुबाआमाहरूले सहनशील, दयालु कर्तव्यनिष्ठ श्रवणकुमाररूपी छोराछारीहरू पाउन सकेका छैनन् भने अर्कोतिर शिक्षालयमा शिक्षा दिने गुरुजनहरूले पनि एकलव्यरूपी गुरुलाई सम्मान गर्ने चेलाहरू उत्पादन गर्न सकेका छैनन् । यसैगरी, समाजमा सज्जन, कल्याणकारी र सर्वहिताय चिताउने नागरिकको अभाव हुँदै गएको अवस्था छ । यस सन्दर्भमा नैतिक शिक्षाको विषयवस्तुको ज्ञान व्यक्ति, समाज र सिंगो राष्ट्रका लागि आवश्यक ठानिन्छ ।
अन्त्यमा समाजमा लोभ, लालच, चोरी  डकैती, सम्बन्ध विच्छेदका घटनाहरू व्याप्त छन् । भ्रष्टचार, हिंसा, बलात्कार, दुव्र्यसन, अपराधीकरण, सांस्कृतिक विचलनजस्ता समस्या बढिरहेको अवस्था छ । नैतिकता, इमानदारिता, लोककल्याणकारी चिन्तन, सकारात्मक सोच, परोपकार, सामाजिक सद्भावजस्ता मानवीय गुणहरू हराउँदै गएको अवस्था छ । यस सन्दर्भमा यी र यस्ता अमर्यादित घटनाक्रमहरूबाट व्यक्ति तथा समाजलाई जोगाउन आत्मअनुशासनसहितको नैतिक शिक्षाको विषयवस्तुलाई देशको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक तथा सिकाइ शिक्षणको माध्यम बनाउन वाञ्छनीय ठानिन्छ ।


(Visited 25 times, 2 visits today)

Wednesday, December 19, 2018

पुस १५ देखि प्रदेशबाटै पुन: श्रम स्वीकृति

https://www.kantipurdaily.com/news/2018/12/19/154521785121434507.html
पुस १५ देखि प्रदेशबाटै पुन: श्रम स्वीकृति
विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलियो
होम कार्की
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुन: श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको जनाएको छ ।
मन्त्रालयले बिदामा आएका कामदारलाई सहज सुविधा दिन काठमाडौं केन्द्रित सुविधालाई प्रदेशमा लगेको हो। काठमाडौंस्थित वैदेशिक श्रम कार्यालयले बिदामा आउने झन्डै ५ हजार कामदारलाई दैनिक पुन: श्रमस्वीकृति दिँदै आएको छ। श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरमा विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलिएको छ।
श्रममन्त्री गोकर्ण विष्टले एउटै कार्यालयबाट सेवा दिँदा निकै चाप हुने र काठमाडौं नै आउनुपर्ने बाध्यकारी अवस्था हटाउन प्रदेशबाटै सेवा दिने व्यवस्था मिलाएको बताए। काठमाडौं कार्यालयमा चाप पर्दा विदेशबाट आएका कामदारले ठूलो समस्या भोग्नु परिरहेको छ। ‘चार दिनसम्म धाउँदा पनि टोकन पाउन मुस्किल छ,’ कतारबाट बिदामा आएका हेमन्त वाइबाले कान्तिपुरसँग भने, ‘एक महिना बिदामा आएको थिएँ। समयमा नै काम नबन्दा एक हप्ता काठमाडौंमै बिताउनुपर्‍यो।’
पुन: श्रमस्वीकृति लिन म्यानपावर कम्पनीको संलग्नता आवश्यक पर्दैन। बिमा र कल्याणकारी कोषबापत रकम बुझाएपछि पुन: श्रमस्वीकृति पाइने व्यवस्था छ। एकपटक श्रमस्वीकृति लिएपछि खाडी क्षेत्रमा दुई र मलेसियामा तीन वर्षसम्म म्याद हुन्छ। श्रमस्वीकृतिको म्यादभित्र दुर्घटना, अंगभंग वा मृत्यु भएमा सरकारबाट राहतस्वरुप क्षतिपूर्ति पाउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए। मृत्यु भएमा बोर्डबाट ७ लाख रुपैयाँ र बिमा समितिबाट १४ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ।

सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेपछि पुन: श्रमस्वीकृति नेपाली दूतावासबाटै दिने तयारी गरेको छ। यो ऐनलाई संशोधन गर्न मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको श्रम मन्त्रालयले जनाएको छ।

प्रकाशित : पुस ४, २०७५ १९:५९

जानकीको सम्बन्धन खारेज गर्न केसीको माग

https://www.kantipurdaily.com/news/2018/12/19/154523369515582089.html
जानकीको सम्बन्धन खारेज गर्न केसीको माग
कान्तिपुर संवाददाता
काठमाडौँ — डा. गोविन्द केसीले अवैध रूपमा विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकीलगायत मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग राखेका छन् । त्यस्ता कलेजले एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरेको जनाउँदै उनले आईओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) लगायतका नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।
गैरकानुनी भर्ना प्रक्रियामा अदालतले समेत चलखेल गरेको भन्दै उनले बुधबार जारी विज्ञप्तिमा चिन्ता व्यक्त गरेका छन् । ‘जानकी मेडिकल कलेजले अवैध रूपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरेकामा तथा त्यसलाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको अवस्थामा सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी अवैध भर्नालाई वैध बनाउन भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न अदालतका फैसलाका आडमा यसअघि पनि मेडिकल कलेजहरूले अवैध रूपमा विद्यार्थी भर्ना लिएका कारण मुलुकभर ठूलो संख्यामा अयोग्य व्यक्तिले डाक्टरीको डिग्री र लाइसेन्स पाउने जोखिम रहेको केसीले जनाएका छन् । ‘यस्तो प्रवृत्तिले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र सेवाग्राहीहरूको ज्यान खतरामा पर्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ । प्रकाशित : पुस ४, २०७५ २१:१९

यी हुन् काठमाडौंका पाकेटमार ! ५० प्रहरी खटाउँदा ७७ पक्राउ

https://www.onlinekhabar.com/2018/12/728137
यी हुन् काठमाडौंका पाकेटमार ! ५० प्रहरी खटाउँदा ७७ पक्राउ

पाकेटमारको कोड भाषाः प्रहरीलाई ठूल्दाइ !


