Friday, July 19, 2019

सूर्यमुखीको तेल हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभदायक

https://halokhabar.com/news-details/1918/2019-07-09

सुर्यमुखीको खेती यसरी गर्नुहोस् जाहाँ अन्तरबाली पनि लगाउन सकियोस्

२०७६ असार २४ मंगलबार १५:५७:०० मा प्रकाशित ७२८१

सूर्यमुखीको तेल हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभदायक

हलोखबर
halokhabar
काठमाडौं । सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो-चौथो हप्ता, तथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

यो वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । दोमट माटो यस वालीको लागि उत्तम मानिन्छ । माटोको पि.एच. ६.५ देखि ८.५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीको लागि पानी जम्न दिनु हुँदैंन ।

१. सुर्य मुखी कस्तो हावापानी भएको ठाउँमा लाग्ने बाली हो ?
यो बालकिो उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै चाहिन्छ । फुल खेल्ने बेलामा बर्षा भएमा वीउ रतेल दुबैको उत्पादनमा ह्रास आउंदछ । राम्रो खेतीका लागि तापक्रम २०–३५डिग्री सेन्टिग्रड हुनु पर्दछ ।

२. सुर्यमुखी लगाउने उपयुक्त समय कुन हो ?
सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो९चौथो हप्ता, तथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

३. यो बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
दोमट माटो यसका लागि उत्तम हुन्छ । माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीमा पानी जम्नु हुँदैन ।

४. नगदे बालीका रुपमा यसको कस्तो महत्व छ ?
यो वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल निकाले पछि बन्ने पिना पनि प्रोटिनको राम्रो स्रोत भएकाले पशु आहाराका लागि प्रयोग हुन्छ । यसरी यो बाली नगदे बालीको रुपमा प्रचलित छ । यसको तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । कुनै कुनै जातको वीउ खानमा पनि प्रयोग गरिन्छ ।

५. यो बालीको नामकै बारेमा प्रांरभिक जानकारी पाईन्छ ?
परापूर्वकाल फुलको रुपमा लगाईएको आलंकारिक विरुवा हो । सूर्यतिर फर्केर फुल्ने हुनाले सुर्य मुखी भनिएको हो । फलमा भएको वीउबाट तेल निकाली प्रयोग हुने भएकाले महत्वपूर्ण नगदे बालीका रुपमा  लोकप्रिय छ ।

६. झारपात नियन्त्रण र उप्केरा कहिले लगाउनु पर्दछ ?
वीउ छरको ६० दिन सम्म बाली झारमुक्त हुनु पर्दछ । बोट घुंडा घुंडा अग्लो भएको बेला गोडमेल अवश्य पनि गर्नु पर्दछ र उप्केरा लाउनु पर्दछ, जसले गर्दा पछि बोट फुल फुल्ने समयमा नढलोस । झार नियन्त्रणको लागि विषादी छर्नु पर्दा वीउ छरेको ३ दिन भित्र झारनाशक विषादी पेन्डिमिथालिन १००–१३० एम.एल,१३–१६ लिटर पानीमा मिसाई प्रति कटृाका दरले छर्नु पर्दछ । यस पश्चात पछि पुनः झारको प्रकोप बढी भएमा हातले उखेल्ने वा मेसिन प्रयोग गर्ने सल्लाह दिइन्छ ।

७. सुर्यमुखीमा सिंचाई कहिले दिनु पर्दछ ?
बसन्ते मौसममा लगाएको सुर्यमुखीमा आवश्यकता अनुसार सिंचाई दिनु पर्दछ । चिस्यान कम भएमा वीउ छर्नु भन्दा अगाडी सिंचाई गरी वीउ एक रुपले उम्रने बाताबरण मिलाउनु पर्दछ । यस बाहेक विरुवा ४–५ पात भएको बेला, फुल फुल्नु भन्दा अगाडी र दाना लाग्ने बेलामा सिंचाई दिन आवश्यक हुन्छ । साधारण तया बर्षे मौसममा लगाएको बालीमा भने सिंचाई चाईदैन तर पनि पानी नपरेमा फुल फुल्ने बेलामा एक पटक सिंचाई दिन आवश्यक हुन्छ ।

८. सुर्यमुखी खेती गर्दा बदलिदो जलवायु परिवर्तनको सामना कसरी गर्न सकिन्छ ?
यो खेती गर्दा मिश्रित वाली प्रणाली अपनाउदा जलवायु परिवर्तनको सामना भएको हुन्छ । उखु खेतीमा सुर्यमुखी,मकैसंग मिश्रित खेती आदि गर्दा तापक्रममा सन्तुलन,चिस्यानको संरक्षण आदि भएको हुन्छ ।

९. बाली कतिवेला भित्र्याउनु पर्दछ ?
टिपेका फुलका टाउकाहरु घाममा राम्ररी सुकाउनु पर्दछ र टाउकोको बीच भागमा लठ्ठीले विस्तारै चुट्दै दाना निकाल्नु पदृछ । ब्यावसायिक खेती गर्दा दाना चुट्न थ्रेसर मेशिन पनि प्रयोग गर्न   सकिन्छ । तेल निकाल्नु पर्दा वा वीउ भण्डारण गर्नु पर्दा चिस्यान १०५ भन्दा बढी हुनु हुंदैन । यसका लागि दानालाई घाममा राम्ररी सुकाउनु पर्दछ ।

१०. सुर्यमुखीमा सुगाबाट पनि धेरै नै क्षति हुन्छ । यसको नियन्त्रणको पनि केहि उपाय छ कि ?
 नियन्त्रण गर्न सकिने केहि उपायहरु यस प्रकार छन :

-एकातिर सेतो र अर्कोतिर रातो पोलिएको अल्मुनियम रिबन पाईन्छ, यसलाई बटारीखेत बारीमा राख्दा यो घाममा चम्कने र हावाको प्रवाहले आवाज समेत आउने हुदा सुगा तथा अन्य चराहरु नियन्त्रण भएको पाईएको छ ।
-खेतवारीका छेउ तथा बीचका ठूला फुलहरुलाई पत्रिका तथा पुराना कपडाको थैलाले छोपी दिनाले पनि केहि कम गराउन सकिन्छ ।
-फुलको वरिपरि मालाथियन झोल छर्नाले यसको गन्धले सुगाको प्रकोप केहि कम हुन्छ ।
-मानिस राखेर धपाउने पनि गर्न सकिन्छ ।

११. बाली टिप्ने बेला भयो भनेर कसरी थाहा पाउने ?
सुर्यमुखीको टाउको (फुलको चाक्लो भाग) को तल भाग जब खैरो पहेंलो हुन्छ, यसको टिप्ने बेला भयो भनेर बुभ्नु पर्दछ । यसबेला टाउको चिस्यान २० हुन्छ । सबै टाउको एकै पटक पाक्दैन र २–३ पटक गरी टिप्नु पर्दछ ।

१२. फुलमा वीउ खन्ने कीराको प्रकोप कस्तो हुन्छ र यसको रोकथाम कसरी गर्न सकिन्छ ?
पतेरो कीरा र सुर्ति तथा चना बालीमा लाग्ने लाभ्रे कीराले फुल तथा दाना खाएर क्षति पु्याउदछ । पतेरोले वीउमा भरिन लागेको दूध चुसी दाना फोस्रो बनाउदछ भने लाभ्र्रेहरुले सिंगै दानानै खाएर फुलको थुंगा खाली बनाउंदछ ।

रोकथामका उपायः
-यि कीराहरुको रोकथामको लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली फुलको वरिपरि भिज्ने गरी छर्नु पर्दछ ।

१३. यो बालीमा पात खाने कीराहरु कुन कुन हुन र यिनीहरुको रोकथाम कसरी गर्नु पर्दछ ?
यो बालीमा धेरै प्रकारका लार्भेहरुले पात खाई नोक्सान पुर्याउंदछन् । यस बाहेक लाही र फड्के कीराले पनि रस चुसेर डढेको जस्तो बनाउदछन् ।

रोकथामका उपायहरु :
यी कीराहरुको रोकथामका लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली १०-१५ दिनको फरकमा दुइपटक बोट भिज्ने गरी छर्नु पर्दछ ।

१४. यो बालीमा लागने बेर्ना काट्ने कीराको क्षतिको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?
बेर्ना काट्ने कीरा खुम्रे पनि हो । यसले साना विरुवालाई जमिनको सतहमा काटी क्षति पुर्याउदछ ।

ब्यवस्थापन :
-माटोमा बस्ने कीराको प्रकोपबाट बचाउन वीउ छर्नु भन्दा अगाबै माटोको उपचार गर्न सकिन्छ । यसका लागि क्लोरोपायरिफस ६ लिटर ६०० ७०० लिटर पानीमा घोली प्रति हेक्टरका दरले माटोमा स्प्रे गर्नु पर्दछ ।

