Monday, May 8, 2017

नक्सा पासको हस्ताक्षर अब अनलाइनबाटै

पत्र पत्रिका बाट  -साभार  http://www.abhiyan.com.np/new/Articles/view/97335

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन नक्सा पास गर्दा गर्ने हस्ताक्षर पनि अनलाइनमै गर्न सकिने व्यवस्था गरेको छ । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौं महानगरपालिकाले यो सुविधा पनि थपेको जानकारी दिएको छ ।
गतसाउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस्तो अवस्था नआउने कामपाका इञ्जिनीयर राम थापाले बताए । यस व्यवस्था भएसँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ । यसअघि नक्सा पासका सबै काम अनलाइनबाट भए पनि हस्ताक्षर भने हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा आउनुपथ्र्यो । अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् । घरबाटै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन् । थापाले भने, ‘यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ, केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम शुरू हुन्छ ।’
यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इञ्जिनीयरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन शुरू गरेको छ । यसरी निर्माणको समयमा नक्साविपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई जानकारी गराएको छ ।

No comments:

Post a Comment