https://www.kantipurdaily.com/opinion/2018/07/25/153248349595357215.html
रैथाने उब्जनीबाट समृद्धि
रैथाने उब्जनीबाट समृद्धि
नेपाल आफ्नै रैथाने लगभग ७ हजार औषधीय र सुगन्धित बिरूवाको व्यावसायिक मुकाम हुन सक्छ ।
काठमाडौँ
— अस्ति भर्खरजस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले
हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी
बनाएको । ४/५ कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा
खरबुजो चोर्न जान्थ्यौं । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पथ्र्यो,
भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल ।
हामी
पटक–पटक खरबुजा चोर्न गएका थियौं । जब एकदिन माइला दाइले धान नमाडी खरबुजो
खाएको पुरस्कार भनी हामी ४ जनालाई चौतारोमा बोलाएर एक पोका माला मिठाइ
दिए, तब खरबुजोको खोजीमा दाइको घैयाबारी कुद्ने क्रम पनि रोकियो ।
जुगजमाना फेरिएको छ । खरबुजो टिमका हामी २ जना ७ समुद्रपारि क्यानाडामा छौं । १ जना काठमाडौंमा वरिष्ठ व्यापारी छन् भने अर्का १ जना नेपाल सरकारका उच्च अधिकारी । बसोबास ७ समुद्रपारि रहे पनि मेरो मनचाहिँ किन–किन गाउँघरतिरै घुमिरहन्छ ।
हिजोआज मलाई के लाग्न थालेको छ भने हाम्रो परम्परागत कृषिले घैया धान र मकै हुने पाखोबारीको उत्पादनले ‘कस्ट अफ लिभिङ’ धान्ने विकल्प दिन सकेन । बरु अब त्यो घैया धान र मकै फल्ने बारीलाई तितेपाती, धयेरी, धतुरो र असुरो बारी बनाएर किसानलाई कृषि पेसाबाट आर्थिक स्वावलम्बन गराउन सकिन्छ । त्यतातिर लागे मलेसिया र जापानमा जस्तै कृषक कृषि पेसामै आत्मनिर्भर हुने र कृषिमा युवा उद्यमीको मन बसाउन सकिन्थ्यो कि भन्ने तानाले गाँजेको छ ।
हाम्रा रैथाने जडीबुटी र कृषिजन्य उपजको अहिलेको विश्व बजारको माग र पूर्तिलाई केलाएर हेर्दा तितेपाती बुद्ध चियाका रूपमा र ‘क्लिनिङ स्यानिटाइजर’ अर्थात् सफाइ सामग्रीका रूपमा अमेरिकाको हवाइमा व्यावसायिक भइसकेको छ । यसको बजार माग र कभरेज दिन दुई गुना, रात चार गुणा बढिरहेको छ ।
खुला र सदुपयोग नभएका रुखो सिम जग्गामा हुने सानो बुटो धयेरी वास्तवमै अति मूल्यवान औषधिको अर्को स्रोत हो । यसको फूल आयुर्वेदिक औषधिका धेरै फर्मुलामा जान्छ भने यो आफैं घरको गमलामा लगाइने महँगो नर्सरीको बिरुवा हो । परम्परागत रूपमा गाउँमा पखाला लाग्दा र शरीरमा ‘इलेक्ट्रोलाइट’ घटेर ‘डिसेन्ट्री’ अर्थात् पखाला हुँदा यसको उपयोग अत्यधिक गरिन्थ्यो । अल्सर छिटो निको गर्ने तरिका थियो, धयेरीको फूल । दाँत दुख्दा कुल्ला (गार्गल) का रूपमा प्रयोग गर्न र निधारमा चिटचिट पसिना आउने र टाउको दुख्दा शीतलपन लिन धयेरीको फूलको रस लेपन र सेवन सामान्य मानिन्थ्यो । धयेरीको बोक्रा कुष्ठरोगको औषधिमात्र थिएन, धेरै तिर्खा लाग्दा र रगत सफा नभएर फोहोरी खटिरा नआओस् भनी सेवन गर्ने चलन थियो । यसको जराको धुलो हड्डी भाचिँदा प्रयोग हुने गथ्र्यो ।
