प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
पूर्वी नाकाभन्दा सुदूरपश्चिमको नाकामा तत्काल फौज पठाउन समस्या पर्ने भएकाले ठूलो डफ्फा हुम्लामा जम्मा गरिंदै थियो।
तस्वीर स्राेत : इम्गुर डटकम
चीनमा भएको विद्रोह दबाउन दश हजार फौज
पठाउने तयारी गरिरहेको व्यहोरा चिनियाँ बादशाहलाई पत्र मार्फत पठाएर श्री ३
जंगबहादुर राणाले भोटमा आक्रमणको मेलोमेसो मिलाइरहेका थिए । सोही अनुसार
पूर्व–पश्चिमका गौंडाबाट भोटको सीमामा फौज पठाउने काम तदारूकताका साथ
गरिरहेका थिए । बाटोघाटो मर्मत–सम्भार र आवश्यक रसदपानीको जोहो गरिंदै
थियो ।
ज्ञानमणि नेपाल
शुरूमा सुदूरपश्चिमको सिलगढी गौंडाबाट
हुम्लामा रहने गरी फौजको एउटा डफ्फा पठाइएको थियो । यसपछि दशैं मानेर
धनकुटा गौंडाबाट ओलाङचुङगोलातर्फ फौज हिंडेको थियो । फौजलाई वर्ष दिनसम्म
पुग्ने रसदपानीको जोहो पनि गरिन्थ्यो । कुती र केरुङ नाका नजिकै भएकाले फौज
पठाउनुअघि रसद राख्ने काठका ठूल्ठूला गोदामघरहरूको निर्माणमा प्राथमिकता
दिइएको थियो ।
काठमाडौंबाट सुदूरपश्चिमको नाका टाढा भएर
तत्काल फौज पुर्याउन सकस पर्ने भएकाले धेरै फौज हुम्लामा जम्मा गरिंदै
थियो । प्रधानमन्त्री जंगबहादुरले सिलगढीबाट कर्णेल कृष्णध्वज कुँवर
राणालाई आफ्नो फौज सहित हुम्ला जान आदेश दिइसकेका थिए । प्यूठानबाट पनि
कप्तान जबर कार्कीलाई भवानी बक्स कम्पनी र यसका हातहतियार लिएर कर्णेल
कृष्णध्वजको मद्दतका लागि हुम्ला जान अह्राइयो ।
त्यस क्रममा कप्तान जबरले
प्रधानमन्त्रीलाई लेखेको पत्रमा सबै सिपाही नयाँ भएको र बाली नपाकेकोले
खर्च खोज्न १०/१२ दिनको बिदा दिएको जाहेर गरेका थिए । सिपाहीहरूलाई आवश्यक
पर्ने रसदपानी प्यूठानबाटै लैजानुपर्ने हो या कर्णेल कृष्णध्वजबाट जोहो
हुन्छ भनेर उनले सोधेका थिए ।
जबरले प्यूठानमा रहेका युद्धका सबै
खरखजाना थोत्रा भइसकेको र एक जमदार, एक हुद्दा र सिपाही चार जवान थोत्रा
नाल र गोला बनाउन लागिपरेको उल्लेख गर्दै यिनलाई यतै छोड्ने कि लैजाने भनेर
जवाफ पनि मागेका छन् । बारुद धेरै पुरानो भएर कसिंगर र माटो जस्तो भइसकेको
भन्दै उनले यसैलाई केलाएर लैजाने तयारी गरेको लेखेका छन् । के–कसरी गर्ने
भन्नेमा शिक्षा पाऊँ भनेर कप्तान जबरले प्रधानमन्त्रीबाट निर्देशनको
अपेक्षा गरेका छन् ।
यसअघि कप्तान जुद्धवीर अधिकारीले पनि
प्रधानमन्त्री जंगबहादुरलाई पत्र लेखेका थिए । उनलाई पहिले मुस्ताङ जानु
भनिएको र त्यहाँ भन्दा हुम्लातिरै जान अह्राइएको पत्रबाट थाहा हुन्छ ।
जुद्धवीरलाई २०० नाल बन्दूक, गोली र कार्तोस १५० र जनही ९/९ का दरले खजाना
लिएर कर्णेल कृष्णध्वज राणासँग मिलेर काम गर्न हुम्ला जाने आदेश दिइएको
थियो ।
तर, २०० नाललाई जनही १५ गठ्ठाका हिसाबले
कार्तोस ३० हजार सिसा गोली चाहिने, जगेडा गोली भने १०/१५ हजार मात्र रहेको
व्यहोरा उनले जंगबहादुरलाई जानकारी गराएका छन् । नालमा मिल्ने गोली बनाउन
सिसा किन्ने रकम नभएकाले के गर्ने भनेर उनले सोधेका छन् ।
आफ्ना तैनाथ श्रीभवानी बक्स कम्पनीका
हातहतियार खरखजाना पीपा ली भाई कर्णेल कृष्णध्वज कुँवर राणाजीसँग सामेल भै
कर्णेलले लाया अह्राया बमोजिमको काम गरि हुमला जानु पन्र्या छ भन्या मर्जि
भैसिक्षा अर्ति आउँदा बहुत हर्ष लाग्यो सिक्षा अर्तिको सार्यत गरिराख्याछु
सिपाही सबै नञा हुनाले बालि नपाक्याको हुनाले खर्च खोजन भरी १०/१२ दिनको
विदादिराख्या छु. सामेल भयापछि हिड्न्या काम गर्छु. कम्पनीलाई रसद येहिवाट
हिडाई जानुपर्छ कि कर्णेल साहेव सगै वहि कोतजवीजले गन्र्या हो. औनिसानका
भन्या फर्दचुर्ण भै सकियाको छन् डाँठ मात्र छ कसो गन्र्या हो, प्युठानका
थोत्रा नाल गोली गोला बनाउन तंम्रा तैनाथको ज्मादार हुँदा सिपाही पठाउन
भन्या मर्जि भै दस्खत आउँदा सिर चह्राई ज्यामादार १ हुँदा १ सिपाही ४ जवान
जम्मा ६ माध्य प्युठान मेगजिनमा गोला बनाउन लागिरह्या छन्. यिनलाई ञाहि
छोड्न्या होकि लिईकन जान्या हो. कम्पनी सबैले जान्या होकी कोहि ञाहाँ
छोड्न्या हो. खरखजाना गठ्ठा पथ्थर तयारी गरि लैजानु भन्या लेखिबक्सनु भएछ
बारुद भन्या माटो काठ कसिङ्गर बरोबर छ. यहि बारुद केलाई उघर्याको बारुद
गठ्ठा पार्न लाग्याको छौ. आफुले आट्न नसक्याको कुरो सोधि हजुरमा विंती गरि
पठायाको येसै गर भन्या सेवक माथि अर्ति सिक्षा मेहेरमानगिरद्या सो वमोजिम
टहलमारहि काज गर्दा हुँ जो मर्जी.
साहिलाभाईसँग हाजिर भै मोस्ताङमा जानु
भन्या अघि लेखिपठायाको अब मोस्ताङ जानु पर्दैन. काम काजलाई अघि
लेख्याबमोजिम गरि चिठ्ठी पुग्नी बित्तीकै तैयारी २ सय जनालाई जनहि गोलि
समेत कार्तोस १५० र पथ्थर जनही ९/९ का हिसाबले चाहिन्या खजानासमेत लिई
श्रीकर्णेल भाई कृष्णध्वजकुँवर राणाजीसँग सामेल भै हुम्ला जान्या काम गर
भन्या इत्यादि लेखि आया बमोजिम २ सय नाललाई जनही १५ गठ्ठाका हिसाबले
कार्तोस ३००००। हजारलाई सिसा गोली चाहिन्या रहेछ. जगेरा गोली १०/१५ हजार
रहेछ फेसाली नालमा मिलन्या गोली बनाउन्या काम गरु कि भनि विनती चह्राई
पठायाको हो. सिसा खरिद गरि नाउन्या रुपैयाँको जगेरा छैन, सिसा गोलीलाई येसो
गर्नु भनि मर्जिबक्सीस् भैआया त्यो माफिक तैयारी गर्दा हुँ.
