प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Wednesday, June 19, 2019
काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण
पछिल्लो
डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण
भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै
प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती
उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका
सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा
काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए ।
‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण
भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत
आउने गरी घाउ भएको छ,’ डा. बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर
आक्रमणमा परेको उनीहरू बताउँछन् । घटनाबारे चारै युवतीको भनाइ एकै खालको
छ,’ डा. बाँस्तोलाले भने । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज
प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । एचआइभी, हेपाटाइटिस ‘बी’
र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ । तर, उनीहरूमा यी
रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा.
बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि
३० वर्ष उमेरका छन् । प्रहरीले थाल्यो अनुसन्धान
प्रहरी अनुसन्धानमा युवतीहरूलाई सिरिन्ज वा अन्य धातुले प्रहार भएको हो
भन्ने अझै यकिन भएको छैन । ‘पीडितको उजुरीअनुसार अनुसन्धान भइरहेको छ,’
महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्य भन्छिन्,
‘सिसिटिभीको समेत सहायतामा अभियुक्तहरूको पहिचान गर्ने काम भइरहेको छ ।’
No comments:
Post a Comment