प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
२९ पुस, काठमाडौं । ललितपुरस्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत
किशोरीले आफ्नो नग्न तस्वीर भाइरल भएपछि प्रहरीलाई गुहारिन् । सुरुमा उनी
आफूमाथि आइपरेको विपत वर्णन गर्न हिच्किचाइन् । तर, केहीवेरमै
अभिभावकहरुबाट थाहा भयो, त्यो तस्वीर उनकै प्रेमीबाट ‘लिक’ भएको रहेछ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् अनुसन्धान
अधिकारीहरुका अनुसार पीडित किशोरी र प्रेमीसँगै पढ्थे । उनीहरुबीच
फेसबुकमा नियमित कुराकानी हुन्थ्यो ।
त्यही क्रममा किशोरले नग्न तस्वीर पठाउन आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुरुमा उनले इन्कार गरिन् तर, युवकले तस्वीर माग्न छाडेनन् । बरु
सम्बन्ध तोड्न तयार थिए तर, नग्न तस्वीर माग्न छाड्नेवाला थिएनन् । अन्ततः
किशोरीले गोप्य अंगहरुको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत पठाएकी थिइन् ।
विस्तारै त्यो क्रम बढ्दै थियो । एक दिन किशोरको म्यासेन्जरबाट त्यो
नग्न तस्वीर एउटा ‘च्याट ग्रुप’मा फरवार्ड भयो । केहीवेरमै तस्वीर भाइरल
भयो । त्यो थाहा पाएकी किशोरी छागाँबाट खसेझैं भइन् । उनले अभिभावकलाई खबर
गरिन् ।
प्रहरीसमक्ष घटना पुग्यो । प्रहरीले पीडित किशारीका प्रेमीलाई पनि
कार्यालयमा बोलायो । बयानका क्रममा उनले भूलवश ग्रुपमा तस्वीर सेन्ड भएको
दाबी गरे ।
नग्न तस्वीर पठाउनु किशोरीको पनि गल्ती थियो । त्यसैले प्रहरीले कसरी
अगाडि बढ्ने निर्क्यौल गर्न सकेन । दुवै परिवारले प्रतिष्ठाको विषयलाई पनि
जोड दिएपछि फोटो डिलिट गर्न लगाइयो र अभिभावकको जिम्मा लगाएर छाडियो ।
०००
कंलकीको एउटा निजी विद्यालयको कक्षा १० मा अध्ययनरत १७ वर्षीया
किशोरीलाई एउटा अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट आयो । केही ‘म्यूचल
फ्रेण्ड’ पनि देखिए ।
उनले एसेप्ट बटन दबाइन् । कुराकानी हुन थाल्यो । बानेश्वर बस्ने २४
वर्षीय युवकले कुराकानीका क्रममा उनलाई आफूले असाध्यै प्रेम गर्ने बताए ।
कुरा गत वर्षको फागुन महिनाको हो । उनले विवाह गरेर घर लगी व्यवहार मिलाउने
प्रलोभन देखाए । किशोरीले पनि उनको प्रस्ताव स्वीकारिन् ।
२७ फागुनमा कलंकीमा दुईबीच भेट भयो । युवकको घर जाने सर्तमा किशोरी
त्यहाँ आएकी थिइन् । तर, युवकले उनलाई आफ्नो घर लाँदैनन् बरु नजिकैको ‘रोयल
ड्रिम होटल एण्ड लज’ को १०३ नं. कोठामा लान्छन् । भन्छन्, ‘आज एक दिन यहीँ
बसौं । घरमा पनि कुरा मिलाउनु पर्छ । भोलि जानुपर्छ ।’
त्यसरात उनीहरुबीच शारीरिक सम्पर्क भयो । दोस्रो दिन एकछिनमा आउँछु भनेर
निस्किएका युवक फर्किएनन् । दिउँसो मध्य १२ बजे ढोकामा ढक्ढक् आवाज आयो
तर, त्यहाँ सँगै रात विताएको युवक थिएनन् । होटलका वेटर उभिएका थिए र, उनले
भने, ‘चेक आउट टाइम भयो, चाँडै निस्किनु होला ।’
त्यसपछि किशोरीले आमालाई त्यो कुरा बताइन् । प्रहरीसमक्ष जोहरी पर्यो ।
युवक पक्राउ परे । हाल उनी पुर्पक्षका लागि थुनामा रहेको काठमाडौं प्रहरी
परिसरले जनाएको छ ।
०००
काठमाडौंकै एक १५ वर्षीया किशोरीको फेसबुकबाटै एक युवकसँग चिनजान भयो ।
कुराकानीका क्रममा उनीहरु नजिकिए । १९ वर्षीय युवकले उनीविना बाँच्नै नसक्ने बताउन थाले ।
दोलखा घर भइ चाबहिल बस्दै युवकले एक दिन उनलाई घुम्न जाने बहानामा
कोठामा लगे । उनीहरुबीच शारीरिक सम्बन्ध भयो । युवकले कोठामा भएको
गतिविधिको भिडियो मोबाइलमा कैद गरेको थाहा पाएपछि किशारी आत्तिइन् ।
उनले भिडियो डिलिट गर्न लगाइन् । तर, अहँ ! उनले मानेनन् । उल्टै अर्को
सर्त राखे, ‘फेरि एकपटक कोठामा आउनुपर्छ अनि मात्र हटाउँछु ।’ युवतीसँग
उनले जे भने त्यही मान्नुको विकल्प थिएन । तर, एक दिन जब उनको ‘च्याट
बक्स’मा त्यो भिडियो आयो, तब ती युवकप्रति उनको झिनो विश्वास पनि रहेन ।
अन्ततः परिवारसम्म यो कुरा पुग्यो । प्रहरीमा जाहेरी दर्ता भयो । हाल
घटनाको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधिन छ । युवक पुर्पक्षका
लागि थुनामा छन् ।
०००
माथिका तीन घटना सामाजिक सञ्जालको प्रयोगबाट भइरहेको यौन दुर्व्यवहारका
प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय यो भयावह बन्दै गएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिले यौन दुर्व्यवहारमा पर्नेमा कलिला
किशोरकिशोरीको संख्या बढी छ । सामाजिक सञ्जालबाट किशोर-किशोरी नजिकिने,
शारीरिक सम्पर्क राख्ने र अतरंग तस्वीर/भिडियो भाइरल हुने क्रम पनि बढ्दो छ
।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) धिरजप्रताप सिंह किशोरकिशोरीसम्बन्धी साइबर क्राइम बढेको
स्वीकार्छन् ।
उनी भन्छन्, ‘त्यस्ता घटनामा पीडित र पीडकबीच कतिपय अवस्थामा स्कुलमै
चिनजान भएको हुन्छ भने बढी जसो फेसबुकमै जिनजान भएका घटना पनि छन् ।’
अदालतले पनि नाबालकलाई वेग्लै किसिमले सम्बोधन गर्ने बताउँदै उनले
अनलाइनखबरसँग भने, ‘हामी पनि कसुरको प्रकृति हेरेर मात्रै अघि बढ्छौं ।’
नेपाल प्रहरीले हालै सार्वजनिक गरेको पुलिस ‘मिरर’ पुस्तिकाका अनुसार
नेपालमा सर्वाधिक हुने अपराधको तेस्रोमा जबरजस्तीकरणी पर्छ भने कुल अपराधको
१५ प्रतिशत महिला तथा बालबालिकामाथि हुने बलात्कारले ओघट्छ ।
यो त प्रहरीमा रेकर्ड हुने तथ्याङ्क मात्रै हो । अझै पनि कतिपय घटना
प्रहरीसम्म पुग्दैनन् । प्रहरीमा पुगेका कतिपय घटनामा पनि सहमतिमा टुंगिन्छ
।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क
जारी आर्थिक वर्षको चार महिने अवधिको तथ्याङ्क हेर्दा ७८८ वटा
जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । त्यसमध्ये अधिकांश १९
वर्षभन्दा कम उमेरका छन् ।
सबैभन्दा बढी ५ सय २१ वटा घटनामा साथीभाइ र छिमेकीबाटै पीडित बनेका छन् ।
अनुसन्धान अधिकारीहरु भन्छन्, ‘सामाजिक सञ्जालबाट लभ गर्ने, लिभिङ
टुगेदरमा पनि बस्ने अनि सहमति टुटेपछि उजुरी गर्ने संस्कृति बढ्दो छ ।
त्यसैले पनि यो संख्या बढेको हो ।’ किशोरकिशोरीको हकमा पनि यो लागू हुने
गरेको छ । बाल यौन दुर्व्यवहार बढ्नुको कारण
सामाजिक सञ्जालको प्रयोगबाट हुने बालयौन दुर्व्यवहार किन बढिरहेको छ त ?