१९११ साल श्रावण वदि ३ रोज २ मुकाम प्युठान अड्डा शुभम्
युद्धका लागि केरुङतर्फ आवश्यक व्यवस्थापन गर्न प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँका जमदारलाई अह्राएका थिए।
शुरुमा चीनको विद्रोह शान्त पार्न नेपालबाट १० हजार गोर्खाली सैनिक लिएर जाने चर्चा व्यापक चल्यो ।
चीनका बादशाहबाट फौज पठाउनू वा नपठाउनू भन्ने कुनै खबर नआउँदै यहाँ श्री
३ जंगबहादुर राणाले भोटसँग युद्ध गर्ने तयारी देशव्यापी चलाइरहेका थिए ।
भोट जाने अघिल्लो मोहडामै पर्ने खासा, कुतीका नाकामा प्रशस्त रसदपानीको
जोहो गरियो । त्यहींबाट तिब्बतको व्यापारिक केन्द्र दिगर्चा, ल्हासासम्म
पुग्ने मूलबाटो पर्थ्याे ।
भोटमा अन्न जोहो गर्न सम्भव थिएन । कुती, केरुङ नाकामै ठूल्ठूला गोदाममा
रसद जम्मा गर्न सके त्यतैबाट भोट भित्रभित्रै पठाउन सजिलो पथ्र्यो ।
प्रधानमन्त्री जंगबहादुरले केरुङ नाकाका जमदार ऐमानसिंह खत्रीलाई पत्र
लेखेर त्यहाँ गर्नुपर्ने कामबारे अह्राए ।
उनले भोटमा नून साट्न चामल बोकेर जाने ढाक्रेहरूबाट सबै चामल किनेर
तिनलाई नगदबाटै नून किनाएर पठाउन, भारी बोक्ने घोडा, च्याङ्ग्रा, खच्चर,
चौंरी सक्दो भेला पार्न र त्यसको लगतबारे खबर गर्न भनेका थिए ।
यस्तै, अन्न एवं रसदपानी राख्ने गोदामघर बनाउन, पाएसम्मको अन्न
भुटी–पिसी गोदाममा थन्क्याउन निर्देशन दिंदै अन्न किन्न नगद पनि पठाइएको
थियो । ल्हासाबाट आएका चिठी खोलेर राजकाज सम्बन्धी र फारसी भाषाका भए
केन्द्रमा पठाउन र बेपारीका चिठी भए सहज रूपमा आउन–जान दिन चिठीमा आदेश
दिइएको थियो ।
भोटतर्फका सिमानाबाट बारुद, गोलीगट्ठा लगायत जङ्गी सामग्री बाहिर लैजान नदिन पनि सजग पारिएको थियो ।
उक्त चिठीको जवाफमा ऐमानसिंहले अहिले चामलको भारी बोकेर नून साट्न आउने
ढाक्रेहरूको चहलपहल त्यति नभएको, नून लिन आउने थोरै भरियाले पनि जगात
(वस्तु निकासी–पैठारी गर्दा दस्तुर तिर्ने ठाउँ) लाई पुग्ने मात्र चामल
ल्याएर नून किनेर लैजाने गरेको जानकारी गराएका थिए। प्रतिकात्मक चित्रकला । स्राेत : इम्गुर डटकम
उनले टिमुरे, स्याफ्रु जगातमा आएको चामल रोकिने, जङ्गी खजाना र आएका चिठी बुझेर रोकिने भन्दै प्रधानमन्त्रीलाई विश्वस्त पारेका छन् ।
भारी बोक्ने चौंरीबारे बुझन लाङटाङतिर सिपाही पठाएको र ती फर्केपछि यकिन संख्या अर्को चिठीमा लेख्ने ऐमानसिंहले उल्लेख गरेका छन् ।
युद्धको रसदपानी किन्न पठाइएको रु.५ हजारमध्ये रु.२ हजार नून किन्न
छुट्याएर बाँकी नगदले अन्न किन्ने र भुटाई–पिसाई राख्ने उनले पत्रमा जाहेर
गरेका छन् । उताबाट पठाइएको १२६ भारी युद्धसामग्री केरुङमा रहेका
कारिन्दाले बुझेर थन्क्याएका थिए ।
केरुङमा रहेका अफिसर सिपाहीहरूको काम लेखाजोखा गरी अदलाबदली (सरुवा)
गरिएको थियो । त्यहाँ तीन वटा ठूल्ठूला गोदामघर बनाउन कालिगडहरू खटिएका थिए
।
एउटा गोदामघर बनिसकेको थियो भने अर्कोको छाना छाउन मात्र बाँकी रहेको र तेस्रो बन्ने क्रममै रहेको ऐमानसिंहले अवगत गराएका छन् ।
युद्धमा जान सहज हुने गरी बाटो मर्मत गरेर फराकिलो पनि बनाइँदै थियो ।
वेत्रावती र त्रिशूलीमा साँघु बनाउनुपर्ने थियो । भेडा च्याङ्ग्रा बेच्न
आएका भोटेहरूलाई गोडधुवाको रकमीले सयकडा ५ रुपैयाँ दस्तुर लाग्ने भनेर
स्याफ्रुमा थुनेर राखेको उल्लेख गर्दै जमदार ऐमानसिंहले उक्त दस्तुर लाग्ने
हो या होइन भनेर प्रधानमन्त्रीसँग सोधेका थिए ।
केरुङबाट महीनामा दुई जना भोटे यता आई हालखबर बुझेर जाने गरेको गुह्य पनि उनले चिठीमा समेटेका थिए । श्रीमद् राजकुमार कुमारात्मज प्राइम्मिनिष्टरबाट जमदार अैमानसिं खत्रीके
हाम्रा सिमानाभित्र ताहाँका भारी बोक्न सक्न्या च्याङग्रा घोडा खच्चर
चौंरी गधाहा भेडा कतिसम्म पाइन्छन् तलास गरि यसको यतिसम्म छ भन्या नाउनमेसी
लेखि पठाउनु रसद राखन्या घर बनाउदा अबाटो गरि बनाउनु ल्हासा तर्फ आयागयाका
चिठ्ठी खोलि हेरि राजकाज अर्को ब्यहोरा लेखियाका चिठ्ठी र फार्सी चिठ्ठी
जो आउँछ जान्छ ति चिठ्ठी यहाँ पठाईदिनु महाजनी व्यहोराका चिठ्ठी आउन जान
दिनु, भोट तर्फका सिमानाबाट बारुद गोलीस चोरा जङ्गी खजाना कुनै कुरापनि
लैजान नपाउन्, ढाक्रायाहरूले चावललि भोटेसँग नून साट्न आया भन्या साट्न
नदिनु ताहाँका भाउले चावलआफूले किन्नु, नून बेच्न ल्यायाको नगद रुपैयाँले
खरिद गरि चावलले साट्न जान्या ढाक्रेहरूलाई बेचनु नगतले हाम्रा मानिसहरू
भोटसँग किन्दछन् भन्या किन्न दिनु, ताहाँका ढाक्रयाहरूले ल्याको चावल
किन्नु र नून किन्नलाई मोरु रुपैया २००० दुईहजार पठाई दियाको छ बुझिलिनु ति
रुपैयाँ सकियापछि याहाँलेखि पठाउनु र चाहिया माफिक पठाइदिन्या काम गरिएला
औं ताहाँ पाइयासम्मको रसद भुटाउन्या पिंधाउन्या कुरो पिधाउनू, अन्न काँचो
नराख्नू. श्रीप्राइम्मिनिष्टरका हजुरमा जमदार अैमानसिं राजमानसिंहरूले पठायाको
चावलको भारि ढक्रयाहरू नून साट्ने चल्याका छैनन्, १\२ आउनेले पनि
जगानीलाई बुझाउने सम्ममात्र ल्याउँदारह्या छन्. रुपैयाँले नून किनि
लैजान्छन्. टिमु्र्या जगातमा रह्याका जगातैमा चावलहरू आयाको रोकन्या जंगी
खजाना र आयागयाको चिठिपत्र मानिसका बुझवात गर्न्यै राखि छोड्छ । चौकिका
अर्थलाई लाङ्गटाङतिर सिपाइ पठायाका छन् आयाका छैनन्, पुग्नी मकात्र चौरिका
हिसाब लेखिहजुरमा चह्राई पठाउँला. चाैरिका गोरुभन्या वैसिको हुनिमात्र,
केरुंतर्फ विक्दारह्याछन्. १\२ भाका पनी नाक नछेडि भारिबोक्दो रहेछन्. नाक
छेड्न्या चलन भन्या हाम्रा मुलुकमा रहेनछन् भारि बोकन्या भेडा खसिमा १०००
हज्जार रह्याछन्. इनैका भारि बोकन्या सरा जाम स्मोत तथा एगि राख्नु भनि
राखेछु. ५००० हजार रुपैयाँ पठाइ दियाको छ आइपुग्ला बुझिले, २००० हजारको नून
किंन बाकि ताहा भयाका अन्न ताहा भयाका गहु कोदो जोछ भुटाउने कुरो भुटाउनु
पिसाउने कुरो पिसाउनु अन्न काचो नराख्नु लिन्या काम गर भन्या कृपा पत्र
