Tuesday, January 24, 2012

प्रभु अर्को जन्ममा जनजाति बनाईदेऊ-Maadhav Gairey

मानव जगतका आस्था र भरोसाका केन्द्रका रुपमा रहनु भएका तीन लोकका प्रभु प्रति पृथ्वीलोकको एशिया महादेशमा रहेको सानो र गरिब देश नेपाल खाल्डोबाट यो बबुरो नाक चुच्चे ठिटोको दुई हात जोडी कोटीकोटी प्रणाम् । प्रभुलाई मेरो सामुन्ने नै पाए देखि प्रभुका सामु लम्पसार परेर सेवा ढोग गर्ने दृढ इच्छालाई जीवित राख्दै हजुरका नाममा दुई चार हरफहरु कोर्ने जमर्को गरेको छु । प्रभुको कृपा र अनुकम्पाले नेपाल खाल्डो मा जन्मलिन पाउँदा बेखुशी हुर्नैपर्ने खासै कारणहरु छैनन् तर जीवन जिउने क्रममा आफूले देखेका र भोगेका यथार्थ कुराहरु प्रभुसामु विन्ति जाहेर गर्दैछु । कुरो धेरै नयाँ र पुरानोको होइन प्रभुका सन्तान हामी मानवलोकका मान्छेहरु शारीरिक बनावट र वर्णका आधारमा तँ त र म म, त बाहुन म जनजाती, तँ पहाडिया म मधेसी भनेर झगडा गरेको देख्दा र सुन्दाखेरी दिक्क लागेर आउँछ भन्या । प्रभुको पनि देख्ने आँखा र सुन्ने कान छन् भने यी कुरा हरुलाई गम्भीर रुपमा मनन् गरी आउँदा दिनमा हाम्रो समाजमा यस्ता विषय बस्तुले झै झगडा र मारकाट निम्त्याउने छैन भन्ने विश्वास हामी मानव जातिको रहेको छ । प्रभु ∕ देशमा गणतन्त्र आयो रे, देशले परि वर्तनको नाउँमा धेरै कोल्टे फे¥यो रे भन्छन् र त्यहि परिवर्तनको नाउँमा भेदभावपूर्ण समाजको विकास पनि ≈वात्तै माथि बढेको देखिन्छ । मान्छेको आर्थिक र सामाजिक स्थिति माथि उकास्नुको सट्टा भेदभावपूर्ण समाजको निर्माणले बेगगति लिएपछि हाम्रो अवस्था कहाँ पुगेको होला ? प्रभुले मनन् गर्नैपर्ने विषय बनेको छ ।
देशमा अहिले अधिकार र अवसरका नाममा–दाईभाई बीचको सुमधुर सम्बन्धमा राज्यले नै खलल्  पारिदिएको छ । जस्तोः बगैचामा सँगै रोपेका बिरुवा मध्ये राम्रोसँग बढ्न नसकेको बिरुवालाई हलक्क बढेको बिरुवासँग बराबर बनाउनका लागि बढे को बिरुवालाई काटेर समानता र समान अधिकारको रट काटिंदै छ के यो एक्काइसौं शताब्दीमा सुहाउँदो खालको नीति हुन सक्छ ? आजको समाजले त बढ्न  नसके को बिरुवालाई मलजल गरेर हलक्क बढेको बिरुवा बराबरको बनाउनु पर्छ भन्ने यो पंक्तिकारको बुझाईसँग सहमती राख्नेको संख्या कम छैन ।
प्रभु ∕ हुनत राष्ट्र निर्माणमा अरु जातिको भन्दा जनजातिको महत्वपूर्ण योगदान रहँदै आएको छ भन्ने  कुरा जन्मकाल देखिनै सुन्दै आएको कुरा हो । नेपाल राष्ट्र मात्र हैन देशी विदेशी भूमीको रक्षाका लागि समेत उक्त समुदायले बगाएको रगत र पसिनाको प्रशंसा र ब्याख्या यो सानो हरफमा लेखेर सकिने कुरै भएन । त्यसैले यो पंक्तिकार एउटा पात्र मात्र हुनसक्छ जसले धेरैको बिचारलाई प्रतिनिधित्व गर्नसक्छ – नाक थेप्चे समुह र बर्गको त्यो योगदानको दिल देखिनै प्रशंसा गर्न चाहन्छ । त्यसैले यो जुनीमा नाक चुच्चे भएर जन्म लिएर पश्चाताप गरेर बाँच्नु बाहेक अर्को बिकल्प नै कहाँ छर ? हुनत आफ्नो थर र गोत्र  परिवर्तन गरि जनजाति र आदिवासी समुहमा लस्करै प्रवेश गर्नेहरुपनि यो दुनियामा देखिए रे । तर आफ्नो त मनले पटक्कै मानेन नाराले तानेन । जे गरौंला अर्कै जुनीमा गरौंला, स्कूल पढ्न जाने
उमेरमा रोधी, कौरा र घाटु नाच हेर्न, गाउन र कम्मर मर्काई मर्काई तरुनीसँग नाच्ने रहरलाई धित मरुन्जेल पूरा गरौला । कहाँको नाइट क्लवमा नाचगान कहाँको गुन्द्रिमा पलेटी कसेर गाएको गीतको तालमा नाचिने नाच, भाका र स्वर को तुलनै हुन सक्दैन ।
आहा कति रमाइला होलान् ति दिनहरु सम्झदा नै मनै फुरु∙ हुने । नाचगान, रंग रमाइलो गर्दाको  जीन्दगी जिउनुको मज्जा नै बेग्लै । लाहुरेमा भर्ति हुन भंगेरे छातिलाई फुलाएर र लिगलिगकोटे दौडमा
भाग लिऔंला । भर्ति लिदा गल्लाले पास गराइदिए परदेशको सेवामा कर्तव्यनिष्ठ रुपले आफ्नो जिम्मेवारी पूरा गरांैला, दाम कमाउला घरवार राम्रोसँग जोडौला । यस जुनीमा त यस्तै नै भयो आखिर जनै लगाउने जाति नै त परियो । बाउ आमाले थिरीथिरी हिड्ने बेलादेखिनै स्कूल पढाउन थाले न यो ज्यानले हलक्क बढ्न पायो । रोधी, कौरामा सात दिन, सात रात दोहोरी जितेर पिरती गास्ने अवसर त धेरै परको विषय बन्यो । यसो सम्झ्यो, बिचार ग¥यो यी कुरा सम्झदा त दिक्क नै लागेर आउँछ
भन्या प्रभु ∕ छ सरे धागो ढाडमा भिरेर गायत्री मंत्र, गिता र रामायण बाचन गर्दैमा के त्यो सबै गुणले परिपूर्ण र भरिपूर्ण हुन सक्छ र ? जाबो गिता र रामायण त ३० बर्षमा कपुरी ‘क’ सिकेका हाम्रै बर्गका जनजातिले हरफ सेहरफ कण्ठस्थ पारेका मात्रै होइनन् डाक्टरी पगरी समेत गुथेका छन् । यो त एउटा
सानो उदाहरण मात्र हो । ल भन्नुस् त प्रभु नाक थेप्चेसँग के को कमी छ ? टुप्पी कसेर पढेर मात्रै के यो गर्न सकेका छन् र ? बाउको हुँदा खादाको सम्पत्ति सकेर वि.ए., एम.ए. पढ्दैमा आखिर उनीहरुले
के पो उपलब्धी हासिल गर्न सकेका छन् ? भन्ने प्रश्न प्रभुको मनमा नउब्जीएको पनि छैन होला तर पनि यस्तो अर्घेल्याइपूर्ण समाजमा बाँच्नुको मज्जा र पिडा भने भोग्ने र देख्नेलाई मात्र थाहा हुन्छ ।
र अन्त्यमा, प्रभु ∕ जीन्दगीमा सदा खुशी रहनु, मानव जातिको खुशी नै प्रभुका लागि प्रशाद हुने छ होला तर जीवनलाई अगाडि बढाउने क्रममा सबै कुरा सबैको भागमा हुँदैन केहि छुटफुट त भइहाल्छ भन्ने
कुरा नेपाल खाल्टोका जनतालाई प्रभुले राम्रोसँग सम्झाई बुझाई दिनु प¥यो । जसबाट भाई–भाई बिच देखिएको बिग्रहले सगरमाथा जस्तै उठेको टाउको टाउँको गल्र्याम–गुर्लुम ढलोस् र सबै वर्ग र मुदायलाई सह अस्तित्वको धागोमा उनेर एउटा संग्लो समुन्नत र पूर्ण समाजको निर्माण गर्न सकियोस् । होइन भने प्रभु ∕ मलाई पनि अर्को जन्ममा जनजाति बनाईदेऊ ।