१५. यो बालीमा लाग्ने ओईलाउने रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?
यो पनि ढुसि जन्य रोग हो । यो रोग जुनसुकै बेला लाग्न सक्तछ । सेतो ढुसीको बृद्धि माटोको सतहमा बोटमा देखिन्छ र रायोको दाना जस्ता गिर्खा रोग ग्रस्त भागमा देखिन्छन् । रोगी बोटलाई टाढाबाट ओईलाएको देखिन्छ ।

ब्यवस्थापनः
-रोगी बोटलाई वरिपरिको माटो सहित जम्मा गरी जलाउनु पर्दछ ।
-झारपात हटाई जमिन सफा राख्ने ।
-घुम्ती बाली अपनाउने ९२–३ सिजन पछि मात्र यो बाली पुनः लगाउने० ।

१६. सुर्यमुखी बालीमा लाग्ने डढुवा रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?
यो रोग ढुसीबाट लाग्दछ । रोग लाग्दा पातमा गाढा खैरो देखि काला थोप्लाहरु देखिन्छन् र पछि गोला थोप्लाको चारैतिर सांघुरो मरेको भाग देखिन्छ । पछि गएर पातहरु सुक्तछन् र मुल स्तम्भमा नुहेर रहन्छन् ।

ब्यवस्थापनका उपायहरुः
-उपचार गरिएको शुद्ध वीउ लगाउने ।
-रोग देखिनासाथ वेभिस्टिन २ ग्राम वा डाईथेन एम.४५, ३ ग्राम प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा २९३ पटक स्प्रे गर्ने ।
-फुलको थुंगामा वीउ भरिने समयमा ब्लाइटेक्स २ ग्राम प्रति लिटर पानीमा घोली २ पटक स्प्रे गर्ने ।

१७. यो बाली कुन बाली प्रणालीमा उपयुक्त तरीकाले लगाउन सकिन्छ ?
मौसम अनुसार निम्न बमोजिमको बाली प्रणाली उपयुक्त हुन्छ ।

बसन्ते मौसमका लागिः
-धान–तोरी/रायो+सुर्यमुखी
-धान–मुसुरो/मुसुरों+रायो-सुर्यमुखी
-धान–आलु–सुर्यमुखी

बर्षे मौसमका लागिः
-सुर्यमुखी–मुसुरो/तोरी
-मकैं+सुर्यमुखी–मुसुरों+तोरी
यस बाहेक उखु लगाएको जमिनमा पनि अन्तरबालीको रुपमा सुर्यमुखी लगाउन सकिन्छ ।

१८. सुर्यमुखी बालीमा मलखादको मात्रा कति हुनु पर्दछ ?
यो बालीलाई मलखादको राम्रो ब्यवस्था गर्नु पर्दछ । साधारणतया प्रति कटृा डि.एपी. ४.५ के.जी., यूरिया ५.६ के.जी. र पोटास २.५ के.जी. चाहिन्छ । गोबरमल वा कम्पोष्ट मल प्रयोग गरेमा यूरियाको मात्रा घटाउन सकिन्छ । तर हाईब्रिड जात लगाएमा माथि भनेको परिमाणमा केहि थप गर्नु पर्दछ ।

१९. सुर्यमुखी खेतीका लागी वीउदर तथा रोपांईको दुरी कति राख्नु पर्दछ ?
वीउको मात्रा ६-७ के.जी. प्रति विघा,३-४ से.मी. गहिराईमा हारको दुरी ६० से.मी. र विरुवा देखि विरुवा विचको दुरी २०-२५ से.मी. हुनु पर्दछ ।

२०. वीउको छनौट र उपचार कसरी गरिन्छ ?
वीउबाट सर्ने रोगहरु नलागोस भनेर रोगनाशक औषधी थीरम वा वेभिस्टिन ३ ग्राम प्रति के.जी. वीउका दरले उपचार गरेको हुनु पर्दछ । यस पछि वीउ छर्ने बेलामा वीउलाई १२ घण्टा पानीमा भिजाउने र छायांमा ३–४ घण्टा सुकाउने गर्यो भने वीउ चांडै उम्रन्छ । बाली भरखरै भित्र्याएको नया वीउ प्रयोग गर्नु हुंदैन ।

२१. मोडर्न जातको छोटो जानकारी दिनु हुन्छ कि ?
यसको बोट होचो ९८०–६० से.मी. हुन्छ । थुंगा आकर्षक रवीउ पुष्ट कालो रंगको हुन्छ । बसन्त ऋतुमा ८०–८५ दिनमा पाक्दछ र सरदर उत्पादन १ टन प्रति हेक्टर हुन्छ ।

२२. पेरेडोमिक जातको छोटो जानकारी पाउन सकिन्छ ?
यसको बोट अग्लो ९१६०–१८५ से.मी. हुन्छ र बोटमा हांगा हुंदैन । सरदर उत्पादन १५–२० क्विन्टल प्रति हेक्टर छ । बसन्त ऋतुमा यो ९०–९५ दिनमा पाक्दछ । वीउ कालो रंगको हुन्छ ।

२३. यो बालीलगाउन कुन कुन जातका वीउहरु उपलब्ध छन् ?
हालसम्म हाम्रै देशमा अनुसन्धान भई कुनै पनि जातहरु सिफारिस गरि सकिएको छैन । तथापि कृषकहरुले बाहिरबाट आएकै वीउ स्रोतबाट लगाइएको प्रचलित जातहरु हुनः पेरे डोभिक मोडर्न । अनय केहि हाइब्रिड जातहरु पनि लगाइन्छन् जसको उत्पादन अनय उन्नत जात भन्दा बढि छ । तर हाईब्रिड लगाउदा आफ्नै बालीबाट वीउ राख्न सक्तैनन् ।



मासु उत्पादनको लागि कुन जातको खरायो पाल्ने ? विज्ञले तयार पारेको महत्वपूर्ण बुदाहरु अवस्यै पढौं

https://halokhabar.com/news-details/1873/2019-07-04

मासु उत्पादनको लागि कुन जातको खरायो पाल्ने ? विज्ञले तयार पारेको महत्वपूर्ण बुदाहरु अवस्यै पढौं

२०७६ असार १९ बिहीबार १०:१४:०० मा प्रकाशित ९५०७
हलोखबर
halokhabar
काठमाडौं । खरायो स्तनधारी चारखुट्टे जनावर हो । यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँऊमा पालिने गरिन्छ । केहीले आप्नो सौखको रूपमा पनि पाल्ने गरेकाछन् । खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावर हुन् । पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ। खरायोले एक बर्षमा ८ देखि ९ पटकसम्म व्याउंछ । तर धेरै पटक व्याउंदा उनको उत्पादन र गुणस्तरमा कमी आउने हुँदा बर्षा ३ देखि ४ पटकसम्म मात्र व्याउनु दिनु पर्दछ । पछिल्लो समय नेपालमा पनि खरायो व्यवसायिक रुपमानै पाल्न थालिएको छ ।

१. खरायो के को लागि पालिन्छ ?
 उन र मासु उत्पादनको लागि खरायो पालिन्छ ।

२. उन उत्पादनको लागि पालिने खरायोलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?
 १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको हावापानी उपयुक्त हुन्छ ।

३. कुन जातको खरायो उन उत्पादनको लागि प्रसिद्ध मानिन्छ ?
अंगोरा जातको खरायोलाई उन उत्पादनको लागि प्रसिद्ध मानिएको छ ।

४. मासु उत्पादनको लागि कुन कुन जातको खरायो पालिन्छ ?
विशेष गरी मासु उत्पादनको लागि रसियन ग्रे, चिन्चिला, न्यू फिल्ड हृवाईट जातका खरायो पालिन्छ ।

५. खरायो पालन गर्नको लागि आवश्यक जानकारी लिन कहां सर्म्पर्क गर्नु पर्छ ?
सम्बन्धित जिल्ला पशु सेवा कार्यालय वा केन्द्रिय बंगुर कुखुरा प्रबर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा सम्पर्क गरी आवश्यक जानकारी र सहयोग लिन सकिन्छ ।

६. खरायोलाई हरियो भुई घांस बाहेक अन्य हरियो रुखपात पनि खुवाउन सकिन्छ ?
खरायोलाई आलु, मुला, गाजर, काउली बोडी, फापर, बन्दागोभी, सकरकन्द लगायत किम्बु र र्इ्पिल इपिल जस्ता डालेघाँस पनि खुवाउन सकिन्छ ।

७. खरायोलाई कुन कुन हरियो भुई घांस खुवाउने ?
खरायोलाई बर्सिंम, जै, दुवो, क्लोभर, स्र्टाईलो, बन्सो, नेपियर, मकै, उखु, बदाम, र्लुर्सन जस्ता हरियो भुई घांस खुवाउन सकिन्छ ।

८. वयस्क खरायोलाई कति हरियो घांस खुवाउनु पर्दछ ?
खरायोलाई आफ्नो शारीरिक तौलको आधा तौल बराबर हरियो घांस खुवाउनु पर्दछ ।

