Wednesday, December 19, 2018

एउटै बगैँचामा चार करोडको स्याउ

http://gorkhapatraonline.com/news/63646

एउटै बगैँचामा चार करोडको स्याउ


बेलिना थापा
लमजुङ, पुस ५ गते । मनाङको एउटा बगैँचामा चार करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । यो स्याउ बगैँचा सार्क राष्ट्रकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा एग्रो मनाङ प्रालिले ४५० रोपनी जग्गामा चार सय मेट्रिक टन स्याउ फलाएको छ । [KRD- 1 Dhur ma 3000/ ko apple falne ?]    
 प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा गाला, गोल्डेन, फुजी जातका स्याउ लगाइएको छ । गाला प्रतिकिलो १४० रुपियाँ, गोल्डेन प्रतिकिलो एक सय रुपियाँ र फुजी प्रतिकिलो १७० रुपियाँमा होलसेल बिक्री भइरहेको उहाँले बताउनुभयो ।
हाम्रो स्याउ औसतमा प्रतिकिलो ११० रुपियाँदेखि १३० रुपियाँमा बिक्री हुन्छ । चार सय मेट्रिक टन स्याउ औसत प्रतिकिलो १२० रुपियाँका दरले बिक्री गर्दा चार करोड ८० लाख हुन्छ । यसमा ५० मेट्रिक टन जति बिग्रने, बाँकी रहनेलगायत समस्या हुनसक्छ । ३५० मेट्रिक टन स्याउ बजारमा पु¥याउँदा चार करोड २० लाख आम्दानी हुन आउँछ, उहाँले भन्नुभयो ।
उत्पादित स्याउ बजारमा ६० प्रतिशत बिक्री भइसकेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार मनाङ, लमजुङको बेँसीसहर र काठमाडौँमा कोल्ड स्टोर छ । मनाङबाट काठमाडौँ र बेँसीसहरमा लगिएको र बिक्री गर्ने क्रममा रहेको छ । हाम्रो स्याउ नेपालभर बिक्री हुन्छ । यस वर्षदेखि पूर्वपश्चिमसम्म पुग्न थालेको छ, उहाँले भन्नुभयो । apple_1
एग्रो मनाङ प्रा.लि. का संस्थापक एवं मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले हाल ४५० रोपनीमा स्याउ खेती गरिएको र २८५ रोपनीमा खेती शुरु गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार चार वर्षअघि इटाली र सर्बियाबाट वर्णशङ्कर (हाइब्रिड) जातका बेर्ना ल्याएर रोपेका बोटले रोपिएको छ महिनामै उत्पादन दिन थालेको थियो ।
गत वर्ष करिब तीन सय मेट्रिक टन र त्यसअघिको वर्ष डेढ सय मेट्रिक टन स्याउ उत्पादन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्याउ बगान करिब २५ करोड रुपियाँको लगानीमा स्थापना गरिएको हो । सांसद गुरुङले आगामी दस वर्षमा नेपालका आधा जनसङ्ख्यालाई मनाङ्गी स्याउ पु¥याउने सपना देख्नुभएको छ ।
अहिले भारतबाट अर्बाैंको स्याउ नेपालमा भित्रिन्छ । यसलाई कम गर्दै भोलिका दिनमा मनाङको स्याउ विदेशमा निर्यात गर्ने मेरो लक्ष्य छ, उहाँले भन्नुभयो । मनाङको चारवटै स्थानीय तहमा स्याउ फलाउने सोच बनाएका उहाँले यस्तै प्रकारको स्याउ मुस्ताङ, जुम्लालगायत जिल्लामा फलिसकेको र अन्य जिल्लामा पनि खेती गराउने योजना रहेको उहाँले सुनाउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) एकाइ कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार वर्णशङ्कर प्रजातिको स्याउलाई बढवा दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवथापन एकाइ खुमलटारबाट मनाङमा मात्रै २५ हजार बिरुवा वितरण गर्न दुई करोड ५० लाख बजेट स्वीकृत भएर आएको छ ।
सिँचाइ, मलखाद र उपचार राम्रो हुँदा र साना बोट धेरै ठाउँमा फिजिने भएकाले थोरै जग्गामा पनि वर्णशङ्कर जातका स्याउको उत्पादन बढी हुने उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार यस वर्ष मनाङमा करिब एक हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
अहिले तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो । जोन एकाइ कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९१० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । त्यसअघि आव २०७३÷७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८२५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव २०७२÷७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६६५ मेट्रिकटन उत्पादन भएको थियो ।  

[KRD-

Tuesday, December 18, 2018

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

http://www.lightnepali.com/239727/ 
जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी
जनकपुर, ४ पुस । जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।
एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्र्रावधान छ ।

नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका

https://www.nayapatrikadaily.com/news-details/540/2018-12-19
नेपालीको  भिसा शुल्क घटाउँदै अमेरिका

३६० तिर्नुपर्ने विद्यार्थी र २२० तिर्नुपर्ने पर्यटकले १६० डलर तिरे पुग्ने

Share to More
अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । 
‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ ।’ पटक–पटक भएको छलफलमा अमेरिकी अधिकारीहरू अतिरिक्त शुल्क हटाउन सहमत भएपछि नै भिसा पारस्पारिकतासम्बन्धी प्रस्ताव अघि बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ । अमेरिका शुल्क घटाउन तयार भएपछि नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको हो । 
अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ । पारस्पारिकतापछि ठूलो राहत मिल्ने गृहका अधिकारी बताउँछन् । 
त्यस्तै, पर्यटक भिसामा जानेहरूले दुई सय २० डलर तिर्दै आएका छन् । भिसा पारस्पारिकतापछि उनीहरूले एक सय ६० डलर मात्र तिरे पुग्छ । 
अमेरिकीहरू ६ महिना बस्न पाउने 
हाल नेपालमा कुनै पनि देशको पर्यटक एक वर्षमा बढीमा पाँच महिना मात्र बस्न पाउँछन् । तर, भिसा पारस्पारिकतापछि अमेरिकी नागरिकहरू भने ६ महिनासम्म बस्न पाउँछन् । अमेरिकाले पनि पर्यटक भिसामा एक वर्षमा ६ महिना बस्न दिने सहमति जनाएको छ । 
त्यस्तै, पारस्पारिकतापछि नेपाल आउने अमेरिकी पर्यटकले ६ महिना बस्दा एक सय ६० डलर तिरे पुग्छ । अहिलेको अवस्थामा अमेरिकी पर्यटकले १५ दिनको २५ डलर, एक महिनाको ४० डलर तथा ९० दिनको सय डलर तिर्नुपर्ने व्यवस्था छ । त्यसभन्दा धेरै बस्न चाहे प्रतिदिन २ डलर र मल्टिइन्ट्री भिसा लिएको भए थप २० डलर तिर्नुपर्ने हुन्छ । भिसा पारस्पारिकतापछि लामो समय नेपाल बस्ने अमेरिकीलाई फाइदा हुन्छ । 
भिसा नलाग्नेको रकम फिर्ता गर्न मानेन अमेरिका
एक वर्षमा झन्डै एक लाख नेपालीले भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिने गरेका छन् । त्यसमध्ये करिब १५ प्रतिशतको मात्र भिसा लाग्ने गरेको छ । भिसा नलागेको अवस्थामा पनि दूतावासले शुल्क फिर्ता दिने गरेको छैन । भिसा नलागे शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गृह र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले गरेका थिए । तर, अमेरिकी प्रतिनिधि सबै शुल्क फिर्ता गर्न नमानेको गृहका एक अधिकारीले बताए । 
अमेरिकाले विश्वका सबै देशसँग भिसा पारस्पारिकताको निर्णय गरिसकेको छ । जसअनुसार गैरपर्यटक भिसामा यसअघि नै नेपालसँग पनि पारस्पारिकता भइसकेको छ । पर्यटक भिसामा पनि पारस्पारिकता हुन लागेको हो । 
प्रतिकृया दिनुहोस

भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी

https://www.nayapatrikadaily.com/news-details/541/2018-12-19 
भेट्टाएको नागरिकताबाट  ६८ करोड ठगी
Share to More
बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 
बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरूले ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि कर तिरेका थिएनन् । ‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘छानबिनमा तानिएमा आफूहरू जोगिने उद्देश्य उनीहरूको देखिन्छ ।’ 
ठगीमा सरकारी कर्मचारीहरूको पनि मिलेमतो रहेको आशंका प्रहरीले गरेको छ । त्यसैले पक्राउ गरिएका व्यक्ति, दर्ता गरिएको कम्पनी र नागरिकताधनीको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । ‘यसमा ठूलै गिरोहको संलग्नता छ जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न सिआईबीका एक् अधिकारीले बताए ।
इन्स्योरेन्सका कर्मचारीहरू पक्राउ 
नक्कली बिमालेखा जारी गरी विदेश जाने कर्मचारीलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका चार कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । सिआइबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका एक प्रकाश रेग्मी सोही कम्पनीका पूर्वकर्मचारी हुन् । यसअघि पनि उनी यस्तै घटनामा पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीले दायर गरेको मुद्दामा उनी एक लाख धरौटीमा छुटेका थिए । 
रेग्मीले प्राइम लाइफ इन्स्योरेन्सका एजेन्टका रुपमा काम गरेका थिए । उनीमार्फत बीमा गराई वैदेशिक रोजगारीमा गएका धादिङका गोकर्ण बिडारीको गत वर्ष मृत्यु भएको थियो । बीमा वापतको पैसा लिन इन्स्योरेन्स जाँदा बीमा नै नगरिएको र पैसा लिएर नक्कली कागजपत्र दिएको खुल्यो । अनुसन्धानको क्रममा पैसा आफैंले राखी रेग्मी लगायतका कर्मचारीले बदमासी गरेको खुलेको थियो । 
कालिमाटी वृत्तले प्राइम लाइफका सञ्चालहरू, सिईओ तथा कम्पनी सचिवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । करिब चार वर्षअघि वल्र्ड वेयर मेनपावरबाट मलेसिया गएका १८ जनाले रेग्मीमार्फत बीमा गरेका थिए । उनीहरूलाई पनि बीमा गरेको नक्कली कागजपत्र दिएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ । अहिले पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा वैदेशिक रोजगारीमा गएका धेरै व्यक्तिहरूको नक्कली बीमा पोलिसी जारी गरी ठगी गरेको खुलेको छ । 
 यसरी खुल्यो रहस्य
आन्तरिक राजस्व कार्यालयले कम्पनीधनीलाई कर तिर्न भन्दै पत्राचार गरेपछि घटना बाहिर आएको हो । खोल्दै नखोलेको कम्पनीको कर तिर्न पत्र आएपछि नागरिकताधनी अचम्मित भएका थिए । पछि बुझ्दा उनकै नागरिकताका आधारका कम्पनी स्थापना भएको पत्ता लाग्यो । आफूले कम्पनी नै नखोलेको बताएपछि छानबिन हुँदा उनको हराएको नागरिकताका आधारमा कम्पनी दर्ता गरिएको खुलेको हो । 
इन्स्योरेन्सका कर्मचारीहरू पक्राउ 
नक्कली बिमालेखा जारी गरी विदेश जाने कर्मचारीलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका चार कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । सिआइबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले वैदेशिक रोजगारीमा गएका धेरैको नक्कली बिमा पोलिसी जारी गरी ठगी गरेको खुलेको छ ।


Monday, December 17, 2018

डेढ घण्टामै बुटवल देखि नारायणगढ

http://butwalnow.com/2018/12/17/डेढ-घण्टामै-नारायणगढबाट/?fbclid=IwAR0AmVDABWVOC7pjaZrw11V7b9No7r4mbCLzSIc2zk8B65dpbqQl-LBw_II

डेढ घण्टामै बुटवल देखि नारायणगढ

Butwal-बुटवल
बुटवल– नारायणगढ सडकखण्डलाई स्तरोन्नति गरेर चार लेनको बनाएपछि एक घण्टा ३० मिनेटमा नै नारायणगढबाट बुटवल पुगिने भएको छ । १२५ किलोमिटर दूरीको सडकमा अहिले यात्रा गर्न तीन घण्टा लाग्दै आएको छ । सडक निर्माणका लागि अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।
एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले भने ‘हामी सरर डेढ घण्टा नारायणगढबाट बुटवल पुग्ने गरी सडक बनाउने छौँ, अहिले भन्दा गाडीको स्पट बढाउने गरी सडक विस्तार हुँदैछ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले अब चार लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।
सडकको दुई\दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ ।अबको तीन वर्षमा बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । यो सडकखण्डको छेउमा रहेका बस्तीहरूका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।
२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्ग सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने बताए । उनले भने ‘जसले यात्रुलाई सहज मात्रै हुुने छैन, राजमार्ग क्षेत्रमा सहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।’ १२५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । जसअनुसार नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६३ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।
यो खण्ड विस्तार गरिसक्न तीन वर्ष ३ लाग्ने छ । नारायणगढ–बुटवल खण्ड पूरै भाग चार लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग तीन लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो ।
३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालेमा गाडीहरू सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोेग गर्न पाउनेछन् । यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा फुटपाथ र साइकल लेनसमेत राखिने गरी रिपोर्ट बनाइएको छ ।
यस आयोजनाका लागि सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले नै दुवै प्याकेजमा ठेक्काको सम्झौता गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले जानकारी दिए । ‘२८ दिनभित्र सम्झौता गर्न आउनुपर्ने हो । हामीले पत्रचार गरिसकेका छौँ, अबको दुई हप्ताभित्र उनीहरू आएर सम्झौता गर्ने छन्’ उनले भने । यो आयोजनामा प्राविधिक रूपमा सफल भएका ७ वटा कम्पनीहरू अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।
प्रधानका अनुसार आयोजनाअन्तर्गतको दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ । एउटै प्याकेजमा काम गर्दा निर्माण ढिलो हुने भएकाले दुईवटा प्याकेज बनाएको प्रधानले बताए । पहिलो प्याकेज नारायणगढदेखि दाउन्नेसम्मको ६३ किलोमटिर दूरीमा रहेको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।
प्याकेज–१ मा ९ अर्ब १३ करोड रूपैयाँमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्काको प्रस्ताव गरेको छ । यो प्याकेजमा परेको सबैभन्दा कम कबोल रकम हो । यो प्याकेजमा लोङ्जियान ब्रिले सबैभन्दा बढी १० अर्ब ८९ करोड रूपैयाँसम्मको आर्थिक प्रस्ताव गरेको छ । यस्तै साङ्घाई कन्स्ट्रक्सनले ९ अर्ब ३७ करोड, हुनान ब्रिज एन्ड रोड कन्स्ट्रक्सनले ९ अर्ब ६४ करोड, चाइना रेल्वे ब्युरोले १० अर्ब ४४ करोड, हुवेई छाङ्जाङले १० अर्ब ७० करोडको आर्थिक प्रस्ताव गरेको छ ।
हालसम्म सडक निर्माण गरेको एक वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर, अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम पाँच वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ ।पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्याङ्कनमा असफल भएका थिए । विभागका अनुसार यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भइसकेको छ ।

अबदेखि विदेश जानेको बीमा रकम १ करोड ६० लाख, ब्यागेज हराए प्रतिकिलो ७ लाखसम्म क्षतिपूर्ति !

http://butwalnow.com/2018/12/17/अबदेखि-विदेश-जानेको-बीमा/
अबदेखि विदेश जानेको बीमा रकम १ करोड ६० लाख, ब्यागेज हराए प्रतिकिलो ७ लाखसम्म क्षतिपूर्ति !
Butwal-बुटवल
नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजदेखि नेपालमा पनि लागू भएको छ ।
संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको ‘मोन्ट्रियल कन्भेन्सन’ आजदेखि लागु भएको हो । सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयनमा आएसँगै विदेश यात्राका क्रममा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ ।विगतमा वार्सा महासन्धिअनुसार नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए । अब क्षतिपूर्ति रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् १ लाख ५७ हजार २०९ अमेरिकी डलर भएको छ । नेपाली यात्रुलाई क्षतिपूर्ति रकममा चित्त नबुझे नेपालकै अदालममा मुद्दा दायर गर्न पाइनेछ ।
त्यसैगरी कार्गो सामान तोकिएको समयमा आपूर्ति नभए वा हराए वा खराब भए प्रतिकिलो १९ एसडीआर अर्थात् ३ हजार १५ रुपैयाँ, ब्यागेज तोकिएको समयमा नपुगे वा हराए वा खराब भए प्रतिकिलो १ लाख ७९ हजार ४ सय ८९ रुपैयाँ तोकिएको छ ।
यस्तै समयमै ब्यागेज नपुगी हराए वा खराब भए वा नष्ट भए प्रतियात्रु प्रतिकिलो ७ लाख ४४ हजार ९ सय ३७ रुपैयाँ क्षतिपूर्ति सम्बद्ध वायुसेवा कम्पनीले तिर्नुपर्ने छ ।

अड्कियो मेलम्चीको पानी, ठेकदारबाट फेरि धोका !

https://www.onlinekhabar.com/2018/12/727672

अड्कियो मेलम्चीको पानी, ठेकदारबाट फेरि धोका !


२ पुस, काठमाडौं । मेलम्चीको पानीले सडक पखाल्ने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात भएको छ । कामै नसकी भाग्न आँटेका ८ जना इटालियन ठेकेदारलाई सोमबार सरकारले पक्राउ गर्न त भ्यायो । तर, मेलम्चीको पानी कहिले उपत्यकामा झर्छ भन्नेचाहिँ फेरि अनिश्चित बनेको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर गरेपछि इटालियन कम्पनीका तत्कालीन प्रतिनिधिले भनेका थिए, ‘सीएमसीले विश्वभर जति पनि काम गरेको छ, सबै पूरा गरेको छ, हामीले कुनै पनि काम अधुरो छाडेका छैनौं ।’



