Thursday, May 24, 2012

दूरवस्थामा रोपवे April 23rd, 2012

(रामशरण पुडासैनी),  From NewsofNepal.com
आधुनिक प्रविधिको उपयोग गरेर मुलकको मुहार फेर्न सकिन्छ। अत्याधुनिक प्रविधि प्रयोगबाट मुलुकलाई समृद्ध बनाउनु राज्यको दायित्व हो। विकासका लागि अनेकन प्रविधिकै विकास गर्नु टाढाको कुरा हो।

अरुले बनाइदिएको संरचनाको संरक्षण र मर्मतसम्भार पनि गर्न सकेको छैन सरकारले। करोडौं लगानी गरेर अमेरिका र बि्रटिस सरकारले बनाइदिएको हेटौंडा-काठमाडौं रोपवेको एउटा सानो मेसिन मर्मतसम्भार गर्न नसक्दा बन्द मात्र भएन उपकरण र सामग्रीहसमेत बेवारिसे र अलपत्र परेका छन्। हेटौंडाको भैंसेस्थित सबस्टेसनमा बिग्रको तार र ट्रान्सफर्मर मर्मतसम्भारका लागि सरकारले रकम उपलब्ध गराउन नसक्दा २०५६ सालबाट बन्द रेलवे साचालन नै गर्न नसकिने गरी जीर्ण बन्दै छ। अहिले लगभग २९ करोड बराबरको सम्पत्ती कौडीको मूल्य भएको छ। ४ लाख रुपियाँ छुट्याउन नचाहेपछि रोपवे चलाउनै नसकिने गरी जीर्ण अवस्थामा पुगेको हो। ४२ किलोमिटर लामो रोपवेका सात स्टेसनमध्ये पाँच ठाउँमा मात्र सुरक्षागार्ड छन्। रोपवेको हेटौंडा भैसे भीमफेदी गोल्फिङ जुरिखेत नयाँगाउँ र थाक्सिङमा स्टेसन छ भने काठमाडौंको टेकुमा दुई कर्मचारी हालसम्म पनि छन्। भैंसे र जुरिखेतका सुरक्षा गार्डको मृत्यु भएपछि त्यहाँ थप सुरक्षा गार्ड राखिएको छै्रन। भैंसेमा कार्यरत तुलबहादुर लोप्चनको २ वर्षअघि र जुरिखेतका सोनो शेरबहादुर मगरको ५ वर्षअघि मृत्यु भएको थियो। सरकारले रोपवे साचालन नगरे पनि कर्मचारी र सुरक्षागार्डको लागि मात्रै बसे्रनि साढे ६ लाख रुपियाँ खर्च गरिरहेको छ जनाएको छ।

४८ वर्षअघि सन् १९६३ अर्थात् २०१६ सालमा अमेरिकी सहयोगमा निर्मित एसियाकै पुरानो र लामो मानिने हेटौंडा-काठमाडौं रोपवे १२ वर्षदेखि बन्द छ। २०५६ साल वैशाखदेखि बन्द रोपवे सरकारले २०५९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट खारेज गर्यो। रोपवेले दैनिक १० घण्टा चलेर २ सय २० टन सामान ओसारपसार गथ्र्यो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत संचालित रोपवे सेवामा ९ सय जना रोजगार थिए भने ४ घण्टामा हेटौंडाको सामान काठमाडौं पुर्याउने गथ्र्यो। 'सरकारले चाहे पनि रोपवे साचालनमा आउन सक्तैन’ रोपवेका पूर्वप्रबन्धक इन्जिनियर श्यामसुन्दर श्रेष्ठले भने- 'यही अवस्थामा रोपवे प्राविधिक रुपमा चल्न सक्दैन।’ अमेरिकी सहयोगमा २०१६ सालमा निर्माण भएको रोपवे २०५६ साल वैशाखदेखि बन्द भएको हो। भैंसेमा ट्रान्सर्फमर पड्केपछि रोपवे बन्द भएको थियो। तत्कालीन समयमा ४ लाख खर्च गरी बनाएको भए रोपवे संचालन गर्न सकिने एक पूर्वकर्मचारीले बताएका छन। बन्द हुनुमा आर्थिक साथै प्राविधिक कारण पनि रहेको छ। वैकल्पिक मार्ग नखुलेको भएर सरकारलाई मालसामान ढुवानीको विकल्प नहुने र रोपवे साचालन गर्न कर लाग्थ्यो।

लामो समय बन्द भएपछि श्रम तथा यातायात मन्त्रालयले केही समयअघि रोपवेको अवस्था बुझ्न मन्त्रालयका उपसचिव अनिल गुरुङको संयोजकत्वमा समिति गठन गरेर रोपवे मार्ग र उपकरण निरीक्षण गरेको पनि छ। अर्थ मन्त्रालयले रोपवेलाई निजीकरण गरी संचालन गर्ने भन्दै सात वर्षअघि समिति मात्र गठन गरेको थियो। अर्थले २०६१ मै मूल्याङ्कनकर्ता नियुक्त गरी निजीकरणको प्रयास थालेको थियो। रोपवेका सामानको मूल्याङ्कन उतिबेलै करिब २९ करोड गरिएको थियो। २०६२ मा रोपवे साचालन गर्न अर्थले आशयपत्र मागेको थियो भने तीन वटा निजी कम्पनीले प्रस्ताव पेस गरेका थिए तर कुनै निर्णय भने हुन सकेन। अहिलेसम्म टुंगो नलाग्दा पुनः श्रम मन्त्रालयले समिति बनाएर अध्ययन थाल्न लागेको हो। श्रम मन्त्रालयले रोपवेको सम्पत्ति मूल्याङ्कन गरी लिलामीका लागि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समितिसमेत गठन गरिसकेको छ।

कर्मचारीका अनुसार रोपवेले ४ घण्टा १२ मिनेटमा हेटौंडाबाट काठमाडौं समान पुर्याउँथ्यो। रोपवेमा १ सय २० कर्मचारी थिए। रोपवे काठमाडौंबाट हेटौंडा ल्याउँदा प्रतिघण्टा ११ टन सामान बोक्न सक्थ्यो भने हेटौंडाबाट काठमाडौं प्रतिघण्टा २२ टन सामान ल्याउन सक्थ्यो। रोपवेको शुरुको क्षमता २५ टन भए पनि पछि क्षमता घटेर २२ टन थियो। बन्द नहुन्जोल रोपवेले प्रतिकेजी ३४ पैसामा सामान ढुवानी गर्दै आएको थियो।

रोपवे स्थापनाको कथा
राणा प्रधानमन्त्री चन्द्रशमसेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण थालिएको नेपाल रोपवे अहिले इतिहास बन्ने क्रममा छ। अहिलेका पुस्ताले हेटौंडा-काठमाडौं छोटो दूरीको मार्गमाथि देख्ने तारमा झुन्डिएका फलामका डम्बा क्यारियर रोपवेको अस्तित्व बनेर बसिरहेको छ। इतिहास बन्ने क्रममा रहेको रोपवेको तारमा अहिले कतिपयले कपडा सुकाउने गरेका छन् भने कतिपय सामग्रीहरु कवाडीको रुपमा बिक्री भइसकेका छन्। यातायातको कुनै पनि सुविधा नभएको समयमा सामग्री ढुवानीको लागि पहिलो रोपवेको रुपमा स्थापना भयो नेपाल रोपवे।

स्थापनाकालमा मकवानपुरको धोसर्िङदेखि काठमाडौंको मातातीर्थसम्म साजाल रहेको थियो रोपवेको। त्यस समय काठमाडौंको भन्सार टेकुमा रहेका कारण मातातीर्थसम्म रोपवेबाट पुगेका सामग्रीहरु ट्रली निर्माण गरी टेकु पुर्याउने गरिएको थियो। २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावरहाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरियो र २०१६ सालमा फेरि रोपवे हेटौंडा-मातातीर्थ-टेकुसम्म निर्माण गरी २०२० सालबाट साचालन हुन थालेको थियो। अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर निर्माण भएको रोपवेले एक किलो सामग्रीको ५ पैसामा ढुवानी हुने गरेकोमा सामग्री ओसा्रदा प्रतिकिलो एक पैसा मात्र खर्च हुने गरेको पुराना बासिन्दाहरुको भनाइ छ। त्यति बेलाका बासिन्दाहरु रोपवे स्थापनालाई नयाँ युगको शुरुआतको रुपमा लिने गर्दथे र यसको प्रशंसा नगर्ने कमै मानिस भेटिन्थे। तर अहिले तारमा झुन्डिएका डब्बाहरुमा झार उमि्रएका छन् रोपवेका कारण घर नबनेका स्थानहरुमा अहिले धमाधम घर निर्माण हुन थालेका छन्।

पेट्रोलियम पदार्थको उच्च अभाव र बढ्दो महँगीको समयमा कम खर्चमा सामान ढुवानी गर्ने रोपवेको महŒव सान्दर्भिक देखिएको छ। तत्कालीन समयमा हेटौंडा-१ चौकीटोलमा रामजी वैद्यको अधिग्रहण गरेको करिब २ बिघा जग्गा अहिले अतिक्रमणको सिकार पनि बन्दै छ। करिब ४ लाख रुपियाँ खर्चिएर भैंसेस्थित जेनेरेटर मर्मत नगर्दा नेपालको पहिलो रोपवे बन्द भएको थियो। २०५६ सालदेखि बन्द भएको रोपवे सेवा साचालन गर्ने नेपाल यातायात संस्थानलाई अर्थमन्त्री महेश आचार्य र प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०५९ सालको मन्त्रीस्तरीय निर्णयपछि पूर्णरुपमा खारेज गरिएको थियो भने रेलवे कम्पनीलाई यथावत् राखिनु रोपवेका लागि अभिशाप साबित भयो।

यस्तो थियो रोपवे
हेटौंडा-मातातीर्थ-टेकुसम्मको रोपवेको लम्बाइ ४२.२ किलोमिटर रहेको थियो। २०२० सालबाट संचालन शुरु गरेको रोपवेका ८ वटा टर्मिनल र ७ वटा स्टेसनहरु रहेका थिए भने ३ सय ५३ वटा टावर थिए। शुरुमा ३ सय ६० वटा डम्बा क्यारिएर रहेकोमा २०५५ सालसम्म आइपुग्दा १ सय ६० वटा मात्र बाँकी रहेका थिए। रोपवेको एउटा डब्बाले हेटौंडाबाट काठमाडौं जाँदा ५ सय ५० किलो र काठमाडौंबाट हेटौंडा आउँदा २ सय ७५ किलो बोक्ने गरेको थियो। ४ सय ५० हस्रपावरको रोपवेको क्षमता हेटौंडाबाट काठमाडौं जाँदा २२ टन प्रतिघण्टा र काठमाडौंबाट हेटौंडा आउँदा ११ टन प्रतिघण्टा भारवहन क्षमता थियो। तत्कालीन समय रोपवे संचालन हुँदा सामग्री ओसारपसारका लागि तीन दिनसम्म कुर्नुपर्ने अवस्था थियो। यसो हुनुको मुख्य कारण भने रोपवेबाट सामग्री ओसारपसार गर्नु विश्वासिलो मान्थे मानिसहरु। तर २०३३ सालदेखि मर्मत अभावमा पूर्ण क्षमतामा साचालन हुन छोडेको रोपवे सेवाले २०५६ सालदेखि भने विश्राम लिएको थियो।

चरम बेवास्ताको सिकार
अहिले नेपाल आयल निगम अर्बौंको नोक्सानी व्यहोरेर नेपालमा भारतबाट तेल भित्र्याइरहेको छ। यता पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण सवारी भाडा बढिरहेको छ। यस्तो अवस्थामा अन्य सवारीसाधनको तुलनामा निकै सस्तोमा मालसामान ढुवानी गर्ने रोपवे बन्द रहनु दुर्भाग्य बनेको छ।
एक अध्ययनले देखाएअनुसार एउटा रोपवेले प्रतिघण्टा दुई वटा ट्रकको क्षमताबराबरको सामग्री ओसार्ने गर्दथ्यो र यसका लागि ट्रकलाई २ सय ५० लिटर इन्धन आवश्यक पर्दथ्यो। तर यसको विकल्पको रुपमा १२ घण्टा रोपवे साचालन हुँदा ५ हजार लिटर इन्धन बचत हुने अध्ययनले देखाएको छ। यसरी हेर्दा अन्य सवारीसाधनका लागि इन्धन खरिदमा विदेशिने नेपाली रुपियाँ रोपवे संचालनले बचत गर्ने देखिन्छ। तर विद्युत्को अभाव प्राविधिक दक्षताको अभाव व्यवस्थापनको कमजोरीका कारण साचालनको अवस्थामा नै रोपवे बन्द भएको थियो। संचालनको क्रममा रहँदा अधिकांश सरकारले यसको महत्वको बारेमा खूबै वर्णन गर्ने गरे पनि इतिहास बोकको रोपवेबारे अहिले कुनै सरकारले यसबारे वास्ता गरेको छैन। अहिले मानिस बोक्ने एकमात्र रोपवे मनकामना केवलकारको व्यावसायिक सफलताको प्रशंसा भइरहँदा यतातर्फ पनि ध्यान दिनु जरुरी छ।

