Monday, August 16, 2010

चरित्रहीन चेलीहरूको नयाँ अवतार

घोषणा फेब्रुअरी २००७

हामी भूमिगत चरित्रहीन चेलीहरूबाट विभाजित भई बनेको कट्टरपन्थी समूह हौं र हामी नेपाली महिलाको स्वायत्तता घोषणा गर्र्छौं ।

हाम्रो विभाजित समूह- झन् चरित्रहीन चेली, मूल चरित्रहीन चेलीको स्पष्ट विरोध गर्छ ।

‘हाम्रो माउ समूहका चेलीहरूले पर्याप्त मात्रामा खराब कार्य गरेनन्’, झन् चरित्रहीन चेली समूहकी एक सदस्य भन्छिन् । ‘अधिकांशको हुर्केका छोराछोरीसहितको सुखी दाम्पत्य जीवन छ । दुइटी चेलीका ब्वाइफ्रेन्ड छन्- भन्नाले प्रत्येकको एउटा, दुवैको एउटै होइन ∕ अर्की एउटीले त पुरुषलाई मनैपराउँदिनन्, नत महिलालाई नै’ उनको गुनासो छ । ‘उदाहरणका लागि २००५ को ‘कू’पछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वान गरिएको थियो, तर उनीहरूले अप्रिल २००६ पछि पनि बहिष्कार फिर्ता लिन बिर्सिए । हामी यसलाई गम्भीर षडयन्त्रका रूपमा लिन्छौं’, उनले थप व्याख्या गर्दै भनिन्- ‘त्यसकारण हामी विभाजित भई आफ्नै भूमिगत समूह सञ्चालन गर्नुपरेको हो ।’

झन् चरित्रहीन चेलीहरूको पहिलो बैठक काठमाडौंको एउटा भट्टीमा मध्य फेब्रुअरीमा सम्पन्न भएको थियो ।

हाम्रो माउ समूहले मार्च ४, २००५ मा उनीहरूको आधिकारिक मुखपत्र ‘नेपाली टाइम्स’ र ‘कान्तिपुर’ जुन आकर्षक पुरुषहरूले सम्पादन गर्दै आएका छन्, मार्फ् र्सार्वजनिक ४० बुँदे घोषणापत्रको पुनरावलोकन (हेरौं, कान्तिपुर २२ फागुन २०६०) गरेका छौं । हामीले ४० बुँदालाई एकदमै राम्रो पाएका छौं, विशेषगरी बुँदा नं १, जसले हाम्रो चाहना र आवश्यकताका आधारमा आफैंले एजेन्डाहरूलाई अघि सार्ने हाम्रो अधिकारलाई प्रत्याभूत गरेको छ ।

‘माउ समूह पूरै खराब थिएन’, एक सदस्यले स्वीकार गरेको सुनियो ।

हाम्रो माउ समूहका ४० बुँदे घोषणालाई पुनः स्वीकार गर्दै हामी अन्य समसामयिक विषयहरू लिएर अघि बढेका छौं । हाम्रा १२ बुँदे घोषणाहरू निम्नअनुसार छन् :

१. प्रेम गर, प्रतिगमन होइन । हामी माउ समूहले सन् २००५ मा गरेको सेक्स बहिष्कार आमरूपमा समाप्त भएको घोषणा गर्र्छौं । यो सन् २००६ अप्रिलदेखि नै लागू भएको छ, तर यो लोकतन्त्रको पक्षमा भएकाहरूका लागिमात्र हो ।

२. भिजन ५०/५० : संसदमा लिङ्ग (पुरुष) को अन्त्य ∕ विविध पृष्ठभूमिका ५० प्रतिशत महिलाका लागि संसद्मा स्थान सुरक्षित नगरिएसम्म विविध पृष्ठभूमिका महिलाले संसद्को शतप्रतिशत स्थान लिने घोषणा गर्र्छौं । यो सबै सरकारी निकायमा लागू हुनेछ ∕ ५० प्रतिशत ∕ नभए ! पूरै उरोज !

३. विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता ∕ हाम्री एक वीरांगना चेलीले एउटा विदेशी पुरुषसँग विवाह गरेर आफ्नो स्वतन्त्रतालाई (छोटो समयका लागि) बलिदान गर्न तत्पर भएकी छिन्, केवल विदेशी ज्वाइँका लागि पूर्ण अंगीकृत र नागरिक अधिकारका लागि । कृपया योग्य उम्मेदवारहरूले आफ्नो वैयक्तिक विवरण, तस्वीर र तथ्यांकसहित आवेदन गर्नुहोला ।

४. ४० निश्चय नै ३३ भन्दा उत्तम हो ∕ हामी आफ्नो संसदीय स्थानमा ४० प्रतिशत महिलाद्वारा पूर्ति गरेकोमा नेकपा (माओवादी) को प्रशंसा गर्र्छौं । तर किन ५० प्रतिशत नगर्ने ?

५. खैरो कोटसँग के ? हामीले के पाएका छौं भने माओवादी महिलाहरूले पार्टीले रटाएका लाइनलाई मात्र दोहोर्याउन मुख खोल्ने गरेका छन् । भद्र महिलाहरू, हामी तिमीहरूलाई आफ्नो व्यक्तित्व पार्टी कमाण्डबाट मुक्त गर्न आह्वान गर्र्छौं । आफूलाई लागेको कुरा स्वतन्त्र भएर बोल । अन्यथा तिमीहरूले सुगारटाइमात्र गरिरहनेछौ । त्यस्तो घिनलाग्दो कोटबाट मुक्त हुन थालिहाल ।

६. कोर्ट (ह्वीप) हिंसामार्गी अभद्र पुरुषहरूलाई ∕ सबै राजनीतिक पार्टका महिलाहरू, महिलालाई अधिकार नदिने तिम्रो पार्टीले लगाएको ह्वीपलाई अस्वीकार गर । तिम्रो पार्टीका पुरुषहरूले निर्धारण गरेका ‘बढी महत्त्वपूर्ण’ एजेन्डाका निम्ति हाम्रो अधिकारको बलिदान नगर । तिमीलाई थाहा हुनुपर्छ, फेरि पनि उनीहरूले हामीमाथि विश्वासघातमात्र गर्छन् ।

७. नयाँ नेपालका लागि नयाँ नेतृत्व ∕ हामी रामकुमारी झाँक्रीलाई नेपालको पहिलो राष्ट्रपतिमा मनोनयन गर्र्छौं ।

८. राष्ट्रिय महिला आयोगलाई संवैधानिक अंगमा परिणत गर । तर पहिले संवैधानिक परिषद् -जसले सबै संवैधानिक अंगहरू निर्माण गर्छ) का ५० प्रतिशत स्थान महिलाद्वारा पूर्ति गर । होइन भने शतप्रतिशत स्थान पूर्ति गर । ५० प्रतिशत ∕ नभए पूरै उरोज ∕

९. हेल्लो ! ओएचसीएचआर ! कति वर्षछि एउटा मुद्दामा पुर्पक्ष हुन्छ ? मैना सुनुवारको सैन्य हिरासतमा भएको यातना र मृत्युको मुद्दालाई उपयुक्त किसिमले हेर्न माग गर्र्छौं । मुद्दा प्रहरीमा दायर गरिएको छ र उनीहरूले सेनालाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन्, तर १६ वटा पत्रको पनि कुनै जवाफ छैन । राजदूत मोरिआर्टीले हालैमात्र मैनाको लास राखेको ब्यारेकको भ्रमण गरेका छन्, सम्भवतः सैन्य ब्यारेकको भ्रमणका आधारमा उनलाई गुह्य थाहा हुनसक्छ । उनले सेनालाई जवाफदेही बनाउन सक्छन् कि ?

१०. नबिर्र्सौं, संसारको चक्र कसरी चल्छ ∕ हामी ब्लु डाइमन्ड सोसाइटीका सुनीलबाबु पन्तलाई नेपालको निर्विरोध सबैभन्दा सेक्सी पुरुष घोषणा गर्र्छौं ।

११. दाताहरू र्फक । हाम्रा योग्य महिलाहरूलाई महिला आन्दोलनको नेतृत्व गर्नबाट तिम्रा परियोजना, सञ्जाल र गठबन्धनहरूले व्यस्त तुल्याएका छन् । र्फक ! तिम्रो देशलाई प्रतिवेदनका निम्तिभन्दा बढ्ता उनीहरूको देशका लागि उनीहरूको आवश्यकता छ ।

१२. छोड, छोड, छोड । हाम्रा सबै माग मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवससम्ममा पूरा गर्न माग गर्र्छौं, अन्यथा हामी राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्र्छौं । ठीक छ, ठिटा हो ! तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौ ।

निष्कर्षमा, हामीभन्दा अघिका सफल विद्रोही समूहहरूले देखाएको दृष्टान्त अनुरूप, सरकारले हामीलाई वार्ताका लागि आमन्त्रण गरे र्सार्वजनिक हुने घोषणा गर्र्छौं ।

जय नारी !
झन् चरित्रहीन चेलीहरू !!

मेघालयका “घरज्वाइँ’हरु

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।
meghalayaka ghar jwainharu

ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं ।

‘यो जमिन तिमीहरूको, खानी तिमीहरूका,’ खासीहरूलाई आफूहरूले दिएको जवाफ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज, लाड्रम्पाई इकाईका अध्यक्ष टोपलाल भण्डारीले कान्तिपुरसँग सम्भिmए, ‘तिमै्र मान्छेहरूलाई सस्तो श्रम चाहिन्छ जो गरिब नेपालीबाट लिएका छौ । नेपालीलाई रक्सी बेच्न यहाँ दिइँदैन, पसल खोल्ने र श्रमिकलाई बेच्ने तिम्रै समुदायका मान्छे हुन् । नेपालीहरू आतंकवादी गतिविधिमा सामेल छैनन् र आतंकवाद जाति विषेशमा सीमित हुँदैन । खासमा नेपालीले तिमीहरूको सीमा रक्षा गरिदिएका छन्, तिनले भारतको अहित चिताउने कुरै छाडिदेऊ । अब रह्यो हाम्रा मान्छेले तिमीहरूका आइमाई बिहे गरेर संस्कृति बिगारेको कुरो । तिमीहरूको समाज मातृसत्तात्मक हो जहाँ पुरुषको नाममा सम्पत्ति हुँदैन त्यसैले तिम्रा महिलाबाट नेपालीले सम्पत्ति लाने कुरै भएन । बरु उमेर छउन्जेल तिनले सेवा गर्छन् र बूढो भएपछि तिनै महिलाले ‘म्याद सकिएको औषधि’ फालेझै लात्ताले हानेर निकालिदिन्छन् । अनि उनीहरू नेपाल फर्किनुपर्छ जहाँ उनीहरूको केही हुँदैन ।’

खासी र मेघालयको अर्को आदिवासी समूह गारो (जोसँग नेपालीहरूको तुलनात्मक रूपमा सौहार्दता छ) मातृसत्तात्मक हुन् जसको परिवारमा महिला सर्वेसर्वा हुन्छिन् । सम्पत्ति आमाको नामबाट कान्छी छोरीमा सर्छ र बच्चाहरूले आमाको थर राख्छन् । बिहेपछि पुरुष श्रीमतीको घरमा सर्छन् र प्रायले थर बदलेर श्रीमतीकै प्रयोग गर्छन् । धेरै नेपाली र गोर्खाझैं पुरुष हिन्दू छ भने ऊ क्रिश्चियन बन्नुपर्छ । (त्यस्ता पतिले सामान्यतः डखार भन्ने खासी थर पाउँछन् जसको अर्थ ‘विदेशी’ भन्ने पनि लाग्छ । केही नेपाली ब्राह्मणचाहिँ बुर्मान भएका छन् ।)

केही खासी/गारो पुरुषहरूले चाहिँ ‘महिलाहरूको थिचोमिथो’ प्रति गुनासो गर्ने गरेका छन् । १८ फेब्रुअरी १९९४ को ‘न्युयोर्क टाइम्स’मा लेख्दै सइद जुबइर अहमतले तिनताका मेघालयका पुरुषहरूको हितार्थ पुरुष अधिकार संस्था खुलेको उल्लेख गरेका छन् । महिलाहरू बढी नै घमण्डी र थिचोमिचो गर्ने भएको उल्लेख गर्ने पुरुषका अनेक गुनासा हुन्थे, ‘हामी महिलाहरूका लागि बच्चा जन्माउने साधन र बच्चा हेर्नेको भूमिकाबाट वाक्क भएका छौं । हाम्रोबाट वंशज पनि हुँदैन । हामीसँग जग्गा पनि छैन, व्यवसाय पनि छैन ।’ अर्कोतिर महिलाहरूचाहिँ आफ्ना समुदायका पुरुष पारिवारिक मामिलामा गैरजिम्मेवार भएको भन्दै नेपालीजस्ता बाहिरियाहरू रुचाउने बताउन थाले । मेघालयमा पूरै पुरुषकैमात्र राज भएको क्षेत्र राजनीति र सत्ता सञ्चालन हो । राज्यमा अहिलेसम्म महिला मुख्यमन्त्री भएकी छैनन् ।

उल्लेखित पृष्ठभूमिमा प्रवासी नेपालीहरूले गरेको तर्क पत्यारिलो लाग्छ जसलाई हालै मात्र पनि एक जना नेपालीलाई उनकी खासी पत्नीले घरबाट निकालिदिएको घटनाले थप बलियो तुल्याउँछ । तर त्यो नै सम्पूर्ण सत्य होइन । कतिपय धूर्त नेपालीहरूले व्यापार गर्न र पैसा कमाउनकै लागि खासी महिलाहरूसँग विवाह गरेका छन् । ‘मलाई टिम्बरको कारोबार गर्नु थियो,’ सिलाङस्थित एक जना गोर्खाले आफैंलाई लाज लाग्ने भएकाले नाम उल्लेख नगर्न भन्दै कान्तिपुरसँग भने, ‘त्यसका लागि एउटी खसिनी नखोजी भयो ? गर्नै पर्‍यो ब्ये ।’ केही वर्षमै मेघालय सरकारले टिम्बरको व्यापारमा प्रतिबन्ध लगाएपछि उनका लागि बिहेको उपादेयता पनि सकियो । उनले अर्की नेपाली महिला बिहे गरे जसबाट केही बच्चा जन्मेका छन् । खासी पत्नीबाट एउटी छोरी भएकी छन् । खासी पत्नीको घरमा धेरै समय नबसेको उल्लेख गर्दै उनले भने, ‘सधैं नभेटे पनि सम्पर्कमा छौं । दुवै आआफ्नो जिन्दगीबाट खुसी छौं ।’

खासी पत्नीकै घरमा बस्ने थुप्रै नेपाली या गोर्खाहरू त्यो स्वीकार्न गाह्रो मान्छन् । कतिपयले कान्तिपुरसँग कुरै गर्न रुचाएनन् । पितृसत्तात्मक समाजमा जन्मेहुर्केका उनीहरू एउटी महिलाको अधिनमा घरज्वाइँ भएर बसेको स्वीकार्न अप्ठ्यारो मान्ने खासी महिलासँग विवाह नगरेको सिलाङका केही गोर्खाले बताए ।

तर सबै घरज्वाइँ भएका छैनन् । जस्तै कुलबहादुर जसकी पत्नीको नाम खास नाम ड्याङ होइन, त्यो बोलाउने नाम मात्र हो । उनी आफैं पनि रामेछापका तामाङ र खासी महिलाकी छोरी हुन् । आमाको पनि घर नभएकाले उनी बिहेपछि मगरको छाप्रोमा सरेकी थिइन् । अहिले उनी प्रस्ट नेपाली बोल्छिन् तर नेपालको चलन पूरै सिकिसकेकी छैनन् जो उनले बताएको थरबाट झल्किन्छ ।

‘गोमा,’ उनले कान्तिपुरको ‘नाम के हो’ भन्ने प्रश्नमा भनिन् ।

‘थर ?’

‘बहादुर तामाङ,’ उनले भनिन् ।

हालैका दिनमा भएका अशान्तिले हुर्कंदा छोराछोरीलाई अप्ठ्यारो पर्ने महसुस गरेका कुलबहादुर र गोमाले अब नेपाल फर्किने कुरा सोच्न थालेका छन् । ‘छोरीहरू हुर्किंदै छन्,’ बाल्यकालमै देब्रे आँखो गुमाएका मगरले भने, ‘आफ्नो जातको केटा छोडेर डखारसँग बिहे गरेकी आइमाईका छोराछोरी भन्दै खासीहरूले तिनलाई हेप्न थालेका छन् ।’ केराबारी, मोरङमा पैतृक सम्पत्ति भएको बताउने कुलबहादुरलाई गोमाले पनि ‘नेपालै जाउँ, यता गाह्रो होलाजस्तो छ,’ भनेर हैरान पार्न थालेकी छिन् । ‘यति छिटो नेपाल फर्किनुपर्ला भन्ने सोचेकै थिइनँ,’ २०४६ सालमा नेपाल छाडेर यहाँ आएका कुलबहादुरले भने, ‘तर अब जतिसक्दो चाँडो फर्किने विचार गर्दैछु ।’

यो लेख आजको कान्तिपुरको पृष्ठ तीनमा प्रकाशित भएको हो ।

Facebook In Nepali Language, How?

The steps you need to follow to use your favourite Facebook in your favourite native language Nepali are;

* Click on Account (located on the top right corner, next to profile)
* Click on a Account Settings

Now you will be redirected to the my account page of Facebook. Then;

* Click on the Language tab
* From the drop down menu next to Primary Language choose नेपाली. (You need to scroll all the way to the bottom)

Click here to go to your Facebook Account Settings page now. You must be logged in to make this change.

Now your own Facebook page will look like this.

After this short process you are ready to use your Facebook in your favorite language i.e. Nepali.

जातीय राज्यमा प्रश्नचिह्न

नेपालको सामाजिक बनोट र संघीय शासन व्यवस्थाबारे पर्याप्त बहस र छलफल हुन बाँकी नै छ। माओवादी नेतृत्व र केही सामुदायिक नेताहरू राष्ट्रिय चासोको यो मुद्दालाई आफ्नो हितमा उपयोग गर्न चाहिरहेका छन्। 'आत्मनिर्णयको अधिकार' भन्दै लोकतान्त्रिक संघीय राज्य संरचनाको साटो 'जातीय राज्य' को अवधारणा अगाडि सारिएको छ। भौगोलिक र जनसङ्ख्या बनोट, आर्थिक स्रोतको वितरण र लोकतान्त्रिक मान्यता अनुरुप संघीय राज्य नेपालका लागि विशेष र मौलिक हुनुपर्ने देखिन्छ।

• कनकमणि दीक्षित/जेबी पुन मगर

नेपाल चेपाङ संघको असार दोस्रो साता चितवनमा सम्पन्न विस्तारित भेलाले 'आत्मनिर्णयको अधिकारसहित जातीय स्वशासन' को माग गरेको छ। चितवन, गोर्खा, धादिङ र मकवानपुरका २९ गाविसलाई जोडेर चेपाङहरूको 'जातीय स्वायत्त प्रदेश' घोषणा गरिनुपर्ने र त्यसमा चेपाङ बाहेक कसैले शासन गर्न नपाउने 'अग्राधिकार' को व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। राष्ट्रिय जनगणना (२०५८) अनुसार, ५२,२३७ नागरिक रहेका (कुल जनसङ्ख्याको ०.२३%) चेपाङ समुदायको प्रतिनिधित्व गर्ने संघको बुझाइमा 'अग्राधिकार' त्यस्तो व्यवस्था हो, जसले जहाँ जुन जातिको बाहुल्य छ, त्यहाँ त्यही जातिले मात्र शासन गर्न पाउँछ।

त्यसैगरी हिमाली क्षेत्रमा बसोवास गर्ने १३ आदिवासी जनजाति सम्बद्ध संस्थाहरूको संयुक्त प्रतिनिधिमण्डलले लक्ष्मणप्रसाद अर्यालको अध्यक्षतामा रहेको अन्तरिम संविधान मस्यौदा समितिलाई 'आत्मनिर्णयको अधिकार' सहित हिमाली स्वायत्त शासन स्थापना गर्न पाउने व्यवस्था अन्तरिम संविधानमै उल्लेख हुनुपर्ने सुझाव दिएको थियो। यद्यपि, अन्तरिम संविधानको मस्यौदामा त्यस्ता सुझावहरूले स्थान पाएनन्। यस्तो माग गर्ने अन्य जातीय संस्थाहरू पनि छन्। लिम्बूहरूको किराँत याक्थुङ चुम्लुङ, तामाङ घेदुङ संघ, सुनुवार सेवा समाज, थारू कल्याणकारी सभा र नेवा दे दवुले पछिल्ला दुई महिना (असार–साउन) मा आ–आफ्ना आत्मनिर्णयको अधिकारका मागहरू सार्वजनिक गरेका छन्।
तस्बिरः मीन बज्राचार्य

राष्ट्र–राज्य र राज्य–राष्ट्र
१८ औँ शताब्दीको अन्त्यतिर पश्चिमी युरोपमा चर्किएको सामन्तवाद विरोधी आन्दोलनले त्यसको विकल्पमा 'स्वशासन' र 'आत्मनिर्णयको अधिकार' को अवधारणा बाहिर ल्याएको थियो। यसको अर्थ साझा भाषा, साझा धर्म, साझा संस्कृति आदिले बाँधिएको एउटा जातिको शासन सोही जातिका प्रतिनिधिबाट हुनुपर्छ भन्ने हो। सो अवधारणा अनुसार एउटा बृहद् मुलुकभित्र सम्बन्धित समुदायलाई स्वायत्त शासन गर्नेदेखि 'आत्मनिर्णयको अधिकार' भन्दै छुट्टै राज्य बनाउन पाउनेसम्मको अधिकार हुन्छ। त्यही अवधारणालाई टपक्क टिपेर नेकपा (माओवादी) ले उठाइदिएपछि यो विषयले एक्कासि चर्चा पाएको हो। जनवादी केन्द्रीयताको नाममा तानाशाही शासनव्यवस्थाको वकालत गर्ने, अन्धराष्ट्रवादको विरोध भन्दै अन्तर्राष्ट्रियतावादमा विश्वास राख्ने माओवादी नेताहरूले 'आत्मनिर्णयको अधिकार' सहित जातीय स्वायत्तता दिने कुरा व्यवहारमा कसरी ल्याउने हो, प्रस्ट पार्न सकेका छैनन्। किनकि कम्युनिष्ट राज्यमा समेत यस्तो स्वायत्तताको उदाहरण भेटिँदैनन्। नेपालमा जस्तो साना–साना क्षेत्र नभई अल्पसङ्ख्यकहरूको ठूला भू–भाग र सबल अर्थतन्त्र भएका पहिलेका सोभियत संघ र युगोस्लाभिया त्यसका उदाहरण हुन्। लेनिनले भन्ने गरेको 'आत्मनिर्णयको अधिकार' नपाएपछि त्यो प्राप्त गर्न यी राज्यमा ठूला खुनी सङ्घर्ष भएको इतिहास छ।