४ पुस, काठमाडौं । कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे ।
‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’



गाडीभित्र एक छेऊमा गएर उनी उभिए ।
केहीबेरमै ७/८ जना युवकहरुको समूहले उनलाई घेरे । एउटा सिट खाली गरिदिँदै त्यहाँ बस्न भने । ‘होला त नि भनेँ ! सिटमा बसेँ’, सिंह सम्झन्छन्, ‘एउटा केटाले झोला पनि समातिदियो ।’
त्यसरी दया देखाउने युवकहरुले नै नातिको उपचारका लागि ल्याएको पैसा लुट्लान् भनेर उनले सोचेका पनि थिएनन् । तर, भइदियो त्यस्तै ।
जब नारायण गोपाल चोकमा उनी पुगे तब थाहा भयो, उनको गोजीमा भएको पैसा गायब भइसकेको थियो । ती युवकहरु गाडीमा थिएनन् ।
‘काठमाडौंमा यस्तो हुन्छ भन्ने थाहा पनि थिएन’, सिंह भन्छन्, ‘साहारा दिने बहानामा यहाँ लुटिँदोरहेछ ।’ ती युवकहरुले उनको साथमा भएको ७५ हजार रुपैयाँ नगदसहित एटीएम कार्ड पनि लगे । ‘पिन बिर्सिन्छु भनेर कागजमा लेखेर राखिदिएका थिए’, उनले थपे, ‘तर, त्यो पनि उनीहरुले लगेछन् ।’
बसबाट ओर्लिनेवित्तिकै उनले प्रहरीमा खबर त गरे तर, त्यतिबेलासम्म पकेटमारहरुले उनको एटीएममा भएको ३५ हजार रुपैयाँ पनि झिकिसकेका रहेछन् । ‘गाउँले मान्छे हुँ, कहाँ जाने, के गर्ने, रकम लुटिएपछि केही टुंगो लागेन’, उनले भने, ‘बच्चाको पनि पूरा उपचार गराउन पाइएन ।’
पक्राउ परेकाहरूबाट बरामद सामग्री ।
एटीएमको फुटेजबाट पाकेटमार भेटिए
काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समातिएका छन् । उनीहरुले पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भयो ।
परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामा भन्छन्, ‘उहाँको घटनामा संलग्नसहित १५ मंसिरदेखि यता भएका लुटपाटमा संलगन ७७ जनालाई पक्राउ गरेका छौं ।’
लामाका अनुसार प्रहरीले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएको थियो । त्यसक्रममा नगद, मोबाइल, गरगहना लगायत चोरी गर्दा गर्दै उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा महिलाहरू समेत थिए ।
पाकेटमारको अनेक कोड भाषा
परिसरका अधिकारीहरुका अनुसार पाकेटमारीमा संलग्नहरुले विभिन्न सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलेको छ ।
परिसर प्रमुख लामा भन्छन्, ‘सर्वाजनिक बसहरुमा २/२ जनाको दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने गरेको देखिन्छ । त्यसपछि पैसा भएको यात्रु पत्ता लगाएर अगाडि पछाडिबाट घेराबन्दी गरेर ठेलम ठेलको अवस्था बनाउने गरिन्छ ।’
त्यही मौकामा यात्रुको नगद र सरसामान चोरी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषाको प्रयोग गर्ने गरेका छन् ।
उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरीले जानकारी दियो ।
पाकेटमारीमा प्रयोग भएका सामग्री
३९ मोबाइल र १ लाख ६० हजार बरामद
एसएसपी लामाका अनुसार प्रहरीले विभिन्न क्षेत्रमा चलाएको अपरेशका क्रममा १ लाख ६० हजार ७ सय रुपैयाँ बरामद भएको छ । त्यस्तै, ३९ वटा मोबाइल, ४ वटा आइप्याड र ५ वटा ल्यापटप बरामद भएको छ ।
त्यस्तै, पाकेटमारी गर्दागर्दै समातिएका व्यक्तिहरुको साथबाट बरामद ५ लाख ९६ हजार रुपैयाँ तत्काल सम्बन्धित पीडितलाई दिइएको लामाले बताए ।
महानगरीय प्रहरी वृत्त, लैनचौरका डीएसपी गौतम केसीले बरामद गरिएको सामानहरुको धनी खोज्ने काम भइरहेको बताए । ‘कतिपय सामान धनीको पहिचान भइसकेको छ र बुझाएका छौं’, उनले भने, ‘तर, कतिपय सामान भने बेबारिसेझैँ छन् । पीडितहरु खोजी रहेका छौं ।’
परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुमाथि चोरी मुद्दा अन्तरगत कारबाही हुनेछ । कानुनतः पहिलो पटक पाकेटमारी गरे १ महिना जेल तथा बिगो बराबरको जरिवाना सजायँ हुनेछ भने दोस्रो पटक दुई महिनाको कैद तथा बिगो बमोजिमको जरिवाना हुनेछ ।
बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर पाकेटमारहरुलाई सार्वजनिक गरेको थियो । त्यसवेला परिसर वरिपरि पाकेटमारहरुको भीड देखिएको थियो ।