द भ्वाइस अफ नेपालका निर्देशक कृष्ण थापा यसपछाडि ३ वटा मुख्य कारण रहेको
औंल्याउँछन् । पहिलो, इन्टरनेटको पहुँच सहज छ । बालबालिका उमेरैले जिज्ञासु
स्वभावका हुने भएकाले विभिन्न व्यक्तिसँग जोडिन्छन् । यसले पनि खतरा
बढाइरहेको थापाको भनाइ छ । दोस्रो, अभिभावक पनि सचेत छैनन् । उनीहरु यो विषयमा
बालबालिकासँग खुलेर कुरा गर्दैनन् । उनीहरुको गतिविधिप्रति निगरानी
गर्दैनन् । गलत प्रयोगले ल्याउने खतरा र सकरात्मक पक्षहरुबारे उनीहरुलाई
जानकारी दिइँदैन । तेेस्रो, सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने संयन्त्र छैन
। थापाले भने, ‘इन्टरनेटको प्रयोगबाट बालबालिकामा कस्ता जोखिम आउन सक्छन्
भन्ने विषयमा पनि जानकारी राख्नुपर्यो । त्यसपछि नियन्त्रणका लागि बलियो
मेकानिजम बनाउनु पर्यो ।’
कतिपय अवस्थामा बदलाको भावनाले पनि चरित्र हत्या र टर्चर दिन गोप्य तस्वीरहरु सार्वजनिक हुने गरेका छन् ।
यदी कसैले अश्लिल कुरा गर्न खोज्छ वा आफ्नो गोप्य
अंगहरुको तस्वीर माग्छ भने त्यो अपराध हो । माग्ने मात्रै होइन, आफ्नो वा
अरुका त्यस्ता तस्वीर पठाउँछ भने त्यो पनि यौन दुर्व्यवहार हो
यी त भए घटना हुनु पूर्वका विषय । घटना भइसकेपछि पनि पीडितमैत्री सेवा
प्रहरीले दिन सकेको छैन । जस्तैः पश्चिमको डोटी होस् या पूर्वको पाँचथर,
जहाँको घटना भए पनि कानुनी उपचारका लागि काठमाडौं आउनु पर्ने बाध्यता छ ।
काठमाडौं बाहिरका जिल्ला प्रहरी कार्यालयहरुले साइबर अपराध जोडिएका
घटनाको अनुसन्धान गर्ने गरेको छैन । त्यसैले प्रहरीको प्रणाली पीडितमैत्री
हुन सकेको छैन ।
आखिर किन त ? प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत्
प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशी यसमा कानुनी जटिलता रहेको बताउँछन् ।
उनका अनुसार यस्ता घटनाको अनुसन्धान र मुद्दा दर्ता विद्युतीय अपराध ऐन,
२०६३ मा भएको व्यवस्था अनुसार हुन्छ । ऐन बनेका वेला साइबर अपराधको मुद्दा
अत्यन्त न्यून आउने गरेका थिए । ०६४ सालमा ४ वटा मात्र घटना दर्ता भएको
रेकर्ड छ । ऐनलाई राजपत्रमा प्रकाशित गर्दा उक्त कसुरको मुद्दा काठमाडौं
जिल्ला अदालतले मात्रै हेर्ने भन्ने वाक्यांश राखिएको एसपी जोशी बताउँछन् ।
‘त्यही कारण काठमाडौंबाट मात्रै साइबर अपराधको मुद्दा हेरिएको हो’, उनले
अनलाइनखबरसँग भने, ‘अहिले दिनप्रतिदिन साइबर क्राइम बढिरहेका वेला सबै
जिल्लाबाट हेर्न मिल्ने गरी कानुन परिमार्जन हुनु आवश्यक छ ।’
उनले त्यसका लागि आफूहरुले समयसमयमा छलफल समेत गरिरहेको बताए । ‘हामीले
महान्यायधिवक्ताज्यूहरुदेखि लिएर न्यायधिशज्यूहरुसँग छलफल गरेका छौं । सबै
जना सकारात्मक हुनुहुन्छ । चाँडै यो समस्या हल होला’, उनले भने । डिप्रेसन र मनोसामाजिक समस्या बढ्योः मनोविद्
मनोविद् गोपाल ढकाल पछिल्लो समय स्कुले विद्यार्थीहरुमा सामाजिक
सञ्जालको दुरुपयोग बढिरहँदा मनोसामाजिक र डिप्रेसन समस्या बढिरहेको
बताउँछन् । उनी भन्छन्, ‘कतिपय अवस्थामा आत्महत्या समेत भएको घटनाहरु
सार्वजनिक भएका छन् ।’
मनोविद् गोपाल ढकाल
गोप्य तस्वीर वा भिडियो सार्वजनिक हुँदा बदनामी सहन नसकेर उनीहरुमा
चिन्ता, निराशा, हिनताबोध, दुखित मानसिकता लगायतले सताउन थालेको ढकालको
भनाइ छ । विद्यालय पढ्ने किशोरकिशोरीहरुको हकमा भने पढाइमा ध्यान नजाने र
निद्रा लाग्ने जस्ता समस्या देखा पर्ने गरेका उनको भनाइ छ ।
पछिल्लो समय केही पीडित बालबालिकामा मनोवैज्ञानिक रोग एडीएचडी (एटेन्सन
डिफिसिट हाइपर एक्टिभिटी डिसअडर) पनि देखा परेको ढकाल सुनाउँछन् ।
यो यस्तो मानसिक समस्या हो, जसका कारण किशोरकिशोरी कुनै एक विषयमा
केन्द्रीत भइरहन सक्दैनन् । विद्यालयको गतिविधिप्रति उनीहरुले लगाब राख्न
सक्दैनन् । उनीहरु अधैर्य हुन्छन् । कुनै पनि काम गर्नु अघि त्यसको
परिणामबारे सोच्दैनन् ।
‘अतरंग दृश्यहरु सार्वजनिक हुँदा हाम्रो समाजले अञ्जानमा भयो भनेर
इन्कार गर्दैन’, ढकाल भन्छन्, ‘बरु झन् ठूलो बनाउने हाम्रो कल्चर छ ।
हामीभाइरल बनाइदिन्छौं ।’ किन गर्छन् अन्तरंग तस्वीर साटासाट ?
अहिले विद्यालयमा पढ्ने विद्यार्थीमा अन्तरंग तस्वीर साटासाट गर्ने
परम्परा किन मौलाउँदै गएको छ त ? यसपछाडि केही मनोवैज्ञानिक र सामाजिक कारण
देखिन्छन् ।
मनोविद् ढकालको विचारमा पहिलेभन्दा अहिले किशोरावस्थामा पुग्ने समय
घट्दै गएको छ । उनीहरुको शारीरिक विकास चाँडै भइरहेको छ । तर, शारीरिक
रुपमा तयार भए पनि मानसिक रुपमा भने उनीहरु परिपक्व भएका हुँदैनन् ।
त्यसैले यस्तो अवस्थामा उनीहरुप्रति शारीरिक विकासका सम्बन्धमा चासो
हुनु स्वभाविक पनि हो । यौन शिक्षाको अभाव रहेको अवस्थामा आफ्नो शारीरिक
अंगहरु सही रुपमा विकास भएको छ/छैन भनेर जान्नलाई पनि किशोरकिशोरीले फोटो
खिच्ने गरेका छन् ।
विशेषतः किशोरीहरुमा आफ्नो शरीरलाई हेरेर अरुले कस्तो प्रतिक्रिया
दिन्छन् भन्ने उत्सुकता पनि हुन्छ । त्यसैले उनीहरु आफूले विश्वास गरेको
व्यक्तिलाई तस्वीर पठाउन राजी हुन्छन् तर, त्यसको जोखिमबारे जानकारी
राख्दैनन् ।
अर्को, त्यो त्यो तस्वीर पाउने साथीले पनि अरु समक्ष त्यो तस्वीर पुग्दा
कस्तो समस्या आउला भनेर सोचेको हुँदैन । यो सामाजिक सञ्जालको सही
सदुपयोगको अभावका कारण भएको हो ।
कतिपय अवस्था म कस्तो देखिन्छु, मेरो शारीरिक अंग विकास भएको छ छैन ?
भनेर जान्नलाई पनि किशोरकिशोरीले तस्वीर खिचेर आफैंले हेर्ने गरेको पाइन्छ ।
यस्तो अवस्थामा किशोरकिशोरीलाई यौन शिक्षाको अभाव हुन्छ । उनीहरुले
परिवार, विद्यालय र समाजमा खुलेर त्यस विषयमा छलफल गर्न सक्दैनन् । फलतः
शिक्षा लिनका लागि उनीहरु सामाजिक सञ्जालमा निर्भर हुन्छन् । चलचित्रमा
देखिने दृश्यहरुमा निर्भर हुन्छन् । पोर्न साइटहरु खोज्न थाल्छन् ।
उनीहरुमा यो चासो हुनु स्वभाविक पनि हो । तर, सिकाइको माध्यमले भने डरलाग्दो परिस्थिति सिर्जना गरेको छ ।
यदी कसैले अश्लिल कुरा गर्न खोज्छ वा आफ्नो गोप्य अंगहरुको तस्वीर माग्छ
भने त्यो अपराध हो । माग्ने मात्रै होइन, आफ्नो वा अरुका त्यस्ता तस्वीर
पठाउँछ भने त्यो पनि यौन दुर्व्यवहार हो । त्यसैले पछिल्लो समय मौलाउँदै
गएको यो प्रवृत्तिको खुलेर प्रतिकार गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।
अभिभावक र किशोरकिशोरीबीच मित्रवत् व्यवहार हुनुपर्छ, ताकि आफूलाई असहज परिस्थिति आउँदा अभिभावकसँग खुलस्त बताउन सकून्
बालबालिकालाई कसरी जोगाउने ?
