Monday, November 19, 2018

Guava(Amrood) Amba, Belauti


Twisting tech for guava (amrood belauti etc) -pat hataaune , tuppo tirako pat rakhne, bayan se right  tira marodera chatak ko aawaj nikle pachhi halka terso gari rakhne hanga
Lagayeko 7th monthma
Next 7th month 10kg falna suru per/booto
Then next year it grows more per/booto  20to 25kg
Nadiya wa darai namak amroo
But do thai gauva







Chhatrak katai three times in a year
So can harvest three times per year
2. Mango, Katahar jasta budha briksha lai
3meter mathi bat terso kating garera nilotutho +chunako ghol dalne
Thuprai sakha niklanchha but keep 4 sakha
Then it started good frutes again

अमरूद के पौधे की कटाई छंटाई का तरीका | Amrud ka ped kaise lagaye | 3G cutting

3months or 1Foot /
Jamin se 4cm or 4 ungali se upar katde like below

 

4. Then again cut above 1foot nearly
 
5. Then
6. 
7. 
8. 
9. 
10. 
11. 
12. 
13. 
14. 
15. 
16. 
17. 
18. krd

Sunday, November 18, 2018

सात सहरमा वायुको गुणस्तर खस्कियो

http://annapurnapost.com/news/113136
सात सहरमा वायुको गुणस्तर खस्कियो
सात सहरमा वायुको गुणस्तर खस्कियो
author-image
छेटु शेर्पा
समाज
 ०३ मङि्सर २०७५ ०६:५५:००
 243 shares
काठमाडौं : एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ।

यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम (पार्ट पर मिलियन) भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन। श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म पुगेको छ। यसअघि त्यहाँ एक सय ३८ पीपीएम पुगेको थियो। रत्नपार्कको स्टेसनले काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ। यो अति हानिकारक हो। विश्व स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ।
वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन। गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।
चितवनको वायुको स्तर सौरहामा ६९ देखि ७८, दाङमा ८७, सिमरामा ८७, पोखरा विश्वविद्यालय स्टेसनमा ५१ देखि ५४, भैंसेपाटीमा २१, धुलिखेलमा ३८ र पुल्चोकमा ४७ पीपीएम पुगेको छ। वातावरण विभागले रत्नपार्क, शंखपार्क, भैंसेपाटी, वीरेन्द्र स्कुल भक्तपुर, पुल्चोक ललितपुर, धुलिखेल काभ्रे, दाङ, नेपालगन्ज, सिमरा, सौरहा, पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुल पोखरा, लुम्बिनी र सुनसरीको झुम्कामा मेसिन राखेर वायुप्रदूषण मापन गर्दै आएको छ।
आइतबार पुल्चोक, पोखरा, सिमरा, चितवन, रत्नपार्क, नेपालगञ्ज र दाङमा वायुको स्तर ६० देखि एक सय १८ पीपीएमभन्दा बढी रह्यो। यो दिन वीरेन्द्र स्कुल, गण्डकी बोर्डिङ पोखरा, रूपन्देही र झुम्का स्टेसनले प्रदूषण मापन गरेनन्।
प्रत्येक तीनतीन सेकेन्डमा लिने वायुलाई सफा राख्न तीनै तहका सरकारले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने वातावरणविद् भूषण तुलधारको भनाइ छ। जाडो छल्न आगो ताप्नेहरू बढ्ने भएकाले त्यसले प्रदूषण बढाउँछ। त्यसैले यसमा कडाइ गर्नुपर्ने उनको भनाइ छ।
सवारीसाधनले निकाल्ने धूवाँका कारण काठमाडौंमा ३८ प्रतिशत वायुप्रदूषण हुने गरेको अध्ययनले देखाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ मदनलाल        श्रेष्ठले एक कार्यक्रममा वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको बताए। वायु प्रदूषणमा दुई दशमलव पाँच माइक्रोन धूलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक हुने उनको भनाइ छ।

Mb र MB को अर्थ

Mb को अर्थ हो मेगा बिट - Mega Bit | MB को अर्थ हो मेगा बाइट - Mega Byte |

१ byte मा ८ bit हुन्छ | Byte लाई ठूलो B लेखिन्छ भने bit लाई सानो b |
 १ MB = ८ Mb 
१ Mbps डाउनलोड स्पिड को अर्थ हो उक्त स्पिडबाट हामीले एक सेकेन्डमा १ Mb अर्थात् ०.१२८ MB साइजको फाइल डाउनलोड गर्न सक्छौं | 

बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी

http://annapurnapost.com/news/113060
बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी
बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी
राजु बास्कोटा
अर्थतन्त्र
 ०२ मङि्सर २०७५ ०९:१३:००    565  shares
काठमाडौं : सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न पूरै (६६.५८ किमी) खण्डमा जग्गा रोक्का गर्ने भएको छ। उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथमा पहिलोखण्ड चोभार–सतुंगल (६.६ किमि) काम अघि बढाउने सहरी विकास सचिव रमेशप्रसाद सिंहले जानकारी दिए।

उनका अनुसार पूरै खण्डका लागि जग्गा रोक्का राख्ने गरी अयोजनाले प्रस्ताव तयार गरी मन्त्रालय पेस गरेको छ। प्राधिकरण आफैंले जग्गा रोक्का राख्न सक्ने भए पनि मन्त्रालयको सहमतिसहित अघि बढ्ने निर्णय गरिएको छ। मन्त्रालयले सडक निर्माणका लागि अधिकारसहितको सम्पूर्ण काम प्राधिकरणबाट गराउने गरी निर्णय गर्न मन्त्रिपरिषद्सम्म प्रस्ताव पेस गर्नेछ।
प्राधिकरणबाट आएको फाइल मन्त्रालयले अध्ययन गरिरहेको जानकारी सिंहले दिए। पहिलोखण्ड अगाडि बढाउने र सबै खण्डको जग्गा रोक्का राख्ने विषय अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको सिंहको भनाइ छ। उनका अनुसार यसअघि समस्या देखिएको चोभार–सतुंगल खण्डमा टुक्रा जग्गा धेरै भएको विषयमा समाधानको विकल्प खोजेर खोज्नुपर्ने देखिएको छ।
काठमाडौं उपत्यकाभित्र बाहिरी चक्रपथ बनाउन आर्थिक वर्ष २०५६÷५७ मा सम्भाव्यता अध्ययन भएको थियो। त्यस क्रममा ७२ किमि रहेको यो सडक विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) पछि भने यसो दूरी ६६.५८ किमि कायम भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
यो सडकको विभिन्न १० वटाखण्डमा डीपीआर तयार छ। यसमध्ये काठमाडौंको खड्का भद्रकाली–सनडोल खण्डको ६.५ किमि क्षेत्रभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गोकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमाना पर्छ। यसको डीपीआर बनाउन बाँकी रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त ई. दिलीप भण्डारीले जानकारी दिए। उनका अनुसार यही सडकको अर्कोखण्ड भक्तपुरको भातेढिकुरोदेखि अरनिको राजमार्ग हुँदै नयाँ ठिमीसम्मको ५.६ किमि दूरीको पनि डीपीआर बनेको छैन। यो खण्डभित्र भातेढिकुरो अरनिको राजमार्ग नयाँ ठिमी हुँदै राधेराधेसम्म बाहिरी चक्रपथको रेखांकन तय भएको छ। बाँकी आठवटा खण्डको डीपीआर तयार भएर यसको पूर्णविवरण मन्त्रालय पठाएको जानकारी बाहिरी चक्रपथ विकास अयोजना प्रमुखसमेत रहेका भण्डारीले अन्नपूर्णलाई जानकारी दिए।
प्राधिकरण आफैंले जग्गा रोक्का राख्न सक्ने भए पनि मन्त्रालयको सहमतिसहित अघि बढ्ने निर्णय गरिएको छ।
डीपीआर तयार भएका आठवटा खण्डमध्ये काठमाडौंमा पाँच, भक्तपुरमा तीन र ललितपुरमा दुईवटा खण्ड छन्। काठमाडौंको चोभार–सतुङल (६.६ किमि) खण्डभित्र चोभारकै भूतखेल, पाँगा बालकुमारी, मच्छेगाउँ, सतुंगल हुँदै बलम्बुसम्म पुग्छ।
सतुंगल पैयाँटार (१०.९२ किमि)मा सतुंगल–बलम्बु, बलम्बु–चुनिखेल, पुरानो नैकाप–किट्नी भन्ञ्याङ, स्युचाटार–किम्सी, डाडाँ पौवा–सीतापाइला, इचंगुनारायण–रानीवन–पैयाँटारमा चक्रपथ पर्नेछ। पैयाँटार खड्का भद्रकाली (६ किमि)मा धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, विष्णुु बूढानीलकण्ठ, चपली घुम्ती हुँदै अगाडि बढ्ने गरी डीपीआर तयार भएको छ। सनडोल–नयाँपाटी–थलीडाँछी (३.९६ किमि) खण्डभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गाकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमानासम्म पर्छ।
भक्तपुरमा तीन खण्ड छन्। यसमध्ये डीपीआर भएको थली डाँछी भातेढिकुरो (९.५१ किमि) भित्र मनोहरा खोला, चागुँनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी खरीपाटी, बागेश्वरी, सुडाल, ताथली चित्तपोल, भातेढिकुरो अरनिको राजमार्गसम्म बाहिरी चक्रपथको रेखांकनसहितको डीपीआर प्राधिकरणले तयार पारेको छ। यही जिल्लाभित्रको अर्को खण्ड अरनिको राजमार्ग दधिकोट सिरुटार (३.५ किमि)मा नयाँ ठिमी अरनिको राजमार्ग, कटुन्जे, दधिकोट, सिरुटार लभुको सिमानाभित्र रहेको क्षेत्रसम्म डीपीआर नै तयारी अवस्थामा रहेको बाहिरी चक्रपथ आयोजना प्रमुख भण्डारीले बताए।
ललितपुरमा दुवै खण्डको डीपीआर तयार छ। ललितपुरमा लुभु हरिसिद्धि (५ किमि) खण्डमा लुभु, सानागाउँ, हरिसिद्धि र मूलसडक क्षेत्रभित्र यो सकडक पर्छ। यही जिल्लाभित्रको अर्कोखण्ड हरिसिद्धि–खोकना (८.९९ किमि) मा भने हरिसिद्धि, ठैव, भरुवारासी, धापाखेल, सानाकोठी, बुङमती, खोकना, सानोखोकना, चोभार वाग्मती नदी हुँदै बाहिरी चक्रपथ निर्माण हुने रेखांकनसहितको डीपीआर तयार भएको पनि प्राधिकरणले जानकारी दिएको छ।


