Wednesday, February 26, 2020

किन कुलमान घिसिङको विकल्प खोजिदै छ ?

https://aarthiknews.com/news/13535

किन कुलमान घिसिङको विकल्प खोजिदै छ ?

  • आर्थिकन्यूज     मंगलबार, १३ फागुन २०७६

किन कुलमान घिसिङको विकल्प खोजिदै छ ?

काठमाडौं । लोडसेडिङको अन्त्य गरेर ‘वाहीवाही’ कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विकल्प खोज्न थालिएको छ । उनको कार्यकाल भदौदेखि सकिन लागेकोले विकल्प खोज्न थालिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै विकल्पको खोजी गर्न थालेका छन् । उनले भदौपछि कुलमानको ठाउँमा विद्युत विकास विभाग महानिर्देशक नविनराज सिंहलाई ल्याउने तयारी गरिरहेको स्रोतको दावी छ ।
ऊर्जामन्त्री पुनले आफू कुलमानको छाँयामा परेको र आफूले भनेको उनले मान्न छाडेकोले पनि विकल्पको खोजी गर्नु परेको आफू निकटलाई बताउँदै आएका छन् । ऊर्जा मन्त्री पुनः पनि कुलमानजस्तै मन्त्रालयका चाकडीवाज कर्मचारीको घेरावन्दीबाट बाहिर निष्कन सकेका छैनन् । लोडसेडिङको अन्त्यको जस कुलमानले मात्र पाएकोमा ऊर्जामन्त्री पुनः खुशी छैनन् । औद्योगिक क्षेत्रको लोडसेडिङ आफूले गराएपनि कुलमानले आफूले गराएको भन्दै हिडेकाले पनि उनीप्रति ृऊर्जा मन्त्री रुष्ट हुन पुगेका हुन् । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भदौै २९ गते चार वर्षे कार्यकाल सकिदै छ । तीन वर्षअघि मन्त्री परिषदको बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । कुलमान २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्वासी पाएका थिए ।
उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो ।  कुलमानले लोडसेडिङको अन्त्य गरेपनि गुणस्तरिय र भरपर्दो बिजुली दिन भने सकिरहेका छैनन् । दिनमा आधा घण्टा बिजुली नभएको दिननै हुँदैन भन्नेहरुको कमी पनि छैन् । त्यसतर्फ व्यवस्थापन गर्न भने उनी चुकेकै हुन् । तर, उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् ।
अहिले पनि बिजुलीको माग करिव १३५० मेगावाट छ । त्यो मागलाई धान्न सक्ने बिजुली उत्पादन हुन सकेको छैन् । स्वदेशी बिजुली उत्पादनको क्षमता करिव १३०० मेगावाट भएपनि बिजुली उत्पादन त्यसको आधा मात्रै हुँदै आएको छ । बिजुलीको अत्यधिक माग हुने समयमा भारतबाट चार सयदेखि चार सय ५० मेगावाटसम्म विजुली प्राधिकरणले ल्याउँदै आएको छ । त्यही बिजुलीले मुलुक ऊज्यालो बनाइएको छ ।
अहिले पनि कुलेखानी आयोजनामा पानी जोहो गरेर राखिएको छ । यो वर्षदेखि तामाकोशीको बिजुली आउने र वर्षायाममा बिजुलीमा आत्म निर्भर हुने भनिएको छ । यो आर्थिक वर्ष भित्र ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिएपनि उक्त आयोजना निर्माण पछाडि धकेलिने सम्भावना देखिएको छ । यसैगरी, चिलिमेका चार सहायक कम्पनीबाट २७० मेगावाट बिजुली उत्पादन भएपनि प्रसारण लाइनको अभाव छ । 
निर्माणाधीन आयोजनाबाट बिजुली उत्पादन हुने समय नजिकिदै गर्दा पनि प्रसारण लाइनको अभावमा बिजुली खेर जाने अवस्था आएको हो । यसतर्फ भने न ऊर्जा मन्त्री न त कार्यकारी निर्देशक घिसिङले त्यती धेरै पहल गर्न सकेका नै छैन ।

No comments:

Post a Comment