Monday, May 20, 2019

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार !

https://www.onlinekhabar.com/2019/05/767103

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार !

हेल्मेट अनिवार्य गर्ने ट्राफिक प्रहरीको प्रस्ताव व्यवहारिक ?

६ जेठ, काठमाडौं । यातायात व्यवस्था ऐनमा संशोधन गरेर दुई पाग्रे सवारीमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी भइरहेको छ ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तराज पन्तले आइतबारका अनुसार आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्नुपर्ने बताए । यो नियम लागू भइसकेको छैन किनकी ऐन संशोधन गर्न बाँकी नै छ ।
तर, व्यवस्था कति आवश्यक छ कि छैन ? व्यवहारिक छ कि छैन भन्ने बहस भने सुरु भएको छ ।
यो बहस सुरु गर्नुअघि देशभर कति छन् दुईपांग्रे सवारी साधन भन्ने चर्चा गरौं । यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्ममा २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा कति थपिए भन्ने तथ्याङ्क आइसकेको छैन ।
तर अघिल्लो तीन वर्षको औषत तथ्याङ्कलाई आधार मान्ने हो भनेे यो वर्ष पनि दुई लाख हाराहारी स्कुटर तथा मोटरसाइकल थपिएका छन् ।
दैनिक ६०० मोटरसाइकल तथा स्टुकर थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ ।
यातायात व्यवस्था विभागको तथ्याङ्कले पनि पछिल्ला तीन आर्थिक वर्षमा दुईपांग्रे सवारी थविने क्रम उच्च देखाएको छ । आर्थिक वर्ष ०७२/०७३ मा दुई लाख ६७ हजार ४३९, आर्थिक वर्ष ०७३/०७४ मा ३ लाख ५४ हजार ७१ तथा र ०७४/०७५ मा तीन लाख ४१ हजार ६२३ मोटरसाइकल तथा स्कुटर विभागमा दर्ता भएका छन् ।
समग्रमा देशभर २७ लाख मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । तर, यसमध्ये कति चालु अवस्थामा छन् भन्ने अनुमान लगाउन गाह्रो छ । तर, यदि पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू हुने हो भने एकै पटक लाखौं हेलमेटको माग हुन्छ ।
आईएसओ मान्यता प्राप्त हेलमेट
ट्राफिक प्रहरी महाशाखाले विभागलाई पठाएको संशोधनमा यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ मान्यता प्राप्त हुनुपर्ने पनि उल्लेख छ । तर, अहिले मोटरसाइकल तथा स्कुटर चालकले प्रयोग गरिरहेको सबै हेलमेट आईएसओ मान्यता प्राप्त छन् भन्ने पनि छैन ।
त्यसैले नयाँ नियम लागू भयो भने हेलमेटको ब्यापार हृवात्तै बढ्ने प्रष्ट छ । हेलमेट व्यावसायीहरुका अनुसार आईएसओ मान्यता प्राप्त हेलमेटको मूल्य न्युनतम् ३५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म पर्छ । यदि नयाँ पुराना गरेर २७ लाख हेलमेट मात्र विक्री भयो र त्यसको औसत मुल्य ४५ सय मान्ने हो भने १२ अर्ब बढीको कारोबार हुन्छ ।
