Saturday, August 5, 2017

कुन रक्तसमूहलाई सबैभन्दा दुर्लभ मानिन्छ र किन?

पत्र पत्रिका बाट  -साभार       https://npnepalnews.com/2017/08/06/6288


तपाईँले आफ्नो जीवनमा कम्तीमा एक पटक त रक्तदान गर्नुभएकै होला। गर्नुभएको भए, फलफूलको जुसको साथै ‘नेपाल रेडक्रस सोसाइटी’ले तपाईँलाई एक प्रमाणपत्र पनि दिएकै होला, जसमा तपाईँको रक्तसमूह देखाइएको हुन्छ। अझसम्म रक्तदान गर्ने मौका पाउनुभएको छैन अथवा डर लाग्छ भने नडराउनुहोस्, रक्तदान भनेकै जीवनदान हो र रक्तदान गर्दा तपाईँ आफैले अनेकौँ फाइदाहरू पाउन सक्नुहुन्छ।
यदि तपाईँको रक्तसमूह AB छ भने तपाईँ युनिक हुनुहुन्छ, वास्तवमा तपाईँको नसा-नसामा संसारकै सबैभन्दा दुर्लभ रगत बगिरहेको छ।blood
व्यक्तिको रक्तसमूह के कुराले निर्धारण गर्दछ?
“हाम्रो शरीरमा हाम्रा पूर्वजहरूको जीन छ र त्यसैले नै हाम्रो रक्तसमूह निर्धारण गर्दछ।”, अमेरिकी रक्तविशेषज्ञ ‘डा. लेजली सिल्वरस्टाइन’ भन्छन्- “रातो रक्तकोषको सतहमा प्रोटिनको पत्र रहेको हुन्छ, जसमा रक्तसमूहको बारेमा जानकारी हुन्छ र हामीले ल्याबमा त्यसैलाई पत्ता लगाउने कोशिस गर्छौँ। त्यसैले यस्ता कोषको सतहमा के जानकारी रहेको हुन्छ भन्ने कुराले नै रक्तसमूह अनि कस्तो बिरामीलाई कुन रगत मिल्छ भनेर बोध गराउँदछ।”
कुन रगत किन दुर्लभ छ भनेर बुझ्नुभन्दा पहिला यसको आधारभूत कुराहरू जान्नु आवश्यक हुन्छ। सबै रगतमा प्रमुख आधारभूत तत्वहरू हुन्छन्: रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटिलेट्स र प्लाज्मा।Why AB Blood Group is so Rare 4501513
रक्तकोष
रातो रक्तकोष, जुन हाडभित्रको मासीबाट बन्छ, यसले शरीरभरी अक्सिजन पुर्याउने काम गर्छ। प्रत्येक २ थोपा रगतमा, अञ्दाजी १ अर्व रातो रक्तकोष समाहित हुन्छ। रातो रक्तकोषको सङ्ख्या दुवै प्लेटिलेट्स (जसले घाउ तथा चोटपटक लाग्दा रगत जमाउँछ) र सेतो रक्तोकोष (जसले शरीरलाई विभिन्न कीटाणु तथा ब्याक्टेरियाबाट बचाउँछ)को सङ्ख्याभन्दा अधिक हुन्छ। हरेक ६०० रातो रक्तकोषमा केवल ४० प्लेटिलेट्स र १ सेतो रक्तकोष रहेको हुन्छ।
रातो रक्तकोषको सतहमा, सिल्वरस्टाइन भन्छन्, प्रोटिन रहेको हुन्छ जुनसँग कार्बोहाइड्रेट पनि टाँस्सिएको हुन्छ। यहि प्रोटिन र कार्बोहाइड्रेटको पत्रले त्यो रक्तकोष हाम्रै शरीरको हो भनेर सूचीत गराउँदछ। यी अतिसूक्ष्म सूचक, जसलाई ‘एण्टिजेन्स’ (Antigens) भनिन्छ, यसलाई साधारणतया ८ वटा आधारभूत रक्तसमूहमा विभाजन गरिएको छ: A, B, AB र O अनि हरेकको आ-आफ्नै ‘पोजिटिभ’ र ‘नेगेटिभ’ प्रकार हुन्छ।YOUR-BLOOD-TYPE-REVEALS-MUCH-ABOUT-HEALTH
