https://himalpost.com/cancer-bu-babulal-bhandari/#.XOA9Jb61mGp.facebook
*-बाबुलाल भण्डारी*क्यान्सर ?
नाम मात्र पनि कति भयावह ! त्यस माथि पनि आफैलाई वा आफुले अत्यन्त मायागर्ने कसैलाई यो त्रासदीपूर्ण रोगले आक्रमण गरेमा हुने परेसानी, अपव्यय र अनिश्चयको श्रृखलाविच यो कति दर्दनाक दुस्वप्न हुन्छ होला, सहजै बुझ्न सकिन्छ । यी दुवै परिस्थिति मैलेएकैपटक भोगें । म आफु चाहि यसबाट मुक्त भए तर आफ्नो प्राणप्रिय भाईलाई बचाउँन सकिन ।उसलाई बचाउन नसकेको पिडा, ग्लानी र पस्चातापले अहिले मेरो अस्तित्वलाई नै अर्थहिनबनाई दिएको छ ।यो नियति म जस्ता अरु थुप्रै दाजुहरुको हुन सक्छ । अझ आधुनिक जीवन शैली, रहनसहन,विषाक्त खानपान, बढ्दो प्रदुषण र रासायनिक औषधीको बेरोकटोक प्रयोगले अहिले क्यान्सरझण्डै घर–घरको स्वास्थ्य समस्या बनेर तेर्सिएको छ । पर्याप्त चेतना र समयमा उचितपरामर्सको अभावमा खास गरी पछिल्लो चरणमा आएर यसको उपचार कस्टसाध्य मात्र नभएरअसाध्य बन्न जान्छ । नसक्नेहरुको जीवनको अध्याय यहिनेर समाप्त हुन पुग्दछ भने केहि सक्नेहरुपनि अत्यन्त कस्टकर, दुरुह र अत्यन्त खर्चिलो *Chemotherapy* पछि पनि लगभग त्यस्तैनियति भोग्न पुग्छन् किनकि केमोको सफलताको प्रतिशत केबल ३ % मात्र रहेको तथ्यहरुले देखाईरहेका छन् । हाम्रो परिस्थितिमा रोगको आसंका, निदान र उपचारको चरण सम्म आईपुग्दा*Operation, radio therapy र chemo* ले काम गर्ने अवस्था प्राय चुकि सकेको हुन्छ ।ठिक यहि विन्दुमा उचित परामर्स र एउटा साहसी निर्णयको जरुरत पर्छ, जहाँ बहुधामानिसहरु गलत निर्णयको सिकार भई अमुल्य जिन्दगी गुमाउन पुग्छन् । यस्तै घातक निर्णयकोसिकार मेरो एक्लो सहोदर भाई भयो जसलाई लाखौ खर्च पश्चात पनि बचाउँन नसकी भरतपुरक्यान्सर अस्पतालको बेडबाट सिधै देबघाटको नारायणी नदि किनारमा भष्मिभुत भएको आफ्नैआखाले देख्नु र सहनु प¥यो । साचो भन्नु पर्दा केमोको अपव्यय, पिंडाको दर्दनाक अनुभुति रयसको सफलताको प्रतिशत राम्ररी बुझेको मैले भाईलाई राम्ररी सम्झाई बैकल्पिक उपचार तर्फतयार गर्न खोजें । तर डक्टरले दिएको आस्वासनले उसको आत्मविश्वास दुस्साहसको हदसम्मएकोहोरो भइदियो । उसको शारीरिक सुगठन, उमेरको पनि न्युनता आदिलाई मध्य नजर गरीस्वजनहरुसँगको परामर्शमा उसको निर्णयलाई प्रभावित गर्न खोजे पनि उसको स्वैच्छिकनिर्णयमा र त्यो पनि उपचार जस्तो संवेदनशिल विषयमा हस्तक्षेप गर्न उचित लागेन र केमोचढाइयो । अन्तमा परिणाम त्यहि भयो, जसको हामीलाई डर थियो ।