आउँदा उनिलामा रोका गरी राखेछु रुपैयाँ आहा आई पुग्याको छैनन्. हवल्दार
कृतिध्वज खड्का १ सिपाहि जनौरानसिंह १ कृष्णवीर खतृ १ इ तीन जनालाई
नुवाकोटमा कारिगडलाई लाएर सिपाहिलाई खान्या रसद आहा पठाउनु भनि राष्याका
थियो. सिपाहिहरूका खर्चका रुपैयाँ ताहा सरल दमा लाउनु र तिमिहरू ३ जना ञाहा
आउ तिमिलाई बदला सिपाहि २ जना मैले पठायाको छ. ताहा रसदको काम ती सिपाईहरू
२ जनाले गर्नान्. तिमिहरू तीनै जना ञाहा आ भनि चिठ्ठी लेखि सिपाहि २ जना
पठाञा थ्य. ति सिपाईहरू २ जना नुवाकोटमा राखि त्यो हक्का र १ सिपाई २ जना
सहर्मा सयेल गर्छन् भन्या समाचार सुन्दछु. श्री ५ सरकारमा खर्चको रुपैयाको
बिन्ती गर्न पठायाको हुँदा सिपाहीलाई पनि ञाहाको काम हामी गरुला तिमिहरू
फर्काइ भनिहुँदा सिपाहिलाई फर्का पठाई दिएछन्, नुवाकोटमा वसी काम पनि
गर्दैन ञाहा पनि आउँदैनन् . हवल्दार चन्दबीर खवास १ लाई कारिगडलाई खान्या
रसदका रुपैयाँ पैसाको तहविल्दार गराई राखेछु, पट्टीका खरखटन पनि तेसैले
गर्दाछन्. ञाहाबाट आयाका असबाफ भारि १२६ ञाहा आईपुग्यो बुझिलि रसिद लेखि
दिपठाञा. मसँग भएका २ आमल्दार भन्या लेखन पढन जान्या सिपाहि सरहको
काजगर्नलाई बढियाछन्. काजमा नवसि हुदा सिपाहि यस्ता रह्याछन् भन्या केही
केही बुझिँदोरहेछन् चोभार बस्न्या सिपाहि खङ्गसिं थापा १ सवै कुराका
हुस्याहार रह्याछन् ताहाबाट ञायाको असबाफ भारिकात हविल्दारी काम इनैलाई
गराई राखेछु येस हुदाले भन्या ञाहा वस्न्या साह्रै गार्हाे मान्यो काज
गर्न्याले खान पाउन्याहुन्. लेखन्दासको कुरो र अघिल्ला अर्जिमा लेखि अह्राइ
पठायाथ्या जो मर्जि रसद राख्न्या गोदाम घरको अर्थलाई १ घर तयार भयो दोस्रो
घर ३\४ हात लामो १६ हात गज भयाको छाउन लागि रहाछु, सिद्धियाको छैन तेस्रो
घर १ निदाल बस्यो कर्मिवाट अलिक ढिल भैरहेछ, रसद ञाहा आईपुग्याका दिन घाम
पानी बरोबर लाग्न लागी रहेछ, काम पनि धमाधम चलिरहेछ, वेत्रावतीको साघु
त्रीशुलगंगाको साघु बाटो दोसाँधदेखि धैवुं सम्म नबनाई हुन्याछैन, यो पनि
बनाउँला केरुं बस्न्या भोट्या प्रा नेपाल तर्फ भेडा च्याङ्ग्रा बेच्न
आउन्यालाई गोडधुवाको रकमीले तिनिहरूलाई पनि फिआनाको दस्तुर सयकडा ५ रुपैयाँ
लाग्दछ भनि स्याफ्रुको साँघुमा थुनिराखेछ खेद भन्या कुरा ञाहाका भोटेहरू
कुरा गर्दा रह्याछन् भेडा बेच्न नेपाललै जान्छस् भन्या जा भोटतिर फर्कि
जान्छस् भने पनि जा भनि थुनि राखेछन्. यो दस्तुर लाग्न्याहो कि लाग्दैन जो
मर्जि, बोट्यरू भन्या केरुंतिर फर्कनान् भन्या जस्तो डबल छ. जगातीहरू र
ञाहाका भोटेहरू विम्वलकालाई गादिका रकम र गोडधुवा रकम अघिदेखि लाग्दैनथ्यो
भनि भन्दछन्. केरुंहाबाट मैन्हाका २ भोटे नेपाल सम्म आई हेर्चाह गरि
वुझ्वाज गरि फिर्न्या मामुली नै रहेछ. १९११ साल आश्वीन वदी ३० रोज, ६ शुभम्
थाइराइड रुद्र घण्टी ठीक तल भएको पुतली आकारको ग्रन्थी हो । थाइराइड
ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्दछ, जुन हाम्रो शरीरलाई नभई नहुने
चीज हो । थाइराइड हार्मोनले मावनशरीरको प्रत्येक कोषिकालाई काम गर्न ऊर्जा
दिन्छ । यसको सबै उमेरका मानिसलाई आवश्यकता पर्छ । थाइराइड ग्रन्थीको रोग
मुख्यतया चार प्रकारका हुन्छन्– हाइपोथाइराइडिज्म, हाइपरथाइराइडिज्म, गलगाड
र थाइराइड ग्रन्थीको गा“ठागु“ठी, जुन थाइराइड क्यान्सर पनि हुन सक्छ ।
हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्म रोग ‘छ कि छैन’ भनेर रगतमा थाइराइड
हार्मोन जा“च गराउ“दा थाहा हुन्छ भने गलगा“ड वा थाइराइड ग्रन्थीमा
गा“ठागु“ठी भए नभएको थाहा पाउन चिकित्सकले बिरामीको घा“टी छामेर वा थाइराइड
ग्रन्थीको भिडियो एक्सरे गरेर थाहा हुन्छ ।
हाइपोथाइराइडिज्म भनेको थाइराइड ग्रन्थीले थाइराइड हार्मोन कम उत्पादन
गर्ने रोगलाई भनिन्छ । थाइराइड रोगको ९५ प्रतिशतभन्दा बढी हिस्सा यसले
ओगटेको छ । बोलीचालीमा थाइराइड रोग यही हो ।
गर्भावस्थामा थाइराइड हार्मोन कमी भएमा सुस्त मनस्थितिको बालक जम्मन सक्छ भने बाल्यकालमा यसको कमी भएमा बामपुड्को हुन सक्छ ।
वयष्क महिला तथा पुरुषमा यसको कमी भएमा शरीर मोटाउ“दै जाने, थकाई बढी
लाग्ने, बल्ड पे्रसर बढ्ने, रगतमा बोसो बढ्ने, हातखुट्टा दुख्ने, कब्जियत
हुने, कपाल झर्ने, छाला सुख्खा हुने डिप्रेसन हुने आदि गराउँछ । महिलामा
महिनावारी गड्बढी गराउने, बाँझोपन गराउने र गर्भ तुहिने समस्या देखा पर्छ ।
थाइराइड हार्मोन बन्न आयोडिन आवश्यक पर्दछ र यो खानेकुराबाट प्राप्त हुन्छ ।
यदि खानेकुरामा आयोडिन कमी वा बढी भएमा हाइपोथाइराइडिज्मको प्रकोप बढ्छ ।
आयोडिनको मात्रा कमी भएमा थाइराइड ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्न
सक्दैन र हाइपोथाइराइडिज्म हुन्छ । यदि खानेकुरामा आयोडिनका मात्रा बढी
भएमा पनि यसले थाइराइड ग्रन्थीको अटोइमुनिटी बढाई हाइपोथाइराइडिज्म गराउँछ ।
तीन दशकअघिसम्म नेपालमा आयोडिन कमीले गलगा“ड र हाइपोथाइराइडिज्मको
प्रकोप थियो । नेपाल सरकारले आयोडिन कमीबाट हुने रोग न्यून गर्न
आयोडिनयुक्त नुनको मात्र प्रयोग गर्ने नीति लागू गरेपछि हाल नेपालमा आयोडिन
कमीले हुने गलगा“ड र हाइपोथाइराइडिज्मको प्रकोप उन्मूलन भइसकेको छ ।
अहिले देखिएको हाइपोथाइराइडिज्मको प्रमुख कारण अटोइमुन हो । विदेशमा गरिएको
अध्ययनले के देखाएको छ भने आयोडिन कमी भएको ठाउँमा यदि पछि गएर आयोडिनको
मात्रा बढी हुन गएमा त्यस ठाउँमा थाइराइड ग्रन्थीको अटोइमुनिटी बढ्न गई
हाइपोथाइराइडिज्मका बिरामी संख्यामा वृद्धि हुन्छ ।
सरकारले भर्खरै गरेको अध्ययनअनुसार अहिले नेपालमा आयोडिनको मात्रा
चाहिनेभन्दा बढी भइसकेको छ । हाल नेपालमा हाइपोथाइराइडिज्मका बिरामी
बढ्नुमा यो प्रमुख कारण हुन सक्छ । जनमानसमा थाइराइड रोग हुन नदिन वा
भइसकेकाले बन्दाकोभी, मुला आदि बार्नुपर्छ भन्ने गलत सोच छ ।
हाइपोथाइराइडिज्मका कारण थाइराइड ग्रन्थीको अटोइमुनिटी हुनाले बरु खानामा
