Monday, August 16, 2010

के हो लेजर थेरापी ?

पोखराका ५६ वषर्य प्रकाशमान गुवाजूलाई खुट्टाको जोर्नी तथा कम्मर दुख्ने समस्या थियो । लेजर थेरापी गर्ने चिकित्सक टोली पोखरा गएका बेला आफ्नो समस्या केही हदसम्म कम भएपछि उनी थप उपचारका लागि अल्का अस्पताल, जावलाखेलमा आएका थिए । डा. सुशीला वैद्यले उनको उपचार गरेपछि समस्यामा कमी आएको गुभाजू बताउँछन् ।

स्वयम्भूकी निमु रेग्मीको ढाडको नसा च्यापिएको थियो । लेजर थेरापीको दुई कोर्स गरेपछि उनलाई धेरै राहत मिलेको छ । त्यस्तै पोखराका ज्ञानेन्द्र ढकालको पनि ढाडको नसा च्यापिएको थियो । लामो समयदेखि यो समस्याबाट पीडित ढकाल लेजर थेरापीबाट चार दिनमै आपनो समस्या कम भएकोमा सन्तुष्टि व्यक्त गर्छन् । लेजर थेरापीमा बिरामीको मनोविज्ञान बुझेर उपचार गरिने उनी बताउँछन् ।

कामको सिलसिलामा कसैले एसिड छर्किएपछि मूर्तिबहादुर शाक्यको घाँटी र हात जोडिएका कारण उनी घाँटी सीधा गर्न सक्दैनथे । लेजर थेरापीको चार कोर्स गरेपछि अहिले उनको घाँटी सीधा पार्न मिलेको छ । साथै एसिडबाट जलेको घाउको दाग पनि कम भएको छ ।

विराटनगरकी बबिता शाहको पनि ढाडको नसा च्यापिएको थियो । त्यसैले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनथिन् । श्रीम्ाान्ले अल्का अस्पतालमा लेजरद्वारा उपचार हुने कुरा थाहा पाएपछि उनी त्यहाँ पुगिन् । सुरुमा उनी घुँडा टेकेर हिँड्थिन् भने अहिले सजिलै हिँड्न सक्ने भएकी छिन् । सुरुमा २० दिनको कोर्स गरेपछि उनलाई १० दिनको थप कोर्स दिइएको थियो ।

विकिरणबाट उपचार गरिने पद्धति नै लेजर थेरापी हो । यो चिकित्सापद्धती फिजियोथेरापी अन्तर्गतको लाइट थेरापीमा पर्छ । यसमा कम शक्तिको विकिरणबाट सेकिन्छ । बिनाअप्रेसन गरिने यो उपचार विधिको कुनै साइडइफेक्ट नभएको डा. सुशीला बताउँछिन् । यो विधि सरल र सस्तो छ साथै बिरामीले अस्पतालमा भर्ना हुनु पर्दैन ।

नेपालमा सन् २००१ मा पुतलीसडकस्थित मेडिकेयरबाट लेजर क्लिनिकको सुविधा प्रारम्भ भएको थियो । स्थापनाकालमा नयाँ विषय र पद्धति भएकाले जानकारीको कमीले गर्दा रोगीको संख्या कम भएको डा. सुशीला बताउँछिन् । लामो समयसम्म विभिन्न उपचार अनि कडा औषधि सेवनबाट पनि निको नभएका रोगीको पीडा लेजर थेरापीबाट बिसेक हुन्छ । डा. वैद्यका अनुसार लेजर थेरापीको सुरुको ४-६ दिनमै वषर्ाैंदेखिको पीडा कम हुन्छ र पहिलो दस दिनको लेजर थेरापीबाट ५० प्रतिशतसम्म पीडा कम हुन्छ । लेजर थेरापीमा बिरामीको अवस्था हेरेर कति दिनको कोर्स गर्ने भन्ने कुरा तय हुने डा. वैद्य बताउँछिन् ।

लेजर थेरापीबाट निको हुने रोगहरू

मुटुसम्बन्धी रोग-उच्च रक्तचाप, हृदयाघात तथा मुटुसम्बन्धी रोगमा पनि लेजर थेरापीले फाइदा पुर्‍याउँछ ।

फोक्सोसम्बन्धी रोग-दम, फोक्सोको इन्फेक्सन, ब्रोन्काइटिस तथा निमोनियामा पनि लेजर थेरापी उपयोगी हुन्छ ।