तर, माओवादीलगायत जातीय स्वायत्त शासनभित्र अग्राधिकारका कुरा गर्ने केही बौद्धिकहरू अझै पनि युरोपेली क्रान्तिका बेला दिइएको राष्ट्र–राज्य (नेशन–स्टेट) को वकालत गरिरहेका छन्। उन्नाइसौँ शताब्दीको यो अवधारणा अहिलेको युगमा 'त्याज्य' हुँदै गइरहेको छ। पछिल्लो समयमा संयुक्त राष्ट्रसंघले राज्य–राष्ट्र (स्टेट–नेशन) को अवधारणालाई अघि सारेको छ, जसले कुनै सीमा रेखाभित्र बाँडिएका सम्पूर्ण जातिलाई नै राष्ट्र मान्छ। त्यसैले बहुराष्ट्रिय, बहुजातीय अथवा बहुभाषी देशमा राष्ट्र–राज्यको विकल्पमा राज्य–राष्ट्रको व्यवस्था उचित मानिँदै आएको छ, जहाँ जातीय, भाषिक, धार्मिक र आदिवासीहरूको पृथक्–पृथक् पहिचान, शान्तिपूर्ण सह–अस्तित्व तथा सहयोगात्मक रूपमा एउटै राज्यभित्र अटाउन सक्छ। त्यही अवधारणा अनुसार आत्मनिर्णयको अर्थ छुट्टै राज्य बनाउने नभई 'आदिवासी जनजातिलाई आन्तरिक स्वायत्तता दिइनुपर्छ' भन्ने हो, जसलाई आधार मानेर नेपाल आदिवासी जनजाति महासंघलगायत जातीय संस्थाहरूले आफ्ना माग अघि सारेका छन्।

जातीय राज्यको अवधारणाले उन्नाइसौँ शताब्दीको पूर्वार्द्धमा युरोपका राज्यहरू जातीय आधारमा पुनर्गठित भएका थिए र 'राष्ट्र–राज्य' को यो अवधारणालाई 'वेस्टफालिया' नामक सन्धिले वैधानिकता दिएको थियो। त्यो आन्दोलनले पूरै विश्वलाई प्रभावित तुल्याउन पुग्यो र अफ्रिका, एशिया र ल्याटिन अमेरिका तथा अन्य क्षेत्रमा उपनिवेशको युग अन्त्य हुँदा यही राष्ट्र–राज्यको अवधारणामा विभिन्न मुलुकहरू स्वतन्त्र भए। बेलायती उपनिवेशबाट मुक्त भएपछि आत्मनिर्णयको अधिकार प्रयोग गर्दै धार्मिक रूपले पाकिस्तान भारतबाट अलग भयो भने त्यही अधिकार प्रयोग गरी पाकिस्तानबाट भाषिक आधारमा बङ्गलादेश बन्यो। जातीय राज्यको अवधारणाले एकीकरण भन्दा विखण्डन ल्याएको दाबी धेरै विश्लेषकहरू गर्दछन्। उपनिवेश नभएको नेपालमा यो राष्ट्र–राज्य निर्माणको प्रक्रिया अलि फरक हुनपुग्यो। पञ्चायतकालीन काठमाडौँकेन्द्रित राज्यले देशभरका समुदायहरूलाई राज्यमा सहभागी बनाउने कुनै विकल्प नखोजी 'एउटा भाषा एउटा भेष' नाराअन्तर्गत एकनासे राष्ट्रिय पहिचान पेश गर्न खोज्यो। यसको विरुद्ध उत्पन्न जनजातिको भावना दशकौँलाई कुण्ठित भएर रह्यो। त्यति नै बेला विदेशी समाजशास्त्रीको आगमन र अध्ययनले जातीय अस्मिता जगेर्ना गर्न मद्दत पुर्‍यायो।

साठीको दशकमा हिमाली क्षेत्रमा अध्ययन अनुसन्धानका लागि आएका विदेशी मानवशास्त्री (एन्थ्रोपोलोजिस्ट) लाई तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सरकारले शङ्काको नजरले हेर्दै भारतमा काम गर्न नदिएपछि धेरै नेपाल उक्लिएका थिए। नेपालमा ती अध्येताहरूले विभिन्न जाति–जनजातिका छुट्टाछुट्टै अध्ययन गरे। त्यसले जनजाति समुदायलाई आफ्नो विशेषता र गौरव बुझ्ने मौका दियो। यस्तो जाति–जाति विशेष 'एन्थ्रोपोलोजिकल' अध्ययनले विभिन्न समुदायलाई २०४६ को जनआन्दोलनपश्चात् आफ्नो पहिचानको दाबी गर्न मद्दत गर्‍यो र जनजाति जागरण वास्तविक अर्थमा शुरु भयो।

अध्ययनको दोस्रो चरणमा जातीय अन्तरसम्बन्ध बारे विश्लेषण हुनुपर्ने थियो, जसबाट कसरी नेपाल राष्ट्रभित्र आ–आफ्नो पहिचानसहित आर्थिक र सामाजिक लाभको लागि राष्ट्रिय एकताको पनि खाँचो पर्दछ भन्ने साधारण मान्यताको वैधानिक पुष्टि होस्। मानवशास्त्र मात्रको अध्ययनबाट माथि उठ्दै अर्थतन्त्र र राजनीतिशास्त्रको चश्मा लगाएर जनजाति उत्थानमा सिङ्गो राष्ट्रको भूमिकाको अध्ययन हुनुपर्नेमा त्यसो हुन पाएन। विशेषगरी विदेशी अध्येताहरूले माओवादी विद्रोहपश्चात् नेपालमा नयाँ अनुसन्धान गर्न झण्डै–झण्डै छाडे, उता भारतको हिमाली क्षेत्र खुल्ला भएपछि नयाँ पीढीका समाजशास्त्री उतै तानिए। यसरी 'अपुरो' अध्ययनमा आधारित जातीय पहिचानलाई विदेशी अनुसन्धानले राम्रो प्राथमिक आड दिए पनि सहअस्तित्वको वैज्ञानिक खाका कोर्न नपाउँदै विदेशी अनुसन्धानकर्ता अन्त लागे भने देशभित्र पनि गत एक दशकमा कतिपय कारणले यो दिशामा काम भएन।

आज आएर विदेशी अनुसन्धानकर्ताले जातीय रूपमा गरेका छुट्टाछुट्टै जाति–जाति विशेष अध्ययनका आधारमा नेपालका केही जनजाति बुद्धिजीवीहरू समस्याको समाधान खोजिरहेका छन्। त्यसैले पनि जातीय समस्या र समाधानलाई हेेर्ने दृष्टिकोणमा सङ्कीर्णता र सङ्कुचन देखिएको छ। यदि नेपालको सामाजिक बनौट र सांस्कृतिक अन्तरघुलनका बारेमा अध्ययन हुन पाएको भए मगरातमा बस्ने कामी र बाहुनले पनि मगर भाषा बोल्छन्, लिम्बूवानमा लिम्बूहरूको संस्कृति अनुरुप अन्य जातिहरूको पनि जानीनजानी सांस्कृतिक–घुलमेल भएको छ भन्ने कुराको अलि बढी वजन हुन्थ्यो। चाडपर्वमा सांस्कृतिक सौहार्दता साटासाट गरिने बहुसांस्कृतिक विशेषता नेपाल बाहेक अन्यत्र कमै पाइन्छन् भन्ने जानकारी पनि उनीहरूबाटै आउने थियो र समाधान पनि संभवतः त्यसरी नै खोजिने थियो। यस्तो सांस्कृतिक, भाषिक, धार्मिक र अझ केही हदसम्म जातीय अन्तरघुलन (रक्त समिश्रण) भइसकेको मिश्रित समाजमा एक–एक जातिको एक–एक राज्य भन्ने नाराले ऐतिहासिक समस्या समाधान भन्दा साम्प्रदायिकतालाई बढाउन पनि सक्थ्यो भन्ने बुझाउन मद्दत गर्थ्याे। आखिर सैद्धान्तिक हिसाबले सम्भव नदेखिएको नेपाली परिवेशको जातीय स्वशासनको परिकल्पनाले जनजाति आन्दोलनलाई नै घाटा पुग्ने गरी साम्प्रदायिक विद्वेष त फैलाउँदैन भन्ने प्रश्न उठ्दछ।

बाहुन–क्षेत्री 'शासक जाति' लाई झस्काउने गरी यसअघि घटनाहरू नभएका होइनन्। २००७ र २०१७ सालमा पूर्वमा भएका बाहुन–क्षेत्री विरुद्धको साम्प्रदायिक विद्रोह र खम्बूवान मुक्ति मोर्चाको नाममा केही अघिसम्म भएको उग्र जातिवादी व्यवहारले, जातीय मुद्दालाई राजनीतिक रूपले नसल्टाए छोटो बाटो हिँड्न खोज्नेहरूले फाइदा उठाउन खोज्छन् भन्ने काङ्ग्रेसका डा. रामवरण यादवको भनाइ यथार्थको नजिक छ। शान्त र शिथिल देखिने नेपाली समाजमा एक्कासि भीषण, हिंस्रक क्रियाकलापहरू नभएका होइनन् र स्वायत्त शासनद्वारा कुनै पनि क्षेत्रका अन्य समुदायलाई शान्ति र प्रभावबाट अलग गर्ने क्रम र कोशिशमा अनर्थ नहोला भन्न सकिँदैन। दुई वर्षअघि भएको इराक काण्ड (१२ नेपालीको नृशंस हत्या) विरुद्ध मुस्लिम समुदायविरुद्ध गरिएका असहिष्णु व्यवहारले पनि नेपालमा स–साना कुरामा जातीय/धार्मिक विद्वेष फैलन सक्ने सम्भावनालाई नकार्न सकिन्न, विशेषगरी सरकार कमजोर या गैरजिम्मेवार भएको अवस्थामा।
डा. हर्क गुरुङ

शुरु नहुँदै विवाद
कसैको भनाइ छ जातीय राज्य कहिल्यै नपाइने फल हो र यसको माग एवं चर्चामा समय मात्र खेर गइरहेछ, किनकि जनजाति समुदाय बीचमै एक हुनुपर्ने बेलामा फाटो आइदिन्छ। हुनपनि संघीय संरचनामा नजाँदै जनजातिहरू बीच वाक्युद्ध शुरु भएको छ। नेकपा माओवादीले प्रस्ताव गरेको राई र लिम्बूको एउटै राज्य 'किराँत स्वायत्त प्रदेश' लाई चुनौती दिँदै लिम्बूहरूले छुट्टै 'लिम्बुवान स्वायत्त प्रदेश' को माग गरेका छन्।

एउटा भनाइ छ, नेपालको विशेष बनोट तथा दुई शताब्दीको घुलमिलले गर्दा 'स्वच्छ जातीय प्रदेश' कहीँ पनि आज बाँकी छैन। आफ्नो ठाउँमा एक्लो भन्ने जनजातिकै सदस्यहरू अरू भेकमा अरूसँग मिसिएर बसेका हुन्छन्। फेरि, आज बाहुन–क्षेत्री 'शासक वर्ग' को ऐतिहासिक भूमिकाको खिलाफमा लक्षित स्वायत्त शासन प्रणालीले कुनै पनि क्षेत्रमा बाहुन क्षेत्री लगायत अरू जनजातिलाई मारमा पार्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा जनजाति–जनजाति बीच समेत विद्वेष पैदा हुने सम्भावना उत्पन्न हुन्छ, जुन आजसम्म नेपालमा भएको छैन।

आ–आफ्नोे उन्नति पहिलो कुरा त जातीय स्वाभिमान तथा गर्व र यसबाट उब्जने राजनीतिक शक्तिको आधारमा हुन्छ भन्ने कुरा प्रस्ट छ, र यसै आधारमा आजसम्मको जनजाति आलोचना यत्रो उचाइमा आएको हो। अब एक त आर्थिक र सामाजिक हिसाबले उन्नति कसरी हुन्छ, समाजशास्त्रीय हिसाबले अध्ययन गर्नु जरुरी छ। यस्तै, जनजाति खेमा बाहिर रहेका तर ऐतिहासिक उत्पीडन खपेका मधेशी, दलित र अन्य समुदायसँग उनीहरूले आफ्नो मागलाई कसरी मिलाउने भन्ने जरुरी देखिन्छ। यति हुँदाहुँदै पनि विभिन्न जनजाति विशेष भित्रै रहेको फरक–फरक आत्म पहिचानले पनि एकीकृत अभियानमा चुनौती दिन सक्ने अवस्था छ। अन्ततोगत्वा राष्ट्रिय संरचनाअन्तर्गत सम्भव पनि नहुने अभियानमा लागेर कतै नपुग्नुको साटो नेपालको वास्तविक मिश्रित राष्ट्र समुदायमा आफ्नो पहिचानको रक्षा गर्दै अगाडि बढ्नु समय सुहाउँदो माग हुनेछ।

उता माओवादी र मधेशी जनअधिकार फोरमले प्रस्ताव गरेको 'स्वायत्त मधेश' को अवधारणाप्रति त्यहाँका आदिवासी जनजातिहरूले विमति जनाइसकेका छन्। कुल जनसङ्ख्याको चौथो हिस्सा ओगट्ने थारू आदिवासीलगायत तराईका अन्य जनजातिहरूको 'मधेश' शब्दप्रति नै आपत्ति छ। आदिवासी जनजाति शान्ति आयोग नेपालले ६ साउनमा राखेको 'मधेशी राष्ट्रिय राजनीतिक सम्मेलन' मा 'मधेश' शब्दलाई लिएर तराईबासीहरू बीच नै विवाद देखिएको थियो। थारू भाषामा 'तर' को अर्थ 'तल' हो र पहाडको फेदमा बस्ने थारूलाई तराईवासी भनिएको हो भन्दै थारू प्रतिनिधि पहिचानको आधारमा 'तराई' भनिनुपर्छ भन्ने भनाइ छ। गङ्गा–जमुना नदीको बीच भागलाई मध्य देश र अपभ्रंश हुँदै त्यहाँबाट आएकाहरूलाई मधेशी भनिएको हुँदा त्यसले 'राष्ट्रियता' र 'आदिवासी पहिचान' केही नबुझाउने बताउँछन्, थारू कल्याणकारी सभाका सङ्गठन प्रमुख खेमनारायण चौधरी। तराईका आदिवासी जनजातिको अस्तित्व र पहिचानका निम्ति १५ साउनमा तराईका जनजातिहरूले 'तराई आदिवासी जनजाति मोर्चा' गठन गरेका छन्। यस्तो विवाद दलित समुदायमा पनि छ। २५ साउनमा राजधानीमा पोडे, च्यामेहरूको जातीय संस्थाका प्रतिनिधिहरू भेला भई 'आदिवासी नेवारी दलित जनअधिकार मञ्च नेपाल' गठन गरेका छन्। 'टाठाबाठा' नेवार र अन्य दलितहरूले आफूहरूका लागि केही नगरेको उनीहरूको निष्कर्ष छ।

अरू जातजाति भित्रका भेद र विभिन्नताका कारण आउँदा दिनमा पनि यस्ता भेदहरू बाहिर आउने अवस्था छ। आजसम्म पनि जातीय पहिचान र स्वायत्तताको कुरा बाहुन–क्षेत्री 'शासक वर्ग' लाई लक्षित गरिएको सन्दर्भमा जातजाति भित्रको विभेद बाहिर नआएको हो भने भोलिका दिन आ–आफ्नै अधिकारको लागि आजसम्म मौन थुप्रै समुदाय अघि सर्ने अवस्था छ। 'तमुवान' राज्य अन्तर्गत रहने मगर समुदायका सदस्य, या किराँत क्षेत्रमा बसोवास गर्ने गुरुङलाई आफ्नो हकअधिकार निर्धक्क नेपाली नागरिकको रूपमा सुरक्षित चाहिएको हुन्छ र आज नउठे पनि चुनौती आएपछि यो आवाज पक्कै उठ्नेछ।

लोकतान्त्रिक अधिकारको कुरा
बहुसांस्कृतिक देशमा लागु गरिएको समावेशी लोकतन्त्र सहितको संघीय संरचनाले जातीय विग्रहलाई मत्थर पारेका र व्यवस्थापन गरेका छन्। युएनडीपीको मानव विकास प्रतिवेदन–२००४ अनुसार, समावेशी लोकतन्त्र भएका देशहरू अन्य देशको तुलनामा माथि छन्। नेपालले धेरै अघिदेखि आदर्श मान्दै आएको ४१,२९३ वर्ग किमि क्षेत्रफल ओगटेको र ७४ लाख जनसङ्ख्या भएको स्वीट्जरल्याण्डको प्रगति र नागरिकको जीवनस्तर सबैलाई थाहा भएकै कुरा हो। उता देशको बहुलतालाई लत्याएर 'एकात्मक राज्य' बनाउने हठले युगाण्डा, रुवाण्डा, अफगानिस्तान, कम्पुचिया जस्ता देशहरूमा डरलाग्दा जातीय समस्या र सङ्घर्षहरू जन्मिए। संघीय शासनको नाममा बढी केन्द्रीकृत भारत, बेलायत जस्ता राज्यहरूमा जातीय खिचलोहरू अझै समाधान भएका छैनन्।

नेपालमा संघीय संरचनाका नाममा जातीय अग्राधिकार अन्तर्गत तोकिएको जातिले मात्र राज्य गर्न पाउने मागलाई ठाडै लोकतान्त्रिक परिपाटी विरोधी अडान भन्न सकिन्छ। मानवअधिकारका आधारभूत सिद्धान्त कुल्चिएर बनाइने त्यस्ता राज्यका प्रस्तावकहरू भने त्यसलाई लोकतान्त्रिक माग भनेर भ्रम छरिरहेका छन्। 'राजनीतिमा पनि पारपाचुके' भन्दै लोग्नेस्वास्नीको उदाहरण दिएर माओवादी छुट्टै राज्य बनाउन पाउने 'आत्मनिर्णयको अधिकार' ले मात्र समग्र जातिको मुक्ति हुन्छ भनिरहेको छ। उता तराई जनतान्त्रिक मुक्ति मोर्चा पूरै तराईलाई नेपालबाट अलग गरेर मात्र 'मधेशी मुक्ति' को समाधान खोजिरहेको छ। यी दुई शक्तिसँगै वाम सैद्धान्तिक पृष्ठभूमिबाट जातीय संस्थाको नेतृत्व तहमा पुगेका जनजाति बौद्धिक नेताहरूले प्रस्ताव गरेको 'आत्मनिर्णयको अधिकार' सहितको जातीय राज्यको अवधारणा समेत सर्वाधिक विवादास्पद देखिएको छ। पृथ्वीनारायण शाहको पालादेखि पञ्चायतकाल र त्यसपछि समेत सत्ता सम्हालेको वर्गले मुलुकका विभिन्न जातजातिलाई अधिकार र मान्यता नदिएको प्रस्ट हुँदाहुँदै त्यो त्रुटिपूर्ण ऐतिहासिक क्रमको प्रतिक्रिया जातीय रूपले स्वायत्त शासन खडा गर्न खोज्नु पक्कै होइन, किनकि फेरि एक–एक त्यस्ता नयाँ 'राज्य' भित्र नयाँ समुदायहरूको उत्पीडन हुने अवस्था जन्मन्छ। 'आत्मनिर्णय' को अधिकार सबै जनजातिलाई छ, तर ती समुदायहरू बीच नेपालको आफ्नो विशेष मिश्रित 'डेमोग्राफिक' (जनसङ्ख्यासँग सम्बन्धित) बनोटमा आफ्नै समुदाय र सँगै बसोवास गर्ने अरू समुदायका लागि यस्तो स्वायत्तता स्वागतयोग्य छ या छैन भन्ने विषयमा बहस हुनु जरुरी छ। चैत–बैशाखको जनआन्दोलनपश्चात् स्वायत्त शासनको माग चर्को हुँदै आएपनि यसबारे अधिकांश बुद्धिजीबी, नागरिक समाजका अगुवा र जनजाति समुदायका फरक मत राख्ने पढैयाहरू समेत मैान रहेको अवस्था छ। यो सुस्तताले जनजातिलगायत आम नागरिकको सुसूचित हुने अधिकारलाई अपहेलित गरेको छ।
पद्मलाल विश्वकर्मा, अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज

जातीय राज्यः चुनौती बढी
धेरैले विचार नगरेको कुरा होला, तर जातीय राज्यको उपभोग गर्ने भनिएका जनजातिहरू उनीहरूको प्रस्तावित राज्यमा अल्पमतमा छन्। मगर, थारू, तामाङ, नेवार, गुरुङहरू एक–एक जिल्लामा बाहेक अरू कुनै जिल्लामा बहुमतमा छैनन्। गाविसस्तरमा भने उल्लेखित जनजातिहरूको बाहुल्य ठाउँठाउँमा देखिन्छ। फेरि ऐतिहासिक कालको प्रक्रियाका साथै विगत ६ दशकको चर्को बसाइसराइँले देशभर ठाउँठाउँमा सबै जातिको मिश्रित बसोबास ह्वात्तै बढेको छ। नेपालमा बसाइसराइँ नेपाल एकीकरण अघिदेखि नै भएको देखिन्छ। खोटाङको खार्पाका बाहुनहरू एकीकरण अघि नै त्यहाँ पुगिसकेका र एकीकरण अभियान ताका पृथ्वीनारायण शाह त्यहाँ पुग्दा उनीहरूले आफ्नो हैसियत उनलाई आर्थिक सहयोग गर्ने बनाइसकेका थिए। त्यसैकारण पनि हुनसक्छ अहिले ठाउँठाउँमा गाविसस्तरसम्म जनजातिको बाहुल्य रहे पनि पूरा खोटाङ जिल्लामा बाहुन–क्षेत्रीकै वर्चस्व देखिन्छ।