सामान चोरी हुने क्रम बढ्दो
सरकारी निर्णयका कारण खारेज हुन पुगेको रोपवेको सामान धमाधम चोरी हुन थालेको छ। उचित संरक्षण हुन नसकेको रोपवेको उपकरण र सामानहरु चोरी भइरहेका छन्। २०५६ सालदेखि बन्द रोपवेको सामान हेरचाह गर्ने पर्याप्त कर्मचारी नहुँदा उपकरण चोरी हुने गरेको छ। 'अस्ति भर्खर दुई पटक त सामान चोर्नेलाई समातेर प्रहरीमा बुझाएँ’ 'रोपवे हेटौंडा स्टेसनका सुरक्षा गार्ड बिर्खबहादुर तामाङले भने- 'जताततै चोरी भइरहेको छ एक्लो व्यक्तिले कसरी २४ सै घण्टा सुरक्षा गर्न सकिन्छ र’ रोपवेको ५० प्रतिशत सामान चोरिएरै सकिएको उनको दाबी छ। हेटौंडा स्टेसनमा हाल जीर्ण अवस्थाका दुई ट्याक्टर एक डोजर र एक ट्रक रहेको बताइएको छ। रोपवेका सामान र स्टेसनहरुको संरक्षणमा सरकारले वास्ता नगरेपछि सामान र उपकरण चोरी भएको हो।

हेटौंडामा रहेको २ बिघा ४ कट्ठा जग्गामा पुरानो र संरक्षणविहीन अवस्थामा यत्रतत्र छरिएको कवाडी बनेका उपकरण चोरी गर्नका लागि रातको समयमा चोरको बिगबिगी रहेने तामाङको अनुभव छ। उनले आफूले मात्रै सबै सामानको सुरक्षा गर्न नसकेको बताए। बन्द भएपछि रोपवेको २९ करोड रुपियाँ बराबरको सम्पत्ति उपयोगविहीन मात्र बनेको छैन उठाएर लैजान सकिने जति सामान हराइसकेका छन्। रोपवेको ठाउँमा तार टावर र क्यारियर पनि चोरी भएका छन्। संरक्षण र उचित पहरेदारी गर्न नसक्दा करोडौंको सम्पत्ति दिन-प्रतिदिन चोरिने गरेको छ।

सिमेन्टको रोपवे लिलाम हुने
आठ वर्षदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गर्ने रोपवे लिलाम बिक्री गरी हटाइने भएको छ। प्रयोगविहीन अवस्थामा रहेको र करोडौं खर्च गरेर मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि उद्योगले हटाउने तयारी गरेको हो। मर्मतसम्भारको अभावमा विगत ८ वर्षदेखि रोपवे अलपत्र अवस्थामा रहेको थियो। उद्योगको उत्पादनसँगै २०४३ सालबाट भैसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङ्गा ढुवानी गर्न साचालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द रहेको छ। २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डीनजिकको रोपवे टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो। उद्योगका महाप्रबन्धक रमेश अर्यालले प्रयोगविहीन रोपवे हटाउने तयारी भइरहेको जानकारी गराए। 'काममा नआएको रोपवे किन राखिराख्नु भनेर हटाउने सोचमा छौं तर निर्णय भइसकेको छैन’ उनले भने- 'लगत संकलन भइरहेको छ विवरण खुलेपछि निर्णय हुन्छ।’

२०४३ सालबाट २ दशकसम्म भैंसे खानीबाट चुनढुङ्गा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि साचालन हुन सकेको थिएन। टावर स्टेसन सवस्टेसन भत्कने क्यारियरहरु पनि झर्ने गरेपछि उद्योगले ८ वर्षपछि विकल्प खोज्न लागेको हो। करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको भार थेग्न नसकेपछि रोपवेको विकल्प खोज्नुपरेको महाप्रबन्धक अर्यालले बताए। भैंसेखानीबाट उत्खनन गरिएको चुनढुङ्गा ११ किलोमिटर लामो रोपवेबाट यात्रा तय गरेपछि लामसुरेस्थित कारखानास्थलसम्म ल्याउने गरिन्थ्यो। रोपवे मर्मत गर्न नै समस्या परेपछि उद्योगले अहिले भैंसे ओखरे र जोगिमाराबाट चुनढुङ्गा ट्रक र टिपरले ढुवानी गर्ने गरेको छ। मजुवा खानी भने अहिले बन्द रहेको छ। रोपवे साचालनमा ल्याउन कम्तीमा ३ करोड लाग्ने भएपछि उद्योगले मर्मतसम्भार गर्न नसकेको हो। रोपवेको टावर तार र क्यारियरहरु बिग्रन थालेपछि लिलामको तयारी शुरु गरिएको हो। प्रतिघन्टा ३ सय मेटि्रक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको शुरुमा १ सय ६५ वटा बकेट क्यारिएर रहेकोमा बिग्रएर झर्दै गएपछि १ सय ४० जति बाँकी रहेको उद्योगको खानी महाशाखाका प्रबन्धक मुरलीधर झाले बताए।

नामटारमा पनि रोपवे चल्ने
करोडौं रुपियाँको लगानीमा निर्माण भएका बन्द रोपवे साचालन गर्न नसकिएको अवस्थामा मकवानपुरमा फेरि अर्को रोपवे संचालनको तयारी भैरहेको छ। मकवानपुरको नामटार गाविसमा उत्पादन हुने तरकारी फलफुललाई सहजरुपमा राजमार्गसम्म ल्याउनका लागि ग्रुबिटी रोपवे गुरुत्वाकर्षणबाट आफैं साचालन हुने निर्माण गर्न लागिएको जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी युवराज सुवेदीले बताए। स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले नामटार गाविस-५ बाट नामटार बजारसम्म रोपवे निर्माण गर्न लागेको हो। रोपवे निर्माणको जिम्मा झोलुङ्गे पुल महाशाखाले लिएको जिविसले जनाएको छ। रोपवे १३ सय मिटर लामो हुने जनाइको छ। रोपवे निर्माणका लागि २४ लाख रुपियाँ लाग्ने अनुमान गरिएको स्थानीय विकास अधिकारी सुवेदीले जानकारी दिए। किसानले बोकेर ल्याउन दुई घण्टा लाग्ने स्थानमा केही समयमा रोपवेले सहजरुपमा ल्याउने भएकाले स्थापना गर्न लागिएको उल्लेख छ।

गरुत्वाकर्षण शक्तिबाट संचालन गर्न लागिएको रोपवेले माथिबाट आउँदा ९० केजी र फर्कंदा त्यसको आधा मात्र सामान लैजान सक्ने जिविसका प्रमुख जिल्ला इन्जिनियर साजीव श्रेष्ठले बताए। दुई वटा डब्बा रहने रोपवे साचालनका लागि इन्धन र विद्युत्को आवश्यकता पर्दैन। 'ग्रुविटी रोपवे’ गोर्खा र धादिङको ग्रामीण भेगमा साचालनमा रहेको छ।

कर्मचारीको अनुभवमा रोपवे
निर्माण शुरु भएको ४ वर्षपछि सेवा शुरु गरेको हेटौंडा-काठमाडौं रोपवेमा धेरैले काम गरे। लगभग ३७ वर्षसम्म साचालन भएको रोपवेमा ४ सय कर्मचारीले काम गरे। रोपवे बन्द भएपछि ती कर्मचारी आ-आफ्नै बाटो लागिसके। तर रोपवेमा लामो समय काम गरेका चन्द्रनारायण श्रेष्ठ पछिल्लो समयमा सरकारको लापरबाहीका कारण रोपवे बन्द हुन पुगेको बताउँछन्। मकवानपुरसहित तराई र भारतबाट निकासी हुने सामान ढुवानीको एकमात्र सहज माध्यम रोपवे थियो। रोपवे राम्रैसँग साचालन भैरहेको थियो। काठमाडौंको मातातीर्थ र भैंसे स्टेसनमा रहेको मोटर मर्मतमा चासो निदंदा बन्द हुन पुगेको श्रेष्ठको बुझाइ छ। सामान्य कर्मचारी स्टोरकिपरदेखि वरिष्ठ सहायक पदमा रहेर काम गरेका श्रेष्ठको बुझाइमा सरकारले सामान्य बिग्रिएका मोटर मर्मत नगर्दा बन्द हुन गएको भन्ने छ। वि।सं। २०२१ बाट रोपवेमा जागिर खाएका श्रेष्ठले २०४९ सालमा अवकाश पाएका थिए। रोपवे साचालन गर्दाका जीएम धनराज शर्मा र बन्द हुँदा आनन्ददेव श्रेष्ठ रहेका थिए।

अवकाश भएर पनि बन्द रोपवेको हेटौंडाको स्टेसन कुर्ने जिम्मा पाएका बिर्खबहादुर तामाङको कुरा पनि श्रेष्ठको जस्तै छ। वि.सं. २०३४ मा रोपवेको जागिर शुरु गरेका तामाङ २०५८ मा अवकाश भएका हुन्। उनी अहिले पनि खण्डहर रोपवेको एउटा घरमा बसेर सामान कुरिरहेका छन्। तर रोपवेको सामान दैनिक रुपमा चोरी भएर सकिने अवस्थामा पुगिसक्यो। 'एक जना त्यसमाथि बूढो मान्छेले कसरी यत्रो सामानको सुरक्षा गर्ने’ -तामाङले प्रश्न गरे। सरकारले रोपवेको बेवास्ता गर्दा बन्द हुन पुगेको हो। बिग्रिएका जेनेरेटर मर्मत नगर्दा बन्द हुन पुगेको तामाङले बताए। बन्द भएको रोपवेको सामानको कुनै तथ्याङ्क छैन। बन्द हुँदाको समयमा तथ्याङ्क संकलन गरेर श्रम मन्त्रालयमा लगेको र हेटौंडामा केही नरहेको उनले बताए। रोपवेमा राति मदिरा र लागूऔषध सेवन गरेका युवाहरु आएर दुःख दिने गरेको तामाङले बताए।

रोपवेको २ बिघा ४ कट्ठा जग्गा रहेको छ। रोपवे साचालन नहुने भएपछि सरकारले जग्गामा अन्य सरकारी कार्यालयलाई भवन निर्माणका लागि अनुमति दिएको छ। श्रम कार्यालय मकवानपुर र यातायात व्यवस्था कार्यालय हेटौंडालाई भवन निर्माण गर्न जग्गा दिइसकिएको तामाङले बताए। एक जनाले मात्र कुर्न समस्या छ। तलब लिन श्रम मन्त्रालय जानुपर्छ। सात वटामध्ये ४ वटा स्टेसनमा कुर्ने कर्मचारीसमेत छैनन् जसले गर्दा स्टेसनमा भएका सामान सबै चोरी भैसकेका छन्।

Weiredest Beauty Therapy

  Leech Therapy
Leech Therapy as a beauty treatment is available only at a few specialized beauty clinics across the world. The process involves attaching leeches to the bare skin for about two hours so that they can release enzymes into your bloodstream, improving your circulation and leaving you completely bitten.  Leech therapy has been used a medicinal cure for centuries but only recently has made its foray into beauty treatment.
 
8-leech 
Snail Secretion Skin Cream
Snail Serum is used in a number of different beauty products as its powerful biological properties are said to help relieve skin conditions such as acne, as well as reducing wrinkles and improving dull complexions.  It is an organic natural ingredient which is taken pure from live snails (without harming them), mostly in laboratories in Chile. 
 
6-snail
Pigs Trotters Collagen Cuisine
This one is neither for the vegetarians nor the squeamish out there.  This unconventional anti-aging trend started in Japan but it quickly spread to New York. It involves the physical consumption of collagen-rich pig’s feet to get rid of wrinkles and ensure smooth, youthful skin. "Collagen helps your body retain moisture," explains Himi Okajima, the owner of a chain of restaurants specializing in collagen cuisine in Japan. "Your hair and skin will look better, but it's not just for looking beautiful now. If you begin eating collagen in your thirties, you will look younger in your forties."
 
