मानव जगतका
आस्था र भरोसाका केन्द्रका रुपमा रहनु भएका तीन लोकका प्रभु प्रति
पृथ्वीलोकको एशिया महादेशमा रहेको सानो र गरिब देश नेपाल खाल्डोबाट यो
बबुरो नाक चुच्चे ठिटोको दुई हात जोडी कोटीकोटी प्रणाम् । प्रभुलाई मेरो
सामुन्ने नै पाए देखि प्रभुका सामु लम्पसार परेर सेवा ढोग गर्ने दृढ
इच्छालाई जीवित राख्दै हजुरका नाममा दुई चार हरफहरु कोर्ने जमर्को गरेको छु
। प्रभुको कृपा र अनुकम्पाले नेपाल खाल्डो मा जन्मलिन पाउँदा बेखुशी
हुर्नैपर्ने खासै कारणहरु छैनन् तर जीवन जिउने क्रममा आफूले देखेका र
भोगेका यथार्थ कुराहरु प्रभुसामु विन्ति जाहेर गर्दैछु । कुरो धेरै नयाँ र
पुरानोको होइन प्रभुका सन्तान हामी मानवलोकका मान्छेहरु शारीरिक बनावट र
वर्णका आधारमा तँ त र म म, त बाहुन म जनजाती, तँ पहाडिया म मधेसी भनेर झगडा
गरेको देख्दा र सुन्दाखेरी दिक्क लागेर आउँछ भन्या । प्रभुको पनि देख्ने
आँखा र सुन्ने कान छन् भने यी कुरा हरुलाई गम्भीर रुपमा मनन् गरी आउँदा
दिनमा हाम्रो समाजमा यस्ता विषय बस्तुले झै झगडा र मारकाट निम्त्याउने छैन
भन्ने विश्वास हामी मानव जातिको रहेको छ । प्रभु ∕ देशमा गणतन्त्र आयो रे,
देशले परि वर्तनको नाउँमा धेरै कोल्टे फे¥यो रे भन्छन् र त्यहि परिवर्तनको
नाउँमा भेदभावपूर्ण समाजको विकास पनि ≈वात्तै माथि बढेको देखिन्छ ।
मान्छेको आर्थिक र सामाजिक स्थिति माथि उकास्नुको सट्टा भेदभावपूर्ण समाजको
निर्माणले बेगगति लिएपछि हाम्रो अवस्था कहाँ पुगेको होला ? प्रभुले मनन्
गर्नैपर्ने विषय बनेको छ ।
देशमा अहिले अधिकार र अवसरका नाममा–दाईभाई बीचको सुमधुर सम्बन्धमा राज्यले नै खलल् पारिदिएको छ । जस्तोः बगैचामा सँगै रोपेका बिरुवा मध्ये राम्रोसँग बढ्न नसकेको बिरुवालाई हलक्क बढेको बिरुवासँग बराबर बनाउनका लागि बढे को बिरुवालाई काटेर समानता र समान अधिकारको रट काटिंदै छ के यो एक्काइसौं शताब्दीमा सुहाउँदो खालको नीति हुन सक्छ ? आजको समाजले त बढ्न नसके को बिरुवालाई मलजल गरेर हलक्क बढेको बिरुवा बराबरको बनाउनु पर्छ भन्ने यो पंक्तिकारको बुझाईसँग सहमती राख्नेको संख्या कम छैन ।
प्रभु ∕ हुनत राष्ट्र निर्माणमा अरु जातिको भन्दा जनजातिको महत्वपूर्ण योगदान रहँदै आएको छ भन्ने कुरा जन्मकाल देखिनै सुन्दै आएको कुरा हो । नेपाल राष्ट्र मात्र हैन देशी विदेशी भूमीको रक्षाका लागि समेत उक्त समुदायले बगाएको रगत र पसिनाको प्रशंसा र ब्याख्या यो सानो हरफमा लेखेर सकिने कुरै भएन । त्यसैले यो पंक्तिकार एउटा पात्र मात्र हुनसक्छ जसले धेरैको बिचारलाई प्रतिनिधित्व गर्नसक्छ – नाक थेप्चे समुह र बर्गको त्यो योगदानको दिल देखिनै प्रशंसा गर्न चाहन्छ । त्यसैले यो जुनीमा नाक चुच्चे भएर जन्म लिएर पश्चाताप गरेर बाँच्नु बाहेक अर्को बिकल्प नै कहाँ छर ? हुनत आफ्नो थर र गोत्र परिवर्तन गरि जनजाति र आदिवासी समुहमा लस्करै प्रवेश गर्नेहरुपनि यो दुनियामा देखिए रे । तर आफ्नो त मनले पटक्कै मानेन नाराले तानेन । जे गरौंला अर्कै जुनीमा गरौंला, स्कूल पढ्न जाने