थर्मल प्लान्ट ल्याउने तयारी सुरु

काठमाडौं, ५ पुस बढ्दो लोडसेडिङको विकल्पका रुपमा सरकारले लामो समयदेखि ल्याउने भनेको थर्मल प्लान्ट अब जडानको तयारी सुरु गरेको छ । मंगलबारदेखि लोडसेडिङको समय बढाएर हप्तामा ६९ घण्टा बनाएपछि सरकारले थर्मल प्लान्ट जडान गर्ने निर्णयमा पुगेको हो ।

यसका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्री समक्ष प्रस्ताव पेश गरेपछि जडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आवश्यक निर्देशन दिएका छन् ।

यसका लागि भारतबाट २ सय मेगावटको थर्मल प्लान्ट ल्याइने छ । प्लान्ट जडानका लागि २० अर्ब लाग्ने अनुमान गरिएको छ । प्लान्ट जडान पछि लोडसेडिङ दैनिक ६ घण्टामा सिमित गर्न सकिने सरकारको दाबी छ ।

प्लान्ट जडानका लागि प्रस्तुत गरिएको प्रस्तावबारे प्रधानमन्त्रीले विस्तृत कार्ययोजना बनाई तत्काल निजी क्षेत्रलाई आह्वान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आफूहरुसँग छलफल नै नगरी सरकारले अर्बौ रुपैयाँ खर्च हुने प्लान्ट जडानप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् । 

विश्वविद्यालय स्थापनाका लागि आन्दोलन गरिने

नेपालगन्ज, ६ पुस राजनीतिक दलको वेवास्ताले नेपालगञ्जमा विश्वविद्यालय बन्न नसकेको भन्दै प्रस्तावित नेपालगञ्ज विश्वविद्यालय स्थापना संघर्ष समितिले आजबाट चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाएको छ ।


आजदेखि पुस १७ गतेसम्म पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएका छन् । समितिले आज जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापनपत्र बुझाइ आन्दोलनका कार्यक्रमहरुका बारेमा सरकारलाई जानकारी दिइने संघर्ष समितिका संयोजक अच्युतप्रसाद प्रसाइले बताए । प्रस्तावित नेपालगञ्ज विश्वविद्यालय विधेयक ससंदमा पेश भए पनि पास हुन नसकेको भन्दै समितिले आन्दोलन थालेको हो । आन्दोलनका कार्यक्रमअन्तर्गत आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, ११ गतेसम्म जनमत सृजनाका लागि प्रचारप्रसार गर्ने, १२ गते वृहत र्‍याली प्रदर्शन गर्नेसहित १७ गतेदेखि अनिश्चितकालीन भन्सार ठप्प पार्ने कार्यक्रमहरु तय भएको संघर्ष समितिका संयोजक प्रर्साईले जानकारी दिए । 

मधेसी बटालियन बनाउने निर्णय

काठमाडौ, पुस ६ सरकारले नेपाली सेनामा मधेसी समुदायको छुट्टै बटालियन बनाउने निर्णय गर्दै कार्यान्वयनका लागि रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।  मन्त्रिपरिषद्को मंगलबारको बैठकले समावेशी नीति २०६८ समेत पारित गरी तीन हजारको संख्याबाट मधेसीलगायतको भर्ना थाली बेग्लै बटालियन बनाउने प्रक्रिया अघि बढाउन रक्षालाई निर्देशन दिएको हो ।

ुसेनालाई समावेशी बनाउन मधेसीको पहिचान झल्किने छुट्टै बटालियन बनाउनेबारे निर्णय भएको छ । त्यसका लागि तीन हजारको दरबन्दीबाट भर्ना अगाडि बढाउन रक्षामार्फत सेनालाई निर्देशन दिइनेछ,ु तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवले भने ।

सरकारले शाहीकालमै स्वीकृत ३ हजार ४० दरबन्दीमा मधेसी र मधेसी मूलका दलित, जनजाति, आदिवासी, पिछडिएका वर्गको भर्ना गर्न अर्थ मन्त्रालयबाट बजेट निकासा गर्ने भएको हो । २०६२ सालमै दरबन्दी स्वीकृत भए पनि लोकतन्त्र स्थापनापछि बनेको सरकारले बजेट निकासा नगर्दा सेनाले पदपूर्ति गर्न सकेको थिएन । बजेट निकासाका हिसाबले हाल सेनाको दरबन्दी ९२ हजार ७ सय ५३ छ । शाहीकालमा स्वीकृत दरबन्दीमा बजेट निकासा गर्ने सरकारको निर्णयअनुरूप पदपूर्ति भए सेनाको जनशक्ति ९५ हजार ७ सय ९३ पुग्नेछ ।

