Tuesday, August 31, 2010

अब गम्भीर बन्नै पर्छ संविधान बनाउन

रगत पसिनासंग साटेर जनताले आफ्नो संविधान बनाउन दिएको २ वर्षो यो महत्वपूर्ण समयलाई कुर्चि मोहको नाटक मञ्चन गर्ने रंगमञ्चका लागि थिएन । यो माधव र प्रचण्डको सत्ता बार्गेनिङ्गका लागि थिएन ।

-जीवन शाही

नेपाली जनताको बलिदानीपूर्ण संघर्षको मुलकडी नया“ संविधान त्यहि नयाँ संविधान जसले अग्रगामी रुपान्तरणका लागि केही हदसम्म सहयोग पुर्‍याउनेछ । नयाँ संविधान जसले महानमुक्तिका लागि संघर्षरत नेपाली जनताका लागि राहत प्रदान गर्नेछ । यो हरप्रकारका समुदायले आशा गरेको विषय थियो । कतिपय निराशाका विषयवस्तुहरु त उठेका थिएनै त्यसमा पनि झिनो आश रहेको थियो । त्यसैले नेपाली इतिहासमा २०६७ सालको जेठ १४ नेपाली जनताका लागि कहिल्य आउला र के होला - त्यसपछिको अवस्था कस्तो होला भन्ने थियो । बहुप्रतिक्षित र बहुप्रचारित गणतन्त्र नेपालको २०६७ सालको जेष्ठ १४ आखिर हात्ती आयो हात्ती आयो फुस्सा भइसकेको छ ।
सबैका मनमनमा मुलुकलाई अग्रगामी विकास दिन्छ । शान्ती अमन चैनको महशुस गर्न पाइनेछ । विधिको शासन प्रणाली लागु हुनेछ । त्यही विधिको शासनमा दण्डहिनताको अन्त्य हुनेछ । वर्दिया हत्याकाण्ड जस्तो पासविक अपराधिक घटनाहरु घट्नेछैनन् । भक्तमान श्रेष्ठ जस्ता स्वास्थ्यकर्मीहरु अपहृत हुनु पर्नेछैन जसका कारण सारा मुलुक अस्तव्यस्त हुनेछ । यस्तै विश्वास थियो । तर आज ती सबै विश्वास र आशाहरु फगत सावित भएका छन् । नेपाली जनता र त्यो बलिदानी पूर्ण संघर्षले सुम्पेको जिम्मेवारी पूरा गर्न असक्षम भएका नेपाली राजनैतिक दलहरु वास्तवमा अग्रगामी संविधानका खलनायकहरुले यो ऐतिहासिक घडीलाई अपवित्र वनाए । सत्तामोहमा फसेका सत्ता पिपासुहरुले संविधान सभालाइ हत्यागर्ने प्रयास गरे । नेपाली जनताको भावना र कल्पाना माथि बलात्कार गरे । जसका कारण सबैको आशाको केन्द्र बनेको जेष्ठ १४ सबैका लागि काम नलाग्ने, कुहिगन्धे, मात्र नभई उपादेयता हिन नै बनाई दिएका छन् ।
यतिखेर निराश र उराठ मन बनाएर यो उद्देयक लाग्दो अवस्थालाई प्रतिविम्वन गर्ने शब्दहरु कोर्नुपर्ने बेला पनि पक्कै हुदैनथ्यो होला । साँच्चै नै आज त नयाँ संविधान जारी भएको यो पहिलो सातामा खुशियाली नै खुशियालीमा रम्न पर्ने बेला हो । यो यति फुर्सदिलो बेला होइन । विडम्बना यस्तै भयो । हाम्रा सपनाका महलहरुलाई गर्ल्यामगुर्लुम्मै ढलिदिए हलुवामा वालुवा बनाइदिए । त्यसैले आज हर्षोल्लास वातावरणमा रम्नेबेला निराश बन्नु पर्ने वाध्यता छ । म त दिपावली गर्नुपर्ने बेलामा मसाल बाल्नु पर्ने अवस्थामा पुगें । संविधान घोषणा भएको खुशियाली मनाउनु पर्ने बेला जनतालाई खबरदारी गर्दै संविधान निर्माणको माग गर्दै कुर्चिको भोकका कारण रतन्धोलागेका नेपाली राजनीतिका खलपात्रहरुलाई संविधान निर्माणको बाटो देखाउन मसाल बाल्न पुगे । थुक्क समयले कस्तो मोड लियो । इतिहासले फेरिपनि मजाक गर्‍यो ।