उमेरमा रोधी, कौरा र घाटु नाच हेर्न, गाउन र कम्मर मर्काई मर्काई तरुनीसँग नाच्ने रहरलाई धित मरुन्जेल पूरा गरौला । कहाँको नाइट क्लवमा नाचगान कहाँको गुन्द्रिमा पलेटी कसेर गाएको गीतको तालमा नाचिने नाच, भाका र स्वर को तुलनै हुन सक्दैन ।
आहा कति रमाइला होलान् ति दिनहरु सम्झदा नै मनै फुरु∙ हुने । नाचगान, रंग रमाइलो गर्दाको जीन्दगी जिउनुको मज्जा नै बेग्लै । लाहुरेमा भर्ति हुन भंगेरे छातिलाई फुलाएर र लिगलिगकोटे दौडमा
भाग लिऔंला । भर्ति लिदा गल्लाले पास गराइदिए परदेशको सेवामा कर्तव्यनिष्ठ रुपले आफ्नो जिम्मेवारी पूरा गरांैला, दाम कमाउला घरवार राम्रोसँग जोडौला । यस जुनीमा त यस्तै नै भयो आखिर जनै लगाउने जाति नै त परियो । बाउ आमाले थिरीथिरी हिड्ने बेलादेखिनै स्कूल पढाउन थाले न यो ज्यानले हलक्क बढ्न पायो । रोधी, कौरामा सात दिन, सात रात दोहोरी जितेर पिरती गास्ने अवसर त धेरै परको विषय बन्यो । यसो सम्झ्यो, बिचार ग¥यो यी कुरा सम्झदा त दिक्क नै लागेर आउँछ
भन्या प्रभु ∕ छ सरे धागो ढाडमा भिरेर गायत्री मंत्र, गिता र रामायण बाचन गर्दैमा के त्यो सबै गुणले परिपूर्ण र भरिपूर्ण हुन सक्छ र ? जाबो गिता र रामायण त ३० बर्षमा कपुरी ‘क’ सिकेका हाम्रै बर्गका जनजातिले हरफ सेहरफ कण्ठस्थ पारेका मात्रै होइनन् डाक्टरी पगरी समेत गुथेका छन् । यो त एउटा
सानो उदाहरण मात्र हो । ल भन्नुस् त प्रभु नाक थेप्चेसँग के को कमी छ ? टुप्पी कसेर पढेर मात्रै के यो गर्न सकेका छन् र ? बाउको हुँदा खादाको सम्पत्ति सकेर वि.ए., एम.ए. पढ्दैमा आखिर उनीहरुले
के पो उपलब्धी हासिल गर्न सकेका छन् ? भन्ने प्रश्न प्रभुको मनमा नउब्जीएको पनि छैन होला तर पनि यस्तो अर्घेल्याइपूर्ण समाजमा बाँच्नुको मज्जा र पिडा भने भोग्ने र देख्नेलाई मात्र थाहा हुन्छ ।
र अन्त्यमा, प्रभु ∕ जीन्दगीमा सदा खुशी रहनु, मानव जातिको खुशी नै प्रभुका लागि प्रशाद हुने छ होला तर जीवनलाई अगाडि बढाउने क्रममा सबै कुरा सबैको भागमा हुँदैन केहि छुटफुट त भइहाल्छ भन्ने
कुरा नेपाल खाल्टोका जनतालाई प्रभुले राम्रोसँग सम्झाई बुझाई दिनु प¥यो । जसबाट भाई–भाई बिच देखिएको बिग्रहले सगरमाथा जस्तै उठेको टाउको टाउँको गल्र्याम–गुर्लुम ढलोस् र सबै वर्ग र मुदायलाई सह अस्तित्वको धागोमा उनेर एउटा संग्लो समुन्नत र पूर्ण समाजको निर्माण गर्न सकियोस् । होइन भने प्रभु ∕ मलाई पनि अर्को जन्ममा जनजाति बनाईदेऊ ।

No comments:
Post a Comment