Sunday, April 21, 2019

कागती खेतीबाटै मनग्गे

https://www.kantipurdaily.com/pradesh-1/2019/04/21/155581711672438511.html

कागती खेतीबाटै मनग्गे

कान्तिपुर संवाददाता
विराटनगर — मोरङ डंग्रहाका ढालुराम माझी कागती बेचेरै मनग्ये आम्दानी लिएका छन् । बुढीगंगा ६ टिकलीया गाछीका माझीको कागती खेतीबाट तिन वर्ष यता वार्षिक आम्दानी सरदर ५० लाख रुपैयाँ छ । त्यही आम्दानीले अहिले उनले ७ बिघा जमिन जोडेका छन् । त्यसमध्ये ५ विघामा कागती खेती गरेर दुई बिघामा टिकका बिरुवा रोपेका छन् ।
सुनसरीको कोसी गाउँपालिकाको पश्चिम कुशाहाकी एक गृहिणी पटेरबाट गुन्द्री बुन्दै । यहाँ एउटा गुन्द्री २ सय ५० मा बिक्छ । तस्बिर : वेदराज पौडेल/कान्तिपुर


२०६४ सालमा कागतीका दुईवटा बिरुवा रोपेर यसको व्यवसायीक खेती सुरु गरेका माझी पछिल्लो पटक मोरङका उत्कृष्ट कृषक घोषित हुँदै राष्ट्रपति पुरस्कारले सम्मानित पनि भएका छन । त्यही दुईवटा विरुवावाट कलमी गरेर २०६५ सालमा थप ७ वटा विरुवा बढाए ।

०६६ सालमा उनको बगैचामा कागतीका वोटको सख्या ६० वटा पुग्यो । ६० वटा वोटवाट कलमी गरेर ०६७ सालमा ३ सयवटा र त्यसवाट पनि कलमी गरेर ०६८ सालमा उनले कागतीको बोट सख्या १ हजार २ सय पुर्‍याए । २०६८ साल अन्तिम देखि माझीलाई कागती खेतीले आम्दानी दिन थाल्यो ।

०६८ सालमा अढाई लाख आम्दानी दियो । २०६९ सालदेखि हरेक वर्ष उनको आम्दानी ह्वात्तै दोब्बर भयो । त्यो साल ऊनले कागती दाना विक्रीवाट अढाई लाख र बिरुवा बित्रीबाट ४ लाख कमाए । ०७० मा ऊनले दाना बिक्रीबाट ४ लाख र बिरुवा बित्रीबाट १७ लाख आम्दानी गरे ।

२०७१ मा माझीले कागतीको अचार बनाउने पनि व्यवसाय सुरु गरेपछि थप बढी आम्दानीको स्रोत बढेको पाइयो । त्यस वर्ष ऊनले कागती बिक्रीबाट ६ लाख ५० हजार विरुवा बित्रीबाट २० लाख र अचारबाट ३ लाख कमाएको तथ्यांक देखाए ।

कागतीको तीन वर्षको आम्दानी र त्यही खेती धितो राखेर ऋण लिएर माझीले एक करोड भन्दा बढीमा ०७१ सालमा ५ बिघा जमिन खरिद गरेर खेती विस्तार गरे । अहिले उनको बगैंचामा कागतीको बोट संख्या २ हजार ५ सय पुगेको छ । माझीले भने त्यही बोटले तीन वर्षयता वार्षिक सरदर ५० लाख आम्दानी दिँदै आएको छ । ऊनका अनुसार तीन वर्षयता कागती बिक्री गरेर सरदर १६ लाख, बिरुवा बित्रीबाट १८ लाख र अचार बिक्रीबाट करिब १६ लाख आम्दानी हुँदै आएको छ ।

उनको घर र बगैंचाबाटै कागतीका दाना, बिरुवा र अचार बिक्री हुन्छ । कागतीको दाना हेरेर प्रतिदाना ५ देखि १० रुपैयाँ, बिरुवा प्रतिगोटा सरदर सय रुपैयाँ र अचार प्रतिकेजी दुईसय रुपैयाँमा बिक्री हुने माझीको भनाइ छ । उनको बगैंचामा दुईवटा स्थानीय जातका, एउटा धनकुटे र एउटा मद्रासी कागतीका बोट छन् । ती बोटले प्रायः बाह्रै महिना आम्दानी दिन्छ । उनले भने यहाँ उत्पादन हुने कागती र त्यसको अचार विराटनगर, इटहरी, दुहवी र इनरुवाका व्यापारीले किन्छन् । माझीले बगैचामा १३ जनालाई रोजगारी पनि दिएका छन् ।

तीमध्ये ८ पुरुष र ५ महिला छन् । उनीहरूले बगैंचा सफाइ गर्ने कलमी गर्ने, दाना टिप्ने र बिरुवामा पानी हालेबापत माझीले मासिक १ लाख ४१ हजार रुपैयाँ तलब दिन्छन् । महिलालाई मासिक ९ हजार र पुरुषलाई मासिक १२ हजार तलब दिएका छन् । प्रकाशित : वैशाख ८, २०७६ ०९:१०

No comments:

Post a Comment