Tuesday, November 13, 2018

२० वर्षे सवारीसाधन जोगाउन यसरी हुँदैछ चलखेल

https://nepalkhabar.com/np/news/printmedia/49342/
२० वर्षे सवारीसाधन जोगाउन यसरी हुँदैछ चलखेल

सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयू २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ।
यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयू २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा वढाउन लागिएको खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।
आफ्नै नीति लागू गराउन नसकेको सरकारले व्यवसायीको दवावमा अर्को निर्णय गर्न लागेको छ। यसमा वातावरण मन्त्रालयले मौन समर्थन जनाएको छ
भारतमा सार्वजनिक सवारीको आयू १५ र चीनमा ५ वर्ष मात्रै तोकिएको छ।
तर, नेपालमा भने सार्वजनिक सवारी साधनको आयु हुँदैन भन्दै पुराना सवारीलाई पुरस्कृत गर्नेतर्फ नीति निर्माता नै लागेका छन्।
प्रकाशित २८ कार्तिक २०७५, बुधबार | 2018-11-14 06:52:57

सुगौली सन्धिले

https://nepalkhabar.com/np/news/community/49183/

सुगौली सन्धिले बेलायती सेनामा भर्ना हुन गोर्खालीका लागि बाटो खोलेको भएपनि करिब एक सय वर्षसम्म बेलायती सेनामा भर्ति हुने नेपालीको संख्या २५ हजारको हाराहारी मात्रै थियो। तर विश्वयुद्धका कारण ब्रिटिस सेनामा भर्ति हुने नेपालीको संख्या व्हात्तै बढ्यो। र, यो तत्कालीन राणा शासकहरुका लागि विदेशी मुद्रा कमाउने र आफ्नो ढुकुटी भर्ने सबैभन्दा ठूलो माध्यम बन्न पुग्यो।
पहिलो राणाप्रधानमन्त्री जंगबहादुरले नेपालीलाई बेलायती सेनामा भर्ति गराउन त्यति नरुचाए पनि वीर शम्शेरको समयदेखि भने भर्नाका लागि प्रोत्साहन दिन थालिएको थियो।
एक सय बर्षअघि जतिबेला पहिलो विश्वयुद्ध सुरु भयो, राणा शासन उत्कर्षमा थियो र श्री ३ महाराज थिए, चन्द्र शमशेर। राणा शासकहरुमध्ये सबैभन्दा चतुर मानिएका उनले पहिलो विश्वयुद्धबाट फाइदा नलिने कुरै भएन।
भूगोलविद स्व डा. हर्क गुरुङका अनुसार १९४२ पछि ब्रिटिस फौजमा भर्ना हुन प्रोत्साहनमात्रै थियो। तर, चन्द्रशमशेरका पालामा त उर्दी नै जारी गरियो। ‘गोर्खाली भर्ना नेपालका शासकका लागि  कुटनीतिक मुद्रा बन्न पुग्यो। ब्रिटिस सरकारले गोर्खाली सेवाको कदरस्वरुप सन् १९१९ देखि नेपाललाई १० लाख रुपैयाँ वार्षिक सलामी दियो’ लाहुरेका कथा नामक पुस्तकको भूमिकामा गुरुङले लेखेका छन्, ‘गोर्खालीको बहादुरीले नेपालको कीर्ति बढ्यो होला, तर उनीहरू यताका न उताका भए।’
बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।
गेसोका अध्यक्ष राई युद्धमा लड्न युवाहरुको अभाव भएका कारण भेटिएजति युवाहरुको छाति नापेर बेलायती पठाउने काम तत्कालीन सरकारले गरेको बताउँछन्। उनले भने, ‘एकै पटक बाबु छोरा समेत सैनिकमा भर्ना भएको उदाहरणहरु पनि रहेका छन्।’

नेपालको उपलब्धी
पहिलो विश्वयुद्धका नेपालको राजनीतिक, आर्थिक र सामाजिक रुपमा परेको देखिन्छ। समाजशास्त्री डेभिड सेडनले नेपालको राजनीतिमा लामो समयदेखि रहेको बेलायती प्रभावलाई पहिलो विश्वयुद्धमा नेपालको संलग्नताले थप मजबुत पारेको बताएका छन्। अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा उनले लेखेका छन्, ‘तर यसले नेपाललाई औपचारिक रुपमा स्वतन्त्र र राणा शासनलाई वैधानिकता प्रदान गर्‍यो।’
त्यसले राणा शासनलाई मात्र बैधानिकता प्रदान गरेन, नेपालको स्वतन्त्रतालाई पनि स्वीकार ग¥यो। जस्तो कि, पहिलो विश्वयुद्ध समाप्तीको ४ बर्षपछि सन् १९२३ मा ब्रिटिस साम्राज्य र नेपालबीच भएको सन्धिमा एकले अर्को देशको स्वतन्त्रतालाई स्वीकार्ने उल्लेख छ।
लेखक सुवेदी पनि पहिलो विश्वयुद्धको उपलब्धि नेपाली सार्वभौमिकतालाई ब्रिटिस साम्राज्यले स्वीकार्नुलाई ठान्दछन्।
अर्काे उपलब्धि पनि नेपाली पक्षले प्राप्त गर्‍यो। पाँडेले ६–७ वर्षको सैनिक जागिरबाट फर्किँदा नेपालीहरुले करिव १३ करोड रुपैया लिएर फर्किएको अनुमाने गरेका छन्। १ सय बर्षअघि नेपालीहरुले आर्जन गरेको रकम चानचुने थिएन।
‘दुई लाख गोर्खाली सिपाहीले छ वर्षसम्म जागीर, पेन्सन, मरुवा पेन्सन गरि सरदर पाँच सय भारतीय रुपैयाँ विदेशमा कमाएर नेपाल उतारेको भए पनि त्यो धन्नै १३ करोड नेपाली रुपैया हुन्थ्यो’ ३१ बर्षअघि प्रकासित त्यो पुस्तकमा पाँडेले लेखेका छन्, ‘यो ठूलो रकमलाई आजकलको दरभाउमा गणना गर्ने हो भने १३ अर्ब रुपैयाँ पुग्छ।’
‘नेपाल जस्तो त्यस बखत एकाघ करोड राजश्व उठ्ने सानो मुलुकको निमित्त त्यो निकै ठूलो रकम थियो, यति ठुलो रकम नेपालभित्र त्यतिञ्जेल कहिले आएको थिएन’ पाण्डेले भनेका छन्, ‘यस्तो विशेष परिस्थिति परेर मात्रै राष्ट्रले आफ्नो लम्बे इतिहासमा यदाकदा, यति ठुलो धनराशी विदेशबाट आर्जन गर्ने मौका पाउँछ।’
प्रकाशित २५ कार्तिक २०७५, आइतबार | 2018-11-11 18:22:34