नुनको मात्रा कम गरी शरीरमा आयोडिनको मात्रा नियन्त्रण गर्न सके राम्रो
हुन्छ । तर, खानेकुरा बारेर वा योग गरेर यो रोग नियन्त्रण गर्न सकि“दैन ।
अर्को बिरामीले बुझ्नुपर्ने के छ भने हाइपोथाइराइडिज्म भनेको थाइराइड
ग्रन्थीले थाइराइड हार्मोन कम उत्पादन गर्ने रोग हो । त्यसैले बिरामीले
नियमित जीवनभर औषधि प्रयोग गर्नुपर्छ ।
थाइराइड हार्मोन बन्न आयोडिन आवश्यक पर्छ । आयोडिन कमी वा बढी भएमा हाइपोथाइराइडिज्मको प्रकोप बढ्छ । आयोडिन कमी भएमा थाइराइड हार्मोन उत्पादन हुन सक्दैन र हाइपोथाइराइडिज्म हुन सक्छ
हामीले प्रयोग गर्ने औषधि केवल थाइराइड हार्मोन हुनाले यसले थाइराइड हार्मोन पूर्ति मात्र गर्दछ ।
तर, थाइराइड ग्रन्थीको अटोइमुनिटीलाई केही नगर्ने हुनाले हाइपोथाइराइडिज्म
भएका बिरामीले नियमित रगतमा थाइराइड हार्मोन जा“च गराइ रिपोर्टअनुसार
औषधिको मात्रा मिलाउनुपर्छ । यो रोगको जोखिम बालकदेखि ज्येष्ठ नागरिक र
गर्भावस्थामा पनि हुनाले रोग शंका लागेमा रगतमा थाइराइड हार्मोनको जा“च
गराउनुपर्छ ।
थाइराइड ग्रन्थीले थाइराइड हार्मोन बढी उत्पादन गर्ने रोगलाई
हाइपरथाइराइडिज्म भनिन्छ । हाइपरथाइराइडिज्म रोग भएका बिरामीलाई शरीर
दुब्लाउ“दै जाने, रिस बढी उठ्ने, पसिना बढी आउने, मुटुको धड्कन तेज हुने,
आँखा बाहिर निस्कने र दिसा बढी लाग्नेजस्ता लक्षण देखिन्छन् ।
हाइपरथाइराइडिज्म रोग हाइपोथाइराइडिज्मको दाँजोमा धेरै कम बिरामीमा
देखिन्छ । यो रोग लागेका बिरामीले करिब ढेडदेखि दुई वर्षसम्म नियमित औषधि
सेवन गरे ५० प्रतिशत बिरामीमा यो रोग निको हुन्छ भने औषधि सेवनबाट निको
नभएका बिरामीमा रेडियो एकिटभ आयोडिन वा थाइराइड ग्रन्थीको शल्यक्रिया गरी
उपचार गरिन्छ । जब थाइराइड ग्रन्थीको आकार ठूलो हुन्छ । त्यसलाई नै गलगा“ड
भनिन्छ । थाइराइड हार्मोन बन्न आयोडिन आवश्यक पर्छ ।
यदि खानामा आयोडिन कमी भएमा थाइराइड ग्रन्थीले धेरै काम गर्नु परेर यो
ग्रन्थीको आकार ठूलो भएर गलगा“ड आउँछ । त्यसैले तीन दशकअघिसम्म नेपालमा
करिब आधा जनसंख्यामा गलगा“डको प्रकोप थियो । तर, आयोडिनयुक्त नुनको मात्र
प्रयोग नीति लागूपछि नेपालमा आयोडिनको कमी उन्मूलन भई हाल गलगा“ड आएका
बिरामी विरलै भेटिन्छन् ।
थाइराइडमा आउने गा“ठाग“ठी साधारणतया ९० प्रतिशतभन्दा बढीले स्वास्थ्यलाई
केही हानि नगर्ने हुनाले यस्ता गा“ठागुठीलाई केही नगर्दा पनि हुन्छ । तर,
करिब १० प्रतिशत थाइराइड ग्रन्थीको क्यान्सर हुन सक्छ । त्यसैले थाइराइड
ग्रन्थीमा गा“ठागुठी देखिएमा चिकित्सककहा“ गएर क्यान्सर हो कि होइन,
छुट्याउनुपर्छ ।
यदि क्यान्सर हो भने शल्यक्रिया गरी रोग निदान गर्नुपर्छ । थाइराइडमा
भएको गा“ठागुठीको आकार छोटो समयमै बढ्छ । बिरामीको स्वर बस्ने, घा“टीमा
खाना निल्न र श्वास फेर्न गाह्रो हुने गराउँछ भने त्यो थाइराइड क्यान्सरको
लक्षण हुन सक्छ ।
त्यसैले सबै बिरामीले आफूलाई कस्तो प्रकारको थाइराइड रोग लागेको हो,
सम्बन्धित चिकित्सकसँग राम्रोसँग बुझेर त्यसैअनुसार थाइराइड रोग उपचार
गनुपर्दछ किनभने एउटै थाइराइड ग्रन्थीमा फरक– फरक प्रकारका रोग लागेको हुन
सक्छ र फरक रोगअनुसार उपचार पद्धति पनि फरक हुन्छ ।
काठमाडौँ, १४ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको
मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ
।
आर्थिक वर्ष २०७५-७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको
७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये
२५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ
। यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको
निर्माण सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यका मेट्रोरेल अन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २०
किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना–सातदोबाटो र
नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया
अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ
। चीन सरकारको सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन
सम्पन्न भएको छ ।
पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया
अघि बढेको सर्वेक्षणमा उल्लेख छ । भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौँ
रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची–महाकाली रेलमार्गको
लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत
अध्ययन सम्पन्न भएको जनाइएको छ ।रासस
https://www.karobardaily.com/news/economy/19844 खाँचो नीतिगत फड्कोको, तयारी भने वितरणमुखी
आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटले नीतिगत फड्को मार्न सक्नुपर्ने
भएपनि वितरणमुखी बनाउन लागेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका
छन् । सरकारले लिएको दोहोरो आर्थिक दरको लक्ष्य हासिल गर्नका लागि सरकारले
नीतिगत फड्को मार्नुपर्ने भएपनि उचित व्यवस्थापनबिनै वितरणमुखी बजेटमा
ध्यान केन्द्रित गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । दुईतिहाईको
सरकारपछि बनेको पहिलो बजेटको सफल कार्यान्वयन हुनसक्ने अवस्था नरहेको तथा
यसमा नीतिगत फडको मार्ने गरी बजेट नल्याएपनि दोस्रोमा त्यसको आशा गरेपनि
उचित व्यवस्थापन र प्रभावकारिताको अध्ययन नगरी वितरणमुखी बजेटमै ध्यान
केन्द्रित गरिएको उनीहरूको भनाइ छ ।
दुईतिहाई
सरकारले ‘सिग्नेचर परियोजना’को सुरुवातका साथै ठूला पूर्वाधारहरूको विशेष
प्राथमिकतामा उनीहरूको जोड छ । विकास, आन्तरिक तथा बाह्य लगानीका लागि
नियन्त्रणभन्दा पारदर्शी व्यवस्थापन, दोहोरो आर्थिक वृद्धिदरको लक्ष्य
हासिलका ठूलोभन्दा पनि थेग्न सक्ने बजेट विनियोजन, बढी करभन्दा राजस्व
संकलन तथा करको दायरालगायतमा नीतिगत फड्कोको आवश्यकता अर्थशास्त्रीहरूले
