Wednesday, February 26, 2020

आङछिरिङ शेर्पाका छोरा लागुऔषधसहित पक्राउः थुनछेक आदेश बिहीबार


https://imagekhabar.com/news/28567/-

आङछिरिङ शेर्पाका छोरा लागुऔषधसहित पक्राउः थुनछेक आदेश बिहीबार
news
अपडेट
काठमाडौं, फागुन १४ । व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ परेका छन् ।
गत माघ १८ गते काठमाडौंको स्वम्भूबाट पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतमा बुधबार भएको बयान नसकिएका कारण थुनछेक आदेश बिहीबार (भोलि) आउने भएको छ ।
जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा तीनजनाको बयान बुधबार सकिएको छ भने शेर्पाको बयान बिहीबार हुनेछ । त्यसपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।
गत माघ १८ गते काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङका छोरा नवाङ पासाङ शेर्पासहित चारजनालाई स्वयम्भू प्रहरी प्रभागको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ पनि रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन २ पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
आङछिरिङका छोरा पक्राउ परेको घटनालाई भने प्रहरीले गोप्य राख्न खोजेको थियो ।

No comments:

Post a Comment