Wednesday, October 10, 2018

मृत्युदण्ड होइन, कारबाहीको फराकिलो दायरा

http://nepalihimal.com/article/1617
3 मृत्युदण्ड होइन, कारबाहीको फराकिलो दायरा
Share:    - रवीन्द्र रेग्मी
बलात्कार लगायत महिला हिंसाका घटना नियन्त्रण गर्न प्रहरीलाई अनुसन्धानको अधिकार दिंदै आत्मविश्वास बढाउनु जरूरी छ।

पछिल्लो समय महिला हिंसाका घटना उल्लेख्य मात्रामा बढेका छन् । तर, घटना वृद्धि हुँदै जाँदा त्यस अनुरूपका कानून र नियन्त्रणका ‘टुल्स’ वृद्धि हुन नसक्नु विडम्बना हो । यस्तो अवस्थाले जनतामा राज्यप्रति अविश्वासको भावना पैदा भएको छ । सरकारले यौनजन्य हिंसा बढ्नुको कारक मान्दै हालै अश्लील साइट बन्द गर्ने राम्रो निर्णय गरेको छ । यसको नियमन हुनुपर्छ, जसमा केही जटिलता छन् । जस्तैः ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) को नियन्त्रण प्रक्रिया जटिल छ । यसका लागि कतिपय देशसँग सन्धि–सम्झैता गर्नुपर्ने हुन सक्छ । अर्को, इमेलबाट भिडियो पठाउने गरिन्छ । हरेक मानिसको इमेलमा राज्यको पहुँच नहुने भएकोले यसको नियन्त्रण पनि जटिल नै हुन्छ । यो समस्या समाधान गर्न सम्बन्धित क्षेत्रका विज्ञको टोली बनाएर काम गर्न सकिन्छ ।
अर्को समस्या सरोकारवाला निकायको क्षेत्राधिकारमा देखिन्छ । बलात्कार न्यूनीकरण गर्ने नीति बनाउन गृह मन्त्रालयले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको क्षेत्राधिकार के हो ? यो नबुझ्ी काम गर्दा समस्या भएको छ । प्रहरी प्रधान कार्यालयले गर्नुपर्ने सिपाहीको बढुवा, इन्स्पेक्टर, डीएसपी र एसपीको सरुवा गृह मन्त्रालयले गरिरहेको छ । नीति बनाउने आफ्नो काम चाहिं प्रहरी प्रधान कार्यालयलाई सुम्पिएको छ । यसैसँग जोडिएर आउने उत्तरदायित्व र अधिकारको सन्तुलन पनि मिलेको छैन । कसैलाई उत्तरदायित्व दिइएको छ भने अधिकार पनि उसैमा प्रत्यायोजन हुन जरूरी छ । अधिकार नदिएर उत्तरदायित्व थोपर्नु भनेको हात बाँध्नु जस्तै हो ।
मुलुकी संहिताको दोष
बलात्कारका घटना वृद्धि हुनुमा प्रहरीको कार्य सम्पादन माथि आरोप लाग्ने गरेको छ । शान्ति–सुरक्षा कायम गर्ने दायित्व बोकेको प्रहरी माथि जनताले आशा गर्नु स्वाभाविकै हो । तर, प्रहरीका अधिकार विस्तारै खोसिंदैछन्, जसका कारण काम गर्न नसक्ने अवस्था निम्तिंदैछ । अहिलेको मुलुकी अपराध संहिताले प्रहरीसँग भएको अनुसन्धानको सबै अधिकार खोसेको छ । पहिले अपराध अनुसन्धान प्रहरी र अभियोजन सरकारी वकिलबाट हुन्थ्यो । शान्ति सुरक्षामा प्रमुख जिल्ला अधिकारीलाई सघाउने काम प्रहरीको थियो । अहिले शान्ति सुरक्षा स्थानीय प्रशासनलाई र अपराध अनुसन्धान सरकारी वकिलको जिम्मामा दिइएको छ । अब हरेक काम सरकारी वकिलको निर्देशन अनुसार प्रहरीले गर्छ । शंका लागेको व्यक्तिलाई पक्राउ गर्न पनि प्रहरी आफैंले सक्दैन ।
अधिकार खुम्च्याउने र जिम्मेवारी नदिने कुराले प्रहरीमा निराशा बढाउँछ र कमजोर बनाउँछ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान गर्न खटिएका सबै प्रहरीको एउटै गुनासो छ, त्यहाँ खटाएर आफूलाई फसाइयो । चुनौतीको काम गर्न अघि सर्नुपर्ने प्रहरी अधिकारीहरू डराइरहेका छन् । यस पछाडिको कारण उत्तरदायित्व र अधिकारको तालमेल नमिल्नु हो ।
निर्मला हत्याकाण्डमा घटनास्थलमा मृतकको कपडा धोएको विषय चर्चामा छ । त्यो कपडा धुने महिला प्रहरीलाई कारबाही भयो भने आश्चर्य नमाने हुन्छ । खासमा ती महिला प्रहरीको दोष होइन । उनले त्यो काम कसैको निर्देशनमा गरेको हुनुपर्छ वा अज्ञानताले । यदि अज्ञानता कारण हो भने उनलाई ज्ञान दिने जिम्मेवारी कसको ? त्यो व्यक्ति जवाफदेही हुनुपर्ने कि नपर्ने ? प्रहरीको आधारभूत तालिममा घटनाका सबुत जोगाउन तालिम दिइएको छ कि छैन ? त्यो नदिने मानिस जिम्मेवार हो कि होइन ? उत्तरदायित्व र अधिकारको सन्तुलन नहुनाले प्रभावकारी काम हुन नसकेको यो एउटा उदाहरण मात्र हो ।
समाज तत्काल परिणाम चाहिने बाटोमा अघि बढेको छ । जसले गर्दा हतारमा निर्णय हुने र निर्दोष व्यक्ति दोषी बन्ने परिस्थिति बढ्दै गएको छ ।
मृत्युदण्ड समाधान होइन
अहिले कतिपय भेला तथा मञ्चमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठिरहेको छ । तर, मृत्युदण्ड समस्याको समाधान होइन । जहाँ बलात्कारीलाई मृत्युदण्डको सजाय छ, ती देशमा पनि बलात्कार रोकिएको छैन । त्यसैगरी नैतिक शिक्षा र उपदेशले पनि यो रोकिंदैन । हामीले नैतिक शिक्षा सिकाउने धर्मगुरुहरू नै यौन दुराचारमा फसेका घटना देखेका छौं । त्यसैले बलात्कार जस्ता महिला हिंसाका घटना न कडा कानूनले नियन्त्रण सम्भव छ, न नैतिक शिक्षाले ।
यसलाई रोक्न सरकारले शुरू गरेको पोर्नोग्राफी नियन्त्रणलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । कडा कारबाही गर्नुभन्दा सामान्य यौन दुव्र्यवहारका घटनादेखि नै सम्बोधन गर्ने गरी दायरा फराकिलो बनाउनुपर्छ । मुलुकी संहितामा यौन दुव्र्यवहारको विषय समेटिए पनि निश्चित समयभित्र सम्बन्धित व्यक्ति आफैं उपस्थित भएर उजुरी दिनुपर्ने व्यवस्था नै व्यावहारिक छैन । किनभने, त्यस्ता दुव्र्यवहार सामान्यतया बालबालिकामाथि र उपल्लो दर्जाको व्यक्तिबाट तल्लो दर्जामाथि हुन्छ ।
कुनै पनि कर्मचारीले आफ्नो हाकिमको विरुद्ध उजुरी गर्ने हिम्मत गर्दैन र अदालत गएर मुद्दा हालिहाले पनि ढाकछोपको सम्भावना धेरै हुन्छ । त्यसैले गोप्य ढंगबाट अनुसन्धान गर्ने व्यवस्था प्रभावकारी हुनसक्छ ।
रेग्मी पूर्व प्रहरी उपरीक्षक हुन् ।