सेनाले लामो समयदेखि शाहीकालमा स्वीकृत दरबन्दी ब्युँताउन प्रयत्न गर्दै आएको थियो । अर्थमन्त्री वर्षमान पुनले उक्त दरबन्दीका लागि छिट्टै बजेट निकासा गर्ने बताए । त्यसमा मधेसी र मधेसी मूलका आदिवासी, दलितलगायतका लागि मात्र भर्ना खोलिने जनाउँदै उनले मधेसमा बसोबास गर्ने पहाडी मूलकालाई भने भर्ना नलिइने जनाए ।

दरबन्दी ब्युँताउन प्रयासरत सेना भने सरकारी निर्णयप्रति सन्तुष्ट देखिएको छैन । ुराज्यले नै लिएको समावेशी नीतिअनुरूप अहिले पनि ४५ प्रतिशत आरक्षणको व्यवस्था छ । राजनीतिक तहमा निर्णय गरी आरक्षणको यो अनुपातलाई बढाउन सकिन्छ तर कसैलाई निषेध गरी कसैका लागि मात्र विशेष व्यवस्था गर्दा भविष्यमा समस्या सिर्जना हुन सक्छ,ु औपचारिक रूपमा निर्णय आइनसकेको जनाउँदै एक उच्च सैनिक अधिकृतले भने ।

सिँचाइमन्त्री यादवले भने मोर्चा र तत्कालीन सरकारबीच भएको आठबुँदे सहमति र माओवादीसँग भएको चारबँुदे सहमतिको मर्मअनुरूप मन्त्रिपरिषद्ले निर्णय लिएको जानकारी दिए । वातावरणमन्त्री हेमराज तातेडले चारबुँदे सहमतिमा १० हजार मधेसीलाई समावेश गर्ने उल्लेख भए पनि तत्कालका लागि तीन हजारको दरबन्दीबाट प्रक्रिया अघि बढाइने बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच २०६४ फागुन १६ गते भएको आठबुँदे सम्झौतामा सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्न मधेसीलगायत अन्य वञ्चित समुदायको समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गर्ने उल्लेख छ ।

त्यसैगरी मोर्चा र माओवादीबीच भएको चारबँुदे सहमतिमा ुअन्तरिम संविधानमा उल्लेख गरिएको व्यवस्था र सरकार तथा मोर्चाबीच भएको आठबुँदे सम्झौताअनुसार सेनाको लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेशी चरित्र निर्माण गर्नेु विषयमा प्रतिबद्घता व्यक्त गरिएको छ । यसका लागि ुसेनामा अलग इकाईका रूपमा मधेसी समुदायको पहिचान स्थापित गर्दै १० हजारको संख्याबाट भर्ना माग गरिएको सन्दर्भमा हाल निश्चित संख्याको भर्नाबाट समावेशीकरणको तत्काल प्रक्रिया थालिनेु उल्लेख छ ।

चिनियाँ रेल यसरी आउँदैछ

हङकङ, माघ ७ चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो।

ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ किलोमिटर रेलमार्गको ७७ प्रतिशत र उक्त भागमा पर्ने सुरुङ मार्गको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको तिब्बत क्षेत्रीय विकास तथा सुधार आयोगले मंगलबार जनाएको छ। 


तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेतर्फ रेलमार्ग विस्तार कार्य तीव्र गतिमा भइरहेको छ, सन् २०१५ सम्म यो पूरा हुनेछ, आयोग प्रमुख जीन सिसुनलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। 
बेइजिङस्थित दक्षिण एसिया मामिला विज्ञहरूले एक दशकभित्रै नेपाललाई रेलमार्गले जोड्ने चीनको तयारी रहेको जनाएका छन्। चीनको राज्य परिषद् अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङ नौ वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन्।
तीन वर्षभित्र ल्हासाबाट सिगात्से र लिन्ची जोडिन्छ, शिशेङले नागरिकसँग भने, २-२ सम्म चीनलाई कम्तीमा दुईवटा रेलमार्गले दक्षिण एसियासँग जोड्ने छ( केरुङ वा कोदारी हुँदै नेपाल र यान्दोङ नाथुला नाकाबाट गान्तोक ९भारत०।पाँच वर्षअघि ल्हासा आइपुगेको रेलमार्ग सिगात्से जोड्ने कार्य अघिल्लो वर्ष सुरु भएको थियो। एक वर्षमै आधा काम सकिएकाले तोकिएको समयअघि नै निर्माण पूरा हुने अनुमान अधिकारीहरूले गरेका छन्। सगरमाथा फेदीमा पर्ने तिब्बतको दोस्रो ठूलो प्रशासनिक केन्द्र सिगात्से भारत, भुटान र नेपालको सिमा नजिकै पर्छ।

विश्वको सबभन्दा अग्लो भूभागमा बग्ने यार्लुङ जाङ्बो ९ब्रह्मपुत्र० नदीको सबभन्दा गहिरो खोँच र अग्ला पहाड छिचोलेर रेलमार्ग सिगात्से निकाल्ने काम धमाधम भइरहेको छ। एक सय २० किलोमिटर प्रतिघन्टाका दरले दुई घन्टा दस मिनेटमा ल्हासाबाट रेल सिगात्से पुग्नेछ। ुगो वेस्टु नीतिअन्तर्गत तिब्बतको विकासमा केन्द्रित भएको चीन सरकारले १२ औं पञ्चवर्षीय योजनामा यो खण्ड निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ छुट्टयाएको थियो।

भारत र चीनबीच सेतु बन्ने सूत्र खोज्दै आएका प्रधानमन्त्री बाबुराम भट्टराई तिब्बत रेलमार्ग काठमाडौं जोड्ने जियाबाओको भनाइबाट निकै प्रसन्न देखिन्छन्। हिमाल छिचोलेर रेल आएपछि दक्षिण र पूर्वी एसियाबीच रहेर नेपालले तीव्र आर्थिक विकास गर्न सक्ने भट्टराईको तर्क छ। जियाबाओको भ्रमणका क्रममा ुआर्थिक लगानी र रेलमार्ग विस्तारबारे चीनले स्पष्टसँग कुरा राखेकोु भन्दै भट्टराईले ल्हासा रेलमार्ग लुम्बिनीसम्म विस्तार गरी भारत र चीनबीच नेपाल ुभावनात्मक र भौतिक पुलु बन्न सक्ने अर्थ्याएका थिए।