अब यो प्रश्न उठेको छ । यो प्रश्नको उत्तर यी खलपात्रहरुलाई दिने अधिकार छैन । यो जनता स्वंम् आफैले दिनेछन् । कसले संविधान जारी गर्न दिएन - कसले तुहायो सुविधानको भ्रुण जेठ १४ मा - कसले पार्‍यो थिलोथिलो - यी यावत प्रश्नको उत्तर अब जनतासंगै छन् । रगत पसिनासंग साटेर जनताले आफ्नो संविधान बनाउन दिएको २ वर्षो यो महत्वपूर्ण समयलाई कुर्चि मोहको नाटक मञ्चन गर्ने रंगमञ्चका लागि थिएन । यो माधव र प्रचण्डको सत्ता बार्गेनिङ्गका लागि थिएन । यो फेरीपनि संविधान निर्माणका लागि थियो । आजको समय मुलुकलाई अग्रगमन तर्फआगाडि बढ्न नदिने प्रतिगामीहरु जसका लागि सहयोग पुर्‍याउन यिनै माधव प्रचण्ड लागि परे । यर्सथको संविधान निर्माण प्रकृयालाई भा“डेर सत्ता तानाखिचीको फिल्मी शैलीमा अभिनय गर्ने यो समय थिएन । आखिर भयो त्यस्तै । आफूलाई यो मुलुक पर्ुनसंरचना र नया“ संविधानको ठेकेदार सझिनेहरुले सडक, सदन र सरकारबाट टेण्डर आव्हान गरिरह“दा जनतालाई परेको मर्कालाई महशुस गर्न सकेनन् । नेपाली संविधानलाई गर्भै हत्या गर्ने कंशका रुपमा नेकपा माओवादी आज देखापर्‍यो । जसको सत्ता बार्गेनिङ्गका कारण यो दर्ुइ वर्षो समय फगत वित्यो । यो मैले त्यतिकै आरोपका लागि लेखेको छैन । की माओवादी अध्यक्ष प्रचण्ड कै अभिव्यक्तिले स्पष्ट पारेको छ । संविधान निर्माणको कार्यावधिलाई कर्ुर्चि तानाखिचीमा विताए पछि संविधान निर्माण कार्य नै ओझेलमा पर्‍यो र अन्ततः चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझैं संविधान बनाउने जिम्मा पाएकाहरुले सत्ता तानाखिचीमा समय खेर फालेपछि समयमै संविधान वनाऊ अन्तिम घडीमा आएर पनि त्यस तर्फध्यान नदिएपछि , बरु समयको म्याद थप्नु पर्ने भए थपेर भएनी संविधान चाहि बनाउनु पर्छ भन्दा भन्दै अन्तिममा म्याद थप्नुपर्ने अवस्था आयो । यो अवस्थामा उनले भनेका छन् "संविधान सभाको म्याद थपेर सरकारको म्याद थप्नु छैन ।" यो भनाईले स्पष्ट पारेको छ कि आफूलाई अति क्रान्तिकारी भन्न रुचाउने प्रचण्डको सत्ता मोहले संविधान सभालाई म्याद थप्ने र संविधान निर्माण गर्ने कुरालाई प्राथमिकता नपारेर सरकारलाई नै पारे । आखिर संविधान पहिलाकी सरकार - पहिला संविधान सभा विघटन भएको भए त्यसको अवस्था के हुन्थ्यो - के संविधान सभाको म्याद थप्न नचाहने दरबारिया प्रतिगामी होइनन् त - होइनन् भने कमल थापाहरुले किन नथप्ने भने । के संविधान सभाको म्याद थप्नुलाई सरकारसंग जोडेर प्रतिगमनकारी शक्तिको हातमा मुलुक पुर्‍याउने र विगतमा माधवले झै दाम चढाएर भए पनि सत्ता प्राप्त गर्ने मनशाय त होइन । शंका नगरिरहन सकिदैन । अर्को तिर आफूलाई चिठ्ठा परेका ठानेका माधवले आफ्नो तालुमा आलु फलेको सम्झी रहेका छन् । जसका कारण अहिलेपनि संविधान सभाको आवश्यकता नभएको वताएका छन् । हुन पनि हिजो २०४७ सालको संविधान निर्माण कार्यदलमा बसेर राजालाई र्सार्वभौम अधिकार सुम्पेका माधवका लागि संविधान सभा मार्फ जनतालाई र्सार्वभौम बनाउन उनलाई पनि मन कापेकै होला । यो स्वार्थपुरा गर्नका लागि दलगत र व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि जनताले रगत पसिना बगाएका होइनन् । जनताको रगत पसिनाले माधव र प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनेका छैनन् । यो धर्तिमा सिन्चिएको जनताको रगत पसिनाले जनताकै छोराले शासन गर्न पाउनु पर्छ भनेका हुन् । जनताद्वारा जनतामाथि शासन गर्ने व्यवस्थाको प्रत्याभूति गर्न चाहेका हुन् । यो भावना माथि विखण्डन आज यी माधव प्रचण्डहरुले गरिरहेका छन् ।