देखेका छन् । “चुनाव जितेको सरकारसँग एउटा सिग्नेचर परियोजना हुनुपर्छ र
त्यो सुरु गर्नुपर्छ तर अहिले सरकारले त्यस्तो तयारी गरेको देखिँदैन,”
अर्थशास्त्री डा. विश्व पौडेल भन्छन्, “भविष्यसम्म भार पर्ने गरी सामाजिक
सुरक्षाका भत्ताहरूको वितरणमा पुनरावलोकन गर्नुपर्छ, हुने र नहुनेहरूबीचलाई
एउटैमा राखेर यस्तो वितरण गर्नुहुँदैन ।” उनी सरकारको नीति तथा
कार्यक्रमले पोषण, निर्यात प्रवद्र्धन जस्ता महत्वपूर्ण विषयलाई कम
प्राथमिकता दिएको बताउँछन् । हाल सरकारले वृद्धभत्ता ५ सयदेखि १ हजार
रुपैयाँसम्म बढाउने तयारी गरेको छ । १ हजार भत्ता बढाउँदा करिब १७ अर्ब
बराबरको थप भार पर्नेछ । अर्थशास्त्रीहरूले वृद्धभत्ता सुरु गरेको २५ वर्ष
भएकोले यसको मोडालिटिलाई पनि पुनरावलोकन गरेर सबैलाई दिनुको सट्टा
वास्तविकलाई दिनुपर्ने र सांसदहरूलाई बाँड्दै आएको रकमलाई हटाएर प्रदेश र
स्थानीय तहलाई बलियो बनाउनुपर्ने उनीहरूको तर्क छ । चालू वर्षमा
सरकारले १३ खर्ब १५ अर्ब बराबरको बजेट ल्याएकोमा राजस्वबाट ९ खर्ब ४५ अर्ब
उठाउने लक्ष्य राखेको थियो तर अर्थ मन्त्रालयले मध्यावधि समीक्षामा बजेट
तथा राजस्व लक्ष्य दुवै घटाएका छन् । त्यसैगरी सरकारले ३ खर्ब १४ अर्बको
विकास खर्चमध्ये आइतबारसम्म ४३.३४ प्रतिशत मात्र खर्च भएको महालेखा
नियन्त्रकको कार्यालयले जनाएको छ । विकास खर्च नहुने पुरानै रोग चालू
आर्थिक वर्षमा पनि दोहोरिएको तथा राजस्व संकलनको अवस्था पनि नाजुक भएतापनि
चालू आर्थिक वर्षमा ६.८१ प्रतिशतले आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक
विभागले जनाएको छ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको विश्लेषणमा
दोहोरो आर्थिक वृद्धिदरको आधारमा १६ देखि १७ खर्बको बजेट आवश्यक पर्ने
देखिए पनि चालू वर्षको खर्च र राजस्व संकलन, बजेट बढाउँदा कर वृद्धि गरेर
पर्ने प्रभाव लगायतका कारणले १५ खर्बसम्मको बजेट उपयुक्त हुने बताउँछन् ।
अहिले पनि प्रतिसयमा ३५ रुपैयाँ बजेटको चुहावट हुने गरेकोले यसलाई
न्यूनीकरण गर्नुपर्ने बताउँदै उनले पुनरावलोकन, पुनर्वितरण, पुनर्मूल्य,
पुनः बचत र पुनःलगानी जस्ता करका आधारभूत कुरामा ध्यान दिनुपर्ने बताए ।
“नीतिगत फड्को मार्ने गरि बजेट आउनुपर्छ जसले राष्ट्रिय पुँजीलाई आधार
बनाएर वैदेशिक लगानीलाई सहायक पुँजीको रुपमा अगाडि बढ्उनसक्र्छ,” उनले भने ।
छिमेकी राष्ट्र भारतले चुनावअगाडि अस्थायी बजेट ल्याएर अघि बढेकोले भारतले
पूरक बजेट ल्याउनसक्ने तथा यसले नेपालमा पनि पूरक बजेट ल्याउनुपर्ने
अवस्था आउनसक्ने उनले बताए ।
१० महिनामा ११ खर्ब ७८ अर्बको आयात हुँदा मुलुकबाट ७८ अर्ब ५३ करोड ३९ रुपैयाँको स्वदेशी वस्तु निर्यात भएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २
खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै
गएकाले पेट्रोलियम पदार्थ सवैभन्दा धेरै आयात भएको हो । मुलुकमा आयात
हुनेमा सवैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक
गरेको तथ्यांकअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको
पेट्रोलियम पदार्थ आयात भएको छ । बढ्दो विलासीताले सवारी साधनको प्रयोग
बढेसँगै बजारमा इन्धन खपत बृद्धि हुँदै गएको हो । १० महिनामा ११ खर्ब ७८
अर्बको आयात हुँदा मुलुकबाट ७८ अर्ब ५३ करोड ३९ रुपैयाँको स्वदेशी वस्तु
निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयातमा
पहिलो स्थानमा पेट्रोलियम पदार्थ र दोस्रोमा फलाम तथा स्टील रहेको छ । १
खर्ब १९ अर्ब ८६ करोड ७५ लाख रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । यस्तै
१ खर्ब ५५ करोडको मेसिनरी उपकरण तथा पार्टपुर्जा, ७७ अर्बको सवारीसाधन, ७२
अर्ब ८३ करोडको विद्युतीय उपकरण, ४४ अर्बको खाद्यान्न (चामल, गहुँ, मकै),
२४ अर्बको तरकारी, १७ अर्ब १४ करोडको फलाम तथा स्टिलका उपकरण र १५ अर्ब ४६
करोडको फलफूल आयात भएको विभागको तथ्यांक छ ।
चालू
आवको १० महिनामा कुल वैदेशिक व्यापार घाटा ११ खर्ब पुगेको छ । अघिल्लो ९
महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब थियो । एक महिनाको अवधिमा व्यापार
घाटा १ खर्ब ७ अर्ब ८१ करोड ६७ लाख रुपैयाँले वृद्धि भएको छ । आयात
वृद्धिको तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा चुलिएको हो । भन्सार
विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा नेपालले विभिन्न मुलुकसँग १२
खर्ब ५६ अर्ब ६७ करोड ३४ लाखको वैदेशिक व्यापार गरेको छ । नेपालले झन्डै १
सय ५५ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । यसमध्ये ४८ मुलुकमा नेपालले
कुनै पनि वस्तु निर्यात गर्दैन । ती मुलुकबाट आयात मात्रै गर्छ । त्यस्तै १
सय ५५ मुलुकमध्ये १० मुलकसँग मात्रै नेपालले निर्यातसम्बन्धी कारोबार
गर्दै आएको छ । भारतसँग १० महिनाको अवधिमा नेपालले ७ खर्ब ६१ अर्बको आयात र
५० अर्बको निर्यात गरेको छ । भारतसँग मात्रै यस अवधिमा ७ खर्ब ११ अर्बको
व्यापार घाटा छ । यसैगरी १० महिनामा चीनसँग १ खर्ब ६९ अर्बको आयात र १ अर्ब
७८ करोडको वस्तु निर्यात भएको छ । १० महिनाको अवधिमा चीनसँग १ खर्ब ६८
अर्ब ४३ करोड व्यापार घाटा छ । चालू वर्षको १० महिनामा ७८ अर्ब ५३ करोड
३९ रुपैयाँको नेपाली वस्तु निर्यात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो
वर्षको १० महिनाको तुलनामा यस वर्ष १७.८४ प्रतिशतले निर्यातमा वृद्धि भएको
छ । अघिल्लो वर्ष यही अवधिमा ६६ अर्ब ६४ करोड ५६ लाख रुपैयाँको नेपाली
वस्तु भारतसहित तेस्रो मुलुक निर्यात भएको थियो । पछिल्लो १० महिनामा १८
अर्ब ७९ करोड ४६ लाख रुपैयाँको नेपाली वस्तु निर्यात भएका छन् । १०
महिनाको अवधिमा सबैभन्दा बढी ८ अर्ब ९७ करोड ८६ लाख रुपैयाँको वनस्पति तथा
जैविक घिउ निर्यात भएको छ । यसपछि टेक्सटाइलको कच्चा पदार्थ ८ अर्ब २१
करोड, कफी तथा चिया ६ अर्ब ८६ करोड, कार्पेट ६ अर्ब ३६ करोेड तथा फलाम र