सन् २०१३ मा यो सम्झौता गर्दा मन्त्रालयको सचिव रहेका किशोर थापा भन्छन्, ‘त्यो सुनेपछि हामी अलि ढुक्क भएका थियौं ।’
थापाका अनुसार झन सीएमसीले नै तनहु“ जलविद्युतको ठेक्का पाएपछि घाटा–नाफा जे भए पनि उसले मेलम्चीको काम सक्ने भयो भन्ने लागेको थियो । तर, सोमबार सीएमसीले मेलम्चीबाट हात झिकेको छ ।
सीएमसी वित्तीय संकटमा परेपछि उसका प्रतिनिधिहरु मेलम्चीको बा“की काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर सोमबार मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा पुगेका थिए । तर, त्यसपघि नै सीएमसीका कामदारहरु भाग्न खोजेको सुइँको पाएको सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गरिसकेको थियो ।
ठेकदारको धोका : पुरानै नियति
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा मेलञ्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने दाबी गरेका थिए । ०४१ सालबाटै अध्ययन सुरु भएको भएपनि भट्टराईको भाषण पनि मेलम्चीलाई काठमाडौंमा पानीको अभाव टार्ने ‘अचूक उपाय’ का रुपमा लिन थालियो ।
तर, मेलम्चीको पानी अझै आएको छैन, सीएमसीको पछिल्लो कदमले थप अन्योल सिर्जना गरेको छ ।
यस्तो छ मेलम्चीको कथा
मेलम्चीले धोका खाएको योपहिलो पटक भने होइन । कहिले दातृ निकायले हात झिक्छ त कहिले ठेकदारले हात झिक्छ । कहिले स्थानीयका नाममा भएको आन्दोलन र राजनीतिका कारण मेलञ्ची तीन दशकमा पनि बन्न सकेको छैन ।
आयोजनाको सम्भाव्यता अध्ययन ०४१ तिरकै भए पनि ०५२ सालमा पहिलोपटक मेलम्ची खानेपानी लिमिटेड स्थापना गरेर काम थालिएको थियो । यसलाई जिम्मा थियो, लगानीकर्ता खोज्ने । तर, कम्पनीमार्फत काम नहुने देखेपछि ०५५ मा विकास समितिमा लगियो ।
एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ०५७ सालमा ऋण सम्झौता पनि भयो । त्यसबेला ०६४ सालमै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, त्यसअनुसार काम नै सुरु भएन । एक वर्षपछि नै एडीबीले आयोजना सम्भाब्य नभएको भन्दै हात झिक्ने धम्की दियो । ०६१ सालसम्म आइपुग्दा नोर्डिक र सिडा मेलम्चीमा लगानी गर्ने सम्झौताबाट पन्छिए ।
विकास साझेदारसँग ०६३ तिर सरकारको मनमुटाव भयो । खानेपानी संस्थानले उपत्यकाको खानेपानी व्यवस्थापन गर्न नसक्ने भन्दै बेलायती कम्पनी ल्याउने एडीबीको जोडबलका कारण विवाद चर्किएको थियो । तत्कालीन अर्थमन्त्री रामशरण महतले एडीबीको प्रस्तावलाई समर्थन गरे भने तत्कालीन भौतिक पूर्वाधारमन्त्री हिसिला यमीले त्यसको विपक्षमा अडान लिइन् ।
पछि समाधानका रुपमा उपत्यका खानेपानी बोर्ड गठन गरेर त्यसअन्तर्गत केयूकेएल स्थापना गर्ने र त्यसले नै उपत्यकाको खानेपानी व्यवस्थापन गर्ने मोडेल बन्यो । यो समझदारीपछि एडीबीकै लगानीमा मेलम्चीको काम अघि बढ्यो ।
यही क्रममा चिनियाँ कम्पनी सीआरसीसीले ०६५ सालमा ठेक्का पायो । त्यसबेला ०७० सालसम्म काम सक्ने लक्ष्य लिइएको थियो । तर, चिनियाँ कम्पनीको काम निकै सुस्त रह्यो । म्याद सकिन एक वर्ष मात्रै बाँकी हुँदा पनि ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले एकतर्फी रुपमा ठेक्का तोड्ने घोषणा ग¥यो । यसले आयोजना निमार्ण थप अनिश्चित भयो ।
नयाँ ठेक्काका लागि सरकारले ठूलै मेहनत गर्नुप¥यो । जे होस्, ०७० सालमा इटालियन कम्पनी सीएमसी बाँकी सुरुङ खन्न तयार भयो र ०७३ मा काम सक्नुपर्ने गरी सम्झौता पनि भयो ।
तर, ०७२ वैशाख को भूकम्प र भारतले लगाएको नाकाकान्दीका कारण आयोजना प्रभावित भयो । त्यसपछि इटालियन कम्पनीले विभिन्न बाहानामा काम अल्झायो र थप भेरिएसन मागिरह्यो ।
दाबी गरेजति रकम दिन नेपाल सरकार तयार नभएपछि इटालियन कम्पनीले अन्तरराष्ट्रिय ठेक्काको विवाद सुनुवाइ हुने अदालत (अर्बिटेशन कोर्ट) मा मुद्दा पु¥यायो । तर, यो विवाद नटुंगिँदै सीएमसी टाट पल्टियो ।
अब सीएमसीले मेलम्चीको बाँकी काम नगर्ने घोषणा गरेपछि आयोजना थप अनिश्चित भएको छ ।
अझै के के काम बाँकी छन् ?
सीएमसीले हात उठाउनुअघि सुरुङकै काम गरिरहेको थियो । यद्यपि यो निकै कम मात्र बाँकी छ । आयोजनाका अधिकारीहरुका अनुसार तीव्र गतिमा काम गरेको भए कम्तिमा एक सय दिनमा मात्र मेलम्चीको काम सक्ने अवस्था थियो ।
अझै सुरुङ र ड्याम साइटमै काम धेरै बा“की छन् । सुरुङभित्र सर्फेस फिनिसिङ सकिएको छ । सतहमा लाइनिङ (क्रंक्रिट ढलानसहित फिनिसिङ) को काम ६० मिटरको मात्रै बा“की छ ।
सुरुङमार्गमा भेन्टिलेसन राख्ने काम भइरहेको थियो । एक ठाउ“मा ४ इन्चको प्वाल पारेर त्यसलाई ठूलो पार्ने काम भइसेकको थियो तर, अन्य ठाउ“मा काम नगर्दै ठेकदारले काम छाडेको छ ।
सुरुङमार्गमा पानी हालेपछि हावा बाहिर जान सक्ने गरी ‘एयर भेन्ट’ राख्नुपर्छ । तीन ठाउ“मा यस्ता एयर भेन्ट बनाउनै बा“की छ । त्यसका लागि सुरुङबाट माथिल्लो भागमा प्वाल पार्नुपर्छ र भेन्टिलेसनको संरचना तयार गर्नुपर्छ ।
गेट लगाएर अडिट टनेलहरु थुन्ने काम बा“की नै छन् । फिनिसिङको काम सकिएपछि अडिट टनेलहरु थुन्ने काम सुरु हुने अवस्था थियो । भेन्टिलेसन र अडिट टनेल थुन्न चाहिने सबै उपकरण र सामानहरु भने आइसकेको आयोजनाले जनाएको छ ।
मेल्चीको पानी थपेर हाल्ने मुहानमा एउटा अस्थायी ड्याम निर्माण गर्न पनि बा“की नै छ । आयोजनाको सुरुङभित्र अनलाइन मनिटरिङ गर्न सीसी क्यामेरा जडान पनि गर्नुपर्छ ।
सुरुङभित्रका सबै काम सकिएपछि पनि टेस्टिङ कमिसनिङ (सुरुङको निर्माणको गुणस्तर र त्रुटीको परीक्षण)का लागि अर्को एक महिना जति समय लाग्छ । यदि यो टेस्टिङमा केही गम्भीर समस्या देखिए त्यसको पनि मर्मत गर्नुपर्ने हुन्छ । यो सबै काम सकाएपछि सुरुङमार्गमा पानी हाल्न सकिन्छ ।
सुन्दरीजलमा झरेको पानी घर–घरमा पु¥याउन गर्नुपर्ने काम भने अर्को ठेकदारले गरिरहेको छ ।
अब के हुन्छ ?
सीएमसी भागेपछि अब के गर्ने ? सरकारले निर्णय गर्न बाँकी छ । पूर्वसचिव किशोर थापा भने ठेकदार भागे पनि विदेशी कन्सलट्यान्ट नेपाल सरकार र एडीबीको सम्पर्कमै रहेकाले बाँकी काम अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्छन् ।
थापाले अनलाइनखबरसँग भने, ‘विदेशी कन्सलट्यान्टसँग कुराकानी गरेर सीएमसीका लोकल कन्ट्राक्टरमार्फत काम गराउन सकिन्छ । यो आयोजनालाई जसरी पनि पूरा गर्नुपर्छ ।’
यसका लागि आयोजनास्तरबाट पहल नपुगे खानेपानी मन्त्रालय र सरकारले आफैंले पनि अग्रसरता देखाउनुपर्ने पूर्वसचिव थापाको सुझाव छ ।

Wednesday, December 5, 2018

नेपाल किन विकास भएन ?

http://www.newsofnepal.com/2018/11/30/162228/
नेपाल किन विकास भएन ?


