Tuesday, August 31, 2010

रक्षाबन्धनको शास्त्रीय अवधारणा

डा. मोहन तिमल्सिना


नेपाली संस्कारको आˆनै परम्परा, मान्यता, आस्था र धारणा छन्, जसलाई एकत्रित गर्दा नेपाली संस्कृति बनेको छ । अधिकांश नेपाली परम्परा वैदिक परम्परासँग सम्बन्धित छन् । नेपालमा हिन्दूधर्मावलम्बीको बाहुल्य भएका कारण यहाँ वैदिक मान्यताको सर्वोपरि स्थान रहेको छ । त्यसबाहेक यहाँ बौद्ध, इस्लाम, क्रिश्चियन जस्ता अन्य धर्मको पनि यथास्थानमा आ-आˆनै महìव रहेको छ । त्यसैले आजको नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्नपुगेको छ । धार्मिक र सांस्कृतिक हेराइमा अनेकतामा एकता नै नेपाली विशेषता बनेको छ । नेपालमा प्रत्येक महिना अयन र ऋतुहरूमा कुनै न कुनै पर्व वा संस्कार विशेष पर्वहरू परिनै रहन्छन् । त्यसमध्येको श्रावण शुक्ल पक्षको पूणिर्मा तिथिमा मनाइने पर्वको नाम श्रावणी उपाकर्म, रक्षाबन्धन वा राखीका नामले परिचित यो पर्व संस्कार पर्वका रूपमा पनि प्रचलित छ ।

वैदिक मान्यता र परम्परा अनुसार 'द्विज' वर्गका लागि वेदाध्ययन प्रमुख र अनिवार्य कार्य हो । त्यसको अभावमा ब्राहृमण वर्गको जीवन अपूर्ण र विसङ्गत बन्दछ । परापूर्व समयमा वेदारम्भ समयलाई उपाकर्मकाल भन्ने चलन थियो । यस प्रकारको उपाकर्म ऋक्, यजु, साम र अथर्ववेदीहरूका लागि छुट्टाछुट्टै रूपमा स्वीकार गरिएको पाइन्छ । वेदारम्भ वा उपाकर्मकाल ऋग्वेदीहरूका लागि श्रावण शुक्ल पक्षमा पर्ने २७ मध्ये श्रवण नक्षत्रको दिन उत्तम मानिथ्यो । शुक्ल यजुर्वेदाध्यायीहरूका निमित्त श्रावण शुक्ल पक्षको पूणिर्मा तिथिमा वेदारम्भ गर्नु उत्तम ठानिन्छ । सामवेदाध्यायीहरूका लागि भने भाद्र शुक्ल पक्षको हस्ता नक्षत्र परेको दिनलाई उत्तम मानिन्छ । त्यस्तै अथर्ववेदीहरूका लागि भने यो उपाकर्मको प्रारम्भ साउन वा भदौ महिनाको पूणिर्मा तिथिमा गर्ने प्रचलन रहेको वैद्धिक इतिहासले किटेरै उल्लेख गरेको छ ।

विभिन्न ऋषिमुनिको पूजासहित सुरु गरिने उपाकर्म सूर्य दक्षिणायनको सुरु वा विशेषतः पुष वा माघ महिनामा उत्सर्जन वा समाप्ति गर्ने प्रचलन वैदिक प्रारम्परामा थियो । आजको समयमा प्रचलित रक्षाबन्धन र राखी उपाकर्म र उत्सर्जनको समन्वय वा मिश्रति रूप हो ।

श्रावणी उपाकर्मको सुरु पनि ऋषिपूजाबाट गरिने र आजको रक्षाबन्धन र राखीको सुरु पनि अरून्धतीसहितका गौतम आदि सप्तऋषिको पूजाबाट सुरु गरिने भएकाले रक्षाबन्धन र राखी उपाकर्मकै अर्को नाम बन्न गएको हो । माघ वा पुष महिनाको रोहिणी नक्षत्रमा नदीतीरमा गएर उत्सर्जन गर्नुपर्ने हुन्छ, त्यसैले वैदिक परम्पराको उपाकर्म र रक्षाबन्धनमा एकरूपता रहेको स्पष्ट हुन्छ । यही उपाकर्मका सम्बन्धमा धर्म सिन्धुमा कथं कदाचित् पछि उत्सर्जन कार्य गर्न सम्भव नहुने हो भने उपाकर्मकै दिन पहिले उत्सजर्न गरेर उपाकर्म गर्दा हुन्छ भनिएको छ । यसबाट राक्षाबन्धन र उपाकर्म एक अर्काका परिपूरक हुन् भन्ने प्रमाण मिल्दछ । यस पर्वमा ऋषिलाई तर्पण हुने भएकाले ऋषि तर्पणि पनि भनी भएको हो । समग्र दुःख पीडाबाट रक्षा गर्न धागो वा डोरो बाध्ने भएकाले रक्षाबन्धन, नयाँ यज्ञोपवित र पुराना जनैलाई मन्त्रद्वारा पवित्र गरिने भएकाले जनैपूणिर्मा, साउन महिनाको पूणिर्मा भएकाले श्रावणिपूणिर्मा र क्वाँटी खाने भएकाले क्वाँटी पुन्नि आदि विभिन्न नामले उपाकर्मलाई सम्बोधन गर्ने नेपाली संस्कृति हो । विशेषत आजको नेपालमा यो पर्व रक्षाबन्धनका नामले परिचित भएकाले त्यसैको चर्चा प्रासङ्गिक होला ।