सबैले जातीय, संघीय नमूनाको रूपमा अघि सार्ने स्वीट्जरल्याण्डमा पनि नेपाल जस्तो छ्यासमिस बसोबास र बृहद् एवं विविधतापूर्ण बहुजातीय संरचना छैन। त्यहाँ त मात्र चार भाषालाई स्थान दिइएको छ, मुख्य जर्मन र फ्रान्सेली र निकै सानो क्षेत्रमा इटालियन र रोमन्स। नेपालमा जातीय आधारमा स्वायत्त प्रदेशको निर्माण गर्ने हो भने धेरै प्रदेश निर्माण गर्नुपर्ने हुन्छ। किनकि आज तोकिएका प्रस्तावित क्षेत्रबाट सम्पूर्ण जनजाति समुदायहरूको माग पूरा नहुन सक्दछ। भाषाकै हिसाबमा भन्ने हो भने परिभाषा अनुसार ६० देखि १०० भाषा रहेको मानिन्छ नेपालमा। भाषाको भरमा नभई जातिको भरमा हो भने जातिभित्रको भिन्न आत्मपहिचानलाई पनि अड्कल गर्नुपर्ने हुन्छ, जो आज नआएपनि भोलि सशक्त भएर अगाडि आउन सक्दछ। त्यसरी निर्माण गरिएका स–साना प्रदेशसँग आर्थिक स्रोत र प्राकृतिक सम्पदा सीमित हुनेछन्। समाजशास्त्री डा. पीताम्बर शर्माका भनाइमा, “धेरै प्रदेशको राजनीतिक व्यवस्थापनले जटिलता थप्छ। आर्थिक सबलताको अभावमा प्रादेशिक स्वायत्तता सतही र अर्थहीन हुनसक्छ, प्रदेश–प्रदेश बीचको सम्बन्ध असजिलो हुन सक्छ एवं केन्द्रमाथिको निर्भरता झनै बढ्न सक्छ।”

जातीय पहिचानको लागि भनेर माग राखिएको स्वायत्त प्रदेश आर्थिक रूपले कमजोर भएर स्वतन्त्र रूपमा विकसित हुन सक्तैनन्। विश्वव्यापीकरणले एकअर्कामा निर्भर अर्थतन्त्रको विकास भइरहेको वर्तमान अवस्थामा आर्थिक रूपले सम्भावनायुक्त रहेपनि अर्को राज्यको सहयोग बिना त्यस्ता राज्य चल्न सक्तैनन्। रूस र युक्रेनको बीचमा रहेको माल्दोवा राज्यलाई रूसले बजार नदिँदा र युक्रेनले सिक्का नचलाइदिँदा आर्थिक अवस्था राम्रो भएपनि अप्ठ्यारो परेको छ। त्यसैले ठूला राज्यमा गाभिन एउटा समूहले त्यहाँ पनि पृथकतावादी आन्दोलन चलाइरहेको छ। नेपालमा पनि यस्ता अनेकन् समस्या उब्जन सक्दछन्। विभिन्न कारणले अस्थिर हुन पुगेको मुलुकको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभाव पनि कमजोर हुनसक्छ भने लोकतन्त्रको पूर्णबहाली र आवश्यक संघीय प्रणालीले देशलाई दह्रो, समाजलाई मजबूत र अन्तर्राष्ट्रिय छविलाई जाज्वल्यमान पार्न सक्दछन्।

जातीय राज्यका लागि जातीय सघनता महत्त्वपूर्ण मानिन्छ। जातीय राज्यको वकालत गर्ने माओवादीले उदाहरण दिने गरेका सोभियत संघका गणराज्यहरू, जस्तो युक्रेनमा ९० प्रतिशत, बेलारुसमा ९३ प्रतिशत र अन्य प्रदेशमा पनि ६० प्रतिशत एउटै जातिको सघन बसोवास थियो। जातीय राज्य बनेर पनि जातीय उत्पीडन कम नभएका उदाहरण पनि प्रशस्त छन्। भारत स्वतन्त्र भएपछि प्रादेशिक आधारमा विभाजन गरिएको कतिपय प्रान्तीय राज्यहरूमा भाषिक आन्दोलन चर्किएपछि तिनलाई भाषिक रूपमै पुनर्गठन गरिएको थियो। तर, अझै जातीय समस्या र सङ्घर्ष मेटिएको छैन। भाषिक रूपमा छुट्टिएको आन्ध्रप्रदेशमा 'कोस्टल' (समुद्रतटवासी) र 'गैरकोस्टल' बीच सङ्घर्ष चर्किएको छ। 'गैरकोस्टल' हरू प्रान्तीय रूपमा अलग हुन खोजिरहेका छन्।

आजको नेपालको स्थितिमा उत्तरपूर्वी भारतको उदाहरण भने सबैभन्दा सान्दर्भिक देखिन्छ। स्वायत्तता र आत्मनिर्णयका मागअन्तर्गत ७० को दशकमा बृहत् असम प्रान्तीय राज्यलाई चार अलग राज्यमा विभाजित गरियो। तर एउटै समुदाय विभिन्न राज्यमा बाँडफाँड भएका भारतीय उत्तरपूर्वमा चार दशक पुगिसक्दा जातीय विद्वेष घटेको छैन बरु बढेको अनुमान धेरैको छ। जस्तै; मणिपुर, अरुणाञ्चल, असमलगायत अन्य प्रान्तमा (र बर्मामा समेत) विभाजित नागा जातिका समुदायहरू असन्तुष्ट भएर बृहत् नागा राज्य ('नागालिम') को माग गरिरहेका छन्। आफ्नो भू–भाग गुम्ने हो कि भनेर यसको खिलाफमा अरू राज्यहरू सतर्क हुनपुगेका छन्। मणिपुरमा रहेका नागा समुदायले आफ्नो पहिचानको रक्षाको लागि (पाठ्यक्रम, भाषिक अधिकार, इत्यादि) इम्फाल सरकारलाई दबाब दिएको कारण आज आदिवासी मणिपुर र नागा समुदायबीच ठूलो खाडल उत्पन्न हुँदै गएको छ। भारतको उत्तरपूर्वी क्षेत्र जस्तै बहुभाषिक, बहुजातीय छ, नेपाल पनि। तर यहाँका अधिकांश समुदाय भने त्यताको भन्दा मझ्यौला र बेग्लै ऐतिहासिक धारका कारण बढी मिश्रित बसोवासअन्तर्गत रहेका पाइन्छन्।

दुई शताब्दीअघि युरोपमा प्रस्ट विभाजित ठूलो, आर्थिक हिसाबले अलग हुनसक्ने क्षेत्रहरू 'नेशन–स्टेट' मा परिवर्तन भएको परिपाटीको सिको गरेर २१ औँ शताब्दीमा स्वायत्त राज्य खडा गर्न खोज्नु, समुदाय–समुदायकै आम सदस्यका लागि उपयुक्त देखिन्न। किनभने विग्रहको दौरानमा आर्थिक र सामाजिक उत्थान केही दशक पर धकेलिन्छ। जसले १२ वर्षको लोकतान्त्रिक अवधिमा जनजातिको लागि केही भएन भन्दछ, त्यसको जवाफमा भन्न सकिन्छ– लोकतन्त्रमा नै त जनजातिको जागरण सम्भव भयो र समाज रुपान्तरणको कदम चालियो। शताब्दियौँदेखिको मानसिक र मान्यता त्याग्न 'शासक वर्ग' लाई कतिपय अवस्थामा गाह्रो पनि भयो होला, जस्तै दलहरूको नेतृत्वमा, या चुनावप्रणाली या आरक्षणको कुरै सुन्न नमान्दा। त्यसो हुनुको अर्थ लोकतन्त्र पूर्ण नभएको प्रमाण हो।
उपेन्द्र यादव,
अध्यक्ष, मधेशी जनअधिकार फोरम

बाहुन–क्षेत्रीको भूमिका
चेपाङ संघले प्रस्ताव गरेको स्वायत्त प्रदेशमा मुख्यमन्त्री पदमा चेपाङबाहेक अरू कुनै जाति उठ्न पाउँदैनन् मत मात्र हाल्न पाउँछन्। अन्य जातिका उम्मेद्वार उठ्न आ–आफ्ना स्वायत्त प्रदेशमा जानुपर्ने हुन्छ। संघका अध्यक्ष पहलमान चेपाङको भनाइमा लोकतान्त्रिक गणतन्त्रमा यी सब माग सम्भव छन्। तर, त्यसरी बन्ने राज्य चलाउने जनशक्ति चेपाङसँग कति छ? पहलमानकै शब्दमा, “१२० जनाले १० कक्षा पास गरेका छन्। दुईजना बीए र एक जना एमए पढ्दैछन्।” चेपाङहरूले दाबी गरेको जातीय राज्य तामाङहरूले सिमाङ्कन गरेको जातीय स्वायत्त प्रदेश हो। त्यसैले त्यो राज्य चेपाङले लिने कि तामाङले, प्रस्ट पारिएको छैन।

२५ पुस २०६० देखि मगर राज्य चलाएको दाबी गर्ने माओवादीको मगरात स्वायत्त गणतान्त्रिक प्रदेशका प्रमुख सन्तोष बुढाले पनि प्रदेशमा कतिपय अवस्थामा दक्ष जनशक्तिको अभाव खड्किएको बताएका छन्। भोलि स्वायत्त राज्य घोषणा गरिएतापनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति जनजाति समुदायमा नरहने अवस्था छ। संघीय ढाँचा सफल हुन जनताको दृढ इच्छाको साथै प्रान्तलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने क्षमता पनि त्यतिकै हुनुपर्ने बताइन्छ। त्यसैले आफ्नो मान्छे तयार नहुँदासम्म अन्य जातिबाट दक्ष जनशक्ति मगाउनुपर्ने हुन्छ। स्वभावतः त्यतिबेला शिक्षित बाहुन–क्षेत्रीले नै त्यस्ता अवसरको उपभोग गर्नेछन्।

समाजशास्त्री डा. हर्क गुरुङ भन्छन्, “कमजोरहरू आरक्षणमार्फत् माथि नआउँदासम्म स्वायत्त प्रदेशमा पनि बाहुन–क्षेत्रीकै शासन सहनुको विकल्प छैन।” वर्गीय हिसाबले मात्र भिन्न बाहुन–क्षेत्रीको स्वार्थ र चाहना लगभग सबै मिल्छ। जनजातिको तुलनामा उनीहरू जातीय रूपले बढी सङ्गठित छन्। त्यो हिसाबले जातीय स्वायत्त प्रदेशमा समेत जनसाङ्ख्यिक हिसाबले पनि उनीहरू नै बहुमतमा पर्ने हुँदा जति अग्राधिकार भए पनि शैक्षिक अवस्था नसुधारिँदासम्म बाहुन–क्षेत्री नै हर्ताकर्ता हुने सम्भावना विद्यमान छ।

दलित, मधेश र सुदूरपश्चिमका विभिन्न समुदायलगायत बाहुन–क्षेत्रीले सबैको स्वायत्त प्रदेश हुँदा आफ्नो चाहिँ नहुँदा के प्रतिक्रिया जनाउलान् भन्ने विषयलाई पनि हचुवा हिसाबले हेर्नुहुँदैन, किनभने राष्ट्रिय समाजको ठूलो हिस्सा यसअन्तर्गत पर्दछ। के आफूलाई अलग्याइएको सोच राख्ने यी समुदायमा आक्रोश पैदा हुनसक्ने सम्भावना र त्यसबारे के गर्ने भन्ने सोच स्वायत्त शासन माग गर्ने जिम्मेवार व्यक्ति र संस्थाहरूको दायित्व होइन र? होइन, यस्तो माग राख्नेहरू आफ्नै मागप्रति गम्भीर छैनन् र गहिरो विश्लेषण नगरी मात्र शासक वर्गसँग 'वार्गेनिङ चिप' को रूपमा स्वायत्त शासनको माग राख्छन् भने यसलाई त जनजाति जमातकै अपहेलना गरेको भन्न मिल्दछ। किनकि स्वायत्त प्रदेशको सपना प्रस्तुत गर्ने तर प्राप्त नहुँदा त्यसले थप अन्योल र निराशा पैदा हुन जान्छ।

वास्तविक संघीयता
जसले जे माग गरेपनि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि किराँत याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन लिम्बूसम्मले बारम्बार दोहोर्‍याउने संघीय मोडलको उदाहरण प्रजातान्त्रिक देश स्वीट्जरल्याण्ड नै हो। रक्षा, परराष्ट्र र मुद्राबाहेक अरू अधिकार स्वायत्त प्रदेशलाई दिई शक्ति सन्तुलन मिलाइएको स्वीट्जरल्याण्डका सबै चिज यहाँ ठ्याम्मै उतार्न नमिले पनि धेरै कुरा लागु गर्न सकिन्छ। यो स्वीस मोडल नेपाल र नेपालीका लागि लाभदायक हुनसक्दछ, मात्र जातीय हिसाबले मुलुक भागबण्डा गर्दा गैर लोकतान्त्रिक र अव्यावहारिक देखिन जान्छ। नेपालको लागि उपयुक्त 'जातीय निरपेक्ष' संघीय प्रणाली स्थापना समयको र मुलुकको माग अनुसारको राज्य पुनःसंरचना हुनसक्दछ। नेपालको सन्दर्भमा जातीय भावना र साम्प्रदायिक राजनीति झाङ्गिने गरी जातीय रूपमा संघीय पुनर्संरचना गरिनुभन्दा जनजातिहरूको बहुमत कायम हुने गरी प्रादेशिक संरचना निर्माण गर्नु वैज्ञानिक हुने ठान्छन्, प्रा. कृष्ण खनाल। खनाल भन्छन्, “त्यसले न त जातीय खिचलो उठ्ने डर हुन्छ, न जनजातिलाई राज्य गर्न पाएनौँ भन्ने हुन्छ। मुख्य कुरा समानता हो न कि जातीय राज्य।” धेरै सार्वजनिक व्यक्तित्वहरूले यसरी प्रस्ट नबोले पनि यो विचारमा धेरैको सहमति बन्दै गइरहेको देखिन्छ।

संघीय राज्य भएको राम्रो ठहरिएमा लगभग सय जातजाति, ९० भाषाभाषी र १० धार्मिक समूह रहेको देशमा कस्तो खाले संघीय संरचना अपनाउनुपर्छ भन्ने कुरातर्फ नीतिनिर्माता र दलहरूले गम्भीर भई सोच्नुपर्ने भइसकेको छ। जनजाति पक्षबाट आउने मागहरूलाई अक्सर 'विखण्डनकारी' भनिने गरेको स्मरण गराउँदै संघीय व्यवस्थाका ज्ञाता यस घईलाई उद्धृत गर्दै डा. कृष्ण भट्टचन भन्छन्, “तपाईले वास्तविक स्वायत्तता दिनुभयो भने त्यसले विखण्डन ल्याउँदैन। बरु त्यसले देशलाई विखण्डन हुनबाट बचाउँछ।”
जातीय संघीयताको कुरा गर्दा आजसम्मका शासक वर्गको खिलाफमा लागेको हुनाले यसका अवश्यम्भावी रूपमा उत्पन्न हुने अरू समस्या पनि हुनेछन्। जस्तै देशभरका दलित समुदायले पनि जातीय स्वायत्त शासनमा ठाउँ पाउने छैनन्। यस्तो सम्भावनाप्रतिको प्रतिक्रिया भोलि अवश्य आउने छ। त्यस्तै पहाडमा स्वायत्त शासनको कुरा गर्दागर्दै पूरै तराईलाई स्वायत्त बनाउने माग पनि अघि सारिएको छ। यसमा पनि आफ्नै स्वाभाविक प्रश्नचिह्नहरू छन्, एउटा त लगभग २० माइल चौडा र ५०० माइल लामो चौकोसे भूभाग व्यावहारिक रूपमा कसरी एउटै प्रान्त हुन सक्तछ? फेरि यही क्षेत्रमा बस्ने आदिवासी जनजाति र बाँकी 'मधेशी' बीचको भेद छँदैछ। पहाडबाट झरेकाहरूको ठूलो प्रभाव तराईका विभिन्न भागमा जमिसक्यो। यसको अलावा भाषिक हिसाबले हिन्दी सम्पर्क भाषा हुँदाहुँदै मैथिली, भोजपुरी र अवधीमा विभाजित मधेशी वा/र तराईवासी समुदायहरूलाई कसरी एउटा संघीय संरचनामा ढाल्न सकिन्छ भनेर तराईका जनजातिहरूबाटै प्रश्न उठाइएको छ।

नेपाल राज्यमा एकीकरणदेखि नै काठमाडौँ उपत्यका बाहिरका क्षेत्रको अपहेलना भएको प्रस्ट छ र राज्यको प्रतिनिधिको रूपमा केही बाहुन–क्षेत्रीले फाइदा लिए भने स्वाभिमानी र प्रबल आत्मपहिचान भएका जनजातिको अस्तित्व र उत्थानमा एकीकरणदेखि आजसम्म राज्यको नीति र व्यवहार नै बाधक बनेको छ। जनजातिको आवाजले गत ६० वर्षको 'आधुनिक युग' मा उचित ठाउँ नपाएको पनि उत्तिकै प्रस्ट छ, र राजनीति, नोकरशाहीतन्त्र तथा पत्रकारितामा विशेष गरी बाहुन जातिको वर्चस्व रहेको छ। यसो हुनुको पछाडि जसले जति नै तर्क अगाडि सारे पनि वास्तविकता भने प्रस्ट छ– जनजाति लगायत अन्य समुदायहरूलाई इतिहासले र वर्तमानले ठगेको छ। यो अवस्थाको निराकरणको लागि जनआन्दोलन २०६२–६३ कोशेढुङ्गो बन्न पुगेको छ।

जनआन्दोलन २०६२–६३ को सफलताले अगाडि सारेका प्रश्न सबैका सामु छन्:
१) नेपाल राज्यको एकीकरणको प्रक्रिया जतिकै नकारात्मक भए पनि आज नेपाली नागरिक हुनुमा हानिभन्दा लाभ बढी छ कि छैन?
२) नेपाल राज्यअन्तर्गत रहेको प्रादेशिक स्वायत्तताले हानि गर्छ या लाभ? र, सो स्वायत्तता कस्तो ढाँचाको हुनुपर्दछ?
पहिलो प्रश्नको जवाफ प्रस्ट छः विभिन्न नेपाली प्रान्तका मानसिक र प्राकृतिक स्रोतको भरमा नेपालका आम नागरिक उन्नति उन्मुख हुन सक्तछन्। पहाड, हिमाल, तराईमा विभिन्न जातीयतामा आधारित राज्यमा विभाजित भएर वा अरू कुनै देशको अङ्ग भएर नेपाली नागरिक भएर प्राप्त गर्ने उन्नति हासिल गर्न कदापि सकिँदैन। दक्षिण एशियाका विभिन्न अर्थशास्त्रीहरू त्यसै नेपालको सम्भावना देखेर लालायित भएका होइनन्। यो पनि सत्य हो, राजनीतिक स्थिरता नभइकन त्यस्तो उज्वल भविष्यतर्फ मुलुक उन्मुख हुनेछैन।

दोस्रो प्रश्नको जवाफ अलि कठिन हुन पुग्दछ। यसमा समाजशास्त्रीहरूको सोच र त्यसबाट पैदा हुने अडानको मात्रा पुगेको छैन। बहस मात्र जनजाति अगुवाहरूको प्रारम्भिक स्वर र अडानमा सीमित छ। यति चाहिँ भन्न सकिन्छ, जातीय स्वायत्त शासन 'स्वाभाविक' र 'व्यावहारिक' दुवै छैन। एक त मिश्रित जातजाति बस्ने संसारमा 'सन्स अफ द सोयल' को सिद्धान्तमा अडेको राज्य प्रणालीको आलोचना हुँदै गएको र स्वयं नेपाल राष्ट्रको पनि 'एउटै भाषा एउटै भेष' धारणा खण्डहर भइसकेको बेला जातीय स्वशासन होइन, जातजातिको अस्तित्वको पूर्ण कदर र संरक्षण गर्ने अवधारणा बनाउँदै नयाँ खालको विविधतामा आधारित नयाँ राष्ट्रिय एकीकरण चाहिएको छ। तर जाति स्वायत्तताले भने यस्तो एकीकरणलाई पन्छाएर एउटा 'नेपाली' र अर्को 'नेपाली' बीचको राजनीतिक भेद मात्र निम्त्याउने देखिन्छ।
नेपाली जनताको बनौट र विविधता

('डेमोग्राफी') अरू कुनै देशसँग मिल्दो छैन। हुन त, पाँच दशकअघि प्रख्यात अध्येता मार्गरेट मिडले अध्ययन गरेको दक्षिण प्यासिफिक महासागरका टापुहरू भाषिक र जातीय विविधताले गर्दा नेपालको जस्तो छ भन्ने धेरै समाजशास्त्री भन्ने गर्दछन्, तर त्यहाँ समुदायहरू टापुटापुमा बाँडिएका छन्। यहाँको जस्तो जात–जात, जाति–जाति बीचको क्षेत्रगत सम्मिश्रण त्यहाँ भएको छैन। तसर्थ जनआन्दोलनको राज्य पुनर्संरचनाको मागलाई मध्यनजर राख्दै प्रान्तीय 'फेडेरल' राज्यव्यवस्थाको तर्जुमा गर्ने हो भने नेपालको विशेषतालाई मध्यनजर राखेर, अरूको अनुभवको पनि आधारमा विशुद्ध नेपाली प्रादेशिक संरचनाको तर्जुमा गर्नुपर्ने अवस्था छ। अरू देशको अनुभव र नेपाली धरातलको यथार्थताको सन्दर्भमा यस्तो राज्यको पुनर्संरचना हुनु पर्‍यो, जसले कृत्रिम राष्ट्रियता र पहिचान नभई आ–आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्दै आर्थिक विश्वव्यापीकरणको यथार्थलाई पनि नबिर्सिइकन पूर्णतः 'मौलिक नेपाली' हुनु पर्‍यो। यसको एउटा मूलमन्त्र सबै नागरिकको आर्थिक र सामाजिक उत्थान हो भने अर्को मूलमन्त्र विभिन्न जनजाति तथा अन्य समुदायको भाषा, रीतिरिवाज, धार्मिक मान्यतालगायत सम्पूर्ण संस्कृतिको कदर, संरक्षण, सहयोगका साथसाथै आत्मनियन्त्रण गर्न पाउने अवस्था।
जनजाति समुदायहरूको नेतृत्वले गर्दै आएको भाषिक र सांस्कृतिक मागलाई नेकपा (माओवादी) ले 'आफ्नो' बनाएतापनि गम्भीर अध्ययनका साथ विषयलाई अगाडि सारेको देखिँदैन। खासगरी पुनर्स्थापित प्रतिनिधिसभाले विभिन्न प्रगतिशील कदम चाल्न थालेपछि आफ्नो भावी राजनीतिक 'प्लेटफर्म' संरक्षण गरिराख्न पनि अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य विद्रोही नेताहरू लागिपरेको देखिन्छ। आफ्नो भावी राजनीतिक अनुहारलाई यसरी जातीय भेष दिन लागेको माओवादी नेतृत्वलाई जनजाति तथा गैरजनजाति बुद्धिजीवी वर्गले प्रश्न गर्ने प्रक्रिया अपर्याप्त छ। नेकपा (माओवादी) ले आफ्नो जातीय विभाजनको अवधारणा अगाडि सार्दा जनजाति उत्पीडन र वर्ग उत्पीडन बीचको अन्तरसम्बन्धलाई पूरै त्यागेर, आफ्नै सैद्धान्तिक वर्ग उत्पीडनको धरातललाई वास्ता नगरी जातीय भेदको कुरा गरेर राजनीतिक फाइदा लिन खोजेको देखिन्छ। बन्दूक बिसाउँदाको माओवादी शस्त्र यही जातिवादी धार हुन बेर छैन। यो खतरनाक खेल भएन र? यसले सबैको अवस्था खस्काउँदैन र? भन्ने जिज्ञासामा माओवादी नेतृत्वपंक्तिले 'विषय संवेदनशील हो, तर स्थिति हाम्रो कन्ट्रोलमा छ' भनेर यो मामिलालाई सामान्यीकरण गर्ने गरेका छन्।