डा. विद्यानाथ कोइराल
नेपालको विकास नहुनाका अनेकन कारण छन्। सबैका आ–आफ्ना कारण छन्। मेरो दृष्टिमा भने नेपालको विकास नहुनुका कारण यी रहेका छन् ः
क) पुख्र्यौली जरो नजोडिएकाले
आत्मिक विकासले आनन्द खोज्छ। पुख्र्यौली शब्दमा सच्चितानन्द। मानसिक विकासले बहु विधाको चिन्तन खोज्छ। विषयको गहन जानकारी। भौतिक विकासले शरीर सुख खोज्छ। बसाइमा सुविधा। हिँडाइमा सुविधा। गराइमा सुविधा। हाम्रा पुर्खाले आत्मिक विकासले रोजे। त्यो रोजाइले हामीलाई ब्र≈म चिनायो। निवार्ण चिनायो। नूर चिनायो। तागेरा चिनायो। यस अर्थमा हाम्रा पुर्खाले आत्मिक फाँटमा उच्चतम् विकास गरे। बरु पुर्खाले आर्जेको त्यो विकासमा हाम्रो राजनीतिक नेतृत्व लागेन। निर्णायक नेतृत्व। उनका समर्थकलाई पनि लगाएन। नजानेर। नमानेर। नपत्याएर। नितान्त भौतिकवादी सोच बोकेर।
हाम्रा पुर्खाले अनेकन क्षेत्रमा मानसिक विकास पनि गरे। आयुर्वेदले जडीबुटी चिनायो। त्यसको प्रयोग सिकायो। जनस्तरमै संस्थागत गर्यो। आयुर्वेदकै चरक र सुश्रुतले सल्यक्रिया सिकाए। जनस्तरले त्यो सीप जानेन। चिकित्सकले त्यो पद्धतिको खोजी नै गरेनन्। राजनीतिक नेतृत्वले चिकित्सकलाई त्यता जाने परिवेश नै दिएन। पश्चिमी दीक्षा लिएका चिकित्सक उतैको ज्ञानमा रमाए। यस्ता अनेकन विधा छन्। पुर्खाले दिएका ज्ञानका विधा। विज्ञानका विधा। हामीले तिनको खोजी नै गरेनौं। उदाहरण लिउँ ब्र≈माण्डको। चक्रको। यी शब्दहरू सूत्र हुन्। प्रत्येक ब्र≈म अण्डाकार हुन्छ भन्ने सूत्र। चक्रीय हुन्छ भन्ने सूत्र। चक्र घुम्छ भन्ने सूत्र। यी र यस्ता सूत्रहरू बुझ्ने बुझाउने काम हामीले गरेनौंै। गराइएनौं। कारण थियो नेतृत्वको अल्पज्ञान। तिनले अरूकै पुर्खा पढे। पढाए। आफ्ना पुुर्खाको बेवास्ता गरे। गर्न सिकाए।
चार्वाक जनबोली हो। भौतिक विकासको चिन्तन। मोजमस्ती यसको आदर्श हो। पुख्र्यौली शब्दमा माया। अद्वैत वेदान्तीको शब्दमा झुटो जगत्को मोह। विज्ञानी बोलीमा प्रकृतिको अत्यधिक दोहनबाट थोरैले लिने मज्जा। धेरैले पाउने पीडा। ओजोन परत नासिएर। कार्वन मोनोक्साइड बढेर। हिमाल पग्लेर। समुद्र उठेर। भौतिक विकासको यो पाटोलाई हामीले खोजेनौं। खोजाएनौं। अर्थात् भौतिकवादी नेतृत्व हुँदा पनि यी कुराहरू ओझेलमै रहे। परिणामतः केहीले मोजमस्ती रोजे। केहीले झुटो जगत् मोह। केहीले विपन्नतामै जिउन बाध्य भए। यो कुरा राजनीतिक नेतृत्वले चिन्न सकेन। चाहेन।
ख) बाहिरी लिउन नटाँसिएकाले
क्रमबद्ध विकासकोे रहरले ६ दशक नाध्यो। हाम्रा विकास आयोजनामा विदेशीको सोच समेटियो। प्रत्यक्षरूपमा। अप्रत्यक्ष्यरूपमा। कम्प्राइडोर बुर्जुवाको बलमा। देखासिकीमा। ती सबै विकासमा भौतिकवादी रहर थियो। ती सबै रहरहरू भूसका लिउन बने। अर्थात् लिउन लगाउनेकै हातमा विकास पुग्यो। विकासे शब्दमा भुइँफुट्टाको विकास भयो। कोरिडरको विकास भयो। जनताको शब्दमा पहुँचवालाको विकास भयो। त्यसको अर्थ हो जनविकास भएन। पुगेन। परिणामतः विकास खोज्नेहरू शहर पसे। गाउँ क्रमशः बाँझिने क्रममा पुगे। सरकारका शहर बसाउने रहरले आगोमा घ्यू थप्यो। अन्ततोगत्वा भुइँफुट्टे र कोरिडर विकासमै हामी पुग्ने भयौं। विदेशी सोच पनि त्यही हो कि ?
ग) राजनीतिज्ञले विरोध मात्र सिके÷सिकाएकाले
राणा विरोध। नेपाली कांग्रेसले त्यही सिकायो। कांग्रेस विरोध। कम्युनिस्टले त्यही सिकायो। कम्युनिस्ट विरोध। कांग्रेसले त्यही सिकायो। राजा विरोध कांग्रेस तथा कम्युनिस्टले त्यही सिकाए। कुनै दलले पनि रचनात्मक विरोध सिकाएनन्। जापानीले जस्तो। विरोध गर्दा एउटा मात्र जुत्ता तयार पार्ने। रिस शान्त भएपछि अर्को जुत्ता बनाइदिने। एकजोर जुत्ता तयार। परिणामतः हाम्रा दलहरूले विरोधी दस्ता तयार पारे। अहिलेका युवा, अधवैशे तथा पाका पुस्ता तिनै हुन्। विरोध गर्न जान्ने। विकल्प दिन नजान्ने। शास्त्रीय माक्र्सवादी जस्ता। पहिला पुस्ताका महिलावादी जस्ता। विकल्पविहीन।
घ) दलीय आडका ढिक्किने संघ–संगठन बनाएकाले
कलीमा संगठनमै बल हुन्छ। देवी भागवत्ले त्यही ठम्यायो। संगठनमै बल हुन्छ राजनीतिज्ञले त्यही बुझे। दलीयता मात्रै राजनीति हो भन्ने बुझे÷बुझाइएका राजनीतिज्ञहरूले पनि त्यही कुराको अनुशरण गरे। राजनीतिज्ञहरूको यो दुर्बुद्धिले गर्दा हाम्रो असली पहिचान गुम्यो। असली शिक्षक हुने पहिचान। असली विद्यार्थी हुने पहिचान। असली प्राध्यापक हुने पहिचान। असली कर्मचारी हुने पहिचान। असली नेतृत्व हुने पहिचान। यो पहिचानहीनताले सबैलाई सीमाविहीन बनायो। त्यसैले अहिले सबै राजनीतिज्ञ बने। राजनीतिक विश्लेषक बने। असली पेसाकर्मी अपवाद बन्न पुगे। यो अपवादले दलहरू झाँगिए। पेसाकर्मी मुर्झाए। दलको छाता र आशिर्वाद पाउनेहरू मालामाल बने। धनमा। पदमा। समाजमा। नपाउनेहरू कुण्ठामा बसे। दाम सरकारको खाने काम राजनीतिक दलको गर्ने।
ङ) अधिकारकर्मीको एकोहोरो प्रलापले
पुर्खाले सत्पात्र खोज्ने चिन्तन दिएका थिए। मन्त्रदान गर्नका लागि सत्पात्र। औषधि सिकाउन सत्पात्र। सपना सुनाउन सत्पात्र। भष्मासुर गलत पात्रका उदाहरण हुन्। तर, हाम्रा अधिकारकर्मीले सबैलाई एउटै अधिकारी बनाए। कर्तव्यपालकलाई पनि त्यही अधिकार। नमकहरामलाई पनि त्यही अधिकार। अधिकारकर्मीले ध्यान विचार नै नगरी अधिकार दिएकालाई राजनीतिक दलहरूले पनि आशिर्वादै दिए। अहिले तिनै भष्मासुरहरूले सरकारलाई लखेटिरहेछन्। सरकार आफ्नै छायाँ र आशिर्वादको बन्दी बनेको छ। महादेवको भगाइमा। विष्णुको खोजीमा।
च) विकासको हथ्यौडी नजानेका योजनाविद् र कार्यान्वयनकर्ताले
विकासले सन्तुलन खोज्छ। असन्तुलित विकास भनेको विनाश हो। पुलमात्रै बनाउनु असन्तुलित विकास हो। पुलको छेउमा पार्क, अलि माथि होटेल, अलिपर भ्युटावर, छेउमा कुलो विकासको सन्तुलित नमुना हो। हाम्रा एकपाखेविद्हरूले यो कुरा जानेनन्। कार्यान्वयन तहमा हुनेहरूले पनि यो चाहिन्छ भनेनन्। परिणामतः हामीले असन्तुलित विकास मात्रै पायौं। भोग्यौं। अर्थात् प्रकृतिको दोहन त भयो। श्रृङ्गार भएन।
छ) जन गराईमा नमिलेका विकासे र राजनीतिज्ञले
गुजारामुखी खेती जन गराई हो। विकासे र राजनीतिज्ञले बजारमुखी जीविकाको वकालत गरे। जनताको निम्ति अप्ठेरो भयो। जोखिम बढी। ऋणको सम्भावना। जनता जोखिम लिँदैनन्। ऋणको भार बोक्तैनन्। बाध्यतामा काम गर्नु अर्को कुरा हो। गुजारामुखी जन गराईमै पनि सघाउने बुद्धि विकासेलाई छैन। राजनीतिज्ञलाई छैन। ती रोमान्सवादीले जनता बुझेनन्। जनताले उनीहरूका कुरामा आफ्नो अस्तित्व देखेनन्। परिणामत विकासले गुजारामुखी गरिबलाई छोएन। छुने छाँट पनि देखिएन।
गर्ने के ?
पुख्र्यौली जरो जोड्न समाज पढौं। शास्त्र पढौं। संस्कार पढौं। विदेशीको गुलामी र दलाली दुवै बन्द गरौं। तिनको सोच सुनौं। स्रोत लिऔं। विरोध गर्दा प्रत्याभूति गर्ने संस्कार जोडौं। दलीयता भत्काउन समालोचकीय सोच र गराई संस्थागत गरौं। अधिकार खोज्दा मैले के गरें र के गरिनँ भन्ने विश्लेषण गर्नैपर्ने बानी बसाऔं। विकास योजना र कार्यक्रममा जनज्ञान जोडौं। सम्भावनामा खेल्ने तथा खेलाउने नेतृत्व भए सन्तुलित विकास सहज छ। कतै विकासको मूल फुटाउनेदेखि सम्मृद्धि र सुखी नेपाली बनाउने स्वप्नद्रष्टाहरूमा चेत आउँछ कि ?


