Wednesday, August 2, 2017

पर्यटन, कृषि र हाइड्रोबाटै फेरिन्छ मुहार

पत्र पत्रिका बाट  -साभार 

http://rajdhanidaily.com/2017/06/06/36679/


केशवराज पौडेल

सुनकोसी र इन्द्रावती नदीमा ड्याम बाँधेर कृत्रिम तालसँगै ५ सय ३६ मेगावाट विद्युत्् उत्पादनलाई जिल्लाको भविष्य फेर्ने आशा काभ्रेवासीको छ । सुनकोसी तथा इन्द्रावती नदीको जलाशययुक्त विद्युत् आयोजनाबाट ५ सय ३६ मेगावाट विद्युत् उत्पादन हुन सक्ने प्रारम्भिक सम्भाव्यता अध्ययनबाट देखिएको हुँदा परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउन काभ्रेका दलहरू सकारात्मक देखिएका छन् । यसबाट जिल्लावासी उत्साहित छन् ।
नेकपा एमाले काभ्रेले स्थानीय तहको निर्वाचनमा आफ्नो घोषणापत्रमा सुनकोसी तथा इन्द्रावती नदीको जलाशययुक्त विद्युत् आयोजनालाई अगाडि बढाउन पहिलो प्राथमिकतामा  राखेको छ ।
सांसद विदुर सापकोटा, पूर्वसभासद् कृष्णप्रसाद सापकोटा, नेकपा एमाले काभ्रेका पूर्वअध्यक्ष गोकुल बाँस्कोटा, मण्डन, देउपुर नगरपालिकाका प्रमुख एवं एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले यो परियोजना जिल्लाको विकासको मेरुदण्डका रूपमा लिएर त्यसलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
काभ्रे जलविद्युत् उत्पादनमा निकै अगाडि छ । खोपासी जलविद्युत् केन्द्रको पूर्ण क्षमतामा सञ्चालन, डाँडापारि, कोसीपारि, रोशीलगायत जिल्लाका दुर्गम क्षेत्रमा स्थापना भएका लघु जलविद्युत्हरूको मर्मत, सम्भार तथा विस्तार र केन्द्रीय प्रसारण लाइन विस्तार जिल्लालाई औद्योगिक रूपमा अघि बढाउने औजारहरू हुन् । काभ्रेको विकासमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्लाको विकासमा छुट्टै योजना बनाएर समृद्धिको सपना बोकेका छन् ।
काभ्रे जिल्ला राजधानीसँगै जोडिएको विकसित रूपमा हेरिए पनि यहाँ समृद्धिका प्रशस्तै सम्भावना छन् । सम्भावनाका बीचमा अवसरको खोजीमा काभ्रे यतिबेला हिँडेको छ । १३ वटा स्थानीय तहमा बाँडिएको काभ्रेपलाञ्चोकमा २ सय १५ किलोमिटर कालोपत्रे, ४ सय २५ किलोमिटर ग्राभेलसहित ५ हजार किलोमिटरभन्दा लामो सडक सञ्जालबाट साबिकका ८२ गाविसमा मोटरबाटो पुगेको छ । तर जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका केन्द्र बाह्रै महिना चल्ने कालोपत्रे सडकको अभाव छ । जिल्लामा कालोपत्रे सडक विस्तारसमेत गर्न नसक्ने दलहरू भने राजधानीदेखि जिल्ला सदरमुकामसम्म जोडिने ६ लेनको सडकलाई दोलालघाटसम्म विस्तारको रटान दिइरहेका छन् । जिल्लामा सातवटा मोटरेबल पुल, ३५ वटा कजवे, १ सय २५ वटा झोलुंगे पुल, सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, बर्थिंङ सेन्टर लगायतका पूर्वाधारहरू निर्माण भएका छन् । तर तिनीहरूमा नियमित रूपमा स्वास्थ्यकर्मी भने पुग्न  सकेका छैनन् ।
काभ्रेमा कम्तीमा १ हजार सिट क्षमताको एक सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको सपना जिल्लावासीको छ । प्रत्येक नगरपालिकामा एकएक वटा नगर सभागृह तथा बहुद्देश्यीय कभर्ड हल निर्माण, हरेक वडामा व्यवस्थित खेलमैदान निर्माण हुनेमा युवापुस्ता आशावादी छन् । स्थानीय जनप्रतिनिधिले अब यसको विस्तृत खाका ल्याउनुपर्नेछ ।

भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरूहरूको व्यवस्थित पुनर्निर्माण, नगर÷गाउँस्तरीय विपद् व्यवस्थापन कोष स्थापना युवाहरूको सपना हो । नयाँ बन्ने निजी तथा सार्वजनिक भवनहरू भूकम्पप्रतिरोधी बनाउन सचेतनात्मक कार्यक्रमहरू स्थानीय तहवाट हुने आशा आम नागरिकको छ ।
काभ्रे दूध र तरकारीको राजधानी हो । तर बिचौलियाको मारमा काभ्रेका किसानहरू परेका छन् । सिँचाइको अभावलाई चिरेर रगत सिञ्चन गरेर उत्पादन गरेको तरकारीको भाउ आमकिसानले पाउन सकेका छैनन् । सुनकोसी, इन्द्रावती तथा रोशी नदीबाट पानी लिफ्ट गरी क्रमशः पाँचखाल, मण्डन र भकुन्डे उपत्यकामा खानेपानी तथा सिँचाइको आवश्यकता पूरा हुने हो भने जनता समृद्धि धेरै टाडा छैन् । जिल्लामा खेतीयोग्य भूमिहरूमा सिँचाइ सुविधा विस्तारका लागि दिगो स्रोतहरूको पहिचान तथा विकास आवश्यक रहे पनि विकासे निकाय मौन छन् । जिल्लामा उत्पादन हुने तरकारीहरूको सामूहिक बिक्रीवितरणका लागि संकलन केन्द्रहरू, सामूहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरूमा साझा सुविधा केन्द्र, लघु साना तथा घरेलु उद्योगहरूवाट उत्पादित सामान बिक्रीवितरणका लागि बिक्री कक्ष स्थापना र सञ्चालन किसानका  आवाज हुन् ।

काभ्रे दूध र तरकारीको राजधानी हो । तर बिचौलियाको मारमा काभ्रेका किसान परेका छन् । सि“चाइको अभावलाई चिरेर रगत सिञ्चन गरेर उत्पादन गरेको तरकारीको आमकिसानले उचित भाउ पाउन सकेका छैनन् । सुनकोसी, इन्द्रावती तथा रोशी नदीबाट पानी लिफ्ट गरी क्रमशः पा“चखाल, मण्डन र भकुन्डे उपत्यकामा खानेपानी तथा सि“चाइको आवश्यकता पूरा हुने हो भने जनता समृद्धिबाट धेरै टाढा छैनन्

भूकम्पवाट क्षति भए पनि ओझेलमा परेको जिल्ला हो काभ्रे । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको व्यवस्थित पुनर्निर्माणको कार्य अगाडि बढ्न नसक्दा अब काभ्रेलाई भूकम्प प्रतिरोधी बनाउने अभियान आवश्यक रहेको छ ।  प्रदेश नंम्बर ३ को राजधानीको प्रस्तावका विषय उद्योग वाणिज्य संघले चलाए पनि दलहरू सक्रिय रूपमा त्यो विषयमा केन्द्रित हुन सकेका छैनन् । घर बनाउने निर्माण सामग्रीको आयातको मुख्य हिंसा काभ्रेको छ । ढुंगाखानी, क्रसर उद्योग, नदीजन्य सामग्रीलगायतका स्थानीय तहका आन्तरिक आय बढाउने आधार भए पनि त्यो मुठीभरका व्यक्तिहरूमा निहित छ । उनीहरूको मनोमानीले जिल्लाको सडकलाई ध्वस्त मात्रै पारेको छैन, राजस्वसमेत छलिरहेका छन् । यसलाई चिरेर अघि बढ्न दूरगामी भिजन भएका नेतृत्व काभ्रेले पर्खिरहेको छ ।
काभ्रेलाई चिनाउने मुख्य आधार तरकारी हो । तर कृषकहरूको लागि भण्डारण गर्ने ठाउँको अभाव छ । कृषिजन्य उत्पादनहरूको सुरक्षित भण्डारणका लागि पनौती, नाला, पाँचखाल, भकुण्डे तथा मण्डन क्षेत्रमा शीत भण्डार तथा कृषि बहुद्देश्यीय सेवा भवन आवश्यक रहे पनि सरोकारवाला निकाय मौन छन् । टोलबस्तीहरूमा दुग्ध संकलन केन्द्र तथा प्रत्येक वडामा दुग्ध चिस्यान केन्द्रहरूको स्थापना र स्तरोन्नति कृषकहरूको सपना मात्रै बन्ने गरेको छ । दूध, फुल र मासुमा आत्मनिर्भरको बाटोमा लम्किएको काभ्रे समृद्धिको खोजीमा छ ।
जिल्लाको खासगरी तेमाल क्षेत्रमा उत्पादन हुने मूल्यवान् बोधीचित्तमालाको संरक्षण, विकास, विस्तार र सुरक्षित बजारीकरण भए करोडौं रुपैयाँ जिल्लामै भित्रिन्छ ।