प्रादेशिक संरचनाको कुरा गर्दा पञ्चायतकालमा राजा वीरेन्द्रले अघि सारेका 'विकास क्षेत्र' लाई हेर्न पनि सकिने अवधारणा पनि आएका छन्, जसको आजसम्म केही ठोस प्रयोजन हुनसकेको छैन। यी विकास क्षेत्रलाई 'फेडरल युनिट' बनाएको खण्डमा आफ्नो विकास तथा 'गभर्नेन्स्' मा स्वनिर्णय गर्ने अधिकार यहीँकै जनतालाई दिँदा हरेक क्षेत्रमा बाक्लो बसोवास भएका जनजातिको स्वतः प्रतिनिधित्व हुनेभयो र यसलाई राष्ट्रिय संसदमा हुने (शायद समानुपातिक प्रणालीअन्तर्गत) जातीय प्रतिनिधित्वले पनि टेवा दिन्छ।

यो पनि तर्क छ, केन्द्रीय शासन त राम्ररी नचलेको देशमा फेरि ५–१० वटा नयाँ स्वायत्त प्रान्त या प्रदेश खडा गर्दा प्रशासनिक चुनौतीदेखि अन्य दुरुपयोगहरूलाई झन् प्रोत्साहन त हुँदैन? तर यसको उत्तरमा यो पनि भन्न सकिन्छ, नेपाल र नेपालीको अनुभवमा जति केन्द्रबाट पर गयो, जिल्ला र गाउँतर्फ, उत्तिकै विकास र राज्यका अन्य कार्वाही बढी पारदर्शी र फलदायी भएका छन्। यसको उदाहरण गत दशकयताको स्थानीय शासनको सफलता नै हो।

स्वायत्त शासन या प्रादेशिक संरचनाका विचारहरू अझ प्रस्ट रूपले अगाडि सार्नुपर्ने आवश्यकता छ, ताकि संविधानसभामा आफ्नो प्रतिनिधि छनौट गर्ने क्रममा एक–एक नागरिकले आफ्नो उन्नतिप्रति ध्यान दिएर सही व्यक्तिलाई भोट खसालोस्। यसको लागि राज्य पुनर्संरचनाको सन्दर्भमा जनजाति नेतृत्वले शान्तिपूर्ण र वैचारिक आधारमा सबैलाई चुनौती दिइसकेका छन्।

अब जनजाति र गैरजनजाति बुद्धिजीवी वर्गले गहिरिएर विषयको अध्ययन गर्दै आम जनतालाई सुसूचित गर्दै संविधानसभातर्फ उन्मुख गराउने दायित्व बहन गर्नु परेको छ। यदि यी विज्ञहरूको अड्कलमा संघीय स्वायत्त शासन प्रणालीले जनताको भलो गर्दछ र जनजाति समुदायका अस्मिता र उन्नति दुवैमा सकारात्मक असर पर्दछ भने त्यो प्रणाली कस्तो हुने हो र स्वायत्त प्रदेश कत्रा र कति वटा हुनेछन् र कुन आधारमा परिभाषित हुने हुन्, यी सबै कुरा बहसका लागि अगाडि सार्नुपर्दछ।

किन चाहिन्छ जातीय राज्य?

जातीय, भाषिक र सांस्कृतिक स्वायत्तताबिनाको संघीय राज्य, रूपमा संघीय भएपनि सारमा एकात्मक नै हुन्छ।
परशुराम तामाङ

नेपालमा जातीय स्वायत्त शासनको निर्माण गर्दा नेपाली समाजको ऐतिहासिक विकासक्रम, धरातलीय सामाजिक संरचना, जातीय तथा क्षेत्रीय उत्पीडनको स्वरुप, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानून, अनुभव आदिलाई आधार बनाउनु उचित हुन्छ। नेपालमा जातीय स्वायत्त शासनका लागि निम्न बस्तुगत आधारहरू तयार छन्ः क) जातिहरूको आदिभूमि अर्थात् पुर्ख्यौली भू–क्षेत्र; ख) सम्बन्धित जातिको बसोबासको निरन्तरता; ग) जातीय जनसङ्ख्याको बहुलता; घ) भूमिसँगको आध्यात्मिक तथा सांस्कृतिक सम्बन्ध र मूलप्रवाहको भन्दा भिन्न समूहगत सांस्कृतिक पहिचान; ङ) मूलप्रवाहको भाषाभन्दा भिन्न भाषा समूह र प्रादेशिक भाषाको स्थिति; च) राज्य सञ्चालनसम्बन्धी साझा मनोविज्ञान; छ) आर्थिक विकासका सम्भावनाहरू।

यस पृष्ठभूमिमा नेपालमा दुईखाले स्वायत्त शासन लागू गर्न सकिन्छ। पहिलो, जातिका आधारमा। जस्तै; किरात प्रदेश, नेवा प्रदेश, तामाङ प्रदेश, तमुवान प्रदेश, मगरात प्रदेश, खसान प्रदेश, थारूवान प्रदेश। दोस्रो, भाषाका आधारमा। जस्तै; मिथिला प्रदेश, भोजपुरी–अवधि–प्रदेश, कोचिला प्रदेश। तराईका संघसंस्थाहरूले यी सबैलाई एउटै मधेश प्रदेशका रूपमा प्रस्तुत गरेका छन्। तर जातीय, भाषिक र सांस्कृतिक क्षेत्रका विभिन्नताका कारण समस्त तराई एक प्रदेशका लागि उपयुक्त हुँदैन। पहाडे उत्पीडनबाट मुक्त हुने नाममा मधेश भित्रैको उत्पीडनका सन्दर्भहरू भुल्नुहुँदैन।

स्वायत्त क्षेत्रहरूको स्वशासनको प्रकार एकल, संयुक्त र बहुजातीय हुनसक्छ। जातीय आधारको स्वायत्त शासनमा सम्बन्धित जातिको अग्राधिकार हुनुपर्छ। अन्यका हकमा प्रादेशिक तथा भाषिक आधारमा गठित क्षेत्रीय स्वायत्त शासनमा जातीय समानुपातिक प्रतिनिधित्वको संरचना उपयुक्त हुन्छ।
किरण पाण्डे

प्रारुप र परिणाम
सार्वभौमसत्ता र राजकीय शक्तिको प्रयोगः
सार्वभौम जातिलार्ई 'आत्मनिर्णयको अधिकार' छ। सो अधिकारका आधारमा स्वतन्त्रतापूर्वक आफ्नो राजनीतिक पद्धति निर्धारण गर्ने र आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक, शैक्षिक, प्रशासनिक तथा न्यायिक विकासलगायतका सम्पूर्ण विषयमा आफैँले निर्णय गर्ने अधिकार स्वायत्त क्षेत्रमा निहित हुन्छ। केन्द्र सरकारले स्वायत्तताको नीति विपरीत कुनै नियमकानून निर्माण तथा निर्णय गरेमा त्यसलाई कार्यान्वयन/अनुमोदन गर्ने कि नगर्ने भन्ने अधिकार स्वायत्त क्षेत्रलाई हुनुपर्दछ।

आफ्नो विकास आफैँ:
राज्यको शक्ति विभाजनका दृष्टिले मुद्रा प्रचलन, विदेश मामिला र रक्षा बाहेक अन्य सम्पूर्ण कुराको निर्णय गर्ने एवं विकास, निर्माण, प्रशासन, शान्तिसुरक्षा तथा न्याय–निरुपण गर्ने काम स्वायत्त प्रादेशिक सरकारलाई सुम्पिनुपर्दछ। यसले केन्द्रकेन्द्रित योजना र कार्यान्वयनको प्रवृत्तिमा परिवर्तन गरेर प्रदेशकेन्द्रित योजना र कार्यान्वयन तथा स्रोत परिचालन गर्नेछ। यसबाट वर्गीय खाडल न्यून हुनेछ। स्वशासित प्रदेशको विकास, निर्माणका लागि स्वायत्त सरकारले केन्द्रलाई जानकारी दिएर विदेशी सरकार तथा दाताहरूसँग सीधै सम्पर्क र सम्झौता गर्न पाउनुपर्दछ। त्यसका लागि विदेशमा बाणिज्य एवं सांस्कृतिक दूतहरू पनि राख्न पाउनुपर्दछ।

आफ्नो क्षेत्रको मालिक आफैँ:
स्वशासित प्रदेश वा क्षेत्रभित्र रहेका जल, जमिन, जङ्गल, आकाशलगायत सबै प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाहरू स्वायत्त प्रदेशको अधीनस्थ हुनुपर्दछ र तिनको संरक्षण, प्रबर्द्धन, उपयोग एवं परिचालनको जिम्मा स्वायत्त सरकारले लिनुपर्दछ। प्रकृतिको संरक्षण र जैविक विविधतासँग जोडिएको परम्परागत ज्ञान, सीप र प्रविधि सम्बन्धित आदिवासी जनजातिको पूर्व सहमति विना उपयोग, बेचविखन वा परिचालन गर्न पाइने छैन।

सहमतीय शासन प्रणालीः
जातीय स्वायत्त शासन व्यवस्थाको मान्यताअनुरुप आ–आफ्नो स्वायत्त क्षेत्रभित्रका सम्बन्धित जातिलाई राज्य सञ्चालन प्रक्रियामा पुर्ख्यौली भूमिको पहिलो हकदार तथा मूल जाति भएकाले अग्राधिकार (अर्थात् ५१ प्रतिशत स्थान) दिनुपर्छर अन्य विभिन्न जात, जातिहरूलाई मिलाएर बाँकी ४९ प्रतिशतका आधारमा समानुपातिक प्रतिनिधित्व गराइनुपर्दछ। प्रादेशिक सरकारको मुख्य पदमा ५१ प्रतिशत अग्राधिकार पाएको जातिबाट र उप–प्रमुख पदमा ४९ प्रतिशतमध्येबाट छानिने नीति अवलम्बन गरिनुपर्दछ। प्रत्येक समुदायबाट ५० प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्छ र सोको व्यवस्था जातीय समानुपातिक आधारमा गरिनुपर्दछ।

अति अल्पसङ्ख्यक र अन्यत्रबाट आएका समुदायको हकहितको ग्यारेन्टीः
अति अल्पसङ्ख्यक एवं अत्यन्त पिछडिएका समुदाय तथा दलितलाई आरक्षणमार्फत् प्रादेशिक संसद र सरकारमा सहभागी गराइनुपर्दछ।

समान भाषानीति र मातृभाषाको प्रयोगः
स्वायत्त प्रदेशभित्र सम्बन्धित जातिको मातृभाषा सरकारी कामकाजको भाषा हुनेछ। सो क्षेत्रभित्र बोलिने लेख्य परम्परा भएका सबै मातृभाषाहरूलाई समेत त्रि–भाषिक नीतिका आधारमा कामकाजी भाषाको मान्यता दिइनुपर्छ। प्रत्येक प्रदेशमा मातृभाषा शिक्षाका लागि प्रतिष्ठान र विश्वविद्यालयहरू खुल्ने ग्यारेण्टी गरिनुपर्छ।

धर्मनिरपेक्षता र संस्कृति–संरक्षणः
नेपालको केन्द्रीय तथा प्रादेशिक राज्य संरचना धर्मनिरपेक्ष र बहुसांस्कृतिक हुनेछ। प्रत्येक स्वशासित प्रदेशमा आफ्नो धर्म मान्ने स्वतन्त्रताअनुरुप धार्मिक प्रतिष्ठान खोलिनेछन्। साथै, विभिन्न जातजाति एवं सम्प्रदायहरूको कला संस्कृति, भेषभुषा एवं सांस्कृतिक पहिचानको संरक्षण र प्रबर्द्धन गर्न एक स्वायत्त सांस्कृतिक प्रतिष्ठानको निर्माण र विकास गरिनुपर्दछ। आ–आफ्नो राष्ट्रिय एवं प्रादेशिक पोशाक हुनेछ।

केन्द्रीय शासनमा सहभागिता र स्वामित्वः
राज्यको केन्द्रीय विधानपालिका 'प्रतिनिधिसभा' मा समानुपातिक निर्वाचन प्रणालीको आधारमा जातिहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ। केन्द्र सरकारमा पनि समानुपातिक आधारमा नै विभिन्न स्वायत्त प्रदेश र अल्पसङ्ख्यक, दलित एवं महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ। संसदको माथिल्लो सदनलाई शक्तिशाली जातीय सभाको रूप दिइनुपर्छ र त्यसको प्रतिनिधित्व प्रणाली सम्बन्धित जातीय प्रदेशबाट समान आधारमा र अन्यबाट आरक्षणका आधारमा निर्धारण गरिनुपर्छ। यस्तो सभालाई जाति, भाषा, धर्म, संस्कृतिजस्ता विषयहरूमा कानून बनाउने अधिकार पनि हुनुपर्दछ।

संचार र सूचनामा पहुँच तथा नियन्त्रणः
नेपालमा ९२ भाषाहरू छन्। जातीय प्रदेशहरूको स्थापनाले ती तमाम् भाषाभाषीलाई आफ्नो क्षेत्रमा दैनिक व्यवहार र सरकारी कामकाज गर्न मात्र होइन; रेडियो, टेलिभिजन, प्रिन्ट मिडिया आदिमा प्रत्यक्ष पहुँच र नियन्त्रण राख्ने अवसर सिर्जना गरिदिन्छ। केन्द्रीय सत्ताले हल गर्न नसक्ने विविध भाषा र सूचनाको हकसम्बन्धी समस्या जातीय प्रदेशले सजिलै समाधान गर्नेछ।

भ्रम र तिनको निवारण
मिश्रित समुदाय भएको क्षेत्रमा जातीय स्वशासन हुँदैन भन्ने भ्रमः
अहिले सबै क्षेत्रमा विभिन्न समुदायको मिश्रित बसोबास छ। नेपालमा अठारौँ शताब्दीदेखि राज्यले बाहुन, क्षेत्रीलाई जनजातिको किपटभूमि खोसेर पूर्वतर्फ बसोबास गरायो। सन् १९४० यता तराई गुल्जार हुँदैगयो। सन् १९५० देखि औलो उन्मूलन हुनथालेपछि पहाडबाट मानिसहरू तराईतर्फ बसाइँ सर्न थालेका हुन्। यो लहरमा पहाडे बाहुनक्षेत्री मात्र होइन जनजातिहरू पनि थिए। अब पहाड र तराईमा स्पष्ट जातीय सिमाङ्कन हुनसक्तैन।

अहिले नेपाल मात्र होइन, विश्वका अन्य मुलुकहरू पनि बहुजातीय बन्दै गएका छन्। एक जातिको बहुमत भएको बहुजातीय चीनको उदाहरण लिन सकिन्छ। चीनको भित्री मङ्गोलिया प्रान्तमा हान जनजाति ८५.२४ प्रतिशत, मङ्गोलियन ११.१३ प्रतिशत र कुआङसी चुआङ प्रान्तमा हानहरू ६२.२५ प्रतिशत तथा चुआङ जनजाति ३३.४३ प्रतिशत छन्। भित्री मङ्गोलिया प्रान्तमा ११.१३ प्रतिशत मङ्गोलियन जनजातिलाई तथा चुआङ प्रान्तमा ३३.४३ प्रतिशत जनसङ्ख्या भएको चुआङ जनजातिलाई आदिवासीपन र ऐतिहासिक भौगोलिक सम्बद्धताको आधारमा प्रादेशिक संसद र सरकार प्रमुखमाथि अग्राधिकार प्रदान गरी स्वायत्तता दिइएको छ। त्यसमा अन्य जातिहरूलाई ४९ प्रतिशतमा समानुपातिक प्रतिनिधित्वको उचित व्यवस्था गरिएको छ।

अल्पसङ्ख्यकद्वारा बहुसङ्ख्यकमाथि शासन हुन्छ भन्ने भ्रमः
जातीय वा भाषिक स्वायत्तशासन प्रणालीमा अल्पसङ्ख्यक जातिले बहुसङ्ख्यामा रहेका जातिहरूमाथि शासन गर्छन् भन्ने धारणा गलत हो। जातीय आधारमा स्वायत्त शासन पाउने जनजाति ३७.२ प्रतिशत, राजनीतिक आरक्षण पाउने दलित १२ प्रतिशत र भाषिक आधारमा स्वशासन पाउने मधेशी २३ प्रतिशत गरी करीब ७३ प्रतिशत स्वायत्त शासन पाउने हुन्। बाहुन क्षेत्रीले पनि खसान प्रदेशमा स्वशासन पाउँछन्। समष्टिमा जातीय वा क्षेत्रीय स्वायत्त शासनको निर्माण गर्दा अल्पसङ्ख्यक जनजातिले बहुसङ्ख्यक बाहुनक्षेत्रीमाथि राज्य गर्ने होइन। फेरि, मधेसी बाहुन क्षेत्रीसमेत मिलाउँदा बाहुनक्षेत्रीको कुल सङ्ख्या नेपालको जनसङ्ख्याको ३२ प्रतिशत मात्र हो भन्ने पनि भुल्नुहुँदैन।

राज्य विखण्डन हुन्छ भन्ने भ्रमः
नेपालमा संघीय राज्य वा स्वायत्तशासनको राज्यसंरचना निर्माण भयो भने राज्य विखण्डन हुने जस्ता ध्वंशका सपना देख्नेहरू पनि छन्। अहिले पहाडे बाहुनक्षेत्रीले जनजाति, दलित तथा मधेशीमाथि उपनिवेशमा झैँ अन्याय गरिरहेका छन्। यस्तो शासनले स–साना जनजातिको अस्तित्व नै लोप गरायो भन्ने गुनासा पनि छन्। जातीय स्वायत्तशासन दिएर दमन हुने स्थितिबाट मुक्त गरियो भने विद्रोह र विखण्डन कहाँ हुन्छ? बरु दमन जारी रहेमा एकात्मक राज्य नै भएपनि त्यो खतराबाट टार्न सकिन्न।

संघीय राज्य संरचनाबाट सबै समस्याको समाधान हुन्छ भन्ने भ्रमः
प्रमुख सवाल अधिकारको बाँडफाँड र स्वायत्तताको हो। यो राजनीतिक, प्रशासनिक, आर्थिक, भाषिक, सांस्कृतिक, सामाजिक आदि पक्षहरूमा प्रतिबिम्बित हुनुपर्दछ। प्रशासनिक आधारमा बनेको संघीय वा क्षेत्रीय संरचना एकात्मक राज्यको विस्तारित स्वरुप मात्र हुन्छ। त्यसैले जातीय, भाषिक र सांस्कृतिक स्वायत्तताबिनाको संघीय राज्य रूपमा संघीय र सारमा एकात्मक नै हुन्छ। अतः हिन्दु खसअहङ्कारवादमा आधारित केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको लामो परम्परा भएको नेपालजस्तो मुलुकमा 'आत्मनिर्णयको अधिकार' सहितको जातीय स्वायत्तता राज्यसंरचनाको अनिवार्य अङ्ग बन्नुपर्छ।

(लेखक आदिवासी तथा जनजाति विषयक संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चका सदस्य हुन्।)

डीएनए परीक्षण

विज्ञानप्रति अविश्वास

चितवन, पटिहानीकी नीता गुरुङले २०५८ माघ ४ गते भरतपुरस्िथत सरकारी अस्पतालमा जन्माएको छोराको बाबु राजीव गुरुङ नै भएको जिकिर गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । चितवन जिल्ला अदालतले बच्चाको बाबु राजीव नै भएको फैसला गरेपछि राजीवकी आमा पुनरावेदन अदालत हेटौँडा पुगिन् । पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी कानुनी लडाइँका लागि सर्वोच्च अदालत पुगेकी थिइन् ।

०६४ पुस २३ गते न्यायाधीशहरू केदारप्रसाद गिरी र कल्याण श्रेष्ठको इजलासले डीएनए परीक्षण गर्न आदेश दियो । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरएिको डीएनए परीक्षणले नीताले जन्माएको बच्चा र राजीवको डीएनएमा कुनै किसिमको आनुवंशिक समानता नभएको प्रतिवेदन दियो । जसको अर्थ हो, बच्चा राजीवको होइन । तर, जेठ १० गते न्यायाधीशहरू बलराम केसी र सुशीला कार्कीको संयुक्त इजलासले जिल्ला अदालतकै फैसला अर्थात् सुरु फैसलालाई सदर गर्दै डीएनए परीक्षण प्रतिवेदनलाई इन्कार गरििदयो ।

सर्वोच्चको फैसलापछि राजीवले नीतालाई पत्नी र उनको बच्चालाई छोराका रूपमा स्वीकार्नुपर्ने भएको छ । जबकि, राजीवको पक्षबाट मुद्दा लडेका अधिवक्ता हीरा रेग्मी भन्छन्, "सर्वोच्चको फैसलापछि राजीवले डीएनए परीक्षण प्रतिवेदनले छोरा नठहर्‍याएको बच्चालाई आफ्नो छोरा स्वीकार्नुको विकल्प छैन ।" विज्ञहरूले यस फैसलालाई विज्ञानको प्रमाणिकता र कानुनको व्याख्याबीचको लडाइँका रूपमा अथ्र्याएका छन् ।

डीएनए अर्थात् मानव कोषको केन्द्रमा रहेको त्यस्तो जैविक रेसा, जसले प्राणी विशेषको आनुवंशिक जानकारी बोकेको हुन्छ । संसारभर िडीएनएलाई नातासम्बन्ध प्रमाणित गर्ने सबैभन्दा धारलिो वैज्ञानिक प्रमाण मानिन्छ । तर, नेपालको अदालती संसारमा डीएनए कैफियतको कुरा मात्रै हो । नाता प्रमाणितसम्बन्धी मुद्दाहरूमा जिल्लादेखि सर्वोच्चसम्मका सबै अदालतहरूले डीएनएलाई प्रमाण नै मान्दैनन् भने पनि हुन्छ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि डीएनएको औचित्य र प्रमाणिकताका बारेमा नयाँ बहसको सुरुवात भएको छ ।