गणतन्त्र चीनका पहिलो राष्ट्रपति सन् यातसेनले सन् १९१९ मै तिब्बत रेलमार्ग परिकल्पना गरेका थिए। माओत्सेतुङले १९५५ मा यसको सम्भाव्यता अध्ययन गराए पनि १९८४ मा मात्र यसको पहिलो खण्डमध्ये चीनको छिङहाई प्रान्तको राजधानी सिनिङबाट गोलमुढसम्म ८ सय १५ किलोमिटर निर्माण गरिएको थियो। छिङहाई(तिब्बत दोस्रो खण्डमा पर्ने १ हजार १ सय ४२ किलोमिटर निर्माण सुरु हुन अर्को १७ वर्ष पर्खनुपर्‍यो। तिब्बत रेलमार्गको यो खण्ड विश्वकै सबभन्दा अग्लो भूभागको रेलमार्ग हो। तत्कालीन चिनियाँ प्रधानमन्त्रीले झु रोङ्जीले यसलाई ुमानव इतिहासको एक अभूतपूर्व परियोजनाु का रूपमा अर्थ्याएका थिए।

छिङहाई(तिब्बत खण्डको १ हजार १ सय ४२ मध्ये ९ सय ६० किलोमिटर समुद्री सतहबाट चार हजार मिटर उचाइमा पर्छ भने ५ सय ५० किलोमिटर क्षेत्र पूरै हिउँले ढाकिएको हुन्छ। हिउँ जमेको ठाउँमा सय र अन्य क्षेत्रमा १ सय २० किलोमिटर प्रतिघन्टाका दरले दौडने रेल विश्वकै अग्लो भूभागमा छिटो दौडने रेल मानिन्छ।

२००६ जुलाइमा छिङहाई(तिब्बत रेलमार्ग उद्घाटन गर्ने क्रममा राष्ट्रपति हु जिन्ताओले यसलाई अर्को ुआश्चर्यु का रूपमा अर्थ्याउँदै ुअन्ततः चिनियाँ जनताको सपना साकार भएकोु उद्घोष गरेका थिए। छिङहाई(तिब्बत रेलमार्ग गोलमुढ(सिनिङ हुँदै बेइजिङ जोडिन्छ। चीनको राजधानी बेइजिङबाट तिब्बतको ल्हासा पुग्ने एकमात्र स्थल मार्ग यही हो। बेइजिङबाट ४८ घन्टामा एउटै रेलबाट ल्हासा पुग्न सकिन्छ।

नेपालको सिमासम्म रेलमार्ग विस्तार गर्ने आकांक्षा माओले १९६० मै राखेका थिए। चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वमा रहेका माओका नाति पुस्ता पनि उनको सपना साकार पार्न दत्तचित्त देखिन्छन्। २००८ अप्रिलमा विदेश विभागका उपमन्त्री आई पीङको नेतृत्वमा काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग तिब्बत रेलमार्ग नेपालको सिमासम्म विस्तार गर्ने चीनको योजनाबारे औपचारिक जानकारी गराएको थियो।

प्रधानमन्त्री बनेलगत्तै बेइजिङ पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ पक्षसँग पहिलोपटक रेलमार्ग लुम्बिनीसम्म नै विस्तार गर्नेबारे छलफल गरेका थिए। ल्हासा(लुम्बिनी रेलमार्ग बन्यो भने चीन र भारतलाई जोड्ने त्यो सबभन्दा सुगम आधार बन्ने र नेपालले त्यसबाट आर्थिक लाभ लिन सक्ने दाहालको तर्क छ। 
ुप्रधानमन्त्रीका रूपमा पहिलोपटक बेइजिङ जाँदा नै मैले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग ल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग जोड्ने प्रस्ताव राखेको साँचो हो,ु दाहालले गत वर्ष सांघाई आउँदा नागरिकसँग भनेका थिए, ुहाम्रो पर्यटन र आर्थिक जीवनमा यो रेलमार्गले नयाँ युग नै ल्याउँछ भन्ने लागेर पछि पनि मैले यो विषय निरन्तर उठाएको छु।ु

तत्कालीन प्रधानमन्त्री माधव नेपाल चीन भ्रमणमा आएको बेला बेइजिङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले गरेको अनलाइन सर्वेमा सहभागीमध्ये ९६ प्रतिशतले नेपालसम्म रेलमार्ग विस्तार गर्नुपर्ने मत दिएका थिए। पत्रिकाले सम्पादकीयमा हिमाल छिचोल्न कठिन भए पनि चीनको राष्ट्रिय सुरक्षा रणनीतिसँग सम्बन्धित भएकाले रेलमार्ग नेपालसम्म जोड्नुपर्ने तर्क गरेको थियो।

ुजतिसुकै महँगो भए पनि चीनले यो रणनीतिक रेलमार्गलाई काठमाडौंसम्म विस्तार गर्नैपर्छ, किनकि राजनीति, अर्थतन्त्र र सुरक्षामा यसको ठूलो महत्व छ,ु ग्लोबल टाइम्सले लेखेको थियो।

बेइजिङले कहिलेसम्म काठमाडौंमा रेल पुर्‍याउँछ भन्ने कुरा हिमालय रणनीतिमा पनि भर पर्नेछ। चार हजार मिटर अग्लो हिमाल छिचोलेर काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने बेइजिङको चासो नेपाललाई ुट्रान्जिटु बनाएर दक्षिण एसियामा व्यापार विस्तार गर्नेमा सीमित छैन। तिब्बतको सुरक्षासँग सम्बन्धित हिमालय रणनीतिअनुसार नेपाललाई रेल(सडक सञ्जालसँग जोडेर चीन आफ्नो सिमा सुरक्षा सुनिश्चित गर्न चाहन्छ। 
ुतिब्बतमा स्थिरता र सिमा सुरक्षा दुवै महत्वपूर्ण विषय हुन्,ु शिशेङ भन्छन्, ुद्विपक्षीय सम्बन्ध र क्षेत्रीय सन्तुलनका लागि पनि रेलमार्ग अति महत्वपूर्ण छ।ु
रेलमार्गसँगै विस्तार हुने व्यापारले नेपाल एसियाकै एउटा महत्वपूर्ण ुट्रान्जिट राष्ट्रु र ठूलो पर्यटक गन्तव्य पनि बन्न सक्नेछ। बेइजिङ(ल्हासा(काठमाडौं रेलमार्गले नेपाललाई अन्तर्राष्ट्रिय रेल(सडक सञ्जालसँग जोड्ने छ र ठूलो बजारसम्म पुर्‍याउने छ।

नेपाल-भारतबीच जलस्रोत सचिवस्तरीय प्राविधिक समितिको बैठक

काठमाडौ, माघ ९ नेपाल-भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउने सहितका जलस्रोतका विभिन्न विवादित र महत्त्वपूर्ण एजेन्डामा छलफल गरी सहमति खोज्न फागुनको पहिलो साता दुई देशबीच मन्त्रीस्तरीय बैठक नयाँ दिल्लीमा हुने भएको छ ।