बालबालिकालाई सामाजिक सञ्जालबाट हुने यौन दुर्व्यवहारबाट जोगाउन
सबैभन्दा मुख्य कुरा जनचेतना फैलाउनु नै भएको महाशाखाका एसएसपी सिंह
बताउँछन् । त्यसका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यक्रम
ल्याएको उनको भनाइ छ ।
सिंहको भनाइमा एसपी जोशी थप्छन्, ‘हामीले अहिले समुदाय प्रहरी साझेदारी
कार्यक्रम ल्याएका छौं । त्यसमा विद्यार्थीका लागि पाठ्क्रम नै तयार पारेका
छौं । जसमा यौन हिंसा र साइबर क्राइमबारेका विषय समावेश गरिएका छन् ।’
उनका अनुसार त्यो पाठ्यपुस्तक देशभर लागू गर्ने तयारी छ । ‘हामीले हरेक
विद्यालयमा सम्पर्क समिति पनि गठन गराउँदै आएका छौं’, उनले भने, ‘समितिको
माध्यमबाट पनि बालबालिकाविरुद्ध हुने हिंसा र साइबर क्राइमबारे जानकारी
गराउँछौं ।’
उनका अनुसार पाठ्यक्रममा सामाजिक सञ्जाल चलाउँदा के गर्ने, के नगर्ने
भन्ने विषय पनि समेटिएका छन् । एउटा कम्प्यूटरमा बसेर सामाजिक सञ्जाल
चलाएपछि ‘लग आउट’ नगरी निस्किँदा पर्नसक्ने समस्यादेखि बलियो पासवर्ड कसरी
राख्ने भन्नेसम्मका विषय राखिएको उनी बताउँछन् ।
घरमा पनि चेतनामूलक कार्यक्रम गरिनु आवश्यक रहेको अधिवक्ता टीपी शर्मा
कँडेलको भनाइ छ । अभिभावक र किशोरकिशोरीबीच मित्रवत् व्यवहार हुनुपर्छ,
ताकि आफूलाई असहज परिस्थिति आउँदा अभिभावकसँग खुलस्त बताउन सकून् ।
अभिभावकले खुलेर छलफल गरेर पनि निगरानी गर्न सक्छन् । शंकास्पद गतिविधि
भइसक्दा तुरुन्त सचेत गराउन सक्छन् । तर, हरेक अभिभावकको हकमा त्यो लागू
नहुने कँडेल बताउँछन् ।
‘कतिपय केशमा बच्चाभन्दा माथिको जेनेरेशनले त्यो समस्याबारे राम्रोसँग
बुझेको हुँदैन’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले परिवार मात्रै पनि यो
समस्या समाधान गर्न पर्याप्त हुँदैन । यसमा विद्यालयदेखि लिएर अन्य निकायको
पनि उत्तिकै भूमिका हुनुपर्छ ।’
अर्को उनीहरुसँग सम्बन्धित घटनाको अनुसन्धानलाई पनि प्रहरीले सहज बताउनु पर्ने उनी बताउँछन् ।
सरकारले पनि सामाजिक सञ्जाललाई नियमन गर्ने गरी कानुन ल्याउनु पर्ने
सरोकारवालाहरु बताउँछन् । ‘सरकारले बलियो कन्ट्रोल मेकानिज्म मात्रै बनाउने
हो भने पनि धेरै हदसम्म यो समस्या हल हुन्छ’, अधिकारीहरु भन्छन् ।
२२ असार, काठमाडौं । ललितपुरका सबिन (नाम परिवर्तन) ले ११ वर्षको
हुँदादेखि अश्लील चलचित्र हेर्न थाले । उनी हिन्दी चलचित्रका ‘लभ स्टोरी’
हुँदै पोर्न साइटहरुमा पुगेका थिए ।
बुबाआमाले ट्याब ल्याइदिएपछि पोर्न साइटको संसार उनको हातमा आइपुगेको
थियो । खातापिता परिवारमा हुर्किँदै गरेका उनी आफ्नो कोठामा चुकुल लगाएर
घन्टौं यौन फिल्म हेर्थे ।
छोराले ट्याबबाट के सिक्दैछ भन्ने अभिभावकलाई ख्यालै थिएन । केहीअघि
बाबुआमा घरमा नभएको बेला छोराले घरेलु काम गर्ने किशोरीमाथि यौन आक्रमणको
प्रयास गरे । मुश्किलले जोगिएकी किशोरी भागेर घर पुगिन् तर, आफूमाथि भएको
यौन हिंसाबारे बताइनन् ।
परिवारले बाल हेल्पलाइन १०९८ मा सम्पर्क गर्यो । प्रहरीले
मनोपरामर्शदाताको सहयोगमा बालबालिका दुवैसँग सोधपुछ गर्दा बलात्कार प्रयास
पुष्टि मात्र भएन, कक्षा ९ मा पढ्ने १४ वर्षका सबिनको अश्लील चलचित्र
हेर्ने लत खुल्यो ।
घटना प्रहरीसम्म पुगे पनि ३५ दिने हद म्याद नाघिसकेकाले उजुरी भने दर्ता हुन सकेन ।
०००
चार महिनाअघि बाल हेल्पलाइन १०९८ मा आएको एउटा उजुरी सुनेर त्यहाँ
कार्यरत कर्मचारी चकित भए । पोखराको एक विद्यालयका पाँच वर्षमुनिका तीन
बालकले सँगै पढ्ने बालिकामाथि यौन आक्रमण गरेका थिए ।
तर, प्रहरीलाई छानबिन र अनुसन्धानका लागि कानुनी जटिलता थियो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को सजायसम्बन्धी व्यवस्थाको उपदफा १ ले १०
वर्षभन्दा कम उमेरकाले गरेको कसुरमा कुनै प्रकारको मुद्दा नचलाउने, सजाय
नहुने व्यवस्था गरेको छ । त्यसैले दुवै पक्षका अभिभावकलाई राखेर समझदारी
गराएको प्रहरी बताउँछ ।
०००
२०७५ असोज पहिलो साता जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले
नियन्त्रणमा लिएको १३ वर्षे बालकमाथि १२ वर्षीया बालिकालाई जबरजस्ती करणी
गरेको अभियोग थियो । बालिकाको आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ
परेका ती बालकले प्रहरी हिरासतमा अनौठो व्यवहार देखाएका थिए ।
‘लाग्थ्यो, आफूले गरेको अपराधबारे बालकलाई कुनै भेउ थिएन’, यो मुद्दा
हेरेका अधिवक्ता टीकाप्रसाद शर्मा कँडेल भन्छन्, ‘जबकी, उनले पीडित
बालिकाप्रति केही वर्ष अगाडिबाटै अश्लिल हर्कत गर्न थालेको प्रहरीमा दिइएको
जाहेरीमा उल्लेख थियो ।’
आखिरमा उनले सानैदेखि अश्लील चलचित्र हेर्ने गरेको प्रहरी अनुसन्धानबाट
खुल्यो । कक्षा ८ मा पढ्ने उनी एक्लो सन्तान हुन् । अभिभावकले उनलाई कुनै
अभाव महसुस हुन नदिइएको र निगरानी पनि नगरेको अनुसन्धानमा संलग्न प्रहरी
अधिकृत बताउँछन् ।
‘बालकले इन्टरनेटमा पोर्न साइट हेरेर छिमेकी बालिकालाई आक्रमण गरेको
बयानमा बताए’, ती प्रहरी अधिकृत भन्छन्, ‘उनको मोबाइलमा पोर्न भिडियो पनि
भेटियो ।’
नाबालक भएकाले हाजिरी जमानीमा छाडिएका उनी अहिले सुधार गृहमा छन् । यो पनि पढ्नुहोस भयावह बन्दैछ अनलाइन बाल यौन दुर्व्यवहार: प्रहरीमा किन उजुरी पर्दैन ?हिंस्रक बन्दै बालबालिका
बालबालिकाको क्षेत्रमा काम गर्ने गैर–सरकारी संस्था सिविन, नेपालको एक
अध्ययनले ८२ प्रतिशत नेपाली बालबालिकाले इन्टरनेट चलाउने देखाएको छ ।
तीमध्ये ७३.७ प्रतिशत बालक र २६.३ प्रतिशत बालिकाले अपरिचितसँग व्यक्तिगत
विषय आदान–प्रदान गर्ने गरेको देखिएको छ ।
अध्ययनमा समेटिएका बालबालिकामध्ये ३.९ प्रतिशतले रुचीको पाँच
वेवसाइटमध्ये पोर्नलाई एउटामा राखेका थिए भने ११ प्रतिशतले अनलाइनबाट
भेटिएका व्यक्तिसँग अश्लील कुराकानी र तस्वीर साटासाटसमेत गरेको भेटिएको
थियो । त्यस्तै, ६६.६ प्रतिशत बालबालिकाले अश्लील चलचित्र हेर्ने गरेको
पाइएको थियो ।
सिविनका व्यवस्थापक भरत अधिकारीका अनुसार, बाल हेल्पलाइन १०९८ मा हरेक
वर्ष सरदर १५० वटा यौन आक्रामणसम्बन्धी उजुरी पर्ने गरेको छ । तीमध्ये ५
देखि १० वटा घटनामा १० वर्षभन्दा मुनिका बालबालिका संलग्न भएको देखिन्छ ।
नेपाल प्रहरीको महिला तथा बालबालिका निर्देशनालयका प्रमुख पिताम्बर
अधिकारी बालबालिका जोडिएको अधिकांश जबरजस्ती करणीका घटनामा कहीँ न कहीँ
अश्लील चलचित्रको प्रभाव देखिने बताउँछन् ।
‘बलात्कारको भनेको मानिसको मनोवैज्ञानिक स्थितिबाट सिर्जित हुँदै
अभिप्राय बनेर हुने अपराध हो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अधिकारी
भन्छन्, ‘बलात्कारलाई मानिसको अभिप्राय बनाउन प्रेरित गर्ने एउटा कारण
अश्लील चलचित्र हो ।’