विधिविज्ञान प्रयोगशालाले आर्थिक वर्ष ०६५/६६ मा मात्रै ३१ वटा केसमा ८९ जनाको डीएनए परीक्षण गरेको थियो । तीमध्ये अदालतहरूबाट नाता कायमसम्बन्धी मुद्दाका १९ वटा केसका ५४ नमुना पठाइएका थिए । प्रयोगशालाले ०६२ यता मात्रै ९९ केसमा २ सय ९४ जना व्यक्तिको नमुना परीक्षण गरसिकेको छ ।

०६२ यता नेपालमा डीएनए परीक्षण सुविधा उपलब्ध भएपछि त्यसलाई अदालतहरूले सहयोगी विधिका रूपमा लिए पनि डीएनए परीक्षण प्रतिवेदनकै आधारमा भने कुनै पनि मुद्दाको छिनोफानो भएको छैन । प्रतिवेदनलाई सन्दर्भ सामग्रीका रूपमा मात्रै लिइन्छ । फैसलाचाहिँ सामाजिक प्रमाणका आधारमा हुन्छन् ।

डीएनए परीक्षण प्रतिवेदनलाई प्रमाणका रूपमा अस्वीकार गर्नुलाई केही कानुन व्यवसायीहरू सर्वोच्चले घुमाउरो पारामा विधिविज्ञान प्रयोगशालामाथि अविश्वास गरेको रूपमा पनि बुभmछन् । जस्तो- विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले स्थापनाकालदेखि हालसम्म गरेको कुनै पनि डीएनए परीक्षणका प्रतिवेदनहरूमा टेकेर सर्वोच्चले फैसला गरेको छैन । प्रयोगशालाका विशेष वैज्ञानिक जीवनप्रसाद रजिाल भन्छन्, "सर्वोच्चको निर्णयले हाम्रा सबै निर्णयहरूलाई आशंकाको घेरामा कैद गरििदएको छ ।"

आजसम्म विधिविज्ञान प्रयोगशालाले ताजा रगतबाट मात्रै डीएनए परीक्षण गर्दै आएको छ । चिकित्साविज्ञहरूका अनुसार, ताजा रगतबाट गरनिे डीएनए परीक्षणको आधिकारकितामाथि शंका गर्नु आवश्यक देखिँदैन । विशेष वैज्ञानिक रजिाल भन्छन्, "अब राज्यले नै हामीलाई भन्नुपर्‍यो कि डीएनए परीक्षण गर्ने कि नगर्ने ? सर्वोच्चले नै हाम्रो परीक्षण प्रतिवेदनलाई नमानेपछि परीक्षण गर्नुको के अर्थ रह्यो र ?" आर्थिक वर्ष ०६५/६६ मा मात्रै विशेषज्ञ साक्षीका रूपमा नेपालभरकिा विभिन्न अदालतहरूमा बकपत्र गर्न अनुरोध गरएिकामा प्रयोगशालाका सम्बन्धित विज्ञहरूले विभिन्न ८६ वटा केसहरूमा सम्बन्धित अदालतमा गएर राय व्यक्त गरे । तर, उनीहरूका राय फैसलाका पूर्ण आधार बन्न सकेनन् ।

नीता र राजीव गुरुङको मुद्दामा गरएिको फैसलाले डीएनए परीक्षण प्रतिवेदनकै आधारमा काम गर्दै आएको नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले गर्ने अनुसन्धानमाथि पनि प्रश्नचिन्ह उठ्न सक्ने सम्भावना उजागर गरेको छ । विभाग अन्तर्गतको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाका वरष्िठ प्रहरी उपरीक्षक जनकबहादुर सिंह भन्छन्, "अब डीएनए परीक्षणको विषयमा नयाँ प्रश्न खडा भएको छ ।"

जेठ ७ गते अपराध अनुसन्धानको विषयमा राजधानीमा आयोजित एक कार्यशालाका सहभागीहरूले पनि कानुनी व्याख्याको आधारलाई प्रस्ट नपारेसम्म डीएनए परीक्षणको आधिकारकिता स्थापित हुन नसक्ने आँैल्याएका थिए । सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतका न्यायाधीशहरू तथा अपराध अनुसन्धान महाशाखाका प्रतिनिधिहरू र चिकित्साविज्ञानका विज्ञहरू सम्मिलित उक्त कार्यशालामा प्रयोगशाला, न्यायालय र प्रहरीको समन्वय नभएसम्म डीएनए परीक्षण प्रतिवेदनको आधिकारकितामाथि प्रश्नचिन्ह उठिनैरहने कुरा औँल्याइएको थियो । उक्त कार्यशालामा अदालती नियमले आजसम्म डीएनए परीक्षण प्रतिवेदनलाई किन शतप्रतिशत विश्वास गर्न नसकेको भन्ने प्रश्न पनि उठाइएको थियो ।

अघिल्लो वर्ष मात्रै शिवपुरीको जंगलमा भेटिएका हड्डीका टुक्राहरू बेपत्ता नागरकिका शवका भाग हुनसक्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले डीनए परीक्षणका लागि फिनल्यान्ड पठाएको थियो । फिनल्यान्डस्िथत विधिविज्ञान प्रयोगशालाले ती हड्डी पुरुषका भएको प्रमाणित गरेको थियो र त्यही आधारमा आयोग ती पुरुष बेपत्ता हुन् कि होइनन् भन्ने अनुसन्धानमा जुटेको छ । कानुनविज्ञहरूले सर्वोच्चको फैसलापछि आयोगको अनुसन्धानमाथि पनि प्रश्नचिन्ह उठ्न सक्ने औँल्याएका छन् । आयोगका प्रवक्ता गौरी प्रधान भन्छन्, "अब हाम्रो अनुसन्धानमाथि पनि प्रश्न उठ्न सक्छ ।"

बच्चाको बाबुको आधिकारकिता पुष्टि गर्ने सन्दर्भमा सर्वोच्चले डीनए परीक्षणको रपिोर्टविपरीत फैसला गरे पनि फैसलाको पूर्ण पाठ भने सार्वजनिक गरसिकेको छैन । विधिविज्ञान प्रयोगशालाले फैसलाको प्रतिलिपि उपलब्ध गराइदिन सर्वोच्च अदालतलाई १९ जेठको मितिमा अनुरोधपत्र पठाएको छ ।

अघिल्लो वर्षको मंसिर २ मा सर्वोच्चले डीएनए परीक्षण प्रतिवेदनभन्दा अन्य आधारहरूमाथि टेकेर फैसला गरेको थियो । रूपन्देही, सूर्यपुराका मुसे अहिर र जंगबहादुर अहिरको अंशबन्डासम्बन्धी मुद्दामा बाबु पहिचान गर्ने क्रममा अदालतले डीएनए परीक्षण प्रतिवेदनलाई आधार माने पनि डीएनए परीक्षणकै आधारमा मात्रै टेकेर फैसला भने गरेन सर्वोच्चले । न्यायाधीशद्वय राजेन्द्रप्रसाद कोइराला र प्रकाश वस्तीको संयुक्त इजलासले गरेको उक्त फैसलाको पूर्ण पाठमा परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले डीएनएको परीक्षणलाई प्रभावित पार्न सक्ने भएकाले डीएनएको परीक्षण प्रतिवेदनमाथि नै सतप्रतिशत विश्वस्त हुन नसक्ने उल्लेख छ ।

डीएनएसम्बन्धी जानकार डा समिरमणि दीक्षितका अनुसार, डीएनएलाई अन्तर्राष्ट्रिय रूपमा नै आधिकारकि प्रमाणका रूपमा लिने गरन्िछ । उनी भन्छन्, "ती देशहरूमा सरकारले नै विधिविज्ञान प्रयोगशालाको प्राविधिक क्षमता मूल्यांकन, अन्तर्राष्ट्रिय मापदण्डको पालना र प्रयोगशालाको निरन्तर नियमन र अनुगमन गर्ने गर्छ ।" जापानको टोकियो युनिभर्सिटीबाट डीएनए विषयमा विद्यावारििध गरेका नन्दबहादुर सिंह डीएनए परीक्षणको प्रक्रियागत त्रुटि आँैल्याउन सकिने भए पनि यसलाई आधिकारकि प्रमाण मान्नैपर्ने बताउँछन् । भन्छन्, "डीएनए मानिसहरूबीचको नाता प्रमाणित गर्ने सबैभन्दा आधिकारकि र वैज्ञानिक विधि हो ।" -हेर्नूस्, बक्स)

सर्वोच्च अदालतले सरकार मातहतकै निकायको वैज्ञानिक प्रतिवेदनलाई किन मानेन त ? प्रयोगशालाको परीक्षण प्रतिवेदनको आधिकारकितामाथि आशंका गर्न सकिने भएकाले सर्वोच्च अदालत विश्वस्त नभएको हुन सक्छ  । त्यसको एउटा कारण प्रयोगशालाले पुरानो प्रविधि अपनाएको र अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा नगरेको कारण पनि हुनसक्ने जानकारहरू बताउँछन् ।

डीएनए परीक्षण गर्ने प्रयोगशाला अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने विश्वव्यापी मान्यता छ । आईएसओ १७०२५ मान्यता प्राप्त नभएसम्म उक्त प्रयोगशालाले गरेको परीक्षण अन्तर्राष्ट्रिय रूपमा मान्य हुन सक्दैन । हुन त विधिविज्ञान प्रयोगशाला भने इन्डोप्यासीफिक एसोसिएसन अफ लिगल मेडिसिन र जिट्याडबाट मान्यता प्राप्त रहेको छ । प्रयोगशालाका विशेष वैज्ञानिक जीवनप्रसाद रजिालका अनुसार, यी दुवै संस्थाले हरेक वर्ष प्रयोगशालाको गुणस्तर मापन गर्छन् । ती संस्थाले हरेक वर्ष पठाउने नमुना प्रयोगशालाले परीक्षण गरेर प्रतिवेदन पठाउँछन् । रजिालका अनुसार, त्यसरी पठाइएका प्रतिवेदन र ती संस्थाका परीक्षणबीच कहिल्यै विरोधाभास देखिएको छैन । भन्छन्, "त्यसैले हाम्रा परीक्षण त्रुटिरहित छन् ।"

विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्ने चिकित्सकको हकमा आजसम्म कुनै मापदण्ड बनाइएको छैन । प्रयोगशालाका विशेष वैज्ञानिक रजिालको समेत डीएनएको विषयमा आधिकारकि शैक्षिक डिग्री छैन । उनको शैक्षिक योग्यता वनस्पतिशास्त्रमा स्नातकोत्तर हो । रजिालका अनुसार, उनले दिल्लीस्िथत नेसनल इन्स्िटच्युट अफ क्रिमिनोलोजीबाट विधिविज्ञानमा सातमहिने तालिम हासिल गरेका हुन् । त्यसबाहेक उनले कोलकाता र बेलायतबाट पनि तालिम लिएका छन् । भन्छन्, "प्रयोगशालाको परीक्षण प्रतिवेदनमाथि शंका लागे अन्तर्राष्ट्रिय प्रयोगशालाबाट पुनः जाँच गर्न सकिन्छ । तर, डीएनए परीक्षण नै मान्दिनँ भन्नु त विज्ञान नै मान्दिनँ भन्नुजस्तै हो ।"





'वादी सन्तानका बाबु पनि पत्ता लाग्छन्'

- नन्दबहादुर सिंह

नेपालमा डीएनए परीक्षणको बहुउपयोगिताका बारेमा पर्याप्त बहस नै भएको छैन । डीएनएलाई कानुनी मान्यता प्रदान गर्ने हो भने अपराधको कसुर भोगिरहेका कैयन् निर्दोष पनि सावित हुन सक्छन् । त्यति मात्रै होइन, जातीयता र नश्लको आधिकारतिाको विषयमा पनि थप अध्ययन गर्न सक्छौँ । डीएनए परीक्षणबाटै वनस्पतिहरूमाथिको स्वामित्व अन्तर्राष्ट्रिय रूपमा दर्ता गर्न सकिन्छ । त्यसैगरी, जीवजन्तुहरू लोप हुन आँटे भने डीएनए सुरक्षित राखेर तिनलाई बचाउन सकिन्छ ।

नेपालमा करबि पाँच सयको हाराहारीमा वादी महिलाका सन्तानहरूका असली बाबुको पहिचान हुन सकेको छैन । सरकारले चासो देखाउने हो भने डीएनए परीक्षणबाट तिनका बाबु पहिचान गर्न सम्भव छ । त्यसका निम्ति धेरै पैसा चाहिँदैन ।

नेपाली सामाजिक बनोट र संघीय राज्य

नेपालको सामाजिक बनोट र संघीय राज्यव्यवस्था का बारेमा हिमाल खबरपत्रिका ले ७ भदौमा राउण्ड टेबुलको आयोजना गरेको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका चक्र बाँस्तोला र डा.रामवरण यादव, नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ, नेकपा मालेका टङ्क राई, नेकपा माओवादीका अमृता थापा, राष्ट्रिय जनमुक्ति पार्टीका एमएस थापा मगर, प्राध्यापकद्वय कृष्ण खनाल तथा भीमसेनदास प्रधान र भूगोलविद् डा. पीताम्बर शर्मा सहभागी हुनुहुन्थ्यो।

• किरण नेपाल/जेबी पुन मगर

राजनीति जातीय मुद्दा

चक्र बाँस्तोला
जातीय मुद्दालाई समस्याभन्दा पनि संभावनाका हिसाबले हेर्नुपर्छ। बहुजाति, बहुभाषा र बहुसंस्कृति नेपालको धरोहर हो। तर, यसलाई बिर्सेर राष्ट्रियताका नाउँमा यहाँको शासनप्रणालीलाई 'होमोजिनियस्' (एकरूपी) बनाइयो। त्यसले विविधताको विशिष्टतालाई नष्ट गर्‍यो र समस्या निम्त्यायो।

लोकतन्त्रमा भोट हाल्ने वा राजनीतिक अधिकारको उपभोग गर्ने अवस्था मात्र पर्याप्त हुन्न। मानिसहरूले आफ्नो पहिचान स्थापित गर्ने हक पनि पाउनुपर्दछ।

डा. पीताम्बर शर्मा
राजनीति समावेशी नभएकैले जातीय मुद्दा आएको हो। प्रत्येक राजनीतिक दल तथा राज्यको नेतृत्वमा हरेक वर्ग, तप्का र जातिको प्रतिनिधित्व भइदिएको भए यो विषयले दलभित्रैबाट समाधान पाउँथ्योे, तर भएन। अहिले उठेका जातीय प्रश्न र संघीय संरचनाका कुरालाई सम्बोधन गर्ने हो भने यसको जरैमा पुग्नु जरुरी छ। नेपाल राष्ट्रको ऐनामा हरेकले व्यक्तिगत रूपमा आफ्नो अनुहार देख्न पाउनु पर्‍यो। यो कुरा राज्य र राजनीतिले बुझ्नै सकेन।
टङ्क राई

टङ्क राई
राज्यको अधिकार निश्चित जाति र समुदायले मात्र लिँदा विभेद भयो। आफ्नो जातीय पहिचानसहित व्यक्तिले आफ्नो विकास गर्न नसक्ने स्थितिको सिर्जना गरियो। राज्यका नीति, कानून, सिद्धान्तमा हिन्दू दर्शनको 'कोडिफिकेशन' भयो। यसबाट गैर हिन्दूहरूको संस्कृतिमाथि प्रहार भयो। नेपालको शासनव्यवस्था एक व्यक्ति, जाति र भूगोलमा केन्द्रीकृत हुनपुग्यो।

मधेशीलाई कहिल्यै नेपाली मानिएन। मन्त्रिमण्डलमा एकजना मधेशी परिसकेपछि दोस्रो मधेशी राख्नै पर्दैन भन्ने सोच छ। एउटा राई पर्‍यो भने अर्को किन ल्याउने भनिन्छ। तर १५ जनामा १० जना बाहुन परेपनि धेरै भए, अरू राख्न हुन्न भनिँदैन। पार्टीहरूभित्र पनि यस्तै स्थिति छ।

राज्याधिकार र शासनमा सहभागिताको अधिकारको प्रश्न नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। राज्य सञ्चालनको ९५ प्रतिशत हिस्सामा सीमित जातिको हालीमुहाली छ। राष्ट्र सञ्चालनको कुरा १२ प्रतिशत ब्राह्मणहरूमा सीमित भएपछि जातीय प्रश्नले प्रधानता पाउने नै भयो। संघात्मकता राज्य गर्ने अधिकारलाई बाँडीचुडी उपयोग गर्ने प्रणाली हो। त्यसैकारण अहिले यसको वकालत भएको हो।
प्रा. कृष्ण खनाल

प्रा. कृष्ण खनाल
अहिलेको जातीय राजनीतिलाई विभिन्न जनजातीहरूले शासनसत्तामा ठाउँ खोजेका हुन् भनेर बुझ्नुपर्छ। राज्यबाट पाखा लागेकाले आफ्नो ठाउँ खोज्नु अस्वाभाविक होइन।

लोकतन्त्रको आधारभूत मान्यतालाई आत्मसात नगर्ने हो भने जातीय मुद्दाले अहिलेको भन्दा ठूला समस्याहरू लिएर आउँछ। समयमै व्यवस्थापन गर्न सकिएन भने राजनीति बिथोलिन्छ। पार्टी भनेको सम्पूर्ण समुदायमा भिजेको एउटा प्लेटफर्म हो। जातजाती, भौगोलिक क्षेत्र सबैलाई यसले समेटेको हुन्छ। तर यो समस्यालाई हल गरिएन भने दलहरूको पकड कमजोर भएर जान्छ। कसैको जात, संस्कृती, भाषाका बारेमा कुरा गरिदिने हो भने छिट्टै लोकिप्रिय होइन्छ। त्यसपछि जाती, भाषा, धर्म, संस्कृती जस्ता गैर राजनीतिक मुद्दाहरूले हाबी हुने मौका पाउँछन्। नेपालको राजनीति अहिले त्यतातिर जान खोजेको छ।

डा. रामवरण यादव
हामीकहाँ भएका जातजातिहरूमध्ये अधिकांशलाई एक–एक वटा समूहमा बाँधेर समुदायको नाम दिन सकिन्छ। मधेशका धेरै जातिहरूबीचको धर्म, संस्कृति, भेषभुषा मिल्दोजुल्दो छ। तर, जातको कुरा गर्‍यो भने जातैपिच्छे प्रभाव पार्न सकिन्छ भनेर माओवादीले चर्काए, यो गलत हो। छोटो बाटोबाट राजनीतिमा प्रवेश गरेकाहरूले जातीय मुद्दालाई चर्को रूपमा उठाएका हुन्। माओवादीहरूले पनि यसलाई 'क्यास' गर्न खोजेका हुन्।

पृथ्वी सुब्बा गुरुङ
जातीय, धार्मिक, सांस्कृतिक र भाषिक रूपमा विविधता भएको मुलुकलाई राज्यसत्ताले हिन्दुकरण गर्‍यो। धेरै जातिहरू लोप भए। अहिले पनि हामीले राजनीति गर्न सकेनौँ भने हाम्रो पहिचान हराउँछ भनेर आदिवासी जनजाति, मधेशीहरूले यो कुरालाई अगाडि ल्याए। मुलुकको दृष्टिकोणमा परिवर्तन आएन भने जातीय मुद्दाले डरलाग्दो रुप लिन सक्छ।
अमृता थापा

अमृता थापा
उत्पीडित वर्गभित्रको जातीय सवाल भएकाले यो मुद्दाले अहिले महत्त्व पाएको हो। हिजोका दिनमा मुलुकमा भएका

विभिन्न क्रान्तिमा समेत जातिभेद पाइन्छ। क्रान्तिमा लागेका बाहुनलाई मार्न नहुने, तर अरू जातिलाई मार्ने गरिएका उदाहरणहरू छन्। उत्पीडन भएपछि राजनीतिमा पनि जातीय सवाल उठ्छ नै।

कम्युनिष्टहरूले उत्पीडितहरूको आवाज उठाइदिएर तिनलाई मुक्त गर्ने हो। तिनलाई उत्पीडनको स्थितिबारे पनि जानकार बनाउनुु पर्‍यो। त्यसो गरिएन भने उनीहरूलाई आफ्नो अधिकार र कर्तव्य के हो भन्ने थाहै हुँदैन। त्यसैले पनि यो मुद्दालाई उठाइएको हो, राजनीतिक रूपमा 'क्यास' गर्न होइन।

भीमसेनदास प्रधान
राज्यको राजनीतिक र प्रशासनिक तहमा सबै जातिको सहभागिता हुनुपर्छ भन्ने सोच हिजोका दिनमा नआएका कारण यो मुद्दा अहिले यति माथि आएको हो। २०४६ पछि पनि जातीय मुद्दाहरूलाई तत्कालीन सरकार र दलका नेतृत्वबाट सही रूपमा लिन सकेको देखिएन। गणेशमानजीले त्यहीबेला सरकारले गर्ने राजनीतिक नियुक्तिलाई समावेशी बनाउनुपर्ने आवाज उठाउनुभएको थियो, तर सुनुवाई भएन। भर्खरै मङ्गलसिद्धि मानन्धरले दुई–चार जना नेवारलाई राजनीतिक नियुक्ति गर्नेबित्तिकै 'राष्ट्रिय खेलकुद परिषदमा जातिवाद' भन्न थालिएको छ। यसले पनि देखाउँछ– समावेशीकरण सजिलो छैन।
एमएस थापा मगर

एमएस थापा मगर
जातीय सवाल अहिले बौद्धिक आतङ्कका रूपमा देखा परेको छ। हाम्रा बौद्धिक वर्ग र जिम्मेवार राजनीतिक दलहरूजातीयताको हावामा बहे भने भोलि यो मुलुक नै रहन्न। मुलुकमा जनजातिका मात्र हैन, गैरजनजातिका मुद्दाहरू पनि छन्। क्रिया हुँदा प्रतिक्रिया हुन्छ। जनजातिका कुरालाई मात्र अगाडि बढायौँ भने भोलि दलित या बाहुन क्षेत्रीले पनि प्रतिक्रिया दिन सक्छन्।

एकाधिकारका कारण यो समस्या आएको हो। सिंहदरबार कब्जा गर्ने जाति, वर्ग र तप्काले नै वडासम्म कब्जा गरेको छ। यसलाई तोड्नु, वञ्चितहरूलाई अधिकार दिलाउनु एउटा कुरा हो तर जातिविशेषकै मुद्दा अघि सार्दा नतिजा नकारात्मक पनि आउन सक्छ।
२०४६ सालमै हामीले मुलुकको नीतिनिर्माण, विकास कार्य र प्रशासनिक अधिकारयुक्त स्थानीय प्रशासनमा वादीदेखि बाहुनसम्मका सम्पूर्ण जातिहरूलाई तिनको सङ्ख्याका आधारमा सहभागी गराउन आवाज उठाएका हौँ। त्यो बेला हामीलाई साम्प्रदायिक भनियो। त्यही बेला सुनुवाई भएको भए आज यो अवस्था आउने थिएन।

