Tuesday, August 31, 2010

कुबेतमा नेपाली युवतीको बढ्दो माग

नेपाली युवतीहरू भारतको दिल्ली, मुम्बई जस्ता सहरबाट सिधै दैनिकजसो कुबेत आउने गरेका छन । एक अनौपचारिक तथ्यांकअनुसार कुबेतमा बीस हजारको हाराहारीमा नेपाली युवतीहरु रहेको अनुमान छ।- विमल लामिछाने

नेपालबाट युवाहरु आउनुभन्दा धेरै अगाडिदेखि युवतीहरु घरेलु कामदारको रुपमा कुबेतलगाएतका खाडी मुकुकमा भित्रिएको पाइन्छ। सुरुका दिनहरुमा लेबनान, साउदी अरेबिया हुँदै आउनु परे पनि हाल नेपाली युवतीहरू भारतको दिल्ली, मुम्बई जस्ता सहरबाट सिधै दैनिकजसो कुबेत आउने गरेका छन । एक अनौपचारिक तथ्यांकअनुसार कुबेतमा बीस हजारको हाराहारीमा नेपाली युवतीहरु रहेको अनुमान छ।
नेपाल सरकारले सामाजिक सुरक्षणको अवधारणा अपनाएर सुरक्षित रोजगारीको अवसर खोजी दिनुको साटो प्रतिबन्ध लगाएर आफ्नो प्रथम दायित्वबाट सजिलै पन्छिने प्रयास गरे पनि नेपाली युवतीहरु खाडीका देशहरु मा घरेलु कामदार का रुपमा आउने क्रम भने जारी नै छ।
"समस्या कहाँ हुदैन र , तर यसको उचित समाधान खोजिनु पर्छ " रामेछाप जिल्लाबाट एसएलसी पास गरी काठमाडौंको पशुपति क्याम्पसमा पढदापढदै शान्ति सेना जाने नेपाली सिपाहीको सहयोगमा लेबनान हुँदै कुबेत आइपुगेकी अनिता ( नाम परिवर्तन) बताउछिन।

उनी विगत पाँच वर्षदेखि सलबास्थित एक कुबेतीको घरमा "बेबी केयेर"को रुपमा काम गरिरहेकी छिन्। कामकै सिलसिलामा मालिकहरुसँग उनी युएई, बहराईनलगाएत युरोपको लन्डन पनि पुग्न पाएकोमा सुनाउँछिन । विदेशी कामदारको लागि कानुनी सहायताको काम गर्दै आएका अल हकूक इन्टरनेशनलका प्रबन्धक हाशिम मजेदका अनुसार नेपाली घरेलु कामदारको माग बढदो रुपमा छ । किनभने अन्य देशको कामदारको तुलनामा नेपाली घरेलु कामदारको कमिसन दर कम छ अर्थात झन्डै २५० केडी (कुबेती दिनार), तुलनात्मक रुपमा फिलिपिनो को ४५० केडी र भारतीयहरुको ३५० केडी छ। विगतमा सस्तो कमिसनका कारण एकै पटकमा ३०० जना सम्म श्रीलंकन घरेलु कामदार भित्रिएको रेकर्ड भएको कुरा उनी बताउँछन।

कुबेतमा नेपाली मेड

नेपाल सरकारले केही फिर्ता भएकाहरुको कारुणिक वेदनाको आधारमा लगाउने प्रतिबन्धभन्दा उनीहरुलाई अभिमुखिकरण तालिम , भाषाको जानकारी, बन्द समाजको बारेमा जानकारी आदि दिएर समस्या परेमा कहाँ कसरी सहयोगको लागि अपिल गर्ने भन्ने मौलिक जानकारी गराएर वैधानिक रुपमा नै पठाएको अवस्थामा हाल देखीएको समस्याको ९० प्रतिशतसम्म समाधान हुने कुरामा विश्वास गर्छन, स्याँङ्जाका झकनाथ आचार्य।
यसो गर्दा सरकारसँग आधिकारिक रेकर्ड पनि रहने देखिन्छ ।
धेरैजसो घरेलु कामदार अनभिज्ञताको कारणले समस्यामा पर्ने गरेको तथाङकहरुले बताउछ। अरब टाईम्सका पत्रकार फ्रान्सिज ए क्लिफोर्डका अनुसार तीसभन्दा बढी नेपाली युबतीहरु कुबेतका विभिन्न जेलमा छन ती मध्य केहीका बच्चा पनि तिनीहरु सँगै छन उचित कानुनी उपचारको अभावमा उनीहरु नेपाल फर्कन पाउने अधिकारका बाबजुद जेलमै जीबन बिताई रहेका छन् ।
"हामी कहाँ कानुनी सहायताको लागि माग भएमा हामीले आफ्नो तर्फबाट पुग्ने सहयोग गरेकै छौ, खास गरी बन्द समाजको बारेमा जानकारी नहुनु पनि नेपालीहरुको लागि समस्या हो"- अल हकूकका हाशिमले भने । कुनै पनि मालिक मन परेन भने छ महिना अवधि पूरा काम गरिसकेकाहरुले कानुनत मालिक बदल्न पाउने सुविधा छ। काम गरेको स्थानमा भएको ज्यादतिको बारेमा प्रहरी कार्यलयमा उजुरी दिन पाउने कानुनी आधार छ। तर पनि यी सबै कुराहरुबाट नेपाली घरेलु कामदारहरु बञ्चित छन् । यस सम्बन्धित सहयोग र सल्लाह दिने कुनै निकाय अर्थात दूताबास नहुनु पनि एक कारण हुन सक्छ। तुलनात्मक रुपमा फिलिपिनोहरु यस कार्यमा अगाडि छन्। हालै मात्र भारतीय दूताबासले पनि हेल्पलाइनको ब्यबस्था गरेको छ तर यो सेबा भारतीयहरु को लागि मात्र उपलब्ध छ।
नेपालबाट आउने घरेलु कामदारको लागि कुबेत स्थित मेनपाबर कम्पनीहरुले भिसालगाएतका विषयमा निःशुल्क ब्यवस्था भएको बताउने गरेका छन।उनीहरुको लागि टिकटसम्म उपलब्ध गराउने पंक्तिकारसंगको भेटमा जानकारी दिएका छन । तर नेपाली युवतीहरुलाई कुबेतसम्म ल्याउने काममा संलग्न विभिन्न एजेन्टले यस्तो शुल्क असुल्ने गरेका छन । विशेष गरी पारिवारिक समस्या, सम्बन्ध विच्छेद, अपहेलना,बालबच्चाको दायित्वको कारणले साधारण परिबारबाट तथा न्यून वर्गिय अशिक्षित परिवारका अधिकांस युवतीहरु यहाँ आउने गरेको पाइएको छ ।
यद्यपि सीआईए फ्याक्ट बुकका अनुसार," कुवेत वैदेशिक घरेलु कामदारको ज्यादतीको लागि विश्वको दसौ मुलुक मध्येको सूचीमा पर्दछ।" यहाँका बन्द समाजमा घरेलु कामदारलाई मानविय ब्यबहार गर्ने भने कमै भेटिन्छन । अझ यसमाथि महिलाहरूमाथि भएका यौन शोषणका केही घटनाकै कारण नेपाल सरकारले प्रतिबन्ध लगाएको तथ्यलाई भने विर्सन मिल्दैन ।
(लेखक कुबेतमा कार्यरत छन )

No comments:

Post a Comment