Wednesday, May 10, 2017

एचटिसीका तीन नयाँ मोडल नेपालमा, यस्ता छन् विशेषता

पत्र पत्रिका बाट  -साभार   

http://www.karobardaily.com/news/77882
काठमाडौँ: नेपालका लागि एचटिसी स्मार्टफोनको आधिकारिक बितरक जनरल नेक्स्ट कम्युनिकेसन्स प्रालिले एचटिसी यूप्ले, एचटिसी वान एक्स९ तथा एचटिसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ । 
एचटिसी यूप्लेको मूल्य ४९ हजार ९ सय ९९, एचटिसी वान एक्स ९ को मूल्य २८ हजार ६ सय तथा एचटिसी डिजाइर ८२५ को मूल्य  १८ हजार ९ सय रुपैयाँ तोकिएको छ । 
एचटिसी यूप्ले निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजाइर ८२५ ग्रे र सेतो रंगमा उपलब्ध छ ।
एचटिसी यू–प्ले
एचटिसीको यू–सिरिज सन् २०१७ मा सुरु भएको हो, जसमा नयाँ डिजाइर र सुविधाहरू राखिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो । 
कम्पनीकाअनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ । यसमा ५.२ इन्चको फूलएचडी सुपर एलसिडी डिस्प्ले राखिएको छ भने गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाइएको छ । 
यसमा २.० गिगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ । फोनमा ४ जीबीको र्‍याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २ टिबीसम्म पुर्‍याउन सकिन्छ । 
फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि चहकिलो फाटो खिच्न सक्छ । फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाइरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर छ ।
एचटिसी वान एक्स ९
एचटिसी वान एक्स ९ कम्पनीको डिजाइर श्रेणीको उत्कृष्ट स्मार्टफोन हो । वान एक्स ९ मा पूरा मेटल फ्रेम प्रयोग गरिएको छ जसले फोनलाई निकै आकर्षक र प्रिमियम ह्यान्डसेट बनाएको छ । 
यसको अग्रभागमा ग्लास राखिएको छ जो केही घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्लेभन्दा मुनी ब्याक, होम र रिसेन्ट बटनराखिएको छ । 
यसको स्क्रिनलाई गोरिल्ला ग्लासद्वारा सुरक्षित बनाइएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्युल स्पिकर ग्रिले प्रयोग गरिएको छ । 
एचटिसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सुपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ । 
एचटिसी डिजायर ८२५
यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ । फोनमा १.६ गिगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर छ भने २ जीबीको र्‍याम राखिएको छ ।
फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर १२८ जीबीसम्म पुर्‍याउन सकिन्छ । 
क्यामराको बारेमा, एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ । एन्ड्रोयड ६.० भर्सनमा सञ्चालन हुने फोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री छ ।


No comments:

Post a Comment