Monday, February 3, 2020

प्रवास भारतबाट तोकिएका बाहेक गन्तब्य देश जान सिफारिसपत्र नचाहिने

https://www.karobardaily.com/news/migration/28469

भारतबाट तोकिएका बाहेक गन्तब्य देश जान सिफारिसपत्र नचाहिने

भारतीय एयरपोर्टको अध्यागमन प्रक्रिया पार गरेर तोकिएका १० वटा देशबाहेक अन्य मुलुक जाने नेपाली नागरिक वा सरकारी परिचयपत्र वाहक नेपालीलाई दूतावासको नो अब्जेक्सन लेटर आवश्यक नपर्ने भएको छ ।
भारतस्थित नेपाली दूतावासले समेत तोकिएका साउदी अरेबिया, कुवेत, युएई ओमान, बहराइन, ईराक, लिविया र लेबनान यात्रा गर्ने नेपाली नागरिकलाई नेपाली दूतावासको सिफारिसपत्र आवश्यक हुने भएपनि अन्य देशको बारेमा भने आवश्यक पर्ने जनाएको छ । भारतको अध्यागमन भएर विदेश जाने नेपालीको लागि देश नै तोकेर यस सिफारिसपत्र आवश्यक पर्ने अघि नै सूचना जारी गरेको थियो ।
तोकिएका देश बाहेक अन्य मुलुक जाने नेपाली नागरिकलाई भारतको अध्यागमन कार्यलयले दूतावासको सिफारिसपत्र माग्ने गरेको गुनासो धरै नेपालीले गर्ने गरेको भएपनि नेपाली दूतावासले असार ६ गते सूचनामा सो उल्लेख गरेको छैन । यद्यपी चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक गर्ने जानकारी प्राप्त भएको दूतावासले सार्वजानिक गरेको सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीको नाममा श्रम स्वीकृती नलिई अवैध रुपमा भारतको बाटो गरी वैदेशिक रोजगारी तथा अन्य क्रियाकलापमा मानव बेचबिखन हुन थोपछि सरकारले केही देशका लागि दूतावासको सिफारिसपत्र आवश्यक हुने नियम लागू गरेको थियो ।

 

No comments:

Post a Comment