९. खरायोको बच्चाले जन्मेको कति दिन पछिबाट घांस खान थाल्छ ?
खरायोको बच्चाले ८ देखि १० दिन पछिबाट मात्र आंखा देख्छ र त्यस पछि विस्तारै घांस खान शुरु गरे पनि १ महिना पछिबाट मात्र राम्ररी घांस खान थाल्छ ।

१०. पोथी खरायोलाई व्याएको कति दिन पछि फेरी भालेसित मिसाउनु राम्रो हुन्छ ?
व्याएको २ हप्ता भित्रमा नै पनि सजिलै भाले लगाउनु सकिन्छ तर व्याएको करिब ४५ दिन पछि बच्चालाई दूध छुटाउने र त्यस्को १ हप्ता भित्र भाले मिसाउनु राम्रो हुन्छ ।

११. पोथी खरायोलाई सबै बच्चा जन्माई सक्न कति जति समय लाग्छ ?
पोथी खरायोले १५ देखि ३० मिनेटमा १० देखि १२ वटा जन्माउंछ ।

१२. खरायोले एक वेतमा कतिवटा बच्चा जन्माउंछ ?
एक वेतमा खरायोले सरदर ७ देखि ८ वटासम्म बच्चा जन्माउंछ ।

१३. उनको लागि पालिएको अंगोरा खरायोलाई बर्षा कति पटकसम्म व्याउन दिने ?
धेरै पटक व्याउंदा उनको उत्पादन र गुणस्तरमा कमी आउने हुंदा बर्षा ३ देखि ४ पटकसम्म मात्र व्याउनु दिनु पर्दछ ।

१४. खरायोले एक बर्षमा कति पटकसम्म व्याउँछ ?
खरायोले एक बर्षमा ८ देखि ९ पटकसम्म व्याउंछ ।

१५. खरायोको गर्भावधि कति दिनको हुन्छ ?
खरायोको गर्भावधि करिब १ महिनाको हुन्छ ।

१६. वाली लागे पछि माउ खरायोको उन काटी हाल्नु पर्छ भन्छन् नि किन होला ?
किनकि गर्भिणी माउको उनको गरमले पेटमा भएको ६० प्रतिशतसम्म बच्चा मर्न सक्छ ।

१७. खरायोलाई हाडनातामा प्रजनन गराउनु हुन्छ कि हुंदैन ?
हुंदैन, किनकि हाडनातामा प्रजनन गराएमा त्यसबाट जन्मेको सन्तानहरु खिएर जाने, रोगसंग लड्ने क्षमता कम हुने, ख्याउटे र बढी मर्ने हुन्छ ।

१८. खरायोको भाले पोथीलाई कसरी प्रजनन गराउने ?
 प्रजननको समयमा जहिले पनि पोथी खरायोलाई भाले भएको ठाउंमा लैजानु पर्दछ ।

१९. अनि कुन उमेरमा पोथी खरायो प्रजनन योग्य हुन्छ ?
पोथी खरायो ७ देखि ९ महिनाको उमेरमा प्रजनन योग्य हुन्छ ।

२०. भाले खरायोको प्रजनन योग्य उमेर कति हो ?
भाले खरायो ८ देखि ९ महिनामा प्रजनन योग्य हुन्छ ।

२१. कस्तो छालालाई गुणस्तरहीन छाला भनिन्छ ?
छालाको आकार नमिलेको, छाला ठाउं ठाउंमा प्वाल परेको, उन पातलो र एक नासको नभएको, फोहोर टांसिएको, टुक्रिएको र सडिएको जस्ता छाला कम गुणस्तरको मानिन्छ ।

२२. गुणस्तरको छाला कस्तो हुन्छ ?
छालाको आकार मिलेको, एकनासको घना उन छालामा राम्ररी टांसिएको, सफा र प्रशोधित उनलाई सामान्यतया गुणस्तरको छाला भनिन्छ ।

२३. खरायोलाई छाला उत्पादनको लागि कुन बेला वध गर्ने ?
छालाको लागि खरायोलाई करिब ९ हप्ता भन्दा माथि उमेर भए पछि र जाडो शुरु हुनु ठीक अगाडी मारेर छाला निकाल्नु पर्दछ ।

२४. खरायोको मासु खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ हो ?
हो खरायोको मासुमा बोसोको मात्रा कम हुने हुनाले स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

२५. मासु खानको लागि खरायोलाई मार्नु पर्दा कसरी मार्न सकिन्छ ?
देब्रे हातले पछाडीको दुई खुट्टा समातेर उंधो मुन्टो बनाई झुण्डाउने र दाहिने हातले लठ्ठी लिएर टाउको पछाडीको भाग कन्पारोमा हिर्काई मार्न सकिन्छ ।

२६. मासुको लागि पालिने खरायोलाई कति तौल भए पछि मासुको लागि प्रयोग गर्नु पर्दछ ?
करिब १.६ किलोग्राम तौल भए पछि मासुमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२७. त्यसो भए भेडा र अंगोरा खरायोको उनमा खास फरक चाहिं के हो ?
अंगोरा खरायोको उन ९८.५ प्रतिशत शुद्ध हुन्छ भने भेडाको उन ५० प्रतिशत मात्र शुद्ध हुन्छ ।

२८. अंगोरा खरायोको उन धेरै न्यानो हुन्छ ?
 हो धेरै न्यानो हुन्छ र त भेडाको उन भन्दा ८ गुणा न्यानो हुन्छ ।

२९. एक बयस्क अंगोरा खरायोबाट वार्षिक कतिसम्म उन उत्पादन हुन्छ ?
 वार्षिक ७०० देखि ८०० ग्रामसम्म उन उत्पादन हुन्छ भने भाले भन्दा पोथीले केही बढी उन दिन्छ ।

३०. एक बर्षमा कति पटकसम्म उन काट्न सकिन्छ ?
 अंगोरा खरायोको उन ३र३ महिनाको फरकमा गरी बर्षमा ४ पटकसम्म काट्न सकिन्छ ।

३१. अंगोरा खरायोबाट कहिले देखि उन उत्पादन लिन सकिन्छ ?
राम्रो व्यवस्थापनमा पालिएको खरायोबाट करिब ३ महिनाको उमेर भए पछि उन उत्पादन लिन सकिन्छ ।

३२. खरायोलाई कक्सिडियोसिस रोगबाट बचाउन के कुरामा ध्यान दिनु पर्छ ?
फोहोर खोर भएमा यो रोग हुने संभावना बढी भएकोले खरायोको खोरलाई प्रत्येक हप्तामा २ पटक नियमित सफा गरी निःसंक्रमण गर्नु पर्दछ ।

३३. रोगी खरायो बसेको खोरलाई के गर्ने ?
 रोगी खरायो बसेको खोरलाई राम्ररी सफा गर्ने अनि निःसंक्रमण गरी २ देखि ३ दिनसम्म खोर खालि राखी अनि मात्र खरायोलाई फेरी खोरमा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।

३४. खरायोको कक्सिडियोसिस रोगको उपचार कसरी गर्न सकिन्छ रु ?
पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाक्वीन, कड्रीनल जस्ता औषधि प्रति लिटर पानीमा १ ग्रामको दरले घोली ५ देखि ७ दिनसम्म खुवाएर उपचार गर्न सकिन्छ ।

३५. खरायोमा कक्सिडियोसिस (Coccidiosis) रोग लागेको कसरी थाहा पाउने ?

 यो शुक्ष्म परजिवीबाट हुने रोगबाट ६ देखि ७ हप्ता उमेरका खरायोहरु बढी प्रभावित हुने गर्दछ । रोगी खरायोको पेट फुल्ने, आहारा नखाने, पाखाला लाग्ने लक्षण देखा पर्दछ ।

३६. फनफने रोगबाट बच्नको लागि के उपाय अपनाउनु पर्छ ?
रोगी खरायोको दूध, तुहेको बच्चा, पाठेघरबाट निस्किएको श्रावबाट रोग र्सर्ने भएकोले मानिस र खोरको सरसफाईमा राम्ररी ध्यान दिनु पर्दछ ।

३७. फनफने रोगको उपचार पनि हुन्छ ?
रोगी खरायोलाई पशु स्वास्थ्य प्राविधिकको सहयोगमा एन्टीवायोेटिक औषधि ५ देखि ७ दिन सम्म प्रयोग गरी उपचार गर्नु पर्दछ ।

३८. खरायोको फनफने (Listeriosis) रोग कस्तो रोग हो ?