बलात्कार जस्तो अपराधमा पीडक आफैं नाबालक भएपछि कानून कार्यान्वयनमा जटिलता उत्पन्न भएको उनी बताउँछन् । यो पनि पढ्नुहोस सहमतिमा ‘न्यूड’ फोटो सुट, भाइरल भएपछि आपत !अभिभावकले समय दिएनन्
द भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापा प्रविधिको सदुपयोग नभई
दुरुपयोग हुनुलाई बाल यौन अपराधको प्रमुख कारण मान्छन् । ‘अहिले घरघरमा
मोबाइल र अन्य ग्याजेटलाई बच्चा भुलाउने माध्यम बनाइएको छ’, उनी भन्छन्,
‘युट्युव या अन्य साइटमा भिडियो हेर्दाहेर्दै पनि कहिले अश्लील दृश्यहरु
आइदिन्छन् ।’
बालबालिका स्वभावले नै जिज्ञासु हुने भएकाले त्यसरी देखेको दृश्यलाई
प्रयोग गरेर हेर्न खोज्ने उनी बताउँछन् । अहिले अभिभावकले आफ्ना
बालबालिकालाई पर्याप्त समय नदिँदा यो समस्या थाहै नपाई बिकराल बनेको थापाले
बताए ।
‘फेरि बच्चाले कुनै अश्लील कुरा सुनेर अविभाकलाई सोध्यो भने के बोलेको
यस्तो ? कहाँ सिकेर आयो भनेर गाली गर्ने चलन छ’, उनी भन्छन्, ‘त्यो सही वा
गलत के हो भनेर सम्झाउने परिपाटी छैन ।’
निर्देशक थापा बलात्कारको घटनामा बालबालिका नै संलग्न देखिन थाल्नुमा पोर्नसाइट मात्र कारण नभएको बताउँछन् ।
नेपाल दुरसञ्चार प्राधिकरणले अश्लील तस्वीर/भिडियोसम्बन्धी वेवसाइट
प्रतिबन्धित गरेपनि त्यो नै पर्याप्त नहुने यौन मनोविज्ञ कुरुणा कुँवर
बताउँछिन् । ‘प्रतिबन्धपछि पनि युट्युबलगायतमा अश्लील सामग्रीहरु सजिलै
पाइन्छन्’, उनी भन्छिन्, ‘त्यसले पनि बालबालिकालाई असर पारिरहेको हुन्छ ।’
अश्लील चलचित्रमा १८ वर्षमुनिका बालबालिकाको पहुँच पूर्णतः रोकिनुपर्ने
उनको भनाइ छ । उनका अनुसार वयस्क भएपछि बुझ्ने कुरा सानैमा देखेपछि अनुभवका
लागि अभ्यास गर्ने रहर हुन्छ । ‘बलात्कार भन्ने थाहै नपाई गरेको नक्कलबाट
गम्भीर अपराध भइरहेको छ’, कुँवर भन्छिन्, ‘यस्तो अवस्थामा घर र विद्यालयमा
यौन शिक्षाको पनि खाँचो छ ।’ यो पनि पढ्नुहोस सामाजिक सञ्जालबाट ‘टार्गेट’ रोज्छन् बाल यौन दुराचारीखतरनाक असर
मनोविद् कुँवरका अनुसार अश्लील चलचित्र हेर्ने बालबालिकाको स्वभावमा
झर्किने र नकारात्मक सोच्ने क्रम बढ्छ, पढाइमा ध्यान दिन सक्दैनन् । एक्लै
वा परिवारभन्दा साथीसँग बस्न रुचाउने, कतिपयमा निन्द्रा नलाग्ने बताउँदै
उनले भनिन्, ‘पोर्नसाइटमा समय बिताउने बालबालिकामा खाना नरुच्ने समस्या पनि
देखिएको छ ।’
पोर्नसाइटमा समय बिताउने बालबालिकामा कम उमेरमै विवाह गर्न प्रेरित हुनु
र पुरुष वा महिलालाई वस्तुको रुपमा हेर्न प्रवृत्ति बढेर जानुलाई
बलात्कारजस्तै खतरनाक प्रवृत्ति मान्छिन्, मनोविज्ञ कुँवर ।
टिपेको
तीन दिनपछि काठमाडौं ल्याएर परीक्षण गर्दा पनि भारतीय तरकारी र फलफूलमा २२
प्रतिशतसम्म विषादी, तर टिपेकै दिन परीक्षण हुने नेपाली तरकारीमा बढीमा ८
प्रतिशत मात्रै
बजारमा उपलब्ध तरकारीमध्ये भारतबाट आयात
हुने तरकारीमा विषादीको मात्रा अवशेष बढी देखिएको छ । कालीमाटी फलफूल तथा
तरकारी बजार विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइले गरेको
प्रयोगशाला परीक्षणमा भारतीय तरकारीमा विषादीको अवशेष बढी भेटिएको हो ।
इकाइका प्रमुख जग्यश्वर शर्माले भारतीय
तरकारीमा विषादीको अवशेष तोकिएको मापदण्डभन्दा कम नै भए पनि नेपाली
उत्पादनमा भन्दा बढी रहेको जानकारी दिए । ‘हामीले नियमित रूपमा परीक्षण
गरेको तरकारीलाई हेर्दा भारतीयमा विषादीको अवशेष बढी देखिएको छ,’ उनले भने,
‘तुलनात्मक रूपमा नेपाली तरकारीमा कम विषादीको अवशेष देखिएको छ ।’ यतिवेला
भारतबाट आलु र प्याज धेरै मात्रामा आइरहेको छ । दुवै तरकारीमा १०
प्रतिशतभन्दा बढी विषादीको अवशेष भेटिएको छ । तर, यही अवधिमा नेपालका
विभिन्न ठाउँबाट काठमाडौं भित्रिएका तरकारीमा औसतमा ३ देखि ४ प्रतिशत
विषादीको अवशेष फेला परेको छ ।
३५ प्रतिशतसम्मको विषादी अवशेषलाई मान्यता
बजारमा उपलब्ध आयातीत तथा स्वदेशी अधिकांश तरकारीमा विषादीको अवशेष देखिने
गरेको प्राविधिकहरूले बताएका छन् । कालीमाटीस्थित विषादी अवशेष द्रुत
विश्लेषण इकाइका प्रमुख जग्यश्वर शर्माले परीक्षणका क्रममा थोरै भए पनि
विषादी भेटिने गरेको बताए । ‘बजारमा उपभोगका लागि आएका तरकारी, फलफूलमा
थोरै भए पनि विषादीको अवशेष भेटिने गरेको छ,’ उनले भने, ‘हामीले ३५
प्रतिशतसम्मको विषादी अवशेषलाई मान्यता दिएकाले सोभन्दा कम भएकालाई कुनै
कारबाही गर्न मिल्दैन ।’ किसानले मूल रूपमा रोग लाग्न नदिन र किरा मार्नका
लागि कार्बामेट र अर्गानो फस्फेट बढी मात्रामा प्रयोग गर्ने गरेका छन् ।
त्यसैले नेपालका ल्याबले सोही दुई प्रकारका विषादी मात्र परीक्षण गर्दै
आएको छ ।
तरकारी परीक्षणविनै बजार पुग्छ
विषादी परीक्षणका लागि प्रयोगशाला राखिए पनि व्यावहारिक रूपमा निकै कम
मात्र परीक्षण गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा
राति १२ बजेपछि ट्रक आउँछन् । ती तरकारीलाई राति ३–४ बजेसम्म
उपत्यकाबाहिरका साना थोक बजारमा पठाइन्छ । चोकमा ठेला राखेर तरकारी बिक्री
गर्ने व्यवसायीले ५ बजेसम्म कालीमाटीबाट लगिसक्छन् । सरकारले स्थापना गरेको
प्रयोगशाला भने बिहान ६ बजेपछि मात्र खुल्छ । ‘हामीले बिहान ६ बजे
प्रयोगशाला खोलेर यहीँको थोक बजारबाट केही तरकारीको नमुना ल्याएर परीक्षण
गर्छौँ,’ कालीमाटीस्थित प्रयोगशालाका प्रमुख शर्माले भने, ‘राति नै आएर
परीक्षण गर्न सम्भव हुँदैन । बिहान परीक्षण गरेर तरकारीमा विषादीको अवस्था
कस्तो छ भनेर विश्लेषण गर्ने हो ।’ कुनै तरकारीमा विषादीको मात्रा
तोकिएभन्दा बढी पाइए नमुना संकलन गरेको थोक व्यापारीकहाँ गएर बिक्री हुन
बाँकी रहेको परिमाण नष्ट गर्ने गरेको उनले बताए । ‘मापदण्डभन्दा बढी विषादी
भेटिएको अवस्थामा सम्बन्धित व्यापारीलाई बोलाएर ऊसँग भएको परिमाण नष्ट
गर्छौँ, यसो गर्दा एकपटकमा ३०–४० किलो तरकारी नष्ट गर्ने गरिएको छ,’ उनले
भने ।
तरकारीमा थोरै विषादी भए पनि
स्वास्थ्यमा असर गर्छ । थोरै विषादीले थोरै असर गर्ने मात्र हो । कतिपय
मानिसमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ, उनीहरूमा कम विषादीको असर कम
देखिएला । कुरा यति मात्र हो । -जग्यश्वर शर्मा, प्रमुख विषादी अवशेष द्रुत विश्लेपषण इकाइ, काठमाडौं
८५ प्रतिशत विषादी तरकारीमा प्रयोग
गत आर्थिक वर्ष ०७४/७५ को तथ्यांकअनुसार ६ सय मेट्रिकटन विषादी नेपालमा
आयात भएको छ । यसको बजार मूल्य करिब ७५ करोड रुपैयाँ हुन आउँछ । नेपाल आयात
हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग हुने गरेको प्लान्ट
क्वारेन्टाई तथा विषादी नियन्त्रण केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले
जानकारी दिए । ‘१५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने छ । यसर्थ,
