Sunday, May 19, 2019

शाओमी रेडमी नोट ७ : स्तरीय क्यामेरा, आकर्षक डिजाइन





प्रविधि

शाओमी रेडमी नोट ७ : स्तरीय क्यामेरा, आकर्षक डिजाइन

The following two tabs change content below.
काठमाडौं । शाओमीको रेडमी नोट ७ को प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा रहेको छ । कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्ने क्षमताको यो मोबाइलको ब्याट्री क्षमता बढी र टिकाउयुक्त छ ।
यसमा उच्च स्तरको ग्लास र क्वालकोम स्न्यापड्रागन ६६० राखिएको छ । ३ जीबी र्‍यामसहित ३२ जीबीको यो फोनको मूल्य २१ हजार ९९९ तोकिएको छ । यसैगरी ४ जीबी र्‍यामसहित ६४ जीबीको २४ हजार ९९९ रुपैयाँ र ४ जीबी र्‍यामसहित १२८ जीबीको २६ हजार ९९९ रुपैयाँ छ ।
रेडमी ७ मा क्वालकोम स्न्यापड्रागन ६३२, डट ड्रप डिजाइन, अतिरिक्त टिकाउ, ब्याट्री क्षमता र उच्च ध्वनि क्षमता छ । चिनियाँ मोबाइल कम्पनी शाओमीले शुरूमा रेडमी नोट ७ चीनमा लञ्च गरेको थियो । चीनमा यो स्मार्टफोनको धेरै नै माग बढेको थियो । महीना नबित्दै यो फोन करीब १० लाख सेटभन्दा बढी विक्री भएको थियो ।
उक्त स्मार्टफोनमा पावर ब्याकअपका लागि ४ हजार एमएचको पावरफुल ब्याट्री दिइएको छ । यो दुु्रतगतिमा चार्ज हुने गर्छ ।
रेडमी नोट ७ को डिजाइन
रेडमी नोट ७ मा गोरिल्ला ग्लास छ । यो फोन ठूलो भए तापनि हातमा सजिलै होल्ड गर्न सकिने खालको छ । यो १ सय ८५ ग्रामको छ । दुईओटा नानो सिम वा नानो सिम र मेमोरी कार्ड राख्न सकिनेगरी यसको निर्माण गरिएको छ । यसको एलसीडी प्यानल पूर्ण एचडीमा चल्छ ।
प्रमुख विशेषता
यो फोनमा ४८ र ५ मेगापिक्सलका दुईओटा रियर क्यामेरा छन् । सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसको अर्को राम्रो विशेषता भनेको ४००० एमएएच क्षमताको ब्याट्री हो । साथै यो फोनमा फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ ।
शाओमीले अन्य फोनको तुलनामा रेडमी नोट ७ को डिजाइनलाई पनि विशेष रूपमा तयार पारेको छ । कम्पनीले यो फोनका लागि प्रिमियम ग्लास स्यान्डबिच डिजाइन प्रयोगमा ल्याएको छ । फोनको अगाडि र पछाडि दुवैतर्फ गोरिल्ला ग्लास ५ को प्रोटेक्शन छ । डिस्प्लेको कुरा गर्दा यसमा ६.३ फुल एचडीका साथ डटनच उपलब्ध छ ।
शाओमीले यो फोनमा क्वालकम स्न्यापड्रागन ६६० एआइई प्रोशेसर उपलब्ध गराएको छ । र्‍याम र इन्टर्नल स्टोरेजका आधारमा शाओमीले यो फोनलाई नेपालमा तीन अलग भेरियन्टमा उपलब्ध गराएको छ । रेडमी नोटको प्रोेशेसर यति राम्रो छ कि यसले गेम र अन्य एप्स विनाअवरोध राम्रोसँग चलाउन सघाउँछ । यसमा अहिलेसम्म फोन तात्ने समस्याबारे गुनासो आएको नपाइएको कम्पनीले बताएको छ । यसको फिंगर प्रिन्ट सेन्सर धेरै राम्रो छ । यसमा फेस रिकज्नाइजेशन गर्ने क्षमता पनि छ ।
क्यामेरा
४८ मेगापिक्सल भएपछि यत्तिकै पनि राम्रो हुने भइहाल्यो त्यसमाथि कम उज्यालोमा पनि राम्रो फोटो खिच्नु यसको अतुलनीय विशेषता हो । यसले उज्यालो प्रकाशमा त झनै राम्रो फोटो निकाल्ने गर्छ । यसको भिडियो शार्प र कलर धेरै नै राम्रो हुने गर्छ ।
शाओमी नोट ७ प्रो
त्यस्तै शाओमी रेडमी नोट ७ प्रो डुअल सिम स्मार्टफोन छ, जसले ४ जी एलटीई सपोर्ट गर्दछ । यस फोनको ब्याक प्यानलमा फिंगरप्रिन्ट दिइएको छ भने यो स्मार्टफोनले (रेडमी नोट ७ प्रो) फेस अनलाक फिचर पनि सपोर्ट गर्दछ । रेडमी नोट ७ प्रो मा संगीतका लागि ३.५ एमएम ज्याक दिइएको छ त्यही एक्स्टर्नल यूएसबी ड्राइभका लागि यो फोन यूएसबी टाइप–सी पोर्ट सपोर्ट गर्दछ ।
रेडमी नोट ७ प्रो लाई ग्लास बडीमा बनाइएको छ, जसको फ्रन्ट र ब्याक दुवै प्यानल्सलाई २.५ डी कभ्र्ड ग्लासले प्रोटेक्ट गरिएको छ । यस स्मार्टफोनमा १९.९.५ आस्पेक्ट रेशियोको वेजल लेस डिसप्ले दिइएको छ, जसको माथिको भागमा यूशेपयुक्त वाटरड्रप नच दिइएको छ । रेडमी नोट ७ प्रोमा २३४०×१०८० पिक्सेल रिज्योलुशन भएको ६.३ इन्चको फुलएचडी स्क्रिन दिइएको छ । फोनको डिस्प्लेको सुरक्षाका लागि शाओमीले यसलाई गोरिल्ला ग्लास ५ बाट कोटेड राखेको छ ।
रेडमी नोट ७ प्रो लाई एन्ड्रोइडको लेटेस्ट अपरेटिङ सिस्टम एन्ड्रोइड ९ पाईको राखिएको छ । यो फोन एलईडी फ्ल्याशका साथै डुअल रियर क्यामेरा सपोर्ट गर्दछ । फोनको ब्याक प्यानलमा एफ/१.८ अपार्चरसहित ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५८६ सेन्सर तथा ५ मेगापिक्सलको डेप्mथसेन्सिङ सेन्सर दिइएको छ । रेडमी नोट ७ प्रोमा रियर क्यामेरा सेटअप प्रविधिको प्रयोग गरिएको छ, जस कारण लाइट, नोइज र ब्राइटनेशलाई आफै समायोजन गरेर धेरै राम्रो फोटो क्याप्चर गर्दछ । सेल्फीको लागि यो फोनमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

No comments:

Post a Comment