5-pigs

Bull Semen Hair Conditioner
This may sound like something out of a nightmare but it’s a reality in Knightsbridge, London. Hari’s hairdresser’s offers their clients organically produced bull semen with the root of protein-rich plant katera to massage into their hair as part of a deluxe blow-dry.  The owner Hari Salem states that “the semen is refrigerated before use and doesn’t smell”. Well, that’ll make you feel better, if the smell was your biggest problem about this entire procedure.
 
4-bull

Placenta Face Cream
This peculiar face cream is made from sheep placenta protein extract, also known as living cell therapy. According to the manufacturers of this treatment, “the placenta is known to improve metabolic processes, accelerate tissue regeneration, and stimulate immunity.” Madonna and Eva Longoria are rumored to be fans.
 
2-placenta

Bee Venom Mask
Despite its slightly scary name, the bee venom mask has been advertized as the natural and organic alternative to Botox. The product, released by Heaven by Deborah Mitchell is a face mask that contains a bee venom ingredient that promises to immediately lift, tighten and firm facial muscles. It has won an £100 million contract in China and is endorsed by Camilla, the Duchess of Cornwall.
 
1-bee venom


Thursday, February 9, 2012

ब्राह्मणवाद, अन्य समूह र जातीय प्रदेश - कुमार रेग्मी

काठमाडौ, माघ २१ -
नेकपा माओवादीले देश र जनताका नाममा भनी २०५२ सालबाट सुरु गरेको हिंसात्मक अभियान भित्रबाट जन्माइएका अग्रगामी छलाङ मारिएका र मार्ने आकर्षक नाराहरूले आफ्नो असली स्वरूप देखाउने प्रक्रिया जारी छ । त्यसैलाई सहयोग पुग्ने गरी माघ १७ गते समग्र नेपाल र नेपालीको हितभन्दा अहित हुने केही सीमित स्वार्थी व्यक्ति र विदेशी हित केन्दि्रत भएर राज्य पुनसर्ंरचना सुझाव आयोगका बहुमत सदस्यबाट जातीय प्रदेशको प्रतिवेदन बाहिर आएको छ । यी प्रयास नेपालीको राष्ट्रिय एकता र भौगोलिक अखण्डताविरुद्ध लक्षित छन् । 

समस्याको सुरुवात

विश्वको सबैभन्दा पुरानो तर उत्कृष्ट, विकसित र नेपालीसँगै विश्वका धेरै भाषाहरूको जननी संस्कृत भाषाविरुद्धको अभियानसँगै हिन्दु पुजारी र मठमन्दिरमाथिको आक्रमण माओवादी हिंसात्मक अभियानको प्रमुख एजेन्डा रह्यो । यसरी तयार पारेको मैदानमा नेपालको सबै भेदभाव र पछौटेपनका कारण संस्कृत पढ्ने ब्राह्मणवादी सोच र शैली रहेको प्रचार गर्दै नेपाल र नेपालीको स्वतन्त्रता, यसको निर्माण र यसका हरेक क्षेत्रको विकास र प्रगतिमा अग्रणी भूमिका खेलेको एउटा ठूलो जातिविरुद्ध घृणाको पृष्ठभूमि माओवादीले नै तयार पार्‍यो । द्वन्द्वकालमा आर्थिक र बाह्य सहयोग जुटाउन माओवादीले चालेका यी कदमले कुन विदेशी धर्म र शक्तिलाई कस्तो राष्ट्रिय मूल्य चुकाएर सशक्त ढंगले नेपालमा खुट्टा गाड्ने अवसर दियो भन्नेबारेको अनभिज्ञता नेपाली राजनीतिमा अब अस्वीकार्य भइसकेको छ ।  

विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधान बन्दासम्म बिस्तारै त्यो झाँगिँदै क्षत्री, ठकुरी र दसनामी समेतलाई नामविहीन अन्य समूहमा पुर्‍याइँदै पाँच वर्ष अघिसम्म कल्पना नगरिएको जातीय राज्यको घातक बहसलाई खुलमखुला आजको नेपाली राजनीतिको एउटा केन्द्रीय प्रश्न बनाउन उनीहरू सफल भए । दुर्भाग्य नै मान्नुपर्छ, यो प्रश्नलाई आँखा, कान र बुद्धि बन्द गरी अग्रगमन र प्रगतिको सूचक मान्नुपर्ने अवस्थाको सिर्जना गराइँदै छ । आफ्नै खुट्टामा बन्चरो हान्दै दलहरूका बाहुन, क्षत्री नेतृत्वबाटै आफूलाई 'अन्य' मा झार्ने महान् कामको इतिहासले पक्कै मूल्यांकन

गर्नेछ । यसरी जातीय राज्यमा तोकिएका जातिसमेतको बहुसंख्यक सर्वसाधारण नेपालीको भावनाबाट धेरै टाढा रहेको प्रायोजित झुण्डको हातमा नेपालको भविष्य पुगेको छ । ब्राह्मणले यो कुरा बुझेको छ भनेर प्रत्येक तथाकथित अग्रगामी, जातिवादी र साम्प्रदायिक अगुवाका मुखमा जातीय राज्यको विरोध गर्नासाथ ब्राह्मणवादी सोच भन्ने शब्द झुन्डिन पुगेको छ ।

नेपालमा घृणाको खेती

दोस्रो विश्वयुद्धताका युरोपमा मूलतः हिटलरको नाजी जर्मनले त्यसबेला सबै क्षेत्रमा क्षमताका आधारमा प्रतिस्पर्धा गरी उन्नति प्रगति गरिरहेको यहुदी जातिलाई बाह्य जाति भन्दै आफ्नो अवनति, अधोगति, भेदभाव र कमजोरीको प्रमुख कारण भएको व्यापक प्रचार गर्‍यो । यहुदीहरू अत्यन्तै मेहेनती र पढाइलेखाइमा अगाडि भएका कारण खोज, अन्वेषण, साहित्य, जागिर, व्यापार सबै क्षेत्रमा अगाडि थिए । यहुदीविरुद्धको घृणालाई यति धेरै उचालियो कि उनीहरूको जातीय सफाया गरेपछि मात्र आफ्नो उन्नति र प्रगति सम्भव हुनेछ भन्ने नाजी मान्यता राष्ट्रिय मान्यतामा परिणत हुन गएका कारण अत्यन्त क्रूर र अमानवीय ढंगले साठी लाखभन्दा बढी बालक र वृद्धसहितका यहुदी युरोपमा मारिए ।

त्यो रूपमा समाप्त गर्ने हिम्मत र साहस नभए पनि कतै नेपालका मूलतः ब्राह्मण र त्यससँगै जोडिएका अन्य समूहका क्षत्री दसनामी जातिहरूलाई यहुदीविरुद्ध गरिएको झूटो प्रचारसरह नेपाल र नेपालीको पछौटेपनको मूल कारण बनाउने कुचेष्टा नेपालका उग्र जातिवादी अगुवाहरूले त गरिरहेका छैनन् भन्ने आशंका फैलिने प्रशस्त आधार र प्रमाण उनीहरूको बोली, लेखाइ, क्रियाकलाप र उनीहरूले चलाएको इन्टरनेट, इमेल आदिबाट स्पष्ट भइरहेको छ ।

ब्राह्मणले सधैं आफूलाई नेपाली मात्र भनेर चिनाए र जीवनपर्यन्त चिनाउन चाहे । अरू कुनै विशेषण पटक्कै चाहिएको छैन । म जस्तालाई नेपालीभित्रको म ब्राह्मण हुँ भन्ने सम्झन बाध्य पारिएला भन्ने कल्पना ३/४ वर्ष अघिसम्म पनि थिएन । आफूले कल्पनासमेत नगरेका कारण ब्राह्मणवाद भन्ने छ वा हुन्छ भन्ने विषयतर्फ ध्यान गएन । आज पनि मेरा लागि ब्राह्मणवाद भन्ने छैन । संसारकै मजदुर एक हौं भन्ने विश्व भाइचारा र बन्धुत्वको वर्गीय र ठूलठूला परिवर्तन र अग्रगमनका चर्का कुरा गर्ने माओवादी कम्युनिस्टले ती सबैलाई भाषण र राता किताबमा सीमित पारेर स्वार्थ र शक्तिका लागि जातीय कुरा गरेर उभारेको जमिनमा म नेपाली ब्राह्मण हुँ र केलाई ब्राह्मणवाद भनिँदोरहेछ भनेर सोच्न भने म आज बाध्य भएको छु ।

हामीलाई अरू सबै कुरा छाडेर सानैदेखि पढ्न लगाइयो । दुःखकष्ट गरेर भए पनि जति बढी पढ्यो, ज्ञानार्जन गर्‍यो त्यति नै बढी सक्षम र सफल होइन्छ भन्ने मूल मन्त्रले हाम्रा कान र मष्तिस्क भरिए । विद्या नै धन, सम्पत्ति र यशको साँचो हो । विद्या खोसेर प्राप्त हुन्न, यो आफैंले आर्जन गर्नुपर्छ । हामीलाई यही सिकाइयो, हामीले त्यही गर्‍यौं । आजका अधिकांश सफल ब्राह्मणले त्यही गरेका छन् । के यसो गर्नु अपराध हो ? त्यो हो भने आज कुन जातिको मानिस विद्याआर्जनको प्रतिस्पर्धामा छैन ? कठोर मेहेनत गरेर पढ्ने विद्या आर्जन गर्ने कुनै पनि जातिको मानिस पछि परेको छैन र पछि पर्नै सक्दैन । यो विश्वव्यापी रूपमा सदियौंदेखि सदियौंसम्म लागू भइरहने शाश्वत सिद्धान्त हो । यसरी विद्या नै ब्राह्मणवाद हो भने नेपालमा पढेलेखेका सबै ब्राह्मण हुन् र यसमा सबैले गर्व गर्नुपर्छ किनकि विद्या आर्जन गर्न नचाहने आज कोही छैन । जे गरेर ब्राह्मण अघि बढ्यो आफूले त्यही गर्दै ब्राह्मणलाई गाली गर्न मिल्छ ? यो प्रश्नको जवाफ ब्राह्मणवाद र खस अहंकारवाद भन्ने तथाकथित विद्वान्प्रति लक्षित छ ?

जति मानिसले विद्याआर्जन गरेर शिक्षित बन्दै जान्छ उति उसमा सफा खाने, सफा ठाउँमा बस्ने, घरभित्र र बाहिर स्वतन्त्रता, स्वच्छता, आत्मसम्मान र मर्यादाको अझ बढी खोजी गर्ने चाहना बढ्दै जान्छ । ब्राह्मणलाई फेरि विद्या आर्जनले मात्र पुगेन, त्यो विद्या आर्जन गर्ने यो शरीर हो कि ? मन हो कि ? अझ त्यसभित्रको चेतना हो भन्ने खोजी गर्ने लालसा बढेर आयो । ऊ भौतिक शरीरमा मात्र सीमित रहेन । ऊ यो जीवनमा मात्र सीमित रहेन । जन्मनअघि म को थिएँ ? र मरेपछि म कहाँ जान्छु भन्ने परमज्ञानको खोजी पनि ब्राह्मणले गर्‍यो । आजको विश्वको नवीनतम वैज्ञानिक खोजी पदार्थबाट चेतनातर्फ मोडिइसकेको छ ।

पदार्थ वा भौतिक तत्त्व श्ााश्वत होइन, चेतना शाश्वत हो र त्यसको सदाबहार भइरहने साक्षात्कार नै मानिसको लक्ष्य हो भन्ने हजारौं वर्ष पहिले पूर्वीय ऋषिमुनीहरूले भेटेर देखेर उपनिषद्मा बताइसकेको विषय नै वास्वतमा शाश्वत रहेछ भन्ने नजिक पश्चिमा वैज्ञानिक पुगिरहेका बेला त्यो ज्ञानको भण्डार भएको संस्कृत भाषा र त्यसैको ज्ञान र खोजी गर्ने ब्राह्मणलाई पछौटेपनको आरोप लगाउनेहरू कति रुग्ण मानसिकताका हुन्, स्वतः अनुमान गर्न सकिन्छ ।

नेपाली परिवेशमा चर्चा

मानव मस्तिष्कले भेट्न सक्ने धेरै उचाइको चर्चा नगरी सतहका हामी आफैंले देखेभोगेको कुरा गर्ने हो भने पनि नेपालका ब्राह्मणले आफूले पाएको ज्ञान र स्वतन्त्रताको अभीष्ट आफैंमा मात्र सीमित नराखी अरूका लागि समेत विस्तारित गरेका छन् । नेपालमा राजनीतिले अन्य सबै विषयलाई थिचेका कारण यसै प्रश्नको वरिपरि रहेर चर्चा गर्दा समेत सम्पूर्ण नेपालीको स्वतन्त्रताका लागि भएका विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने धेरै संख्यासहित अग्रस्थान ब्राह्मण जाति रहेको छ । नेपालमा छुवाछुत र जातीय भेदभावविरुद्धका सामाजिक अभियानमा ब्राह्मणले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

