प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Friday, December 27, 2019
तीन महिनामा जनकपुर-जयनगर चल्ने रेल आइपुग्ने तर, रेल चलाउन न कानुन छ, न कर्मचारी
https://www.nayapatrikadaily.com/news-details/32276/2019-12-27 ६ पौष ११ शुक्रबार ०८:४२:००
तीन महिनामा जनकपुर-जयनगर चल्ने रेल आइपुग्ने तर, रेल चलाउन न कानुन छ, न कर्मचारी
-सुरुमा जयनगरदेखि कुर्तासम्म ३४ किमि मात्र रेल चलाउने योजना सरकारको छ, तर त्यसअघि नै बनाउनुपर्ने रेल ऐन संसद्मा पुगेकै छैन
-रेल सञ्चालन गर्न २०० कर्मचारी चाहिन्छन्, तर कर्मचारी विनियमावली नै बनेको छैन, भारतबाटै जनशक्ति ल्याएर रेल सञ्चालन गरिँदै छ
भारतको चेन्नईस्थित रेल उत्पादन केन्द्र
(सवारी डिब्बा कारखाना) मा तयार भइरहेका दुईमध्ये पहिलो नेपाली रेल १७ माघ
(३१ जनवरी) सम्ममा नेपाल आइपुग्ने भएको छ । त्यसको ४५ दिनपछि दोस्रो रेल
नेपाल भित्रने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । तर,
रेल सञ्चालन गर्न आवश्यक कानून बनाउने र जनशक्तिको व्यवस्थापन गर्ने काम
सरकारले हालसम्म पनि गरेको छैन ।
एउटा रेलको ४२ करोड ३२ लाख ९७ हजारका दरले
दुईवटा रेल ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा सरकारले भारतसँग खरीद गर्दै
छ । दुईवटै रेल दु्रत गतिमा निर्माण कार्य भइरहेको रेल निर्माणस्थलको
जानकारी लिएर फर्किएका रेल विभागका महानिर्देशक मिश्रले जानकारी दिए ।
नेपाल भित्रिनेबित्तिकै निरन्तर सञ्चालन गर्ने विभागको तयारी छ । चाँडोमा
फेब्रुवरी र ढिलोमा मार्च (मध्यचैत) सम्ममा नियमित रेल सञ्चालन गरिनेछ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रको नेतृत्वमा गएको टोलीले रेलगाडी
तयारीको प्रक्रिया अहिलेसम्म भएको प्रगति बुझेर फर्किएको हो ।
तर, रेल ऐन र कर्मचारीको अझै टुंगो छैन
विभागले छिटोमा फेब्रुवरी र ढिलोमा मार्च (१७ चैत) सम्ममा रेल सञ्चालन
नियमित हुने दाबी गरेका छन् । तर, रेल सञ्चालकका लागि आवश्यक ऐन र कर्मचारी
व्यवस्थापन अझै भएको छैन । विभागले रेल विधेयक र रेलवे कम्पनी कर्मचारी
विनियमावली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्तुत गरिसकेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले भने चालू अधिवेशनमा ऐन प्रस्तुत गरी पारित
गर्ने तयारी रहेको जानकारी दिएको छ । कानुन र अर्थ मन्त्रालयलबाट पनि ऐन र
विनियमावलीसम्बन्धी स्वीकृति र सहमति लिइसकिएको छ ।
नेपालमा रेल सञ्चालन गर्न तत्काल २ सय
कर्मचारी आवश्यक देखिएको छ । त्यहीअनुसार विभागले मन्त्रालयलाई कर्मचारीको
दरबन्दीसहितको संगठन प्रस्ताव पठाएको छ । प्रस्तावमा संगठनको प्रमुख रहने
महाप्रबन्धकदेखि पियन र स्विपरसम्मको प्रस्ताव गरिएको छ । सबैभन्दा बढी
कर्मचारी रेलको लिकमा विभिन्न भूमिकामा रहनेछन् । स्टेसन मास्टरदेखि
सञ्चालन समूहसम्मको आवश्यकता रहेको छ ।
एउटा स्टेसनमा १० जना आवश्यक
रेलमार्गको नेपाली भूभागमा तत्काल ८ स्टेसन रहनेछन् । पछि ३ वटासम्म स्टेसन
थापिने योजना छ । एउटा स्टेसनमा औसतमा १० जना कर्मचारी आवश्यक पर्छ ।
त्यस्तै, रेलवे ट्र्याक, रेलवे सिग्नललगायत क्षेत्रमा पनि कर्मचारी आवश्यक
पर्नेछन् । कम्पनी सञ्चालन र अन्य कर्मचारी पनि आवश्यक पर्नेछ । ‘रेल
सञ्चालन संवेदनशील भएकाले पनि पर्याप्त जनशक्ति अत्यावश्यक छ,’ विभागका
महानिर्देशक मिश्रले भने ।
भारतको चेन्नईस्थित रेल उत्पादन केन्द्रमा बन्दै गरेका जनकपुर–जयनगर चल्ने रेलका डिब्बा । तस्बिर : रेल विभाग
भारतीय जनशक्ति उपयोग गरिने
तत्काल रेल सञ्चालनका लागि मुख्य जनशक्ति भारतीय रहनेछन् । उनीहरूले