अबको निकास संघीय राज्य
चक्र बाँस्तोला

चक्र बाँस्तोला
एकात्मक राज्यलाई संघीय बनाउन गाह्रो छ। पृथ्वीनारायण शाहको पालामा बाईसे–चौबीसे राज्य हुँदा शायद सकिन्थ्यो। तर, अहिले यो धेरै जेलिएको र अप्ठेरो छ। तथापि, राज्य–राज्य एकठाउँमा बसेर हामी संघ बनाऔँ, हाम्रा फलाना–फलाना अधिकार केन्द्रमा र बाँकी राज्यहरूमा राखौँ भन्ने खालको संरचनागत सहमति हुन सक्छ।

मुलुकलाई जातीय स्वायत्तताको नाममा खण्डीकरण गर्ने हो भने राष्ट्र नै हराउँछ। जुन भौगोलिक अवस्थामा हामी छौँ, त्यहाँ गुरुङ, राई वा मधेशी गणराज्यहरू स्वतन्त्र रूपमा रहन सक्दैनन्। हामीले नेपाल राज्य बनाउने कि जातीय राज्यहरू बनाउने? जातीय, भाषिक आकाङ्क्षाहरूलाई मुलुकको नीतिनिर्माणमा समावेश गर्न सम्बोधन गर्ने हो, छुट्टै राज्य बनाएर मुलुकलाई खण्डीकरण गर्न होइन। माओवादीपक्षीय पछिल्ला बौद्धिक बहसमा आर्थिक वर्गलाई जातीय वर्गले प्रतिस्थापित गरेर द्वन्द्वात्मक सिद्धान्तलाई अगाडि बढाउने प्रयास हुँदैछ।

नेपाल राज्यको कुरा गर्ने कि लिम्बू, मगर वा गुरुङ राज्यको? नेपाललाई टिकाउन त धौ–धौ परेको छ भने गुरुङ राज्य टिक्ला? राजनीतिक वा आर्थिक हिसाबले पनि यी राज्यहरू टिक्न सक्ने कुरामा ठूलो प्रश्नचिह्न छ।
डा. पीताम्बर शर्मा

डा. पीताम्बर शर्मा
पृथ्वीनारायण शाहलेे 'असिल हिन्दुस्तान' राज्यको निर्माण गरेर दक्षिणतिरको उदाउँदो ब्रिटिश प्रभुत्वका अगाडि दह्रो 'हिमालयन डिफेन्स' सिर्जना गर्न खोजेका हुन्। उनको युगसँग समयसापेक्ष चेतनालाई अहिलेको चेतनासँग दाँजेर हेर्न मिल्दैन। अब संघीयतामा नगई सुख छैन। संघीयताको आधार जातीय भन्दा पनि प्रादेशिक विकासलाई बनाउनुपर्छ। यी प्रदेश र त्यस भित्रका जिल्लाहरूमा रहेको जातीय सघनताका आधारमा संघीयताको सवालको निरुपण गर्नुपर्छ। विधि चाहिँ छलफलद्वारा निर्क्योल गर्न सकिन्छ।

प्रादेशिक विकास, आर्थिक सबलता, आर्थिक अन्तरसम्बन्धका आधारमा संघ, संघभित्रको जातीय सघनताका आधारमा जिल्लाहरू बनाएर तिनलाई स्वायत्तता दिनुपर्छ। हाम्रो राजनीति, इतिहासका आफ्नै सीमा र सम्भावनाहरू छन्। तिनलाई ध्यानमा राखेर हामीले नयाँ पाना पल्टाउनुुपर्छ।

डा. रामवरण यादव
संघीय/प्रान्तीय जे गरेपनि समावेशी गर्नुपर्छ, स्वायत्तता दिनुपर्छ, बहुदलीय व्यवस्था, संसदीय शासनप्रणाली, कानूनी राज्य, मानवअधिकार, मौलिक हकलगायतका लोकतान्त्रिक चरित्र ती राज्यमा हुनैपर्छ। राजनीतिमा सबैलाई न्याय भएको अवस्थामा मात्र हामी र हाम्रो राष्ट्र टिक्न सक्छ।

हामी आर्य र मङ्गोल दुई सभ्यताको बीचमा छौँ। राजनीतिक हिसाबले यहाँ दुई सिद्धान्तको सङ्गम छ; एउटा प्रजातान्त्रिक समाजवाद अर्को क्रान्तिकारी समाजवाद। र, सामन्तवादले शासन गरिरहेको छ। यसअघि यी दुवै राजनीतिक धारको मिलनबिन्दु बनाउन सकिएन। प्रजातन्त्र संस्थागत हुन सकेन। प्रजातन्त्रमा पनि प्रजातान्त्रिक भएर व्यवहार गर्न सकेनौँ। अब त्यसो हुनुहुँदैन।

अमृता थापा
समावेशी, समानुपातिक जस्ता गफ गरेर मात्र हुँदैन, जबसम्म सामन्तवाद अर्थात् राजतन्त्रको जरो उखेलिँदैन तबसम्म शासनसत्तामा पहुँच नभएकाहरूको भलो हुनसक्दैन।

जातीय, लिङ्गीय, भाषिक, क्षेत्रीय हरेक क्षेत्रमा भएका भेदभावको अन्त्य नै संघीय संरचना हो। हिजोको पक्षपातका कारण आज स्वायत्तता माग गरिएका क्षेत्रहरूको विकास नभएको हो। जातीय राज्यबाट नै आर्थिक मेरुदण्डको विकास गर्न सकिन्छ। आर्थिक रूपमा चल्न सक्दैनन् भनेर स्वायत्त राज्य अस्वीकार गर्नु बौद्धिक दम्भ मात्रै हो।
पृथ्वी सुब्बा गुरुङ

पृथ्वी सुब्बा गुरुङ
लोककल्याणकारी राज्यले जातिको सभ्यतालाई आफ्नो सभ्यता बनाउँदछ। मानिसहरू आफ्नो इतिहासको खोजी गर्ने, सभ्यता बचाउने, संस्कृतिको रक्षा गर्ने भनिरहेका छन् भने त्यसमा समस्या देख्नुको औचित्य छैन। संघीयतामा जानैपर्छ। प्रादेशिक संरचनामा जाँदा छलाङ मारे जस्तो देखिएपनि त्यसबाट मात्रै अहिले उठेका मुद्दाहरूलाई सम्बोधन गर्न सकिन्न।

जातीय स्वायत्त राज्य बनाउँदा मुलुक विखण्डन हुन्छ भन्ने कुरा उच्च जातिको अहङ्कारवादी चिन्तनको परिणति हो। पहाडमा जातीय, तराईमा भाषिक र मध्य र सुदूरपश्चिममा क्षेत्रीय स्वायत्त प्रदेश बनाउनुपर्छ। माओवादीले जस्तो विदेशको शास्त्र र सूत्र पढेर नेपाल बनाउनुहुँदैन। छुट्टिन सक्नेसम्मको अधिकार स्वायत्त प्रदेशहरूलाई दिइनुहुँदैन। भोलि स्वायत्त प्रदेशको काँधमा बन्दूक राखेर 'राइट टु सेसेसन' को गोली पड्काउने काम नहोला भन्न सकिन्न।

एमएस थापा मगर
पञ्चायतमा देशलाई उत्तर–दक्षिणको हिसाबले विभाजन गरियो, किनकि शासक वर्ग मधेशीहरूले चुनाव नजितुन् भन्ने चाहन्थ्यो। हामीले यसलाई तोड्नुपर्छ। मधेशीहरूको गौरव कायम हुने गरी प्रशासनिक संरचना बनाउनुपर्छ। राज्यमा त्यहीँका मानिसले शासन गर्न पाउने, राज्यका सबै जातजातिहरूको प्रतिनिधित्व हुने निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्छ। अल्पसङ्ख्यकहरूलाई समूह बनाएर सङ्क्रमणीय चक्र प्रणालीका आधारमा प्रतिनिधित्व गराउनुपर्छ।

अहिले दलहरू तथा गैरजनजाति बुद्धिजीवीहरूले जातीय मुद्दामा हो मा हो मिलाएर हिँडेका छन्। जनजातिका मुद्दाहरूमा समर्थन गरिएन भने हामी सकिन्छौँ भन्ने त्रासले यहाँका ब्राह्मण–क्षेत्री बुद्धिजीवीहरू आतङ्कित भएका छन्। डराएर, आतङ्कित भएर गैरराजनीतिक विषयलाई राजनीतिमा प्रवेश गराइयो भने मुलुकको भलो हुँदैन।

राजनीतिक रूपमा हुनुपर्ने ब्राह्मणवादको विरोध सामाजिक र सांस्कृतिक रूपमा हुनु घातक हो। यसले समाजमा विभाजन रेखा खिच्छ। आज ब्राह्मणको एकाधिकार तोड्न जसरी अघि बढिएको छ, त्यसले दलित वा जनजातिको एकाधिकार नै निम्त्याउने हो। हामीले तोड्न खोजेको त एकाधिकार हो। एउटाको तोडेर अर्काको एकाधिकार लाद्न खोजेको होइन। त्यसैले स्वायत्त क्षेत्रहरू जातिको नाममा नभई भूगोलको आधारमा हुनुपर्छ। आज जातीय आधारमा स्वायत्त मगरात बनाइयो भने भोलि त्यस क्षेत्रका गैर मगरहरूले पनि स्वायत्तताको माग गर्छन्। यो समाधानको बाटो नभई मुलुकलाई खण्डित गर्ने मन्दविष हो।

कृष्ण खनाल
आर्थिक विकासका लागि पनि संघीय संरचना हाम्रा लागि अपरिहार्य छ। यसका लागि दलहरू नेपाल अब संघीय संरचनामा जानुपर्छ भन्नेमा सहमत हुनु जरुरी छ। संघीयताको आधार भूगोल कि जातीयता भन्ने बहसको विषय छ। धेरै जनजातिको भनाइमा जातीय आधारमा टेक्नुपर्छ। तर यो गाह्रो कुरा हो। जातीय कुराले महत्त्व पाएपछि क्षेत्र र जनतासँग राज्यको सम्बन्ध कमजोर हुँदै जान्छ। संघीय पद्धतिका निम्ति भाषा, संस्कृति, जातजातिको विविधतालाई आधार बनाउन सकिन्छ। संघीय शासनमा प्रतिस्पर्धात्मक राजनीति गर्ने कि नगर्ने भन्नेमा पनि स्पष्ट हुनुपर्छ। संघीय संरचना प्रतिस्पर्धात्मक भएन भने मुलुक अघि बढ्दैन।

हामी प्रदेशको विभाजन, सङ्ख्या र नामकरणमा अल्झेका छौँ। नयाँ नेपालका लागि राजनीतिक, आर्थिक आधारशिला निर्माण गर्न केही विश्वव्यापी मान्यता र सिद्धान्तलाई टेक्नैपर्छ। आत्मनिर्णयको अधिकारलाई स्वीकारिसकेपछि छुट्टिनसक्ने अधिकारलाई रोक्न सकिन्न। भाषा, संस्कृतिका हिसाबले धेरै हदसम्म छिमेकीसँग मिल्ने भएकाले मधेश टुक्रिएला भनेर तर्सने भए अरूको बारेमा कसरी ढुक्क हुन सकिन्छ? एउटाका लागि एकथरी सिद्धान्त र अर्काको लागि अर्कोथरी अपनाउन मिल्दैन।

जातीय, भाषिक, वर्गीय, आर्थिक स्थिति तथा विकास, सामाजिक न्याय हरेक हिसाबले पहिचान, प्रतिनिधित्व हुने गरी राज्यको पुनर्संरचना हुनु जरुरी छ। एउटा राज्यमा एउटा अमूक जातिको मात्र मुख्य शासक हुने व्यवस्था त गर्नै हुँदैन। यो सबै कामका लागि एउटा राष्ट्रिय कमिसन नै किन नबनाउने? त्यसले नै सीमा निर्धारण, आर्थिक, सांस्कृतिकलगायतका संघीयताका आवश्यक आधारहरू खोज्ने काम गर्छ। विज्ञहरूको आयोग बनाउँदा त्यो अलिकति भएपनि संवेदनशीलताबाट अलग हुन्छ। संघीय संरचनाको पछाडि भावनात्मक सम्बन्ध पनि हुन्छ। एउटाले यति वटा प्रान्त उपयुक्त छैनभन्दा अर्काको मन दुख्छ। राजनीतिक सहमतिबाट बनेको राष्ट्रिय कमिसनले भन्यो भने चित्तदुखाई कम हुन्छ।

टङ्क राई
नेपालमा कुनै पनि जातिले स्वायत्तताको माग गर्दा छुट्टै देशको माग गरेका छैनन्। जातीय आन्दोलनको सौन्दर्य हो यो। 'म नेपाली हुँ' भन्नेहरूमाथि छुट्टिन्छ भन्ने सोच पालिराख्ने हो भने एकदिन साँच्चिकै छुट्टिन्छ। हामीकहाँ वादको युद्ध भयो, जातीय युद्ध भएको छैन। त्यो हुनु अगावै हामीले यसमा ध्यान दिनुपर्छ। आत्मनिर्णयको अधिकार हरेकसँग हुन्छ। मनभित्रैबाट सँगै बस्न मन छैन भने कसरी जोडेर राख्न सकिन्छ?
भीमसेनदास प्रधान

भीमसेनदास प्रधान
संघीय संरचनामा जाँदा संसद, दल र सरकार सबैतिर समानुपातिक प्रतिनिधित्व हुनुपर्छ। समग्र राज्य संरचनालाई समानुपातिक बनाउन विज्ञहरूलाई जिम्मा लगाउनुपर्छ। हामीले जातीय रूपमा राजनीतिक संरचना तयार पार्‍यौँ भने द्वन्द्व बढ्छ। धेरै लिम्बूहरू लिम्बूवानबाट बाहिरिएका छन्, काठमाडौँका नेवारहरू धनकुटा र इलाम पुगेका छन्। अब काठमाडौँलाई नेवार र पूर्वी पहाडलाई लिम्बूवान घोषणा गरियो भने काठमाडौँका लिम्बूहरू अनि इलाम/धनकुटाका नेवारहरूलाई के गर्ने?

गन्धर्वको सांगोपांगो

एउटा सारंगीको भरमा देशदेशावर घुम्दै गीत गाउँदै हिँड्ने गन्धर्व जातिको अवस्था, यसको उत्पत्ति, बसोवास स्थल र जनजीवनजस्ता पक्षको सूक्ष्म अध्ययन गरी प्रकाशित पुस्तक हो, गन्धर्व लोकवार्ता तथा लोकजीवन ।

उहिलेका गाइने र पछिका गन्धर्वलाई त्यतिबेला समाचारदाता पनि भनिन्थ्यो । र, उनीहरूले देशका कुनाकाप्चामा पुगेर देशभरकिा तात्ताता समाचार सारंगीका तारमा रेट्दै गीतका रूपमा सुनाउँदै हिँड्थे । साँच्चै भन्ने हो भनेे लामो कालखण्डसम्म पनि नेपालका विकट ठाउँमा न हल्कारा पुग्थे न त त्यहाँ रेडियोलगायत कुनै पनि सञ्चार सामग्रीको उपस्िथति थियो । कतिपय स्थानमा रेडियो कस्तो हुन्छ भन्ने थाहा पाउन नसक्ने समय पनि थियो । त्यस्तो बेला, यिनै गन्धर्वका सारंगीमा रेटिने गीत नै समाचार स्रोत थिए । जुन महत्त्वपूर्ण कुरा हो र यसलाई पुस्तकमा महत्त्वका साथ वर्णन गरएिको छ ।

यिनै गन्धर्वहरूमाथि क्षेत्रगत अध्ययन र अनुुसन्धान गरी तुलसी दिवस र चूडामणि बन्धुको सम्पादकत्वमा यो पुस्तक प्रकाशित भएको छ । तुलसी दिवस यसका परयिोजना निर्देशक पनि हुन् । यसमा क्षेत्रगत अनुसन्धानका क्रममा चूडामणि बन्धुको संयोजकत्वमा कुसुमाकर न्यौपाने, मीना मानन्धर र मानबहादुर साहूले गन्धर्व जनजीवनको भित्री तहमा पुगेर जुन विशद् चर्चा गरेका छन्, त्यो आफैँमा महत्त्वपूर्ण त छ नै साथसाथै यो गन्धर्वजातिको समग्र अध्ययन गर्न चाहनेका लागि अमूल्य सामग्री पनि हो ।

सामान्यतया वार्ता भन्नाले कुराकानी या सवालजवाफ भन्ने बुझिन्छ । तर, यस पुस्तकमा लोक भनेको हामीले भन्दै आएको मानिसको समूहलाई नै भनिएको छ भने वार्ता भन्ने शब्दलाई चाहिँ सिर्जनाको अर्थमा प्रयोग गरएिको छ । पुस्तकमा परयिोजना निर्देशकको भनाइमा यसको अध्ययनका लागि आधिकारकि निकाय नेपाल प्रज्ञाप्रतिष्ठानले यसखालका अध्ययन-अनुसन्धानहरूको थालनीसम्म त गर्‍यो तर त्यसले निरन्तरता नपाएका कारण यसले पूर्णता पाउन सकेन । फलतः नेपाली लोकसंगीत संस्कृतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेे गन्धर्व जातिको योगदानको उचित चर्चा हुन सकेन ।

पुस्तकको समग्र अध्ययनले सम्पादकद्वयले गरेको मिहिनेत प्रस्ट रूपमा झल्काउँछ । २२ वटा अध्यायमा विस्तारति यस पुस्तकमा गन्धर्व जातिको उत्पत्ति, यिनको मुख्य बसोवास स्थल, यिनको सामाजिक लोकजीवन र आर्थिक पक्ष, सहायक पेसा संस्कार, चाडपर्व, व्यवहार, सांगीतिक पक्ष आदि माथि जुन अध्ययन गरएिको छ, त्यो उदाहरणीय त छ नै त्यसले गन्धर्व जातिबारे आद्योपान्त ज्ञान पनि दिन्छ । कृतिमा यस जातिको यति मिहिन र सूक्ष्म अध्ययन गरएिको छ, जहाँ यिनको थर बाहुनक्षेत्रीसँग मिल्ने कुराको चर्चादेखि कारणसम्म उल्लेख छ । यो मात्र होइन, यसमा गीतका साथ दिइएका उदाहरणहरूले पनि पुस्तकलाई अझ आधिकारकि बनाएको छ ।

पोखरानिकटको गगनगौँडाकी टीकामाया गन्धर्वले घरभित्र राखेको सारंगी झिकेर गाइन् ः

चैत जाँदो वैशाखमा साल्को पात पलाई

यो बेलामा जो देखे नि मयाँ लाग्ने मलाई

चन्दन लाउनू छ्यापछ्याप गाजलुलाई कोस

अर्कालाई मैले क्यै भन्नु छैन यै कर्मको दोष ।

यस गीतले एउटी वयस्क महिलाको प्रेम र पीडालाई प्रस्ट रूपमा झल्काएको छ । सँगै, गन्धर्व जातिमा सारंगीवादनमा पुरुषको मात्र होइन, महिलाले पनि त्यत्तिकै अधिकार कायम गरेको संकेत सम्पादकद्वयले

दिएका छन् ।

तर, पुस्तकको अन्त्यतिर यस जातिको मौलिक बाजाको ठाउँ अन्य आधुनिक बाजाहरूले लिन थालेको सत्योद्गारले नेपाली संगीतप्रेमी जोकोहीको पनि मन कटक्क खान्छ । गीतमा समाचार भन्दै हिँड्ने यो सम्पन्न संगीतकर्मी जाति आज समय, परििस्थति र आफ्नै कारणले पनि ओझेलमा परेको छ । सारंगीलाई आधुनिक विद्युतीय प्रविधिसँग रूपान्तरति गर्न नसक्दा आजका गन्धर्वहरू आफ्ना लोकबाजा सारंगी र अर्बाजोलाई थन्क्याएर गितार, हार्मोनियम, भ्वायलिन, म्यान्डुलिन र बाँसुरीलाई समाउन बाध्य छन् । पुस्तकमा विशेषतः युवापुस्तामा यो परिवर्तन आइरहेको र समाजले यी बाजाहरूप्रति राख्ने हेयभावले पनि यो जातिमा यिनको प्रयोग दुर्लभप्रायः भइरहेको उल्लेख छ ।

परम्परागत सारंगीमा प्रयोग हुने खिर्राको काठ, खसीको आन्द्रा, घोडाको पुच्छरबाट फड्को मारेर प्यारासुटको डोरी र प्लास्िटकमा भर पर्न थालेका कारण पनि सारंगी या अर्बाजोबाट निस्कने मौलिक आवाजमा समेत परविर्तन आउन थालेको अनुभव गर्न सकिन्छ । यिनै विभिन्न कारणले आज सारंगी, अर्बाजो र गन्धर्व जाति स्वयं कुनै संग्रहालयमा जीवित रहने स्िथतिमा पुगेका छन् ।

समग्रमा गन्धर्व लोकवार्ता तथा लोकजीवनले यी यावत् पक्षमाथि उत्खननीय अध्ययन र अनुसन्धान गरेको छ । गन्धर्व जाति र यसको संस्कृति छायाँमा पर्दै गए पनि यसको इतिहासदेखि आजसम्मको अवस्थालाई यस पुस्तकले सारै मिहिन रूपमा प्रस्तुत गरेको छ । त्यसैले यो संग्रहणीय मात्र होइन, पठनीयसमेत बनेको छ । किताब किनेर भण्डारमा थन्क्याउने परम्परामा हुर्केका पुस्ताले पनि यस पुस्तकको पहिलो पृष्ठ पल्टायो भने आद्योपान्त छिचोल्न बाध्य हुन्छ । गन्धर्व लोकवार्ता तथा लोकजीवनको सफल पक्ष यो पनि हो ।

काठको आठ सय प्रतिशत भ्रष्टाचार

बजारमा भाउ चर्किएका वस्तु धेरै छन् । नुनदेखि सुनसम्मका सबै वस्तुको बजारभाउ अकासिएको छ । त्यसरी मूल्यवृद्धिका धेरै कारण छन् र कतिपय कारणमा अर्थशास्त्रका नियम पनि लागू हुन्छन् । तर, नेपाली बजारका सबै वस्तुको मूल्यवृद्धिमा अर्थशास्त्रका नियम अनुसार भाउ बढेको पाइँदैन । त्यस्तामध्येको एक हो, काठ ।