किन हेल्मेट अनिवार्य गरियो ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा ३ हजार १ सय ८६ जना घाइते भएका छन भने १५७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अधिकांशको मृत्युको कारण टाउकोमा लाग्ने चोटका कारण हुने महाशाखा प्रमुख एसएसपी बसन्त पन्त बताउँछन् । प्रायः दुर्घटनास्थल पुग्दा मृतकको टाउको फुटेको देखिन्छ । पन्तका अनुसार दुर्घटना भएर लड्दा अधिकांश चालकको टाउकोबाट हेल्मेट फुत्किसकेको हुन्छ । हेल्मेटकै कारण नागरिकको मृत्युदर घटाउन यस्तो व्यवस्था सिफरिस गर्नु परेको पन्त बताउँछन् ।
ट्राफिक प्रहरीको प्रस्ताव व्यवहारिक छ ?
तत्कालीन राजा ज्ञानेन्ऽ शाहको प्रत्यक्ष शासनकालका स्वास्थ्यमन्त्री भएका डा.उपेन्ऽ देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, निरन्तरता पाउन सकेन । पूर्वडीआईजी केशव अधिकारी ट्राफिक प्रहरीको यो प्रस्तावलाई व्यापारिक वर्गको स्वार्थबाट प्रेरित भएको बताउँछन् ।
कुनै अध्यायन बिनै चर्चाको लागि यस्तो कुरा गरिएको उनको तर्क छ । अधिकारीका अनुसार १७ वर्ष अगाडि ल्याइएको दुवै जनाले हेल्मेट लगाउने नियम कालान्तरमा स्वार्थ प्रेरित भएको प्रमाणित भएपछि तुहिएको थियो । सडकको डिजाइन, चालकको जनचेतना स्तर लगायतका कारण नेपालमा फलामै फलामको हेल्मेट लगाए पनि दुर्घटनाले हुने मृत्युदर नघट्ने अधिकारी बताउँछन् ।
यो पनि पढ्नुहोस हेल्मेट भिर्दैमा सुरक्षित भइँदैन, गुणस्तर पनि हेरौं तर, सडक सुरक्षा विज्ञ पदमबहादुर शाही ट्राफिक प्रहरीको सुझाव मनन योग्य रहेको बताउँछन् । हरेक निर्णय आर्थिक विषयसँग जोडिने भन्दै उनले सुरक्षालाई पैसासँग दाँज्न नमिल्ने बताउँछन् ।
सवारी तथा यातायात व्यवस्था ऐन ,२०४९ को दफा १३० को उपदफामा २ मा दुई पांग्रे सवारीमा बस्ने यात्रुका लागि पनि हेल्पेट लगाउनु पर्ने उल्लेख छ । उक्त दफामा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक तथा उक्त सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ भनिएको छ ।
ऐनलाई टेकेरै ट्राफिक प्रहरी यो नियम कार्यन्वयनका लागि जान सक्छ । गुणस्तरहीन हेल्मेट प्रयोग अत्याधिक पाइएकाले ऐन संशोधनमार्फत आईओएस मान्यता प्राप्त हेल्मेट लगाउनुपर्ने प्रस्ताव गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख पन्तले बताए ।
पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने प्रस्ताव कुनै स्वार्थ समूहबाट प्रेरित नभई जनताको जीउधनको सुरक्षाको लागि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