Tuesday, October 9, 2018

बादलको दुःख ज्ञानेन्द्रको जस्तै ! पहिले कटवाल काण्ड, अहिले अर्कै

https://www.onlinekhabar.com/2018/10/712383
बादलको दुःख ज्ञानेन्द्रको जस्तै ! पहिले कटवाल काण्ड,    अहिले अर्कै

विद्यार्थीले आइजीपीको राजीनामा माग्दा किन डराए गृहमन्त्री ?



२३ असोज काठमाडौं । गत विहीबार प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाबाट नेपाल आइपुग्ने कार्यक्रम थियो । सोही दिन सत्तारुढ विद्यार्थी संगठनका नेताहरुले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझिदिन आग्रह गरे । सुरुमा हुन्छ भनेको पोखरेलको सचिवालयले विद्यार्थी नेताहरुलाई दोस्रो म्यासेज पठायो- ‘केही घण्टाभित्रै प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ, यस्तो बेलामा कार्यवाहकले ज्ञापनपत्र बुझ्नु उपयुक्त नहुने मन्त्रीज्यूबाट सुझाव आएको छ, तपाईहरु सिंहदरबार नआउनुहोला ।’
त्यसपछि विद्यार्थी नेताहरुको ध्यान गृहमन्त्री रामबहादुर थापा बादलतिर सोझियो । गृहमन्त्री बादलको दुःख के छ भने उनको सचिवालय अत्यन्तै कमजोर र निरीह छ । कुन कुरा ठीक र कुन बेठीक भनेर छुट्याउन सक्ने मानिसहरु उनको सचिवालयमा छैनन् । गृहमन्त्रीको सचिवालय नातागोताले भरिएको छ ।



गृहमन्त्रीको यही कमजोर सचिवालयमा विद्यार्थी नेताहरुले सम्पर्कको प्रयास गरे । मन्त्री बादलका सल्लाहकार सूर्य सुवेदी पथिकले विद्यार्थी नेताको टेलिफोन उठाएनन् । फोन नउठाउने र उठाइहाले पनि राम्रो रेस्पोन्स नगर्ने पथिकको पुरानै बानी हो ।
पथिकसँग सम्पर्क नभएपछि विद्यार्थी नेतृ नविना लामाले गृहमन्त्री बादलका भाञ्जा रञ्जित आलेलाई सम्पर्क गरेर आफूहरु ज्ञापनपत्र दिन आउन लागेको बताइन् । प्रदेश ६ र प्रदेश ७ हेर्ने भन्दै गृहमन्त्रालयमा राखिएका भाञ्जालाई मन्त्री बादलले स्वकीय सचिव बनाएका छन् । आफ्नो सहोदर छोरो प्रतीक थापालाई चाहिँ गृहमन्त्रीले प्रमुख स्वकिय सचिव बनाएका छन् ।
अन्ततः भाञ्जाको सम्पर्क सूत्र प्रयोग गरेर विद्यार्थी संगठनका नेताहरु असोज १८ गते गृहमन्त्रालयको गेटमा पुगे । विद्यार्थी नेताले गरेको खबर अनुसार केही पत्रकारहरु पनि क्यामेरा तर्स्याउँदै गृहको गेटैमा पुगेका थिए ।
तर, गृहमन्त्री बादलका सुरक्षा मामिला सल्लाहकार भनिने कानमा डोरीसहितको चश्मा लगाउने डा. इन्द्रजीत राईले पत्रकारहरुलाई भित्र छिर्न दिएनन् ।
राई उनै व्यक्ति हुन्, जो माओवादीले जनयुद्ध सञ्चालन गरिरहेका बेला सरकारी सुरक्षाकर्मीका सल्लाहकार थिए । माओवादीबाट देशलाई बचाउने अचूक अस्त्रका रुपमा जिल्ला सदरमुकामलाई तारबेरा लगाउने सिद्धान्तको आविश्कार त्यसबेला उनै राईले गरेका थिए । शान्ति प्रक्रियापछि माओवादीले राईलाई अन्तरिम विधायकसमेत बनाएको थियो भने अहिले सल्लाहकार बनाएर गृहमन्त्रालयमा राखेको छ । उनी मिडियाप्रति हदैसम्मको अनुदार व्यक्ति मानिन्छन् ।
आफूले बोलाएका पत्रकारहरुलाई राईले गेटैमा रोकेको  गुनासो विद्यार्थी नेताहरुले गृहमन्त्रीलाई सुनाए । त्यसपछि बादलको निर्देशनमा पत्रकारलाई भित्र बोलाइयो । विद्यार्थी नेताहरुले गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाए ।

सत्तारुढ विद्यार्थी नेताहरुले तयार पारेको ज्ञापनपत्रको पहिलो बुँदामै आइजीपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरिएको थियो । सरकारले महंगी नियन्त्रण गर्न नसकेको, बलात्कारी पक्रन नसकेको लगायतका विषयहरु ७ बुँदे ज्ञापनपत्रमा उल्लेख थिए ।
विद्यार्थी नेता नविना लामा, रञ्जित तामाङ लगायतको टोली ज्ञापनपत्र बुझाएर गृहमन्त्रीसँग फोटो खिचाएर सिंहदरबारबाट बाहिरियो ।
विद्यार्थीको टोली सिंहदरबारबाट बाहिर निस्कन नभ्याउँदै उनीहरुले आइजीपीको राजीनामा मागेको विषय ‘भाइरल’ बनिसकेको थियो । र, यो घटनाले एकातिर प्रहरी हेडक्वार्टरमा हल्लीखल्ली मच्चियो । गृहमन्त्रालमा पनि तरंग उत्पन्न भयो ।
गृहमन्त्री थापाले आफ्ना भाञ्जा रञ्जित आलेलाई बोलाएर झाँको झारे । ‘ज्ञापनपत्रमा के लेखेको छ भनेर नहेरिकन किन बुझाउन समय मिलाएको ?’ पहिले मागहरु केके छन् भनेर हेर्नुपर्दैन ?’ मामाले भाञ्जलाई भने ।
उता अरुबेला फोन नउठाउने सल्लाहकार पथिकले पनि विद्यार्थी नेताहरुलाई फोन गरेर आफूसित सल्लाह नगरी किन त्यस्तो मागपत्र तयार पारेको भन्दै हप्कीदप्की गरे ।
आइजीपीको राजीनामा किन मागियो ?
सत्तारुढ दलकै विद्यार्थी नेताहरुबाट आइजीपी सर्वेन्द्र खनालको राजीनामा किन मागियो ? यसमा सबैका आ-आफ्नै बुझाइ र तर्क छन् ।
प्रहरी प्रधान कार्यालय सूत्रले यो प्रकरणमा नवीना लामाका आफन्तले प्रहरीको ठेक्का नपाएको झोंकमा लामाकै पहलमा आइजीपीको राजीनामा मागेको निश्कर्ष निकालेको सूत्रहरुको दाबी छ ।
रामबहादुर थापा बादलले चाहिँ केपी ओली र प्रचण्ड दुबैले भित्रीरुपमा मिलेर आफूलाई गृहमन्त्रीबाट हटाउन चाहेको र प्रधानमन्त्री स्वदेश र्फकने दिन विद्यार्थीलाई उचालेर आइजीपीको राजीनामा माग्न लगाएको निश्कर्ष निकालेको स्रोत बताउँछ ।
प्रधानमन्त्री ओली राष्ट्र संघको महासभामा भाग लिन जानुअघि नै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डवीच गृहमन्त्री फेर्नेबारे छलफल भएको बुझाइ बादलको रहेको सूत्रहरु बताउँछन् । मन्त्री बादलको काम गराइसँग प्रधानमन्त्री पहिल्यैदेखि असन्तुष्ट रहँदै आएका छन् ।
उता विद्यार्थी संगठनभित्रै गृहमन्त्रीका छोरासँग राम्रो सम्बन्ध बनाएका केही नेताले चाहिँ आइजीपीको राजीनामा माग्ने निर्णयप्रति आपत्ति जनाएका छन् र यही प्रकरणले अखिलका नेताहरु समेत विभाजित बनेका छन् । विद्यार्थी नेताहरुवीच एकले अर्कालाई ‘मण्डले’ को आरोप लगाउने क्रमसमेत सुरु भएको छ, यही प्रकरणले ।