राणाशासनको अभ्युदय भएपछि आजसम्मका नेपालका सबै परिवर्तनको नेतृत्व ब्राह्मणले लिएको भए पनि त्यो जातीय अहंकार उसले देखाएको छैन र सबैलाई समेटेर लाने काम गरेको छ । यसको प्रत्यक्ष प्रमाण राणाशासनविरुद्धका प्रजापरिषद्, नेपाली राष्ट्रिय कांग्रेस, नेपाली प्रजातन्त्र कांग्रेस हुँदै नेपाली कांग्रेसको गठन र भूमिकाबाट समेत प्रस्ट हुन्छ । २००३ साल माघ १३ गते बिपी कोइरालाको नेतृत्वमा गठित नेपाली राष्ट्रिय कांग्रेसको १० सदस्यीय केन्द्रीय कार्य समितिमा देवव्रत परियार, डि.आर. प्रधान, ल्हाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरीसहित बाँकी छ जना ब्राह्मण रहेबाट आजका अग्रगमनकारी हुँ भन्नेलाई लाज लाग्ने परिवर्तन र समावेशीको प्रयोग त्यसैबखत भइसकेको प्रस्ट हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको स्थापना र नेतृत्वसमेतमा ब्राह्मण जातिको महत्त्वपूर्ण र निणर्ायक भूमिका रहेको छ । 

पृथ्वीनारायण शाहले नेपाल स्थापना गर्दाको इतिहास पढ्दा ब्राह्मणको जुक्तिबुद्धि र क्षत्री, ठकुरीको बाहुबल र तरबारले यो राष्ट्र खडा भएकामा दुई मत मान्ने ठाउँ छैन । यो भूभागमा को पुरानो, को नयाँ भन्ने आधारमा आदिवासी जनजातिको विभाजित बहस चलाउन चाहने जातिभित्र अल्पमतमा रहेका अगुवा हुँ भन्नेहरूले बुझ्न जरुरी छ, म रेग्मीको नेपालमा २७ पुस्ताको ठाउँठहर सबै खुलेको प्रमाणित इतिहास हामीसँग

छ । यसरी ब्राह्मण जातिको यो भूखण्डमा उपस्थिति धेरै पुरानो छ । ब्राह्मण भेटिएपछि उससँग अनुहार, भाषा, संस्कृति र धार्मिक अनुष्ठान एउटै भएका क्षत्री, ठकुरी, दसनामी र पहाडे दलित उससँगै वा अघिदेखि यहाँ रहेको स्पष्ट छ ।

वैदिक युगभन्दा अघिको हजारौं वर्ष पुरानो असभ्य र कबिला जातीय राज्यमा नेपाललाई फर्काउने प्रस्तावलाई अग्रगमन होइन, केही मुट्ठीभर व्यक्तिहरूले एक्काइसौं शताब्दीमा सम्पूर्ण नेपालीलाई विश्व समुदाय अगाडि अपमानित गर्न खोजेको धृष्टता मानिनुपर्छ । यो प्रस्ताव सदियौंदेखि मानव सभ्यता, जातीय सद्भाव, बन्धुत्व र एकता बोकेको यो भूखण्डलाई दीर्घकालीन हिंसा र गृहयुद्धमा फसाई नेपाललाई नयाँ युगोस्लाभिया, रुवान्डा र नाइजेरिया बनाउँदै यसको पहिचान र शान्तिपूर्ण अस्तित्व नामेट पार्ने सुनियोजित षड्यन्त्रको परिणाम हो भन्नैपर्ने अवस्था सिर्जना गराइएको छ ।

अन्यथा १०२ भन्दा बढी जातजाति भएको देशमा केही जातिका नाममा प्रदेशको स्थापनासँगै जातीय अग्राधिकारको प्रस्ताव नेपालीको बीचमा फुट, झगडा र भेदभाव सिर्जना गर्ने मात्र नभई संसारभरिकै मानिस स्वतन्त्र र समान छन् भन्ने विश्वव्यापी रूपमा स्थापित मानवअधिकार र मौलिक हकको सिद्धान्तविपरीतको प्रस्ताव ल्याउने हिम्मत बुद्धिजीवीको दाबी गर्नेबाट सम्भव हुने विषय होइन । हिंसात्मक अभियानका दौरान समर्थन जुटाउन माओवादीले जातीय राज्यको बेहोसी प्रतिबद्धता जनाउनाले सिर्जना गरेको राष्ट्रघातक अवस्थामा विज्ञहरूको स्वतन्त्र आयोगले परिवर्तन ल्याउनुपर्नेमा त्योभन्दा अझ घातक प्रतिवेदन आएकाले उनीहरू बुद्धि, विवेक, तथ्यांक, आफूले पढेको ज्ञान र राष्ट्रिय भावनाले भन्दा व्यक्तिगत स्वार्थ, कुण्ठा, घृणा, ईष्र्या र आफूले आर्थिक र व्यक्तिगत लाभ लिइरहेका संस्थाहरूको चाहनाबाट निर्देशित भएको स्पष्ट हुन्छ ।


प्रकाशित मिति: २०६८ माघ २२ ०९:२१ sabhar kantipur dainik

दलालको चंगुलमा बिदेसिएका चेली

2068 माघ २१ - विन्दा पाण्डे
'हाम्रो देशका उद्यमी र नागरिकले दिएको दुःख र गरेको शोषणविरुद्धमा हामी सहयोग गर्न सक्छौं । तर, यहाँ कार्यरत धेरै प्रवासी श्रमिकहरू उनीहरूको आफ्नै देशका नागरिकबाट शोषणमा पर्ने मात्र होइन, कतिपयले त श्रमिकको व्यापार नै गरिरहेका छन् । त्यसका बारेमा सन्बन्धित देशको युनियन र सरकारले पनि पहल गर्नु आवश्यक छ ।'

हालै कुवेतमा आयोजित जिफन्ट र कुवेत टे्रड युनियन फेडेरेसन -केटियुएफ) तथा जनरल फेडेरेसन अफ बहराइन टे्रड युनियन -जिएफबिटियू) बीचको समझदारीपत्रमा हस्ताक्षर समारोहमा कुवेतीे युनियनका नेताको यो भनाइबाट म नराम्रोसँग झस्किएँ । हामीले सुनेका थियौं, विदेश जाने क्रममा दलालका कारण श्रमिकहरू ठगिने गरेका छन् । तर, कुरा त्यति मात्र होइन रहेछ । सम्बन्धित देशमा पुगिसकेपछि पनि ठगिने र शोसिने क्रम जारी रहेछ । यस सन्दर्भमा थप जानकारी प्राप्त गर्नु हाम्रा लागि आवश्यक मात्र होइन, चुनौतीपूर्ण दायित्वसमेत अनुभूत भयो । 

त्यसै दिन अपराह्नमा नेपाली दूतावासमा भेटघाट थियो । कुवेतमा क्रियाशील विभिन्न संगठनका प्रतिनिधिसहितको सहभागितामा भएको भेटघाटमा प्रवासी श्रमिकले भोगिरहेका श्रमिकको अवस्थाका बारेमा कुराकानी गर्ने सन्दर्भमा दूतावासका कर्मचारीले एक थाक नक्कली पासपोर्ट देखाउँदै भने, 'अधिकांशको पासपोर्टमा फोटो साटिएको र नाम मिलाइएको मात्र होइन, नेपाली पासपोर्टमा तिब्बती, भुटानी, भारतीय र बंगलादेशी नागरिक पनि प्रशस्त आएका छन् ।' दूतावासबाट विगत दुई वर्षदेखि यो समस्याका बारेमा निरन्तर नेपाल सरकारमा रिपोर्टिङ गर्दै आए पनि समस्या समाधानमा 'क्यापिटल' बाट प्रभावकारी कदम नचालिएकाले समस्याको क्रम यथावत रहेको ती कर्मचारीको गुनासो थियो ।

विगत दुई वर्षको अवधिमा नक्कली पासपोर्टमा आएका, कामबाट निकालिएका, कामको तोकिएको ठाउँबाट भागेका र भगाइएका कारण समस्यामा परेका १२ सय ४५ जना महिला श्रमिकलाई दूतावासले देश फर्काउने काम गरिसकेको छ र अहिले पनि यस्तै समस्यामा परेका थुप्रै नेपाली महिला दूतावासले व्यवस्था गरेको अस्थ्ाायी 'सेल्टर' मा छन् । आम रूपमा बाहिरका कसैका लागि पनि खुला नभएको उक्त सेल्टरमा रहेका महिलालाई भेट्ने व्यवस्था दूतावासले मिलाइदियो । कारागारजस्तै लाग्ने त्यो चारतले घरमा रहेका १ सय ८१ जना नेपाली महिला नेपाल जाने अनुमतिको पर्खाइमा छन् । उनीहरूको अनुभव र अनुभूति झनै हृदयविदारक थियो, जसलाई एकैपटक यहाँ समेट्न सम्भव छैन ।

कुवेतको कानुनमा घरेलु श्रमिकका रूपमा भिसा नं २० अन्तर्गत काम गर्न जाने महिला श्रमिकको भिसा, हवाई टिकट, एजेन्ट शुल्कलगायतको सबै रकम रोजगारदाताले नै दिन्छ । श्रमिकले एक पैसा पनि खर्चिनर्ु नपर्ने रहेछ । तर त्यहाँ पुग्ने प्रायः सबै श्रमिकले दस हजारदेखि डेढ लाख रुपैयाँसम्म दलाललाई बुझाएका थिए । प्रायः अधिकांश महिलालाई भारतको बाटोबाट लगिने र बिमासमेत नगरिएका कारण मृत्यु हुँदा, बिरामी हुँदा वा अन्य कुनै पनि समस्या पर्दा पीडितले कानुनअनुसार पाउने सात लाखसम्म -बढीमा) को क्षतिपूर्तिबाट उनीहरू वञ्चित हुने रहेछन् । त्यहाँ पुगेका अधिकांश श्रमिकले विदेश जानुपूर्व लिनुपर्ने पूर्वप्रस्थान तालिमको नामै नसुनेका, नक्कली कन्ट्रयाक्ट पेपरमा हस्ताक्षर गराइएका कारण त्यहाँ पुगेपछि थप समस्यामा भोग्दै छन् ।

फरक भाषा र संस्कार संस्कृति भएको परिवारमा काम गर्नुपर्ने, भनिएको तलब नपाउने, घरेलु हिंसामा पर्ने, बाहिर कतै निस्कनै नपाउँदा आत्तिनु र परिवारबाट पनि टाढा हुँदा निराशा हुनेजस्ता समस्या स्वाभाविक हो । यस्तो अवस्थामा कोही कसैसँग आफ्ना कुरा पोख्न नपाउँदा धेरै श्रमिक काम गर्ने ठाउँबाट भाग्दा रहेछन् । यस्ता समस्या परेका श्रमिक दूतावासको सम्पर्कमा आएमा सेल्टरमा राख्ने र रोजगारदातासँग सम्पर्क गरी स्वदेश फर्काइँदो रहेछ ।

विडम्बना नै भन्नुपर्छ यस्ता समस्यामा परेका नेपाली महिलाहरू विदेशी भूमिमा पनि दलालकै जालमा पर्ने र उनीहरूबाटै ठगिने, ढाँटिने र बेचिने अवस्था प्रशस्त रहेछ । समस्यामा परेर काम छाडेर निस्किएका मात्र होइन, कतिपय त काममा रहेका महिलालाई समेत 'सहयोग गर्ने' र 'राम्रो' काम खोजिदिने बहानामा कामबाट भगाउने र अर्को घरवालालाई बेचिदिने गैरकानुनी काम गर्दा रहेछन् । यस्ता महिलामध्ये कतिपयलाई सिधै 'रेडलाइट एरिया' मा लगेर बेचिदिनेजस्ता आपराधिक काममा समेत नेपालीहरूकै संलग्नता रहेछ । विदेशमा कार्यरत कतिपय महिला बच्चा वा गर्भसहित नेपाल फर्किएको घटना सुन्दा लाग्थ्यो 'ती महिला घरमूली पुरुषको यौनशोषणमा परेर यो समस्यामा परेका होलान् ।' तर विडम्बना, यो समस्या त कामबाट भगाइएका महिलासँग विवाहको नाटक रच्दै यौनशोषण गर्ने र आफ्नो स्वार्थ पूरा भएपछि अलपत्र छाडेर बेपत्ता हुने नेपाली पुरुषकै कारणले समेत हुँदो रहेछ । सोच्न पनि नसकिने वास्तविकता विदेशी भूमिमा नेपालीबाट नेपालीले भोग्नुपर्ने यस्तो दुर्दशाको दोष कसलाई दिने ?