खाद्यान्न धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यून विषादी
प्रयोग हुने भएकाले आमनेपाली सुरक्षित छन् भन्न सकिन्छ,’ उनले भने ।
कृषिमा सबैभन्दा बढी व्यावासयिक भएको
क्षेत्र तकारी हो । ‘जुन बालीमा व्यवसायीकरण हुन्छ, त्यसमा कृषकले आफ्नो
बाली जोगाउन विषादी प्रयोग गर्छ,’ शर्माले भने, ‘नाफाका लागि बाली संरक्षण
गर्न किसानले विषादी प्रयोग गर्ने गरेका छन् ।’
भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी
कालीमाटीमा प्रयोगशाला स्थापना भएपछिको परीक्षणमा भारतीय तरकारीमा ८३
प्रतिशतसम्म विषादीको अवशेष फेला परेको छ । सरकारले ३५ प्रतिशतसम्मको
अवशेषलाई मात्र मापदण्डभित्रको मान्यता दिएको छ । ५ माघ, ०७३ मा कालीमाटीमा
भित्रिएको भारतीय टमाटरमा अर्गानो फस्फेट विषादीको अवशेष ८३.१८ प्रतिशत
फेला परेको थियो । सोही दिन भारतीय टमाटरको अर्को नमुना परीक्षण गर्दा
७९.२० प्रतिशत विषादीको अवशेष फेला परेको हो ।
सो प्रयोगशालाले हालसम्म फेला पारेको
सबैभन्दा बढी विषादीको मात्रा यही हो । त्यस्तै ४ माघ ०७३ मा भारतबाटै आएको
काँक्रोमा ४९.०६ प्रतिशत अर्गानो फस्फेट विषादीको अवशेष भेटिएको थियो । ६
माघ ०७३ मा भारतबाटै आएको टमाटरमा ६४.६४ प्रतिशत विषादीको अवशेष भेटिएको
थियो । त्यस्तै ७ माघ ०७३ मा भएको परीक्षणमा नेपालकै बारामा उत्पादित
टमाटरमा ७९.३५ प्रतिशत विषादीको अवशेष देखिएको थियो । चितवनबाट काठमाडौं
ल्याइएको काउलीमा ७२.०९ प्रतिशत विषादीको अवशेष फेला परेको थियो । यसरी
विषादीको अवशेष फेला परेका सबै तरकारी नष्ट गर्ने गरेको कालीमाटीस्थित
प्रयोगशालाका प्रमुख जग्यश्वर शर्माले जानकारी दिए ।
काठमाडौं : ऐतिहासिक
एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण
भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको
नाममा कायम गरिएको हो।
राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ।
नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको
नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी
दिए। साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर
४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ। यो
महलको जग्गा क्षेत्रफल नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम छ। तर,
यसको उत्तर साविक खानीगाउँ वडा २ को सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर
१६० मा १५ रोपानी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९
आना २ दाम छ। २०६० साल मंसिर १६ मा यो जग्गा कित्ताकाट गरी दुई कित्ता
बनाइएको छ। कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८
रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयको दर्ता किताबमा
उल्लेख रहेको सतर्कताको छानबिनमा छ।
०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका
कागजात जलेर नष्ट भएको थियो। कागजात नष्ट भएपछि रानीमहलको जग्गा नै गायब
गरिएको छ। मालपोत, नापीसहित तत्कालीन गाविस समेतको मिलेमतोमा रानीमहलको
जग्गा खुम्च्याइएको प्रतिवेदनमा उल्लेख छ। खानी गाउँ विकास समितिको
कार्यालयको २०६३ असार ४ को सिफारिसमा रानीमहलको कित्ता नम्बर ६६० को ५
रोपनी ३ दाम जग्गा खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठको नाममा
दर्ता कायम छ। कित्ता नम्बर ६६१ को ८ रोपनी ९ आना १ पैसा १ दाम च्रकपाणि
पाण्डे, थमबहादुर थापा, दुर्गाबहादुर थापाको नाममा दर्ता छ। तर, यो जग्गाको
हकमा हालसम्म श्रेस्ता कायम गर्न सम्बन्धित पक्ष आएको देखिँदैन।
कित्ता नम्बर ४६७ को १२ रोपनी ९ आना २ दाम जग्गा भने बोधगुम्बा रानी घाट
गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम दर्ता गरिएको छ। महलको दक्षिणमा
रहेको कित्ता नम्बर ४६४ को ३० रोपनी १० आना ३ पैसा जंगल र कित्ता नम्बर ४६६
को १७ रोपनी १३ आना १ पैसा फूलबारी भनी दुवै कित्ता जग्गा
सरकारी÷सार्वजनिक रहेको प्रतिवेदनमा उल्लेख छ। जंगल र फूलबारी बगैंचाको
जग्गामा भूमाफियाले आँखा लगाएका छन्। महलको पश्चिमतर्फ कालीगण्डकी नदी छ।
प्रतिवेदनमा बोधगुम्बा २ को कित्ता नम्बर ४६५ को जग्गा रानीमहलको भएको
तर त्यसको स्रेस्ता मालपोत कार्यालयमा फेला नपरेको उल्लेख छ। यो जग्गाको
उत्तर साविक खानी गाउँ–२ कित्ता नम्बर १६० को जग्गा बगरमा कायम छ।
बौधगुम्बा २ कित्ता नम्बर ४६६ बगैंचा र कित्ता नम्बर ४६४ जंगल भनी उल्लेख
छ। सतर्कताको स्थलगत अध्ययनअुनसार कित्ता नम्बर ४६६ बगैंचा भनी उल्लेख भएको
कित्तामा गाडी गुड्ने सडक र खाली जग्गा पाइएको छ। यो जग्गा
सरकारी/सार्वजनिक नै कायम भए पनि नापी कार्यालयबाट प्राप्त नक्सामा छुट्टै
कित्ताकाट गर्न वा के उद्देश्यले शंकास्पद रूपमा पेन्सिल लाइनको कित्ता
बनाएको देखिन्छ।
कित्ता नम्बर ४६७ रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम देखिएको,
खानीगाउँ वडा नम्बर–२ कित्ता नम्बर १६६ जग्गाधनी खड्गभक्तेश्वर गुठीको २०६०
जेठ २५ मा मिसिल नम्बर ३४० खडा भई ५ रोपनी ३ दाम मोही महालक्ष्मी श्रेष्ठ
कायम गरिएको थियो। यो जग्गा २०७२ असोज ५ को मालपोतको निर्णयअुनसार मोहीको
नाम नामसारी भएको छ।
यो नजरमान श्रेष्ठ , तारामान श्रेष्ठ र निलम श्रेष्ठ तथा तानसेन
नगरपालिका–७ पाल्पाको नाममा स्रेस्ता कायम छ। मालपोत कार्यालयले पुरानो
श्रेस्ता जली नयाँ स्रेस्ता कायम गर्दा अंशबन्डा, लिखतलगायत कागजात
सम्बन्धित पक्षसँग माग नगरी खाली लालपुर्जाको आधारमा मात्रै स्रेस्ता कायम
गरिएको प्रतिवेदनमा छ।
नामसारी गर्दा तानसेन नगरपालिकामा रहेका मोहीलाई समेत पत्राचार गरी जानकारी
नगराएको पाइएको छ। गुठी जग्गा नामसारी गर्दा गुठी संस्थानसँग जानकारी
नगराएको देखिएको छ। ‘नापी विभाग कित्तानापी महाशाखा, अभिलेख शाखामा रहेको
नक्सामा कित्ताकाट भएको देखिँदैन’, प्रतिवेदनमा छ। पाल्पा दरबार जल्नुभन्दा
अगाडिको अभिलेखका रूपमा रहेको तर हाल नापी कार्यालय पाल्पामा रहेको
नक्सामा कित्ताकाट भएको देखिएकाले कित्ताकाट कुन मितिमा कसरी गरेको भन्ने
स्पष्ट जानकारी नभएको उल्लेख छ।
थानबहादुर श्रेष्ठ कसरी मोही कामय भएको भन्ने स्पष्ट जानकारी छैन।
खानीगाउँको यो स्थानमा डिजिटल नापी भइसकेको छ तर साविक कित्ता र नयाँ नापी
कित्ता भिडाएको देखिँदैन।
खानीगाउँ गाविस–२ कित्ता नम्बर १६६ को नापी विभागबाट प्राप्त नक्सामा
कित्ता नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ता काट
भएकाले यो विषयमा अनुसन्धान गर्नुपर्ने सतर्कता केन्द्रले जनाएको छ।
बौधगुम्बा गाविस–२ कित्ता नम्बर २ को ४६६ को बगैंचामा शंकास्पद रूपमा
पेन्सिल लाइनबाट कित्ता बनाइएको हुँदा थप अनुसधान गर्नुपर्ने देखिएको छ।