त्यसो त आइजीपी खनालको परफरमेन्सप्रति पनि प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् । चाहे त्यो भक्तपुरको फेक इन्काउन्टर होस् वा निर्मला पन्तका हत्यारालाई पक्रन नसकिएको घटना होस् । विदेश भ्रमणमा जान लाग्दा खनाललाई रोकिएको क्यानिनेटको निर्णयले पनि प्रधानमन्त्रीको असन्तुष्टि पुष्टि हुन्छ ।
तर, आइजीपी खनालको ‘स्ट्रेन्थ’ भनेको गृहमन्त्री रामबहादुर थापा बादल नै हुन् । त्यसपछि प्रचण्ड पनि सर्वेन्द्र खनालकै पक्षमा रहेको बताइन्छ ।
आइजीपी बन्नुअघिसम्म सेलिब्रेटीको पहिचान बनाएका खनाललाई बर्खास्त गर्नु वा हटाउनु अलोकप्रिय निर्णय हुने भएकाले यो पनि खनालको अर्को स्ट्रेन्थ हो । किनभने, उनलाई हटाउने हो भने गुण्डाराजको प्रभावमा परेको आरोप ओली सरकारमाथि लाग्न सक्छ ।
तथापि केपी ओली नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । काम गर्न नसकेको प्रहरी प्रशासनले हो । प्रहरी प्रशासनलाई नेतृत्व गर्ने गृहमन्त्रीले हो । अनि गृहप्रशासनले काम गर्न सकेन भने त्यसको अपजस प्रधानमन्त्री केपी ओलीको टाउकोमा जान्छ । यो स्थितिमा ओलीसँग दुईवटा विकल्प छन्ः या त प्रहरी प्रशासनलाई प्रभावकारीरुपमा परिचालन गर्नु, वा टीम फेर्नु ।
तर, गृहमन्त्री बादललाई हटाउन कानूनमन्त्री शेरबहादुर तामाङलाई हटाएजस्तो सहज छैन । उनी पूर्वमाओवादीभित्र प्रचण्डपछिको बलियो गुटका नेता हुन् । त्यसैले बादललाई हटाउँदा नेकपाभित्रको अन्तरविरोध जटिल बन्न सक्छ । यद्यपि बादलकै नेतृत्वमा गृह प्रशासन रहुञ्जेल ओली सरकारको परफरमेन्समाथि प्रश्न यथावत रहन सक्छ ।
सूत्रहरुका अनुसार बादलले यतिबेला रुक्माङगद कटवाल प्रकरणसमेत स्मरण गर्न थालेका छन् । त्यसबेला बादल रक्षामन्त्री थिए । सेनासँग उनले राम्रो सम्बन्ध बनाउन सकेनन् र असफल रक्षामन्त्री ठहरिए । अहिले पनि त्यस्तै ‘असफल गृहमन्त्री’ करार भइने हो कि भन्ने उनलाई डर छ ।
प्रहरी संगठनमा सर्वेन्द्र खनालको विकल्प खोज्नु भनेको गृहमन्त्रीको पद धरापमा पर्नु हो भन्ने बादलले बुझेको स्रोतको भनाइ छ । किनभने, आइजीपी खनालसँग सम्बन्ध बिग्रियो भने आफू कमजोर हुने बादलको आँकलन छ । खनालले पनि बादलसँग आफ्नो कामको लय मिलिरहेको बताउने गरेका छन् ।
त्यसो त बादलले आफू गुण्डा, सुन तस्कर, भ्रष्टाचारी, ठेकेदार र सिन्डिकेटधारीहरुको विपक्षमा रहेकाले आफूलाई घेराबन्दी गरिएको दाबीसमेत गर्ने गरेका छन् ।
गृहमन्त्री बादलले ईश्वर पोखरेललाई गृहमन्त्री बनाउनका लागि आफूलाई हटाउने खेल भइरहेको आशंका पनि आफू निकटस्थहरुसँग व्यक्त गरेका छन् ।
तर, अर्कोतर्फ देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको, सुन तस्करहरु पनि छुट्न थालेको, ठेकेदारमाथि कारवाही नभएको र यातायातको सिन्डिकेट पुन जागेको भन्दै सडकबाटै गृहमन्त्रीको राजीनामा समेत माग्न थालिएको अवस्था छ ।

विद्यार्थी नेताहरुको दाबी चाहिँ के छ भने त्यो ज्ञापनपत्रमा आइजीपीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग केपी ओली, प्रचण्ड वा अरु कसैको निर्देशनमा राखिएको हैन । निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको हुनाले प्रहरी नेतृत्वमाथि दबाव दिने उद्देश्यले मात्रै सो माग समावेश गरिएको हो । तर, यो मागलाई अदृश्य ठाउँबाट आएको षडयन्त्रका रुपमा नेताहरुले बुझेको देख्दा अनौठो लागेको अखिलका नेता बताउँछन् ।
बादलको दुःख ज्ञानेन्द्रको जस्तै !
पूर्वराजा ज्ञानेन्द्र शाहले छोरो पारस शाहका कारण जीवनमा धेरै दुःख पाए । अहिले गृहमन्त्री बादलको अवस्था पनि त्यस्तै छ । गृहमन्त्रीले आफ्नो छोरो प्रतीक थापालाई प्रमुख स्वकीय सचिव बनाएका छन् । तर, गृहमन्त्रालयमा काम लाग्ने क्षमता भएर होइन कि उनलाई ‘व्यवस्थापन गर्न’ बादलले मन्त्रालयमा भित्र्याएका हुन् ।
एक न नेताले छोरा भाञ्जा आदिलाई स्वकीय बनाउनु नै परिवारवादको भद्दा उदाहरण हो । लोकतन्त्रमा यो राम्रो अभ्यास होइन । अर्कोतिर मन्त्रीपुत्रले प्रहरीका हाकिमहरुलाई बारम्बार रक्सीका बोतल माग्ने र साँझमा भट्टीमा बसेर प्रहरीलाई हैरान बनाउने गरेको गुनासो यतिबेला नेपाल प्रहरीभित्र ‘ओपन सेक्रेट’ जस्तै बनिसकेको छ ।
महिला नेतृहरु रक्सी बन्द गर्ने अभियान लिएर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछन् । गृहमन्त्री पनि मदिरा निशेधित क्षेत्र बनाउने प्रतिवद्धता जनाउँछन् । तर, समस्याचाहिँ मन्त्रीकै घरमा छ ।
स्रोतले भन्यो- गृहमन्त्री थापाले आफ्नो छोरालाई चाँडै सिंहदरबारबाट बाहिर निकालेनन् र प्रहरीहरुसँग रक्सीका बोतल माग्ने काम रोकनेनन् भने यसले उनी थप बदनाम हुने सम्भावना बढ्दै गइरहेको छ ।