त्यसपछि हामीले डिमान्ड स्वीकृतिका बारेमा चासो

राख्यौं । कम्पनीमा काम गर्नका लागि १८ नं को भिसाको डिमान्ड लिएर २० नं को भिसामा घरेलु श्रमिकका रूपमा कामदार पठाएको रेकर्ड पनि प्रशस्त रहेछ । जसका बारेमा दूतावासले नेपाल सरकारलाई पटकपटक जानकारी

गराउनुका साथै कारबाहीको सिफारिस गरे पनि कारबाहीको प्रक्रियासमेत अगाडि नबढेकाले आफ्नो काम प्रभावकारी हुन नसकेकामा दूतावास समेत निराश छ ।  दूतावासको भनाइ थियो 'कम्तीमा पनि यस्तो गल्ती गर्ने कम्पनीलाई फेरि डिमान्ड लिन नपाउने व्यवस्थाका साथै अन्य कारबाही चलाउने हो भने यस किसिमको ठगीमा कमी आउनुका साथै एक्काइसौं शताब्दीमा पनि नेपाली श्रमिकहरू दास सरह बेचिनुपर्ने अवस्थावाट जोगिने थिए ।' 

त्यहाँका जानकारहरूको भनाइअनुसार कुवेत मात्र होइन, गल्फ क्षेत्रमा नेपालीहरू सबैभन्दा बढी नेपालीबाटै ठगिनेे, लुटिने र ढाँटिने अवस्था विद्यमान छ । नेपालीले नेपालीमाथि गर्ने यस किसिमको शोषण र दुष्कार्यको अन्त्य गर्न सक्ने हो भने नेपाली प्रवासी श्रमिकले भोगिरहेको झन्डै ९० प्रतिशत समस्या समाधान हुन सक्छ । 

आफ्नै देशका नागरिकले यस्तो जीवन जिउन परेको सुन्दा कुन स्वाभिमानी नेपालीको शिर झुक्दैन होला । तर, अप्ठेरो मानेर वा शिर झुकाएर मात्र समस्याको समाधान हुँदैन । यसका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नु जरुरी छ । यस सन्दर्भमा आफ्नो पेसालाई मर्यादित बनाउने हो भने सबैभन्दा बढी दायित्व वैदेशिक रोजगारीसँग सम्बन्धित कम्पनी र व्यक्तिहरूले समस्या अनुभूत गरी यस्ता विकृतिमा संलग्न कुनै पनि दोषीमाथि कडा कारबाहीका लागि तयार हुनुपर्छ । त्यसका लागि कानुनी व्यवस्था अपर्याप्त छ भने यसमा संशोधन गरी कार्यान्वयन गर्ने काममा एजेन्सी सञ्चालकहरूको समेत पहल जरुरी छ ।

त्यसै गरी देश रेमिट्यान्समा चलिरहेको छ भनेर नथाक्ने सरकारले आफ्ना नागरिकलाई गैरकानुनी रूपमा विदेश पठाउने र त्यही पनि विविध तरिकाले शोषण गर्ने मात्र होइन, आपराधिक गतिविधिमा समेत संलग्न नेपाली दलाललाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । यसका लागि आवश्यक कानुन बनाउनुका साथै पीडित पक्ष र कूटनीतिक नियोगबाट आएका सूचना र जानकारीका आधारमा कदम चाल्नु आवश्यक छ । मुलुकबाहिर रहेका नेपालीका बीचमा विभिन्न राजनीतिक विचार, भूगोल र जातजातिका नाममा संगठन बनाउने प्रतिस्पर्धा नै चलेको छ । ती सबै राजनीतिक दल र समुदायसँग सम्बन्धित संघसंस्थाको पहिलो उद्देश्य नेपालीबाट नेपाली ठगिनबाट जोगाउने र ठगिएको घटना थाहा भएमा त्यस्ता दोषी आफ्नै दल वा समुदायको रहेछ भने पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित पहल हुन जरुरी छ ।

अन्ततः नेपाली श्रमिकको अवस्थाको जानकारी लिने प्रयत्नस्वरूप भएका भेटघाट र अन्तरक्रियाहरूमा जे देखियो र जे सुनियो त्यस अवस्थामा सुधारको थालनी नगर्ने हो भने नेपाली भनेर ठाडो शिर गर्ने दिन समाप्त हुनेछ । एउटा नेपालीबाट अर्को नेपाली नागरिक दासझैं बेचबिखनमा परी रहँदा पनि कारबाहीका बारेमा मौन बसेर रेमिट्यान्सले देश चलेको चर्चा गरिरहँदा नेपाल सरकारप्रति विदेशीले खिल्ली उडाउने क्रम अझै बढ्नेछ । श्रमिक जहाँसुकैको होस्, काममा लगाइसकेपछि आधारभूत श्रमअधिकार उपभोग गर्न पाउनुपर्छ भनेर थालनी भएको अन्तर्राष्ट्रिय टे्रड युनियन आन्दोलनको पहलमा सम्बन्धित देशका टे्रड युनियनले प्रवासी श्रमिकप्रति देखाएको सहयोग र ऐक्यबद्धतासम्बन्धी चासोलाई हामीले आफ्ना नागरिकका हितका पक्षमा अधिकतम सदुपयोग गर्न सक्नुपर्छ । यस काममा टे्रड युनियनहरू मूल समन्वयकर्ता भए पनि कूटनीतिक नियोग र अन्य संघसंस्थाको हातेमालो हुनसके श्रमिकले न्याय पाउनेछन् । 

लेखक एमाले सभासद हुन् ।


प्रकाशित मिति: २०६८ माघ २२ ०९:२२

स्वास्थ्यसेवा सुधारका उपाय

माघ २५ - डा. सुमन कर्माचार्य
रामेछाप, मन्थलीको तामाकोशी सहकारी अस्पतालमा एघार वर्षका एक बालक दुर्घटनाका कारण मस्तिष्क चोट लागेर आए । जाँचपड्तालपछि उनलाई तुरुन्त काठमाडौं पुर्‍याउनुपर्ने भयो, तर एम्बुलेन्सको व्यवस्था गर्न सकिएन । काठमाडांै पुग्न ८ घन्टाको बाटो थियो । रातको बेला थियो, ढिलै भए पनि राति नै पठाइयो, तर उनको बाटोमै मृत्यु भयो । अर्का एक वयस्कको दुर्घटनाका कारण दिमागभित्र गम्भीर चोट लागेको थियो । उनी खर्च गर्नसक्ने थिए, तुरुन्त  हेलिकप्टर चार्टर गरेर काठमाडौं पुर्‍याएर आकस्मिक शल्यक्रियापछि बाँच्न सफल भए । यी यस्ता केही उदाहरण हुन् र नेपालको हरेक कुनाकन्दराका कथा । हालसम्म जनताको जीवन पैसामा तौलनपर्ने अवस्था

छ । पैसा हुनेहरू पैसाले बाँच्छन्, नहुनेहरू कर्मले ठगेको भन्दै मर्नुपर्ने अवस्था छ । धेरै महँगा सभा, गोष्ठी र नेताका बेतुकका भाषणका लागि हेलिकप्टरमा लाखौं खर्चने सरकारसँग बजेट हुन्छ, तर एक निरीह जनता गाउँको कन्दरामा मृत्यु भोग्न विवश छ । संविधानमा लेखिएअनुसार स्वास्थ्यसेवा पाउनुपर्ने र बाँच्न पाउने जनताको नैसर्गिक अधिकार हो, तर यो लेख्नलाई जति सजिलो छ, व्यवहारमा लागू गर्न उत्तिकै गाह्रो छ । ग्रामीण भेगसम्म स्वास्थ्यसेवा पुर्‍याउनु ज्यादै चुनौतीपूर्ण छ । भौगोलिक विकटता, छरिएर रहेका बस्ती र घरहरू, तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको अभाव, भएका स्वास्थ्यकर्मीहरू पनि ग्रामीण भेगसम्म गएर सेवा प्रदान गर्न अनिच्छुक, अनिच्छा हुनमा सहुलियत नगन्य हुनु, उचित मूल्यांकन गर्ने परिपाटीको कमी, नातावाद-कृपावादको बोलाबालाले दुर्गम जाने र काम गर्ने स्वास्थ्यकर्मीहरू वृत्तिविकासबाट टाढा रहनुपर्ने यथार्थ हो । एक त योजनाकारहरू वस्तुगत समस्याहरूप्रति अनभिज्ञ छन् भने अर्को त स्वास्थ्य मन्त्रालय राजनीतीकरणको दलदलमा फँसेको छ । यी धेरै यथार्थ मध्येका केही यथार्थ हुन्, जसले कुनाकन्दराका जनताका लागि आधुनिक स्व्ाास्थ्यसेवा भनेको 'आकाशको फल, आँखा तरी मर' भनेजस्तो भएको छ ।

ग्रामीण भेगसम्म आधुनिक स्वास्थ्यसेवा पुर्‍याउन केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । पहिलो, जिल्ला र चुनाव क्षेत्रसम्म कुशल जनरल प्राक्टिसनरहरू सकेसम्म त्यही भेगका जेहन्दार छात्रछात्राहरूबाट उत्पादन गरेर निश्चित अवधिसम्म सोही स्थानमा काम गर्नका लागि व्यवस्था गर्नुपर्छ । उनलाई पालो दिन अरू छात्रछात्राहरूलाई क्रमशः पढ्नका लागि तयार गरिराख्ने र निश्चित अवधि काम गरिसकेकाहरूलाई पुनः वृत्तिविकास र सुगम क्षेत्रका अस्पतालहरूमा राख्ने चाँजो मिलाउनुपर्छ । दोस्रो, जिल्ला र चुनाव क्षेत्रमा रहेका स्वास्थ्यकर्मी र चिकित्सकहरूद्वारा सञ्चालन गर्न सकिने घुम्ती अस्पतालको व्यवस्था गरी निश्चित समयको फरकमा कुनाकन्दरासम्म जाने व्यवस्था मिलाउनुपर्छ । पछिल्लो समय दुर्गम स्थानहरूमा पनि धुले सडकहरू बनेकाले त्यसको उपयोग गरी जनतालाई पायक पर्ने स्थानहरूमा स्व्ाास्थ्यसेवा

दिनुपर्छ । उपचार गर्न मिल्ने र अपरेसन सेवा चाहिने रोगीका लागि तथ्यांक संकलन गरेर सदरमुकाम या जिल्लामा भएका अस्पतालहरूमा विशेषज्ञ सेवा उपलब्ध गराउने तर मुटु, मस्तिष्क, मृगौला, क्यान्सरजस्ता जिल्ला तहमा सम्भव नहुने रोगीका लागि सरकारले विशेष बजेट र संयन्त्र तयार गरी सहरका अस्पतालहरूमा उपचार गर्ने व्यवस्था गर्नुपर्छ । तेस्रो, स्वास्थ्य मन्त्रालय र विभागलाई राजनीतिक दलहरूको चलखेल मुक्त गराउनुपर्छ । चौथो, स्वास्थ्य संस्थाहरू र यी कार्यहरूको व्यवस्थापन चुस्त राख्नुपर्छ । जनताको प्रत्यक्ष संलग्नताबाट सञ्चालित सबैको उत्तिकै सहभागिता र जवाफदेहिता हुने मोडल हाल स्वास्थ्य सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाहरूले गरेका  छन् । सरकारको मोडल असफल प्रायः भइसकेको छ र यही संयन्त्र र संरचनामा स्वास्थ्यसेवा सुदृढ हुन्छ भन्ने कुरामा धेरैले आश गर्न छाडिसकेका छन् । हाल नेपालमा गाउँ-गाउँमा रहेका सहकारी संस्था र केही स्वास्थ्य सहकारीहरूका माध्यमबाट सरकारले सहजीकरण गरी स्वास्थ्य कार्यक्रमहरूलाई लानसक्ने हो भने ग्रामीण तहसम्म स्वास्थ्यसेवा पुर्‍याउन सम्भव छ । रामेछाप जिल्लाका सन्दर्भमा तामाकोशी सहकारी अस्पतालले मोडलको रूपमा विकास गरिसकेको छ । पछिल्लो समयमा यसले गरिबहरूको निःशुल्क उपचार गर्ने बन्दोबस्त, स्वास्थ्य बिमा योजना, दुर्गम बस्तीहरूमा रोगीहरूको उपचार, शल्यक्रियाका लागि छनोट र जिल्लामा नै  निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको सफल उदाहरण यस अस्पतालसँग छ । हेलिकप्टर चार्टर गर्नुपर्ने रोगीका लागि तुरुन्त पैसाको व्यवस्था गरी रोगीको ज्यान जोगाएको उदाहरण पनि छन् ।

अब रह्यो कुरा आकस्मिक बिरामीका लागि के गर्ने ? यसका लागि जिल्लामा उपचार सम्भव भएका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन बाटो पुगेका स्थानहरूमा एम्बुलेन्सको व्यवस्था र नपुगेका स्थानहरूमा स्ट्रेचरको व्यवस्था गर्नुपर्छ । हरेक गाउँमा विभिन्न प्रयोजनका लागि निर्मित र सञ्चालित क्लब, सहकारी संस्था, गैरसरकारी संस्थामा स्वयम्सेवक समूहहरू गठन गरी आकस्मिक कोषको व्यवस्था गर्नुपर्छ । रगत बगेर मृत्यु हुनसक्ने रोगीका लागि कमसेकम हरेक जिल्ला सदरमुकाममा इमर्जेन्सी ब्लड बैंकको व्यवस्था गर्नुपर्छ । केही समयभित्र नै ज्यान जानसक्ने मुटु र मस्तिष्क चोट भएका रोगीहरू र आकस्मिक दुर्घटनाका रोगीहरूका लागि हरेक विकास क्षेत्रमा एउटा एम्बुलेन्स हेलिकप्टरको व्यवस्था गर्नुपर्छ । यो सेवाका लागि नेपाली सेनाको संयन्त्रले पनि मद्दत पुर्‍याउन सक्छ । जसरी बैंकको पैसाको सुरक्षाका लागि हेलिकप्टरबाट सेनाको हेलिप्याडमा सेनाको मद्दतले काम हुन्छ, त्यसैगरी नागरिकको ज्यानको सुरक्षा गर्दा के फरक पर्ला र ?