स्रेस्ता कायम भएको वा हुन बाँकी गुठी जग्गाका मोहीको सम्बन्धमा गुठी
संस्थानसँग रेकर्ड नभिडाई नामसरी भएको देखिन आएको हुँदा यस्तो कार्य
कानुनसम्मत छ भनी विश्वास गर्न सकिएन तसर्थ यस सम्बन्धमा थप अनुसन्धान
गर्नुपर्ने देखिएको सतर्कताले जनाएको छ।
रानीमहलको जग्गा अतिक्रमणका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने
देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय भएको सतर्कता
केन्द्रका सूचना अधिकृत अर्यालले जानकारी दिए।
गएको शुक्रबार बेलायतमा यात्रु बोकेर उडान भर्न तयारी हालतमा रहेको एउटा विमानको उडान पटक पटक गरी ७ घण्टा ढिला भयो ।
यो घटना बेलायतको म्यानचेस्टरबाट
पाकिस्तानको इस्लामावादका लागि उड्न लागेको पाकिस्तान इण्टरनेशनल एअरलाइन्स
पीआईएको फ्लाइट नम्बर ७०२ को विमानमा भएको हो ।
विमानको उडान ७ घण्टा ढिला हुनुको पछाडि कारण भने रमाइलो छ ।
विमानमा रहेका एक यात्रुले शौचालय भन्ने
ठानेर पटक पटक आकस्मिक ढोका खोलेपछि विमानको उडान पछाडि धकेलिएको हो । ती
यात्रुले शौचालय ठानेर त्यही आकस्मिक ढोका किन बारम्बार खोले भन्ने चाहिँँ
खुल्न सकेको छैन ।
२३ जेठ, काठमाडौं । मकवानपुरका अदुवा कृषक गोविन्द रुपाखेतीलाई भारतीय
तरकारी तथा फलफूलमा विषादी परीक्षण अनिवार्य गरिएकोे निर्णय निकै
‘कूटनीतिक’ लागेको थियो । नेपाली कृषकको अदुवा वर्षैपिच्छे नाकामा रोकेर
भाउ घटाउन कूटनीतिक चाल चल्ने भारतीय प्रवृत्तिलाई कम गर्न यसले ‘क्रस चेक’
गर्छ भन्ने अपेक्षा थियो उनको ।
तर, सरकारले भारतबाट आउने तरकारी तथा फलफूलमाथि सुरु गरेको विषादी
परीक्षणको काम स्थगित गर्दा गोविन्दलाई खिन्नता मात्रै लागेको छैन, आफ्नै
सरकारसँग रीस पनि उठेको छ । उनी सरकारको यो निर्णयले नेपाली उपभोक्ता र
कृषकहरुलाई निराश बनाएको बताउँछन् ।
‘भारतीय उत्पादन केही समय कम आएको भए थोरै मूल्य बढे पनि आन्तरिक कृषि
उत्पादनले राम्रो बजार पाउने भएकाले आवश्यक उत्पादन पनि यतै हुन्थ्यो,’ उनी
भन्छन्, ‘यसले तरकारी र फलफूलमा आत्मनिर्भर बन्न पनि प्रेरित गथ्र्यो,
उपभोक्ताको मूल धन स्वास्थ्यलाई सबैभन्दा बढी फाइदा पुग्थ्यो ।’
नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवा
लगायतका कृषिजन्य वस्तुमा भारतले विषादीको परीक्षण अनिवार्य गरेको छ ।
त्यति मात्रै हैन, भारतले धोईपखाली नगरेको अदुवा लैजानै दिँदैन ।
सस्तो भारतीय कृषि वस्तुको सहज प्रवेशले स्वदेशी उत्पादनले मूल्य नपाउने
कारण नेपाली कृषक लामो समयदेखि पीडित छन् । यो अवस्थामा भारतीय उत्पादनको
आयातमा गरिएको कडाइले भारततर्फ कृषिवस्तु निकासीका लागि नेपाली किसानले
भोग्नु परिरहेको सास्ती घट्न सक्ने अनुमान गरिएको थियो ।
अहिले नेपालबाट भारतमा त्यतिबेला मात्रै कृषिजन्य उत्पादन निर्यात
हुन्छ, जतिबेला भारतले आफूलाई उक्त उत्पादन आफ्ना लागि आवश्यक ठान्छ । उसले
आवश्यक नठानेको अवस्थामा नेपाली उत्पादनलाई ‘क्वारेन्टाइन चेक’कै नाममा
रोकिदिने प्रचलन पुरानै हो ।
नेपालबाट निकासी हुने मुख्य कृषि वस्तुमा पटक–पटक भारतीय गैरभन्सार
अवरोधको श्रृंखला दोहोरिरहन्छ । प्रायः नेपालसँग राजनीतिक रुपमा मतभेद
चर्किएको र नेपाल–भारतबीच उच्च स्तरीय भ्रमण हुने समयमा नेपालको ‘बार्गेनिङ
पावर’ कमजोर बनाउन क्वारेन्टाइनका नाममा निकासीमा अवरोध सिर्जना हुने
गरेको नेपालका कृषकहरु बताउँछन् ।
अदुवा तथा अलैँची व्यवसायी मात्रिका घिमिरे सरकारको निरिहता विषादी परीक्षण र त्यसको स्थगनमा आएर छर्लङ्ग भएको बताउँछन् ।
उनका अनुसार हाल नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवा लगायतका
कृषिजन्य वस्तुमा भारतले विषादीको परीक्षण अनिवार्य गरेको छ । त्यति मात्रै
हैन, भारतले धोईपखाली नगरेको अदुवा लैजानै दिँदैन ।
‘हाम्रो अदुवा, अलैँची तथा चियामा किटनाशक औषधीको प्रयोग ज्यादै कम
हुन्छ,’ उनी भन्छन्, ‘तर भारतीय तरकारीमा ८० प्रतिशतसम्म विषादीको मात्रा
भेटिने गरेको छ । हाम्रो सामान्य अवस्थाको उत्पादन पनि रोक्ने भारतलाई
नेपालमा खुलमखुला आयातको बाटो खोलिदिनु जायज छैन ।’
नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको पनि यस्तै
गुनासो छ । विश्व ब्यापार संगठनको सदस्य हैसियतले आफ्नो देशमा भित्रिने
वस्तुको गुणस्तर जाँचमा भारत र नेपालको समानको अधिकार रहेको उनी बताउँछन् ।
‘सार्वभौम राष्ट्रले गरेको निर्णय अरु कुनै देशको दबावमा उल्ट्याउनु
दुःखद् छ,’ उनले भने, ‘हामीले कृषि वस्तुको निर्यातमा पनि ठूलो जटिलता
भोगेका छौं । त्यसलाई सहजीकरण गर्न हामीले वर्षौंदेखि माग गर्दा पनि
सुनुवाई भएको छैन, तर नेपालको हितमा गरिएको निर्णयलाई कसैको अनुकल भएन भने
फिर्ता लिँदा हामी पनि निरुत्साहित भएका छौं ।’
नेपाली व्यवसायीले कृषि जन्य उत्पादनमा अप्राकृतिक भारतीय गैरभन्सार
अवरोध हटाउन विगत पाँच वर्षदेखि अनुारेध गर्दै आएका छन् । उनीहरुले नेपालको
ल्याबमा परीक्षण भएका कृषिवस्तुको प्रमाणपत्रलाई भारतले स्वीकार्नुपर्ने
माग गर्दै आएका छन् ।
हाल भारतले आफ्नो ल्याबमा गरिएको परीक्षणलाई मात्रै मान्यता दिन्छ । तर,
नाकामा उसको पनि कृषि उत्पादनको गुणस्तर जाँचने ल्याब छैन । यसका कारण
कृषि वस्तु नाकामा पु¥याएपछि ल्याबको रिपोर्ट कुरेर बस्नुपर्ने बाध्यता
नेपाली व्यवसायीलाई छ । त्यसैले नेपालकै ल्याब रिपोर्टलाई भारतले मान्यता
दिनुपर्ने माग वर्षैदेखि उठेको छ ।
यदि त्यस्तो गर्न सम्भव नभए भारतीय नाकामा नै ल्याबसहितको परीक्षण
केन्द्र सञ्चालनमा ल्याउनुपर्नेमा उनीहरुको जोड छ । तर, यस्ता मागमा नेपाल
सरकारले भारतसँग उचितरुपमा पहल गर्न सकेको छैन । भारतले नेपालको ल्याबको
गुणस्तर परीक्षणमाथि प्रश्न उठाएको अवस्थामा उसले आफ्नै नाकामा पनि
अत्याधुनिक ल्याबहरु स्थापना गर्न चाहेको छैन ।
हाल नेपालबाट भारत जाने कृषिजन्य उत्पादनको परीक्षण कोलकाता र पटनामा
लगेर गर्नुपर्ने बाध्यता छ । यसका कारण भारतले आफूले चाहेको समयमा मात्रै
निर्यातका लागि अनुमति दिने गरेको छ । अदुवा र अलैँची लगायतका उत्पादनको
निर्यातमा तीन महिनासम्म ढिला गरेर रिपोर्ट दिने गरेको छ । त्यसका लागि
भारतीय सरकारी अधिकारीलाई अतिरिक्त रकम समेत दिन व्यवसायी बाध्य छन् ।
भारतले नेपालको ल्याबको गुणस्तर परीक्षणमाथि
प्रश्न उठाएको अवस्थामा उसले आफ्नै नाकामा पनि अत्याधुनिक ल्याबहरु स्थापना
गर्न चाहेको छैन ।
व्यवसायी घिमिरे सबै प्रक्रिया पुर्याएर भारत निकासीका लागि हिँडेको
सामान बोकेका ट्रकलाई भारतले नाकामा २२ दिनसम्म पनि रोकेर राखिदिएको अनुभव
सनाउँछन् । उनले कतिपटक लोड भएका उत्पादन कुहिने अवस्था आएपछि त्यसै कौडीको
