Monday, February 3, 2020

नेदरल्यान्डमा १० हजारले मागे इच्छा मरण

https://www.karobardaily.com/news/world/28607

नेदरल्यान्डमा १० हजारले मागे इच्छा मरण

एजेन्सी  सोमवार, माघ २०, २०७६   1014    0
आम्सटरडम-नेदरल्यान्डमा ५५ वर्षमाथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामरण मागेका छन् । नेदरल्यान्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डी जोंगले शुक्रबार संसद्मा यसका बारेमा जानकारी गराएका हुन् ।
एक रिपोर्टका बारेमा जानकारी गराउँदै उनीहरूले यसका बारेमा संसद्लाई सूचित गरेका हुन् । ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको जानकारी गराइएको छ । गम्भीर रूपमा बिरामी भएर मर्नुको साटो उनीहरूले सहज विकल्प खोजेको उक्त रिपोर्टमा बताइएको छ ।
उक्त रिपोर्ट भ्यान विजगार्डेन आयोगले तयार पारेको हो । यो सरकार र समाजका लागि ठूलो सामाजिक मुद्दा भएको र यो देश, सरकार र समाजका लागि ठीक नभएको जोङले बताएका छन् । उनले भने, ‘हामीले तत्काल यो ठूलो र गम्भीर सामाजिक मुद्दामा तर्कसंगत निर्णय लिनुपर्छ । कुनै परिस्थितिवश निराश भइसकेका यस्ता व्यक्तिको मद्दत गरेर उनीहरूलाई बाँच्नका लागि प्रेरित गर्नुपर्छ । यसबाहेक, सरकारले ७५ वर्षमाथिका व्यक्तिका लागि इच्छामृत्यु दिनेबारे विचार गर्नुपर्छ ।’
सन् २००१ मा नेदरल्यान्डले इच्छामृत्युमा रोक लगाएको थियो

No comments:

Post a Comment