17%

खुसी

3%

दुःखी

6%

अचम्मित

2%

उत्साहित

71%

आक्रोशित

प्रतिक्रिया 39

Joman Rana
२०७६ जेठ ६ गते २३:५६
ट्राफिक प्रहरीको कदम लाई सलाम छ ! सान्दर्भिक कुरा अवस्य पनि दुवै जनाले हेल्मेट लगाएमा केहि हद सम्म दुर्घटना भै हालेमा पनि दुवै जना सुरछित हुनुमा मदत मिल्छ ! अनि संग संगै दुई पांग्रे सवारी साधन लगाएत सबै सवारी साधनले दिनमा पनि हेड लाईट अनिवार्य रुपमा जलाउनु पर्ने व्यवस्था पनि गर्नु पर्ने भो तेसो गरेमा दुर्घटना कम हुन्थ्यो कि ? किनकि सवारी साधन आएको दुवै पक्षले एक अर्कालाई देख्न सक्ने र सावधानी अपनाउन सजिलो हुन्छ !!! 1
Rambo Prasad
२०७६ जेठ ६ गते २३:०८
लाज लाग्दैन है यस्तो समाचार लेख्न?। व्यापार कै लागि हो त यस्तो नियम? दुर्घटनामा मरेपछि अनि कहाँ हिसाब किताब गर्ने? लुगाको व्यापार थाहा छ? अब के नांगै हिड्ने त? Statistics shows that the death rate is higher for passengers sitting at the back. Traffic rules are to save your lives. Adhere it, or give up using public roads. When you are asking for nonsense rights to be able to die on the road, keep in mind you've got responsibility and duties as well. Someone's waiting for you back home... WEAR HELMET.. Stop stupid arguments.
Dipak adhikari
२०७६ जेठ ६ गते २२:३९
It does not matter whether any one try to take or give bribe, its the matter of own safety, so first we have to implement this policies than after question,argue with the related institution about the corruption took place or not.
Sanjiv Kumar thakur
२०७६ जेठ ६ गते २२:०५
Yo lutne bahek kehi chaina!
Sanak raj shrestha
२०७६ जेठ ६ गते २१:५९
Trafic police pani i s o hunuparyo ni.
shyam kuinkel
२०७६ जेठ ६ गते २०:५६
not only two helmet for both they have to wear !! one motorcycle owner need to bey extra 2 helment to keep at home !!
MANISH BHANDARI
२०७६ जेठ ६ गते १७:२७
LUTNA SAKE LUT KANXA SABAI TIRA XUT
ठगिएका हामी आम नेपाली
२०७६ जेठ ६ गते १६:५५
लुट चोरहरु लुट कति कमिशन पाउँछस लुट लोड सेडिङ गरिस इन्भटर विकाइस त्यसमा पनि लुटिस कमिशन अब सुरक्षाको नाममा फेरि मौका पाएको छस जति सके लुट.......................................
Uttam Shrestha
२०७६ जेठ ६ गते १६:५२
धेरै जाम हुने उपत्यकामा मोटर साइकल विस्तारै हिंडाउनु पर्ने भएकोले उपत्यकामा यो नियम आवश्यक छैन । अनावश्यक रुपमा अरबौं रुपैयां किन विदेश पठाउने ?
रजहाँस
२०७६ जेठ ६ गते १६:४७
जनताका सुरक्षाका कुरा भन्छन्, विरोध मात्र के गर्नु ? जनताको टाउको एकातिर जोगिए पनि अर्कातिरबाट ऋणमा बज्रिने खालका खेल हन् यि । यस्का अन्य तीन कुरा फाइदा छन् । (१) कमिशन (२) राजस्वमा उल्लखनीय वृद्धि ताकी लक्ष्य हासिल गर्न सकियोस् (विगतमा कुनै अ.म.ले राजस्व बढेको देखाउन अन्धाधुन्ध गाडी हुलेका थिए) । (३) उत्पादकको स्टक क्लियरन्स । सबभन्दा ठूलो र अहम् कुरो यो देश विदेशी प्रायः सबैका र सबै थोकको डंपिंग साइड हो, ल्याब हो ।
666 666
२०७६ जेठ ६ गते १५:५३