यस पंक्तिकारलाई २ वर्ष अघि अचानक खोकिबाट रगत देखा पर्न थाल्यो । राम्रो* Chestphysician* को सिफारिसमा कडा प्रतिजैविकीहरु र स्वर्ण वसन्त मालती लगायतका थुप्रैजडिबुटि, रसायन र भष्म मिश्रित राम्रा आयुर्वेदिक औषधी पनि निस्प्रभावी भएपछि अवस्थाअरु जटिल भई सास फेर्न र हिडडुल गर्न समेत कठिन बन्दै गयो । सवै तिरका प्रयास व्यर्थभएपछि काठमाडौंमा नर्भिक अस्पतालका प्रसिद्ध फिजिसियन रमेश चोखानीज्युको सल्लाहमा*HRCT* गर्दा *Malignant Neoplasm* अर्थात क्यान्सर भएको रिपोर्ट आयो र *CECT* लेपुनः त्यहि कुरा पुष्टी गर्दै नजिकका ग्रन्थीहरु सुन्निइसकेको र यो शरीरका अरु भागमा समेतफैलिसकेको *(metastasis)* देखियो । ब्रोकोस्कोपी, बायोप्सी, रेडियो थेरापी अप्रेशन रकेमोथेरापीको दौरबाट गुज्रिन म किमार्थ तयार थिइन, चाहे मृत्यु नै वरण गर्न किन नपरोस्। केमोका प्रतिकुल प्रभाव र सफलताको संभावना बारे व्यापक अध्ययन गरीयो तर निष्कर्षअत्यन्त निराशा जनक देखियो । कतिपय संदर्भ श्रोतहरुमा केमोलाई *A medicine worsethan disease itself* भन्ने आसयका भुक्तभोगीका टिप्पणीहरुले मेरो निर्णयलाई अझ दह्रोबनाए । *Indian library, British council र American library* चाहारीवैकल्पिक उपचार पद्धतीबारे बुझ्न र रातरात भर नसुती Internet हेर्न र आयुर्वेदका ठेलीहरुपल्टाउन थालियो । पथ परहेजमा पहिलो ध्यान जानु अनिवार्य भए अनुरुप दुध र दुग्धपदार्थहरु , चिनी लगायतका सवै गुलिया वस्तुहरु, मैदाका परिकार, ज्यादा नुनिला वस्तुहरु,मांसजन्य पदार्थ र खास गरी रातो मासु निसिद्ध मानिएका हुदा कडाइका साथ परहेजमा बस्नेकाम भयो । वैकल्पिक उपचारको दिशामा विहान र वेलुका खाली पेटमा कपालभाती र अनुलोमविलोम प्रणायामलाई नियमित गरी घिउकुमारी *(aloevera)* गिलोय ( गानेगुर्जाे ) रअस्वगन्धा चुर्णको मात्रा र विधि राम्ररी बुझी उपचार सुरु भयो । प्रचुरमात्रामा*curcumin* पाईने केसर *(saffron )* र बेसारको प्रयोगलाई बढाई *Anti-oxidant* हुने हुनाले लसुन, प्याज, ग्रीन टि, गाजर, कालो अंगुर र राजमा सिमी जस्ता अरुधेरै वस्तुहरु खानामा समावेस गरिए । डेन्डिलियन भन्ने एक प्रकारको फूलको जरा Internetमा अत्यन्त प्रभावकारी हुने बताइएकोले महिनौको अथक प्रयासबाट यसको पहिचान गरीउपचार सुरु भयो । यी सवैको बावजुद म अझै सन्तुष्ट भने हुन सकेको थिइन ।समय क्रममा अमेरिकी देशहरुमा व्यापक प्रचलनमा रहेको *Apricot (prunus armeniaca)*भन्ने फल बारे थाह लाग्यो । बुझ्दै जादा यसको भित्रको गेडा क्यान्सर उपचारमा सत प्रतिशतसफल रहेको र हाल सम्म एउटै *case* पनि असफल नभएको भन्ने सम्मका अनुसन्धान र उपयोगकर्ताका अनुभवहरु पढ्न पाउदा हौसला र उत्साह बढ्नु स्वाभाविक थियो । नेपालीमा खुर्पानीभनिने यो फल कहाँ पाइन्छ धुरन्धर खोजीनिति थालियो । दक्षिण