उपाकर्मले जसरी चारै वेदका अध्येता वर्गलाई समेटेको छ, त्यसैगरी रक्षाबन्धनका सम्बन्धमा पनि चारै वर्गको चाड हो भन्ने उल्लेख पाइन्छ । यसलाई निर्णय सिन्धुले यसरी अथ्र्याएको छ- सम्पूर्ण मानव समाजले आ-आˆना सामथ्र्य अनुसार विधिपूर्वक रक्षाबन्धन बाँध्नुपर्दछ । पूणिर्माको उदय छ घडीभन्दा बढी भएको दिनलाई शास्त्रले रक्षाबन्धनको दिन भनेको छ । रक्षाबन्धनका सम्बन्धमा धेरै पुराणमा उल्लेख पाइन्छ ।

आयु र आरोग्यका लागि पूर्णचन्द्रलाई प्रतीकका रूपमा लिइन्छ । पूणिर्माका देवता पनि चन्द्र नै भएकाले पूणिर्माका दिन बाँधिने रक्षाबन्धन आयु आरोग्य र पूर्णचन्द्रको प्रतीक बन्नगएको हो । मुहूर्त चिन्तामणि नामक ग्रन्थको नक्षत्र प्रकरणमा श्रवण नक्षत्रका देवता विष्णु हुन्, जो समग्र स्थावर जङ्गका परिपालक विष्णु भएकाले साउन महिनाको पूणिर्मा नै रक्षाबन्धनका लागि उत्तम तिथि मानिएको हो । मुहूर्त चिन्तामणिको मासविज्ञान प्रकरणमा श्रवन नक्षत्रको पूणिर्माको योग केवल श्रावण शुक्ल पूणिर्मा मात्र हुने भएकाले रक्षाबन्धन वा उपाकर्मका लागि श्रावण शुक्ल पूणिर्मालाई उत्तम मानिएको हो ।

रक्षाबन्धनको विधि विधानबारे पनि पूर्वीय शास्त्रीय मान्यता अनुसार अनेकन अभिमत पाइन्छन् । निर्णय सिन्धुमा भनिएको छ- घरको माँझमा गाईको गोवरले लिपेर चारकोण बनाएर कोणको बीचमा जलपूर्ण घडा राखी त्यस घडामा थाली राखेर त्यसैमा सप्तऋषिको थापना गरी आहृवान गरियोस् । गाईको गोबरको उल्लेख पूर्वीय दर्शनमा यत्रतत्र पाइन्छ । त्यस्तै पूर्णकलशका बारेमा पूर्वीय बाङ्मयको आदिमग्रन्थ ऋग्वेदमा भनिएको छ- हे वरुण रूप आदित्य Û तिमीले हामी माथि दयाभावद्वारा हाम्रो मध्यभाग तथा आधा भागमा जे-जस्ता बन्धनहरू छन्, त्ाी सबैबाट मुक्त गराई देउ । आर्यहरूले जलपूर्ण कलशलाई शुभचिन्तक मान्दछन्, किनकि जलपूर्ण कलश वरुणको प्रतीक हो ।

यी सबै मतलाई समेटेर एकै ठाउँमा राख्दा पूर्वीय दर्शनको निष्कर्ष अविछिन्न रूपमा आरोग्य प्राप्त गर्नका लागि रक्षाबन्धन बाँधिने परम्परा रहेको हो । आशिर्वादका प्रतीकका रूपमा मङ्गल प्राप्त गर्न आशिर्वाद दिनलायक अधिकारी वा दानपात्र भानिज, पुरोहित वा ब्राहृमणद्वारा रक्षाबन्धन बाँध्ने चलन रहिआएको छ । त्यसैले श्रुति, स्मृति, पुराण आदिले महìवका साथ वर्णन गरिएको रक्षाबन्धनका अनेक नाम भए पनि आयु, आरोग्य र चतुवर्ग फल प्राप्त गर्न यो परम्परा चलेको हो ।

No comments:

Post a Comment