प्रकाशित मिति: २०६८ माघ २६ ०९:३७

केराको कमाल

भोजराज भाट
   केराको कमाल
केराबाट बनाइएका परकिार र पेय, केराका थामले बनाइएको घर, केरैका लोकताको चकटी र वरपिर िकेराघारी। यस्तो केरा-संसारमा रम्ने मन छ भने कैलालीको टीकापुरमा पुग्न सकिन्छ। यहाँ केराबारी मात्र होइन, केरामय वातावरणको जग बसाउने यसका योजनाकार पनि भेटिन्छन्, कालु हमाल।

उनलाई जागिर रहरको विषय भएन। २०४२ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा स्नातक गरेलगत्तै सरकारी सेवामा प्रवेश गरेका भए उनी सह-सचिवभन्दा माथि नै पुगिसक्थे। पुख्र्यौली सम्पत्ति बेचेर व्यापारी पनि बन्न चाहेनन् उनी। त्यसैले उनले फरक बाटोरोजे । त्यो पनि बाबुबाजेले जोडेको जग्गामा कृषि पेसा अपनाउने। काम सुरु नहुँदै २५ बिघामा पूरै केरा खेती गर्न लाग्यो भनेर गाउँलेजति अचम्ममा परे। तर, उनी आफ्नो योजनाबाट पछि हटेनन् । र, उनले केरा खेती, माछापालन, बंगुरपालन, त्यससँग जोडिएका अन्य खेती गर्न थाले। अनुभवले उनलाई खार्दै ल्यायो। अन्ततः उनले रोजे, विशुद्ध केरा खेती। तर, हावापानी अनुकूलको उपयुक्त केराको जात पत्ता लगाउन मात्र उनलाई १६ वर्ष लाग्यो । जब उपयुक्त जात फेला पर्‍यो र केरा खेतीले आय आर्जन गर्नसक्ने अवस्था बन्यो, ठीक त्यही बेला माओवादी विद्रोह सुरु भयो र उनी आफ्नो गाउँ नुक्लीपुर छोडेर टीकापुर बस्न थाले । ०६२/६३ को आन्दोलनपछि उनी फेरि केरा खेतीमा सक्रिय भए ।

एउटा विदेशी पत्रिकामा भारतको केरलामा माछैमाछाको परकिारले चलेको रेस्टुराँबारे सामग्री पढेपछि हमालको सोच आयो, यस्तो हुन्छ भने मैले किन विशुद्ध केराका परकिार बेच्ने रेस्टुराँ नचलाउने ? गम्दै जाँदा उनको मनमा पर्‍यो, केरैकेराको बगैँचा होस्। केराघारीमा चराचुरुङ्गीको चिरविर-चिरविर आवाज सुनियोस्। त्यही वरपिर िपौडिने पोखरी होस्। अझ भलिबल, टेनिसजस्ता खेल खेल्ने मैदान पनि होस्। केराको थामको घर, परकिार केराका र देखिने सामग्री पनि केरा रंगका। अझ पाइयो भने त त्यस्तो वातावरणमा केराबाटै बनेको वाइन वा ब्रान्डीको चुस्की कस्तो हुँदो हो !

यस्तै कल्पनाले हमाललाई बनाना कटेज निर्माण गर्न लगायो। बाबुबाजेको २५ बिघा जग्गा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा लागू भएको हदबन्दीले काटियो र १० बिघामा सीमित भयो। बचेको त्यो जग्गाभर िकेरैकेराको खेती देख्न सकिन्छ अहिले। केराबाट उत्पादन हुने सबै वस्तुलाई सदुपयोग गररिहेका छन् उनी। यतिसम्म कि, उनी केराको जराको अचार र थामको गुदीको पनि खाने परकिार बनाउँछन्। केराकै पकौडा, टिकिया, रोटी, भुजिया, प|mेञ्च प|mाई, सलाद, महसँग लेपन गरएिको मिठाईजस्ता २० थरीका परकिार बेचिरहेका छन् । वाइन र ब्रान्डी पनि केराकै बनाइन्छन्।भन्छन्, "फास्टफुड खानेहरू हामीकहाँ नआए हुन्छ। जोसँग दुई-तीन घन्टाको समय छ, जो सिंगो केरामा रमाउन चाहन्छ, उनीहरूका लागि जहिल्यै स्वागत हुनेछ।"

त्यति मात्र होइन, हमालले केराकै मःम अनि जुस पनि बनाएका छन्। केराको खीर पनि कम्ती स्वादिलो हुँदैन। केराको बोक्रालाई पनि सदुपयोग गर्दै टोपी, पंखा, झोलालगायत घरेलु सामग्री बन्न थालेका छन्। उनी वाइन र ब्रान्डीको माग अनुसार सप्लाइ गर्न नसकेको बताउँछन्। भन्छन्, "खासगरी विदेश जानेहरूले उपहार खोज्छन्, पुर्‍याउन सकिएको छैन।" रमाइलो छैन त, हमालको केरा-कमाल ! अब त कृषि पर्यटनको अवधारणा अनुसार बनाना रिसोर्ट खोल्ने तयारीमा छन् । युवा समयमा ५२ किलो तौल समूहमा भारत्तोलनका राष्ट्रिय च्याम्पियन रहिसकेका केरा किसान हमाल भन्छन्, "यो कृषि पर्यटनको अब्बल नमुना हुनेछ ।"

आफ्नो भाषा, आफ्नै भेष


     

आफ्नो भाषा, आफ्नै भेष


"उ पराष्ट्रपति महोदय !" पद्मरत्नजीले नेवारी भाषामा भन्नुभो, "नेपाली भाषामा शपथ नलिनुहोला ।"

"मलाई थाहा छ," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "चरेस खाए पनि मैले हरेस खाएको छैन ।"

"हामी भाषिक अधिकारकर्मी पार्टीका मान्छे," पासाङजीले शेर्पा भाषामा सोध्नुभो, "तपाइर्ं कतिवटा भाषा जान्नुहुन्छ ?"

"मैले धोती लगाएँ भने तपाइर्ं बख्खु लगाउनूस्," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "सुट लगाउनूस्, टाइ लगाउनूस् ।" थप्नुभो, "तर, बिर्सेर पनि दौरा-सुरुवाल नलगाउनूस् ।"

"गाई काटेर खानु पनि मानव अधिकार हो," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "आगामी संविधानमा यो कुरो प्रस्ट लेख्नुपर्छ ।"

"पहाडमा धोती लगाउने अभ्यासले राष्ट्रिय एकता वृद्धि हुन्छ," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "मीनबहादुरजी कुरै बुझ्नुहुन्न ।"

"एक जनालाई एमबीबीएसको स्कलरसिप मिल्छ ?" पासाङजीले शेर्पा भाषामा सोध्नुभो, "मेरो सालीको छोरी इन्डिया जान्छु भन्छे ।"

"कानुनको ज्ञान नभएका अज्ञानीले त्यसो भने," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "मबाहेक त्यहाँ सबै घुस्याहा छन् ।"

"भुस्याहा कुकुर तह लगाउने काम नगरपालिकाको हो ।" पद्मरत्नजीले सही थाप्तै नेवारी भाषामा भन्नुभो, "स्थानीय निकाय गठन नभएर बर्बाद भयो ।"

"हिन्दीमा जुन आकर्षण छ, त्यो मैथिलीमा छैन," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "हिन्दीले जे दिन्छ, त्यो मैथिलीले दिँदैन ।"

"हिन्दुस्तानीहरू पनि बिग्रेछन्," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "स्कलरसिप दिँदासमेत पैसा खान थाले ?"

"कोरयिनहरू कुकुर खान्छन्," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "तर, कुकुरको हेरचाह गर्ने तरकिा बेग्लै हुन्छ ।"

"मैले आठवटा भाषा जानेको छु," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "मन लाग्यो भने म आठवटै भाषामा शपथ खान सक्छु ।"

"पैसा खान्छन् भने पनि ठीकै छ," पासाङजीले शेर्पा भाषामा सोध्नुभो, "बरु पैसा तपाईंलाई दिने हो कि सोझै उनीहरूलाई ?"

"मैलेचाहिँ आजसम्म कुकुरको मासु खाएको छैन," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "विदेश जाँदासमेत जोगिएर आइयो ।"

"पुदिनाको सर्वत र भाङको चक्की," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "यसको कम्बिनेसनले रल्ियाक्स हुन्छ ।"

"उनीहरूसँग मिले फाइदैफाइदा रहेछ," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "एक जनाको दुई लाख लियो भने ५० जनाको एक करोड ।"

"गाई हिन्दुहरूको पो माता," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "अरूको के माता !"

"मचाहिँ २५ पैसा प्वाइन्टको म्यारजि खेल्छु," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "दिन कटनी भइहाल्छ ।"

"जिमाला सुनभन्दा महँगो हुन्छ," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "एक जना महिलाले एक करोडको गहना लगाउँछन् ।"

"धर्मनिरपेक्ष भएपछि गाई काट्न पाउनुपर्छ," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "अन्यथा गणतन्त्र ल्याएको के काम !"

"नेपालीबाहेक अरू भाषामा खाने हो," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "म महिनामा एकपटक शपथ खान तयार छु ।"

"जिमाला खाने होइन, लगाउने वस्तु हो," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "तपाइर्ंले चरेसजस्तो खाने वस्तु सम्झनुभएको ?"

"भैँसीको मासु स्वास्थ्यकर हुन्छ," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "कलिलो भैँसी स्वादिलो पनि हुन्छ ।"

"दहेजका बारेमा कुरै छाड्नूस्," उपराष्ट्रपतिजीले भन्नुभो ।

"भाषा आन्दोलन खासा व्यापारजस्तो सजिलो छैन," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "उपराष्ट्रपतिजीले नेपाली भाषामा शपथ नखाएर गजब गर्नुभो ।"

"उपराष्ट्रपतिजी नेवारी बुझ्नुहुन्छ ?" पद्मरत्नजीले नेपालीमा सोध्नुभो, "काठमाडौँ बस्नु भएको कति वर्ष भो ?"

"काठमाडौँ बसे पनि नेवारी बस्तीमा बसिएन," उपराष्ट्रपतिजीले पनि नेपालीमै भन्नुभो, "नेपाली बस्तीमै बसियो नेवारी सिक्ने मौकै मिलेन ।"

"शेर्पा भाषाचाहिँ बुझ्नुहोला नि ?" पासाङजीले पनि नेपाली भाषामा भन्नुभो, "जागिर खाँदा सोलुतिर बस्नुभयो नै होला ।"

"सोलु बस्ने मौकै परेन ।" उपराष्ट्रपतिजीले नेपाली भाषामा भन्नुभो, "त्यही भएर म शेर्पा भाषा पनि बुझ्दिनँ ।"

"बर्बाद भएन त !" पद्मरत्नजीले नेपालीमा भन्नुभो, "हामीले आग्राका कुरा गर्‍याँै, तपाईंले गाग्राका कुरा बुझ्नुभएजस्तो छ ।"

"मैले अघि सालोको छोरीका बारेमा भनेको पनि बुझ्नुभएन ?" पासाङजीले नेपालीमा सोध्नुभो, "डाक्टरी पढाउने कुरा ?"