कुनै व्यक्तिको रगतलाई माइक्रोस्कोपमा राखेर हेर्दा, त्यसमा फरक-फरक किसिमको विविधता देख्न सकिन्छ। प्रारम्भिक २०औँ शताब्दीमा, एक अष्ट्रियन वैज्ञानिक ‘कार्ल ल्याण्डस्टाइनर’ले सोहि विविधताका अनुसार रगतलाई विभाजन गरेका थिए। ल्याण्डस्टाइनरले रातो रक्तकोषको सतहमा दुईवटा मूख्य रसायनिक अणुहरू फेला पारेका थिए। उनले एक अणुलाई ‘A’ नाम दिए भने अर्कोलाई ‘B’ नाम दिए।
रक्तसमूह A – रातो रक्तकोषको सतहमा केवल ‘A‘ प्रकारका अणुहरू हुन्छन्।
रक्तसमूह B – रातो रक्तकोषको सतहमा केवल ‘B‘ प्रकारका अणुहरू हुन्छन्।
रक्तसमूह AB – रातो रक्तकोषको सतहमा ‘A‘ र ‘B‘ दुवै प्रकारका अणुहरूको मिश्रण हुन्छ।
रक्तसमूह O – रातो रक्तकोषको सतहमा कुनैपनि प्रकारको अणु हुँदैन।
कुनै विशेष एण्टिजेनको उपस्थिति र अनुपस्थितिको आधारमा यी प्रत्येक रक्तसमूहलाई दुई-दुई प्रकारमा विभाजन गर्न सकिन्छ: ‘पोजिटिभ‘ यानिकी एण्टिजेनको उपस्थिति र ‘नेगेटिभ‘ यानिकी एण्टिजेनको अनुपस्थिति।
कुनै व्यक्तिको रगतमा भएका यस्ता एण्टिजेनहरूको उपस्थिति र अनुपस्थितिले कुनै अर्को व्यक्तिमा सो रगत राख्दा प्रतिरोध गर्छ या गर्दैन भन्ने कुरालाई निर्धारण गर्दछ। कुनै बिरामीलाई अमिल्दो रक्तसमूह दिइयो भने उसको शरीरले खतरनाक प्रतिक्रिया दिन्छ। उसको रगतमा भएको प्रतिरोध प्रणालीले बाहिरबाट आएका रक्तकोषको अपरिचित एण्टिजेनलाई विरोध गर्दछ र आक्रमण गरेर नष्ट गरिदिन्छ। उदाहरणको लागि, रक्तसमूह B भएको बिरामीलाई रक्तसमूह A भएको रगत दिने हो भने, उसको शरीरले त्यस बाह्य रगतलाई नष्ट गर्नको लागि प्रतिरोध क्षमता विकास गर्न थाल्दछ। अनि अमिल्दो बाह्य रगतलाई मुटुमा प्रवेश गर्न नदिनको लागि रक्तनसाहरू टालिदिन्छ, जसको कारण व्यक्तिको मृत्युसमेत हुन सक्छ।
त्यसैले रक्तदान गर्दा बिरामीको रक्तसमूह र दाताको रक्तसमूह मिल्दो हुनुपर्छ। यसमा हेलचेक्र्याइँ गर्ने कुरा नै उठ्दैन। अमिल्दो रगत दिएमा बिरामीको ज्यान जान सक्छ। यदि आकस्मिक अवस्थाको सृजना भएमा बिरामीलाई ‘O‘ समूहको रगत दिन सकिन्छ, किनभने ‘O‘ समूहलाई सबै रक्तसमूहले स्वीकार गर्दछ। तथापी, यसको पनि खतरा भने आफ्नै ठाउँमा छ।Why AB Blood Group is so Rare 21310413