फनफने रोग खरायोबाट मानिसमा पनि सजिलै र्सन सक्दछ । यो रोग लागेको खरयोमा कडा ज्वरो आउने, मुण्टो बटार्ने, घांस दानापानी नखाने जस्ता लक्षण देखा पर्दछ ।

३९. खरायोलाई कस्तो कस्तो रोग लाग्दछ ?
खरायोलाई अन्य पशुपंक्षीहरु जस्तै विभिन्न किसिमका रोगहरु लाग्ने भएतापनि फनफने र कक्सिडियोसिस प्रमुख रोग मानिन्छ ।

४०. भाले अंगोरा खरायोलाई कति उमेरसम्म प्रजनन कार्यमा प्रयोग गर्ने ?
 भाले खरायोलाई प्रजनन कार्यको लागि लागि ३ देखि ३।५ बर्षम्म प्रयोग गर्न सकिन्छ ।

४१. पोथी अंगोरा खरायोलाई कति उमेरसम्म उत्पादनको लागि प्रयोग गर्न सकिन्छ ?
 पोथी खरायोलाई बच्चा उत्पादनको लागि ३ बर्षम्म प्रयोग गर्न सकिन्छ ।

४२. खरायोलाई छाडा छोडेर पाल्नु हुन्छ कि हुंदैन ?
 हुंदैन, बढी बिजाइँ गर्छ साथै असुरक्षित पनि हुन्छ ।

४३. अंगोरा भाले खरायोलाई कस्तो खोरको आवश्यकता पर्दछ ?
अंगोरा भालेको लागि २.५ फिट लम्बाई, २ फिट चौर्डाई १.५ फिट उंचाई भएको जमीनमा दिसा पिसाव बगेर जाने गरी टांड परेको खोर बनाउनु पर्दछ ।

४४. अंगोरा माउ खरायोको लागि कस्तो खोरको आवश्यकता पर्दछ ?
अंगोरा माउको लागि ४ फिट लम्बाई, २.५ फिट चौर्डाई र २ फिट उंचाई भएको जमीनमा दिसा पिसाव बगेर जाने गरी टांड परेको खोर बनाउनु पर्दछ ।

४५. खरायोको माउ र बच्चाहरुलाई दैनिक कति दाना खुवाउन सकिन्छ ?
 घांस खाई रहेको माउलाई ६० देखि ७० ग्राम, बच्चा सहितको माउलाई १२० ग्राम र १ देखि १।५ महिना उमेरका खरायोको बच्चालाई ४० ग्राम सम्म दाना खुवाउन सकिन्छ ।

४६. खरायोको शारिरीक अवस्था अनुसार कस्तो दाना खुवाउनु पर्दछ ?
माउको दानामा १५५, व्याउने माउको दानामा १७५ र बच्चाको दानामा २०५ प्रोटिन भएको दाना खुवाउनु पर्दछ ।

बढेको तलब आजदेखि : कुन तहका कर्मचारीले थाप्छन् [तालिकासहित]

https://www.janaboli.com/post/216773

बढेको तलब आजदेखि : कुन तहका कर्मचारीले थाप्छन् [तालिकासहित]


काठमाडौ । सरकारले राष्ट्रसेवक कर्मचारीको बढाएको तलब आजदेखि लागू हुनेछ । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।

झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।
सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।

के हो रुद्राक्ष ? कति कमाउन सकिन्छ ?


https://halokhabar.com/news-details/1945/2019-07-12

के हो रुद्राक्ष ? कति कमाउन सकिन्छ ?

 

२०७६ असार २७ शुक्रबार १४:३१:०० मा प्रकाशित १०५१२

रुद्राक्षको बोक्रा मधुमेह, उच्च तथा निम्न रक्तचार, अल्सर अगायतका रोगका लागि राम्रो औषधि

हलोखबर
halokhabar
परिचयः
रुद्राक्षको रुख र फल दुबैलाई नेपाली, संस्कृत र हिन्दी भाषामा रुद्राक्ष नै भनिन्छ। नेपालको पूर्वी भाग खासगरी अरुण उपत्यका क्षेत्रमा दाना पनि भनिन्छ ।रुद्राक्षको बोदानिकल नाम इलाइयोकार्पस् जेनिटर्स रोक्स्ब हो भने अंग्रजी नाम अट्राजुम विड ट्रि हो। जीनमा यसलाइ चिड काङ्ग फुथी भनिन्छ । रुद्राक्ष एकै बोटमा एकपटक फल दाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरु पल्दछन्। यसको दानामा माथिबाट तल झरेको प्रष्ट देखिन भर्टिकल रेखाहरु हुन्छन्। त्यही रेखालाई मुख भनिन्छ। जति मुख हुन्छन् त्यति नै मुखे भनेर चिनिन्छ।विभिन्न पौराणिक पुस्तकहरुमा एक देखी १४ मुखे सम्मका रुद्राक्ष पाइन्छ भनिएको भएपनि नेपालमा हालसम्म ३८ मुख सम्मको रुद्राक्ष पाइएको छ। 
यसको मुखको आधारमा धार्मिक, आध्यात्मीक तथा औषधिय र आर्थिक महत्व फरक फरक पर्न जान्छ ।यसरी विभिन्न मुखे रुद्राक्षको अतिरिक्त गौरीशंकर वा ज्वाला (दुइ वटा जोडिएको त्रिपाठ वा त्रिजुटी, तिन वटा जोडिएको गर्भगौर, सवार) जस्ता दानाहरु पाइन्छन् ।यस्ता दानाहरु दुर्लभ र महंगा पनि हुन्छन्।
एक मुखे दानालाई शिवको अवतार मानिन्छ र यसलाई रुद्राक्षको शिरोमणी पनि मानिन्छ। विभिन्न रुखमा फलेका दानाहरुबाट एकै रड र साइजका छानेर माला बनाइन्छ। रुद्राक्षका १०८ वटा दानाहरुबाट बनाएको मालालाई पूर्णमाला, ५४ वटाबाट बनाइएकोलाइ अर्धमाला र २७ वटाबाट बनाईएकोलाई नक्षत्रमाला भनिन्छ। यस्ता मालाको केन्द्रमा एउटा अलि ठूलो दाना राखिएको हुन्छ। यसलाई सुमेरुदाना भनिन्छ। २१ मुखे दानालाई सुमेरु बनाइ तयार गरिएको मालालाई इन्द्रमाला भनिन्छ। जप गर्दा गणना गरिने मन्त्रका लागि यी मालाहरुको प्रयोग गरिन्छ। रुद्राक्षलाई पृथ्वी र स्वर्ग जोड्नने र मानिस र देवता जोड्ने पवित्र साधनका रुपमा लिइन्छ।
एकमुखे रुद्राक्ष : यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ। यसलाई शिवको प्रतीक मानिन्छ। अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ। विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ। चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा। सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ। लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन्। जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ। यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ।
द्विमुखी रुद्राक्ष : सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने, अर्धनारीश्वरको रुप।
त्रिमुखी रुद्राक्ष : ऐश्वर्य प्रदान गर्ने ।
चतुर्थमुखी रुद्राक्ष : धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
पंचमुखी रुद्राक्ष : सुख प्रदान गर्ने ,सन्तान सुख।
षष्ठमुखी रुद्राक्ष : पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने, भगवान कार्तिकेय को स्वरुप।
सप्तमुखी रुद्राक्ष : दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
अष्टमुखी रुद्राक्ष : श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
नवममुखी रुद्राक्ष : भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
दसमुखी रुद्राक्ष : विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
एघार मुखी रुद्राक्ष : भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
बाह्र् मुखी रुद्राक्ष : भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
तेह्र् मुखी रुद्राक्ष : इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
चौध मुखी रुद्राक्ष : हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
औषधीय गुणः 
रुद्राक्षको दाना र यसका वोक्रामा विभिन्न रोग निको पार्न सक्ने दिव्य औषधीय तत्वहरु रहेको हुन्छन्। आयुर्वेद अनुसार दानाकोबोक्रा मधुमेह, उच्च तथा निम्न रत्तचाप, अल्सर अगायतका रोगका लागि राम्रो औषधि मानिन्छ।
रुद्राक्ष डुबाएर बनाएको रुद्राक्ष पानी पनि बिभिन्न रोगका लागि उपयोगि मानिन्छ। खासगरी पेटको रोग, पुरानो घाउहरु, रत्तचाप, मधुमेहका लागि रुद्राक्ष पानी को प्रयोग गरिन्छ। मानिसको पुराना र निको हुन नसकेको घाउ खटिरामा राम्ररी पाकेको, नकुहिएको र नमक्काएको सफा र गहकिलो दाना घोटेर यसको लेप बनाएर लगाएमा यस्ता घाउहरु चाडै निको हुन्छन्। त्यसैगरि कुकुर विराला तथा गाइ बस्तुहरुको खुर कुहिने, जोड्नी तथा खुट्टाहरुमा घाउ खटिरा आएमा यसको लेपलगाएर कपडाले बाधिदिए चाडै निको हुन्छ। 
थेरापी तथा अक्युपञ्चरजन्य प्रयोगका लागि सोफासेट, सवारी साधानका सिटकभर, सिरानी, तन्या, मेडिटेसन म्याट जस्ता सामानहरु बनाएर समेत प्रयोग गर्न थालीएको छ। रुद्राक्षको धारण र प्रयोगले मानिसमा आत्मशक्ति बढाउने र दुस्प्रभावहरु हटाउने विश्वास समेत गरिन्छ। अन्य धेरै खाले रोगको उपचारमा रुद्राक्षको प्रयोग गरिन्छ।धार्मिक ग्रन्थ, पुराण, विभिन्न पुस्तक, पत्र पत्रिका एवं वेभसाइटहरुमा रुद्राक्षको औषधिको प्रयोग बारे प्रशस्त उल्लेख गरिएको छ।
रुद्राक्ष खेती 
रुद्राक्ष नेपालको तराइदेखि झण्डै १८०० मिटरको उचाईमा पूर्व देखि पश्चिम सम्ममा खेती गर्न सकिन्छ। यसका लागि मट्याइलो, पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ। यसको बिरुवा वर्षाद याम अर्थात असार देखि असोजसम्म १० मिटरको फरक पारेर रोप्न उपयूक्त मानिन्छ। नेपालको पूर्वदेखि पश्चिमसम्मको तराइदेखि मध्य पहाडि क्षेत्रमा खेती गर्न सकिने यो नगदेवृक्ष फल दिन थालेपछि पचासौं वर्ष सम्म फल फलिरहन्छ। यसको रुख २० मिटरसम्म अग्लो हुन्छ। 
रुख ४ र ७ मिटर अग्लो भएपछि मुल हांगा वा टुप्पो दुइ पटक काट्न् पर्छ।जसले गर्दा रुख दह्रो र धेरै फल लाग्ने हुन्छ। यसको बयस्क रुखबाट ३०० केजी सम्म दाना फल्छ। बैसाक जेठमा क्रिम कलरको बास्नादार फूल फुलि उचाइ र तापक्रम अनुसार असोज देखि माघ सम्ममा फल पाक्दछ ।
रुद्राक्षको व्यापार
२१ वा सो भन्दा बढि मुख भएका दाना फलेमा एउटै दाना २० लाख भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ। गोलो, थेप्चो, चिल्लो र खंदिलो जातको दाना फलेमा प्रति केजी ४००० भन्दा बढिमा बिक्रि हुन्छ। २४, २५ मिमि भन्दा बढि गोलाईका दानाहरु प्रति गोटा रु १०० भन्दा बढीमा बिक्रि हुन्छन्। यसबाट पूर्वी नेपालका केहि किसानहरु र खासगरी युवा वर्गले धेरै आम्दानि गरि जीवनस्तर उकासेका छन्। नेपालका बिभिन्न क्षत्रमा उत्पादन भएका दानाहरु काठमाण्डौमा प्रशोदन हुने गरेको छ।विगतमा नेपाल भारत विच मात्रै यसको कारोबार हुने गरेकोमा अहिले चीन लगाएत अन्य देशहरुमा पनि यसको ब्यापार हुने गरेको छ।
चिनमा यसको ब्यापार बढेकाले रुद्राक्ष टिप्ने र संकलन गर्ने समयमा चिनीया ब्यापारीहरु नेपालको गाउ गाउ तथा प्रशोदन केन्द्रमा गएर खरिद गर्ने गरेका छन्।नेपाली ब्यापारीले पनि चिनमा लगेर बेच्ने गरेका छन्। बोधिचित्त र रुद्राक्ष जस्ता महत्वपूर्ण नगदेवृक्षको खेति विस्तार गरेर धेरै आम्दानी लिन देशका किसान मात्र होइन डाक्टर, वकिल, इन्जिनियर, पाइलट, विधार्थी लगाएत सबै क्षेत्रका व्यक्ति र संघसस्थाहरुले आ–आफ्नो जग्गा, करेसाबारी, वगैचा, घरका छतदेखि ठूला ठूला बारी पखेरामा खेती गर्न थालेका छन्।
बिरुवाको लागि सम्पर्क गर्नुहोस् 
एग्रोमार्ट प्रालि, चप्पल कारखाना चोक,  काठमाडौं
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
*काठमाडौंबाट बस लाग्ने जुन सुकै ठाउँमा डेलिभरी गरिन्छ !