अफ्रिका र अन्यत्रबाटयसका नमुना झिकाइयो । काठमाडौंकै फर्पिङ्गमा खुर्पानी फेला परे पनि यो गुलियोप्रजातिको हुँदा औषधीय प्रयोगमा ल्याउन मिलेन । खुर्पानी नपाइने अवस्थामा आरुका वियाँ,तितो बदाम र स्याउका वियाँ पनि प्रभावकारी हुने कुरा खुल्न आयो । तितो बदामकोखोजीमा छिमेकि देश भारतका यू पी र विहारका धेरै शहरहरुमा गल्ली गल्ली छिचोलियो तरजहाँसुकै मिठो खालको क्यालिफोर्निया बदाम मात्र भेटियो, जसको औषधीय उपयोग थिएन ।असन, इन्द्रचोक र नरदेवीका वैद्य पसलहरुमा तितो बदाम त पाइएन नै, आरुका वियाँ पनिसमय नाघेका र कुहिएका बाहेक ताजा फेला परेनन् । खोज्दै जादा हाम्रै हिमाली जिल्लामुस्ताङ्गमा *Apricot* पाइने कुरा बुझेपछि स्थानिय निकायमा काम गर्ने कर्मचारी शिक्षक रप्रहरी शुत्र परिचालन गरी मुस्ताङ्गका दुरदराज गाउँबाट खुर्पानी झिकाउने व्यवस्थामिलाइयो । यहानेर विदेशी ठुलो खुर्पानी दैनिक ७ × ३ गेडाका दरले घटिमा २४ दिन खानसिफारिस भएकोमा यहाँको सानो खुर्पानीको उचित मात्रा मिलाउने समस्या खडा भयो । आफ्नैअनुभवबाट यसको सहि मात्रा मिलाउदै गइयो । यसको एउटा निश्चित तर महत्वपूर्ण कारणपनि छ । सं. रा. अमेरिकामा सन् १९७१ देखि क्यान्सर उपचारमा Apricot प्रतिबन्धित रहेछ। *Apricot* को बढ्दो प्रयोगले खरबौ खरब (घटिमा २०० विलियन) डलर वार्षिक आय गर्नेऔषधी माफियाहरुले यो विषालु हुन्छ र मरिन्छ भन्ने दावी गर्दै यसलाई त्यहाँ प्रतिवन्धितगराएका रहेछन् । Apricot ले झण्डै सित्तै उपचार हुन थालेपछि केमो औषधीबाट उनीहरुलेआम्दानी गर्दै आएको खरबौ डलरको बजार सुक्ने अवस्थामा यस्तो भएको सहजै बुझ्न सकिन्छ ।उनीहरुले यसमा *cyanide* र *benzaldyhide* भन्ने प्राणघातक विष हुन्छन् भन्ने हाउगुजीदेखाएर केमोको बजार विस्तार गरेका रहेछन् । यसमा उल्लेखित विषहरुको विद्यमानता सम्मकोकुरा सत्य रहेछ तर ती विषहरुले *Beta-glucosidase* भन्ने *enzyme* पाइने क्यान्सर रमात्र क्यान्सर कोषिकालाई छानी छानी नष्ट गर्दा रहेछन् । अरु सामान्य र स्वस्थ कोषहरुमायो *enzyme* नहुने हुनाले शरीरलाई विल्कुल कुनै नोक्सानी नगरी यी विषहरु सिधै पिसाबबाटसुरक्षित निस्काषन हुने कुरा सयौं अनुसन्धानले देखाईसकेका छन् । दिनमा प्रायः १२ × ३ रयदाकदा १२ × ४ खुर्पानी लगातार ४ महिना नियमित खाने म स्वयं यसको तथाकथितविषाक्तताको वर्खिलाप जिउंदो उदाहरण बनेको छु । स्वस्थ व्यक्तिले पनि दिनको ७ वटा ठुलोविउ ( हाम्रोमा लगभग १२ वटा )*maintenance dose* लिदै गरे आजिवन क्यान्सर विरुद्धप्रतिरक्षाको सुनिस्चितता हुने जानिफकारहरु बताउछन । महिनौं ठुलो मात्रामा खुर्पानी सेवनगर्दा जिउँ चिलाउने सामान्य प्रतिक्रिया बाहेक अन्य विषाक्तता मैले यसमा केहि पाइन ।