नेपाल(भारतबीच एक महिना पहिले जलस्रोत सचिवस्तरीय प्राविधिक समितिको बैठकको सहमति बमोजिम साढे तीन सातापछि दुई देशका जलस्रोत मन्त्रीस्तरीय बैठक हुन लागेको हो । भारतले नेपालसित पूर्वसहमति लिएर नयाँ दिल्लीमा फागुन ३ मा जलस्रोत मन्त्रीस्तरीय बैठक गर्ने तिथि तय गरेको जानकारी सरकारी अधिकारीले दिए ।

दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने, कोसी उच्च बाँध निर्माण, अन्तरदेशीय प्रसारण लाइन निर्माण, लोडसेडिङ घटाउन भारतबाट थप विद्युत् आयात गर्ने, डुबान र तटबन्धका समस्या समाधानका विषयमा छलफल हुने एजेन्डा तय भएकाले यो बैठक महत्त्वपूर्ण हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

ती अधिकारीका अनुसार जलस्रोत मन्त्रालय फुटाएर दुई मन्त्रालय बनाइएकाले नेपाली प्रमण्डलको नेतृत्व ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले गर्नेछन्, भारतको नेतृत्व त्यहाँका जलस्रोत मन्त्रीले । जलस्रोत फुटेर बनेका दुवै मन्त्रालय र जलस्रोतको क्षेत्रकै काम गरिरहेको जल तथा शक्ति आयोगसँग सम्बन्धित एजेन्डामा छलफल हुने भएकाले ऊर्जामन्त्री बोगटीका साथमा ऊर्जा, सिँचाइ मन्त्रालय र आयोगका सचिव क्रमशः बालानन्द पौडेल, वृन्दा हाडा भट्टराई, विश्वप्रकाश पण्डित र मातहतका अधिकारीहरू जानेछन् ।

मन्त्रालय फुटेका जलस्रोत मन्त्रालयले पहिले गर्ने काम अहिले ऊर्जा र सिँचाइ मन्त्रालयले गर्ने भएकाले ऊर्जामन्त्री नेतृत्वमा फागुन २ मा भारत जाने प्रमण्डल ुजम्बोु हुन पुगेको स्रोतले उल्लेख गरेको छ । प्रमण्डलमा दुई मन्त्रालय र आयोगका अधिकारी, विद्युत् विकास, सिँचाइ र जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित २० जना अधिकारी रहेको जानकारी स्रोतले दिएको छ ।

नेपाल र भारतबीच जलस्रोत मन्त्रीस्तरमा एक दिनमात्र वार्ता हुनेछ, प्रमण्डल भोलिपल्टै स्वदेश र्फकनेछ । वार्तामा महाकाली सन्धिको मुख्य बुँदा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउनेबारेमा छलफल हुने र त्यसमा ६ हजार ४ सय ८० मेगावाटको जलाशययुक्त विद्युत् आयोजना बनाउने र जलाशयमा जम्मा हुने १२ अर्ब घनमिटर पानीबाट नेपालतर्फ ९३ हजार र भारततर्फ १६ लाख हेक्टर जमिन सिँचाइ हुने योजना छ । महाकाली सन्धि र त्यससँग जोडिएका समझदारीमा भारतमा बढी सिँचाइ हुने भएकाले आयोजनामा भारतीय सरकारले बढी र नेपालले कम लगानी गर्ने सहमति भएको थियो ।

तर, महाकाली सन्धि पारित भएको केही दिनपछि नै नेपाली संसद्ले बहुउद्देश्यीय आयोजनाको पानीमा नेपाल र भारतको बराबरीको हक हुनुपर्ने लगायतका चारबुँदे संकल्प प्रस्ताव पारित गर्‍यो, त्यसबाट झस्किएको भारतले सीमाबाट ५० किमि दक्षिणमा रहेको तल्लो शारदा सिँचाइ आयोजनाले प्रयोग गर्दै आए बराबरको पानी बहुउद्देश्यीय आयोजनाबाट बाह्रैमास छाड्नुपर्ने सर्त राखेपछि महाकाली सन्धिमा ६ महिनामा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने सहमति भए पनि १६ वर्षमा पनि बन्न सकेको छैन । यी विवादित र महत्त्वपूर्ण मुद्दामा छलफल हुने र सहमतिका लागि प्रयास हुने जानकारी स्रोतले दिए ।

स्रोतका अनुसार दुई देशबीच सीमा नजिक रहेका विभिन्न बाँध तथा तटबन्धका कारण नेपाली भूमि बर्सेनि डुबानमा पर्ने समस्या समाधानका लागि समेत वार्ता हुने जानकारी सिँचाइका अधिकारीले दिए ।

ती अधिकारीका अनुसार दुई देशबीच कोसी उच्च बाँधका सम्बन्धमा समेत छलफल हुनेछ । विभिन्न समूहको विरोधले नेपाल र भारतका प्राविधिकले अघि बढाएको कोसी उच्च बाँधको सम्भाव्यता अध्ययनमा अवरोध पुग्दै आएको छ । बिना अध्ययन कोसी उच्च बाँधको फाइदारबेफाइदा र त्यसले पार्ने प्रभावको मूल्यांकन हुन सक्तैन ।

ुअध्ययनबिना उक्त आयोजनाबाट नेपाललाई फाइदा हुनेरनहुने निष्कर्षमा पुग्न सकिएको छैन, उक्त आयोजनामा दुई देशका प्राविधिकले निर्बाध अध्ययन गर्न दिनेबारेमा सहमति हुने सम्भवना छु सिँचाइका अधिकारीले भने । ती अधिकारीका अनुसार नेपाललाई फाइदा हुने भए उक्त आयोजना अघि बढाउने, नहुने भए रोक्ने सोच ऊर्जा मन्त्रालयको छ ।

Friday, September 16, 2011

Open Source PHP Scripts

Sub Categories:


20 Most Influential Open-Source Web Applications

20 Most Influential Open-Source Web Applications

with 65 comments

From managing databases to shopping, writing blogs to sending emails. Ten years of passion, great software architectures, team work and revolutionary ideas. Here are the most influential open-source PHP applications to date:

1998

phpMyAdmin

phpMyAdmin is a tool written in PHP intended to handle the administration of MySQL over the Web. Currently it can create and drop databases, create/drop/alter tables, delete/edit/add fields, execute any SQL statement, manage keys on fields, manage privileges, export data into various formats and is available in 50 languages. Development is backed up by the phpMyAdmin team.

1999

SquirrelMail

SquirrelMail is a standards-based Webmail package. It includes built-in pure PHP support for the IMAP and SMTP protocols, and all pages are rendered in pure HTML 4.0 for maximum compatibility across browsers. It has very few requirements, and is very easy to configure and install. It has all the functionality you would want from an email client, including strong MIME support, address books, and folder manipulation.

2000

osCommerce

osCommerce is an open source e-commerce solution under on going development by the open source community. Its feature packed out-of-the- box installation allows store owners to setup, run, and maintain their online stores with minimum effort and with no costs involved. osCommerce combines open source solutions to provide a free and open development platform, which includes the powerful PHP web scripting language, the stable Apache web server, and the fast MySQL database server.

