प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
राजविराज
— पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय
राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त
थिए । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै
रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त निदाइरहेका थिए ।
बुधबार
दिउँसो सवा २ बजेतिर कार्यालयमै निदाइरहेको देखियो । उनको सुताई पनि
अस्वाभाविक प्रकृतिका थिए । कुर्सीमा सुतेका उनको दुबै खुट्टा भने अगाडिको
टेबलमाथि थियो । टेबलमा टेबलमा एउटा रजिष्टर र केही कागजपत्र एकातिर थिए
भने अर्कोतर्फ नायव सुब्बा भागवतको गोडा तेर्सिएको थियो ।
उनी
कार्यालयको टेबुल र कुर्सीमा सुतेको दृश्य क्यामेरामा कैद भएको केहीबेरपछि
मात्र ब्यूँझिएका थिए । पदीय मर्यादाको ख्यालै नगरी दिउँसो कार्यालयमा
कर्मचारी निदाएको देखेपछि सेवाग्राहीहरु अचम्चित बनेका थिए ।
उक्त
कार्यालय अहिले सप्तरी जिल्लामा किर्ते उपभोक्तासम्बन्धी प्रकरणमा
सर्वाधिक चर्चामा छ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत
सप्तरी जिल्लामा सञ्चालित केही योजनाहरुमा किर्ते गरेर उपभोक्ता समिति गठन
गरी काम सुरु गरिएको कार्यालयका नासु भागवत पनि किर्ते प्रकरणमा तानिएका
कर्मचारी हुन् ।
No comments:
Post a Comment