Tuesday, August 31, 2010

मधेसका शत्रु मधेसी नेताहरू

एक मधेसी आफूलाई मन नपर्ने अर्को मधेसीको ज्यानको दुस्मन भइरहेको छ । ५४ मधेसी सहिदको सपना परै जाओस् उनीहरूका जहान परिवारसमेतको यथोचित ख्याल कसैलाई छैन ।

शोभाकान्त झा

इतिहासलाई बंग्याउन पाइदैन- गणेशमान सिंह
अल्पज्ञानी इतिहासकार, भूगोलविद् तथा स्वार्थरत राजनीतिज्ञहरूले मधेस र मधेसी शब्दलाई आ-आफ्नै ढंगले व्याख्या गरेका छन् । केही दिनअघि लब्ध प्रतिष्ठित एकजना लेखकले आफ्नो लेखमा हिमाल, पहाड र तर्राई भनेको राजनीतिक विभाजन भनी लेखेको पढ्न पाउँदा हाँसो लाग्यो । त्यस्ता अल्पज्ञानीलाई केही भन्नु पनि मुर्ख्याइँ हुनेछ । २-४ कक्षामा पढ्ने विद्यार्थीलाई समेत थाहा छ कि हिमाल, पहाड र तर्राई भौगोलिक बनावटका आधारमा विभाजित छन् । कक्षा १० को पहिलो पाठ नै प्रशासनिक र प्राकृतिक विभिन्न पाठबाट सुरु भएको छ । अतः तराई शब्द भौगोलिक बनोटको आधारमा नामांकन गरिएको छ ।
पुनः स्मरणीय भौगोलिक तथ्य यो हो कि प्रत्येक महादेशमा यस्ता समतल भू-भाग जहाँ आदर््रता र नमी बढी पाइन्छ अथवा बढीमात्रामा जमिनमा तरलता -पानीको विशेषता) पाइन्छ । त्यो क्षेत्र तर्राई कहलाउँछ । जस्तै ः भारतको उत्तर प्रदेशको पश्चिम-उत्तरी क्षेत्रलाई अंग्रेजहरूले तर्राई बेल्ट नामाकरण गरेका थिए । त्यस्तै, उत्तर अमेरिकाको प्रेरिज, दक्षिण अमेरिकाको कम्पास -ब्राजिल) तथा अप्रिmकाका भेल्ट र रुसको स्टेपिग आदि घाँसका मैदान तर्राई जस्तै भू-भाग हुन् । नेपालको उत्पत्तिभन्दा हजारौं वर्षघि यो टेथिस सागर थियो । हिमाल, महाभारत र चुरे पर्वतको उत्पत्तिपछि, गंगोत्री र यमनोत्रीका धाराबीच मैदानी समतल भू-भाग स्वतः निर्मित भएको भूविद्हरूले प्रमाणित गरिसकेका छन् ।
ऐतिहासिक प्रमाणहरू अर्न्तर्गत हाल रुसको केकेसिया अर्मेनिया क्षेत्रबाट मानिसहरूको जनसंख्या बढ्दै जाँदा केही जर्मनीतर्फपलायन भए र केही मिश्र र युनान सभ्यताको अन्त्यतिर खैबर दर्रर्ााुँदै पर्ूवतिर सिन्धुघाँटी पुगे । यी ऐतिहासिक दस्ताबेज ५-६ हजार वर्षपुराना हुन् जो महेन्जोदाडो र हरप्पाको उत्खननबाट प्राप्त भएको छ । भारतवर्षा अशोक सम्राटपछि खैबरदर्रर्ााे बाटो भई निरन्तर आक्रमण भएका कुरा सत्य तथ्य एवं प्रमाणिक हुन् ।
मानौं वा नमानौं, नेपालका सम्पूर्ण जातजाति दक्षिणतर्फवा उत्तर-पर्ूवबाट 'माइग्रेट' भएर आएका हुन् । दक्षिणतिरबाट आउने आर्य कहलिए भने उत्तर-पर्ूवबाट आउने किराँती । बाइसी-चौबीसमा बसोबास गर्ने र सिंजाली सभ्यताले प्रसिद्ध जुम्ला क्षेत्रका बासिन्दा जसलाई हामीले खस भनेर सम्बोधन गर्र्छौं, तिनीहरूसमेत पन्जाबका 'कठ' जाति थिए । जसले सिकन्दरजस्ता वीर योद्धालाई बिषयुक्त बाणबाट घाइते तुल्याएका थिए । कालान्तरमा मोहम्द गजनवी, गोरी, अल्लाउदिन, बाबरजस्ता मुगल आक्रमणका तीव्रताले गर्दा आफ्ना सनातन धर्म रक्षार्थ गंगाको उत्तरी मैदानी घनघोर जंगलमा शरण लिँदै जंगल फँडनी गर्दै उत्तरतर्फभाग्दै गए । नेपाल शब्दको उत्पत्तिपर्ूव तर्राई क्षेत्रमा अवध, कौशल, वैशाली, तिरहुत, मिथिलाजस्ता स-साना राज्य थिए । जो अशोक सम्राटको समयपछि टुक्रिएका थिए । जस्तै ः यक्ष मल्लपछि कान्तिपुर, भक्तपुर र ललितपुर विभाजित भएको थियो । नेपालको इतिहासको सुरुवात नै हिन्दू ग्रन्थअनुसार भएको कुरा कक्षा ९ मा पढ्ने छात्र-छात्रासमेतलाई थाहा छ ।
