Tuesday, August 31, 2010

करीम बेगमको चुरा लगाएको माकुने सरकार

मन्त्री र मन्त्रीका लोग्नेले जेसुकै गर्न पाउनु पर्छ । खुलेआम तस्करी गर्न पाउनु पर्छ अवैध रक्सि भट्टी वेश्यालय र जुवाघर चलाउन पाउनु पर्छ । त्यसो गर्दा प्रहरी प्रशासनले सुरक्षा दिनु पर्छ ।

अग्निपुत्र

कि बा हालचाल ठीक बा ? कौन माइका लाल छ रे करिमाको आँख दिखाउने ? उ प्रधानमन्त्री त फेटा गुथेको छ रे धोतीको । कारवाही कुन चराकव नाम छ रे । दिखलाइ दिन्छु बाप को शादी । चिनेको छैन करिमाको वीरगञ्ज हिलाएं रक्सौल हिलाएं । अब माधव नेपालको कुर्सी हिलाइ दिन्छु
करिमा बेगमले यसो भनेर कुर्लीदा भीम रावल विशेष सुरक्षा योजनाको दुहाइ दिदै थिए । विचरा माधव नेपाल लुसुक्क पछाडि लाग्या होलान उनलाई करिमा बेगमले आफ्नो कुर्सी चट पारिदेली भन्ने डर छ । विजय गच्छेदारले बिर्सेका छैनन पार्टीको बैठकमै करिमाको भोजपुरीमा गाली । मुलुकमा नीतिनियम कानुनको खुल्ला उपहास भएको छ । थप्पड खाने सीडीयोलाई बोलाएर भीम रावलले मुद्दा अब अघी नबडाउ भनेर थर्काएछन । सीडीयो त कर्मचारी लुरुक्क गृह मन्त्रालयमा हाजिर भएर जागिर खांदैछन ।
अब बन्ने संविधान नयाँ व्याख्या गर्नुपर्छ मन्त्री भनेको महान हो। उसले उच्चस्तरीय कर्मचारीलाई पनि थप्पड हान्न पाउछ र पाउने उसको अधिकार हो। उ त मन्त्री पो त। पढेर लोकसेवा पास गरेको निरिह कर्मचारी हैन । तसर्थ मन्त्री र मन्त्रीका लोग्नेले जेसुकै गर्न पाउनु पर्छ । खुलेआम तस्करी गर्न पाउनु पर्छ अवैध रक्सि भट्टी वेश्यालय र जुवाघर चलाउन पाउनु पर्छ । त्यसो गर्दा प्रहरी प्रशासनले सुरक्षा दिनु पर्छ । कम्तिमा डीएसपी अथवा मेजर तहका बाउन्सर राख्न पाउनु पर्छ । माधव नेपाल विजय गच्छदार र भीम रावलले आजै यो प्रस्ताव तयार पारेर संविधानसभामा पठाउनु पर्छ । संविधानसभाले यसलाई सर्वसम्मत पारित गर्नुपर्छ । तब न माकुने सरकारको सफलता ठहर्छ ।
त्यसो त माकुने सरकार आफैंमा तेश्रो लीङ्गी भएको सावित भईसकेको छ । जनतालाई शान्ती सुरक्षा दिने निकायको प्रमुख माथी खुलेआम आक्रमण हुंदा गृह मन्त्री भिम रावल निर्लज्ज भएर करिमा बेगमसंग स्वाद मानिमानि खांदै थिए । पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरिसक्दा पनि काठमाण्डूमा बसेका प्रहरीका हाकीमहरु हामीलाई आदेशै आ छैन भन्दैछन । उनीहरु त भिम रावल नजिकै बसेर भात खाई रहेको करिमालाई स्यालुट ठोक्छन ।
कर्मचारीहरुको आन्दोलन पनि बिना अर्थ तुहिएको छ । चुपचाप जागिर खाइरहेका छन । शायद उनीहरु करिमाको अर्को झापड पर्खिरहेका होलान ।

अग्निपुत्र

No comments:

Post a Comment