Monday, May 22, 2017

सौराहा–लुम्बिनी तथा लुम्बिनी–सौराहा स्तरीय पर्यटक बस सेवा

पत्र पत्रिका बाट  -साभार http://www.abhiyan.com.np/new/Articles/view/98248 

२०७४-०२-९ मा प्रकाशित       दुवै क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै गर्ने सहमति

जेठ ८, काठमाडौं । चितवनको सौराहा र गौतम बुद्धको जन्मस्थल लुम्बिनीबीच पर्यटन प्रवद्र्धनका लागि सौराहा–लुम्बिनी तथा लुम्बिनी–सौराहा स्तरीय पर्यटक बस सेवा शुरू हुने भएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि चितवन पुगेका लुम्बिनीका पर्यटन व्यवसायी र सौराहका होटल व्यवसायीबीच बस सेवा शुरू गर्ने सहमति भएको सिद्धार्थ होटल एशोसिएशन (सान) ले जानकारी दिएको छ ।

लुम्बिनी र त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सान लुम्बिनी च्याप्टरको आयोजनामा व्यवसायी पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर सौराहा, तनहुँको बन्दिपुर र पोखरा भ्रमणमा निस्किएको र सौराहा र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमति भएको सान लुम्बिनी च्याप्टरका महासचिव लीलामणि शर्माले बताए । टोलीले आइतवार सौराहा र सोमवार बन्दिपुरका व्यवसायीसँग छलफल गरेको छ भने मङ्गलवार पोखराका व्यवसायीसँग अन्तरक्रिया गरिने उनले जानकारी दिए । सौराहामा भएको अन्तरक्रियामा सौराहा र लुम्बिनी दैनिक तीनओटा स्तरीय बस सञ्चालन गर्ने र यसका लागि व्यवसायीसँग सहकार्य गरिने सहमति भएको उनले जानकारी दिए ।
यस्तै, नेपाल, भारत वा अन्य कुनै पनि ठाउँमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा सामूहिक रूपमा गर्ने सहमति भएको र यसले दुवै क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । उनले भने, ‘चितवन र लुम्बिनी आएकामध्ये ५ प्रतिशत पर्यटकले मात्र दुवै ठाँउको भ्रमण गर्ने गरेकाले कम्तीमा ट्राभल प्याकेज बनाउँदा १ दिन लुम्बिनी र १ दिन सौराहा राख्ने गरी बनाउदा दुवै ठाउँलाई फाइदा पुग्छ ।’ यसबारे सम्बन्धित निकायसँग छलफल गरेर यसै सिजनदेखि काम शुरू गर्ने उनले बताए ।
यस्तै, लुम्बिनी आउने पर्यटकलाई आवासमा ३० प्रतिशत र खानामा २० प्रतिशत छूटको व्यवस्था गरिएको सानले जानकारी दिएको छ । टोलीले सोमवार तनहुँका होटल व्यवसायीसँग छलफल गरेको छ । तनहुँ र लुम्बिनीवीच सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको टोलीका सदस्य तथा उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका  सदस्य गोविन्द ज्ञवालीले जानकारी दिए । स्थलमार्ग हुँदै लुम्बिनी आउने पर्यटक भारतीय गाइडले गर्ने मिस गाइडका कारण १ दिन पनि नबसी फर्किने तथा कतिपय पर्यटक लुम्बिनीबाट सीधै काठमाडौं वा पोखरा जाने गर्छन् । यो सहमतिले महŒवपूर्ण दुई पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका सहयोग पुग्ने अपेक्षा होटल व्यवसायीको छ । उनीहरूले बन्दिपुर र पोखरामा आउने पर्यटकलाई लुम्बिनीसम्म पुर्‍याउन र त्यहाँ पुगेका पर्यटकलाई यी स्थानमा ल्याउनका लागि आफूहरूले समेत पहल गर्ने बताएका छन् । नयाँ वर्ष २०७४ को अवसरमा मात्रै लुम्बिनीमा ३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

No comments:

Post a Comment