हाड जोर्नीसम्बन्धी रोगहरू-हाडजोर्नी सुन्निएको, दुखेको, खेलका दौरानमा हातखुट्टा मर्किएको, दुर्घटनामा परेर हातखुट्टा भाँचिएको, हाड खिइएको, हिँड्न, बस्न र चलाउन गाह्रो भएको, गर्धन, कुम, कुहिना, नाडी तथा कुर्कुच्चा दुखेको अवस्थामा लेजर थेरापी लाभदायक साबित हुनसक्छ ।

पेट र आन्द्रासम्बन्धी रोग-ग्यास्टि्रक, पेटको अल्सर, आन्द्राको घाउ, पित्तथैलीको इन्फेक्सन, कलेजो सुन्निएको तथा जन्डिसका बिरामीका लागि पनि लेजर थेरापीले फाइदा पुर्‍याउँछ ।

नसासम्बन्धी रोग-ढाड र गर्धनको नसा च्यापिएको र दुखेको, नसामा भएको चोट, पोल्ने, झमझम गर्ने, हातखुट्टा कमजोर तथा लुलो हुने, प्यारालाइसिस, नसा बन्द भएर हातखुट्टामा घाउ भै अङ्ग काट्नुअघि समयमै लेजर थेरापी गर्नु उपयोगी हुन्छ ।

शल्यरोगसम्बन्धी-नयाँ तथा पुराना निको नभएका घाउहरू, शल्यक्रियापछिका घाउहरू, चिनी रोगबाट पलाएका घाउहरू, आगोबाट लागेका घाउ एवं दागमा पनि लेजर थेरापीले फाइदा पुर्‍याउँछ ।

पिसाब र मूत्रनलीसम्बन्धी-प्रोस्टाटाइटिसस तथा मिर्गौला सुुन्निएको स्थितिमा पनि लेजर थेरापी उपयोगी हुन्छ । स्त्रीरोगसम्बन्धी-पाठेघर सुन्निएको र दुखेको, पाठेघरको मुखको घाउ, तल्लो पेट दुखेको समस्याको उपचारमा पनि लेजर थेरापी उपयोगी हुन्छ ।

नाक, कान र घाँटीसम्बन्धी-नाकभित्र मासु पलाएको, नाक सुक्ने, बन्द हुने र बग्ने, टाउको दुख्ने, माइग्रेन एवं पिनाशमा पनि लेजर थेरापी उपयुक्त हुन्छ । यो उपचारपछि पुनः उक्त रोग देखा पर्दैन । छालासम्बन्धी रोग-छाला चिलाउने, दाद तथा छाला बाक्लो हुने रोगमा पनि लेजर थेरापी उपयोगी हुन्छ । त्यस्तै डन्डिफोर बिगि्रएर आएको घाउ पनि लेजर थेरापीले सुकाउँछ ।

जुनसुकै रोग लागेको भए पनि समयमै उपचार गरे रोग छिटो निको हुन्छ । लामो समय भए कडा औषधिको प्रयोगले पेट तथा मिर्गौला खराब गर्न सक्छ । समयमै लेजर थेरापी गरे रोग पूर्णरूपमा निको हुन्छ । नेपालमा यो प्रविधिको प्रयोग प्रारम्भ भएको ९ वर्ष भयो । यो प्रविधिबाट बिनाअप्रेसन ४ सय प्रकारका रोगको उपचार गर्न सकिन्छ । १३ वर्षदेखि ८० वर्षका मानिसले लेजर थेरापी गर्न सक्छन् । अहिलेसम्म ५ हजार बिरामीले यो उपचार गराइसकेका छन् । यीमध्ये ढाड र घुँडाको पीडा, नसा च्यापिएको, हड्डी खिइएको, हिँड्न नसक्ने, शल्यक्रिया गर्नुपर्ने बिरामीहरू बढी छन् । यस्तै प्यारालाइसिस भएका, बोल्न नसक्ने बिरामी पनि निको भएका छन् । रक्तनली बन्द भै खुट्टा काट्नुपर्ने तथा पाइल्स रोग पनि बिनाशल्यक्रिया निको भएको दाबी डा. सुशीलाको छ ।



डा. सुशिला वैद्य

लेजर थेरापिस्ट

No comments:

Post a Comment