Thursday, August 3, 2017

आयल निगम प्रमुख खड्काले भने-कुलमानको भन्दा अप्ठेरो काम गर्दैछु

पत्र पत्रिका बाट  -साभार  

http://www.onlinekhabar.com/2017/08/614814/
अनलाइनखबर



१९ साउन, काठमाडौं । नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले आफूले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले भन्दा अप्ठेरो काम गरिरहेको बताएका छन् ।
बिहीबार जग्गा खरिदको घोटाला प्रकरणका विषयमा काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै खड्काले अध्याँरो हटाउनभन्दा भारतबाट तेल ल्याएर वितरणा गर्न अप्ठेरो भएको दावी गरे ।
‘सबै कुलमान ज्युलाई अध्याँरो हटाएको भनेर प्रशंसा गर्छन् । यो काम त त्योभन्दा गाह्रो छ’ खड्काले भने,’सडकमार्गबाट तेल र ग्यास ल्याउने विषय सजिलो छैन । अध्याँरो हटाउने भन्दा  यो काम कठिन छ ।’
खड्का अहिले निगमको भण्डारण केन्द्रको जग्गा खरिद गर्ने प्रकरणमा मुछिएका छन् । उनले ९० दिनको भण्डारण क्षमता पुर्‍याउन जग्गा किनिएको प्रष्टीकरण दिँदै भ्रष्टाचारको आरोपको खण्डन गरे ।
‘सबै प्रक्रिया पुर्‍याएका छौं । जग्गा खरिदमा टेण्डर हाल्नेहरुबीच विवाद भएको भए हामीलाई थाहा छैन’ खड्काले भने,’हामीले पारदर्शी रुपमा विद्युतीय बिडिङ गरेर जग्गा किनेका हौं ।
उनले ३६ वर्ष आफूले सडक विभागमा बसेर टेण्डरको काम गरेको भन्दै आफू यसबारे जानकार रहेको बताए । खड्काले अन्य ४ स्थानमा पनि जग्गा किन्न तयारी भइरहेको बताए ।
प्राविधिक र आर्थिक रुपमा सही ठहरिएका जग्गा मात्रै किनिएको बताउँदै खड्काले सञ्चारमाध्यमले एकतर्फी रुपमा गलत समाचार सम्प्रेशण गरेको आरोप पनि लगाए ।
‘हाम्रो प्राविधिक टोलीले सही भनेको जग्गा नै किनेका हौं’ खड्काले भने, ‘कम मूल्यमा परेको टेण्डर नै स्वीकृत भएकोहो । त्यहाँको चलनचल्ती कै दररेटमा जग्गा किनेका छौं ।’
२०७४ साउन १९ गते १५:०८ मा प्रकाशित

No comments:

Post a Comment