स्टिल ५ अर्ब १८ करोडको निर्यात भएको छ । यस्तै तामाका भाडावर्तन १ अर्ब ८
करोडको निर्यात भएको छ । निर्यात वृद्धि गर्न सरकारले अनुदानमा
प्रोत्साहन दिँदै आएको छ । प्रोत्साहन दिएर पनि निर्यात वृद्धि हुन सकेको
छैन । सरकारले चालू वर्षको चैतसम्म निर्यात प्रोत्साहन अनुदानको नाममा २३
करोड ९० लाख रुपैयाँ वितरण गरिसकेको छ । नेपाल राष्ट्र बैंकले जारी
गरेको चालू वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा प्रतिवेदन अनुसार गत
वर्षको चैतसम्म निर्यात अनुदानमा २१ करोड १४ लाख रुपैयाँ खर्च भएको थियो ।
२०६८-६९ देखि हालसम्म निर्यात अनुदानका लागि १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ
खर्च भएको थियो ।
नेपालगञ्ज । नेपालमा भारतीय खानेतेल प्रतिबन्धित भए पनि
नेपालगञ्ज बजारमा यसको खुलेआम विक्री हुँदै आएको छ । भारतीय खानेतेल नेपाली
बजारमा अवैध रूपमा विक्रीवितरण हुन थालेपछि आर्थिक वर्ष २०७४/७५ देखि
सरकारले नै यसमा प्रतिबन्ध लगाएको हो । तर नेपालगञ्ज भन्सार हुँदै परीक्षण र
चेकजाँच विना यसको अवैध पैठारी भइरहेको छ ।
भारतीय ब्रान्डका चक्र, तुलसी, जय भारत, सनलाइट, टेक्टर र बैलकोलु,
सनमुन, फर्च्युन, तड्का लगायत खानेतेल बजारमा देखिएका छन् । सीमावर्ती
भारतीय बजार रुपैडिहाबाट तस्करहरूले ठूलो मात्रामा अखाद्य भारतीय ब्रान्डका
तेल नेपाल भित्र्याउन थालेका छन् ।
नेपालगञ्जका किराना व्यवसायी प्रदीप वर्माका अनुसार सामान बोक्ने
(क्यारिङ) व्यक्तिलाई तस्करहरूले प्रतिलिटर रू. १० का दरले दिने गरेका छन् ।
‘दैनिक करीब २ हजार लिटरसम्म अखाद्य तेल अवैध रूपमा नेपाल भित्रिरहेको छ,’
उनले भने । भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती
रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्ने गर्न थालेको रुपैडिहाका
कपडा व्यवसायी सुमित चौरसियाले बताए ।
भारतबाट भित्रिने खानेतेलमा अत्यधिक मिसावट हुने गरेकाले प्रशासनले यसको
अवैध पैठारी तत्काल रोक्नुपर्नेमा बाँके नेपालगञ्ज–१ का विश्वप्रकाश
शर्माले जोड दिए ।
प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् ।
‘खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरूले भारतीय खानेतेल ल्याएर
विक्रीवितरण गर्दा नेपालका तेल उद्योग समस्यामा परेका परे,’ नेपाल उद्योग
वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने । सस्तो
मूल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको विक्री घटेको छ ।
गुणस्तरहीन भारतीय खानेतेल आयातमा लगाइएको प्रतिबन्ध कडा बनाउनुपर्ने
नेपालगञ्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायाले बताइन् ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने खानेतेलको
चेकजाँचका लागि प्रविधि र आफूहरूलाई त्यसको अधिकार पनि नभएको बताए ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य
खानेतेल भित्रिनु गम्भीर विषय भएको बताउँदै यसको आयातमा पूर्णरूपमा रोक
लगाइने प्रतिबद्धता व्यक्त गरे ।
गोरखा – डाक्टर
खेमराज भट्टराई नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ । जैविक विविधिताका
विषयमा विद्यावारिधी गर्नुभएका उहाँले २४ वर्ष निजामति सेवामा बिताउनुभयो ।
विसं २०४८ सालमा वैज्ञानिक अधिकृतको रुपमा
सेवा प्रवेश गर्नुभएका भट्टराईले जागिरको सबैजसो समय वनस्पती विभाग
अन्तर्गतका विभिन्न निकायमा बिताउनुभयो । नेपालको जैविक विविधता र यसको
सम्भावनाबारे गहिरो अध्ययन गर्नुभएका कारण उहाँलाई लाग्थ्यो, विभागमै हुँदा
नेपालमा जडिबुटी खेतीको व्यवसायीकरणका लागि धेरै काम गर्न सकिन्छ ।
तर सबै कुरा उहाँले सोचे र चाहे जस्तो हुन
सकेन । ‘चाहे अनुसारको काम गर्न म आफ्नो सही चल्ने ठाउँमा पुग्नुपर्थ्यो,
त्यो भनेको वनस्पति विभागको महानिर्देशक हो ।’ भट्टराईले भन्नुभयो, ‘तर
क्षमता हुँदा हुँदै मभन्दा जुनियरलाई महानिर्देशक बनाइयो ।’
विभागको महानिर्देशक हुने र नेपालको
जडिबुटी खेतीलाई नयाँ दिशा दिने वर्षौँदेखिको योजना पूरा नहुने जस्तो
लागेपछि उहाँले जागिरबाट राजीनामा दिनुभयो । ‘अलिअलि चित्त पनि दुख्यो,
त्यसपछि नेपालमा बस्नै मन लागेन, क्याम्पसतिर पढाउँछु र उतै बस्छु भनेर
क्यानडातिर लागेँ’ उहाँ भन्नुहुन्छ, ‘क्यानडामा पनि दुई वर्षभन्दा बढी बस्न
सकिनँ, त्यहाँ पनि आत्मसन्तुष्टि र आत्मसम्मान नपाएपछि फेरि नेपाल फर्किएँ
।’
नेपालमा प्राकृतिक रुपमै उम्रने जडिबुटीको
थोरै व्यवसाय गर्न सके मात्रै पनि देशको अर्थतन्त्रले कोल्टे फेर्न सक्छ
भन्ने विश्वास छँदै थियो, त्यसलाई व्यवहारिक रुपमै सिद्ध गर्ने अठोटसहित
भट्टराई जडिबुटीको व्यवसायिक खेती गर्ने टुंगोमा पुग्नुभयो । पोखरा
कास्कीकोटमा जन्मनुभएका भट्टराईलाई जडिबुटीको लतले नै गोरखा ल्याइपुर्यायो
।
‘नेपालमा विश्वभरका सबै देशमा हुने
हावापानी पाइन्छ, त्यसमा पनि गोरखामा तराइ, पहाड र हिमाली तीनै प्रकारको
वातावरण छ’ भट्टराईले भन्नुभयो, ‘मर्स्याङ्दी किनार माथितिरको भूभाग
जडिबुटीका लागि हावापानीका हिसाबले उत्तम भएकाले यतै आइयो ।’ साथीहरु
मणीध्वज जोशी, रामहरी सुवेदी र भगवती मैनालीसँग मिलेर व्यवसायिक जडिबुटी
खेती गर्ने गरी जन्म भयो, गोरखा अर्गानिक हर्वल फर्म प्रालि ।
काठमाण्डौमा दर्ता भएको यो कम्पनीले गोरखा
नगरपालिका वडा नम्बर १४ देउरालीको गोर्बुङ गाउँमा जडिबुटी खेती सुरु गरेको
एक वर्षमात्रै भएको छ । ‘नेपाललाई जडिबुटीमा आत्मनिर्भर बनाउने र
भारतलगायत देशबाट हुने आयात प्रतिस्थापन गर्ने हाम्रो अभियान हो’ एक सय
रोपनी भन्दा बढी क्षेत्रमा फैलिएको फार्मको डिलमा उभिएर डाक्टर भट्टराईले
भन्नुभयो, ‘यो हाम्रो अभियान हो, हामी मात्रैले त सक्दैनौँ, कम्तीमा हाम्रो
खेती हेरेर अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उद्धेश्य हो ।’
कस्तो छ फार्म ?