Friday, September 28, 2018

सेनापति शिवराम सिंह बस्न्यात र श्रीपाली वस्न्यातहरुको कूलपुजा

http://www.newsofnepal.com/2018/09/23/145490/
सेनापति शिवराम सिंह बस्न्यात र श्रीपाली वस्न्यातहरुको कूलपुजा
डा. निरञ्जनमान सिंह बस्न्यात ।
गोरखाका राजा पृथ्वी नारायण शाह र उनका अनुयायीहरुको अथक परिश्रमवाट नेपालको एकिकरण अभियान सञ्चालन भई आज यो देश नेपालको सृजना भएको हो । सो अभियानको सवल नेतृत्व राजा पृथ्वी नारायण शाहले गरेकोमा द्विमत छैन तर त्यस अभियान भित्र पनि धेरै व्यक्तित्वहरुले आ–आफ्नो स्थानवाट सैनिक र निजामती तर्फको क्षेत्रहरुमा महत्वपूर्ण योगदान र वलिदान दिएको हुनाले ती वीर योद्धाहरुको उल्लेख हुनु पर्दछ । कति वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेको होइन आफ्नो जीउज्यान नै नेपाल एकिकरणका लागि समर्पित गरेको इतिहासमा पाइन्छ ।
राणकाल र शाहकालका बारेमा लेखिएका इतिहासका पुस्तकहरुमा राणा शासक र शाह राजाहरुको मात्र गुणगान गरी केही अतिरञ्जीत गरिएकोे पाईन्छ । जब नेपालमा २००७ सालमा प्रजातन्त्रको उदय भयो त्यस अघि खुम्चिएर बसेका इतिहासकारहरुले साहस देखाएर धेरै सत्यतथ्यहरु वाहिर ल्याएका छन् । त्यसमा सूर्य विक्रम ज्ञवाली, इतिहास शिरोमणी बाबुराम आचार्य, योगी नरहरी नाथ र नयराज पन्त तथा उहाँका शिष्यहरु नै अग्रणी भूमिकामा देखिनु भएको छ । नेपालको आधुनिक कालखण्डको इतिहास लेख्दा अझै पनि केही कुराहरु प्रमाणको अभावमा यसै नै हो भनि ठोकुवा गरी भन्न सक्ने अवस्था छैन । तर पनि समग्रमा नेपालको इतिहासको आधारभुत रुपमा खाका चाहि तयार भई सकेको छ ।
यसै सिलसिलामा नेपालको एकिकरणको अभियानमा अग्रणी भूमिका खेल्ने भारदारहरुमा एक महत्वपूर्ण भारदारसेनापति बडाबीर शिवराम सिंह वस्न्यात हुन् । त्यसबखतको कागजपत्रमा उनको नामको अगाडि बडाबीर लेख्ने गरेको पाइन्छ । उनी राजा पृथ्वी नारायण शाहका अत्यन्त भरपर्दा भारदार भएकोले पृथ्विनारायण शाहले आफ्ना पिता नरभूपाल शाहको निधन पछि २५ चैत्र १७९९ वि.सं. मा गोरखा राज्यको राजगद्धिमा राज्यारोहण गरेको केही महिना पछि बनारस (वि.स. १८०० को माघमा) को यात्रामा गएका थिए ।
वनारस जाँदा शिवराम सिंह वस्न्यातलाई पनि साथै लगेका थिए । त्यसको मुख्य उद्देश्य आफ्ना पिताको वि.स. १७९४ मा नुवाकोटमा गरेको आक्रमण र पछि आफूले पनि नुवाकोट जित्ने उत्कट ईच्छा हुँदाहुँदै वि.सं. १८०० को आक्रमण विफल भएको हुँदा अब केही आधुनिक हतियारको जोहो गर्ने हिसावले, तीर्थस्नान तथा आफ्नो गोत्र परिवर्तन गर्ने उद्देश्य लिएर त्यहाँ गएका थिए ।
सो भ्रमणमा अन्य प्रमुख व्यक्तीहरुमा चौतारिया चन्द्र प्रगाश शाह, लक्ष्मी नारायण पाडे, भानु जोशी अर्याल, ज्योतीर्विद कुलानन्द ढकाल, विराज बखेती, आदी गरी जम्मा ३६ जना गएको इतिहासमा पाइन्छ । तर एक अनुमान अनुसार द्धारे, भरिया र अंगरक्षकहरु समेत गरी झण्डै एक सय जना गएको समेत वताइएको छ ।
बंशावली लेखक खरदार बुद्धिमान सिंहले वनारस जानुको मुख्य कारण गुरु अवस्ती सँगको भेट नै हो भनेका छन । आफ्नो अनुपस्थितीमा गोरखाको सम्पूर्ण देखभाल गर्ने जिम्मा जेठी मुमा चन्द्रप्रभावती, मठयाहा भाई काजी रणरुद्र शाह र काजी कालुपाण्डेलाई दिई राजा पृथ्वी नारायण शाह वनारसको यात्रामा गएका थिए ।
वनारसमा रहँदा पृथ्विनारायण शाहले दुई वटा धर्मपत्रहरु गरेका थिए । एउटा जाजरकोटका राजा हरि शाहसँग र अर्को सिरमोरका राजासँग । जाजरकोटसँगको धर्म पत्रले पछिसम्म गोरखालाई सहयोग प्राप्त भएको थियो । साथै वनारसमा उनले केही आधुनिक हात हतियार खरिद गरे । तर कति मात्रामा र कस्ता हतियार खरिद गरे यस विषयमा इतिहासमा स्पष्ट छैन ।
वनारसको वसाईमा गोरखालीहरुले त्यहाँका पण्डाहरु र स्थानीय गुण्डाहरुको सामना गर्नु परेको थियो । एक तत्कालिन अनुमान अनुसार त्यहाँ ६००० गुण्डाहरु भएको कुरा लेखिएको छ । बाबा विश्वनाथको दर्शन गर्न पण्डा र गुण्डाहरुले वाधा अड्चन पु¥याउदाँ टोलीमा सँगै गएका भारदारहरु मध्ये शिवराम सिंह बस्न्यात, विराज बखेती आदि ले तीनीहरुलाई दमन गर्न भूमिका खेलेको थिए । त्यस पश्चात गोरखालीहरुले बाबा विश्वनाथ मन्दिर र अन्य महत्वपूर्ण तीर्थहरुमा सजिलै प्रवेस पाएको देखेर जाजरकोटका राजा हरि शाह र पर्वत राज्यका एकजना सरदार जो त्यस वखत त्याही पुगेका थिए, प्रभावित भएका थिए ।
कति दिन अथवा महिना यो गोरखाली टोली वनारसमा बस्यो भन्ने यकिन तथ्य र मिति हाल सम्म पत्ता लागेको छैन तर अन्दाजी यो टोली त्याहाँ दुई महिना सम्म बसेको अनुमान हुन्छ । बाबुराम आचार्यले वि.सं. १८०० को चैत्र महिनाको १५ गते अगाडि गोर्खा फर्केको लेखेका छन् । आउदा जाँदा पनि केही दिन त लाग्ने नै भयो ।
बनारसबाट नेपाल तर्फ फर्किदा गोमती नदीको किनारमा रहेको स्थानिय भन्सारमा राजा पृथ्विनारायण शाहको टोलीको माल सामन चेक जाँच गर्दा मुसलमान भंसार अधिकारीहरुले हप्की दप्की गरी हेप्दा पृथ्वी नारायण शाहले आफ्ना भारदारहरुलाई तरवार चलाउन आदेश दिए पछि केही मुसलमानहरु मारिएका थिए । त्यस घटनामा पनि सँगै गएका शिवराम सिंह बस्न्यात, विराज बखेती, जय बानिया आदी सरिक थिए । यस ठाउँमा खासगरी वनारसवाट किनेर ल्याएका हतियार जफत गर्ने प्रयास भएको बुझिन्छ । अवधमा नवाव सआदत खान का अधिनमा वाराणसी पर्दथ्यो र एकजना भुईहार ब्राम्हण वलवन्त सिंहलाई वाराणसी र वरीपरीका क्षेत्र जमिन्दारी दिइएको थियो ।
गोमती किनारको भंसारको घट्ना पछि वलवन्तासिंहको मान्छे आई टोलीलाई आक्रमण गर्न सक्ने भएको आपसमा छलफल गरी केही समय विराज वषेती पृथ्वीनारायण शाह जस्तै भई वस्ने निधो भए पनि पछि जय वानिया सँग अनुहार मिल्छ भनि उसैलाई पृथ्वी नारायण शाहले चढने गरेको घोडा चढन दिएको भन्ने वयान पनि पाइन्छ । तर जे सुकै होस पृथ्वी नारायण शाहको यो टोली सबै प्रकारको विध्न वाधा छिचोल्दै बुटवलमा आई विश्राम लियो ।
त्यती वेला पाल्पाका राजा मुकुन्द सेन (द्धितिय) पनि बुटवलमा हिउदमा घाम ताप्न भनी बसेका थिए र सो समयमा पृथ्वि नारायण शाह र उनको त्याहाँ भेट भएको प्रसँग पाइन्छ । पाल्पाका सेन राजाहरु पृथ्वीनारायण शाहका नातेदार पर्दथे र मुकुन्द सेन द्धितिय बुढा भएकाले पृथ्विनारायण शाहका दाजु पर्दथे । त्याहाँ केही दिन विश्राम गरे पछि गोरखाली टोली रिडीघाट र आधिखोला पार गरी गोरखा राज्यमा फर्केको थियो ।
यसको एक वर्ष पछि अर्थात वि.सं १८०१ आश्वीन १५ गतेका दिन सबै तयारी र आधुनिक हातहतियार साथ गोरखाले नुवाकोट माथी तेश्रो आक्रमण गरेको थियो । पहिले गरेका दुई आक्रमणहरु –एउटा राजा नर भुपाल शाहको पालामा र अर्को पृथ्वीनारायण शाहको पालामा) विफल भएका थिए । यस आक्रमणमा पृथ्वी नारायण शाह आफै यूद्धमा गएका थिए । आक्रमणका समयमा नुवाकोटका उमराव जयन्त राना काठमाडौं गई रहेका थिए र उनका छोरा शंखमणी रानाले नुवाकोटको रक्षा गरि रहेका थिए । सायद यसै मौका छोपी गोरखाले तीन तीर बाट आक्रमण गर्दा पृथ्वी नारायण शाहका साथै गएका भाई दलमर्दन शाहले, जो साढे १३ बर्षका मात्र थिए, शंखमणी राना माथी जेठी तरवार चलाई गोरखाको विजय भएको थियो ।
