भोजराज भाट
केराको कमाल
केराबाट बनाइएका परकिार र पेय, केराका थामले बनाइएको घर, केरैका लोकताको चकटी र वरपिर िकेराघारी। यस्तो केरा-संसारमा रम्ने मन छ भने कैलालीको टीकापुरमा पुग्न सकिन्छ। यहाँ केराबारी मात्र होइन, केरामय वातावरणको जग बसाउने यसका योजनाकार पनि भेटिन्छन्, कालु हमाल।
उनलाई जागिर रहरको विषय भएन। २०४२ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा स्नातक गरेलगत्तै सरकारी सेवामा प्रवेश गरेका भए उनी सह-सचिवभन्दा माथि नै पुगिसक्थे। पुख्र्यौली सम्पत्ति बेचेर व्यापारी पनि बन्न चाहेनन् उनी। त्यसैले उनले फरक बाटोरोजे । त्यो पनि बाबुबाजेले जोडेको जग्गामा कृषि पेसा अपनाउने। काम सुरु नहुँदै २५ बिघामा पूरै केरा खेती गर्न लाग्यो भनेर गाउँलेजति अचम्ममा परे। तर, उनी आफ्नो योजनाबाट पछि हटेनन् । र, उनले केरा खेती, माछापालन, बंगुरपालन, त्यससँग जोडिएका अन्य खेती गर्न थाले। अनुभवले उनलाई खार्दै ल्यायो। अन्ततः उनले रोजे, विशुद्ध केरा खेती। तर, हावापानी अनुकूलको उपयुक्त केराको जात पत्ता लगाउन मात्र उनलाई १६ वर्ष लाग्यो । जब उपयुक्त जात फेला पर्यो र केरा खेतीले आय आर्जन गर्नसक्ने अवस्था बन्यो, ठीक त्यही बेला माओवादी विद्रोह सुरु भयो र उनी आफ्नो गाउँ नुक्लीपुर छोडेर टीकापुर बस्न थाले । ०६२/६३ को आन्दोलनपछि उनी फेरि केरा खेतीमा सक्रिय भए ।
एउटा विदेशी पत्रिकामा भारतको केरलामा माछैमाछाको परकिारले चलेको रेस्टुराँबारे सामग्री पढेपछि हमालको सोच आयो, यस्तो हुन्छ भने मैले किन विशुद्ध केराका परकिार बेच्ने रेस्टुराँ नचलाउने ? गम्दै जाँदा उनको मनमा पर्यो, केरैकेराको बगैँचा होस्। केराघारीमा चराचुरुङ्गीको चिरविर-चिरविर आवाज सुनियोस्। त्यही वरपिर िपौडिने पोखरी होस्। अझ भलिबल, टेनिसजस्ता खेल खेल्ने मैदान पनि होस्। केराको थामको घर, परकिार केराका र देखिने सामग्री पनि केरा रंगका। अझ पाइयो भने त त्यस्तो वातावरणमा केराबाटै बनेको वाइन वा ब्रान्डीको चुस्की कस्तो हुँदो हो !
यस्तै कल्पनाले हमाललाई बनाना कटेज निर्माण गर्न लगायो। बाबुबाजेको २५ बिघा जग्गा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा लागू भएको हदबन्दीले काटियो र १० बिघामा सीमित भयो। बचेको त्यो जग्गाभर िकेरैकेराको खेती देख्न सकिन्छ अहिले। केराबाट उत्पादन हुने सबै वस्तुलाई सदुपयोग गररिहेका छन् उनी। यतिसम्म कि, उनी केराको जराको अचार र थामको गुदीको पनि खाने परकिार बनाउँछन्। केराकै पकौडा, टिकिया, रोटी, भुजिया, प|mेञ्च प|mाई, सलाद, महसँग लेपन गरएिको मिठाईजस्ता २० थरीका परकिार बेचिरहेका छन् । वाइन र ब्रान्डी पनि केराकै बनाइन्छन्।भन्छन्, "फास्टफुड खानेहरू हामीकहाँ नआए हुन्छ। जोसँग दुई-तीन घन्टाको समय छ, जो सिंगो केरामा रमाउन चाहन्छ, उनीहरूका लागि जहिल्यै स्वागत हुनेछ।"
त्यति मात्र होइन, हमालले केराकै मःम अनि जुस पनि बनाएका छन्। केराको खीर पनि कम्ती स्वादिलो हुँदैन। केराको बोक्रालाई पनि सदुपयोग गर्दै टोपी, पंखा, झोलालगायत घरेलु सामग्री बन्न थालेका छन्। उनी वाइन र ब्रान्डीको माग अनुसार सप्लाइ गर्न नसकेको बताउँछन्। भन्छन्, "खासगरी विदेश जानेहरूले उपहार खोज्छन्, पुर्याउन सकिएको छैन।" रमाइलो छैन त, हमालको केरा-कमाल ! अब त कृषि पर्यटनको अवधारणा अनुसार बनाना रिसोर्ट खोल्ने तयारीमा छन् । युवा समयमा ५२ किलो तौल समूहमा भारत्तोलनका राष्ट्रिय च्याम्पियन रहिसकेका केरा किसान हमाल भन्छन्, "यो कृषि पर्यटनको अब्बल नमुना हुनेछ ।"

No comments:
Post a Comment