http://annapurnapost.com/news/128811
संसद हाे कि भट्टी ? प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम !
राजकरण महतो
राजनीति
राजनीति
२० जेठ २०७६ १७:४१:०० 1503 shares
जनकपुरधाम : सरकारी
कार्यालयमा धुम्रपान, मध्यपान प्रतिबन्धित नै हुन्छ । तर देशको कुनै संसद
भवन परिसरमै रक्सीका बाेतल, चुरोट, खैनी, पान–परागको बट्टाको थुप्रो देखियो
भने त्यसलाई के भन्ने ?
योजना, नीति, नियम बनाउने र बहस गर्ने थलो
मानिने प्रदेश–२ को परिसरमै यस्तो देखिन्छ । जहाँको शौचालयमा जोकोही
पुग्दा लाग्छ कि, यो कुनै रक्सी र चुरोटको अखडा नै हो !
त्यसो त, सभाहलको पछाडि पट्टीको
क्यान्टिनमै रक्सी, चुरोट र तास खुलेआम बेच्ने गरिन्छ । कानुन अनुसार
प्रदेशसभामा जाँड रक्सी खान नपाइने बताउँछन् प्रदेशसभा सचिवालय सचिव रञ्जित
यादव ।
तर, प्रदेशसभाका सांसदहरुकै लापर्वाहीका
कारण यस्तो अव्यवस्थित अवस्था देखिएको उनको भनाइ छ । स्रोतका अनुसार
परिसरमा रहेको चमेनागृहमा बस्नेहरु नै रक्सी सेवन गर्छन् ।
No comments:
Post a Comment