जतिसुकै योग्य चिकित्सकले पनि त्यहि बाटो अपनाउछ जुन उसले पढेको छ, जानेको छ, वाअभ्यास गर्दै छ । अन्यथा गर्ने उसँग न ज्ञान हुन्छ न त हिम्मत र अनुमती नै । अस्पतालकोशरणमा जाने जो कोहीलाई पनि जतिसुकै असाध्य अवस्थामा पनि अप्रेशन र केमोको चक्रव्यूहमालग्नु नै उनीहरुको बाध्यता र नियमित दैनिकि हो । गहुँको जमरामा पनि खुर्पानीमा पाइने*Laetrile* वा *Vitamin- B 17* पाइने बुझेर अचेल केहि डक्टरहरुले पुरक उपचारको रुपमायसको सिफारिस गर्दा रहेछन् । हालाकी यसमा कति प्रतिशत *B 17* उपलब्ध छ र कतिलेसहि मात्रा पुग्ने हो भन्ने विषयमा म त्यति स्पष्ट छैन । खुर्पानीबाट जुन सुकै अवस्थाकोअर्वुद रोग पनि निको हुने र यसको प्रयोग सतप्रतिशत सफल भइरहेको कैयौं अनुसन्धान रअनुभवबाट समेत पुष्टि र प्रमाणित भइसकेको छ । फगत भइ सकेको अंगभंगलाई पुनस्र्थापना गर्नेक्षमता भने यसले राख्दैन ।आजकल पस्चिमी जगतमा *Laetrile* वा *Vitamin- B 17* का चक्की औषधीहरु तयार भईबजारमा आईसकेका हुनाले आवस्यकता अनुसार झिकाउन सकिदो रहेछ ।मैले धेरै समय क्यान्सरको वैकल्पिक उपचारमा गहन अध्ययन गरेको छु र आफुलाई यसको थोर वहुतज्ञाता भएको दावी गर्दछु । तापनि यो आलेख कानुनी महत्व, वैधता र प्रयोजनको लागि नभइकेबल ज्ञान र सूचना प्रबाह गर्ने हदसम्म मात्र यसलाई उपयोगी बनाउन र उपचारमा अत्यन्तैसफल तर झण्डै निशुल्क विकल्प प्रस्तुत गर्नु नै मेरो ध्येय हो । परन्तु छनौट विरामी स्वयंकोआफ्नै हुनु पर्दछ ।मलाई एउटै पश्चाताप छ कि मैले आफ्नो बाटोमा भाईलाई करकाप र जवर्दस्ती गरिन जो धातकठहरियो र उसको इहलिला समाप्त भयो । यसको भुलसुधार र क्षतिपुर्ति अव सम्भव छैन र उफर्केर आउन सक्ने पनि होइन । आशा गर्छु, अरुले अपव्ययी, कष्टसाध्य र अनिश्चयको अध्यारोबाटो नलिई निश्चिन्त भई मेरो बाटोको अनुशरण गरी स्वास्थ्य लाभ गरुन । यसबाट गरीब,निमुखा र मृत्युको पर्याय ठानिएको क्यान्सर (अर्बुद) रोगले आक्रान्त व्यक्तिले स्वास्थ्य लाभगरे भने मैले आफ्नो प्रयास सफल भएको मान्ने छु र यसबाट मेरो मृत भाईको आत्माले पनि शान्तिपाउने छ ।मेरो हकमा अरु सबै जडिबुटी र औषधीहरु उपचारमा सहायक र फलदायी रहे पनि आधा/आधाघण्टाको विहान वेलुकीको कपालभाती प्रणायाम र *Apricot* नै निर्णायक भएको मेरो अनुभवछ । म आज पूर्ण रुपले क्यान्सर मुक्त छु र कसैलाई यस संवन्धमा थप केहि जिज्ञांसा भए निशुल्कपरामर्श दिन हमेसा तत्पर रहने छु ।*स्मरण रहोस , यो आलेख सुचना प्रवाहको लागि मात्र भएकोले कुनै पनि मेडिको – लिगलप्रयोजनको लागि यो आधार बन्न सक्ने छैन ।*
No comments:
Post a Comment