सो लडाईमा चौतारिया महोद्याम कीर्ति शाह, काजी कालु पांडे, शिवराम सिंह वस्न्यात, चन्द्र प्रगास शाह, वीरभद्र बस्न्यात, दलमर्दन शाहको प्रमुख भूमिका रहेको थियो । आफ्नो छोराको मृत्यूको समाचार कान्तिपुर मै सुनेका जयन्त राना तुरुन्तै नुवाकोट आई नजिकै वेलकोटमा आएर वसेका थिए । त्यो कुरा राजा पृथ्वी नारायण शाहले थाहा पाई केही सेना लिई तुरन्तै वेलकोट आक्रमण गर्न गएका थिए जसमा धेरै गोरखाली सेना हताहत भई सकेकोले पछि हट्ने निर्णय लिन लागेका थिए ।
तर काजीकालु पाडेले ठूलो फौज लिई सोही वेला पृथ्वी नारायण शाहको सहायताकालागि पुगेका थिए । उनले अहिले पछि हट्न बुद्धिमानी नहुने कुरा गरी बेलकोट आक्रमण गर्दा जयन्त राना को हार भएकोले उनलाई जीवीतै समाती नुवाकोट ल्याईएको थियो । पछि उनलाई छाला काढी मार्ने कठोर सजायँ दिइएको थियो । नुवाकोट विजय गोरखालीहरुको एकीकरणतर्फ एउटा ठूलो पहिलो कदम थियो ।
राजा पृथ्विनारायण शाहले नुवाकोट विजय पछि नेपाल तिब्बत व्यापारको मूख्य बाटो केरुङ्ग गोरखाको नियन्त्रण आयो । पछि शिवराम सिंह लाई सेनापति नियूक्त गरी नालदुम र महादेव पोखरी आक्रमणमा पठाए । यसो गर्नुको प्रमुख उद्देश्य तिब्बतको व्यापारमा पूर्ण रुपले नियन्त्रण गर्नु नै थियो किन भने नुवाकोट पछिको काठमाडौं उपत्यकाका मल्ल राजाहरुको कुतीबाट हुने व्यापार यही क्षेत्रबाट सञ्चालन भई रहेको थियो । त्यसैले यसलाई पनि नियन्त्रणमा लिए पछि काठमाडौं उपत्यकाको आम्दानीको श्रोत समाप्त हुने थियो ।
त्यसवेला कान्तीपुरका तर्फवाट नालदुम र महादेव पोखरी क्षेत्रमा उमरावमा रुपमा काशीराम थापा थिए । उनि र उनका भाई परशुराम थापाले उक्त क्षेत्रको पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए । तर नुवाकोट फेरि गोरखालीहरुबाट कान्तिपुरमा फिर्ता ल्याउने दिलासा राजा जय प्रकाश मल्ललाई दिलाई उनको आदेशमा वि.सं. १८०२ फागुनमा काशिराम थापाले करिव १३०० फौज लिई नुवाकोटमा आक्रमण गरेका थिए तर गोरखालीबाट उनको नराम्रो हार भयो ।
यस आक्रमणमा गोरखातर्फको नेतृत्व खुद राजा पृथ्वीनारायण शाहले गरेका थिए । त्यसपछि यी थापाले राजा जय प्रकाश मल्ललाई अनुहार देखाउन नसकी आफ्नो घर पलाञ्चोकमा गई बसेका थिए । राजा जय प्रकाशवाट तीन चार पटक बोलाउन पठाउदा पनि नआएकोले राजा रिसले चूर भएका थिए । यसै वेला वि.स. १८०३ श्रावण २१ गते जनै पूर्णिमाको दिन गौरी घाटमा काशिराम थापा र साथीहरु आएको थाहा पाई आफ्ना नगरकोटी सेनाहरुलाई उनले मार्ने आदेश दिएका थिए । त्यसरी उनीहरु मारिएका थिए ।
यस घटनाको लगत्तै पछि राजा जय प्रकाश मल्लको विरोधी भएर काशीराम का भाई परशुरामले कान्तीपूर छोडी रणजीत मल्ल सँग मिल्न गई त्याहाँ का सेनापति भएका थिए । साथै वि.सं. १८०३ भाद्रमा गोरखा गई राजा पृथ्वि नारायण शाहलाई परशुराम थापाले भेटी जय प्रकाश मल्ल विरुद्ध उकास्ने काम गरेका थिए । पृथ्वी नारायण शाहले पनि थापाको कुरा सुनी आफ्ना मितवावा राजा रणजीत मल्लसँग कुरा गरी साँखु चाँगु आदि क्षेत्र भक्तपुरलाई छोड्ने सर्तमा त्यस क्षेत्रमा कान्तिपुरको अधिनमा रहेको श्रेत्रलाई बाँडी चुडी लिने योजना बनाए ।
सोही योजना अन्तरगत नै राजा पृथ्वि नारायण शाहले शिवराम सिंह बस्न्यातलाई ९०० सेना दिई वि.सं १८०३ को असोज महिना तिर पठाएको अनुमान गरिएको छ । राजा पृथ्वि नारायण शाह पनि ती सेना सँगै आएर उक्त सेनाले नालदुम गढीमाथी अधिकार जमाए पछि भक्तपुर गई राजा रणजीत मल्ल सँग भेटघाट गरेका थिए भनि बाबुराम आचार्यले लेखेका छन् । (नेपालको संक्षिप्त वृतान्त, द्धितिय संस्करण, पेज ११७) साथै कान्तिपुरका काजी तौढिक प्रधान आफ्ना दाजु दाटी प्रधानलाई राजा जयप्रकाश मल्लले मारी दिएका हुनाले रिसाई पाटनका काजीहरुसँग मिलेर वि.सं १८०३ असोज दशैंको महानवमीको दिन कान्तीपुर दरवार घेरी राजालाई पदच्यूत गराएका थिए ।
रानी दयावतीको संरक्षकत्वमा उनका आठ बर्षका छोरा ज्योती प्रकाश मल्ललाई राजा तुल्याई दिएका थिए । भक्तपुरको सेनापति भई बसेका परशुराम थापाले संझौता अनुसार गोरखालाई मद्दत गर्नु पर्नेमा काजी तौढिकको गोप्य संदेश पाएर कान्तिपुर र ललितपुरका सेनालाई मद्दत गरी वि.सं. १८०३ फाल्गुन १६ गते (२४ फेब्रुअरी सन् १७४७) शुक्रवार राती आक्रमण गर्दा गोर्खाली सेनाको नेतृत्व गरेका केही सैन्य सहित शिवराम सिंह बस्न्यातको साँगाचोक भन्ने स्थानमा वीरगती प्राप्त गरेका थिए ।
हाल त्यस ठाउँलाई जहर सिंह पौवा भन्ने नामले चिनिन्छ । गोरखालीहरुको यो हार परशुराम थापा र राजा रणजित मल्लले राजा पृथ्विनारायण शाहलाई दिएको एउटा ठूलो धोका थियो । त्यस पछि पृथ्विनारायण शाह राजा रणजीत मल्ल सँग धेरै रिसाएका थिए । बंशावली अनुसार राजा रणजीत मल्ल सँग रिसाएर यो कुरा राख्दा उनले मैले धोका दिएको होईन परशुराम थापाले हो भनेर भनेका थिए ।
राजा पृथ्वी नारायण शाहले त्यसो भए मलाई परशुराम थापालाई सुपुर्र्दगी गर्नुहोस् त्यसपछि त्यसलाई म जे गर्नुपर्छ गरौला भनेका थिए भनि उल्लेख गरिएको पाइन्छ । साथै एक पटक राजा पृथ्वी नारायण शाहले काजी कालु पाडे लाई राजा रणजीत मल्ललाई पक्रन भनी पलाञ्चोक पठाएकोमा कसैले पूर्व सुचना दिएकाले रणजीत मल्ल बनेपा बाटै भक्तपुर फर्किएको कुरा पनि उल्लेख गरेको पाइन्छ ।
आफ्ना सेनापति शिवराम सिंह बस्न्यातको वीरगती पछि राजा पृथ्वी नारायण शाहले ठूलो पाठ सिकेका थिए । पछि गएर उनले राजा रणजित मल्ल र परशुराम थापा चौविसे राज्यहरुसँग मिलि लमजुङ्ग र पर्वत द्धारा गोरखालाई आक्रमण गर्ने योजना बुनेको पत्ता लगाइ केही पैसाको सहायता लिई चौविसी राज्यहरुलाई मद्दत गर्न पोखरा पुगेका परशुराम थापाका भाईलाई मार्न झागल गुरुङ्गलाई माझीका भेषमा पठाई मार्न लगाएका थिए । यो कुराको उल्लेख उनले दिब्य उपदेशमा पनि गरेका छन् ।
सेनापति शिवराम सिंह बस्न्यात नेपाल एकिकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति थिए र उनी भक्तपुरले दिएको ठूलो धोकावाट मारिएका थिए भनि पूष्टी हुन्छ । उनी नेपालको एकिकरण अभियानमा पहिलो वीरगती प्राप्त गर्ने एउटा कुशल योद्धा थिए । पछि गएर उनी जत्तिकै सक्षम र इमान्दार उनका चार छोराहरु क्रमशः काजि नाहर सिंह, काजी केहर सिंह, काजी अभीमान सिंह र काजी धोकलसिंह राजा पृथ्वी नारायण शाहको मरवट नीति अनुरुप हुर्के बढेर नेपाल एकिकरण अभियानमा संलग्न भई नेपाल राज्य विस्तार र सुदृढ गर्न मा निकै महत्वपूर्ण योगदान दिएको बारे नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ ।

