Monday, May 20, 2019

धेरैजसो मान्छे स्विमिङ पुलमा पाैडी खेल्दा किन पिसाब फेर्छन् ?





http://annapurnapost.com/news/127474

धेरैजसो मान्छे स्विमिङ पुलमा पाैडी खेल्दा किन पिसाब फेर्छन् ?

धेरैजसो मान्छे स्विमिङ पुलमा पाैडी खेल्दा किन पिसाब फेर्छन् ?
फाइल फाेटाे ।
अन्नपूर्ण
रोचक
 ०२ जेठ २०७६ १७:५५:००
  • change font
  • change font
  • change font

एजेन्सी : सामान्यतय आधाजसो अमेरिकी नागरिक शारिरिक अभ्यासपछि सफाइको लागि स्विमिङ पुलमा पस्छन् । तर के ती स्विमिङ पुल साँच्चिकै सफा हुन्छन् त ?
अमेरिकामा एउटा रोचक अनुसन्धान सार्वजनिक भएको छ । जहाँ भनिएको छ, ९० प्रतिशत वयस्क मानिसहरु स्विमिङ पुलमा पिसाब फेर्छन् । पानीको गुणस्तरीयता मापन गर्न स्याच्स मिडिया ग्रुपले गरेको अनुसन्धानबाट यस्तो तथ्य फेला परेको हो । स्वास्थ्य परिषद्का प्रमुख क्रिस वियान्टले भने आम मानिसको यस्तो प्रवृत्तिले पानीको रासायनिक सन्तुलनमा असर पर्ने बताएका छन् ।
अनौठो त के पनि छ भने, विश्व उत्कृष्ट स्विमिङ खेलाडीहरु समेत स्विमिङ पुलमा पिसाब फेर्ने गरेको तथ्यांकले देखाएको छ । विश्व रेकर्ड राख्ने अमेरिकी स्विमिङ खेलाडी माइकल फ्लेपले समेत स्विमिङ पुलमै पिसाब फेर्ने गरेको कुरा स्वीकार गरेका थिए ।
सन् २०१२ मा उनले आफू र आफ्ना समकालिन खेलाडीहरु समेत स्विमिङ पुलमा पिसाब फेर्ने गरेको स्वीकार गरेका थिए । त्यसो त, लामो समय स्विमिङ पुलमा तयारी गरिरहँदा यस्तो गर्नु स्वभाविक भएको पनि उनको भनाइ थियो ।
फ्लेपले प्रतिक्रिया दिएको ७ वर्षपछि अमेरिकी संस्थाले गरेको अनुसन्धानका आधारमा अधिकांश वयस्कहरु स्विमिङ गरिरहँदा पिसाब फेर्ने गरेको तथ्य सार्वजनिक भएको हो ।
उक्त मिडिया ग्रुपले सामान्यतय एउटा स्विमिङ पुलमा कति पिसाब भरिएर रहेको हुन्छ भन्ने पनि सार्वजनिक गरेको छ । जसअनुसार साना स्विमिङ पुलमा सात ग्यालेन पिसाब रहन्छ भने ओलम्पिक खेलाइने ठूला पुलमा चाहीँ २० ग्यालेन पिसाब थिग्रिएर रहेको हुने पनि अनुसन्धानमा देखिएको छ ।
मान्छेहरु नुहाउनको लागि र पसिना पखाल्न स्विमिङ पुल जाने गरेकाले पनि यस्तो हुने गरेको अनुसन्धाताहरु बताउँछन् । जुन मानव स्वास्थ्यका लागि हानिकारक रहने बताइन्छ ।

No comments:

Post a Comment