OpenX

OpenX began as phpAdsNew, a fork from a similar project called phpAds, created by Tobias Ratschiller in 1998. OpenX is a hugely popular, free ad server designed by web publishers for web publishers. It provides everything you need to manage your on-line advertising. It allows paid banners to be easily rotated along with your own in-house advertisements, and can even integrate banners from third party advertising companies.

phpBB

phpBB is a fast, efficient discussion board program built in PHP with a muti-database backend. Features include: posting, replying, private messages, polls, username/ip banning, strong encryption for storing passwords, user rankings, very advanced access control for private forums, full templating, simple yet robust translation system and much more.

2001

Gallery

Gallery is a slick Web-based photo album written using PHP. It is easy to install, includes a config wizard, and provides users with the ability to create and maintain their own albums in the album collection via an intuitive Web interface. Photo management includes automatic thumbnail creation, image resizing, rotation, ordering, captioning and more. Albums can have read, write, and caption permissions per individual authenticated user for an additional level of privacy.

Drupal

Drupal is a modular content management system, forum, blogging and community engine. It is database driven and can be used with MySQL, MySQLi and PostgreSQL. Its features include (but are not limited to) discussion forums, Web-based administration, theme support, a submission queue, content rating, content versioning, taxonomy support, user management with a fine-grained permission system based on user roles (groups), error logging, support for content syndication, locale support, and much more. It is considered to be an excellent platform for developers due to its clean code and extensibility, and it can also be used as a Web application framework.

2002

MediaWiki

MediaWiki is a web-based wiki software application used by all projects of the Wikimedia Foundation, all wikis hosted by Wikia, and many other wikis, including some of the largest and most popular ones. Originally developed to serve the needs of the free content Wikipedia encyclopedia, today it has also been deployed by companies for internal knowledge management, and as a content management system. Notably, Novell uses it to operate several of its high traffic websites.

2003

WordPress

WordPress is a state-of-the-art, semantic, personal publishing platform with a focus on aesthetics, Web standards, and usability. It was born out of a desire for an elegant, well-architected personal publishing system. While primarily geared towards functioning as a Weblog, WordPress is also a flexible CMS capable of managing many types of Web sites. In addition to the basic blog functions, it also has an integrated link manager (e.g. for blogrolls), file attachments, XFN support, support for stand-alone pages, Atom and RSS feeds for both content and comments, blogging API support (Atom Publishing Protocol, Blogger, MetaWeblog, and Movable Type APIs), spam blocking features, advanced cruft-free URL generation, a flexible theme system, and an advanced plugin API.

2004

SugarCRM

SugarCRM is a complete CRM system for businesses of all sizes. Core CRM functionality includes sales force automation, marketing campaigns, support cases, project mgmt, calendaring and more. Built in PHP, supports MySQL and SQL Server.

2005

Joomla!

Joomla! is an award-winning Web-based content management system. It provides for split front end content access and backend administrator access. Group-based access control allows for different levels of system control for both the site and the administrator. The Joomla! framework allows for extension by installable components (applications), modules (template blocks), languages, templates, and mambots (plugins that enhance system functions).

Pligg

Pligg is an Open source Social Networking Content Management System (CMS) Combining social bookmarking, blogging, and syndication and a democratic editorial system enables users to collaboratively submit and vote articles. It was influenced by the extremely popular and proprietary software Digg, where when a user submits a news article it is placed in the “upcoming” area until it gains sufficient votes to be promoted to the main page.

2007

Magento eCommerce

Magento is a new professional open-source eCommerce solution offering unprecedented flexibility and control. It was designed with the notion that each eCommerce implementation has to be unique since no two businesses are alike. Magento’s modular architecture puts the control back in the hands of the online merchant and places no constraints on business processes and flow.

eyeOS (Cloud Computing OS)

eyeOS is an open source web desktop following the cloud computing concept that leverages collaboration and communication among users. It is mainly written in PHP, XML, and JavaScript. It acts as a platform for web applications written using the eyeOS Toolkit. It includes a Desktop environment with 67 applications and system utilities. It is accessible by portable devices via its mobile front-end.

2008

Elgg

Elgg is a open source social networking platform. It offers blogging, networking, community, collecting of news using feeds aggregation and file sharing features. Everything can be shared among users with access controls and everything can be cataloged by tags as well.

PHPmotion

PHPmotion is a free video sharing software that also has support for other types of media such as audio/mp3 sharing. The Content Managent System or (media cms application) will allow you to create and run your very own Video Sharing website, Music Sharing Site, Picture Sharing Site. With very little knowledge required you can now have a website just like YouTube, DailyMotion, Veoh, hi5 and other proprietary applications. Best of all, its 100% free to download and use.

2009

Piwik

Piwik aims to be an open source alternative to Google Analytics. Piwik is a software that you download and install on your own webserver. At the end of the five minute installation process you will be given a JavaScript tag. Simply copy and paste this tag on websites you wish to track, or use an existing plugin to do it automatically for you.

Open Atrium

Open Atrium is a platform for building team portals that can be extended to meet highly custom knowledge management needs for large organizations’ intranets and extranets. It starts with “out of the box” features like a blog, a wiki, a calendar, a case tracker, a shoutbox, and a dashboard to manage content. These features can be expanded to meet unique needs for large organizations so that full scale enterprise collaboration sites can be built with Open Atrium as a base. By fully leveraging Drupal, all of the strengths of Drupal can contribute to creating custom features for Open Atrium within a framework that is already tailored for team collaboration.

जग्गा को नापी नेपालमा {mezermenTa ऑफ़ लैंड)

1 paisa = 85.5625 sq.ft

1 bigha = 20 katha

1 katha = 20 dhur

1 dam = 21.39 ०६२५ sq. फिट
४ दाम = १ पैसा
४ पैसा = १ आना
१६ आना = १ रोपनी
३४२.२५ sq.फीट= १ आना
१६ आना = १ रोपनी

Nepal

units of land area

System used in the mountains

ropani

aana

16

paisa

4

64

dam

4

16

256

21.39
sq ft

85.56
sq. ft

342.25
sq ft

5476
sq. ft

1.99
sq. m

7.95
sq. m

31.80
sq. m

508.74
sq. m

System used in the plain

bigha

katha

20

dhur

20

400

16.93
sq. m

338.6
sq. m

6771.41
sq. m

Converting between the two systems

Some sources say there are 13 ropani in a bigha and others say 13.5. Our calculations suggest about 13.3 ropani to the bigha, and that 1 aana is about 1.88 dhur, which is also in disagreement with certain sources. Perhaps one reason why the subject is so confused is that in reality the conversion is not done. We have found no examples of land measurements in ropani being summed up in a measurement in bigha. The two systems seem to be kept separate.




