लोकतन्त्र स्थापनाको उल्लास र आशा चार बर्षको दौरानमा अनपे क्षित किसिमले
फिक्का बन्न पुगेको छ । पूरा हुन बा“की शान्तिप्रक्रिया, नया“ संविधान
निर्माण कार्य, राजनीतिक स्थायित्व एवं समृद्ध मुलुक स्थापनाको आम चाहनाका
सन्दर्भमा यो अत्यन्त निराशाजनक अवस्था हो । संविधान घोषणाको खुशी मनाउने
बेलामा फेरि आन्दोलनको आ“धीबेहरी सिर्जना गरिएको छ ।
संविधानसभाका ६०१ सदस्यहरु बेकार भएका छन् । नागरिक सर्वोच्चताको नाममा फेरि हिंसा र हतियारलाई अभिन्न अंग बनाउन थालिएको छ ।
जनताले लोकतन्त्र खोज्नुको अर्थ स्वेच्छाचारी शासनको विरोध मात्र नभई सशस्त्र द्वन्दबाट उन्मुक्ति र शान्ति स्थापना पनि थियो । राजनीतिक स्थायित्व र राष्ट्रको समृद्धि पनि जनताको असीम चाहना भित्रैको विषय थियो । तर जनताको अलभ्य जोस, संघर्ष र बलिदानबाट लोकतन्त्रसंगै गणतन्त्र भित्र“दा पनि मुलुकमा शान्ति भित्रिन सकेको छैन । मुलुकलाई नया“ राजनीतिक पद्धतितर्फ लैजाने नया“ संविधान लेख्न सकिएको छैन । घोर अलोकतान्त्रिक चरित्र आजका राजनीतिक दल तथा नेताहरुमा मौलाउन थालेको छ । आशा र आवश्यकताहरु फैलिरहेको परिवेश बीच सम्भावना चाहिं झन्–झन् खुम्च्याएर जनतामा वितृष्णा जगाउने काम प्रमुख दलहरुबाटै भएको छ ।
यसरी जनताको जितको रुपमा लिइएको लोकतन्त्र स्थापनाको घटना कतै नेपाली जनतालाई पराजित तुल्याउने खतरनाक खेलको प्रारम्भबिन्दु त थिएन भनी शंका गर्नुपर्ने परिस्थिती सिर्जना भएको छ । यही अनपेक्षित आशंकाकै कारण परिवर्तनप्रति नै आम जनतामा विकर्षण देखिन थालेको छ । नेताहरुमा देखिएको अनेकता भाव, एक– अर्कालाई निषेध गर्ने सोच र शैलीले राजनीतिक परिवेश झन्–झन् विगारिरहेको छ भने अराजकता र दण्डहीनताले असफलता र निरासा झनै बढाएको छ । वास्तवमा ०६२÷६३ को आन्दोलनले जुन उद्देश्य बोकेको ठानिएको थियो त्यसको ठीक विपरीत नतिजा देखिन थाले बाट देश ठूलो संकटमा पर्ने निश्चित जस्तै देखिएको छ ।
यस प्रकार अवधिका हिसावमा लोकतन्त्र स्थापनाले चौथो बर्ष टेक्दा नटेक्दै यसको आयुबारे आम जनताले चिन्ता गर्नुपरेको छ । नागरिकलाई लोकतन्त्रको फल चखाउन उद्यत् ठानिएका दलका नेताहरु नै निरीह जनताबाट जवर्जस्ती चन्दा उठाएर लाठी, भाला र बन्दुक खरिद गर्ने एवं कार्यकर्तालाई युद्धको तालिम दिलाएर तिनै निहत्था जनताको टाउ“कामा प्रहार गर्ने प्रपञ्चमा लिप्त देखिएका छन् । सत्ताको भोक हिजोका कथित प्रतिगमनकारी, दक्षिणपन्थी, निरंकुश र अधिनायकवादीहरुमा भन्दा आजका स्वघोषित लोकतन्त्रवादी गणतन्त्र र जनगणतन्त्रवादीहरुमा बढी जागेको देखिएको छ । लोकतन्त्रलाई संस्थागत तुल्याई राजनीतिक स्थिरता र समृद्ध मुलुक स्थापनाको यात्रा या आर्थिक विकासको नया“ चरण– प्रवेशलाई फगत् मृगतृष्णामा परिणत गर्न
देशकै प्रमुख दलको यो चरित्र यथेष्ट छ । यस बिब्ल्या“टो क्रियाकलापलाई छलफल, सहमति, सहकार्य र त्यागको हतियार प्रयोग गरेर थुन छेक गरी मुलुकलाई अनिष्टबाट जोगाउने जिम्मेवारी बोकेको सरकार तथा सत्ताधारी अन्य दल र तिनका नेताहरु पनि मुठभेडकै पक्षमा पुगेकाले मुलुकको भावी दशा र दिशा कहाली लाग्दो बन्ने स्थिति उत्पन्न भएको छ । देशले थेग्नै नसक्ने आन्दोलनका चर्का उद्घोष जो गरि“दै छ, यसले नेपाल र नेपालीको सर्वत्तोमुखी उत्थानका निम्ति आजसम्म असल र इमान्दार नेता नजन्मेको यथार्थ सर्वत्र बोध गराएको छ । लोकतन्त्रको संस्थागत विकास ने पाली जनताका निम्ति अझै आकाशको तारा तुल्य नै रहेको यसैबाट प्रस्टिएको छ । अधि नायकवादी सोचले तत्काललाई प्रभाव पारे पनि त्यसको आयु पनि लामो हुने छैन । त्यसै ले जनतालाई धोका दिने काम तुरुन्त बन्द गरिंनु पर्दछ ।

No comments:
Post a Comment