सरकारी मूल्य अनुसार खरो सालको प्रारम्भिक अर्थात् कटान-मुछानभन्दा पहिलेको मूल्य प्रतिक्युविक फिट २ सय ५० रुपियाँ छ । यसमा कर र वन विकास कोषसहित जोड्दा प्रारम्भिक मूल्य प्रतिक्युविक फिट तीन सय रुपियाँसम्म पर्न जान्छ । सरकारी र सामुदायिक सबै खालका वनहरूले यही न्यूनतम दरमा टेन्डर निकाल्नु पर्छ । जानकारहरूका अनुसार, टेन्डर स्वीकृत भएपछि ठेकेदारले कटान, मुछान, ढुवानी र अन्य खर्चमा थप तीन सय रुपियाँभन्दा खर्च गर्नु पर्दैन । मेचीदेखि महाकालीसम्मका कुनै पनि जिल्लामा चिरान काठ तयार हुँदा एक क्युविक फिटको छ सय रुपियाँ नाघ्दैन । तर, राजधानीदेखि मुलुकका कुनै पनि बजारमा त्यतिमा सालको काठ पाइनु कल्पनाभन्दा बाहिरको कुरा हो । अहिले उपभोक्ताले ३ हजार ५ सय रुपियाँ प्रतिक्युविक फिटमा काठ किनिरहेका छन् ।

काठको मूल्य किन छ गुणा बढी तिर्नुपर्‍यो त ? यसको जवाफ वन मन्त्रालयसँग पनि छैन । वन विभागले काठको मूल्यबारे अहिलेसम्म कुनै अध्ययन गरेको छैन । २ सय ५० रुपियाँको काठ उपभोक्ताले ३ हजार ५ सय रुपियाँसम्ममा किन्नुपर्छ भन्ने कुरा वन मन्त्रालय र वन विभागलाई प्रस्टै थाहा भए पनि ती निकाय चुपचाप छन् । अहिलेसम्म काठमा भएको यस्तो मूल्यवृद्धि रोक्नेतर्फ ती निकायले कुनै पहल गरेका छैनन् । अस्वाभाविक दरभाउको दोष एकअर्काको टाउकोमा थुपार्नुबाहेक तिनले अरू काम गर्दैनन् ।

जिल्ला वन कार्यालय र त्यस अन्तर्गतकै वन पैदावार आपूर्ति समितिले वाषिर्क योजना अन्तर्गत काठ कटानी गर्छन् । जिल्ला वनले नेपाल टिम्बर कर्पोरेसनलाई ५० प्रतिशत ढलापडा र सुख्खड काठ उपलब्ध गराउँछ । सामुदायिक वनले भने समूहको कार्ययोजना अनुसार काठ काट्छन् र ठेकेदारमार्फत त्यो काठ उपभोक्तासम्म पुग्छ ।

सामुदायिक वनले ठेकेदारलाई सालको गोलिया काठ २ सय ५० देखि ३ सय रुपियाँसम्ममा बिक्री गर्छन् । त्यसबाट सरकारले १५ प्रतिशत मात्रै राजस्व प्राप्त गर्छ । प्रतिक्युविक फिटमा राज्यले १३ प्रतिशत मूल्य अभिवृद्धि कर अर्थात् ३९ रुपियाँ र राजस्व ४५ रुपियाँ पाउँछ । सामुदायिक वनहरूले टिम्बर कर्पोरेसनकै दर अर्थात् प्रतिक्युविक फिट एक हजार रुपियाँमा काठ बिक्री गरेमा पनि राजस्व १ सय ५० र भ्याट १ सय ३० रुपियाँ दाखिला हुने देखिन्छ । प्राकृतिक स्रोतको दोहन गरी बिक्री गरएिको काठबाट राज्यले यथेष्ट राजस्व संकलन गर्न सकेको देखिन्न । बरु ठूलो नोक्सानी भइरहे पनि सम्बन्धित निकायहरू मौन छन् ।

सरकारी वनबाट झन्डै एक करोड क्युविक फिट काठ बजारमा आउन तम्तयार भएर बसेको वन प्राविधिक संघका अध्यक्ष देवेशमणि त्रिपाठी बताउँछन् । उनका अनुसार, एक करोड क्युविक फिट काठ कटान गर्न कम्तीमा एक हजार हेक्टर वन क्षेत्र कटान गर्नुपर्छ । काठमाडौँमा वाषिर्क ४० देखि ६० लाख क्युविक फिट काठ आवश्यक पर्छ । सरकारी दरभाउकै कुरा गर्ने हो भने पनि तीन सयका दरले यो काठको मूल्य तीन अर्ब रुपियाँसम्म पर्छ । यसमा ढुवानी र कटानी तथा केही सामान्य खर्च प्रतिक्युविक फिट तीन सयभन्दा बढी नलाग्ने अध्यक्ष त्रिपाठी बताउँछन् । व्यवसायीले बजारभाउ अनुसारको मूल्य ३ हजार ५ सय प्रतिक्युविक फिटमा काठ बिक्री गर्दा त्यसको बजार मूल्य ३५ खर्ब हुन्छ । तर, व्यवसायीहरूले सक्कली बिजकमा अत्यन्त कम दरभाउ देखाउनु आमप्रचलन भएको सरोकारवालाहरूको भनाइ छ । यसरी राजस्वमा समेत नजानिँदो तरकिाले प्रभाव पारएिको छ ।

व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत तथा साधन समिति अन्तर्गतको वन अध्ययन अनुगमन उपसमितिका अनुसार पनि तराईका वनमा करबि १ करोड २० लाख क्युविक फिट काठ तयारी हालतमा छ । काठको बजार मूल्य जति नै भए पनि राज्यले प्रतिक्युविक फिटमा १३ प्रतिशत भ्याट अर्थात् ३९ रुपियाँभन्दा बढी हात पार्दैन । उपसमितिका संयोजक रामकुमार शर्मा भन्छन्, "काठमा आठ सय प्रतिशत भ्रष्टाचार हुने गरेको छ ।" एक क्युविक फिट काठमा ठेकेदारले मिलेमतोमा करबि १ हजार २ सय रुपियाँ कमाउने गरेको संयोजक शर्माको हिसाबकिताब छ । समिति हालै तराईका जिल्ला वनहरूको स्थलगत भ्रमण सकेर फर्किएको छ । तीन सयमा खरदि भएको एक क्युविक फिट काठमा अप्रत्यक्ष रूपमा एक सय रुपियाँ मन्त्री, एक सय रुपियाँ वन विभाग, ५० रुपियाँ सामुदायिक वन समितिका अध्यक्ष र सचिव, ५० रुपियाँ रेञ्जर, ५० रुपियाँ जिल्ला वन कार्यालयका प्रमुख, ५० रुपियाँ स्थानीय राजनीतिक दल र ५० रुपियाँ स्थानीय क्लब तथा गुन्डाहरूको हातमा पुग्ने समितिको अनुमान छ । त्यति रकम बुझाई ठेकेदारले काठ बजारमा ल्याएर मुनाफासहित बिक्री गर्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको संयोजक शर्मा बताउँछन् ।

यस्ता दर्जनाँै चुहावट छन् । पछिल्लो समयमा काठको मूल्य चरम उत्कर्षमा पुग्दासमेत सम्बन्धित निकायले त्यसलाई अनुगमन तथा नियमन गर्न चाहेको देखिँदैन । सरकारी निकायले भन्दा निजी क्षेत्रले दोब्बर परिमाणमा काठ र दाउरा बिक्री गर्छन् । सरकारी स्वामित्वमा रहेको टिम्बर कर्पोरेसन काठको मूल्यवृद्धि रोक्न सक्ने अवस्थामा छैन । कर्पोरेसनले हस्तक्षेप गरेर कम मूल्यमा काठ र दाउरा बेच्नु त कता हो कता स्वयं व्यापारीसँग मिलेर त्यसको फाइदा उठाउन पछि नपर्ने सरोकारवालाहरूको आरोप छ । कर्पोरेसनसँग काठ किन्नुपर्‍यो भने टेन्डर प्रक्रियामा जानुपर्छ । त्यो सर्वसाधारणका लागि सजिलो बाटो होइन ।

कर्पोरेसनले काठमाडौँ र पोखरामा सालको चिरान काठ प्रतिक्युविक फिट औसत १ हजार १ सय ८८ र तराई तथा भित्री मधेसका जिल्लाहरूमा औसत १ हजार १ सय ४२ रुपियाँ तोकेको छ । औद्योगिक तथा व्यापारकि प्रयोजनका लागि कर्पोरेसनले दाउरा प्रतिचट्टा १६ हजार ६ सय ९२ सम्म बिक्री गर्छ । दाहसंस्कार प्रयोजनका लागि काठमाडौँमा पाँच सय तथा तराईमा चार सय प्रतिक्विन्टलमा बिक्री गर्छ । यति सस्तो हँुदा पनि त्यो काठ सर्वसाधारणको हातमा सीधै पुग्न सक्दैन । व्यापारीमार्फत उपभोक्ताले पाउँदा कर्पोरेसनको १ हजार २ सयको काठ ३ हजार ४ सय रुपियाँ पर्छ । कर्पोरेसनको काठ उपभोक्ताले सीधा पाउने हो भने काठको मूल्यवृद्धि र कालाबजारीमा नियन्त्रण हुनसक्छ ।

टिम्बर कर्पोरेसनसँग ११ वटा डिपोमा साल २ लाख ९ हजार ३ सय ५२, खयर ४४ हजार १ सय ६१ क्युविक फिट संकलित छ । चिरान काठ पनि कर्पोरेसनसँग १ हजार २ सय ८३ क्युविक फिट मौज्दात छ । कर्पोरेसनले राम्रो व्यवस्थापनका साथ राजधानी र माग अत्यधिक रहेका अरू सहरमा त्यो काठ बिक्री गर्ने हो भने काठ व्यवसायीले गरेको चर्को मूल्यवृद्धिमा पक्कै पनि कमी आउनेछ । तर, राजनीतिक दबाबका कारण बजारमा हस्तक्षेप गर्न नसकिएको अनुभव सुनाउँछन्, कर्पोरेसनका एक कर्मचारी ।

कर्पोरेसनले समेत गरबि र सर्वसाधारणलाई राहत दिनेभन्दा उच्च ओहदाका व्यक्ति, राजनीतिकर्मी, वनका उच्च कर्मचारीलाई खुसी पार्ने काम मात्रै गरेको आरोपसमेत लाग्ने गरेको छ । बजार व्यवस्थित गर्न नसक्नु, राजनीतिक तथा नीतिगत भ्रष्टाचारका कारण काठको मूल्यवृद्धि नरोकिएको त्रिपाठी बताउँछन् ।

वन पैदावार बिक्री व्यवसायी महासंघका अध्यक्ष उद्धवप्रसाद मैनालीको पनि प्रशासन, राजनीतिक दल र व्यवसायीको मिलेमतोका कारण काठको मूल्यमा चरम वृद्धि भएको बुझाइ छ । "जंगलमा द्वैध शासन हुनु, बैँकले घरजग्गामा लगानी गर्नु नै काठको मूल्यवृद्धिको कारण हो," मैनाली भन्छन्, "तारन्तार हुने जिल्ला वन अधिकृतको सरुवाले पनि काठको मूल्यमा हेरफेर हुन्छ ।" सरुवा भएर जाँदा मन्त्री र उच्च अधिकारीलाई बुझाएको रकम जिल्ला वन अधिकृतले वन पैदावारबाट नै उठाउने प्रचलन रहेको आरोप पुरानै हो । खुला बजार भएका कारण काठमा कृत्रिम अभाव गराउन नसकिने मैनाली बताउँछन् ।

त्यसैगरी काठ व्यवसायीहरूले मन्त्रालय र विभागको लापरबाही, राजनीतिक पार्टी तथा विभिन्न सशस्त्र समूहको जबरजस्ती चन्दा र विरोध, बन्द-हडताल आदिले गर्दा काठको कमी भएकाले मूल्यवृद्धि भएको र व्यवसायीका कारण काठको मूल्यवृद्धि नभएको दाबी गरेका छन् ।

नेपाल टिम्बर कर्पोरेसन कर्मचारी संघका सल्लाहकार योगेन्द्रविजय दाहालले वन पैदावारमा स्पष्ट नीतिको अभाव र राजनीतिक क्षेत्रले कर्पोरेसनलाई कमाइखाने अड्डाका रूपमा मात्र हेर्नुले काठको मूल्य अनियन्त्रित भएको दाबी गर्छन् । भन्छन्, "कर्पोरेसनसँग सर्वसाधारणले काठ किन्नु पर्‍यो भने सजिलै किन्न सक्दैनन् ।"

वन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्साल भने काठको बजार मूल्य नियन्त्रण गर्न नीतिगत समस्या परेको बताउँछन् । भन्छन्, "वन पैदावारको मूल्यवृद्धि नियमन र अनुगमन गर्ने जिल्ला वन कार्यालयले हो तर त्यसलाई व्यवस्थित गर्न सकिएको छैन ।" वन मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, "रूख सुकेदेखि बजारसम्म नपुग्दासम्म सम्बन्धित सबै कर्मचारी, राजनीतिक नेतृत्व, स्थानीय मुन्द्रे, गुन्डा, सञ्चारमाध्यम भ्रष्टाचारमा संलग्न हुने गर्छन् ।" यो कारण पनि काठको मूल्यवृद्धिको कारक तत्त्व रहेको उनको दाबी छ ।

राजस्वमा कुनै किसिमको योगदान नदिने, उल्टै उपभोक्ताको शोषण हुने गरी काठमा यति चर्को मूल्यवृद्धि हुँदा समेत राज्यले त्यसलाई नियन्त्रण गर्न कदम चालेको छैन । प्रशासन काठको मूल्यवृद्धि थाहै नभएसरह मौन छ । अत्यधिक वन कटान हुन थालेपछि सरकारले साउन, भदौ, असोज र कात्तिक महिनामा कटान रोक्का गरेको छ । र, यस अवधिमा काठको मूल्यले अझै उचाइ छुने निश्चित छ ।

यौन र यौनिकता

हामी टेलिभिजनमा सिरियल हेर्न व्यस्त थियौं । कोठामा ९ वषर्या बालिका आफ्नो बालसुलभ चरित्रअनुरूप एक्लै खेलिरहेकी थिइन् । यसै क्रममा उनको दृष्टि कुनातिर रोल गरेर राखेको एउटा पुरानो पोस्टरमा पर्‍यो । बालिकाले त्यो पोस्टर खोलेर हेरिन् । पोस्टरमा यो संसारमा राम्रो काम गर्ने मानिसले मरेपछि परलोकमा कस्तो सम्मान पाउँछ तथा नराम्रो काम गरेपछि कस्तो सजाय भोग्नुपर्छ भन्ने सचित्र जानकारी दिइएको थियो ।

तस्बिरमा उल्लेखित विभिन्न काम तथा मृत्युपछि भोग्नुपर्ने परिणाममध्ये एक कर्म परस्त्रीगमन रहेछ । उक्त काम गर्ने व्यक्तिले परलोकमा भोग्नुपर्ने सजायका विषयमा त्यही तस्बिरको दायाँ कोलममा देखाइएको थियो । सजाइएको तस्बिरमा ठूलाठूला सिङ तथा दाह्रासहितको अजङ्गको यमदूतले एक पुरुषलाई उल्टो पारी ठूलो कराहीमा माछा तारेझैं टाउको चोप्न लागेको थियो ।

बालिकाले राम्रोसँग तस्बिर हेरिन् । त्यसमा लेखिएका कुरा पनि पढिन् अनि मनमा उब्जिएका जिज्ञासा मेटाउन आफ्नी आमालाई कोट्याइन्-'आमा, परस्त्रीगमन भनेको के हो ?'

आमाले बालिकाको कुरामा वास्ता राखिनन् । त्यसपछि बालिकाले फेरि आफ्ना कुरा नसुन्ने आमाको नजिक गएर फेरि सोधिन्-'भन्नुहोस् न आमा, परस्त्रीगमन भनेको के हो ? '

यसपटक आमाले टर्रो भाषामा छोरीको प्रश्नको उत्तर दिइन् 'केही होइन चुप लाग'

आमाले थर्काउँदैमा बालिकाको मन किन शान्त हुन्थ्यो र ? यस्तो डरलाग्दो सजाय के काम गर्दा हुँदोरहेछ भनेर जान्ने इच्छा बालिकाको मनमा सल्बलाई रह्यो । उनले फेरि आमासँग उही कुरा सोधिन् । बालिकाको प्रश्नले वाक्क भएकी आमाले उनको गालामा एक झापड दिँदै भनिन्-'तेरो टाउको हो ।' पिटाइको चोटले बालिका रुन थालिन् । उक्त घटनाप्रति मेरो प्रतिक्रिया सुनेपछि ती महिलाले भनिन्-'केटाकेटीलाई छाडा बनाउनु हुन्न दिज्यू । छिमेकीमा के घटना घट्यो हजुरलाई थाहै छ नि ....।'

केही समयअघि यही टोलकी १७ वषर्या किशोरी राति सुतेकै अवस्थामा मरिन् । मानिस मर्नुका धेरै कारण हुन्छन् । ती महिलाको विचारमा मर्ने किशोरी उत्ताउली थिइन् । विवाहअघि भएको गर्भधारणका कारण उनी आत्महत्या गर्न विवश भएकी थिइन् । केटाकेटीलाई छाडा बनाउँदा यही परिणाम आउँछ । उनको छाडापनको परिभाषा मैले बुझिन तर उनी भन्दै थिइन्, यौनसँग सम्बन्धित कुरामा केटाकेटीलाई अनभिज्ञ राख्नुपर्छ नत्र उनीहरू बिग्रन्छन् । आमाबुवा एवं कुलको नाक काट्छन् ।

हाम्रो समाजका यौनप्रतिको धारणा कस्तो छ भन्ने कुरा उल्लिखित सानो घटनामा बताइएको छ । समाजमा मानिस यौन तथा यौनसँग सम्बन्धित शब्द उच्चारण गर्न असजिलो मान्छन् । हाम्रो मूल्य-मान्यताअनुसार यौनलाई अश्लील एवं गोप्य मानिन्छ । कतिपय मानिस रिसले यौनजन्य शब्द प्रयोग गर्छन् । यसबाट के स्पष्ट हुन्छ भने यौन तथा यौनिकतालाई हाम्रो समाजले निम्न स्तरमा राखेको छ ।

यौन तथा यौनिकता व्यक्तिको जन्मदेखि सुरु भएर मृत्युसम्मका विभिन्न क्रियाकलापसँग सम्बन्धित हुन्छ । हाम्रो समाजले भने यसलाई केवल यौन सम्पर्कमा मात्र सीमित राखेको छ । यौन सम्पर्क व्यक्तिको व्यवहार हो । यसले एउटा निश्चित क्रियाकलापलाई मात्र संकेत गर्छ तर वास्तविक यौन तथा यौनिकता यतिमा मात्र सीमित छैन । यसले ठूलो क्षेत्र ओगटेको छ । मानव यौनिकताले जीवजन्तु, कीरा फट्याङ्ग्राको जस्तो यौन क्रियाकलापलाई मात्र नभई मनोवैज्ञानिक प्रतिक्रियाहरूलाई पनि समेटेको छ । केटा वा केटीको जैविक, शारीरिक तथा भावनात्मक परिवर्तन के कस्ता हुन्छन्, महिनावारी के हो ? यौनसम्पर्कको परिणाम के हुनसक्छ ? यौनदुराचार के हो ? यसबाट बच्ने उपाय के हो ? यौन सम्बन्धका फाइदा बेफाइदा । यस सम्बन्धमा अपनाउनुपर्ने सावधानी के हुन् ? व्यक्तिले आकर्षक व्यक्तित्व कसरी बनाउने ? परिवार तथा साथीसँग सुसम्बन्ध कामय राख्न के-कस्ता गुण चाहिन्छन् आदि सम्पूर्ण कुरा समेटेको हुन्छ ।

यौन शिक्षाले यौनाङ्गको बनावट तथा क्रियाहरूका सम्बन्धमा मात्र नभएर किशोरावस्थामा देखापर्ने परिवर्तनहरू -शारीरिक परिवर्तन, संवेगात्मक वा भावनात्मक परिवर्तनहरू, यौन इच्छा वा उत्सुकताको वृद्धि मानव प्रतिष्ठा अन्तरव्यक्ति सम्बन्ध परिवारमा भूमिका परिवर्तन, परिवार तथा समाजमा महिलाको स्तर महिला तथा पुरुषबीच जिम्मेवारीपूर्ण सम्बन्ध, यौन सम्बन्धमा एक-अर्काबीच समझदारी आदि सम्पूर्ण कुराको पनि जानकारी दिन्छ ।

यौन तथा यौनिकतासम्बन्धी ज्ञान भए व्यक्तिले आफ्ना भावना तथा यौन आवश्यकताहरू सही स्थानमा सही तरिकाबाट व्यक्त गर्न सक्छन् । यौन शिक्षा पाएका व्यक्ति यौन सम्पर्कलाई आफ्नो अधीनमा राख्न सक्छन् । यस्ता व्यक्तिले कहिल्यै अर्काको इच्छा विपरीत यौन सम्पर्क राख्दैनन् ।

यौन तथा यौनिकताको ज्ञान किन ?

किशोरावस्थामा प्रवेश गर्नु भनेको शारीरिक रूपले परिपक्व हुने क्रम सुरु हुने मात्र नभएर किशोर-किशोरीहरूको मनमा यौनसम्बन्धी भावना, बानी-बेहोरा, लवाइ-खवाइ र दृष्टिकोणमा आउने परिवर्तन पनि हो । यौवनावस्थामा पुगेपछि किशोर-किशोरीहरू आफ्नो यौनिकताप्रति जागरुक हुन थाल्छन् । यो अवस्थामा मानिसले अरूका बारेमा यौनिक कल्पना गर्छ । उनीरूमा यौन सम्पर्क गर्ने चाहना पनि जाग्न थाल्छ तर यौनसम्पर्क आफैमा एक जटिल कार्य हो । विचार नपुर्‍याई गरिने यौन सम्पर्कले खतरनाक परिणाम दिन्छ । त्यसैले किशोरावस्थामा पुगेका हरेक केटाकेटीले यौन तथा यौनिकतासम्बन्धी सामान्य

ज्ञान पाउनुपर्छ ।

किशोरावस्थाका केटाकेटीमा साधारणतया शारीरिक तथा मानसिक विकास परिपक्व भैसकेको हुँदैन । यो समयमा उनीहरूका मनमा अनेकौं जिज्ञासा आउँछन् । आफ्नो जिज्ञासा र समस्यालाई प्रस्ट रूपमा अभिभावकसमक्ष राख्ने परम्परा तथा वातावरण हाम्र्रो समाजमा नभएका कारण किशोर-किशोरीले आफ्ना लागि के गर्दा राम्रो हुन्छ र के गर्नु बेठीक हो भन्ने कुरा ठम्याउन सक्दैनन् । हाम्रो सामाजिक मूल्य-मान्यताअनुसार केटाकेटीले यौनसम्बन्धी जिज्ञासा आमाबुवा वा आफूभन्दा ठूलो कसैसँग सोध्न सक्दैनन् । अबोध बालबालिकाले समेत कुनै जिज्ञासा राखे सजायको भागिदार हुने यो समाजमा उमेरको हार्मोनले मनमा ल्याएको खुल्दुली कहाँ, कसरी मेट्ने ? मनमा उठेका जिज्ञासाले सही उत्तर जान्न खोज्छ । त्यसको समाधान नपाउँदा केटाकेटीहरू मनको खुल्दुली मेटाउन अञ्जानमै बजारमा बिक्री हुने अश्लील यौनसम्बन्धी पुस्तकहरू पढ्छन् अथवा अश्लील काम कुरा गर्न सिपालु यौन पिपासुका फेला पर्छन् । त्यस्ता व्यक्तिलेे उनीहरूलाई यौन सम्बन्धमा आउन सक्ने खतराबाट बच्न सघाउ पुर्‍याउँदैन । बरु त्यो मानिसले आफूले नै अनभिज्ञलाई सजिलै यौन शोषण गर्छ वा केटाकेटीलाई अश्लील यौन व्यवहारमा अघि बढाउँछ । जसले गर्दा किशोर-किशोरीको जिन्दगी नै बर्बाद हुन्छ ।

यौन शिक्षा केका लागि ?

