प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Monday, December 2, 2019
विद्युत खपत बढाउन विद्युतीय चुल्हो खरीदमा अनुदान दिने सरकारको तयारी
https://www.himalkhabar.com/news/110001
विद्युत खपत बढाउन विद्युतीय चुल्हो खरीदमा अनुदान दिने सरकारको तयारी
ऊर्जा,
जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रणालीमा उपलब्ध विद्युतको खपत कसरी बढाउने
भन्ने लक्ष्यका साथ पछिल्लो दिनमा निरन्तर संवादमा छ ।
हाल प्राधिकरणको प्रणालीमा एक हजार २२५
मेगावाट विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्रणालीमा थप
एक हजार मेगावाट विद्युत् थप हुँदैछ ।
शहरिया र शहरोन्मुख क्षेत्रका नागरिकको
खाना पकाउने प्रमुख साधनको रूपमा एलपी ग्यास रहेको छ । त्यसलाई विस्थापन
गर्ने प्रमुख साधनको रूपमा विद्युतीय चुल्हो रहेको छ । नीतिगत रूपमा नै
प्रष्ट व्यवस्था नगर्दासम्म विद्युतीय चुल्होमा नागरिकको आकर्षण नहुने
भएकाले अनुदान उपलब्ध गराउनेतर्फ मन्त्रालय लागेको छ ।
मन्त्रालयले विद्युतीय चुल्होमा ५०
प्रतिशतसम्म अनुदान दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । शहरिया
उपभोक्तालाई विशेषगरी केन्द्रमा राखेर विद्युतीय चुल्होमा अनुदान दिने
लक्ष्यका साथ उक्त प्रस्ताव गरिएको मन्त्री पुनको भनाइ छ ।
विद्युत् व्यापारका लागि क्षेत्रीय बजारको
समेत खोजी गरिरहेको सरकारले आन्तरिक रूपमा नै विद्युत् खपत बढाउनेतर्फ पनि
उत्तिकै पहलकदमी लिएको छ ।
सामान्यतया ५०० मेगावाट विद्युत् थप हुँदा
कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत योगदान बढ्छ । चालू आवको अन्त्यसम्म
थपिने एक हजार मेगावाटले कुल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशतको सहजै
योगदान हुनेछ ।
औद्योगिक क्षेत्रको उत्पादन क्षमता
बढाउनेदेखि रोजगारीको अवसरमा समेत वृद्धि हुन जान्छ । यसलाई ध्यान दिएर नै
विद्युत् खपत बढाउने लक्ष्यका साथ आक्रामकरूपमा प्रवद्र्धनात्मक कार्यक्रम
अगाडि सारिएको मन्त्री पुनले जानकारी दिएका छन् ।
मन्त्रालयले तय
गरेको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्राधिकरणको सहायक कम्पनी माथिल्लो
तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुनेछ ।
यस्तै १११ मेगावाट क्षमताको रसुवागढी
जलविद्युत् आयोजना र साञ्जेनका दुई आयोजना निर्माण सम्पन्न हुनेछन् ।
माथिल्लो साञ्जेन १४.८ मेगावाट र ४२.५ मेगावाट रहेको छ । ‘गोरखा भूकम्प’ र
बाढी पहिरोका कारण लामो समयदेखि बन्द भएको ४५ मेगावाट क्षमताको भोटेकोशी
जलविद्युत् आयोजनासमेत केही समयभित्रै पुनः सञ्चालनमा आउँदैछ ।
यस्तै
निजी क्षेत्रले निर्माण गरिरहेका तीन हजार मेगावाट क्षमताका आयोजनामध्ये
करीब एक दर्जन आयोजना चालु आवमा नै सकिँदैछ । यस्तै आगामी असारदेखि हिमाल
पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको
५० प्रतिशत विद्युत् प्राधिकरणले निःशुल्क पाउँदैछ । त्यसले आन्तरिकरूपमा
विद्युत् खपतका लागि सरकार र प्राधिकरणलाई दबाब दिइरहेको छ ।
प्राधिकरणले
विद्युत् खपत बढाउनका लागि सवस्टेशनको क्षमता वृद्धि गर्नेदेखि
ट्रान्सफर्मरको क्षमता वृद्धिसम्मको काम गरिसकेको छ । प्राधिकरणका
कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण, वितरण प्रणालीदेखि सवस्टेशनको
क्षमता वृद्धिसम्मको काम भइरहेको जानकारी दिए।
यस्तै प्राधिकरणले विद्युत् खपत बढाउनका
लागि विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अगाडि
बढाएको छ । काठमाडौं उपत्यकाभित्र र प्रमुख राजमार्गमा त्यस्ता स्टेशन
निर्माणको प्रक्रिया शुरु भइसकेको प्राधिकरणको भनाइ छ ।
त्यसो त प्राधिकरणले विद्युत् महसुलमा
समेत केही छुट दिने गरी तयारी गरेको छ । कम विद्युत् खपत गर्ने ग्राहकलाई
केही छुट तथा बढी विद्युत् प्रयोग गर्नेलाई समेत विशेष सुविधा दिने गरी
महसुल प्रस्ताव गरिएको छ । सो प्रस्ताव स्वीकृतिका लागि विद्युत् नियमन
आयोगमा पठाएको छ ।
विगतमा कम विद्युत् खपत गर्नुस् भन्ने
प्राधिकरण यतिबेला विद्युत् सक्दो उपयोग गर्नुस् भन्ने अवस्थामा आइपुगेको छ
। त्यस्तै ‘डेडिकेटेड’ र ‘ट्रङलाइन’को अवधारणासमेत हटाएको छ । त्यसबाट
उद्योगमा विद्युत् खपत बढ्ने प्राधिकरणको विश्वास छ ।
विद्यमान व्यवस्थामा बढी विद्युत् खपत
गर्नेले बढी महसुल तिर्नुपरेको छ । नयाँ व्यवस्थामा भने बढी खपत गर्नेलाई
केही विशेष छुट दिन सकिन्छ कि भनेर महसुलमा पुनरावलोकन गर्न लागिपरेको
प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको आधिकारिक टे«ड युनियन नेपाल
विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले यही मंसीर ११ गते
मन्त्रालयमै छलफलको आयोजना गरी देशभित्रै इन्डक्सन चुल्होको कारखाना
खोल्नतर्फ पहल गर्न मन्त्री पुनको ध्यानाकर्षण गराएको थियो ।
खाना पकाउने एलपी ग्यासको खरीदमा नै
वार्षिक रु ३५ अर्बदेखि रु ५० अर्बसम्म खर्च हुने गरेको अवस्थामा विद्युतीय
चुल्होको बढावा नै उत्तम विकल्प रहेको निष्कर्षमा सरकार पुगेको छ ।
No comments:
Post a Comment