Wednesday, May 10, 2017

पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन

पत्र पत्रिका बाट  -साभार   

http://www.abhiyan.com.np/new/Articles/view/97657
वैशाख २६, कलैया । बारामा आव २०७३/७४ मा ५ हजार ५ सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६ सय हेक्टरमा प्रतिहेक्टर शून्य दशमलव ४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन भएको हो । गतवर्ष ५ हजार ५ सय ९६ मेट्रिक टन मुसुरो उत्पादन भएको थियो ।
यस्तै, कृषकले १ हजार ९ सय १५ हेक्टरमा तोरी खेती गर्दा प्रतिहेक्टर १ दशमलव १५ मेट्रिक टनका दरले २ हजार २ सय २ मेट्रिक टन तोरी उत्पादन भएको छ । गतवर्षको तुलनामा ८५ मेट्रिक टन बढी उत्पादन भएको हो । आव २०७२/७३ मा कृषकले १ हजार ९ सय २५ हेक्टरमा प्रतिहेक्टर १ दशमलव १ मेट्रिक टनका दरले २ हजार १ सय १७ मट्रिक टन तोरी उत्पादन भएको थियो । जिल्लामा हाल मुसुरोको मूल्य प्रतिक्विण्टल रू. ८ हजार (80/KG) तथा र तोरीको मूल्य प्रतिक्विन्टल रू. ६ हजार ५ सय(65/Kg) रहेको सो कार्यालयका योजना अधिकृत विकासकुमार साहले बताए ।  रासस


No comments:

Post a Comment