इतिहासका निर्माता जनताहुन् त्यसैले यी इतिहास निर्माताहरुले आफ्नो भावना माथि गरिएको खेलवाडको मूल्य अवश्य चुकाउनेछन् । संविधान निर्माण कार्यलाई तदारुकता दिलाई संविधान जारी गर्ने वातावरण मिलाउन किन एक बन्न नसक्ने । माओवादीले १५ गते जन संविधान भन्दै नमुना संविधान जारी गर्‍यो । त्यो संविधान जारी गर्नुको तुक के रह्यो । जसरी नमूना संविधानको घोषणा गर्न माओवादी सफल भयो । सा“च्चै संविधान घोषणा गर्न जिम्मेवार बन्न किन सकेन । महत्वपर्ूण्ा विषय त्यहा“नेर हो । जनताका बीचमा नखरा बाजी गर्नु वाहेक अर्को कार्य केही छैन । खाली उट्पट्याङ्ग मात्र ।
अब संविधान सभाको म्याद १ वर्षथपियो । मस्त निन्द्रा लागेको होला । अझै एक वर्षमुलुकलाई कंगाल बैङ्क बनाउन तर्फउन्मुख गराउने अवसर प्राप्त भयो । सरकार सभासद् भई टोपलिउर भत्ता पचाउन अरु एक वर्षढुक्क भयो । अल्पमत, बहुमत सानो र ठुलोको ध्वा“स देखाउन पाइने भइयो । तर अचम्म छ, यहा“ नेपाली राजनितिका कौरवहरु जसले मुलुकलाई अग्रगामी राजनैतिक निकास तर्फलान बाट बञ्चित गरिरखेकाछन् आज उनैले शान्ति ,संविधान र अग्रगमनका गफ हा“किरहेका छन् । नचाहिंदो ह“ुडेलो हालिरहेका छन् र संविधान निर्माण कार्यमा गत्यावरोध उत्पन्न भई राखेको छ उनैले आज खा“टी संविधान सभाका पक्षपाती बनिरहेका छन् । त्यसैले समाजमा भन्ने गरिन्छ फरिया फुके केको लाज यस्तै छ संविधान निर्माणका जिम्मा पाएकाहरुले संविधान निर्माण कार्यलाई आफै अवरुद्ध पार्दै गरेका छन् । दोष अरुमाथि थोपारेकाछन् । यो अर्कामाथि दोष थुपार्ने अर्थात आफ्नो जिऊ मा भैसी उक्लेको नदेख्ने अर्काको जिऊमा जुम्रा चढेको देख्ने प्रवृत्ति कहिले सम्म रहि रहने होला र यसबाट जनताले अनि नेपालीराजनितिले मुक्ति पाउलान् । अर्को तिर त्यही संविधान सभामा सभासद्हरुले वेफ्वाकमा भत्ता पचाई रहेका छन् थुक्क अलिकति श्रम लाग्नु पर्ने पनि हो है । काम नगरिकन कामको मुल्य खानेहरुलाई । कति नकचरा बन्न सकेको । अब एक वर्षाई पनि बेकाम बनाउने तर्फनलाग सभासदहरु आफ्नो काम कर्तब्यलाई नविर्सिदेउ ।
अब यहाँ नेर एउटा महत्वपूर्ण कुरा के छ भने सरकार कसको बन्ने भन्दा पनि संविधान कहिले बन्ने महत्वपूर्ण हो । सत्ताको खेलमा फेरीपनि यो आगामी २०६८ जेठ १४ सम्म उही पूरानै तरिका अपनाउने हो भने पक्कै राम्रो हुने छैन । शान्ति र संविधानका कुरा जपेर मुलुकलाई भयावह तर्फधकेल्ने कार्य जुन भइरहेको छ । यस्तो कार्य अब नदोहोरियोस् । २०६७ को जेठ १४ लाई नेपाली राजनीतिका नालाएक संविधानका खलनायकहरुले नाकाम्याव वनाए पनि आगामी २०६८ जेष्ठ १४ यी नरपिचासहरुका हातमा परेर पूनः वदनाम नबनोस र तीनमा सदवुद्धि फिरोस, उत्साह उमंग, रंगजात्राको रंगीन दिनको उदय होस् । हर्षबर्ढाईका साथ सारा देश भरी दिपावली छाओस् यी सत्ताका भोकाहरुलाई निस्तेज गर्दै संविधान निर्माणको कार्य सम्पन्न र शान्ति प्रकृयालाई निष्कर्षा पुर्‍याउने दायित्व नगुमोस् । यी सबै हाम्रा कामना अनि माग रहेका छन् । यी कामनालाई वस्तुगत रुपमा व्यवहारतः सफल पार्न जनताले खवरदारी भने गर्नै पर्छ । इतिहासमा छलकपट दोहोरिन सक्छ यस्तो छलकपट बाट बच्न र बचाउन अब गम्भीर बन्नै पर्छ ।

No comments:

Post a Comment