पाकिस्तानको सिन्धुमा ४० हजार मेगावाटको जलविद्युत् बनाउँदै चीन
३१ बैशाख, २०७४ ७:०६ साँझ supervisor_accountकारोबार visibility16854

समाचार प्रतिनिधि तस्बिर
५० अर्ब डलर लगानीका लागि सम्झौता
इस्लामावाद: पाकिस्तानका लागि
सिन्धु नदीमा चीनले ५० अर्ब डलर लगानी गरेर ४० हजार मेगावाट
क्षमताको जलविद्युत् आयोजना बनाउने भएको छ।
चीन आफैँले पाकिस्तानका लागि ५० अर्ब
लगानी गरेर बनाउने यो विशाल जलायसययुक्त जलविद्युत् आयोजनाबाट ४० हजार
मेगावाट बिजुली निकाल्ने योजना बनाएको छ ।
यो विशाल जलविद्युत् आयोजना बनाउनका लागि
चीन र पाकिस्तानबीच बेइजिङमा सहमति भएको छ । पाकिस्तानले सिन्धु नदीमा ४०
हजार मेगावाट बिजुली निकाल्न जलविद्युत् आयोजना बनाउन सकिने स्थानको पनि
टुंगो लगाएको छ ।
यो जलविद्युत् आयोजना गिलगित
बाल्टिस्तानको स्कार्दूदेखि लिएर खैबरसम्मको जलासययुक्त हुनेछ । तरबेलामा
पाकिस्तानको सबैभन्दा ठुलो बाँध रहेको छ । पाकिस्तानलाई सिन्धु नदी
कास्केडमा परियोजना बनाउनका लागि १५ अर्ब डलरको खाँचो रहेको छ ।
पाकिस्तान र चीनबीच शनिवार कयौँ सम्झौतामा
हस्ताक्षर पनि भएका छन् । प्रधानमन्त्री नवाज शरिफ र चीनका राष्ट्रपति शी
जिनपिङ्गको भेटवार्तामा दुई देशबीचका कयौँ मुद्दामा पनि चर्चा भएको छ ।
यो भेटवार्ताका क्रममा चीनले कश्मिर
मुद्दामा पाकिस्तानको समर्थन दिने दाबी पनि गरिएको छ । शरिफ चीनको वान
बेल्ट वान रोड (ओबोर) सम्मेलनमा सामेल हुन बेइजिङ पुगेका छन् ।
उनीसँग पाकिस्तानका चारै प्रान्तका
मुख्यमन्त्री पनि चीन पुगेका छन् । ओबोरमा करिब ६५ देश चीनसँग जोडिएका छन् ।
दक्षिण एसियाबाट भारत र भुटान यसमा सामेल छैनन् ।
No comments:
Post a Comment