Tuesday, August 31, 2010

जातीय आधारको संघियता´ मेरो दृष्टिमा

संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल

काठमाडौं, (दैनिकी)

नेपालमा संबिधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय अग्राधिकार भएको १४ स्वायत्त प्रदेशको अवधारणासहितको प्रारम्भिक प्रतिवेदन हालै संविधानसभा समक्ष बुझाएको छ । सो प्रस्ताव प्रति राजनैतिक दल, नागरिक समाज र देश विदेशमा रहेका सम्पूर्ण नेपाली बीच व्यापक चर्चा, बहस र ध्रुवीकरण बढ्दो छ |

इतिहास हेर्ने हो भने शाह बंशको उदय पश्चात नेपालमा २४० बर्ष भन्दा लामो समयदेखि केन्द्रकृत र केहि उच्च भनिने जातिहरुको एकाधिकारवादी राष्ट्रवादमा आधारित एकात्मक राज्य प्रणाली रही आएको छ | सोहि कारण सीमान्तकृत, उपेक्षित समुदायहरु राज्यको सबै क्षेत्रमा पछि परिरहेका थिए | पछि पारिएका वर्गहरुको पहिचान र समानताको सुसुप्त रुपमा रहेको आवाज १० बर्षे माओबादी बिद्रोहताका छताछुल्ल हुन पुग्यो र त्यस पछि मात्र यो राष्ट्रिय मुद्धा बन्न पुग्यो | त्यस्को फल स्वरूप संबिधान सभाको पहिलो बैठकले देश संघीयतामा जाने घोषणा गरि सकेको छ | तेसैले अब हुने राज्य पुनर्संरचना पश्चात नेपालमा उपेक्षित, उत्पीडित जातिहरूले पनि समानुपातिक प्रतिशतको आधारमा राज्यको सबै क्षेत्रमा अग्र अधिकार सहितको समान सहभागिता पाउने विश्वास गरिएको छ |

यस सन्धर्बमा जातीय पहिचान सहितको राज्य पुनर संरचनाले देशमा जातीय मतभेद तथा हिंसा बढेर मुलुक बिखन्डनमा जाने प्रवल खतरा बढेको छ भन्ने कतिपयको विचार रहदै आएको छ | त्यस्तै केहि विद्वानहरु संघीय प्रदेशको आधार जातीय र संख्यागत भएकाले आर्थिक व्ययभार थेग्न सक्दैन भन्दै आर्थिक सामथ्र्यलाई संघीयताको आधार बनाउनुपर्ने तर्क गरिरहेका छन् ।

केहि सुरक्षा मामलाका जानकारहरु पनि पुनर संरचना गर्दा क्षणिक राजनैतिक लाभको लागी जातिगत वा समूहगत स्वार्थ वा क्षत्रियता को आधारमा मात्र संघियताको निर्माण हुनु भनेको राष्ट्रीय सुरक्षाको दृस्टिकोंणबाट राष्ट्रीय हित र चासोका बिषयहरु लाइ बेवास्ता गर्नु सरह नै हो भन्दै आइरहेका छन् | उनीहरुको विचारमा जतियेतामा आधारित संघात्मक प्रणाली दिगो नहुनुको साथै यस्तो अभ्यासले राष्ट्रीय सुरक्षामा धान्नै नसकिने बहुआयामिक संकट आउने प्राय निश्चत हुन्छ | छिमेक-छिमेक र गाउँ-गाउँ मा बीच नदीनाला, खानेपानी, नहर, वनजङ्गल आदि को उपभोगमा किचलो र झगडा हुने गरेको आजको नेपाली परिवेशमा जातियेता र भौगोलिक बनावोट लाइ मात्र आधार बनाउने हो भने ती प्राकृतीक श्रोत को उपभोग माथी असमझदारी पैदा हुने निश्चित प्राय छ जसका कारण संघीय राज्यहरु बिच अस्वस्थ प्रतिस्पर्धाको वातावरण सृजाना भई तनावहरू उत्पन्न हुने सम्भावना प्रवल रहन्छ |

तर जसले जति विरोध गरे पनि हाल नेपालमा व्याप्त रहेको राजनैतिक, आर्थिक र सामाजिक समस्याहरुको निराकरण गर्नको लागि एक मात्र उपाए भनेको बिकेन्द्रिकृत राज्य प्रणाली नै हो र देश संघियतामा प्रवेश गरि सकेकाले सबै जाति प्रजाति र समूहहरुलाई राज्यका सबै श्रोत, साधन र अङ्गमा पहुँच पुग्ने अवसर जातीय पहिचान सहितको संघियताले नै दिन्छ |

हाल संघियता भन्दा पनि प्रधान बिरोध राज्यहरुको नामकरण संग भएको देखिन्छ | सो बिरोध मेरो दृष्टिमा जाएज पनि हो | सयौंको संख्यामा रहेका जातहरुको फुलबारी नेपालमा केहि मात्र जातबाट राज्यहरुको नामकरण गर्नु उचित हुँदैन | नेवा:, ताम्सालिंग, तमुवान, आदि को सट्टामा उपयुक्त नाम राख्ने हो भने तेस्मा कुनै पनि जातिले हिनता बोध गर्ने वातावरण बन्दैन | प्रत्येक राज्यहरुमा सबै जातिले आफ्नो संख्याको आधारमा सो राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्यो पाउने हो भने कुनै पनि जाति विशेषले येस्मा निधार खुम्च्याउनु पर्दैन | त्यस्तै काँक्रा चिरे झैँ पार्टीगत स्वार्थका आधारमा राज्यहरु बिभाजन गर्नु भन्दा बैज्ञानिक आधारमा सिमांकन गरि उचित ढङ्गले श्रोत र सम्पधा बाड फाड गर्ने हो भने तेस्ले श्रोतको उपभोगमा असमझदारी कम गर्न मध्हत गर्छ | सुरक्षा निकाय पनि बिकेन्द्रिकृत हुने हुँदा तिनीहरुको परिचालन र सूचना प्रवाहमा चुस्तता आउंदा शान्ति सुरक्षा कायम गर्न मध्हत पुग्छ |

अन्तमा, सूचना तथा संचार प्रविधिले गर्दा आज संसार एउटा ग्लोबल भिलेज भएको परिपक्षमा नेपालमा संघियताको निर्माणहुन लागेकोमा कतिपयलाई अनौठो पनि लाग्ला तर बहुसंख्य जनताको चाहनाको कदर गर्दै बैज्ञानिक ढङ्गले गरिने जातिय पहिचान हुने गरि राष्ट्रीय सुरक्षा सम्बन्धी दूरगामी र बस्तुनिस्ठ दृस्टिकोंण सहितको संघीयता नै नव नेपालको आवश्कता हो | संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो | अबको केहि समय नेपालको लागि अतेन्त पिडादाहि समय हो | यो संक्रमण कालमा राजनैतिक नेत्रितो बाट सुजबुजका साथ बुधिमत्ता ढंगले सबै पक्षलाई मिलाएर लैजान सकियो भने नेपालले अवस्यनै काँचुली फेर्ने छ | जय देश |

No comments:

Post a Comment