‘स्टानफोर्ड स्कूल अफ मेडिसिन’का अनुसार, विश्वको जनसङ्ख्यामा विभिन्न रक्तसमूह भएका निम्न प्रतिशत मानिसहरू रहेका छन्:-
O-positive: ३७.४ प्रतिशत
O-negative: ६.६ प्रतिशत
A-positive: ३५.७ प्रतिशत
A-negative: ६.३ प्रतिशत
B-positive: ८.५ प्रतिशत
B-negative: १.५ प्रतिशत
AB-positive: ३.४ प्रतिशत
AB-negative: ०.६ प्रतिशत
सबैभन्दा दर्लभ रक्तसमूह
कुन रक्तसमूह सबैभन्दा बढि पाइन्छ अनि कुन दर्लभ हुन्छ भन्ने कुरा व्यक्तिले आफ्नो परिवारबाट पाएको जीनमा भर पर्छ।
A रक्तसमूह हुनेहरूले कि दुवै अभिभावकबाट A जीन पाएको हुन सक्छ कि चाहिँ एकबाट A र अर्कोबाट O पाएको हुन सक्छ। B रक्तसमूह हुनेहरूमा पनि यस्तै प्रक्रियाबाट B जीन आएको हुन सक्छ। O रक्तसमूह हुनेहरूले दुवै अभिभावकबाट O जीन प्राप्त गरेको हुन्छ।
तथापी, AB रक्तसमूह हुनको लागि दुवै अभिभावकबाट एक विशिष्ट किसिमको संयोजन हुनुपर्दछ: एकबाट A र अर्कोबाट B, जुन हुनसक्ने सम्भावना अरूभन्दा एकदमै कमी हुन्छ। त्यसकारण नै AB रक्तसमूहलाई सबैभन्दा दुर्लभ रक्तसमूह मानिन्छ।Why AB Blood Group is so Rare 34359813 यसरी दुर्लभ रक्तसमूह हुनुको पनि आफ्नै फाइदा छ: AB-positive रक्तसमूह हुनेहरूले जुनसुकै रक्तसमूहबाट पनि रगत लिन सक्दछन्, त्यसैले उनीहरूलाई ‘विश्वव्यापी प्रापक’ (Universal Recipients) भनिन्छ। र यदि कोहि प्रापक होइन बरु ‘दाता’ बन्न चाहन्छ भने उसको शरीरमा O-negative रगत बगेको हुनुपर्छ, जसलाई ‘विश्वव्यापी दाता’ (Universal Donors) भनिन्छ।
रक्तसमूह र व्यक्तिको व्यवहारिक गुण
मनोवैज्ञानिकहरू के पनि विश्वास गर्छन् भन्दा व्यक्तिको रक्तसमूहले उसको व्यक्तित्व र व्यवहारिक गुणको बारेमा पनि सूचना दिइरहेको हुन्छ।
A समूह हुनेहरू शान्त र विश्वासिलो स्वभावका हुन्छन्।
B समूह हुनेहरू रचनात्मक र उत्साहि हुन्छन्।
AB समूह हुनेहरू भावनात्मक र विचाराधीन हुन्छन्।
O समूह हुनेहरू उत्कृष्ट नेतृत्व लिन सक्ने हुन्छन्।
अन्त्यमा, जसको जे-सुकै रक्तसमूह भएपनि, रगत भनेको व्यक्तिको जीवन हो, र (सुरक्षित) रक्तदान भनेको नै जीवनदान हो। त्यसैले यदि तपाईँलाई रगतको अत्यन्तै जरुरी छ भने अरूसँग माग्न नडराउनुहोस् र कसैलाई आवश्यक छ भने दिन पनि नहिच्किचाउनुहोस्। Source= Nepali Headlines

No comments:

Post a Comment