गोरखा अर्गानिक प्रालिले गोर्बुङ गाउँमा
डेढ शय रोपनी जग्गामा ९० प्रकारका जडिबुटी खेती गरेको छ । फार्ममा हाम्रो
पाखापखेरामा पाइने रुदिलो र भृङ्गीराजदेखि विश्वमै सबैभन्दा बढी मूल्यमा
बिक्री हुने अगार उडसम्मका जडिबुटी छन् । ‘विश्वकै महंगो वनस्पति भए पनि
अगार उडको पर्याप्त खेती हुन सकेको छैन’ विश्व बजारमा प्रतिकिलो ५० लाख
नेपाली रुपैयाँभन्दा बढी मूल्य पर्ने महंगो वनस्पतिको विशेषता बताउँदै
भट्टराईले भन्नुभयो, ‘अहिले विश्व बजारमा मागको ३० देखि ४० प्रतिशत मात्रै
आपूर्ति भएको छ, एउटा नेपालीले ५ बोट मात्रै यो विरुवा लगाउने हो भने
यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’
नेपाली बजारमा एउटा बेर्नाको ७ देखि ८ सय
रुपैयाँ पर्ने भए पनि उहाँले भने असामबाट डेढ सय रुपैयाँसम्ममा १ हजार
बिरुवा ल्याउनुभएको छ । ‘एउटा रुख ३० देखि ४० मिटरसम्मको हुन्छ, रोपेको ८
वर्षमा उत्पादन दिन्छ’ अगार उडको उपयोगिता बताउँदै उहाँ भन्नुहुन्छ, ‘यो
विरुवाको बोक्रा धुप बनाउन र भित्रको काठ अत्तर बनाउन प्रयोग हुन्छ ।’
गोरखा अर्गानिक फार्ममा सुन्दा अनौठा
लाग्ने अरु थुप्रै जडिबुटीको पनि खेती गरिएको छ । ६८ प्रकारको एन्टी
अक्सिडेन्टयुक्त वनस्पति मोरिङ्गा अर्थात् सितलचिनीदेखि अत्यधिक पोषकतत्व
पाइने चियासिढका विरुवा यहाँ हुर्किरहेका छन् । क्यान्सर किलरको रुपमा
चिनिने सावर सप
Is Soursop a Cancer Killer 10,000 times Stronger Than Chemotherapy?
देखि वरिपरीको माटोलाई समेत मलिलो बनाइदिने करन्ज नामका
जडिबुटी कम्तीमा ५ वर्षमा हुर्कने छन् । यतिमात्रै होइन, हामीले झारपात
भनेर बेवास्ता गरेका जडिबुटीको पनि भट्टराईको फार्मले ब्यवसायिक खेती गरेको
छ ।
‘हामी बाटैभरी लज्जावती झार देख्छौँ खासै
वास्ता पनि गर्दैनौँ नि, रक्तस्रावदेखि मुटुसम्बन्धी रोगको औषधी यसैबाट
बन्छ’ खेतका कान्लाकान्लामा पाइने भृङ्गीराजबारे भट्टराईले भन्नुभयो,
‘जण्डिससम्बन्धी औषधी बन्ने यही झारबाट हो ।’ यसबाहेक फार्ममा तुलसी, नीम,
अमला, दुधेझार, पुननर्वा, एलोभेला, सिमली, पारिजात, अश्वगन्धा, दालचिनी
लगायतका जडिबुटी लगाइएको छ । एक वर्षको बीचमा फार्ममा ४ करोड रुपैयाँ लगानी
गरिसक्नु भएका भट्टराई अझै लगानी बढाउने तयारीमा हुनुहुन्छ ।
देउरालीकै मस्र्याङ्दी किनारमा भने भाडामा
एक सय रोपनी जग्गा लिएर त्यहीँको हावापानी सुहाउँदो जडिबुटी लगाउने उहाँको
सोच छ । ‘सबै विरुवा हुर्केर प्रतिफल लिन ५ वर्ष जति लाग्छ’ भट्टराईले
ढुक्कका साथ भन्नुभयो, ‘५ वर्षसम्म धैर्य गर्नुपर्छ, बजारको त चिन्तै छैन
।’ एक सय भन्दा बढी आयुर्वेदिक औषधि उत्पादन गर्ने गोरखा आयुर्वेद कम्पनीका
पनि भट्टराई साझेदारमध्ये एक हुनुहुन्छ ।
अहिले यो कम्पनीले अधिकांश जडिबुटी
भारतबाट ल्याउने गरेको छ । उसले खपत गर्नेमध्ये ९० प्रतिशत जडिबुटी आफ्नो
फार्मबाट उपलब्ध गराउने भट्टराईको लक्ष्य छ । ‘एकातिर भारतबाट बढी मूल्यमा
आयात गर्नुपर्ने बाध्यता पनि हट्यो, मेरो उत्पादनले बजार पनि पायो ।’
उहाँले भन्नुभयो ।
चुनौती पनि उत्तिकै
गएको मंसिरमा फार्ममा उत्पादित केही
जडिबुटी बिक्रीका लागि गोरखा बजारमा रहेको आयुर्वेद कम्पनीमा लैजाने क्रममा
बाटैमा प्रहरीले समात्यो । प्रहरीले पूर्जी माग्यो, तर पूर्जी थिएन । ‘म
मात्रै होइन, जिल्लाभरका जडिबुटी उत्पादक किसानको पहिलो चुनौती यही हो’
भट्टराई भन्नुहुन्छ, ‘जबसम्म अन्य कृषि उपज सरह जडिबुटीलाई पनि मान्यता
दिइन्न, यस्तो समस्या आइरहन्छ ।’ त्यसका लागि वन नियमावलीमा विद्यमान
व्यवस्था संशोधन गरी जडिबुटीलाई पनि कृृषि उपज सरह मान्यता दिनुपर्ने
उहाँको भनाइ छ ।
यस्तै देशमा भित्रने अर्बौँको जडिबुटीको
माग देशभित्रैको उत्पादनले धान्न सक्ने भए पनि यो अनुसारको योजना नभएको
उहाँले बताउनुभयो । ‘गएको वर्षकै तथ्याङ्क हेर्दा पनि हामीले ११ अर्ब ६५
करोड रुपैयाँको जडिबुटी आयात गरेका छौँ, तर निर्यातचाहिँ १ अर्ब ३४ करोड
रुपैयाँकामात्रै’ उहाँले भन्नुभयो, ‘सरकारले थोरै नीतिगत व्यवस्था मात्रै
गर्ने हो भने हामी आयातलाई शून्य मै झार्न सक्छौँ ।’ जडिबुटी खेतीमा अनुदान
उपलब्ध नभएको, बीमा हुन नसकेको विषयमा पनि भट्टराईको चित्त दुखाइ छ ।
भट्टराइको गोरखा अर्गानिक फार्मले पनि
अधिकांश जडिबुटीको विरुवा भारतबाट ल्याएको छ । माटो परीक्षण पनि सहज नभएको
उहाँको गुनासो छ । ‘यति गरेर खेती सुरु गरे पनि किसानलाई प्रोत्साहित गर्न
अनुदान, मल बिउको व्यवस्था पनि छैन’ भट्टराईले भन्नुभयो, ‘जडीबुटी खेतीमा
लागेकालाई कसैले वास्ता गरेको छैन ।’ यसबारे गोरखा नगरपालिकादेखि गण्डकी
प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि चासो नदिएको भट्टराईको
दुखेसो छ । भट्टराई भन्नुहुन्छ, ‘उहाँहरुले गर्नुहोला भनेर कुर्यो भने
समय बित्छ, त्यसैले आफैँले सुरु गरियो ।’ यो फार्मलाई जडिबुटी खेती गर्न
चाहनेहरुको स्रोत केन्द्रको रुपमा विकास गर्ने पनि भट्टराईको लक्ष्य छ ।
अनलाइनखबर २०७६ जेठ ७ गते १९:१७ मा प्रकाशित 96 प्रतिक्रिया
७ जेठ, काठमाडौं । मंगलबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारढ सांसद नेकपाका सांसद अमनलाल मोदीसँग भनाभन भयो ।
सांसद मोदीले भ्रष्टाचारी भएको आरोप लगाए । जवाफमा घिसिङले भ्रष्टाचार गरेको प्रमाणित गरे झुण्डिएर मर्न तयार रहेको चेतावनी दिए ।
सांसद मोदीले प्राधिकरणको आयोजनामा असहयोग गरेको घिसिङको प्रत्यारोप थियो । ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकिएका छैनौं,’ उनले भने ।
सांसद मोदीले भने लोडसेडिङ अन्त्य गरेको जस लिँदै विद्युत प्राधिकरणमा भ्रष्टाचार गरेको आरोप कुलमानमाथि लगाएका थिए । उनले भनेका थिए, ‘२५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरिएको छ । आफ्ना विद्युत गृहबाट उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ । त्रिशुली ३ बी सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ? उहाँको दम्भ बढ्दै गएको छ ।’
के हो विवादको चुरो ?