Monday, December 3, 2018

पौरखी हातहरु

https://www.kantipurdaily.com/video/2018/12/03/154382199718285587.html\
पौरखी हातहरु
विमल खतिवडा
काठमाडौँ — भक्तपुर नगरपालिका ५ स्थित तौमडीकी ३७ वर्षीया राधा मताङ्गी कृषी पेशामा रमाउन पाउँदा दंग छिन् । अहिले उनलाई फूल टिप्न र बिक्री गर्न भ्याई नभ्याई छ । सुरुमा बनेपाको उग्रचण्डीमा ४ रोपनी जग्गा भाडामा लिई फूल खेती सुरु गरेकी थिइन् ।


आउजाउ गर्न टाढा भयो। घर आसपास जग्गा खोज्न निकै मेहनत गरिन्। कतै प्लटिङले त कतै धमाधम निर्माण भईरहेका घरले खेतीयोग्य जमिन मासिएको देख्दा निराश भईन्। लामो प्रयास पश्चात भक्तपुरकै बागेश्वरी डाँडागाउँमा २२ रोपनी जग्गा फेला पारिन्। १० वर्षका लागि भाडामा लिएर फूल र तरकारी लगाउन थालिन्। २ वर्ष भयो, फार्म खाली छैन।


उच्च प्रविधिको ग्रीन हाउस भित्र १२ रंगका जरबेरा ढकमक्क फुलेका छन्। कतै राताम्य त कतै सेतै, पहेंलै छन्। फुल टिप्न आफैं खटिन्छिन्। पेशामा श्रीमान् युसवले साथ दिएका छन्। फुल मात्र होइन। उनले आम्दानीकै लागि भनेर गोलभेंडा, काउली, मुलालगाउन ड्याङ बनाएकी छन्। अबको योजना कार्नेसन र गुलाफ लगाउने छ। तर उनको एउटा गुनासो छ। सरकारबाट केही सहयोग पाउन सकेकी छैनन्। मलमा अनुदान छैन। थोपा सिंचाईकालागि सहयोग छैन।

त्यसो त भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीका २८ वर्षीय सुवास थापाले विदेश जान पासपोर्ट बनाई सकेका थिए। साथीभाईले विदेशमा दु:ख पाईन्छ। आफ्नै देशमा परिवारसंग बसेर जीविका चलाउन सकिन्छ भन्दैं संझाए। उनलाई रहरले विदेश जानु थिएन। बाध्यताले कतारलाई रोजगारीको गन्तब्य बनाउन लागेका थिए। तर साथीभाईको सुझावले ध्यान खिच्यो। के गर्ने भन्नेबारे निकै सोचे। गाउँमा नभित्रिएको ब्यवसाय पोल्ट्रीलाई देखे। त्यसका लागि न जग्गाको समस्या न भाडा नै तिर्नु पर्ने। मकै कोदो फल्ने बारीमा कुखुरा राख्न खोर ठड्याए। करेसामा कुखुरा पालेको ८ वर्ष भयो। ३ वटा खोरमा ब्रोईलर कुखुरा छन्।
कृषि विकास बैंकबाट १८ लाख सहुलीय कर्जा लिएर कुखुरा बोक्न जीप किने। कुखुरा बिक्री गरेर सबै ऋण चुक्ता गरेको उनले सुनाए। अहिले सिको गर्दै गाउँमा पोल्ट्री ब्यवसाय सुरु गर्ने युवा जमात बढ्दो छ। दाना बोक्नेदेखि लिएर कुखुरा बिक्री गर्नसम्म गाडी लिएर आफैं हिंड्छन्। बजारको समस्या छैन। आम्दानीको मुख्य स्रोत यही हो।

मलेसियामा २ वर्ष विताएर फर्किएका दोलखा शैलुङ गाउँपालिका ३, मागापौवाका २७ वर्षीय विजेश श्रेष्ठले राम्रै अनुभव संगाले। अहिले विदेशको दु:ख विर्सिएर उनी तरकारी खेतीमा रमाएका छन्। खेतीमा हात हालेको ३ वर्ष भयो। कलंकीबाट ३ किलोमिटरको दुरीमा रहेको पुरानो नैकापमा २५ रोपनी र दहचोकमा ५ रोपनी जग्गा भाडामा लिएका छन्। जग्गाको मात्र वार्षिक चार लाख भाडा बुझाउँछन्। हरेक वर्ष १० प्रतिशतले जग्गा भाडा बढ्ने गरेको उनले सुनाए। अहिले फार्ममा फूल कोभी, मुला, साग, ब्रो काउली बिक्रिका लागि तयार छ।

अघिपछि टमटर, फर्सी, बोडी, सिमी, घिरौला लगाउँछन्। तरकारीमा ४० लाख रुपैयाँ लगानी गरेका छन्। टनेल बनाएर तरकारी लगाएका छन्। मुख्य बजार कालिमाटी हो। स्थानीय बजारमा पनि राम्रो माग छ। उनको मेहनत देखेर ठूलो बुवाका छोरा रामभक्त श्रेष्ठले साथ दिएका छन्। रामभक्त रोजगारीको शिलशिलामा मलेसिया र दुवई पुगेर फर्केका हुन्। विदेशबाट फर्किएर तरकारी खेतीमा जोडिएको एक वर्ष भयो। दुबै दाजुभाई विहानैबाट राती अबेरसम्म तरकारीको गोडमेलदेखि फसललाई बजार पुर्‍याउनमा ब्यस्त बन्ने गर्छन्।

गोरखा नगरपालिका ४ स्थित फिनामका ३८ वर्षीय अखिल बयालकोटी भने आम सर्बसाधरणलाई नौलो स्वाद दिलाउन तल्लिन छन्। थापाथली इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रो मेकानिकल इन्जिनियर पढेका उनी अहिले फलफुलको रेखदेमा ब्यस्त छन्। चन्द्रागिरि नगरपालिका ४ स्थित पानीघाटमा १० रोपनी जग्गा भाडामा लिएका छन्। जुन करिब १ हजार ८ सय मिटर उचाईमा छ। उनको फार्म एविसी एग्री कल्चर एण्ड रिसर्च सेन्टरमा लटरम्म किवी फलेको छ। पहेंलपुर भएर जापानिज् हलुवावेद पाकेको छ। किवि ३ रोपनी र हलुवावेद चार रोपनीमा लगाएका छन्। अन्य जग्गामा कागती र तरकारी लगाएका छन्। किवी र हलुवावेद लगाएको ४ वर्ष भयो। किवी ५ सय र हलुवादेव २ सय रुपैंया किलोमा बिक्री गर्छन्। उनलाई खेतीमा श्रीमती पिंकीले साथ दिन्छिन्। तीन लाखबाट सुरु गरेको उनले लगानी ३० लाख पुर्‍याई सके। अबको भविष्य कृषिमा रहेकाले यही क्षेत्रमा लागेको उनी सुनाउँछन्।

प्रकाशित : मंसिर १७, २०७५ १३:११

बालक ‘अपहरणकारी’ को बयान-बुबा अस्पताल गएपछि चकलेट दिएर फकाएँ

https://www.onlinekhabar.com/2018/11/723418
बालक ‘अपहरणकारी’ को बयान-बुबा अस्पताल गएपछि चकलेट दिएर फकाएँ


१३ मंसिर, काठमाडौं । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो ।
स्याङ्जा घर भएका एेसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।



‘हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उसले स्वीकारेको छ,’ वृत्तका एक अधिकारीले भने, ‘लगत्तै, उसले भनेको ठाउँमा गएर हेर्दा शव भेटियो ।’
पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

प्रहरीका अनुसार एक महिना अघिदेखि मात्र सार्की त्यो गेस्ट हाउसका सञ्चालकको ड्राइभरका रुपमा काम गर्न थालेका थिए । तर, सुरुदेखि नै उनले ‘मन लगाएर’ काम गरेका थिएनन् ।
राम्रो काम नगरेको भन्दै होटल सञ्चालकले वेलावेला उनलाई झपार्ने गरेका थिए । कसुर स्वीकारिसकेपछि बयान दिने क्रममा एेसकेले भनेका छन्, ‘मालिकले मलाई निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिने गरेका थिए ।’
उनले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए । ‘रेगुलर हेल्थ चेकअपका लागि जाने वित्तिकै चकलेट दिएर फकाएर लगेँ’, उनले भनेका छन् ।

नेपाली सेनाले भन्यो : फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै उपयुक्त

https://www.onlinekhabar.com/2018/11/723577
नेपाली सेनाले भन्यो : फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै उपयुक्त


१४ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको बताएको छ ।
पूरातात्विक सम्पदा क्वदेश, श्रीकाली मन्दिर मासिने भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि फास्ट ट्रयाकमा खोकनाको विकल्प खोजिएको थियो । जनप्रतिनिधिले समेत स्थानीयबासीको मागलाई समर्थन गर्दै फर्सिडोललाई प्रस्थान विन्दूका रुपमा अघि सारेका थिए ।