निश्चित समयसम्म नेपाली जनशक्तिलाई रेल सञ्चालनको सीप सिकाउनेछन् । नेपाली
दक्ष भएपछि भारतीय जनशक्ति फिर्ता हुनेछन् । भारतबाट कतिजना आउनेछन् स्पष्ट
छैन । तर, भारतमै रेल (गाडी) तयार गरिएको र त्यससम्बन्धी व्यवस्थापनको
ज्ञान उनीहरूलाई नै भएकाले पनि नेपालीलाई सिकाउने गरी आवश्यक जनशक्ति आउने
रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए । मुख्य कामका लागि न्यूनतम
कर्मचारी लिइनेछ । उनीहरूलाई आउटसोर्सिङ गरी काममा लगाइनेछ । नेपाली दक्ष
भएपछि भारतीय जनशक्तिलाई फर्काइनेछ ।
रेल विभागले भारतीय दक्ष जनशक्ति
लिनेसम्बन्धी प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्तुत
भइसकेको छ । तर, त्यो निर्णय भने भइसकेको छैन । ऐन कानुन जति चाँडो स्वीकृत
हुनेछन्, त्यहीअनुसार रेल सञ्चालनको कामले गति पाउने रेल विभागका
महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
तत्काल ३४ किलोमिटरमा मात्र सञ्चालन
सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म ६९ किलोमिटर
रेल सञ्चालन गर्ने लक्ष्य राखेको भए पनि तत्काल ३४ किलोमिटर मात्र रेल
सञ्चालन हुनेछ । जयनगरदेखि नेपालको कुर्तासम्म ३४ किलोमिटर रेल सञ्चालन
हुनेछ ।
यही आर्थिक वर्षभित्र थप १७ किलोमिटर रेल
सञ्चालन हुने सम्भावना रहेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी
दिए । त्यसपछि बिजलपुरासम्म रेल सञ्चालन हुनेछ । विजलपुरादेखि– बर्दिबास १८
किलोमिटरको दूरीमा छ । त्यस क्षेत्रमा भने जग्गा प्राप्ति अझ भई नसकेकाले
लिक निर्माणमै ढिलाइ भइरहेको छ ।
यस्ता छन्, रेलका विशेषता
कुर्ता–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्नेछ । यसको गति रेलको लिक
डिजाइनअनुसार १ सय किलोमिटर प्रतिघन्टा रहेको छ । तर, रेल स्टेसनको दूरी
छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति हुनेछ । रेलमा
चारवटा ‘कोच’ रहनेछन् । यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो ।
नेपाल सरकारले भारत सरकारसँग जिटुजी (गर्भमेन्ट टु गर्भमेन्ट) खरिद
प्रक्रियाअनुसार दुईवटा रेल ल्याउन लागेको हो । दुवै रेलको मूल्य ८४ करोड
६५ लाख ९५ हजार रुपैयाँ छ । नेपाल सरकारले खरिद मूल्य निकासा गरिसकेको छ ।
डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि, पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम
गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन
डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने
मेसिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर
चिनिन्छ । यसअघि ४ चैत ०७५ मा मन्त्रिपरिषद्ले भारतीय सरकारी कम्पनी कोनकन
रेलवेजमार्फत रेल खरिद गर्ने निर्णय गरेको थियो ।
रेल सञ्चालन सुनिश्चित, तर कर्मचारी व्यवस्थापन अझै अनिश्चित : बलराम मिश्र
महानिर्देशक, रेल विभाग
धेरै वर्षदेखि अपेक्षा गरिएको, तर पूरा हुन नसकेको रेल सञ्चालन अब
सुनिश्चित भएको छ । फेब्रुअरीदेखि नै रेल सञ्चालन हुनेछ । ढिला नै भइहाल्यो
भने पनि मध्य चैतसम्म सञ्चालन गरिनेछ । अहिलेको चुनौती भनेको कर्मचारी
व्यवस्थापन हो । हामीलाई २ सय कर्मचारी आवश्यक छ । त्यसको व्यवस्थापन
नभएसम्म रेल सञ्चालन गर्न सकिँदैन । त्यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
भारतबाट रेल आउनासाथ नियमित सञ्चालन गर्ने गरी तयारी गरिएको छ । रेल तयार
भएपछि सञ्चालन नगरी राख्नु पनि उचित हुँदैन । राज्यको त्यत्रो लगानीबाट
तयारी भएको रेललाई भारतबाट आउनेबित्तिकै सञ्चालन गर्नुपर्छ ।
No comments:
Post a Comment