सत्तारुढ नेकपा सांसद मोदीको कुलमानप्रति आक्रोशको तार भने कटहरी सबस्टेसनसँग जोडिएको विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् । विद्युत प्राधिकरणले मोरङको कटहरीमा सबस्टेसन निर्माण गरेको दुई महिना बढी भयो ।
तर, दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।
‘असहयोग भएमा यो क्षेत्रमा फोर्स लोडसेडिङ हुने जानकारी गराएको थिएँ । तर उहाँले धम्क्याउने भन्दै लेखा समितिमा देखाउने’ चेतावनी दिनुभएको थियो,’ कुलमानले भने ।
२०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका थिए । त्यसकै रिस पोख्न मोदीले स्थानीयलाई परिचालन गराएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणको छ ।
स्थानीयको अवरोधका कारणले गर्दा दुहवीबाट सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए ।
‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन,’ सिंहले भन्छन्, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।’
प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । तर, पोलमा साढे तीन किलोमिटर तार तान्न सकिएको छैन ।
सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् ।
ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले हालै मात्र तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, उनले मानेका छैनन् । प्राधिकरण स्रोत भन्छ, ‘केही समयअघि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तमा प्रमुख जिल्ला अधिकारीकै अघि सांसद मोदीले ५ लाख रुपैयाँ पाए अवरोध हटाउन सघाउने बताएका थिए ।’
हेर्नुहोस् लेखा समितिमा कुलमानको अभिव्यक्ति
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी भने अवरोध हटाउन पहल गरेको तर, सफल नभएको स्वीकार गरे ।
उनले संघीय सांसद मोदी र प्रवेश सांसद विजय विश्वासलाई पनि यो स्थानमा अवरोध हटाउनका लागि सहजीकरण गर्न अनुरोध गरिएको बताए । ‘तर, माननीयहरुले पनि त्यति सहजीकरण गरिदिनुभएन,’ उनले भने, ‘काम रोकिएको रोकियै छ ।’
स्थानीय उद्योगी व्यवसायीले भने सबस्टेसन संचालन गर्नुपर्ने दबाव दिएका छन् । सबस्टेशन चार्ज हुन नसकेको विषयमा प्राधिकरण प्रमुख कुलमानले पनि नेकपा सांसद मोदीसँग कुरा गरेका रहेछन् ।
एक महिना अगाडि अर्थ मन्त्रालयको प्राङ्गणमा भेट हुँदा आफूले आयोजनाका लागि अवरोध हटाउन आग्रह गरेको घिसिङले बताए ।
‘प्राधिकरणविरुद्ध कोशी कोरिडोर लगायतका योजनामा लेखा समितिमा उजुरी छ । अहिले जनताले नपत्याए पनि उहाँको नियत सही छैन,’ सांसद मोदी ।
‘असहयोग भएमा यो क्षेत्रमा फोर्स लोडसेडिङ हुने जानकारी गराएको थिएँ । तर उहाँले धम्क्याउने भन्दै लेखा समितिमा देखाउने’ चेतावनी दिनुभएको थियो,’ प्राधिकरण प्रमुख कुलमानले भने ।
सम्झाएको थिएँ : मोदी
सांसद मोदीले भने प्राधिकरणले स्थानीयको चित्त बुझाउने गरी सेटलमेन्ट गर्नुपर्ने बताएका छन् । कसरी सेटलमेन्ट गर्ने भन्नेमा चाहिँ उनले कुनै दृष्टिकोण राखेनन् ।
‘प्रशासनमा भएको छलफलमा पनि मैले स्थानीय जनताको माग सुनुवाई हुनुपर्ने बताएको हुँ । तर, ५ लाख रुपैयाँ मागेको कुरा झुट्टा हो,’ मोदीले भने ।
महालेखाले उठाएको प्रश्न आफूले उठाएको भन्दै उनले अहिले छानविन भइरहेको भनेर उम्किन नमिल्ने बताए ।
‘प्राधिकरणविरुद्ध कोशी कोरिडोर लगायतका योजनामा लेखा समितिमा उजुरी छ । अहिले जनताले नपत्याए पनि उहाँको नियत सही छैन,’ उनले अनलाइनखबरसँग भने । अर्थ मन्त्रालयको प्राङ्गणमा घिसिङसँग वादविवाद भएको उनले स्वीकार गरे ।
‘उहाँले काम रोकिए सो क्षेत्रमा लोडसेडिङ गर्छु भन्नु भएको हो, मैले बेलुकी फोन गरेर त्यस्तो कुरा किन गर्नुभयो भनेर सोधेको थिएँ,’ मोदीले भने, ‘सांसदको लेखा समितिमा प्राधिकरणविरुद्ध उजुरी छन् भनेर सम्झाएको थिएँ ।’
उनले कुनै समय आफूले लोकमान सिंह कार्की विरुद्ध आवाज उठाउँदा जनताले नपत्याएको भन्दै आफूले कुलमान विरुद्ध पनि पहिलो पटक बोलेको बताए ।
कागतीको
रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै
महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल
निकै उपयोगी हुन्छ । कागती खेतीको लागी हावापानी ?
बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र
तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को
हावापानीमा यसको खेती गर्न सकिन्छ । कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ ?
सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ । कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ ?
जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त
प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै
भन्दा उपयुक्त हुन्छ। कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो ?
व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ । जग्गाको छनौट ?
पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ । कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ ?
कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने । खाडल कहिले खन्ने ?
बैशाख महिना भित्र । खाडल कहिले भर्ने ?
जेठ महिना भित्र । विरुवा कहिले रोप्ने ?
आषाढ महिनामा। मलखादको प्रयोग कति गर्नु पर्छ ?
प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ । कागतीको कस्तो जात छनौट गर्नु पर्छ ?
ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने । कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ ?
४० देखि ५० बर्ष सम्म। कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ ?
माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ । सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने ?
पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ । वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ ?
१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने । मलखाद दिने तरिका के हो ?
विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ । कागती विरुवालाई काँटछाँट गर्ने विधि के हो ?
विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ । कागतीको फल टिप्न उपयुक्त समय के हो ?
विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ । कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन ?
कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा,
कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन । कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने ?
कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न
डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने । कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने ?
कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र
चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा
मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति
लिटर पानीमा मिसाई छर्ने । कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने ?
कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने । कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने ?
कागतीको मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि.प्रति लिटर पानीमा झोल बनाई छर्ने । कागतीमा लाग्ने रोगहरु कुन कुन हुन ?
कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन । कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो ?
कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने,
हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३
ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा
पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने । (वरिष्ठ कृषि विज्ञ राजेन्द्र देवकोटाको सहयोगमा) तपाईहरुलाई यस
बारे जिज्ञासा भएमा कमेन्ट गर्न सक्नुहुन्छ । हामि तपाईको जिज्ञासा लाई
विज्ञको सहयोग लिई प्रतिक्रिया दिने छौं ।