तर, सेनाले फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा राजधानीबाट एक घन्टामा तराई पुग्न सम्भव नहुने बताएको छ ।
शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँडले फर्सीडोलमा प्रवेश विन्दू बनाउँदा मध्य सहर तथा चक्रपथसँग जोडिने लिंक रोड निर्माण गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने र स्थायी भौतिक संरचनाको समेत क्षति व्यहोर्नुपर्ने बताए ।
निर्माणाधीन सुख्खा बन्दरगाह पनि खोकनाबाट नजिक पर्ने भन्दै सेनाले फर्सीडोलमा प्रस्थान विन्दू बनाउँदा थप कनेक्टिभिटीको निर्माण कार्य गर्नुपर्ने बताएको छ । सेनाले भनेको छ, ‘द्रतमार्गको सारभूत पक्ष खण्डित हुने गरी प्रस्थान विन्दुबाट मध्यशहरसम्म आउन बढी समय लाग्नेछ ।’
द्रुतमार्गको सारभूत पक्ष भनेको राजधानीबाट उक घन्टामा तराई पुग्नु भएको र यो खोकना हुँदा सम्भव हुने उसले बताएको छ ।
फास्टट्रयाक निर्माणको जिम्मा पाएको सेनाका अनुसार खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा समेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुनेछ । तर, फर्सिडोलमा पुरै प्रक्रिया फेरि सुरु गर्दा जग्गा र संरचनाको मुआब्जा धेरै दिनुपर्नेछ ।
फर्सिडोललाई बनाउँदा नयाँ रेखांकन स्वीकृत गर्नुपर्ने भन्दै नेपाली सेनाले अहिलेकै अवस्थामा फास्ट ट्रयाक निर्माणको वातावरण बनाइदिन राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई आग्रह गरेको छ ।
खोकना क्षेत्रमा द्रुतमार्ग निर्माणसम्बन्धी क्रियाकलाप नियमसंगत रहेको भन्दै उसले भनेको छ, ‘जिरो किमी खोकनादेखि ५.७ किमी खोकना बुङ्मतीको सिमानासम्म सडक निर्माण कार्य गर्न उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक तहबाट सहमतिको लागि थप पहल गर्नु अत्यावश्यक देखिन्छ ।’
हेर्नुहोस् नेपाली सेनाले विकास समितिमा दिएको प्रस्तुति



1.1K
SHARES

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुटुरोग विशेषज्ञ भन्छन्, ‘यि संकेतले तपाईमा मुटु रोग छ भन्ने देखाउँछ’

https://www.onlinekhabar.com/2018/12/724191/
मुटुरोग विशेषज्ञ भन्छन्, ‘यि संकेतले तपाईमा मुटु रोग छ भन्ने देखाउँछ’


खासगरी मुटु रोग तीन प्रकारका हुन्छन् । बच्चा, वयष्क र प्रौड एवं पाको व्यक्तिलाई लाग्ने ।
पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरी समेत मुटु रोगको जोखिममा छन् । कतिपय उपचार गराइरहेका छन् । कति जटिल शल्यक्रियाको अवस्थामा गुजि्ररहेका छन् ।



यसको अर्थ के भने, मुटु रोग भन्नसाथ कुनै उमेर समूहमा लाग्ने होइन । बुढापाकालाई मात्र मुटु रोग लाग्छ भन्ने होइन । नवजवानलाई पनि यो रोगले गलाउन सक्छ ।
कसरी थाहा पाउने ?
आफुलाई मुटु रोग छ कि ? यो प्रश्नको उत्तर दिन हाम्रो शारीरिक अवस्था नियाल्नुपर्छ । मुटु रोग लागेको अवस्थामा मुटुको देव्रे भाग दुख्ने गर्छ । त्यसपछि यो दुखाई सरेर देव्रे च्यापुसम्म पुग्छ ।
मुटुमा समस्या भएकालाई सामान्य काम गर्न पनि गाह्रो हुन थाल्छ । गह्रौ काम गर्दा दुखाईको मात्रा बढेर जान्छ । यस्तो अवस्थामा हिँडडुल गर्न पनि गाह्रो हुने गर्छ ।
पहिले तीन तला सिंढी चढ्दा पनि केही नहुनेलाई एक तला पार गर्न गाह्रो पर्छ भने उसलाई कुनै न कुनै खालको मुटु रोग लागेको हुन सक्छ । मुटुको समस्या भएका मानिसलाई सामान्य काम गर्दा पनि अत्याधिक थकाईको अनुभुति हुन्छ ।
हृदयघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ । यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्याधिक पसिना बग्ने, वाकवाकी लाग्ने, बान्ता हुन जस्ता समस्या हुन्छन् । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जानुको विकल्प हुँदैन । अलिकति पनि ढिलो भयो भने ज्यानै जाने खतरा हुन्छ ।

युवाअवस्थामा मुटुको भल्व विग्रने समस्या पनि हुन्छ । जसलाई मेडिकल भाषमा रेम्याटिजम डिजिज भन्ने गरिन्छ । बाथ, ज्वरोको समस्याले यस्तो डिजिज हुन्छ । र, विस्तारै भल्व नै ड्यामेज हुन जान्छ ।
यस्तो अवस्थामा मुटु ढुकढुकी तीब्र गतिमा बढेको अनुभुति हुन्छ । छातीमा हात राख्न यसको सहजै अनुभव गर्न सकिन्छ । छाती भारी भएर आउने, खुट्टा सुन्निने पनि समस्या हुन्छ । कसैकसैको पेट पनि फुलेर आउने गर्छ ।
मुटुको समस्या भएका मानिसको श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । छिट्छिटो स्वास फुलेर आउछ भने मुटु रोग लागेको हुन सक्छ ।
कतिपयमा बंशाणुगत मुटु रोगको समस्या पनि हुन सक्छ । गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरुको शारिरिक बृत्ती विकासमा समस्या हुने, हात खुट्टा वा पुरै शरीर पहेंलिएर जानेजस्ता समस्या देखिन्छन् । बंशाणुगत समस्याको कारण मुटु रोग भएमा बच्चाका तौल पनि नबढ्ने समस्या हुन्छ ।
खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसलमा पनि मुटु रोगको अत्याधिक सम्भावना हुन्छ ।
अत्याधिक धुम्रपान, खैनी सेवन गर्ने मुटु रोगको उच्च जोखिममा हुन्छन् । विभिन्न अनुसन्धानले नै भनेको छ की अत्याधिक धुम्रपान सेवन गर्नेहरु ५० वर्षभन्दा कम उमेरबाटै मुटु रोगको शिकार हुने गर्छन् ।


तर, सिन्धुलीमा फल्ने जुनार फरक विशेषतायुक्त छ । जुनारको दाना पहेंलो मात्र होइन, अन्य स्थानको तुलनामा बढी रसिलो र गुलियो छ भनिन्छ ।

तर, सिन्धुलीमा फल्ने जुनार फरक विशेषतायुक्त छ । जुनारको दाना पहेंलो मात्र होइन, अन्य स्थानको तुलनामा बढी रसिलो र गुलियो छ भनिन्छ ।

जुनार खेतीको बढ्दो सम्भावना

http://www.sulsule.com/news_details/5470/जुनार-खेतीको-बढ्दो-सम्भावना.html 
जुनार खेतीको बढ्दो सम्भावना
जुनार खेतीको बढ्दो सम्भावना विश्वनाथ खरेल,हाम्रो मुलुक कृषिप्रधान देश हो । यहाँको कुल जनसंख्याको ६५ दशमलव ७ प्रतिशत जनसंख्या कृषि पेशामा निर्भर रहँदै आएका छन् । देशको कुल गार्हस्थ उत्पादनमा करिब एक तिहाइ योगदान कृषिक्षेत्रको रहेको छ । राष्ट्रको भौगोलिक विविधताका कारण विभिन्न प्रकारका बालीहरुको उत्पादन सम्भव रहेको छ । यस परिपे्रक्ष्यमा खाद्यान्न बाली, बागवानीजन्य फलफूल, नगदे बाली, मसला बाली मुख्य रुपमा रहिआएका छन् । यस्ता बालीहरुको उत्पादनबाट आम्दानी बढाउन, खाद्यसुरक्षाको स्थिति सुदृढ पार्न, कृषिजन्य प्रशोधन उद्योगहरुको विस्तारका साथै रोजगारीका अवसरहरु वृद्धि गर्न सहयोगी भूमिका निर्वाह हुने गरेको पाइन्छ । साथै मानिसलाई स्वस्थ जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने विभिन्न कृषि उपजहरुमध्ये फलफूलले अति नै महत्वपूर्ण स्थान राख्दछ । फलफूल बाली नेपालको सबै क्षेत्रमा उत्पादन गर्न सम्भव मानिएको छ । मुलुकमा उत्पादित बालीहरुमध्ये फलफूल महत्वपूर्ण बाली हो । देशको भौगोलिक विविधता एवं उत्पादनको दृष्टिकोणले उच्च पहाड, पहाड र तराईको भू–भागको आ–आफ्नै  विशेषता कारण एकै वर्षमा विभिन्न बालीहरु उत्पादन गर्न सम्भव तुल्याएको छ ।