After reading the comments here, anyone can see that Nepali people are really frustrated and fed up with the government and its corruption. Very sad for Nepal. I hope they will find a way out of this bad situation very soon.
Rabindra Shrestha
२०७६ जेठ ६ गते १५:४०
सवारी चालक र पछाडी बस्ने मानिसको टाउको सुरक्षा गर्न हेलमेटको नियम अनि मान्छेको शारिरमा अरु अ‌गको सुरक्षा गर्नको लागि केहि नियम लाएन यो नेपाल प्रहरीले ? कि यो स्किमको कमिशन सफल भएपछि अर्को नियम आउने हो ? ट्राफिक शाखाले हेलमेट कम्पनी दर्ता गरेको जस्तो छ । जय नेपाल
Ashim
२०७६ जेठ ६ गते १५:१३
Personal safety ko hisab le yo rule thik chha. Aba commission ra price bahas ko arko pato bhayo. Yedi rule stricktly apply garne ra correct pricing bhayo bhane malai kehi appatti chhaina.
राजकुमार त्यात
२०७६ जेठ ६ गते १५:०५
सरकारकाे ध्यान दुर्घटना न्यूनिकरणमा जाअाेस्, न कि दुर्घटना बढाउने र सामग्री बेचेर पैसा कमाउने।
diwakar dg
२०७६ जेठ ६ गते १४:५९
sadak pani ISO manyata prapta banam na pahila panta dai..... Commission ta Jhyappei aaula ta hai.....loadsedding garayera inverter, battery wala sanga commission khayeka theye re ni ta kuni kosle ho...thyakkei testei hola k hai!!!!!!
Daai Dambar
२०७६ जेठ ६ गते १४:४४
Jay Hos Nepal Sarkar ko Jay hos Traffic Police ko, Jay hos Helmet bewasaahi ko... Kati jaaneko paisa kamaune baato pani.........k haamra sadak iso proof chan sarkar.....225% tax linchau sawari saadhan ma tesmaathi harek barsa TAX ani INSURANCE ko name maa loot cha...............aru desh ma sawaari saadhan kinyo vane.......kinne bela 1 patak tireko tax ra insurance le 20 barsa samma tirnnu pardain.............haamro desh ma 225% suruma....tespachi harek barsa tax ra insurance ani sadak kar ko name maa arko garda ni tyo tireko paisa le kunai stariya sadak baneko cha ra ahile samma???? ki tax tirnne maatra ho saadharan janta le.............aru desh ko sahayog ma desh ko budget vhasan garnne ani......tei sahayog aako paisale 2-3 crore ko gaadi chadera hinne karmachari ra neta .....cycle chadnu ni....dam vae......natra aafno talab le gaadi chadnu.....na ki sarkari wa sahayog ko paisale ...
सानुराजा शाक्य
२०७६ जेठ ६ गते १४:३४
पहिला पनि पछाडि बस्नेले हेल्मेट लगाउने नियम लगाएर पछि नियम हटाइयाे । मेराे घरमा दुइवटा बाइक छ । पहिला नियम हुँदा किनिएकाे हेल्मेट पछि नियम हटी सके पछि त्यत्तिकै खेर गयाे । फाल्नु पर्याे । त्याे बेला पाँच छहजार त्यत्तिकै खेर गयाे । त्यसकाे भर्पाइ अहिले फेरी नियम लगाउने प्रहरी नेतृत्वले तिर त्यसपछि मात्र नियम लागू । एकचाेटी नियम लगाउने फेरी हटाउने अनि फेरी अर्काे हाकिम अाएर नियम लगाउने गलत मनसाय मात्र देखियाे । दुर्घटना हुँदा राम्रै हेल्मेट पनि फुटेकाे वा उछिटिएकाे धेरै छन् । हेल्मेटले मात्र दुर्घटनामा टाउकाे बचाउँछ भन्नु पनि गलत हाे ।
Raaz
२०७६ जेठ ६ गते १४:२३
