Thursday, May 25, 2017

पत्र पत्रिका बाट  -साभार   http://www.karobardaily.com/news/78953

काठमाडौंः ग्लोबलकी टेक्नोलोजीले रिचार्ज एप्स बजारमा ल्याएको छ । मोबाइल एप्स मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने र क्यास ब्याक मार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । 
एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध एप छोटो अबधीमा नै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजीले जानकारी दिएको छ । 
एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबलकी टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताकाबीच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । 
समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एप्स रिचार्जलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जनाएको छ । 
रिचार्ज गर्दा पाउने रकमबाट बिना झन्झट घरमै बसेर फिल्महलको टिकट, होटल बुकिस्ङ, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङ तथा एप्सले दिने अन्य सुबिधा लगायतका कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए । 
इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंक बाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ । 
एन्ड्रोइड फोनमा जुनसुकै तरिकाबाट रिचार्ज गरेपनि क्यास ब्याक पाइने तथा आइओएसमा रिचार्ज एप्सबाटै रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक पाइने छ । यो एप्स प्रयोग गर्न युट्युबमा राखिएको भिडियोको सहायतालिन सकिने छ ।

No comments:

Post a Comment