काठमाडौं उपत्यका एउटा दह थियो जहाँ कृष्ण आएका थिए र पाण्डवले वनवास काल बिताएका थिए । भीमफेदीमा भीमसेनले हिण्डवना राक्षसीसँग बिहे गरेका थिए र विराटनगरमा गुप्तवास बसेका थिए । गोवालवंशी/अमिरवंशी भारतीय मूलका थिए । किराँतीहरू उत्तर-पूर्वबाट आएका थिए । लिच्छवी राजाका पूर्वज विहारको हाजीपुर मुजङ्खफपुरका बासिन्दा थिए । आज पनि मुजङ्खफपुरमा तिरहुत कमिस्नरी छन् । कर्नाटक वंशी पनि पश्चिम बंगालका सेनवंशी थिए । जस्तै ः पाल्पा, तनहुँ, गोरखा, कास्की, मकवानपुरका राजाहरू सेनवंशी थिए । यी सबै भारतबाट नै आएका ऐतिहासिक तथ्य हुन् । शाहवंशी र राणावंशी सबै राजपुताना क्षेत्र मेवाड्बाट उत्तरतर्फमुगल आक्रमणले पलायन गरेका थिए । राजपुत राजाहरू लडाइँमा संलग्न हुँदा महिलाहरू नोकर-चाकर साथ उत्तरतर्फजंगलमा पसे । यो क्षेत्र हाल बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हो । कौशल देशका क्षेत्र भैरहवा, नवलपरासी, कपिलवस्तु हुन् । बारा, पर्सर्ाारौतहट, र्सलाही, महोत्तरी, धनुषा आदि स्रि्रौनगढअर्न्तर्गत डोय राज्य थियो । सिरहा, सप्तरी, दरभंगा राज्यअर्न्तर्गत थिए । सुनसरी, मोरङ, झापा पूणिर्मा राज्यअर्न्तर्गत थिए । यस सर्न्दर्भमा हामी ऐतिहासिक प्रमाण अंग्रेज र नेपालबीच बुटबल, स्युराजको बहानामा गरिएको युद्धलाई लिन सक्छौं तथा ऐतिहासिक दस्तावेज सुगौलीको सन्धि हो ।
पृथ्वीनारायण शाहको उदयपर्ूवको इतिहास नेपाल उपत्यकाको इतिहास हो । त्यसबेला ५२ वटा साना-ठूला राज्य थिए । एकीकरणपछि मात्र तथा सुगौली सन्धिपछि मात्र एक लाख ४७ हजार एक सय ८१ वर्गकिमीमा फैलिएको क्षेत्रफल नेपाल कहलिन सकेको ऐतिहासिक दस्ताबेज छन् । पर्ूव मेची र पश्चिम महाकाली हाम्रा स्थायी सिमाना हुन् । २००९ सालको जनगणनाले ५६ लाख जनसंख्या भएको अनुमान गर्छ भने अचेल तीन करोडभन्दा केहीमात्र कम छ । जनसंख्या वृद्धिदरको एउटा कारण बसाइँसराइ पनि हो । भारतीय मूलका मधेसी कहलिने मात्र 'माइग्रेसन' भएका होइनन् । दार्जिलिङ, कालिङपोङ, खर्सर्ाा सिक्किम, गोहाटी
-आसाम), बर्मेली, भुटानी, देहरादुन, नैनीताल आदिबाट तथाकथित पहाडी मूलका भारतीयसमेत बसाइँ सरेर आएका छन् । जसको प्रमाण दोलखामा नागरिकता लिएको भेटिन्छ । यी हुन्, ऐतिहासिक दस्ताबेजका अति संक्षिप्त विवरण ।
अब कुरा गरौं, हालका राजनीतिक परिदृश्यका । राजा धपाएर आठदलले स्वयं जनप्रतिनिधिद्वारा सहिदहरूका रगतले गणतन्त्र र धर्मनिरपेक्ष घोषणा गरिहाले । यी शब्द संविधानसभाले निर्णय गर्ने शब्द हुन् । हालसम्म संविधानसभाले ११ वटा प्रस्तावनासमेत तयार पार्न सकेको छैन र संविधान निर्माण गरी जनसमक्ष प्रस्तुत गर्ने म्याद धेरै छैन । चेतावनीको घन्टी बजिसकेको छ । सबै दल आ-आफ्नै स्वार्थ परिपूर्तिका लागि आ-आफ्ना एजेन्डारूपी डफ्ली बजाइरहेका छन् ।