मुलुकमा उत्पादन हुँदै आएका फलफूलहरुमा स्याउ, सुन्तला, आँप, लिची, केरा, मेवा, कागती, जुनार, आरु, आरुवखडा, ओखर नरिवल, नास्पाती प्रमुख छन् । यी फलफूलहरु देशको आवश्यकताअनुसार आपूर्ति गर्न आयात प्रतिस्थापन गर्न र कृषकहरुको आम्दानी बढाउन सहायकसिद्ध भएका छन् । फलफूलको बिक्रीबाट तुरुन्तै नगद प्राप्त हुने भएकाले यसतर्फ कृषकहरु आकर्षित भएका छन् । यसमध्ये रामेछाप जिल्ला जुनार उत्पादनको दृष्टिले नेपालकै पहिलो जिल्लामा पर्दछ । जुनारको खेती समुद्री सतहबाट ६ सय ५० देखि १ हजार ४ सय मिटरको उचाइमा पाइने नेपालको पहाडी भू–भागको करिब ४७ जिल्लामा फल्ने अमिलो जातको फलफूलमा पर्ने तर सुन्तलाभन्दा फरक र गुलियो जातको ठूलो दाना भएको फल हो । मुलुकलाई सरसर्ति हेर्दा व्यापक रुपमा जुनारखेती गरिने पूर्वाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी रामेछाप र सिन्धुली जिल्लामा पर्न आउँदछन् ।

रामेछाप जिल्लामा खेती गरिने प्रमुख बालीहरुमा धान, मकै, कोदो, गहुँ, जौ रहेका छन् । मुलुकमा उत्पादन हुने विभिन्न प्रकारका अल्पउपभोग्य फलफूलहरुमा जुनार पनि एक हो । रामेछाप जिल्लाको सालु गाविस वडा नं. ३ का श्री शिवलाल अधिकारीले वि.सं.२०१७ सालमा १८ वटा विरुवाबाट सुरु गरेको जुनारखेतीले अहिले व्यापकता पाएको छ । जुनारको बिरुवा लगाइसकेपछि फल लाग्न लामो समय कुर्नुपर्ने भएकाले पनि जुनार उत्पादनमा चाहे जति प्रगति हुन नसक्दा यो फल अल्प उपभोग्य फलको रुपमा रहिरहेको थियो । वि.सं. २०२५ मा जुनार कृषक श्री शिवलाल अधिकारीले बिरुवाबाट दाना उत्पादन गर्न थालेपछि तिनै दानाबाट बिरुवा उत्पादन गरी तिनै दाना गाउँभर वितरण गरेका थिए । जुनारको बोट वेर्ना विकास गर्न उनी सर्वप्रथम सफल भएका थिए । अगुवा कृषक तिनै अधिकारीका छोरा मदन अधिकारीले वि.सं. २०३५ सालमा जुनार बिरुवाको नर्सरी तयार गरी जिल्लाभर विस्तार गरेको बताउँछन् । त्यस्तै गरी माटोमा सुन फलाउन सकिने आत्मविश्वासका साथ व्यावसायिक रुपमा जुनारखेतीमा लागेका गेहेन्द्र बहादुर थापालाई रामेछाप जिल्लामा जुनारका पिता भनेर पनि चिनिन्छ । विशेषगरी रामेछाप र सिन्धुली जिल्लाहरुमा धेरै पहिलेदेखि नै जुनारको व्यावसायिक रुपमा उत्पादन हुने र यसलाई फलको रुपमा सिधै खाने चलन अधिक मात्रामा रहेको पाइन्छ । सुन्तलाभन्दा जुनारमा पौष्टिकतत्व बढी हुन्छ । यसैले जुनारलाई फलको रुपमा बढी उपभोग गरिने र प्रशोधन गरी उपभोग कम गरिने चलन छ । भिटामिन सीको मात्रा प्रचुर मात्रामा भएकोले यो फल खानमा गुलियो स्वादको छ । गुलियो स्वादकै कारण यसको प्रयोग तथा प्रशोधन गरी चिसो पेयपदार्थको रुपमा सर्वत, जाम, जेली, मार्मलेट, चाना (प्रशोधित) र जुनार धुलो (पाउडर) आदिको रुपमा काठमाडौंलगायत देशका अन्य विभिन्न सहरहरुमा समेत उल्लेखनीय रुपमा बिक्रीवितरण भइरहेको छ । धेरैजसोले यो फलको बोक्रा सुन्तलाको तुलनामा बाक्लो भएकाले छोडाएर खान रुचाउँदैन भने पाकेको जुनारको रस निचोरी सर्वत बनाई पिउने चलन बढ्दै गएको छ ।

समग्रमा भन्नुपर्दा जुनार पनि अमिलो जातको फलफूलमा पर्न आउँदछ । बीपी, मध्यपहाडीजस्ता ठूला राजमार्ग निर्माणसँगै जुनारको महत्व बढेको छ । देशका विभिन्न ठूला तथा साना सहरलगायत विदेशमा समेत यहाँको जुनार निर्यात हुन थालेको छ । जुनार भारत–चीनलगायत देशमा निर्यात हुन थालेपछि यसको महत्व बढेको हो । यसको विदेश निर्यात सम्भावना भएपछि बाह्रैमास ताजा राख्न जिल्लामा फलफूल प्रशोधन उद्योग नेपालमै पहिलोपटक बनेको छ । निर्माण सम्पन्न हुनै लागेको उद्योगले यसै वर्षदेखि जुनार खरिद गर्ने जुनार केन्द्रीय विकास संघ अध्यक्ष तथा उद्योग सञ्चालक समितिका दीपक कोइरालाले जनाए । ३३ जुनार सहकारी संघमार्फत संकलन गरी जुनारलाई उद्योगसम्म ल्याउने तयारी छ । सरकारको २ करोड ५० लाख, विभिन्न उद्योग व्यवसायीबाट १ करोड २५ लाख, जुनार केन्द्रीय सहकारी संघअन्तर्गत जुनार किसानबाट १ करोड २५ लाख र अन्य निकायबाट रकम जम्मा गरी ७ करोड रुपैयाँको लगानीमा जुस उद्योग खोल्ने तयारी छ । उद्योग खुलेपछि ३ हजार १ सय ८५ किसान परिवार प्रत्यक्ष लाभान्वित हुने छन् । जुनारखेती विस्तारका लागि जापान सरकारले आर्थिक वर्ष २०३८/०३९ मा सहयोगको हात बढाएको थियो । उक्त सहयोगले जुनार उत्पादन गर्न बोट वेर्नाबाट रोपेको ३/४ वर्षपश्चात् फल दिने र हरेक वर्ष एउटा रुखबाट ४ सयदेखि ६ सय किलोसम्म जुनार फल लिन सकिएको थियो । एक रोपनी क्षेत्रफलमा ४० वटा जुनारको बोट लगाउन सकिन्छ । साथै सुन्तलालाई भन्दा असिनाले जुनारलाई बोक्रा बाक्लो भएको कारणले खासै नोक्सानी नपु¥याउने र स्वाद गुलियो हुने यस फलबाट विभिन्न परिकारहरु तयार गर्न सकिने भएकाले यसको महत्व दिनानुदिन बढ्दै गएको छ । समयानुसार बजारहरुमा यसको उपभोग विस्तारै बढ्न गई यसको माग पनि बढ्न थालेको छ । सुन्तला जातका फलफूल यहाँ बढी उत्पादनको सम्भावना छ । जुनार सिन्धुलीमा मात्र नभई अन्य जिल्लामा पनि थोरै मात्रामा उत्पादन हुन्छ ।

तर, सिन्धुलीमा फल्ने जुनार फरक विशेषतायुक्त छ । जुनारको दाना पहेंलो मात्र होइन, अन्य स्थानको तुलनामा बढी रसिलो र गुलियो छ भनिन्छ । वर्षको ४ महिना बगैंचामा पसिना बगाउँदा लाखौं रुपैयाँ आम्दानी गर्न सकिने भएपछि जुनार खेतीमा किसान आकर्षित छन् । बर्सेनि करिब ८ लाख रुपैयाँ आम्दानी गर्ने रतनचुराका किसान योगेन्द्र थापा जुनार बगंैचामा पसिना बगाँउदा छुट्टै आनन्द आउने बताउँछन् । २०३६ सालमा जुनारको व्यावसायिक खेती सुरु भएको इतिहास छ । सुरुमा यसको खेतीबाट किसान निराश थिए । सहज बजार पु-याउन नसकिने र डोकोमा बोकेर बजार पु¥याउँदा पनि राम्रो मूल्य नपाउने भएपछि किसानले उत्पादन गरेको जुनार बोटमै कुहिन्थ्यो । तर, जुनारले सिजन नै नभई राम्रो आम्दानी दिन थालेपछि यसको व्यावसायिक खेती गर्ने किसान थपिँदै छन् । पकेट क्षेत्रका रूपमा चिनिएका गाविसबाट वर्षमा ५ करोड रुपैयाँभन्दा बढीको जुनार बिक्री हुने गरेको सिन्धुलीस्थित जुनार विकास संघले जनाएको छ । संघका अनुसार जुनारबाट जिल्लामा बर्सेनि २५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीमा यस वर्ष जुनारबाट २२ करोड भित्रिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । गत वर्ष जुनारबाट २६ करोड भित्रिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए । उनका अनुसार यस वर्ष ८ हजार ४ सय मे. टन जुनार उत्पादन भएको छ । १२ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिए पनि ७ सय हेक्टरमा राम्रोसँग जुनार फल्ने गरेको अधिकारीले बताए । उत्पादन भएको जुनारमध्ये २० देखि २५ प्रतिशत जुनार कोशेली र खानको लागि प्रयोग भएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको कारोबार कम देखिएको उनले जानकारी दिए । सिन्धुलीको जुनार सहकारी संघमार्फत जुनार चीनसम्म पुग्ने गरेको छ । छिमेकी देश चीनमा सिन्धुलीको जुनार तीन सय रुपैयाँ केजीले बिक्रीवितरण हुने गरेको जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष कृष्णप्रसाद गौतमले बताए । पछिल्लो समयमा सिन्धुलीमा जुनारखेती गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । जिल्लामा तीन हजार चार सय बेरोजगार समुदायले जुनारखेतीमा रोजगारी पाएका कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाको ४५ गाविसमा जुनार खेती हुने गरेको भए पनि हालसम्म व्यावसायिक खेती भने आधा दर्जन गाविसमा मात्र भइरहेको छ । जुनार विकास संघ, सिन्धुली उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको पहलमा आगामी वर्षदेखि ४५ गाविसमै जुनारको व्यवसायीकरण गरिने जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपकप्रसाद कोइरालाले बताए । सिन्धुलीका किसानहरुले ४ महिना दुःख गरेर लाखौँ आम्दानी गर्ने गरेका छन् । किसानहरुको लागि जुनार व्यवसाय आम्दानीको दरिलो माध्यम बन्दै गएको छ । पहिला सडक सञ्जाल र बजारको अभाव हुँदा जुनारखेतीबाट आम्दानी लिन नसकेका किसानले सडकको पहुँचसँगै हाल छिमेकी देश चीन–भारतसम्म जुनार निर्यात गर्ने गरेका छन् । रतनचुरा, जलकन्या, तीनकन्या, मझुवा, वाशेश्वर, भुवनेश्वरी र वितिजोर गरी सातवटा गाविसहरुलाई जुनार पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