पर्यटनमा अथाह सम्भावना

ऐतिहासिक, धार्मिक तथा पुराताŒिवक सम्पदाहरूको संग्रहालय नै हो काभ्रे । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित गराउने सम्पदा काभ्रेमा धेरै छन् । धुलिखेल, पलाञ्चोक, नमोबुद्ध, बेथानचोक, सुलीकोट क्षेत्रमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन आजको आवश्यकता हो । पनौती, नमोबुद्ध, पलाञ्चोक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सके नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा जिल्ला विकास हुन्छ । त्यसका केही प्रयाससमेत सुरु भएका छन् । सुनकोसीमा ¥याफ्टिङ, फिसिङ, रक क्लाइम्बिङ, कुशादेवीमा प्याराग्लाइडिङको सफल परीक्षण भएका छन् ।
काभ्रेमा पर्यटक भिœयाउन सक्ने अर्काे थलो तेमाल क्षेत्र हो । तेमाल क्षेत्रमा तामाङ सांस्कृतिक संग्रहालय स्थापना गर्ने सके विश्वका पर्यटक सिधै नेपालमा आउँछन् । काभ्रेमा रहेका लोपोन्मुख हायू, माझी, पहरी, दनुवार समुदायको संस्कृतिको जगेर्नाका लागि उनीहरूको बाहुल्य रहेको क्षेत्रमा संग्रहालय तथा सांस्कृतिक प्रदर्शन केन्द्रहरू स्थापना मात्रै गर्न सके पर्यटक उत्तिकै लोभिन्छन् ।
जिल्लामा पर्यटन सम्भावित क्षेत्रहरूमा पर्यटकीय मार्ग, साइक्लिङ रुट, भ्यु टावरहरू, होमस्टे प्रवद्र्धन, कृत्रिम ताल, मनोरञ्जन पार्कहरू पूर्वाधार हुन् । नेपालकै उत्कृष्ट नगरकोटबाट धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्म व्यवस्थित पर्यटकीय मार्गमा आवश्यक रहेको भनेको शौचालय, विश्रामस्थल, सूचनापाटी, पर्यटकीय नक्सा, अतिथि गृहहरू नै हुन् । त्यस्तै, जिल्लाको नगरकोट र धुलिखेलमा रहेका होटलहरूले पर्यटकलाई सेवा दिएका छन् ।

राजधानीको वैकल्पिक सहर

काठमाडांैको विकल्पका रूपमा काभ्रेका सहरहरू उत्तम हुन सक्छन् । सूर्यविनायकसम्म बढेको ६ लेनको सडक खेलसम्म विस्तार हुनेबित्तिकै काभ्रेका ६ वटा नगरपालिका नै राजधानीको विकल्पको सहर हुन सक्छन् । अस्पताल, विश्वविद्यालय, सफा खानेपानीका कारण काभ्रेका नगरहरूमा धेरैको आकर्षण बढेको छ । काठमाडौंसँग सीधा र सस्तो यातायातका कारण राजधानीको वैकल्पिक सहरका रूपमा काभ्रे अघि बढेको छ ।
सम्भावना नै सम्भावना भए पनि काभ्रेमा विकासको रफ्तार सुस्त छ । राजधानीमा हुने अपराधमा काभ्रेका युवा मुछिने, वैदेशिक रोजगारमा धेरै जाने, अझै पनि सबै गाउँमा सडक सञ्जाल पुग्न नसक्नु काभ्रेको दुर्भाग्य हो ।
केन्द्रीय राजनीतिमा काभ्रेबाट कुनै पनि दलको नेतृत्व हुन नसक्नु काभ्रेलाई विकासको मूलधारबाट अलग्याउने तŒव हुन् । केयू, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, पाँचखालको उर्वराभूमि, तेमाल, महाभारत, कोसीपारि, रोशी, सुनकोसी, धुलिखेल सौन्दर्य, पनौतीको ऐतिहासिक धरोहर, बनेपाको व्यापार, डाँडापारिका प्राकृतिक स्रोतले काभ्रेलाई विश्व मानचित्रमा निरन्तर चिनाइरहेका छन् ।

No comments:

Post a Comment