मोटरसाइकल दुर्घटना मा १५७ जना को मृत्‍यु भएकोले? पहिलो कुरा १५७ मा पछाडि बस्ने कती थिए? दोस्रो कुरा, यो भन्दा धेरै गुना बस दुर्घटना मा मर्छन। अब बस हेल्मेट लगाएर बस्ने नियम बनाउने हो? धेरै सन्ख्यामा पैदल यात्रु मर्छन। पैदल यात्रुले पनि हेल्मेट लाउने नियमा बनाउने हो? थुक्क मोरा हरु। काही न भएको जात्रा हान्डी गाउँ मा। गोजी बाट फुत्तफुत्त निकाल्छन आम जनता लाई दु:ख दिने अब्यवहारिक नियम कनून। राम्रो कुरामा कहिले दिमाग चल्दैन।
कान्छा मगर
२०७६ जेठ ६ गते १४:२१
१२००००००००० को ५% ले हुने कमिश्न ६००००००००।- कमिश्न ५% भन्दा बढी पनि हुन सक्छ। गृह मन्त्री, गृहका पदाधिकारी र नेपाल प्रहरीलाई जनता प्रति यत्रो माया पलाउने कारण नै कमिश्न हो। निर्मलाको जघन्य हत्याको हत्यारा पत्ता लागाउने अनिच्छा र मोटरसाईकल पछाडी बस्नेले हेलमेट लगाउनु पर्ने जस्ता फेल भएको नियमलाई दोहोर्याई दोहोर्याई लागु गर्नु खोज्नु जनता प्रतिको माया पटक्क मान्न सकिन्न । जनतालाई दुख दिने अर्को खेल हो यो । खेल कमिश्मको हो ।
Student
२०७६ जेठ ६ गते १४:११
Yo khulam khula helmet ko naam ma ghus khayo tannia ho yeta helmet ko aayat badne bho
shubhas bishwakarma
२०७६ जेठ ६ गते १४:०९
सुरक्षाको कुरो त ठिकै होला । तर यसरी तोकियकै हेल्मेट भिर्नु भन्दिय पछी गाह्रो भयो । जताततै महङ्गी छ । दुइवटा किन्दा ७००० सकिन्छ । फेरी तोकियकै ठाउबाट किन्नु पर्ने होला । सङ्का मनमा जगायो साइला सङ्का।
Ram dev Yadav
२०७६ जेठ ६ गते १३:५०
शोसकका लागि ल्याएको विधेयक भएन र ?’
Saguna
२०७६ जेठ ६ गते १३:४२
यातायात व्यावस्था विभाग, सडक विभागले निर्माण गरेका र निर्माण गर्नपर्ने सडक चाँहि आईएसओ प्रमाणित हुनु नपर्ने । नालीको फोहरले डुवेको । बाइक र चालकनै नै डुब्ने भ्वाङ भएका सडकको सुधार चाँहि गर्नु नपर्ने। चोरहरू
संदेश राई
२०७६ जेठ ६ गते १३:४०
यो सरकार नै भ्रस्ट अनि प्रहरी पनि के अक्षुतो हुन्थ्यो र ? हेल्मेट लगाएरै मात्र ज्यान जोगिने कुरा भनेको गाईको घ्यु खाए रोग लाग्दैन भने जस्तै हो | सबै भन्दा पहिले चालकलाई सुरक्षित सवारीसाधन चलाउने शिक्षा, सडकको मापदण्ड पुरा (ट्राफिक लाईट, बि-भिन्न सूचना मुलक सडक चिन्ह) ब्यब्स्थित अनि सवारीसाधनको स्वास्थ्य अवस्थामा ध्यान दिए त्यसले दीर्घकालीन समस्या समाधान हुन्छ | ISO गुणस्तरकै हेल्मेट भए पनि लगाउने मान्छेले सहि ढंगले लगाएको छैन भने दुर्घटना हुदा टाउको सुरक्षित हुदैन क्यारे, किनकी दुर्घटनामा धेरैको हेल्मेट टाउकोबाट फुत्किएर निस्किएको देखिएको छ | त्यसैले पैसा खाने जुक्तिको लागि 2/2 घाँडो बोकाउन छोडेर सडक दुर्घटना घटाउन जनचेतनामा ध्यान दिउ अनि हरेक सवारीसाधन चालकको लाइसेन्स नवीकरण गर्दा कमसेकम व्याबहारिक शिक्षा दिएर मात्र लाइसेन्स नवीकरण गराउ |
uday
२०७६ जेठ ६ गते १३:३५
Commission ko chal khel ho yo sab........
DB Limbu
२०७६ जेठ ६ गते १३:२२
कसरी दलाल पुँजिपति र दलाल नोकरशाह तथा कमिशनखोर राननैतिक नेर्तुत्वको संजाल तयार भएर देशको सत्ता कब्जा गरेका छन भन्ने कुराको यो एउटा उदाहरण हो । एयरपोर्टमा विदेशमा काम गर्न जानेले टेलिभिजन ल्याउन नपाउने, मोबाइल ल्याउन नपाउने नियम पनि यस्तै श्रंखला हो ।
nimukha janta
२०७६ जेठ ६ गते १३:२१
tori ko geda jato kuro. janta lutera bideshi helet bapari lai posne kuro .... thuka ero desh .. ajha ktm lai matra re aru thau ka tauko ra kt m ka tauko fara k ho sarkar ?