श्रीपाली बस्न्यातहरुको कुलपुजाः

सेनापति शिवराम सिंह बस्न्यात श्रीपाली बंशका भारद्वाज गोत्रीय खस क्षेत्री थिए । राजा पृथ्वी नारायण शाहले काल खण्ड तथा मल्ल र लिच्छवी काल भन्दा पनि अधि सुदुर पश्चिम मा रहेको पाँच राज्य मध्ये एक शक्तीशाली श्रीपाल राज्य थियो र त्याहा वस्ने वासिन्दाहरु श्रीपाली कहलिन्थ्यो । त्यस पछि द्रब्य शाहले गोरखामा वि.सं. १६१६ मा राज्य स्थापना गर्दा यिनका पुर्खाहरु पनि साथै गोरखाका शाह राजाहरुलाई मद्दत गर्ने भारदार भई गोरखा आएको ईतिहाशमा पाईन्छ ।
श्रीपाली बस्न्यातहरु हरेक बर्ष भाद्र शुक्ल पूर्णिमाको दिन आफ्नो कुल देवताको पूजा आराधना गर्ने परम्परा रही आएको छ । यिनीहरु सूर्यबंशी हुन् र कुलपुजा गर्ने आफ्नै विशेष प्रकारको रिति रिवाज, तौर तरिका र पुजा बीधि छ । शिशाकोटी महादेव र महाकाली यस कुलका प्रमुख देवी देवता हुन् । बा¥ह भाई मष्टो देवता मध्ये आदी मष्ट अथवा ढंडार मष्ट यीनिहरु को मष्ट देवता हुन् । वर्तमान अवश्थामा श्रीपाली बस्न्यातहरु नेपालको राज्यको सबै जसो जिल्लाहरुमा वसोवास गर्दै आएका छन् र सबैले भाद्र शुक्ल पूर्णीमा कै दिन आफ्नो कुल देवताको पूजा गर्ने चलन छ । मुल थलो गोरखामा पनि सोही दिन पूजा हुने भए पनि हरेक चार पाँच बर्षमा विशेष पूजा गर्ने चलन छ । धामी बस्ने व्यक्तीले आफु कामेर बस्दा देउता बकेर उनले जुन बर्ष विशेष पूजा हुन्छ भनि भन्छन् त्यही वर्ष विशेष पुजा हुने गर्दछ ।
यस बर्ष यही असोज ९ गते भाद्र शुक्ल पूर्णिमाको दिन गोरखामा श्रीपाली बस्न्यात समाज गोरखाको प्रमुख अग्रसरतामा पूजा हुने हुनाले सम्पूर्ण श्रीपाली बस्न्यातहरुको गोरखाको रानीस्वरामा सदा झैं जम्मा भई विशेष पूजा हुने भएको छ । यसै गरी काठमाडौंको फर्पिङ, मच्छेगाउँ, र्कितिपुर, आरुबारी तथा बाग्लुङ्ग गुल्मी म्याग्दी आदि स्थानहरुमा पनि स्थानिय रुपमा बसोबास गर्दै आएका बस्न्यातहरुले कुलपुजा गर्ने कार्यक्रम छ । गोरखामा हुर्दै आएको कुलपुजा सेनापति शिवराम सिंह बस्न्यात ले वि.सं. १८०२ देखि सुरु गराएका थिए भन्ने कुरा ईतिहासमा पाइन्छ ।
(लेखक बस्न्यात पूर्व राजदूत हुनुहुन्छ ।)