The conversion factor for these units is as follows

Ropani-Ana-Paisa-Dam system

  • 1 Ropani =16Ana
  • 1 Ana =4 Paisa
  • 1Paisa =4 Dam

Bhigha-Kattha-Dhur system

  • 1 Bhigha= 20 Kattha
  • 1 Kattha= 20 Dhur

For inter conversion between Ropani and Bhigha

  • 1Bhigha=13 Ropani

Similarly in standard units we may use

  • 1 Ropani =74feet X 74 feet
  • 1 m=3.281 फीट


Weight Measurement

1 tola = 100 lal

1 pau = 19 tola
1 dharni =12 pau

1 gm = 8.573 lal

1 kg = 5 pau

1 pau = 200 grams



Length Measurement

1 kosh = 3.218 km ( 2 mile )

1 gaj = .9144 meter ( 1 yard )


1 mana = 4 chauthai

1 lit =1.75mana


Volume Measurement

1 moori = 20 pathi

1 pathi = 8 mana

Monday, July 11, 2011

सक्कली रुद्राक्ष नेपालमा

Gorakhaa Patra BaaTa Savaara
शनिवार
सक्कली रुद्राक्ष भारतमा नक्कली नेपालमा
सुरेन्द्र सुवेदी

भोजपुरको नेपालेडाँडा- २ मजुवामा पहिलो पटक २७ मुखे रुद्राक्ष फल्यो । यसअघि २९ मुखे दाना फले पनि २७ मुखे फलेको थिएन । जर्मन राईको बारीमा फलेका २७ मुखे रुद्राक्ष -दाना) १८ लाख ५० हजार रुपैयाँमा बिक्री भयो । दाना किनबेचका अगुवा व्यापारी गोविन्द कटुवालले राईबाट दाना खरिद गरे ।

रुद्राक्ष व्यवसायी कटुवालले २७ मुखे दाना काठमाडौं ल्याएर बिक्री गरे । उनले बिक्री गरेको मूल्य भने खुलाउन चाहेनन् । उनका निकट भन्छन्,'यो दानाबाट कटुवालले झण्डैं खरिद मूल्यबराबर मुनाफा गरे ।' राजधानीको पशुपतिनाथमा बिक्री गरेको २७ मुखे दाना -रुद्राक्ष) भारत निकासी भयो । भारत पुगेर के, कतिमा बिक्री भयो, त्यो खुल्न सकेको छैन ।

संखुवासभाको खाँदबारी- ३ गुवाबारीका सुमन कार्कीले यो वर्ष १४ मुखे दाना फलाए । उनको बारीमा फलेको उक्त दाना २० हजार रुपैयाँमा बिक्री भयो । दाना खरिद गर्ने व्यापारीले काठमाडौं पुर्‍याएर के, कतिमा बिक्री गरे अझै पत्तो छैन ।

जति धेरै मुख भयो उति नै रुद्राक्षको मूल्य वृद्धि हुँदै जान्छ । मुख धेरै र ठूलो आकारको रुद्राक्ष बहुमूल्य मानिन्छ । संखुवासभा र भोजपुरमा दुई मुखेदेखि २१, २७, २९ र ३२ मुखे दाना फलिसकेका छन् । ३० र ३१ मुखे भने भेटिएको छैन ।

नेपालमा उत्पादन भएको दाना मुख्यतः भारत निकासी हुन्छ । यहाँ उत्पादन भएको दाना राजधानी काठमाडौं पुर्‍याएर भारतका व्यापारीलाई बिक्री गरिन्छ । सोख र आत्मा शान्तिका लागि दानाको माला लगाउने चलन छ । 'राषि, रोग, पेशाका आधारमा दाना छनोट गर्दै सुन, चाँदी र कालो धागोमा उनेर दानाको माला लगाउने गरिन्छ ।' रुद्राक्ष महिमा पुस्तकमा उल्लेख छ ।

रुद्राक्ष मध्यपहाडी क्षेत्रमा पाइने वनस्पति हो । यो समुन्द्री सतहको करिव ५ सय मिटरदेखि १५०० मिटरसम्म पाइन्छ ।

रुद्राक्षसम्वन्धी पुस्तकहरुका अनुसार रुद्राक्ष २७ मुखेसम्म हुुन्छ । तर, संखुवासभा र भोजपुरमा २९ र ३२ मुखे पनि पाइएका छन् । हालैको खोज अनुसार संसारभरि ३८ मुखसम्मका रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् । सामान्यतया १ देखि १४ मुखेमात्र सर्वसुलभ उपलव्ध हुन्छन् । संखुवासभा र भोजपुरको उत्तरी क्षेत्रमा वर्षेनी १४ मुखेभन्दा ठूला दाना फलिरहेका छन् ।

रुद्राक्ष पश्चिम नेपालको कास्की स्याङ्गजा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, संखुवासभा र धनकुटामा बढी उत्पादन हुन्छ । नेपाल, भारत, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जंगलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् ।

यसको मुख्य सिजन भदौंदेखि मंसिर महिनासम्म भएपनि बाँकी समयमा पनि यसको व्यापार चलिरहन्छ । रुद्राक्षबाट वर्षेनी २० करोडबढी रुपैयाँ संखुवासभा र भोजपुर जिल्लामा भित्रने गरेको छ । अलैचीपछि रुद्राक्ष नै संखुवासभा र भोजपुर जिल्लामा रकम भित्र्याउने नगदेबाली बनिरहेको छ ।

भोजपुरको दिङलामा षडानन्द गुरुले रुद्राक्षको बिरुवा भारतबाट ल्याएर रोपेपछि यसले संखुवासभासम्म फैलने अवसर पाएको हो । अहिले भोजपुर भन्दा संखुवासभामा यसको उत्पादन बढी हुन्छ । खाँदबारीमा लाग्ने शनिबारे हाटमा मुख्य व्यापार र चर्चा रुद्राक्ष -दाना) को नै रहने गरेको छ । 'शनिबारमात्र ५० लाख रुपैयाँको कारोबार हुन्छ ।' दाना व्यापारी सूरज गौतमले भने, साताका ६ दिन पनि दैनिक १० लाख रुपैयाँभन्दा बढीकै कारोवार हुन्छ ।

दाना निकाशीकर्ताले संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्ष भारतको बनारससम्म पुर्‍याउने गरेका छन् । दाना ०६४ मा सात करोड र ०६५ मा १५ करोड रुपैयाँको व्यापार भएको यसमा आवद्ध व्यापारीहरुको भनाइ छ । ०६६ मा २० करोड र ०६७ मा त्यसकै हाराहारीमा रकम भित्रेको छ भने चालु वर्ष २०६८ मा ३० करोड रुपैयाँ भित्रने जानकारहरुको भनाइ छ ।

