प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
प्रहरीले
उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्ने गिरोहका ८२
सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ महिला छ । बाँकी ७८ पुरुष छन्
।
महानगरीय प्रहरी परिसर काठमाडौंले महिना दिन
एता चलाएको स्वीप अपरेशनबाट उनहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने
अधिकांश पटके छन् । प्रहरीका अनुसार लालध्वाज जिम्वा यस अघि नौ पटकसम्म
पक्राउ परेका अभियुक्त हुन् । यही क्रममा पक्राउ मध्ये सौगाम मल्लले भने
आफू प्रहरी निरीक्षक र प्रहरी हवल्दार भनेर पटेक मार्दै आएका थिए ।
परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले पक्राउ
मध्ये अधिकांश निजी कम्पनीले चलाउने सार्वजनिक बसमा पाकेट मार्ने गर्थे ।
उनले भने,‘चक्रपथ भित्र साझाको पनि बस चल्छ । तर, त्यसमा उनीहरुले कम पाकेट
मारेको पाइएको छ । त्यस बाहेकका बसमा भने यीनीहरुले धेरै जनाको प्याकेट
मारेको भेटिएको छ ।’
यस्तो छ, पाकटेमारको कोड भाषा
प्रहरीका अनुसार उनीहरुले पाकेट मार्न कोड भाषा प्रयोग गर्दै आएका थिए । जस
अनुसार उनीहरु पैसालाई द, मोवाईललाई कान, पाकेटमारी पीडित भएकालाई रामे,
पाकेट मार्ने गिरोहका प्रमुखलाई काशी भन्ने गर्थे । त्यस्तै उनीहरु पैसा
धेर छ भने टानको त पैसा थोरै छ जुटको द भन्ने गर्थे ।
गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री
पुलिस आयो ठल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले भन्ने गर्थे ।
गाडीबाट झरेर भाग्न टप्की, गाडीबाट अघि सर्न अकल जा, गाडीबाट भित्र पछाडि
सर भन्नलाई चिछल जा भन्ने गर्थे ।
No comments:
Post a Comment