श्रेष्ठ एग्री इन्पुट्समा

https://halokhabar.com/news-details/1465/2019-05-08
श्रेष्ठ एग्री इन्पुट्समा नेपालमै निर्माण भएका आलु खन्ने औजार, ट्रेलर, रिजर, पोटेटो प्लान्टर, हिल्याउने चक्का, केज ह्वील, मल्टीक्रस थ्रेसर, पेडल थ्रेसर, कोदो थ्रेसर, गाजरको बिउ झार्ने थ्रेसर, ०.५ टी कर्न सेलर, मकै काट्ने मेशिन, हाते कर्न सेलर बन्ने गर्छ । श्रेष्ठका अनुसार सिड ट्रिटर, आलु, सुन्तला, जुनार र गोलभेँडा ग्रेडर, अदुवा, वेसार धुने मेशिन, सोलार ड्रायर, क्याटल फिडर, चाफ कटर, हाइड्रोपोनिक मेशिन, युरिया मोलासेस मिनरल ब्लक मेशिन, माछा सफा गर्ने मेशिन र हाते ड्रिल बन्ने गरेको छ ।  
उनकोबाट सामाग्री लैजाने किसानहरुले श्रेष्ठबाट एकदमै प्रभावित भईरहेका छन् । किसानहरु आउँदा सागसब्जी समेत खुसीले ल्याइदिने उनी वताउँछन् । अहिलेसम्म जतिले सामान लगेका छन्, सवै खुसी छन् । मर्मत गर्न समेत मेकानिक्सहरु उनीहरुको घरैमा पठाईदिने गरेका छन्, उनले । सुरुसुरुमा पावर ट्रेलर मात्रै अनुदानमा दिइन्थ्यो । त्यस बेलाका कृषि सचिव डा.सुरज पोखरेललाई दाङमा वितरण गरिएको ८५ वटा पावर ट्रिलरको दुरुपयोग भएको भिडियो खिचेर देखाएको उनी अझै सम्झिन्छन् । पावर ट्रेलरहरु सामान ढुवानीमा बढी प्रयोग हुन थाल्यो । त्यती मात्रै नभएर नेपालको खेतीयोग्य जमिनका यस्ता ठूला मेशिन प्रयोग गर्न पनि गाह्रो हुने अवस्था आएको उनी बताउँछन् । त्यसपछि मिनी टिलर प्राथामिकतामा पर्न थालेको श्रेष्ठ बताउँछन् । 


नेपालमै उत्पादन भएका कृषि औजार लिन चाहनेहरुले सिधै गोविन्दभक्त श्रेष्ठसंग सम्पर्क गर्न सक्नुहुनेछ ।
फोन नं.९७५१०१५१५३/९८५१०१५१५३

Monday, July 15, 2019

रेशमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

https://nayapatrikadaily.com/news-details/2510/2019-01-08

रेशमलाई थुनामुक्त गर्न  सर्वोच्चद्वारा अस्वीकार

२०७५ पौष २४ मंगलबार ०६:२३:००
सर्वोच्च अदालतले सांसद रेशमलाल चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले सोमबार जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको आदेश सदर गर्दै चौधरीलाई थुनामै राख्न आदेश दिएको हो ।
जिल्ला अदालत कैलालीले १४ फागुन ०७४ मा चौधरीले टीकापुर घटनामा कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २२ चैत ०७४ मा उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेको थियो । त्यसका विरुद्ध चौधरीले सर्वोच्चमा निवेदन दिएका थिए । 
चौधरीमाथि जाहेरकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरूले पनि चौधरीको निर्देशनमै घटनामा संलग्न भएको बयान दिएको आधारमा सर्वोच्चले तल्लो अदालतको आदेशलाई निरन्तरता दिएको जनाएको छ । टिकापुर घटनाका सहअभियुक्तहरू सुन्दरलाल कडरिया, प्रेमबहादुर चौधरी, रामकुमार कडरिया, रामप्रसाद चौधरीसमेतले अनुसन्धानका क्रममा रेशमलाल चौधरीकै निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए । 
थरुहट आन्दोलनका क्रममा नौजनाको हत्या भएको ७ पुस ०७२ को टीकापुर घटनामा संलग्न रहेको अभियोगमा सांसद चौधरीसहित ५८ जनाविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । १३ जनाको जाहेरीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका–चोरीअन्तर्गत ५ असोज ०७२ मा मुद्दा दर्ता भएको थियो । ३१ अभियुक्त भने अझै फरार छन् । सांसद चौधरीसहित २५ जना पुर्पक्षका लागि थुनामा छन् । दुई बालकलाई अदालतको आदेशमा बाल सुधारगृहमा पठाइएको छ । 
घटनापछि फरार रेशम चौधरी भूमिगत अवस्थामै राजपाका तर्फबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट विजयी भएका थिए । १४ फागुन ०७४ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला कारागारमा राखिएका उनलाई पछि काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागार पठाइएको थियो । उनले १९ पुसमा कारागारबाट प्रहरीको पहरामा सिंहदरबार पुगेर सभामुखसँग शपथ खाएका थिए । शपथपछि उनलाई कारागार नै पठाइएको थियो ।

Sunday, July 14, 2019

मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै

https://aarthiknews.com/news/4303

मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै


  • आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६

मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै


काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ ।
तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए । आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो ।
ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन । अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीमा पानी उपत्यकामा नआए पनि ट्याकंर र जारबाट पानी आफूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ ।
आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैँ बोलत, जार र ट्याकंरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन् ।  आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