"डाक्टरीको कुरा गर्नुभयो र ?" उपराष्ट्रपतिजीले नेपालीमा भन्नुभो, "मैले सोचेँ, तपाइर्ं भाङका बारेमा चर्चा गर्दै हुनुहुन्छ ?"

"मैलेचाहिँ गौमाताको कुरो गरेँ," पद्मरत्नजीले नेपालीमा सोध्नुभो, "त्योचाहिँ बुझ्नुभयो होला ।"

"तपाईंले दहेजका बारे सोध्नुभएको होइन ?" उपराष्ट्रपतिजीले नेपालीमा भन्नुभो, "मैले माता-पिताबारे भनेको बुझिनँ ।"

जवाफ सुनेर पद्मरत्नजी नेवारी पाराले विस्मित् हुनुभो । पासाङजी शेर्पा शैलीमा दिक्दार हुनुभो र उपराष्ट्रपतिजीसमेत आफ्नो मौलिक स्टाइलमा खिन्न हुनुभो । अन्त्यमा पद्मरत्नजी र पासाङजीले नेपाली भाषामा शपथ नखानु भनेर उपराष्ट्रपतिजीसमक्ष्ा नेपाली भाषामा अनुरोध गर्नुभएपछि उपराष्ट्रपतिजीले नेपाली भाषामा शपथ नलिने प्रतिबद्धता नेपाली भाषामै जाहेर गर्नुभो ।

मात्र बर्बादीतिर

मात्र बर्बादीतिर

भविष्यमा वैमनस्यको बच्चा गर्भमा बोकेर गरनिे राज्यको पुनःसंरचनाले देशलाई बर्बादीको खाडलबाहेक अन्त कतै डोर्‍याउँदैन (सर्वस्वीकार्य संघीयताको आधार, २२ माघ) । एक जातिले अर्को जातिमाथि गर्ने निषेध, दंगाजस्ता अपि्रय क्रियाकलापबाट आफ्नो राजनीतिक अभीष्ट साँध्ने च्याँखे थापेर बसेका निश्चित झुन्ड वा समूहका लागि भने जातीय राज्यइतरको संरचना प्रीतिकर नहुन सक्छ। तथापि, केन्द्रमा रहेको एउटा शक्ति (जात)लाई पन्छाई अर्को जातीय केन्द्रको स्थापना गर्ने कुरा कुनै पनि राष्ट्रप्रेमी र राष्ट्रको समृद्धि चाहने नागरकिका लागि मान्य हुँदैन। अतः सबै जातजाति, भाषा, संस्कृति, वर्ग, क्षेत्र र सबै नेपाली जनताको मर्मलाई सम्बोधन गर्ने गरी राज्यको पुनःसंरचना आजको आवश्यकता हो।

एउटा जात वा समूहलाई विरासतका आधारमा किनारीकृत गर्ने गरी संविधान बनाउने वा राज्यको पुनःसंरचना गर्ने दुष्प्रयास गरयिो भने न त्यो दीर्घजीवी हुन्छ, न त वैज्ञानिकतामा आधारति। बरु निषेध र जातीय द्वन्द्व यसका हानिकारक नतिजा हुन सक्छन्। तसर्थ, आ-आफ्ना स्वार्थका धुनमा विषालु सर्पलाई नचाउनुको साटो राजनीतिक दलहरूले नेपाली जनताको विकासवादी चाहनालाई सम्बोधन गर्ने गरी सिंगो राष्ट्रप्रेमको सगोल धुन बजाउने आँट गर्न सक्नुपर्छ।

- ध्रुव गौतम

बाग्लुङ-६, ढिकीचौर

हाल : अंग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

जी स्पट पत्ता लागेन G-spot

महिलाको यौनाङ्गभित्र पनि चरम आनन्द दिने क्षेत्र जी स्पट हो भन्ने मान्यता छ। यौनसम्पर्कका बेला उक्त क्षेत्रमा हुने घर्षणले नै महिलालाई अत्यधिक आनन्द प्रदान गर्छ। महिलामा जी स्पट हुन्छ कि हुँदैन भन्ने विषयमा महिलाहरूबीच पनि मतभेद रहँदै आएको छ। यौनसम्पर्कका बेला चरम आनन्द पाउने महिलाहरू जी स्पट हुन्छ भन्छन् भने आनन्द नपाउने महिलाहरू हुँदैन भन्छन्। महिलाहरूबीच रहेको यही दुविधा अन्त गर्न अमेरिकाको यालेस्थित न्यू हेभेन अस्पतालका प्रसूति विशेषज्ञहरूले गहिरो अनुसन्धान गरेका छन्। डा. आमिचाई किलचेस्किको नेतृत्वमा भएको अनुसन्धानकर्ताहरूले महिलाको योनिमा जी स्पट स्पष्ट रूपमा पत्ता लगाउन नसकेको जानकारी जर्नल अफ सेक्सुअल मेडिसिनमा गराएका छन्। सर्वेक्षण गर्दै अनुसन्धान गर्दा धेरै महिलाले जी स्पटका सम्बन्धमा जानकारी दिए। त्यस्ता महिलाले सर्वाधिक आनन्द आउने भागको पहिचानसमेत गराए। महिलाको योनिको बनावटमा हुने फरकपनअनुसार चरम आनन्द आउने क्षेत्र फरक-फरक हुने चिकित्सकहरूले बताएका छन्। जी स्पट योनिको एउटै क्षेत्रमा नहुने र योनिको बनावटअनुसार फरक-फरक ठाउँमा हुने तथ्य उनीहरूले जर्नलमा प्रकाशित गरेका छन्।

बाहुन-क्षत्रीचाहिँ सुकुम्वासी ?

बाहुन-क्षत्रीचाहिँ सुकुम्वासी ?

आइतबार प्रकाशित कुमार रेग्मीको लेख यथार्थवादी लाग्यो । कोही यस देशका धर्तीपुत्र रे, कोही आदिवासी रे । बाहुन-क्षत्रीचाहिँ के हुन् त- सुकुम्बासी ? बाहुन- क्षत्रीको रिस र डाहा गरेर जुन किसिमले अन्य समूहमा पार्ने प्रयास गरिँदै छ, यो समस्याको समाधान नभई नयाँ समस्याको बीजारोपण हो ।

बाहुन-क्षत्रीले कुनै अरू जातजातिको खुट्टा तानिदिएका छैनन् । मुख थुनिदिएका छैनन्, औंला भाँचिदिएका छैनन् । सबैले प्रतिस्पर्धा गरे भइहाल्छ

नि ? आफू नसक्ने अनि दोष किन बाहुन-क्षत्रीलाई ? के यो देशमा सबै बाहुन-क्षत्री धनी सम्भ्रान्त छन् ? के अन्य सबै जाति वर्ग गरिब र पिछडिएका छन् ? के अरूले प्रगति नगर्नुको दोषको ठेक्का बाहुन-क्षत्रीले लिनुपर्ने हो ? म नेपाली हुँ र मेरो राष्ट्र नेपाल हो भन्न अन्कनाउनेहरू, केही नेताले झुन्डाइदिएको विचारलाई आफ्नो महान आदर्श मानी अगाडि बढ्ने जातिवादीहरू, बाहुन-क्षत्रीलाई पछाडि पारेर अस्तित्व मेटाएर अगाडि बढ्न खोजिएका हुन् भनेे यो कदापि मान्य हुने छैन । निश्चित २-४ जातिका नाममा देशलाई अंशबन्डा गरिए देश जातीय झगडाको आगोमा फँस्ने निश्चित छ । सबैलाई चेतना भया !

- दीपकदीप अगस्ती

दोलखा

Monday, February 6, 2012

सरकारले तोकेको ठाउँ छाड्नैपर्छ

सरकारले तोकेको ठाउँ छाड्नैपर्छ

डा. भाइकाजी तिवारी,
नगर नियोजक,
काठमाडौं उपत्यका नगर विकास योजना
कुन मापदण्ड अनुसार डोजर चलाउँदै हुनुहुन्छ? २०३३ सालमा वर्गीकरण गरिएको उपत्यकाका सडकहरूको मापदण्ड अनुसार चक्रपथमा केन्द्ररेखाबाट ३१-३१ मिटर, अरनिको राजमार्ग र त्रिभुवन राजपथमा २४-२४ मिटर, चक्रपथ भित्र र बाहिरका मुख्य सडकमा ११-११ मिटर, शाखा सडकमा ७-७ मिटर र उपशाखा सडकमा ५.५-५.५ मिटर छाड्नुपर्छ। त्यही आधारमा काम अगाडि बढेको हो।
पुरानो मापदण्ड अहिले कति व्यावहारिक छ?
यो २०४५, २०५० र २०६४ सालको मन्त्रिपरिषद्ले पनि निरन्तरता दिएको विषय हो। नगर विकास कार्यान्वयन ऐन २०२९ पछि नगर विकास ऐन २०४५ आयो। काठमाडौंको हकमा उपत्यका नगर विकास समितिले मापदण्ड तोक्न सक्छ। अहिले ज-जसले त्यो मापदण्ड विपरित सडकको दायाँबायाँ जग्गा अतिक्रमण गरेका वा ओगटेका छन् त्यो खाली गर्न र भत्काउन ७ कात्तिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको हो। सूचना पालना नगर्नेहरूलाई राज्यले बलपूर्वक हटाउन सक्छ।
निजी सम्पत्तिमाथि डोजर चलाएको भन्दै विरोध पनि शुरु भइसक्यो नि!
हामीले कसैको लालपुर्जा खोसेका छैनौं। लालपुर्जा भए पनि मापदण्ड विपरित बनाउन पाईंदैन।
स्थानीय निकायले तिनको नक्सा पास किन गरे त?
अधिकांश मुख्य सडकको मध्यभागबाट ११-११ मिटर छाड्नुपर्ने भन्नेछ। २०४९-२०५४ बीचको अवधिमा फूटपाथबाट दुई मिटर छाडेर बनाउन छुट दिइएको भन्ने जानकारीमा आएको छ। त्यसको छानबिन गर्न लागेका छौं।
यस्ता छानबिन पहिल्यै गर्नुपर्ने हैन र?
अहिले थाहा हँुदैछ, छानबिन हुन्छ। सरकार नियम कानुन पालना गरेर अघि बढ्छ। नियमसङ्गत नक्सा पास भएको छ भने कसैको पनि घर भत्कँदैन।
अनि क्षतिपूर्ति, मुआब्जाको कुरा नि? त्यो कुरा विधिवत् नक्सा पास भए, नभएको छानबिन भएपछि थाहा हुन्छ। मापदण्ड तोकिनु अगाडि बनेका संरचना छन् भने छानबिनपछि त्यहाँ भएको निर्माणको पैसा दिने हो।

पैदलयात्रीलाई खै बाटो?


