प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Thursday, July 19, 2018
चर्चामा रहेको जुम्लाको मार्सी धान बचाउने उपाय
https://www.kantipurdaily.com/bibidha/2018/07/19/153198215847366811.html
चर्चामा रहेको जुम्लाको मार्सी धान बचाउने उपाय तोयनाथ जोशी
काठमाडौँ
— जुम्ली मार्सी नेपालको उच्च पहाडी जिल्लाहरू जुम्ला, बाजुरा तथा बझाङ
जिल्लामा सिमित मात्रामा उत्पादन हुने स्थानीय जातको धान हो । मार्सी धान
संसारको सबैभन्दा उच्च (२७ सय ९० मिटर) स्थानमा फल्ने जातको रूपमा
चिनिन्छ ।
यो
धान ज्यापोनिका प्रजातिको रैथाने धानको जात मानिन्छ। जुम्ली मार्सीको
स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र प्रशस्त पोषकतत्वको कारण
जुम्ली मार्सी धानको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पुगेको
छ। तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जुम्लाबाट हुलाकमार्फत
दैनिक दुई मानाका दरले मार्सी धानको चामल पुर्याउने गरिएको इतिहासले
जुम्ली मार्सीको महत्व दर्शाउँछ।
करीब ७००
वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी
भित्र्याएको विश्वास गरिन्छ। खोज पत्रकार रत्नाकर देवकोटाको भनाइअनुसार
जुम्ली मार्सी धानको उत्पति १२ औं शताब्दीमा भएको उल्लेख गरेका छन्।
भारतबाट मानसरोवर जाने क्रममा चन्दननाथ बाबाले खलंगाको फाँटभरी ताल जमेको
देखेपछि ताललाई फुटाएर बस्ती बसाइ उक्त क्षेत्रमा मार्सी धान खेति थालेको
एतिहासिक किंवदन्ति रहेको छ। अनुसन्धानका लागि उपयोग हुने शुद्ध अनुबंशिक
धान कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको तथ्याङ्कले
देखाउँछ।
जुम्ली मार्सीलाई जुम्ला जिल्लको
पहिचानको रूपमा लिइन्छ। शितोष्ण हावापानीको लागि उपयुक्त मानिँदै आएको यो
धानको जात जुम्ला जिल्ला र असपासका ठाउँहरूका लागि सुहाउँदो धान हो। यस
जातको धानमा चिसो सहन सक्ने जिन (बंशाणुगत गुण) रहेको अन्तराष्ट्रिय
धानबाली अनुसन्धान केन्द्र (आआरआरआइ) ले जनाएको छ। मन्दिरमा
चढाउने,
होम गर्न तथा अक्षता बनाउन यसको चामल प्रयोग गर्ने धार्मिक प्रचलनले पनि
यो धानको महत्व अझ झल्काएको छ। नेपालमा कूल धानखेती गरिएको क्षेत्रफल ३२
लाख ५० हजार हेक्टर छ जसमा जुम्ली मार्सी धानले ओगटेको क्षेत्रफल १ हजार ३
सय हेक्टर हो।
नेपालमा धानको औषत उत्पादकत्व २.९७
टनप्रति हेक्टर रहेकोमा जुम्ली मार्सीको उत्पादकत्व जम्मा १.७ टन प्रति
हेक्टर मात्र रहेको छ जुन राष्ट्रिय औषतको ४० प्रतिशतले कम हो। जुम्ला
जिल्लामा मार्सीको उत्पादन प्रतिहेक्टर १५ क्विन्टल हुने गरेको पाइन्छ। हाल
जिल्लाभरको उत्पादन करिब २ हजार ८० मेट्रिक टन रहेको छ। जसबाट १ हजार २ सय
४८ मेट्रिक टन चामल निकाली कर्णालीलगायत देशका बिभिन्न ठाउँहरूमा बिक्री
बितरण भएको पाइन्छ। जुम्ली मार्सी धानको चामल खलंगामा प्रतिकेजी १ सय ५०
रूपैयाँमा बिक्री बितरण भएको पाइन्छ भने काठमाडौं, सुर्खेत र बाँकेमा
प्रतिकेजी दुई सय रूपैयाँमा बिक्री भइरहेको छ।
परापूर्वकालदेखि