हाम्रा गाउँघरमा नरोपे पनि आफैं उम्रने र झाडी बनाउने असुरोको आफ्नै प्रकारको उच्च वाणिज्यिक मूल्य (कमर्सियल भ्यालु) छ । पाकिस्तानमा यो मधुमेयको पूरक (डाइबेटिक सप्लिमेन्ट) का रूपमा निकै लामो समयदेखि प्रयोग हुँदै आएको छ । हाम्रा पाखाभित्तामा फाँडफँुड पारी फाल्दा पनि जबर्जस्ती उम्रने जब्बर प्रकृतिको रिट्ठाको गेडा भारत हँुदै उत्तर अमेरिकासम्म पुगेको छ । यो अहिले क्यानाडामा साबुन र स्याम्पुको सट्टा विलासी स्नानमा प्राकृतिक साबुन बेरी सोपका नाममा प्रयोग भइरहेको छ । अर्थात् आधुनिक खानपानको ‘एन्टी–क्यान्सर पिल्स’ बनेको र संसारकै आजसम्मको उत्कृष्ट ‘इम्युन बुस्ट’को सारथिको पहिचान बनाएको बेसार होस् वा रिट्ठा, हलेदो र अदुवा, तिनै घैयाबारीमा खेती गरी मनग्ये आम्दानी लिन सकिने कृषि उपज हुन् ।
सानो छँदा घरमै जोडिएको धारोमा पानी नहुँदा म बिहान–बिहान मुख धुन घरमाथिको फल्दी खोलाको धारामा जान्थेँ । धतुरो खाँदा जिब्रो र ओठ सुन्निने कहानी आमाको मुखबाट सुनेको थिएँ । मलाई जहिल्यै बाटो छेउको खोल्सामा कतै धतुरो छोइएला र शरीर सुन्निएला भन्ने डर हुन्थ्यो ।
त्यो धतुरोलाई सबैजना शिवजीको बुटी भन्थे । जब हामी शिवजीको नाम लिन्छौं, गाँजा, धतुरो र रुद्राक्षको प्रसंग आउँछ । ७ सयभन्दा बढी औषधिजन्य प्रयोजन पाइएकाले गाँजा संसारभर वैधानिक हैसियत पाउने क्रममा छ । पछिल्लो समय क्यानाडाले त्यसलाई कानुनी मान्यता दिइसकेको छ भने भारतमा पनि यसको आन्तरिक गृहकार्य भइरहेको छ ।
गाँजा जस्तै धतुरो पनि नेपालमा जताततै पाइने वनस्पति हो । वास्तवमा धतुरो विष नै हो । यो विषालु हुनुको कारण यसमा पाइने ‘अल्कालोइड’ जस्तै स्कोपालामाइन, हायोस्क्यामाइन, एट्रोपाइन आदिले गर्दा हो । धतुरो उम्रँदा र जंगलमा हुर्कंदा किराले यसलाई नखाउन् भनी यो बिरुवाले प्राकृतिक रूपमै आफूभित्रै रिपेलेन्टका रूपमा यी अल्कलोइड बनाएर सञ्चिती गर्छ । विषादी बनाउने कम्पनीहरूले त्यसलाई लिएर जैविक किरा नियन्त्रण गर्ने औषधि बनाउने गर्छन् । आयुर्वेदले मात्र खाना र औषधितिर ध्यान दिएको छ । त्यसैले यसको रस कपाल झर्ने समस्या निदान र कपालमा चायाँ कम गर्ने रसायनका रूपमा मात्र उल्लेख गरेको छ ।
धतुरोको गेडाबाट निक्लने तेल कपाल झर्न रोक्ने उच्चकोटीको औषधिमा प्रयोग हुन्छ । परम्परागत रूपमा धतुरोको पातलाई सेकेर बनाइएको लेपलाई आङ मर्केको र दुखेको ठाउँमा लगाइन्थ्यो ।
यो ‘पेनकिलर’ थियो र हो पनि । दमको बेला र हड्डी मर्कंदा यसको प्रयोग हुन्छ । परम्परागत रूपमा महिला गर्भवती हुँदा फिस्टुलाको समाधानका साथै शरीर सुन्निएर पिप जम्ने हुँदा पनि धतुरोको गेडाको लेप लगाइन्थ्यो । धतुरोको गेडाबाट निक्लने तेलमा हायोस्क्यामाइन र एट्रोपाइन धेरै हुन्छ । त्यसलाई मानिसको दिमाग परिवर्तन गर्ने हेलुसिनेटिङ ड्रगका रूपमा चिनिन्छ । धतुरो विषादी हुने हुनाले यसलाई दुई डेसिग्रामभन्दा बढी नहुनेगरी मानव प्रयोजनका लागि सप्लिमेन्ट बनाउने गरिएको छ । युनाइटेड स्टेट्स फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (युएसएफडीए) ले पनि धतुरोलाई भर्खरै तोके अनुरुप प्रयोग गर्न सकिने स्वीकृत सूची (एप्रुभ्ड लिस्ट) मा राखेको छ ।