पेटी भत्काएर कालोपत्रेः जयनेपाल हल-नागपोखरी खण्डमा फूटपाथ मासिएपछि...
उपत्यका ट्राफिक व्यवस्थापन तथा महानगर सुधारका नाममा शुरु भएको सडक विस्तार अभियानमा डोजर लगाएर सडक पेटी भत्काइएको छ। ती ठाउँमा कालोपत्रे गरिएपछि पैदल यात्रीलाई ठाउँ रहने छैन। काठमाडौंको जयनेपालबाट नागपोखरी जाने सडक पेटी मासेर कालोपत्रे गरिएको छ। त्यस्तै ल्होत्से चोकबाट चारखाल मोड, नागपोखरी-नारायण चौर आदि स्थानको दुवैतर्फका सडक पेटी भत्काएर एकातर्फ मात्र कायम गरिएको छ। छोडिएका ठाउँमा पनि एक जना मान्छे हिँड्न समेत नपुग्ने छ।
जयनेपाल हल अगाडिको सडकमा पैदल यात्रामा भेटिएका व्यापारी रामकुमार लामा सडक पेटी नहुँदा सवारी साधनले ठक्कर दिने खतरा बढेको बताउँछन्। महानगरीय ट्राफिक महाशाखा प्रमुख गणेशराज राई भने सडक विस्तार गर्दा पैदल यात्रीलाई नबिर्सिएको बताउँछन्। राजधानीका सडकमा प्रायः पैदलै हिँड्ने वरिष्ठ पत्रकार भैरव रिसालले राज्यले सामान्य नागरिकको उपेक्षा गर्ने प्रवृत्ति बढेको अनुभव गरेका छन्। उनका भनाइमा, राज्य गाडीमा हिँड्ने वर्गको मात्र सेवामा लागेको छ। “गाडीमा भन्दा पैदल हिँड्दा धेरै फाइदा छ, तर साइकललाई समेत गुड्ने ठाउँ छैन”, रिसाल भन्छन्। हुनेखानेहरूको स्वार्थलाई ध्यानदिने परिपाटीले पैदलेहरू अन्यायमा परेको उनको ठम्याइ छ।
प्रतिक्रियाको लागि letters@himalmedia.com मा पठाउनुस् ।

20 Watt Do-it-Yourself Solar Energy Starter Kit

Our 20 Watt solar power kit for do-it-yourselfers. Includes all the parts to build your own system to solar power lights, radios, laptop computer, fan, small tv and lots more. Includes an inverter to power AC devices. We've made it very easy to put together with complete instructions. Includes: 20 Watt Solar Panel Phocos 4 Amp Charge Controller 32 amp-hour sealed battery Go Power! 175 Watt DC to AC power inverter Voltage meter 12V DC outlet with fuse What could you power? If the 20 watt solar panel received 5 hours per day of full sun, then you would have: 1.2 amps (20W panel) X 5 hrs sun = 6 amp-hours/day 6 X 12V = 72 watt-hours per day. If you were using a 15 watt 12V compact fluorescent bulb then you could light the bulb for 4+ hours with the energy you produced that day. But you have a battery! Since the battery holds 32 amp-hours or over 350 watt-hours of energy, you could light the light for 12+ hours before you need a charge, but it's better to charge it sooner. You get the idea - the sun puts watt-hours into your battery and then you use it to power stuff that uses watt-hours. Energy in, energy out. The charge controller prevents the 12V sealed lead-acid battery from over-charging, the inverter converts the 12V DC to 115V AC (standard household-type power). Perfect for beginners that want to get started in solar but don't know where to begin. Upgrade available to move up to a Go Power 300 Watt Inverter. Customize your own system. House the battery and components in a cooler on wheels or build a wooden box. Cut a hole and mount the panel voltage meter, and weatherproof with silicone sealant from the hardware store. Makes a great demonstration system to show how a basic solar energy system works. made it very easy to put together with complete instructions.

Includes:
20 Watt Solar Panel
SunGuard 4 amp charge controller
32 amp-hour sealed battery
Go Power! 175 Watt DC to AC power inverter
Voltage meter
12V DC outlet with fuse
What could you power?

If the 20 watt solar panel received 5 hours per day of full sun, then you would have generated 100 watt-hours of energy (double if you get 10 hours of sun!).

If you were using a 20 watt compact fluorescent bulb with the inverter (we'll call it 25 watts because the inverter uses some energy) then you could light the bulb for about 4 hours with the energy you produced that day.

But you have a battery! Since the battery holds 32 amp-hours or over 400 watt-hours of energy, you could light the light for 12+ hours before you need a charge, but it's better to charge it sooner.

You get the idea - the sun puts watt-hours into your battery and then you use it to power stuff that uses watt-hours. Energy in, energy out.

The charge controller prevents the 12v sealed lead-acid battery from over-charging, the inverter converts the 12V DC to 115V AC (standard household-type power). The Xantrex PROwatt 150 inverter is limited to loads of 150 watts or less.
Perfect for beginners and those wanting to get started in solar but don't know where to start.

Upgrade available to move up to a Xantrex PROwatt300 300 Watt Inverter.

Customize your own system. House the battery and components in a cooler on wheels or build a wooden box. Cut a hole and mount the panel voltage meter.

Makes a great demonstration system of how a basic solar home works. Teach your kids and other peoples kids about solar power - they're the future!


Our 20 Watt solar power kit for do-it-yourselfers. Includes all the parts to build your own system to solar power lights, radios, laptop computer, fan, small tv and lots more. Includes an inverter to power AC devices.We've made it very easy to put together with complete instructions.Includes:20 Watt Solar Panel SunGuard 4 amp charge controller 32 amp-hour sealed battery Go Power! 175 Watt DC to AC power inverter Voltage meter 12V DC outlet with fuse What could you power?If the 20 watt solar panel received 5 hours per day of full sun, then you would have:1.2 amps (20W panel) X 5 hrs sun = 6 amp-hours/day6 X 12V = 72 watt-hours per day.If you were using a 15 watt 12V compact fluorescent bulb then you could light the bulb for 4+ hours with the energy you produced that day.But you have a battery! Since the battery holds 32 amp-hours or over 350 watt-hours of energy, you could light the light for 12+ hours before you need a charge, but it's better to charge it sooner.You get the idea - the sun puts watt-hours into your battery and then you use it to power stuff that uses watt-hours. Energy in, energy out.The charge controller prevents the 12V sealed lead-acid battery from over-charging, the inverter converts the 12V DC to 115V AC (standard household-type power). Perfect for beginners that want to get started in solar but don't know where to begin.Upgrade available to move up to a Go Power 300 Watt Inverter.Customize your own system. House the battery and components in a cooler on wheels or build a wooden box. Cut a hole and mount the panel voltage meter, and weatherproof with silicone sealant from the hardware store.Makes a great demonstration system to show how a basic solar energy system works. Panel upgrades: none:No, thanks! 24W:Yes, upgrade to 24 Watt Sol-charger (+100) Inverter upgrades: 300W:Yes, upgrade to 300 Watt inverter (+20)

Solar cells (Saurya urja)

Step 1
Solar panels are measured in power - Watts, volts, and amps.
When determining the overall wattage of a solar panel we use this simple equation:
Watts equals Volts multiplied by Amps.
You can use this table to find volts, amperage, and wattage if you know any two of the three variables.


Solar cells create about.5 volts of DC electricity regardless of physical size. The only thing that changes with the size of a solar cell is current. (AMPS).
Commercially available solar cell 3 inches by 6 inches output is more than likely rated at .5 volts with 3 amps of electricity.
Split a solar cell into two equal halves, each solar cell would be rate at .5 volts and 1.5 amps each. Volts stay the same, but amps changes with solar cell size.
CALULATIONS FOR SIZE
Determine how many solar cells to make a 60 watt solar panel.
We know that our 3 x 6 solar cells are .5 volts and have 3.3 amps. So we take 60 watts divided by 3.3 to get our overall solar panel voltage.
60watts divided by 3.3 amps equals 18 volts.
Solar panel voltage is 18 volts so we can find out just how many solar cells we need?
Solar Panel Voltage divided by single solar cell voltage equals the Number of cells needed per panel
so now we take 18 volts divided by .5 volts it equals 32 solar cells.
This means that we will need to wire these solar cells together in series to achieve the 18 volts.
SOLAR ARRAY
Commercial solar panel array systems consist of individual solar panels being connected in series to produce higher wattage.
For example, a 180 watt, 3.6 amp solar panel array system may consist of three 60 watt, 3.6 amp solar panels connected together in a series - 180 watts.
You achieve higher voltage by connecting solar panels in series.
All the information to make or build your own home made do it yourself solar panels to generate free home domestic solar electricity is explained in the package.
Boost your understanding of how many solar panels are required to power your entire house.
Join Bret Parker as a member and receive life time information on
- ALL THAT IS SOLAR AND WIND POWER -

Tuesday, January 24, 2012

जनतालाई फेरि धोका- Dilli Ram Dhakal

लोकतन्त्र स्थापनाको उल्लास र आशा चार बर्षको दौरानमा अनपे क्षित किसिमले फिक्का बन्न पुगेको छ । पूरा हुन बा“की शान्तिप्रक्रिया, नया“ संविधान निर्माण कार्य, राजनीतिक स्थायित्व एवं समृद्ध मुलुक स्थापनाको आम चाहनाका सन्दर्भमा यो अत्यन्त निराशाजनक अवस्था हो । संविधान घोषणाको खुशी मनाउने बेलामा फेरि आन्दोलनको आ“धीबेहरी सिर्जना गरिएको छ ।
 संविधानसभाका ६०१ सदस्यहरु बेकार भएका छन् । नागरिक सर्वोच्चताको नाममा फेरि हिंसा र हतियारलाई अभिन्न अंग बनाउन थालिएको छ ।
जनताले लोकतन्त्र खोज्नुको अर्थ स्वेच्छाचारी शासनको विरोध मात्र नभई सशस्त्र द्वन्दबाट उन्मुक्ति र शान्ति स्थापना पनि थियो । राजनीतिक स्थायित्व र राष्ट्रको समृद्धि पनि जनताको असीम चाहना भित्रैको विषय थियो । तर जनताको अलभ्य जोस, संघर्ष र बलिदानबाट लोकतन्त्रसंगै गणतन्त्र भित्र“दा पनि मुलुकमा शान्ति भित्रिन सकेको छैन । मुलुकलाई नया“ राजनीतिक पद्धतितर्फ लैजाने नया“ संविधान लेख्न सकिएको छैन । घोर अलोकतान्त्रिक चरित्र आजका राजनीतिक दल तथा नेताहरुमा मौलाउन थालेको छ । आशा र आवश्यकताहरु फैलिरहेको परिवेश बीच सम्भावना चाहिं झन्–झन् खुम्च्याएर जनतामा वितृष्णा जगाउने काम प्रमुख दलहरुबाटै भएको छ ।

यसरी जनताको जितको रुपमा लिइएको लोकतन्त्र स्थापनाको घटना कतै नेपाली जनतालाई पराजित तुल्याउने खतरनाक खेलको प्रारम्भबिन्दु त थिएन भनी शंका गर्नुपर्ने परिस्थिती सिर्जना भएको छ । यही अनपेक्षित आशंकाकै कारण परिवर्तनप्रति नै आम जनतामा विकर्षण देखिन थालेको छ । नेताहरुमा देखिएको अनेकता भाव, एक– अर्कालाई निषेध गर्ने सोच र शैलीले राजनीतिक  परिवेश झन्–झन् विगारिरहेको छ भने अराजकता र दण्डहीनताले असफलता र निरासा झनै बढाएको छ । वास्तवमा ०६२÷६३ को आन्दोलनले जुन उद्देश्य बोकेको ठानिएको थियो त्यसको ठीक विपरीत नतिजा देखिन थाले बाट देश ठूलो संकटमा पर्ने निश्चित जस्तै देखिएको छ ।

यस प्रकार अवधिका हिसावमा लोकतन्त्र स्थापनाले चौथो बर्ष टेक्दा नटेक्दै यसको आयुबारे आम जनताले चिन्ता गर्नुपरेको छ । नागरिकलाई लोकतन्त्रको फल चखाउन उद्यत् ठानिएका दलका नेताहरु नै निरीह जनताबाट जवर्जस्ती चन्दा उठाएर लाठी, भाला र बन्दुक खरिद गर्ने एवं कार्यकर्तालाई युद्धको तालिम दिलाएर तिनै निहत्था जनताको टाउ“कामा प्रहार गर्ने प्रपञ्चमा लिप्त देखिएका छन् । सत्ताको भोक हिजोका कथित प्रतिगमनकारी, दक्षिणपन्थी, निरंकुश र  अधिनायकवादीहरुमा भन्दा आजका स्वघोषित लोकतन्त्रवादी गणतन्त्र र जनगणतन्त्रवादीहरुमा बढी जागेको देखिएको छ । लोकतन्त्रलाई संस्थागत तुल्याई राजनीतिक स्थिरता र समृद्ध मुलुक  स्थापनाको यात्रा या आर्थिक विकासको नया“ चरण– प्रवेशलाई फगत् मृगतृष्णामा परिणत गर्न
देशकै प्रमुख दलको यो चरित्र यथेष्ट छ । यस बिब्ल्या“टो क्रियाकलापलाई छलफल, सहमति, सहकार्य र त्यागको हतियार प्रयोग गरेर थुन छेक गरी मुलुकलाई अनिष्टबाट जोगाउने जिम्मेवारी बोकेको सरकार तथा सत्ताधारी अन्य दल र तिनका नेताहरु पनि मुठभेडकै पक्षमा पुगेकाले मुलुकको भावी दशा र दिशा कहाली लाग्दो बन्ने स्थिति उत्पन्न भएको छ । देशले थेग्नै नसक्ने आन्दोलनका चर्का उद्घोष जो गरि“दै छ, यसले नेपाल र नेपालीको सर्वत्तोमुखी उत्थानका निम्ति आजसम्म असल र इमान्दार नेता नजन्मेको यथार्थ सर्वत्र बोध गराएको छ । लोकतन्त्रको संस्थागत विकास ने पाली जनताका निम्ति अझै आकाशको तारा तुल्य नै रहेको यसैबाट प्रस्टिएको छ । अधि नायकवादी सोचले तत्काललाई प्रभाव पारे पनि त्यसको आयु पनि लामो हुने छैन । त्यसै ले जनतालाई धोका दिने काम तुरुन्त बन्द गरिंनु पर्दछ ।