क्षमताभन्दा बढी पानी भरिएपछि कुलेखानीकाे ड्याम खाेल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

https://ujyaaloonline.com/story/23237/2019/7/15/kulekhani-dam

क्षमताभन्दा बढी पानी भरिएपछि कुलेखानीकाे ड्याम खाेल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

 असार ३०, २०७६ सोमबार ७:४२:११ | हरि हुमागाईं
unn.prixa.net
मकवानपुर - मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो । 
कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाले आग्रह गर्नुभएको छ । 
कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी तामाङले बतााउनु भयो । 
सोमबार बिहान ८ बजेबाट कुलेखानी ड्यामभित्रको पानी ढोका खोलेर बाहिर छोडिने भएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो । 
कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला अधिकारी तामाङले आग्रह गर्नुभयाे । 


यसरी हटाउनुस घरमै तरकारीको विषादी

https://nagariknews.nagariknetwork.com/news/81973/

यसरी हटाउनुस घरमै तरकारीको विषादी

सोमबार, २३ असार २०७६, १५ : ०९ |  डा अच्युत अधिकारी

आजभोली नेपालमा तरकारी र फलफुलमा धेरै कीटनाशक औषधी प्रयोग हुन थालेको छ। सरकारको बलियो अनुगमन प्रणाली नहुनु र किसानहरुलाई राम्रो ज्ञान नहुनु र ज्ञान हुँदा हुँदै पनि हेल्च्याक्राइ हुने गरेकाले पनि यसकाे संवेदनशीलता बढेर गएकाे छ। किसानले अत्याधिक विषादी प्रयोग गर्दा, विषादी प्रयोग गरे पछी बजारमा पठाउनको लागि पर्खनु पर्ने समय नपर्खेर तुरुन्तै पठाउँदा, उपभोक्ताले तरकारी र फलफुलसँगै खतरनाक विषादी खान वाध्य छन। 
विषादी ले मानव शरीर र वातावरणमा पार्ने असर धेरै छन्। विषादीकाे उपभाेगले क्यान्सर, मिर्गौला, कलेजोलाई काम नलाग्ने गराउनेदेखी लिएर अरु धेरै रोगहरु लाग्छ। त्यस्तै वातावरणमा जलचर मर्ने, चराहरुको अन्डा दिनसक्ने क्षमतामा ह्रास आउनेलगायतका धेरै नोक्सान हुने गर्छ।
काँक्रो, गाजर, मुला जस्ता सलादजन्य तरकारीहरु तातो पानीमा डुबाएर पखालेर प्रयोग गर्नु राम्रो हुन्छ। अरु तरकारीलाई पनि तातोपानीमा आधा उमालेर पानी फालेर प्रयोग गरेमा विषादीबाट बच्न सकिन्छ।
विषादीबाट कसरी बच्न सबैभन्दा राम्रो उपाय विषादीको प्रयोग नै नगर्नु या न्युनतम प्रयाेग गर्नु हो। अर्को तरिका प्राकृतिक विषादीको प्रयोग गर्ने जस्तै गाइको गहुँत, निम को पातको झोल, पातिको झोल आदी। परम्परागत रुपमा विषादी हटाउन कागतीको रस, नुन पानी, आमिलिको झोल जस्ता कुराहरु प्रयोग गरेको भेटिन्छ।
तरकारी र फलफूलमा धेरै किसिमका विषादीहरु प्रयोग गरिन्छ तिनिहरुमध्ये पारथियोन, मिथायलपाराथियोन, मालाथिन, फेनिट्रोथियोन, फर्मिथियोन, क्लोरोपैरोफोरोस, मीथोमाइल र कर्बाराइल प्रमुख बिषादीमा पर्छन। विषादी हटाउने घरायशी तरिकाहरुमा: शुद्द पानीले पखाल्नु, 0.9 % सोडियम क्लोराइड (खाने नुन) मा ३० मिनेट डुबाएर पखाल्नु, 0.1 % सोडियमबाइकर्बोनेट (बेकिङ सोडा) मा ३० मिनेट डुबाएर अनी पखाल्नु, यस्तै गरी 0.1 % अक्जालिक एशिड, 0.1% म्यालिक एशिड, 0.1 % एसिटिक एषिड (भिनेगर), 0.1 % अस्कोर्बिक एसिड (कागतिको रस), 0.001% पोटासियमपर्म्याग्नेट (पोटास पानी) को प्रयोगगर्ने रहेकाे छ। पोटाश पानीमा अतिनै थोरै प्रयोग गर्नु पर्छ, हल्का गुलाबी रङको पानी हुनु पर्छ। माथि उल्लेखित तरिकाबाहेक अरु तरिकामा ओजोन मिसिएको पानीले धुने, ब्लिचिङ पाउडरको झोल प्रयोग गर्ने गरिन्छ। घरमा प्रयोग गर्दा ओजोन मिसिएको पानीले धुने, ब्लिचिङ पाउडर को झोल त्यती सजिलो हुँदैन, यिनिहरुलाई औद्योगिकस्तरमा प्रयोग गर्नु प्रभावकारी हुन्छ। लप्सिको झोल, अमिलो गुन्द्रुक को झोललाई पनी विषादी हटाउन प्रयोग गर्न सकिन्छ।
शुद्द पानीमा मात्र पखाल्दा तरकारीबाट विभिन्न किसिमको विषादीहरु २०-४३ प्रतिशत सम्म हटेको पाईएको छ, त्यस्तै गरी 0.9 प्रतिशत नुनपानी ले ३५ -९५ प्रतिशत, 0.1 प्रतिशत सोडियमबाइकर्बोनेट ले ३६-८७ प्रतिशत, 0.1 % अक्जालिक एशिड ले ४१-८१ प्रतिशत,0.1% म्यालिक एशिड ले ४६-८२ प्रतिशत, 0.1 % एसिटिक एषिड (भिनेगर) ले ४०-९१ प्रतिशत, 0.1 % अस्कोर्बिक एसिड ले ४२-८३ प्रतिशत, 0.001% पोटासियमपर्म्याग्नेट (पोटास पानी) ले ३८-९२ प्रतिशत, लप्सिको झोल ले ४०-८७ प्रतिशत बिषादी हटेको देखिन्छ। सबै भन्दा प्रभाबकारी तरिका चाँही तातो पानीमा उमाल्नु भेटिएको छ, तातो पानीमा उमालेर पानी फ्याँकेर तरकारीलाई फेरी पकाउँदा ८८-१०० प्रतिशत सम्म विषादी हटेको अनुसन्धानबाट पुष्टि भएको छ।  
काँक्रो, गाजर, मुला जस्ता सलादजन्य तरकारीहरु तातो पानीमा डुबाएर पखालेर प्रयोग गर्नु राम्रो हुन्छ। अरु तरकारीलाई पनि तातोपानीमा आधा उमालेर पानी फालेर प्रयोग गरेमा विषादीबाट बच्न सकिन्छ।
विषादी एउटा ठुलो समस्या भएको हुँदा अनुगमन प्रभावकारी गराउनु जरुरी छ। किसानहरुलाई चाहिने मात्रामा मात्र विषादी प्रयोग गर्न र सुरक्षित भएर प्रयोग गर्न तालिमको आवश्यकता छ। सरकारले धेरै समयसम्म नस्ट नहुने विषादीलाई आयातमा बन्देज लगाएर कम हानिकारक र सजिलै (पानिले) नस्ट हुने विषादीहरु मात्र आयात गर्न अनुमती दिनु पर्ने देखिन्छ छ। विषादीको खुल्ला रुपमा बेचबिखन रोकेर कोटा प्रणाली लागु गर्नु जरुरी छ।
Ref: Satpathy, Gouri, Yogesh Kumar Tyagi, and Rajinder Kumar Gupta. "Removal of organophosphorus (OP) pesticide residues from vegetables using washing solutions and boiling." Journal of Agricultural Science 4, no. 2 (2012): 69-78.   

Thursday, July 11, 2019

कर्मचारी सञ्चय कोष: सामाजिक सुरक्षा कोष आएपछि निजी क्षेत्रको रकम र सापटी के हुन्छ?

https://www.bbc.com/nepali/news-48932232?ocid=socialflow_facebook

कर्मचारी सञ्चय कोष: सामाजिक सुरक्षा कोष आएपछि निजी क्षेत्रको रकम र सापटी के हुन्छ?