अब कुरा गरौं, मुलाको । यो हाम्रो शरीरको आन्तरिक (जैविक) घडीको चक्र सञ्चालनमा सहयोगी हुन्छ । मिलाटोनिङ प्राकृतिक रूपमै हाम्रो शरीरमै पाइने हार्मोन हो । अर्थात् शरीरको आन्तरिक घडीको चक्र सञ्चालन गर्ने हार्मोन । जब अँधेरो हुन्छ, हाम्रो शरीरले धेरै मिलाटोनिङ उत्पादन गर्छ, अनि हामीलाई निद्रा पर्छ । उज्यालो हुँदा शरीरले मिलाटोनिङको उत्पादन घटाउँछ, अनि हाम्रो निद्रा छ्याङ्ग खुल्छ ।
मानिस दृष्टिविहीन हुँदा प्रकृतिले शरीरमा उत्पादित मिलाटोनिङको लेबल अनुभूत गर्न सक्षम बनाउँछ । दिउँसो र रातिको अनुभूति गर्न सफल बनाउँछ । आन्तरिक घडी कन्ट्रोल गर्ने मिलाटोनिङको कमीले मानिस छिट्टै निदाउन नसक्ने, बिहान उठ्न र आँखा खोल्न सक्दैन । मानिसहरू अल्जाइमर, सिजोफेर्निया, डिमेन्सिया, अटिजम, फोक्सोको रोग, मेमोरी लसमा मिलाटोनिङ खाने गर्छन् । त्यसलाई सेन्थेटिक प्रक्रियाबाट बनाइएको हुन्छ ।
हाम्रा गाउँघरमा पाइने मुलामा प्रतिग्राम ६ सय ५७ पिकोग्राम मिलाटोनिङ हुने गर्छ । त्यसैले आयुर्वेदले लेक्टिक फर्मेन्टेड मुलालाई धेरै राम्रो स्थान दिएको छ । खाना र अचारका रूपमा मुला खानु फलदायी मानिनुको वैज्ञानिक कारण निकैपछि बुझिए पनि आयुर्वेदले डाइबेटिक, ज्वरो, चिसो, कफ, दम, घाँटी दुख्दा र एलर्जी हुँदा नियमित ताजा मुला खान सल्लाह दिएकै हो ।
अनादिकालदेखि मानिसले दैनिक २५.५० एमएलजति मुलाको रस सेवन गरेको तथ्य पाइएको छ । पछि गएर ‘मुला खाई वन पस, अदुवा खाई सभामा पस’ भन्ने लोकोक्तिका कारण त्यो चलन ओझेलमा पर्यो । मुलाको डकार गन्हाउने र अदुवाले मुखमा बासना दिने भएकाले हामी कस्मेटिक फाइदातिर मात्रै लम्कियौं । २५.५० एमएल मुलाको रस पिउँदा जतिको लाभ न काँचो मुला चपाउनुमा छ, नत अचार खाएर जिब्रो फड्कार्नुमा । जे होस्, यसको गुण पक्रेर मुलाको व्यवसाय गर्न सक्दा निकै फाइदाकारी हुनेछ ।
समग्रमा प्राविधिक दृष्टिकोणबाट के भन्न सकिन्छ भने समय क्रममा नेपाल नेपालकै रैथाने लगभग ७ हजार मेडिसिनल (औषधीय) र एरोमेटिक (सुगन्धित) प्लान्टको व्यावसायिक हब हुनसक्छ । जतिसक्दो चाँडो हाताहाती प्रतिफल लिन सकिने अवस्थामा पुर्याउन भने मेडिसिनल र एरोमेटिक भ्यालु पहिचान, प्रशोधन र व्यावसायिक विधिको ‘बडी अफ नलेज’ हस्तान्तरण जरुरी हुन्छ । त्यो अवसरको संघार इनोभेटिभ इन्कुबेटरहरूलाई नेपालमा आमन्त्रण गरी काम गर्ने वातावरण प्रदान गरेपछि मात्र खुल्छ ।
घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।
प्रकाशित : श्रावण ९, २०७५ ०८:३८

No comments:
Post a Comment