अब कुरा गरौं, मधेस आन्दोलनको । ५४ जना मधेसी सो आन्दोलनमा सहिद भए । त्यसको रगतमा मधेसी राजनेताहरू ताण्डव नृत्य गरिरहेका छन् । व्यक्तिगत स्वार्थमा लिप्त मधेसी जनअधिकार फोरम-उपेन्द्र, गच्छदार, भाग्यनाथ, अमर यादव गुटमा विभाजित भई आ-आफ्नै ढंगले मधेसीहरूलाई भ्रमित गरिरहेका छन् । मधेसी मसिहा कहलाउने गजेन्द्रनारायण सिंहको नाममा राजेन्द्र महतो, सरिता गिरी, श्यामसुन्दर गुप्ता राजनीति गरिरहेका छन् । त्यस्तै, कांग्रेस पार्टीत् याग गरी तमलोपा गठन गरेका महन्थ ठाकुर आफ्नै पार्टीका असन्तुष्ट पदलोलुप सदस्यहरूबीच तालमेल र समन्वय कायम गर्न बढी समय खर्च गरिरहेका छन् । रामकुमार शर्मा तमलोपा त्याग गरी माओवादीमा प्रवेश गरेका छन् भने रामचन्द्र रायले अर्कै दल गठन गरिसकेका छन् । जातजातिको वर्ग समन्वयले वर्ग संर्घषको रूप लिइरहेको छ । उता, भारतको विहार प्रान्तमा बसी ३०-३२ वटा सशस्त्र समूह मधेस मुक्तिका नाममा मधेसीहरूलाई हत्या गरिरहेका छन् ।
एक मधेसी आफूलाई मन नपर्ने अर्को मधेसीको ज्यानको दुस्मन भइरहेको छ । ५४ मधेसी सहिदको सपना परै जाओस् उनीहरूका जहान परिवारसमेतको यथोचित ख्याल कसैलाई छैन । सहिद परिवारका दुइ-चारजना सभासद् बनेका छन् । तर, तिनीहरू समेत मधेस र मधेसीको हक अधिकार दिलाउनेतर्फ आवाज उठाउनुभन्दा बढी भत्ता र मोजमस्तीमा केन्द्रित छन् । मधेस र मधेसीका मौलिक हक अधिकार र मानवअधिकार तथा नागरिक अधिकारबारे समवेत स्वरमा आवाज उठाउन कोही लागिपरेका छैनन् । व्यक्तिगत
मान-मर्यादा र प्रतिष्ठा यिनीहरूबीचको अहं मुद्दा रहेछ । मपाईं र तपाईं, मेरो र तेरो भागबण्डा यिनीहरूका मूल मुद्दा हुन् । मधेसी सभासद् र मन्त्रीहरू एक-दुइ पुस्ताका लागि धन-सम्पत्ति वृद्धि गर्न लागिपरेका छन् । राणा शासनकालदेखि यी मधेसीहरू 'गुलाम'सरह अरूको चाकडी गरी व्यक्तिगत पद, ओहदा, मान-मर्यादा, प्रतिष्ठा कायम गर्न जे पनि गर्न तत्पर र संलग्न रहिआएका छन् । यसका लागि आफ्नै दाजुभाइको हत्या गर्न यिनीहरू पछि हट्नेवाला छैनन् । धन्यवाद दिनुपर्छ माओवादीलाई जसले मधेसीहरूलाई जगायो । नत्रभने, यिनीहरू खेत खलिहानमा दिनभरि काम गरी रात्रि अमनचैन साथ खानपिन गरी सुत्न जानेका थिए ।
'कोइ नृप्य होहीं हमे का हानी ।
चेरी छोड की होवे रानी ।।'
तर, मधेसी समुदायले चुपचाप सबै हेर्दै, बुझदै आएको छ । तेस्रो मधेसी जनआन्दोलनको बीउ रोपिसकिएको छ । यी तथाकथित सभासद् र मन्त्रीहरूलाई जो सत्ताका लोभी छन्, मधेसी जनताले अब माफ गर्नेवाला छैनन् । यिनीहरू जो मोलतोल गरिरहेका छन् ती सबै प्रेस जगतमा आइरहेछ । मधेसका असल उत्तराधिकारी आफूलाई सावित गर्न यिनीहरू एक-आपसमा लड्दै, भिड्दै छन् । आफ्ना व्यक्तिगत स्वार्थमा सामूहिक हितको परित्याग गर्नु उचित हुनेछैन । सत्यमेव जयते, तिमी एकजुट हुनेछौ, एक समवेत स्वर हुनेछ भने कसैको केही चल्नेवाला छैन ।
कालापत्थरमा मन्त्रिपरिषद्को बैठकले ग्लोबल वार्मिङबारे कोपेनहेगनको बैठकलाई कति प्रभावित गर्ने हो, त्यो भविष्यको कुरा हो । तर, मधेसको ग्लोबल राजनीतिक वार्मिङलाई नदेखे/नसुनेजस्तो गरियो भने सम्पूर्ण देशलाई नै विखण्डित गर्नेछ ।
राजधानी दैनिकबाट

No comments:

Post a Comment