सामाजिक सुरक्षा कोषले साउनदेखि सम्पूर्ण निजी क्षेत्रका कर्मचारी, श्रमिक, व्यवसायीहरूबाट मासिक निक्षेप सङ्कलन गर्ने बताइरहेको छ।
यो योजनाले कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोषमा मासिक रूपमा निक्षेप जम्मा गर्दै आएका लाखौँ सञ्चयकर्ताहरूमाझ भने अन्योल छाएको छ।
आफूहरूले वर्षौँदेखि सञ्चय कोषमा जम्मा गर्दै आएको रकम के होला र त्यसमै आधारित भएर लिइएका सापटी के हुन्छ भन्ने जस्ता प्रश्न उब्जिएका छन्।
अर्कोतिर स्वयम् सञ्चय कोष पनि अलमलमा देखिन्छ। उसका कुल छ लाख सञ्चयकर्तामध्ये डेढ लाख त निजी क्षेत्रकै छन्।
ती सञ्चयकर्ताहरूको साढे तीन खर्ब रकमको व्यवस्थापन गरिरहेको कोषले करिब ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरिसकेको छ।
यस्तो स्थितिमा ऊबाट तत्काल निजी क्षेत्रको जम्मा भएको कोष नयाँ सामाजिक सुरक्षा कोषमा सार्न सहज देखिँदैन। भएमा पनि त्यसले उसको नगद प्रवाहमा असर पर्न सक्छ।
यस्तै जटिलताको सेरोफेरोमा बीबीसी नेपाली सेवाका सञ्जय ढकालले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमसँग गरेको कुराकानी:
अब साउनदेखि सञ्चय कोषले निजीक्षेत्रका कर्मचारीबाट नियमित रकम लिन्छ कि लिँदैन?
लिन्न भन्ने अवस्था आइसकेको छैन।
यसबारेमा औपचारिक रूपमा सामाजिक सुरक्षा कोष र सञ्चय कोषको कुराकानी भएको छैन।
हाम्रो भनाइ के छ भने सञ्चय कोषले अहिले जे जति व्यवस्थापन गरिरहेको छ, त्यो सञ्चय कोषले नै गरिरहेर नयाँ भर्ना हुनेको सामाजिक सुरक्षा कोषले गरे हुन्छ भन्ने हो।
सरकारको उद्देश्य सबैजनालाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने हो।
जो आइसकेका छन् तिनलाई एउटा संस्थाबाट अर्को संस्थामा लगेर उपलब्धि हुँदैन।
खासमा त जो पहुँचमा पुगेका छैनन् तिनलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सामाजिक सुरक्षा कोषले सक्यो भने राम्रो हुन्छ।
उसो भए कसरी निजीक्षेत्रको रकम सामाजिक सुरक्षा कोषले लैजान मिल्छ त?
दीर्घकालमा सञ्चय कोषमा भएको निजी क्षेत्रको रकमलाई सामाजिक सुरक्षा कोष राम्ररी स्थापित भएर बन्दोबस्त भइसकेपश्चात् सल्लाह गरेर त्यहाँ पठाउनु राम्रो हुन्छ। मलाई लाग्छ सरकारले त्यही हिसाबले सोच्ला।
किनभने अहिले सञ्चय कोषमा निजीक्षेत्रको करिब ३५ अर्ब रुपैयाँ छ। त्यो रकम एकैपटक वा दुई-तीन किस्तामा सार्न पनि गार्‍हो छ।
दोस्रो कुरा, तिनै सञ्चयकर्ताले घर सापटी, शैक्षिक कर्जा जस्ता विविध शीर्षकमा सापटी लिएका छन्। भोलि त्यो सापटी व्यवस्थापन गर्न सामाजिक सुरक्षा कोषलाई सहज हुँदैन।
त्यसकारण व्यावहारिकतालाई पनि हेर्दा र सञ्चय कोषको दृष्टिकोणमात्र नभइ सामाजिक सुरक्षाको विहङ्गम दृष्टिकोणबाट हेर्दा मलाई के लाग्छ भने सक्षम संस्थाहरू छन् भने भएका संस्थाहरूकै उपयोग गर्नु राम्रो हुन्छ।
हाम्रो जनसङ्ख्या कति नै छ र? सामाजिक सुरक्षामा आबद्ध हुने भनेको ३५-४० लाख मानिस मात्र न हुन्। त्यति मानिसको व्यवस्थापन गर्न एउटै संस्थाले सक्छ।
अर्को विकल्प भनेको सामाजिक सुरक्षा कोषले निजीक्षेत्रका मानिसलाई दायरामा ल्याउने, नीतिनियममा बाँध्ने र हामीले उनीहरूको कोष व्यवस्थापन गर्ने पनि हुन सक्छ।
सामाजिक सुरक्षा कोषको कोष व्यवस्थापन गर्ने जिम्मा पाए हामी गर्न सक्छौँ। यसो गर्न सके जटिलता कम हुन्छ।
सञ्चय कोषले अहिले जसरी सञ्चयकर्ताहरूलाई विविध सापटी सुविधा दिएको छ, त्यो त सामाजिक सुरक्षा कोषको अहिलेको नीति अनुसार दिन मिल्दैन। त्यस्ता सुविधा नदिँदा सञ्चयकर्ताहरूलाई अप्ठेरो पर्न सक्छ। त्यसैले यी दुई-तीनवटा विकल्प छन्।
उसो भए असार मसान्त आउनै लाग्दा पनि अब साउनदेखि कोषकट्टी रकम कता लैजाने, के गर्ने भन्ने प्रस्टता आएको छैन?
लिखित रूपमा यसो गर्ने भनेर समयसीमा सहितको सूचना आदानप्रदान भएका छैनन्। तर हामी यस विषयमा पटकपटक बैठक बसेका छौँ।
यसबारेमा हामीले राखेको प्रस्ताव जस्तो कि सञ्चय कोषको व्यवस्थापन हामीले नै गरिरहने हो कि, साउनपछि आउने नयाँ भर्ना भएकाहरूको मात्रै सामाजिक सुरक्षा कोषले गर्न थाल्ने र साविककाहरूको हकमा थप छलफल गर्दै जाने हो कि भन्ने सन्दर्भमा श्रम मन्त्रालय पनि सकारात्मक नै पाएका छौँ।
त्यसैले हामी धेरै चिन्तित छैनौँ।
अन्तत: यो सबै कुरा सरकारको निर्णयमा भर पर्छ। सरकारले विवेकपूर्ण निर्णय गर्छ भन्ने विश्वास छ।
सञ्चय कोषको हकमा हामीले धेरै अप्ठेरो अनुभव गरेका छैनौँ। निजीक्षेत्र सबै सामाजिक सुरक्षा कोषबाटै जाने भन्ने निर्णय भयो भने पनि हामीलाई ठूलो समस्या छैन।
तर साउन १ गते नै वा २ गते नै भन्ने कुरा व्यावहारिक हुँदैन। त्यो उहाँहरूले लगेर पनि व्यवस्थापन गर्न सक्नुहुन्न।
हामीबाट छुटाउँदा पनि अघि मैले भनेजस्तो हामीले त लगानी गरेका छौं, पैसा त छैन। हाम्रो पैसा ६० प्रतिशत जति त सञ्चयकर्ताहरूमै लगानी भएको छ।
निजीक्षेत्रको करिब ३५ अर्ब रुपैयाँ हामीसँग छ र त्यसको पनि ६० प्रतिशत करिब २० अर्ब जति त उहाँहरूमै सापटी लगानी भएको छ।
अब हामीले हस्तान्तरण गर्नु पर्‍यो भने त ती लगानी/ऋणपनि सँगसँगै हस्तान्तरण गर्नुपर्छ। त्यसको व्यवस्थापन गरिहाल्न सामाजिक सुरक्षा कोषलाई त्यति सहज छैन।
सरकारको दाहिने हातले गरेको काम देब्रे हातले थाहा नपाएको अवस्था जस्तो देखा परिरहेको छ। सामाजिक सुरक्षा कोषले साउनदेखि लिने भनिरहेको छ। यता तपाइँहरूको आफ्नै जटिलता देखिन्छ। तपाइँहरूको नगद प्रवाहमा असर पर्न सक्छ। अब के हुन्छ त?
मलाई त्यस्तो त लाग्दैन। सामाजिक सुरक्षा कोष वा श्रम मन्त्रालयले पनि हाम्रो ३५ अर्ब तत्काल देऊ भन्ने अवस्था हुँदैन।
हामी आपसमा बसेर, सरसल्लाह गरेर के गर्दा सहज हुन्छ भन्ने निचोड निकाल्छौँ।
तपाइँले अघि के भन्नु भयो भने सामाजिक सुरक्षा कोषको रकम व्यवस्थापन गर्ने क्षमता नपुगेसम्म सञ्चय कोषले नै त्यो काम गरिदिन सक्छ। त्यो भनेको के हो?
सामाजिक सुरक्षा कोषले सम्पूर्ण निजीक्षेत्रलाई परिचालन गर्छ र उनीहरूको कोष सङ्कलन गर्छ।
त्यस्तो रकमलाई कुनै सम्झौता गरेर विभिन्न ढङ्गले हामीले लगानी गरेर व्यवस्थापन गर्न सक्छौँ भनेको हो।
कुनै जलविद्युतमा होस् वा आयोजनामा होस् वा ब्याङ्कमै राखेर गर्नुपर्ने लगानी परिचालन हामी गर्न सक्छौँ भनेको हो।
दोस्रो कुरा सामाजिक सुरक्षा कोषले जुन ३१ प्रतिशत रकम सङ्कलन गर्छ त्यसमध्ये सामाजिक सुरक्षाको रकम त्यहाँ राखेर सञ्चय गर्ने कोष हाम्रोमा राख्न सकिन्छ।
बितेको ५७/५८ वर्षदेखि हामीले यो काम गरिरहेका छौँ। संसद्ले बनाएको उस्तै ऐन अन्तर्गत हामीले पनि जिम्मा पाएको हुनाले यसरी मिलेर काम गर्न समस्या छैन।
सञ्चयकर्तालाई अन्योल के भयो भने अनिवार्य सामाजिक सुरक्षा कोषमा जान भनेको छ तर फेरि अवस्था अस्पष्टताछ। फेरि यता पाइरहेको जस्तो सुविधा उता प्राप्त नहुन सक्छ। स्थिति अन्योलपूर्ण भएन?
त्यो त सरकारले चाँडोभन्दा चाँडो स्पष्ट पारिदिनुपर्छ किनभने जबरजस्ती गर्नुभन्दा खुसीसाथ जानसक्ने वातावरण बनाइदिनुपर्छ।
सञ्चयकर्ताले जम्मा गरेको पैसाले राम्रो प्रतिफल पाउँछ भन्ने कुरा सुनिश्चित गरिदिनुपर्‍यो।
साथै जसरी अहिले कर्मचारी सञ्चय कोषले विभिन्न सापटी सुविधा दिएको छ त्यसरी नै मानिसहरूका अप्ठेरा फुकाउने, गर्जो टार्ने खालका सुविधा निरन्तर होस् भन्ने चाहना स्वाभाविक छन्। त्यसलाई पनि हेरिदिनुपर्‍यो।
सञ्चय कोष र सामाजिक सुरक्षा कोष आपसमा बसेर यो कसरी व्यवस्थापन गर्ने भन्ने कुराकानी गर्न पनि सक्छौँ।
Image caption निजीक्षेत्रका श्रमिकहरूको पनि सामाजिक सुरक्षा बन्दोबस्त गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोष स्थापना गरिएको हो
झण्डै ६० वर्ष अगाडि स्थापित सञ्चय कोषले पनि आफूलाईसामाजिक सुरक्षा प्रदायक संस्थाकै रूपमा अघि बढाउँदै लगेको देखिन्छ। यस्तो बेला सामाजिक सुरक्षाका लागि भनेर फेरि अर्को संस्था खडा गर्न जरूरी थियो र? यही सञ्चय कोषलाई नै रूपान्तरण गर्दै लैजान सकिन्थेन?
सामाजिक सुरक्षा कोष किन जरूरी थियो भने हामीले त निजीक्षेत्रलाई केवल स्वैच्छिक रूपमा मात्र आबद्ध गरेका छौँ।
सरकारले त सबैको निम्ति यो विषय अनिवार्य गर्न जरूरी थियो। त्यसैले नयाँ कोष खडा भएको राम्रो हो।
खाली हामीसँग द्वन्द्व हुनसक्ने केही आन्तरिक कुरा मिलाउनुपर्छ। क्रमश: यो सञ्चय कोष पनि अन्तत: पेन्सन कोषमै रूपान्तरित हुने हो।
अलि दीर्घकालमा सार्वजनिक क्षेत्रको यहाँ राखेर निजीक्षेत्रको जम्मै नयाँ कोषमै लाने कुरा नीतिगत रूपमा ठीकै हो।
तर अहिले नै साउन १ गते नै त्यहाँ जाने भन्ने कुरा लिनेलाई पनि व्यावहारिक छैन, दिनेलाई पनि व्यावहारिक छैन। हामी बसेर सल्लाह गरेर मिलाउँछौँ।
यतिखेरको अन्योलपूर्ण अवस्थामा आम सञ्चयकर्ताप्रति तपाइँको सन्देश के त उसो भए?
सामाजिक सुरक्षा कोष भनेको त्रिपक्षीय सम्झौता - सरकार, रोजगारदाता तथा श्रमिकबीच - बाट खडा भएको हो। तीनै पक्षले विचार पुर्‍याएर निर्णय गर्नुपर्‍यो ताकि सबैको हित होस्।
स्वाभाविक रूपमा हामीकहाँ कतिपय निजी सञ्चयकर्ता वा रोजगारदाताले पनि आफूहरू सञ्चय कोषमै रहिरहन पाए हुन्थ्यो भन्ने इच्छा देखाउनु भएको छ। त्यो चाहनालाई हामी सम्मान गर्छौँ।
तर सरकारको निर्णयलाई पनि हामी सम्मान गर्छौँ।
मेरो अन्तिम निष्कर्ष चाहिँ के हो भने एउटै खाले काम गर्न एकभन्दा बढी संस्था जरूरी छैन।
भारतजस्तो ठूलो देशमा पनि एउटै संस्थाले करोडौँ जनसङ्ख्यालाई समेटेर कोष व्यवस्थापन गर्न सकेको छ भने यहाँ त केही लाखको व्यवस्थापन गर्न धेरै संस्था जरूरी होइन।
व्यवस्थापनको एक विद्यार्थीको नाताले पनि मलाई लागेको कुरा त्यही हो। संस्थागत रूपमा त नेपाल सरकारले निर्णय गर्ने हो र नेपाल सरकारको निर्णय मान्न हामी तयार छौँ।