Prakash Rai
२०७६ जेठ ६ गते १३:२०
के नेपाली आम जनता प्रयोगसालाको गिनिपिग हो जसलाई पटक पटक लक्षण र असरको लागि प्रयोग मात्र गरि रहने? पहिला पनि जिवधनको सुरक्षाको नाममा यसै गर्यो, पछि लौ "बिद्रोही" र सुरक्षाको कुरा ल्याएर असफल पारियो, फेरी किन? अपराध गरि दुई पांग्रे प्रयोग गरि भाग्ने क्रममा दुवैले हेल्मेट लगाएको कारण अपराधीको अनुहार देख्न-चिन्न असजिलो भएको" भन्दै प्रहरीले लौ पछाडि बस्नेले हेल्मेट लगाउन पाउदैन भनेर नियम आयो भने के ट्राफिक महासाखाले हामीले किनेको हेल्मेट लिएर परल मूल्य दिन्छ? सडक, सवारी साधन, ट्राफिक नियम पालना, दुर्घटना आदिकालागि गर्न पर्ने काम थुप्रै छ। जस्तोकि हाल कोटेश्वोर-कलंकी सडक ५० किलोमिटर प्रति घण्टा गति सिमित बाटो हुँदा हुँदै पनि त्यहाँ हुइकेने सवारी साधन असिमित गतिमा गुडेको हुन्छ। हाल काठमाडौँमा धेरै फराकिला सडकहरु बनि सकेको छ, जहाँ सवारी साधन "ओबरस्पिड"मा हुने/रहने गरेको छ। त्यही असिमित गतिनै दुर्घटनाका कारक हो। "ओबरस्पिड" मुद्दामा अहिले सम्म उप्ताबाटोमा कति जना सवारी चालकलाई कारवाई भएको छ? ८०/९०को स्पिडमा दुर्घटना परे हेल्मेट ज्यान जोगाउन सक्दैन। त्यस्तो गतिमा सडकमा लडे बिपरित वा सोहि दिसाबाट आउने अर्को सावरी मुनि छिरी सके पछि हेल्मेटले के जोगाउछ? सनाखत गर्न सजिलो लागि मात्र हो हेल्मेट को प्रयोग गर्नु?
Kusan Sharma
२०७६ जेठ ६ गते १३:१९
कुलमानले लोडसेडिंग कम गर्ने उद्धेश्यले, 'लिड लाइट' ल्याएर सस्तो(त्यो पनी किस्ताबन्दी)मा बेच्ने कुरो गर्दा, त्यसको बिरोधमा ताण्डब मच्चाउने, अनि 'कमिसनवाला' यस्ता प्रोजेक्टको चाही स्वागत गर्ने.अलि मिल्दैन, मेरो निजि बिचारमा, ब्यापारी र कमिसन कुम्ल्याउनेहरुले, बेलाबेला यस्ता प्रोजेक्ट ल्याउने गर्छन, झन् यो त 'सुरक्षा'को ट्याग लागेकाले,अझ तिनलाई सजिलो हुन्छ.कन्भिन्स गर्न, जसरी अस्पतालले स्वास्थ्यको नाममा अस्पताल पुग्नेसंग, गर्छन नी 'इमोसनल ब्ल्याकमेलिंग', कमिसनका चक्करमा आएका केहि प्रोजेक्टका उदाहरण - निर्बाचन आयोगले 'दुइ'पटक हामीलाई, 'कार्ड'वितरण गर्यो तर अन्तमा नागरिकताका आधारमा पनी, मतदान गर्न मिल्यो,'स्मार्ट लाइसेंस'(फोटो खिचेको १ बर्षमा पनि पाइन्न), 'इम्बोस्ड नम्बर प्लेट',अब राष्ट्रिय परिचय पत्र इत्यादी...l
दुर्गेश घले
२०७६ जेठ ६ गते १३:१२
हजुरहरु मान्न्नुस या नमन्नुस ट्राफिक प्रहरी र गृह मन्त्रालयको कर्मचारीले मोटरसाइकल ब्यापारीबाट घुस खायो । नेपालमा अहिले सम्म कति मोटरसाइकल छन त्यति हेल्मेट एकै चोटीमा बिक्रि गरेर कमाउने दाउमा व्यापारीले ट्राफिक प्रहरी र गृह मन्त्रालयको कर्मचारीलाई मोटो रकम मै घुस ख्वाए । यो भन्दा पहिला पनि एक पटक यसरि नै हेल्मेट बेचेको थियो । सम्पूर्ण हेल्मेट बिक्रि गरिसके पछि यो नियम हटाएको थियो । यसरि अनिबार्य नियम लगाएर १२ अर्ब १५ करोडको हेलमेटको ब्यापार गरि एकै चोटी झ्वाम्म कमाउने दाउमा यी घुस्याहा र फटाहाहरुले कहिँ नभएको हेल्मेट र मोटरसाइकल जात्रा हाँडीगाउँमा देखाएका हुन् । ओलीको कुशासन छ नि त..... यसरि बाध्य भई चोर काला ब्यापारीलाई गरिब नेपाली जनताले उँभो लाउँदै जाऔं ।

No comments:

Post a Comment