यौन शिक्षा भनेको किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा संवेगात्मक र भावनात्मक परिवतर्नका सम्बन्धमा किशोरावस्थाका केटाकेटीलाई जानकारी दिएर उनीहरूलाई यौन सम्बन्धमा आउन सक्ने खतराबाट बचाउनु हो । समय र उमेरअनुसार किशोरावस्थाका केटाकेटीको मनमा यौनसम्बन्धी खुल्दुली देखापर्छ । यो खुल्दुलीको उपयुक्त उत्तर नपाउनु किशोर-किशोरीका लागि खतरा हो । यो यथार्थ हुँदाहुँदै पनि किशोर-किशोरीको मनमा लागेका यौनसम्बन्धी जिज्ञासा वा समस्यासम्बन्धी जानकारी लिने सही माध्यम हामीकहाँ छैन ।

भनिन्छ-समाज त्यति बेला नै लाभान्वित हुन्छ जब किशोरावस्थाका केटाकेटी आफ्ना बुवाआमा तथा अभिभावकसँग यौनिकताका विषयमा छलफल गर्न सक्षम हुन्छन् ।

विश्वमा भएका अनु-सन्धानहरूले के देखाएका छन् भने यौन शिक्षाले मानिसको यौन गतिविधि बढाउनमा सहयोग पुर्‍याएको छैन । बरु यसले किशोर-किशोरीलाई यौन सम्बन्धमा आइपर्ने जोखिमबाट मुक्त राखेको छ । यसले किशोरावस्थाका केटाकेटीलाई यौन स्वास्थ्यको समस्याबाट बचाउन सघाउ पुर्‍याउएको छ ।

यौन शिक्षाको अर्थ कामसूत्रका विषयमा केटाकेटीलाई रटाउनु होइन । किशोरावस्थामा आउने हरेक परिवर्तनका विषयमा उनीहरूले जानकारी पाउनुपर्छ । यसका लागि परिवार, स्कुलका शिक्षक-शिक्षिका, अभिभावक एवं संघसंस्थाले आफ्नो दायित्व पूरा गर्नँपर्छ । यो समयको माग भएकाले यसलाई स्वीकार गर्नैपर्छ ।



सिर्जन् शर्मा







साथीसँग यौनका कुरा





राजधानी केन्दि्रत रहेर विभिन्न सुविधाको आडमा कुनै काम गर्नु त्यति कठिन नहोला तर यौन तथा प्रजनन् जस्तो कठिन क्षेत्रमा मोफसलमा रहेर काम गर्नुका चुनौतीहरू पक्कै कठिन छन् । भर्खरै युवावस्थामा प्रवेश गरेका व्यक्तिहरूका लागि त यो कुरा अझ जटिल छ । यो उमेर समूहलाई अल्लारेको संज्ञा दिइन्छ । उनीहरूमाथि त्यति विश्वास गरिँदैन । समाजमा कतिपय त्यस्ता युवा छन् जसले यही उमेरमा पाको काम गरेर देखाएका छन् । महोत्तरी, सिन्धुली, सुनसरी, धरानलगायतका स्थानका युवाहरू नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित 'बहुउद्धेश्यीय स्रोत केन्द्र' अन्तर्गत रहेर सामाजिक क्रियाकलापमा संलग्न छन् । यो उमेरमा कुनै कुराको मोह नगरी पूर्णरूपले सामाजिक कार्यमा श्रम खर्चिनु चानचुने कुरा होइन ।



झम्काकी १६ वषर्या एक युवती नाम उल्लेख नगर्ने सर्तमा भन्छिन्-'नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित बहुउद्देश्यीय स्रोत केन्द्रमा युवा सदस्य बनेपछि मैले आफ्ना गाउँका मानिसहरूलाई यौन तथा एचआइभीका विषयमा सचेत गराउने काम थालें । कन्डम वितरण गर्नेदेखि लिएर गर्भवती एवं सुत्केरी महिलालाई आवश्यक पर्ने स्वास्थ्य सूचना दिने काम गर्दा सबैले मलाई एचआइभी लागेको भनेर छिछि र दुरदुर गर्न थाले । यतिसम्म कि मैले रक्त परीक्षणद्वारा एचआइभी टेस्ट गरी उनीहरूलाई रिपोर्ट देखाउनुपर्‍यो ।

यस्तो सामाजिक स्वरूप भएका ठाउँमा काम गर्नुको जटिलता त छँदैछ, त्यसमाथि पनि स्वास्थ्यसम्बन्धी ज्ञान नभएका तथा अशिक्षाको अँध्यारोमा रुमल्लिएका व्यक्तिहरूलाई यस्ता विषय बुझाउनु फलामको च्युरा चपाएसरह हो । पहिले यौन शिक्षाप्रति नकारात्मक धारणा राख्ने कमलामाई नगरपालिका सिन्धुली भिमानकी आशा माझी अहिले यो अभियानकी हर्ताकर्ता छिन् । माझी यही विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता, रेडियो नाटक, हाजिरीजवाफ तथा सडक नाटकद्वारा चेतना फैलाउने काममा सक्रिय छिन् । पहिले अरूसँग खुलेर बोल्नसमेत लजाउने माझी अहिले स्थानीय रेडियो पत्रकार भएकी छिन् । माझी भन्छिन्-यौनका विषयमा हामीसँग पर्याप्त शिक्षा नभएकाले छोराछोरी दुवैले गल्ती गरे पनि छोरी गर्भवती हुने हुनाले बिगि्रन्छे तर छोरा गर्भवती हुँदैन त्यसैले ऊ सुरक्षित भएकाले जसो गरे पनि हुन्छ भन्ने धारणा छ ।' भिमानकै शोभा वि.क. र कञ्चन योञ्जन पनि सक्रिय युवा सदस्य हुन् । स्वास्थ्य महत्वपूर्ण कुरा हो । नेपालका मेडिकल कलेजले बर्सेनि ठूलो संख्यामा स्वास्थ्य कार्यकर्ता तथा चिकित्सक उत्पादन गरे पनि नेपालका स्वास्थ्यको पहुँच पुग्न नसकेका ठाउँमा महिलाहरू सुत्केरी हुन नसकेर मृत्यु हुने, विभिन्न यौन रोगद्वारा ग्रसित हुनुपर्ने तथा यौन शिक्षा र स्वास्थ्यको अभावमा अनिच्छित गर्भधारण गरी जीवन नै जोखिममा पार्नुपर्ने जस्ता समस्या पनि चर्को रूपमा देखिएका छन्् ।

महोत्तरी बर्दिवास आसपासका चेलीबेटी ओसारपसार हुने मुख्य-मुख्य क्षेत्रमा यौन स्वास्थ्य, प्रजनन् तथा एचआइभीका चेतनामूलक कार्यक्रम सञ्चालन गरेर आफ्नो समय खर्च गरिरहेका युवामध्ये एक रञ्जना वि.क. आफ्नै घरभित्रको उदाहरण दिँदै भन्छिन्-मेरी आमाले धेरै सन्तान जन्माउँदा पनि परिवार नियोजन गर्न मान्नुभएको थिएन । म पहिले कन्डम भन्ने शब्द उच्चारण गर्न त परै जावोस् अरूले उच्चारण गरेको सुन्दा पनि लाजले भुतुक्कै हुन्थें । जब मैले कक्षा ८ मा पढ्दा प्रजनन् स्वास्थ्य, एचआइभी तथा यौनशिक्षासम्बन्धी तालिम लिएँ तब म यौनका विषयमा डटेर कुरा गर्न सक्ने भएँ । त्यसपछि मैले आमालाई सम्झाएर अप्रेसन गर्न लगाएँ ।' त्यस्तै उषा कोइराला र लक्ष्मी मगर यौन स्वास्थ्यका बारेमा आफूसँगसँगै अरूलाई पनि सचेत गराउन सफल भएका छन् । लक्ष्मी मगर आपmनो अनुभव सुनाउँदै भन्छिन्-पहिलो महिनावारी हुँदा तथा शारीरिक विकास हुँदा सही शिक्षाको अभावमा आफूमा ठूलै रोग लागेको भनेर भित्रभित्रै मानसिक रोगले सताउँदै गयो । मैले कसैसित कुरा गर्न सकिन । जब नेपाल परिवार नियोजन शाखाले बहुउद्धेश्यीय स्रोत केन्द्रमार्फत् युवा सदस्य परिचालन र उनीहरूलाई तालिम दिन थाल्यो । त्यसमा म पनि सहभागी हुने मौका पाएँ । यसमा सिकेका कुरा आफ्नो परिवारलाई सुनाउँदा बेकारमा पठाइएछ भनेर पश्चाताप गर्न थाले । यस विषयमा सबै कुरा बुझेपछि ममाथि उहाँहरूलाई गर्व लाग्न थाल्यो ।

अहिलेका युवाहरू यस विषयमा विद्यालयदेखि नै प्रारम्भिक शिक्षा चाहन्छन् तर अहिले विद्यालयमा यौनसम्बन्धी जति पढाइ हुन्छ त्यो पर्याप्त छैन र पढाउने तरिका पनि सही छैन । विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकमा यौनसम्बन्धी उचित पाठ्यक्रमको अभाव छ । त्यसमा पनि अहिले जनक शिक्षा सामग्री केन्द्रले स्वास्थ्य शिक्षालाई पाठ्यपुस्तकबाट हटाउँदैछ । गरिबीका कारण पढ्न सक्ने स्थितिमा नभएकी सिन्धुलीकी गोमा श्रेष्ठ यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम तथा छात्रवृत्ति पाएर आफूभित्र आत्मविश्वास बढेको बताउँछिन् । पहिले अस्थायी साधनका बारेमा कुरा गर्न लजाउने श्रेष्ठ अहिले अरूलाई पनि यससम्बन्धी ज्ञान र सूचना प्रवाह गर्न सक्षम भएकी छिन् । बहुउद्देश्यीय स्रोत केन्द्रका युवा सदस्यहरूले आफ्ना नजिकका स्कुल-कलेजमा हरेक शुक्रबार क्लास लिने गर्छन् । उनीहरूलाई यो विषयमा अझ रुचि जगाउन तथा कार्यान्वयनमा ल्याउन मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक ढंगले कक्षा सञ्चालन गर्छन् । पुस्तकमा मात्र केन्दि्रत नरहेर नाटक गरेर, गीत गाएर, हाजिरीजवाफ गरेर, साथीजस्तो व्यवहार गरेर प्रभावकारी ढंगले यसबारे ज्ञान बाँड्ने काम गर्छन् ।

युवा सदस्यमध्येका साना उमेरका निर्मला शाह, दिभा मगर, निर्मलाकुमारी महत यौन शिक्षाका बारेमा खुलेर कुरा गर्दै भन्छन्-यसले हामीमा आत्मविश्वास बढाउनुका साथै यो आत्मविश्वासले भविष्यमा केही गर्न सक्छौं भन्ने उत्साह पैदा गरिदिएको छ । उनीहरूका अनुसार युवावस्थामा हुने शारीरिक तथा मानसिक विकासका लागि चाहिने आवश्यक ज्ञान आफूहरूसँग भएका कारण आफ्नो उमेरका युवालाई समेत बाँड्न सक्षम छौं ।

यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रबाहेक युवाका लागि सघन यौनिकता कार्यक्रमको समेत सुरुवात गरेको नेपाल परिवार नियोजन संघले निकट भविष्यमा बहुउद्देश्यीय स्रोत केन्द्रलाई अझ विस्तारित रूपमा मुलुकभर पुर्‍याउने लक्ष्य लिएको नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक गिरीधारी शर्मा पौडेल बताउँछन् ।

समाजमा यौन शिक्षालाई नकारात्मक रूपमा लिइन्छ । यसका लागि युवाहरूको सक्रियता महत्वपूर्ण मान्न सकिन्छ । सहरभन्दा बाहिर रहेर यी युवाहरूले आफूभित्र भएको ज्ञानको भण्डार अरूका लागि पनि खुला गरेका छन् । युवाहरूले आफ्नो ज्ञान तथा सीप समाजमा बाँड्नु ठूलो कुरा हो । हाल यी युवाहरू समाजका निम्ति सक्रिय छन् । व्यक्तिवादबाट माथि उठेका युवाहरू अहिले उदाहरणीय बनेका छन् ।



पहिले यौन शिक्षाप्रति नकारात्मक धारणा राख्ने कमलामाई नगरपालिका सिन्धुली भिमानकी आशा माझी अहिले यो अभियानकी हर्ताकर्ता छिन् । माझी यही विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता, रेडियो नाटक, हाजिरीजवाफ तथा सडक नाटकद्वारा चेतना फैलाउने काममा सक्रिय छिन् । पहिले अरूसँग खुलेर बोल्नसमेत लजाउने माझी अहिले स्थानीय रेडियो पत्रकार भएकी छिन् । माझी भन्छिन्-यौनका विषयमा हामीसँग पर्याप्त शिक्षा नभएकाले छोराछोरी दुवैले गल्ती गरे पनि छोरी गर्भवती हुने हुनाले बिगि्रन्छे तर छोरा गर्भवती हुँदैन त्यसैले ऊ सुरक्षित भएकाले जसो गरे पनि हुन्छ भन्ने धारणा छ ।' भिमानकै शोभा वि.क. र कञ्चन योञ्जन पनि सक्रिय युवा सदस्य हुन् । स्वास्थ्य महत्वपूर्ण कुरा हो ।

के हो लेजर थेरापी ?

पोखराका ५६ वषर्य प्रकाशमान गुवाजूलाई खुट्टाको जोर्नी तथा कम्मर दुख्ने समस्या थियो । लेजर थेरापी गर्ने चिकित्सक टोली पोखरा गएका बेला आफ्नो समस्या केही हदसम्म कम भएपछि उनी थप उपचारका लागि अल्का अस्पताल, जावलाखेलमा आएका थिए । डा. सुशीला वैद्यले उनको उपचार गरेपछि समस्यामा कमी आएको गुभाजू बताउँछन् ।

स्वयम्भूकी निमु रेग्मीको ढाडको नसा च्यापिएको थियो । लेजर थेरापीको दुई कोर्स गरेपछि उनलाई धेरै राहत मिलेको छ । त्यस्तै पोखराका ज्ञानेन्द्र ढकालको पनि ढाडको नसा च्यापिएको थियो । लामो समयदेखि यो समस्याबाट पीडित ढकाल लेजर थेरापीबाट चार दिनमै आपनो समस्या कम भएकोमा सन्तुष्टि व्यक्त गर्छन् । लेजर थेरापीमा बिरामीको मनोविज्ञान बुझेर उपचार गरिने उनी बताउँछन् ।

कामको सिलसिलामा कसैले एसिड छर्किएपछि मूर्तिबहादुर शाक्यको घाँटी र हात जोडिएका कारण उनी घाँटी सीधा गर्न सक्दैनथे । लेजर थेरापीको चार कोर्स गरेपछि अहिले उनको घाँटी सीधा पार्न मिलेको छ । साथै एसिडबाट जलेको घाउको दाग पनि कम भएको छ ।

विराटनगरकी बबिता शाहको पनि ढाडको नसा च्यापिएको थियो । त्यसैले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनथिन् । श्रीम्ाान्ले अल्का अस्पतालमा लेजरद्वारा उपचार हुने कुरा थाहा पाएपछि उनी त्यहाँ पुगिन् । सुरुमा उनी घुँडा टेकेर हिँड्थिन् भने अहिले सजिलै हिँड्न सक्ने भएकी छिन् । सुरुमा २० दिनको कोर्स गरेपछि उनलाई १० दिनको थप कोर्स दिइएको थियो ।

विकिरणबाट उपचार गरिने पद्धति नै लेजर थेरापी हो । यो चिकित्सापद्धती फिजियोथेरापी अन्तर्गतको लाइट थेरापीमा पर्छ । यसमा कम शक्तिको विकिरणबाट सेकिन्छ । बिनाअप्रेसन गरिने यो उपचार विधिको कुनै साइडइफेक्ट नभएको डा. सुशीला बताउँछिन् । यो विधि सरल र सस्तो छ साथै बिरामीले अस्पतालमा भर्ना हुनु पर्दैन ।

नेपालमा सन् २००१ मा पुतलीसडकस्थित मेडिकेयरबाट लेजर क्लिनिकको सुविधा प्रारम्भ भएको थियो । स्थापनाकालमा नयाँ विषय र पद्धति भएकाले जानकारीको कमीले गर्दा रोगीको संख्या कम भएको डा. सुशीला बताउँछिन् । लामो समयसम्म विभिन्न उपचार अनि कडा औषधि सेवनबाट पनि निको नभएका रोगीको पीडा लेजर थेरापीबाट बिसेक हुन्छ । डा. वैद्यका अनुसार लेजर थेरापीको सुरुको ४-६ दिनमै वषर्ाैंदेखिको पीडा कम हुन्छ र पहिलो दस दिनको लेजर थेरापीबाट ५० प्रतिशतसम्म पीडा कम हुन्छ । लेजर थेरापीमा बिरामीको अवस्था हेरेर कति दिनको कोर्स गर्ने भन्ने कुरा तय हुने डा. वैद्य बताउँछिन् ।

लेजर थेरापीबाट निको हुने रोगहरू

मुटुसम्बन्धी रोग-उच्च रक्तचाप, हृदयाघात तथा मुटुसम्बन्धी रोगमा पनि लेजर थेरापीले फाइदा पुर्‍याउँछ ।

फोक्सोसम्बन्धी रोग-दम, फोक्सोको इन्फेक्सन, ब्रोन्काइटिस तथा निमोनियामा पनि लेजर थेरापी उपयोगी हुन्छ ।

हाड जोर्नीसम्बन्धी रोगहरू-हाडजोर्नी सुन्निएको, दुखेको, खेलका दौरानमा हातखुट्टा मर्किएको, दुर्घटनामा परेर हातखुट्टा भाँचिएको, हाड खिइएको, हिँड्न, बस्न र चलाउन गाह्रो भएको, गर्धन, कुम, कुहिना, नाडी तथा कुर्कुच्चा दुखेको अवस्थामा लेजर थेरापी लाभदायक साबित हुनसक्छ ।

पेट र आन्द्रासम्बन्धी रोग-ग्यास्टि्रक, पेटको अल्सर, आन्द्राको घाउ, पित्तथैलीको इन्फेक्सन, कलेजो सुन्निएको तथा जन्डिसका बिरामीका लागि पनि लेजर थेरापीले फाइदा पुर्‍याउँछ ।

नसासम्बन्धी रोग-ढाड र गर्धनको नसा च्यापिएको र दुखेको, नसामा भएको चोट, पोल्ने, झमझम गर्ने, हातखुट्टा कमजोर तथा लुलो हुने, प्यारालाइसिस, नसा बन्द भएर हातखुट्टामा घाउ भै अङ्ग काट्नुअघि समयमै लेजर थेरापी गर्नु उपयोगी हुन्छ ।

शल्यरोगसम्बन्धी-नयाँ तथा पुराना निको नभएका घाउहरू, शल्यक्रियापछिका घाउहरू, चिनी रोगबाट पलाएका घाउहरू, आगोबाट लागेका घाउ एवं दागमा पनि लेजर थेरापीले फाइदा पुर्‍याउँछ ।

पिसाब र मूत्रनलीसम्बन्धी-प्रोस्टाटाइटिसस तथा मिर्गौला सुुन्निएको स्थितिमा पनि लेजर थेरापी उपयोगी हुन्छ । स्त्रीरोगसम्बन्धी-पाठेघर सुन्निएको र दुखेको, पाठेघरको मुखको घाउ, तल्लो पेट दुखेको समस्याको उपचारमा पनि लेजर थेरापी उपयोगी हुन्छ ।

नाक, कान र घाँटीसम्बन्धी-नाकभित्र मासु पलाएको, नाक सुक्ने, बन्द हुने र बग्ने, टाउको दुख्ने, माइग्रेन एवं पिनाशमा पनि लेजर थेरापी उपयुक्त हुन्छ । यो उपचारपछि पुनः उक्त रोग देखा पर्दैन । छालासम्बन्धी रोग-छाला चिलाउने, दाद तथा छाला बाक्लो हुने रोगमा पनि लेजर थेरापी उपयोगी हुन्छ । त्यस्तै डन्डिफोर बिगि्रएर आएको घाउ पनि लेजर थेरापीले सुकाउँछ ।

जुनसुकै रोग लागेको भए पनि समयमै उपचार गरे रोग छिटो निको हुन्छ । लामो समय भए कडा औषधिको प्रयोगले पेट तथा मिर्गौला खराब गर्न सक्छ । समयमै लेजर थेरापी गरे रोग पूर्णरूपमा निको हुन्छ । नेपालमा यो प्रविधिको प्रयोग प्रारम्भ भएको ९ वर्ष भयो । यो प्रविधिबाट बिनाअप्रेसन ४ सय प्रकारका रोगको उपचार गर्न सकिन्छ । १३ वर्षदेखि ८० वर्षका मानिसले लेजर थेरापी गर्न सक्छन् । अहिलेसम्म ५ हजार बिरामीले यो उपचार गराइसकेका छन् । यीमध्ये ढाड र घुँडाको पीडा, नसा च्यापिएको, हड्डी खिइएको, हिँड्न नसक्ने, शल्यक्रिया गर्नुपर्ने बिरामीहरू बढी छन् । यस्तै प्यारालाइसिस भएका, बोल्न नसक्ने बिरामी पनि निको भएका छन् । रक्तनली बन्द भै खुट्टा काट्नुपर्ने तथा पाइल्स रोग पनि बिनाशल्यक्रिया निको भएको दाबी डा. सुशीलाको छ ।



डा. सुशिला वैद्य

लेजर थेरापिस्ट