मूल्यमा फाल्नुपर्ने अवस्था समेत आएको उनले बताए ।
‘यस्तो अवस्थामा भारतले हाम्रो भन्दा कयौं गुणा बढी विषादीयुक्त
तरकारीलाई सीधै नेपाल भित्र्याउन दबाव दियो,’ घिमिरे भन्छन्,‘तर हाम्रो
सरकार भने नेपालको अग्र्यानिक उत्पादन भारत पठाउन परेको झन्झट समाधानका
लागि पहल गर्न समेत असफल छ ।’
अलैँची व्यवसायी महासंघका अध्यक्ष कार्की भारतले आफ्नो उत्पादनलाई
संरक्षण गर्न पनि नेपालको कृषि वस्तुमा अवरोध सिर्जना गर्ने गरेको बताउँछन्
।
‘५ वर्षअघि हाम्रो अलैँची ३ हजार रुपैयाँ प्रतिकेजीमा बिक्थ्यो, भारतको
सुकुमेल ८ सय रुपैयाँ प्रतिकिलो थियो,’ उनी भन्छन्, ‘तर उसको यस्ता रवैयाका
कारण अहिले अलैँची ३२ सय रुपैयाँ केजीमा बिक्छ, हामी अलैँची ६ स रुपैयाँ
किलोमा बेच्दैछौं ।’
नेपालका कृषकलाई संरक्षण दिने मामिलामा सरकारको भूमिका कमजोर रहेको भन्दै उनले विषादी परीक्षणको निर्णय पुर्नर्विचार गर्न माग गरे ।
चियामा पनि उस्तै समस्या छ । समान लोड गरेर भन्सारमा पुगेपछि बल्ल
त्यसको ल्याब परीक्षण प्रक्रिया सुरु गरिन्छ । करिब १२ देखि १५ दिनसम्म
त्यसको रिपोर्ट आउँदैन । कोलकातासम्म नेपाली व्यवसायीकै एजेन्टले त्यसलाई
पु¥याएर परीक्षण गरेर रिपोर्ट ल्याउँछन् ।
यो झन्झटिलो प्रक्रिया पूरा गर्दा धेरैपटक वर्षमा समयमा चिया भिजेर नष्ट
भएको अनुभव पनि नेपाली व्यवसायीसँग छ । नेपाल चिया उत्पादक संघका
केन्द्रीय उपाध्यक्ष आदित्य पराजुली नेपालर्फ नै अत्याधुनिक ल्याब नाएर
भारतले त्यसको रिपोर्टलाई मान्यता दिने अवस्था बन्नुपर्ने बताउँछन् ।
‘हाम्रो परीक्षण गर्ने पूर्वाधार विश्वस्तरीय हुनुपर्छ । त्यसलाई भारतले
पनि स्वीकार्नुपर्छ,’ उनी भन्छन्, ‘अहिलेको जस्तो भारतले चाहाँदा मात्रै
हाम्रो सामान गइरहने तर भारतबाट चाहिँ विषादीयुक्त सामान सजिलै आइरहने
अवस्थाको अन्त्य गर्न दुबै सरकारले नाकामा क्वारेन्टाइन जाँचलाई विश्वसनीय
बनाएर काम गर्नुपर्छ ।’
२३ असार, काठमाडौं । पौराणिक मिथक अनुसार देवता र राक्षसहरु मिलेर
समुद्र मन्थन गर्दा प्राणघातक विषादी निस्कियो । तर, त्यो विषको व्यवस्थापन
गर्न कोही तयार भएनन् । अन्ततः भगवान शिवजीले विष निलेर घाँटीमा राखे ।
त्यही कारण शिवजीको घाँटी नीलो भयो र उनलाई ‘नीलकण्ठ’ भन्न थालियो ।
अहिले केपी शर्मा ओली नेतृत्वको सरकारलाई तरकारी र फलफूलको विषादी
प्रकरण ‘समुद्र मन्थन’ बाट निस्केको विषादीको व्यवस्थापन गर्नजस्तै खाँडो
बनेको छ ।
नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता त
भयो तर, त्यसको विष (दोष) पिउने व्यक्ति अहिलेसम्म भेटिएको छैन ।
प्रधानमन्त्री, मन्त्री र सचिवहरु विषादी परीक्षणको निर्णयको जिम्मेवारी
लिन तयार देखिएका छैनन्, सबैजना अरुतिरै औंलो तेर्स्याउन व्यस्त छन् । यो पनि पढ्नुस्
यसको सिलसिला प्रधानमन्त्री केपी शर्मा ओलीबाटै सुरु भएको छ ।
विषादी परीक्षणको निर्णय फिर्ता गरेको भन्दै आफ्नै पार्टीका सांसदले
सरकार भारतसामु झुकेको हो कि भन्ने प्रश्न गरेपछि ओलीले शनिबार संसदीय दलमा
भनिदिए, ‘मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गरियो । तर, परीक्षण गर्ने
मेसिन नै रहेनछ ।’
प्रधानमन्त्री ओलीको आशय सम्बन्धित मन्त्रालयले तयारी नगरी प्रस्ताव ल्याउँदा सरकार विवादमा परेको भन्ने थियो । ‘पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ, उनले भनेका थिए ।
प्रधानमन्त्री ओलीले ‘नीलकण्ठ’ बन्न तयार नभएपछि विषादी बहस कृषि
मन्त्रालयतिर सोझियो । सडकदेखि संसदसम्म कृषिमन्त्री चक्रपाणि खनालसँग
स्पष्टीकरण माग भयो ।
आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने
क्रममा मन्त्री खनालले विषादी प्रकरणमा मुख मात्र खोलेनन्, दोष आपूर्ति
मन्त्रालयतिर झोसिदिए ।
हुन पनि विषादी जाँच गर्ने र फिर्ता लिने दुबै निर्णय उद्योग, बाणिज्य
तथा आपूर्ति मन्त्रालयकै थियो । त्यसैले मन्त्री खनालले रोष्टममै उभिएर
भनिदिए, ‘आपूर्तिले निर्णय गरेपछि मैले त कार्यान्वयन सुरु गरिसकेको थिएँ, तर फिर्ता भएछ ।’
मन्त्री खनालले पूर्वाधार हुँदै नभएको नभई पर्याप्त नभएको भन्दै अहिलेकै
अवस्थामा पनि विषादी परीक्षण गर्न सकिने तर्क पेश गरे । काठमाडौंमा भएको
प्रयोगशालामा सबै र विर्तामोड, सर्लाही, बुटवल, पोखरा र सुदूरपश्चिम
प्रदेशमा रहेका दुईवटा केन्द्रबाट दुई प्रकारका विषादी परीक्षण हुने
जानकारी दिए ।
कृषि मन्त्रीले पनि दोष बोक्न तयार नभएपछि अब विषादीको ‘विष’ आपूर्तिमन्त्री मात्रिका यादवले पिउनुपर्ने अवस्था आयो ।
तर, मन्त्री यादव पनि के कम ! राष्ट्रियसभामा बोलेर मात्रै नपुगेर उनले पत्रकार सम्मेलन नै गरेर यो प्रकरणको सबै दोष सचिवहरुमाथि खन्याउँदै आफू पन्छिए ।
मन्त्री यादवले राष्ट्रियसभामै कृषि मन्त्रालयसँग विषादी परीक्षण गर्ने
क्षमता रहेनछ भन्ने आफूलाई थाहा नभएको बताएका थिए । दिउँसो पत्रकार सम्मेलन
गरेर उनले सचिवहरुले आफूलाई डुवाएको स्पष्टीकरण दिए । ‘हामी नीतिगत रुपमा
गयौं, विषादी किन खाने भनेर’ मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय,
कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्नेबेला मलाई गुमराहमा राखे ।’
प्रधानमन्त्री कार्यालयका सचिवले समेत यसबारे अध्ययन नगर्दा समस्या भएको मन्त्री यादवको तर्क छ ।
उनको संकेत उद्योग हेर्ने सचिव यामकुमारी खतिवडा, कृषि सचिव युवकध्वज
जोशी, बाणिज्य सचिव केदारबहादुर अधिकारी र प्रधानमन्त्री कार्यालयका सचिव
शिशिरकुमार ढुंगानाप्रति लक्षित थियो ।
जोशी, अधिकारी र ढुंगाना त त्यहाँ थिएनन् तर, खतिवडा थिइन् । आफूसम्म
भारतीय तरकारीको ‘विष’ आइपुगेपछि सचिवलाई पनि यसबारे नबोली सुख भएन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उद्योग हेर्ने सचिव यामकुमारी
खतिवडाले यो प्रस्तावमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् ।
उनले वाणिज्य सचिव केदारबहादुर अधिकारीतर्फ संकेत गर्दै आफू सुरक्षित
हुन खोजिन् । यस विषयमा पहिला भएका बहसहरुमा पनि आफू संलग्न नभएको र त्यसमा
संलग्नहरुले जिम्मेवारी लिनुपर्ने तर्क गर्दै उनले भनिन्, ‘त्यो प्रस्ताव
लैजान मेरो कुनै संलग्नता छैन । किनभने यो वाणिज्य तथा आपूर्ति सचिवले
हेर्नुभएको हो ।’
उसोभए पूर्वाधार नभई विषादी परीक्षणको निर्णय गर्ने ‘दोष’ असली भागिदार
चाहिँ को त ? अनि यो प्रकरणबाट उत्पन्न परिस्थितिको जिम्मेवार को ? समुद्र
मन्थन गर्नेहरु सबै तर्किएको अवस्थामा दोषको भागिदार बन्ने नीलकण्ठ
अहिलेसम्म कतै पनि देखिएको छैन । सबैजना पानीमाथिको ओभानो बन्ने होडबाजीमै
केन्द्रित देखिएका छन् ।
अब पाठकले पो भनिदिने हो कि, यो प्रकरणको मुख्य दोषी को होला ?