जुनारको गति

 http://nepalihimal.com/article/3681

जुनारको गति

Share:    - तुलसी गौतम
सिन्धुली र रामेछापको जुनारमा चिनियाँ आँखा परिसकेको छ, तर त्यसलाई जाँच्ने स्वास्थ्य उत्पादन हुनसकेको छैन।
सिन्धुलीको प्रसिद्ध उत्पादन जुनारले विस्तारै अन्य जिल्लामा पनि उत्पादन र बजार पाउन थालेको छ।
जुनार भन्ने वित्तिकै मुख रसाउँछ र सम्झ्नामा आउँछ, सिन्धुली। काठमाडौं, पूर्वी तराई र सीमावर्ती भारतीय बजारहरूमा प्रसिद्धि पाएको सिन्धुलीको जुनारमा चीनको पनि नजर परेको छ। रोगमुक्त बगैंचाको व्यवस्थापन र फल उत्पादन गर्न सके चिनियाँ बजारसम्म पहुँच बनाउन सकिने सम्भावना देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष २०६९/७० मा सिन्धुलीबाट रु.१२ करोडको जुनार निर्यात भएको थियो। त्यस वर्ष रामेछाप जिल्लाबाट पनि करीब साढे दुई करोड रुपैयाँको जुनार निर्यात भएको थियो। पहाडमा पनि यातायात चल्न थालेपछि व्यापारीहरू जुनारको वैना दिन घरघरमै आउन थालेका छन्। रतनचुरा, सिन्धुलीका किसान चुडाराज शर्मा यातायातको सुविधा नहुँदा गोटामा पचास पैसा पनि नपाउने जुनारले अहिले बोटमै गोटा गिन्ती गरेर चार रुपैयाँसम्म भाउ पाउन थालेको बताउँछन्। ओख्रेनी–७ रामेछापका मानबहादुर तामाङका अनुसार भदौमै वैना दिन आइपुग्ने व्यापारीहरूले मंसीरमा आफैं जुनार टिपेर लैजाने बताउँछन्। दुई जिल्लाका दुई किसानको कुराले उत्पादन गर्न सके जुनार फूलटिपाइ हुने देखाउँछ।
उत्पादन र आम्दानी
तराईको आँप भने जस्तै पहाडका मुख्य फलफूलमा पर्छन् सुन्तला, जुनार। आव २०६८/६९ मा देशभर सुन्तलाको उत्पादन एक लाख ६६ हजार टन, करीब ४० हजार टन जुनार र तेस्रोमा आठ हजार टन कागती उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ। अमिलो जातमा पर्ने यी फलफूलको वर्षेनि नयाँ विरुवा थपिंदै गएबाट उत्पादन पनि बढ्दो छ। जस्तो, आव २०५७/५८ मा नयाँ र माउ बोट सुन्तलाले १२ हजार हेक्टर र जुनारले ४ हजार हेक्टर जमीन ढाकेकोमा त्यसको ११ वर्षमा सुन्तलाले झ्ण्डै दोब्बर २४ हजार २८४ हेक्टर क्षेत्रफल ओगट्यो भने जुनारले करीब ६ हजार हेक्टर। अहिले ४९ जिल्लामा जुनार खेती भइरहेको छ। जुनार उत्पादनमा सिन्धुली पहिलो र रामेछाप दोस्रो जिल्ला हो। यिनले जुनारको कुल उत्पादनमध्ये क्रमशः २५ र २१ प्रतिशत हिस्सा ओगटेका छन्। यसैगरी, धनकुटा तेस्रो (५ प्रतिशत), बैतडी चौथो (४ प्रतिशत) र डोटी पाँचौं (३ प्रतिशत) स्थानमा छन्।
सिन्धुलीका रतनचुरा, वाशेश्वर र तीनकन्या प्रमुख जुनार क्षेत्रका रूपमा परिचित छन्। यसैगरी, रामेछापका ओख्रेनी, भलुवाजोर आदि जुनार उत्पादनमा चर्चित हुँदैछन्। सरकारले पनि यी दुई जिल्लालाई 'एक गाउँ, एक उत्पादन' को जुनार पकेट क्षेत्र बनाएको छ। पहिले मकै मुख्य खेती हुने उल्लिखित गाविसहरूलाई यतिबेला जुनारले पहेंलपुर पारेको छ। गएको दशैंमा रु.८३ हजारमा पूरै बगैंचा बिक्री गरेका ओख्रेनी–९ का लोकराज श्रेष्ठले 'ग्रिनिङ' रोग नलागेको भए त्योभन्दा राम्रो भाउ पाउने बताए। गएको भदौमै वैना लिएर रु.१ लाख सात हजारमा जुनार बेचेका ओख्रेनी–७ कै मानबहादुर तामाङ एक पटक बिरुवा लगाएपछि वर्षमा एक पटक मल–जलसहित गोडमेल गरेपछि वर्षौं आम्दानी लिन पाइने बताउँछन्।

रतनचुराका चुडाराज शर्माले त जिल्ला कृषि कार्यालयलाई १० हजार कलमी बिरुवा दिएर थप रु.३ लाख ५० आर्जन गरे। त्यसबाहेक उनले अरू किसानलाई थप ४०० जति बिरुवा बिक्री गरे। जुनारको कलमीमा जोड दिएका शर्माले फलबाट वार्षिक सरदर रु.५० हजार आय गरिरहेका छन्। चिनियाँ बजार
नेपाल र चीनका अधिकारीहरूले सिन्धुलीको जुनार र स्याङ्जाको सुन्तला तिब्बत निर्यात गर्ने विषयमा २० असार २०६९ मा स्वच्छता तथा बिरुवा स्वस्थता (स्यानिटरी एण्ड फाइटो स्यानिटरी– एसपीएस) प्रोटोकलमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा सात वटा क्वारेन्टाइन बाली शत्रु मुक्त रहेको जुनार मात्र निकासी हुनसक्ने शर्त छ। यस अनुसार, फल कुहाउने पाँच प्रजातिका औंसा तथा सिट्रस क्यान्कर र ग्रिनिङ भन्ने रोगहरूबाट बगैंचा मुक्त हुनुपर्छ। त्यसका लागि सिन्धुलीमा पेष्ट (रोग कीरा गतिविधि) स्टाट्स सर्भे गरिसकिएको छ। चीनलाई विश्वस्त तुल्याउन थप काम गर्नुपर्ने जिल्ला कृषि कार्यालय सिन्धुलीका प्रसार अधिकृत सुजन अम्गाई बताउँछन्।
अहिले रामेछाप र सिन्धुलीको जुनारमा औंसा र ग्रिनिङ रोग ज्यादा देखिएको छ। सुन्तला र कागतीमा पनि ग्रिनिङ बढी देखा परेको छ। अमिलो प्रजातिको फलका लागि क्यान्सर मानिएको यो रोग 'सिट्रस सिल्ला' भनिने एक किसिमको झ्िंगाले ल्याउँछ। यसलाई निमिट्यान्न पार्न सके चीनमा नेपाली जुनारको विशाल बजार सुनिश्चित हुन सक्छ।







किरा लाग्ने र कुहिले डर हुने हुँदा जुनार हरियोमा नै बेच्ने गरेको उनको भनाई छ । जुनार खानको लागि उपयूक्त भएपछि बेच्ने हो भने बोटमानै प्रतिगोटा १० देखि १२ रुपैयमा बिक्छ । जुनारको दाना लाग्न सुरु भएदेखिनै व्यापारीहरुले पनि बोटनै किनिदिन्छन् । व्यापारीले किन्दा  प्रतिगोटा ३ देखि ५ रुपयाँ तिर्छन्  । जवकी त्यही जुनार मौसमको समयमा उनीहरुले १० देखि १२ सम्ममा बेच्ने  गरेका छन् । यस्तो हुदा कृषकलाई भन्दा पनि व्यापारीलाई बढी फाईदा हुने गरेको छ ।