लगाइँदै आएको यो धान हाल लोप हुने अवस्थामा पुगेको छ। यो धान ब्लाष्टप्रति
अतिसंबेदनशिल भएकोले दिनानुदिन उत्पादनमा ह्रास भइरहेको छ। उत्पादनमा आएको
ह्रासले गर्दा किसानले लगाउन छाडेको अवस्था रहेको छ। किसानहरूको मार्सी
धानप्रति आक्रर्षण घट्नुको अर्को कारण असिना पानी पर्दा अत्याधिक धान झर्नु
पनि हो। जुम्ली मार्सी अग्लो प्रजातीको धान भयकोले धान ढल्ने समस्या भइ
बाली भित्र्याउन पनि कठिन हुने हुँदा किसानहरूको रोजाइ होचो प्रजातिका
धानहरू तिर छ। नेपाल जलबायु परिवर्तनको असरमा बिश्वमा चौथों मुलुक मानिन्छ।
जलवायु परिवर्तनको असर उच्च हिमाली भेगमा बढि हुने अनुसन्धानबाट पुष्टि
भइसकेको छ। जुम्ली मार्सी धान चिसो सहन सक्ने धान भएकोले तापक्रम बृद्धिको
प्रत्यक्ष असर उत्पादनमा पर्न जान्छ। तसर्थ, माथी उल्लेखित समस्याहरूलाई हल
गरिएन भने भबिष्यमा यसको अस्तित्व नै संकटमा पर्ने देखिन्छ।
पछिल्लो
समय नेपाली राजनीतिक बृत्तमा यस धानले ब्यापक चर्चा पाएको छ। ढिलै भएपनि
नेपालको राजनीतिक तहमा यस धानको चर्चा हुनुले रैथाने बालीहरूको सम्बर्धनका
लागि सकारात्मक सन्देश दिएको बुझ्न पर्छ। नेपाल बिश्वमै प्रचुर रैथाने
बालीहरू भएको देशका रूपमा चिनिन्छ। नेपालमा लट्टे, कोदो, अनौती, कागुनु
जस्ता अत्याधिक पोषण भएका जंगली जातका बालीहरू को डोमेस्टिकेसन भइ रैथाने
जातको बालीमा परिणत भएका छन्। तर लोपोन्मुख रैथाने बालीहरूका प्रजातिहरूको
चर्चा हुन जरूरी छ। ढिलै भएपनि जुम्ली मार्सीको चर्चाले देशका अन्य रैथाने
बालीहरूको पनि चर्चा भएमा सरकारी तथा गैह्रसरकारी निकायबाट ती बालीहरूको
ब्यावसायीकरणको पहल हुन जरूरी छ।
बिकसित
मुलुकहरूमा जंगली जातका बालीहरूलाई अनुबंशिक श्रोतको रूपमा लिइ संरक्षण तथा
सम्बर्धनका लागि अत्याधिक धनरासी खर्च गरेका हुन्छन्। जंगली जातका
बालीहरूबाट राम्रो गुण भएका जिनलाई उन्नत जातका बालीहरूमा प्रबिष्ट गराई
बढी उत्पादन दिने बालीको बिकास गरिन्छ। त्यसैगरी रोग/किरा प्रतिरोधि
जातहरको बिकास गर्न पनि जुम्ली मार्सी जस्ता प्रजातिहरूको जिन प्रयोग
गरिन्छ। नेपाल कृषि अनुसन्धान परिषद्ले मार्सी धान संरक्षणका लागि
अनुसन्धानको थालनी गरेको छ। अनुसन्धान केन्द्रले मार्सी धानको चिसो सहन
सक्ने गुणलाई उन्नत जातको धानसंग क्रस गरी चन्दननाथ–१ र चन्दननाथ–३ जातका
धान सिफारिस गरेको छ।
अगामी दिनहरूमा जुम्ली
मार्सी संरक्षण तथा सम्बर्दनका लागि बाली प्रजननमा सरकारी तवर बाटै ध्यान
दिन जरूरी छ। ब्लाष्ट प्रतिरोधि जिन तथा होचो बनाउने जिनलाई जुम्ली
मार्सीमा प्रबिष्ट गरिएमा धानको उत्पादनमा आएको ह्रासलाई न्यूनीकरण गर्न
सकिन्छ। उत्पादन ह्रास गर्ने ब्लाष्ट प्रतिरोधि जिन तथा होचो बनाउने गुण यस
जातमा प्रबिस्ट गराउन सके कृषकहरूको यस धानप्रतिको आक्रर्षण बढ्न गइ बाली
सम्बर्धनमा टेवा पुग्न सक्छ।
लेखक नेदरल्यान्डसस्थित वाखेनयखेन युनिभर्सिटी एन्ड रिसर्चमा प्राङगारिक कृषिमा स्नातकोत्तर तहमा अध्ययनरत छन्।
No comments:
Post a Comment