२३ असार, काठमाडौं । भारतबाट नेपालमा भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षणलाई छुट दिएकै दिन सरकारले नेपालमा आयात हुने वस्तुको ‘उपभोग अवधि’ मा समेत भारी सहुलियत प्रदान गरेको खुलेको छ ।
गत जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत निकासी पैठारी आदेशमा
नेपालमा आयात हुने वस्तुहरुमा भन्सार बिन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत
‘उपभोग अवधि’ रहनुपर्ने भनिएको थियो ।
तर, गत विहीबारको मन्त्रिपरिषदले बैठकले जेठ १० मा आफैंले गरेको
निर्णयलाई सच्याउँदै ६० प्रतिशत मात्रै ‘एक्स्पायर्ड डेट’ भएका सामानलाई
आयात गर्न दिइने गरी खुकुलो नीति लिएको छ । यसरी छुट दिइएको सामानमा
औषधिसमेत पर्छ ।
वाणिज्य मन्त्रालयले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि
सोहीअनुसार ७५ प्रतिशत ‘एक्स्पायर्ड डेट’ बाँकी रहेका वस्तुलाई मात्रै
नेपाल प्रवेश गराउन थालिएको थियो ।
नयाँ संशोधनसहित असार २ गतेबाट कार्यान्वयनमा आएको निकासी पैठारी आदेशमा
भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने विहीबारको
क्याबिनेटबाट पुनःसंशोधन गरिएको थियो ।
तरकारी र फलफूलसम्न्धी निर्णयसँगै उद्योग वाणिज्य तथा आपूर्ती
मन्त्रालयको प्रस्तावमा आयात हुने वस्तुहरुको ‘एक्स्पायर्ड डेट’ समेत घटाएर
७५ प्रतिशतबाट ६० प्रतिशतमा झारिएको हो ।
त्यसैगरी विहीबारको क्याबिनेटले असार २ गतेको नयाँ आदेश लागू हुनुपूर्व
नै प्रतीतपत्र र बैंकिङ प्रक्रिया पूरा गरी आयात प्रक्रियामा रहेका
वस्तुमाथिको प्रतिबन्धसमेत हटाइदिएको छ ।
बाजुरा,
१८ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत
विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय
परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले
जनाएको छ ।
गाउँपालिकाले
गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका
प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र गोल्डेन
जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको
स्याउ फलेको जेटिए कट्टेलको भनाइ थियो । प्रतिबोट झण्डै रु एक हजार १००
पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले
जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन,
लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको
देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ
कर्णाली
करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण
गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी
शाहीले बताए । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार
गर्ने तयारीमा रहेको उनको भनाइ छ । यसअघि जिल्लाको गौमुल गाउँपालिकामा समेत
सोही प्रजातिको स्याउ फलेको थियो । उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख
रमेश विकका अनुसार स्याउ लगाएको चार महीनामै फलेपछि आगामी दिनमा समेत सोही
प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ छ । रासस
नौबिसे–नागढुंगा
र सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरूङमार्गको डीपीआर बनिसकेको छ ।
दुवै ठाउँमा टेन्डर प्रक्रियाको तयारी भइरहेको र अन्य १० ठाउामा अध्ययन
सुरू भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
काठमाडौँ
— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन
गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा,
सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर,
गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा
सुरुङमार्ग बनाउन लागिएको हो ।
बुटवल–पाल्पा
खण्डको सिद्धबाबा र नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन
प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यी दुवै ठाउँमा निर्माणका लागि टेन्डर
प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।
सिद्धबाबाको स्विस सरकारले अध्ययन गरेर विभागलाई बुझाइसकेको छ । जापानी
सहयोग नियोग (जाइका) ले अध्ययन गरेको नौबिसे–नागढुंगाको काम केही दिनभित्रै
अघि बढ्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव
नेपालले जानकारी दिए । ‘बाँकीको पनि प्रारम्भिक अध्ययन सुरु भइसकेको छ,’
उनले भने, ‘यस आर्थिक वर्षभित्र सबैको अध्ययन सकिन्छ ।’ मन्त्रालयले
सुरुङमार्गको प्रारम्भिक अध्ययनका लागि १ अर्बभन्दा बढी रकम विनियोजन गरेको
छ ।
बीपी लोकमार्गको खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी,
पोखरा–बाग्लुङको हेम्जा र लामाबगर सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु
भएको जानकारी केन्द्रका निर्देशक नेपालले दिए । टोखा–छहरे सडकको
गुर्जेभञ्ज्याङ, बुटवल–नारायणगढको दाउन्ने, गणेशमानसिंह सडकको
थानकोट–चित्लाङ र कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन अघि बढाइने विभागले
जनाएको छ । अध्ययनका लागि बजेट विनियोजन भइसकेको छ तर खुटिया–दिपायल र
गोदावरीकुण्ड–काभ्रे मौनचौर सुरुङमार्ग अध्ययनमा केही ढिलाइ हुने नेपालले
बताए । ‘यी दुई ठाउँमा सडकको पहुँच नपुगेकाले सुरुङमार्ग कहाँबाट बनाउने
भन्ने यकिन हुन बाँकी छ,’ उनले भने, ‘वर्षात सुरु भइसकेकाले प्रारम्भिक
अध्ययनमा अलि ढिलाइ हुन्छ ।’
त्यसैगरी कोटेश्वर–जडीबुटी
सुरुङमार्ग कुन मोडलको बनाउने भन्नेबारे स्पष्ट खाका नआएको उनले बताए ।
अधिकांश सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता नियुक्त गरिसकिएको उल्लेख
गर्दै उनले काममा तीव्रता दिइने बताए । सुरुङमार्ग निर्माणको खासै अनुभव
भएका जनशक्ति मुलुकमा नरहेको जानकारी दिँदै उनले जनशक्ति कसरी तयार
गर्नेबारे छलफल गरिनुपर्ने बताए । ‘पहिलो हामीसँग सुरुङमार्ग निर्माणका
लागि अनुभवी जनशक्ति छैन, अर्कोतिर सुरुङमार्ग निर्माण गर्दा आर्थिक रूपले
कति फाइदामा छौं भन्ने विस्तृत अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘दैनिक १०
हजार गाडी गुड्ने सडकमा सुरुङमार्ग निर्माण गर्दा मात्रै आर्थिक रूपले
फाइदा हुन्छ, सुरुङ निर्माण गर्दा सडकको दूरी घट्नुपर्यो, इन्धन खपत पनि
कम हुनपर्छ, त्यो भएन भने आर्थिक रूपले घाटा हुन्छ ।’
हाइड्रोपावरको
सुरुङ खन्नेबाहेक सडकको टनेलको काम गरेको अनुभव नेपाली प्राविधिकसँग
नरहेको उनले बताए । सडक टनेलको चौडाइ बढी हुनुका साथै गाह्रो पनि हुने उनले
जनाए । ‘सडक टनेल खन्नमा बढी जोखिम छ, त्यसकारण मजदुरलाई तालिम दिएर वा
विदेशमा पठाएर दक्ष बनाउनुपर्छ,’ उनले भने, ‘नत्र निकै ग्राहो छ ।’
नौबिसे–नागढुंगा सुरुङ निर्माणको काम भने चाँडै सुरु हुने उनले बताए ।
भौतिक
पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सबै सुरुङको प्रारम्भिक
चरणको काम चाँडै अघि बढाउने जानकारी दिए । ‘अन्डरपासलगायत सुरुङ निर्माण
तीव्र गतिमा अघि बढाउँछौं,’ उनले भने, ‘प्रारम्भिक चरणको काम गर्न कुनै
गाह्रो छैन, हामीले बजेट विनियोजन गरिसकेका छौं ।’
नौबिसे–नागढुंगा
सुरुङ निर्माण अवधि जाइकाले ४० महिना तोके पनि २ वर्षभित्र निर्माण
सम्पन्न गर्नका लागि लागि अनुरोध गरिएको उनले बताए । जापान सरकारको सहुलियत
ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो । विस्तृत आयोजना
प्रतिवेदन (डीपीआर) अनुसार २२ अर्ब कुल लागत लाग्न अनुमान गरिएको छ ।
त्यसमा जापानले १६ अर्ब ऋण दिँदै छ भने नेपालले ६ अर्ब रुपैयाँ बेहोर्दै
छ । जापानी कम्पनी निप्पन कोई इन्जिनियरिङले नेपाली कम्पनीसँग मिलेर सर्भे र
डीपीआर तयार पारेको थियो । सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर हुनेछ ।
सुरुङमार्ग दुइटा हुनेछ । मुख्य सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुनेछ भने
सहायक सुरुङमार्ग (स्केप्ट टनेल) आपतकालीन समयमा बाहिर निस्कनका लागि
प्रयोग हुनेछ । मुख्य सुरुङमार्ग तीन लेन हुनेछ । दुइटा लेन सवारीसाधन
आवतजावतका लागि हुनेछ । एउटा लेन सवारीसाधन बिग्रिए वा समस्या आए साइड
लगाउन प्रयोग गरिनेछ । सुरुङमार्गको चौडाइ १० मिटर हुनेछ । सुरुङमार्ग
नागढुंगाको बस्नेतछापबाट नौबिसे नजिक सिस्नेखोलामा निस्कनेछ ।
त्यसैगरी
सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभान गाउँपालिकाको रामापिथेकस पार्कसम्मको
अति जोखिमयुक्त १ किमि ३ सय मिटर सुरुङमार्ग बनाउन भौगोलिक अध्ययन
गरिसकिएको छ । स्विस डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा अध्ययन गरिएको
हो । त्यसको अध्ययन प्रतिवेदन विभागलाई बुझाइसकिएको छ । प्रकाशित : असार २१, २०७६ ०७:३०