सामाजिक सुरक्षा योजना: को समेटिने, को नसमेटिने




https://www.bbc.com/nepali/news-46354016

सामाजिक सुरक्षा योजना: को समेटिने, को नसमेटिने

Image caption ठूलो संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनाले नसमेट्ने जानकारहरूको भनाइ छ।
आज मंसिर ११ गतेदेखि सरकारले बनाएको 'योगदानमा आधारित सामाजिक सुरक्षा योजना' कार्यान्वयनमा आएसँगै श्रमिकहरू बिरामी वा दुर्घटनामा पर्दा तथा सुत्केरी हुँदा रोजगारदाताबाट विभिन्न किसिमका सुविधा पाउने अधिकारीले बताएका छन्।
त्यसका निम्ति श्रमिक र रोजगारदाताले निश्चित रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ।
तर ठूलो सङ्ख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई उक्त योजनाले नसमेट्ने देखिएको छ।
श्रमिकका हकअधिकार सुनिश्चित गर्ने संवैधानिक प्रावधान अनुसार सरकारले उक्त योजना लागु गर्न लागेको हो।

सुविधा

आगामी तीन महिना अर्थात् फागुन ५ गतेभित्र रोजगारदाताहरूको नामावली सङ्कलनको गरिसकिने छ।
सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले 'श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने' व्यवस्था छ।
पेन्सन र अवकाश सुविधा तथा आश्रित परिवारका लागि पनि विभिन्न सुविधाको कार्यविधिमा व्यवस्था छ।
सामाजिक सुरक्षा कोषका कार्यकारी अधिकृत श्यामराज अधिकारीले भने, "रोजगारदाता दर्ता भएको तीन महिनाभित्र श्रमसम्बन्ध कायम भएका श्रमिकहरू दर्ता हुन्छन्। रोजगारदाताले सूचीकरण भएको प्रमाणपत्र पाउँछन्।"
"त्यसैगरी श्रमिकहरूले पनि छुट्टाछुट्टै परिचयपत्र पाउँछन्। उनीहरूको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ, त्यसपछि तोकिएको विभिन्न मितिमा ती योजनाहरूको सुविधाहरू प्राप्त हुन्छ।''
चुनौती
अधिकारीहरूका अनुसार कोषमा रहेको रकमको एक प्रतिशत औषधिउपचार र स्वास्थ्य तथा मातृत्व सुरक्षा अन्तर्गत, दुर्घटना तथा अशक्तता सुरक्षामा र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत दुई प्रतिशत रकम खर्च हुने र बाँकी २८ प्रतिशतभन्दा बढी रकम वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत खर्च हुनेछ।
श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको भएपनि केहीमा निश्चित समय योगदान गर्नुपर्ने बताइएको छ।
तर श्रम मामिलाकी जानकार सांसद बिन्दा पाण्डे श्रमिकको ठूलो हिस्सा उक्त योजनाबाट वञ्चित हुने बताउँछिन् ।
उनले भनिन्, "जुनदिनसम्म हामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई पनि यो छाताभित्र ल्याउँन सक्दैनौँ, त्यतिखेरसम्म बहुसङ्ख्यक श्रमजीवीहरूको साथमा राज्य छ भन्ने कुराको अनुभूति दिन सक्दैन।"
"त्यसले गर्दा यो योजनालाई दिगो हिसाबबाट अगाडि बढाउने र अनौपचारिक क्षेत्रमा काम गर्ने घरमा काम गर्ने श्रमिक महिलालाई पनि पाटो बनाएर कसरी जाने भन्ने चुनौती छ।"
योजनाले करिब १० लाख श्रमिक लाभान्वित हुने सरकारको अनुमान छ।
तर ठूलो सङ्ख्यामा रहेका घरेलु कामदार कसरी समेट्ने भन्ने बारेमा बहस आरम्भ नै नभएको जानकारहरू बताउँछन्।