https://www.onlinekhabar.com/2019/06/771460
इलेक्ट्रिक स्कुटरको दर्ता अनिवार्य
२०७६ जेठ २३ गते १८:५८ मा प्रकाशित
0 प्रतिक्रिया
२३ जेठ, काठमाडौं । यातायात व्यवस्था
विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको
छ । दुर्घटना न्युुनिकरण तथा सवारीको अभिलेखका लागि यस्तो व्यवस्था गरिएको
विभागले जनाएको छ ।
सडकमा गुडेका तर कुनै अभिलेख नभएका यस्ता
सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने
निर्णय कार्यन्वयन गर्न परिपत्र भएको महानगरीय ट्राफिक प्रहरी प्रमुख
एसएसपी वसन्त पन्तले जानकारी दिए । हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले
असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट
लिनु पर्नेछ ।
हेल्मेट तथा नम्बर बिनै चलेका यस्ता सवारी
साधन दुर्घटना पर्दा अप्ठ्यारो परेका कारण यस्तो व्यवस्था गरिएको एसएसपी
पन्तले बताए । नयाँ नियमअनुसार विदेशबाट खरिद गरी ल्याएको तथा ग्राहकले
किनेको १५ दिनभित्रै यस्ता सवारीसाधन यातायात व्यवस्था विभागमा अनिवार्य
दर्ता गराउनु पर्नेछ ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त
पन्तका अनुसार सुरुआति १५ दिन जनचेतनामुलक कार्यक्रम चलाउने र तोकिएको
समयमा दर्ता प्रक्रियामा नआए यस्ता सवारीलाई कारबाही थालिने छ ।
दर्ता नभएका विद्युतीय स्कुटरलाई एक
हजारदेखि ५ हजार रुपैयाँसम्म जरीवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ ।
नेपालमा हाल कति विद्युतीय स्कुटर सञ्चालनमा छन् भन्ने कुनै अभिलेख छैन ।
साथै विभागले सवारी भित्र्याएको १५ दिन भित्र दर्ता गरिसक्न र त्यस अवधिपछि अनटेस्ट सवारीलाई सडकमा नचलाउन भनेको छ ।
No comments:
Post a Comment