मुख र आकारले यसको मूल्य निर्धाण गर्छ । साथै ठूलो अकारमा भए मूल्य थपिँदै जान्छ । भोजपुर र संखुवासभामा पनि प्राय सबैका गलामा दाना झुण्डिएको देख्न पाइन्छ । रुखमा फुल खेल्न लागेपछि त्यसको गोठालो नै लाग्ने चलन छ । मानिसहरु फूलमै दानाको मुख चिन्न सक्ने हुन्छन् । त्यसैले २४ घण्टानै रुखको निगरानी गरिरहनु पर्ने कृषकहरुको भनाइ छ ।

पूर्व क्षेत्रमा फलेको रुद्राक्ष कृषकका बगानदेखि नै किनबेच सुरु हुन्छ । कृषकले स्थानीय व्यापारीलाई, ती व्यापारीले गाउँसँगै रहेका व्यापारिक केन्द्रका व्यापारीलाई हुँदै दाना निकासी व्यापारीसम्म पुग्ने गर्छ । यसमा काठमाडौंदेखिका व्यापारीले लगानी गरेका हुन्छन् । असोज नलाग्दै ५-७ करोड रुपैयाँ काठमाडौका व्यापारीले रकम पठाइदिन्छन् । त्यो रकमले राजधानीसम्म दाना निकासी गर्ने व्यापारीले धमाधम रुद्राक्ष खरिद गर्दै भण्डारन गर्छन् । र, काठमाडौं पुर्‍याउँछन् । वर्षेनी भारतबाट करिव १० करोड भारतीय रुपैयाँ अगि्रम रुपमा आउने गरेको व्यापारीहरुको भनाइ छ ।

रुद्राक्षको व्यापार ५-६ वर्षदेखि सुरु भएको हो । त्यसअघि यसको व्यापार थिएन । भनिन्छ भोजपुरका युवा गोविन्द बस्नेतले भारतमा पुगेर दानाको व्यापार अध्ययन गर्दै संकलन थालेपछि व्यापार एक्कासी चम्किएको हो । रुद्राक्ष राम्रो मूल्यमा किनबेच हुन थालेपछि कृषकहरु खेतीयोग्य जमिन मासेर दानाका बिरुवा लगाउन थालेका छन् ।

रुद्राक्ष संखुवासभा र भोजपुरबाहेक सिन्धुली, काभ्रे र पोखरामा पनि उत्पादन हुन्छ । तर, ती स्थानमा उत्पादित दाना गुणस्तरको नहुने व्यापारीहरुकेा भनाइ छ । ती स्थानमा ८-१० प्रतिशत, संखुवासभामा ३५- ४० प्रतिशत, भोजपुर, धनकुटामा १- २ प्रतिशत र बाँकी अमेरिकाको टेक्सास र भारतमा उत्पादन हुन्छ ।

भारतमा यसको व्यवसायिक खेती सुरु भएको छ । नेपालमा उत्पादित दाना भारतमा

८० प्रतिशत निकाशी हुने गरेको छ भने बाँकी तेश्रो विश्वका मुलुक पुग्ने गर्छ ।

भारतमा त्र[mतिम दाना बनाउँदै सस्तोमा बिक्री गर्न थालेपछि नेपालको सक्कली रुद्राक्षको मूल्यमा ह्रास आएको जानकारहरुको दावी छ ।

भारत र इन्डोनेसियाबाट नक्कली आयात

नेपालका रुद्राक्ष बिक्रेता भारत र इन्डोनेसियाबाट नक्कली रुद्राक्ष आयात गर्छन् । भारतमा प्लास्टिकबाट बनाइएका रुद्राक्ष नेपालमा ल्याएर बिक्री गर्ने चलन छ । रुद्राक्षलाई सिद्धि गरिएको र मनोकांक्षा पूरा हुने विश्वास दिलाएर नक्कली पनि बिक्री गरिन्छ । पशुपति क्षेत्रको अग्रवाल रुद्राक्ष भण्डारका सञ्चालक सुनिल अग्रवाल पछिल्लो समय नक्कली रुद्राक्षको बिगबिगी भएको बताउँछन् । उनी भारत र इन्डोनेसियाबाट झण्डै २० प्रतिशत नक्कली रुद्राक्ष आउने तर्क राख्छन् ।

रुद्राक्षको कारोबार गर्ने दुई दर्जनभन्दाबढी पसल पशुपति क्षेत्र र राजधानीका अन्य स्थानमा छन् । ती अधिकांश रुद्राक्ष नक्कली भएको कुरा सार्वजनिक नगर्न व्यापारी आग्रह गर्छन् । सत्य बोल्दा पनि आफूलाई अन्य व्यापारीले नराम्रो दृष्टिले हेर्ने भन्दै केहीले नाम बताउन चाहेनन् ।

नेपालमा फलेको रुद्राक्षका ४, ५ र ६ मुखेलाई १४, २१, २९, ३२ मुखे बनाउने कारखाना नै रहेको सुनिल अग्रवालले बताए । पशुपति क्षेत्रमा कारखाना रहेपनि कारखानासम्म पुग्न सकिएन । भारत र इन्डोनेसियामा उत्पादन भएका दाना उतै खपत हुने र नक्कली भने नेपाल निर्यात गर्ने ठूलै गिरोह रहेको पशुपति भण्डारी स्टोरका शम्भु भण्डारी बताउँछन् ।

नेपालबाट भने अधिकांश सक्कली रुद्राक्ष विदेश निकासी हुने गरेको छ । बिदेश पुगेपछि त्यसबाट अन्य मुख भएका नक्कली बनाउने र पुनः नेपाल निर्यात गर्ने चलन पनि रहेको व्यापारीहरु बताउँछन् ।

इन्डोनेसियामा उत्पादन हुने रुद्राक्ष सानो आकारको हुन्छ । त्यसलाई मानिसहरु मन पराउँदैनन् । ठूलो आकारको नेपालमा उत्पादन हुने नै सबैको आकर्षण केन्द्र रहेको पशुपति क्षेत्रमा रुद्राक्ष भण्डार सञ्चालन गरेका अमित चापागाईले बताए ।

रुद्राक्ष करबाट सडक

संखुवासभाको एक सामुदायिक वनमा उत्पादन भएको रुद्राक्ष खरिदबिक्रीका लागि लगाएको टेन्डरको रकमले सडक निर्माण गरिएको छ । स्यावुन- १ राकाबुङ्ग भुसुने सामुदायिक वन उपभोक्ता समितिले दाना -रुद्राक्ष) मा कर लगाएपछि सडक खन्ने रकमको व्यवस्था भएको हो ।

समुदायिक वनबाट आय भएको चार लाख रुपैयाँबाट सडक खनिएको हो । वनमा रहेको दाना टिप्ने र बिक्रीका लागि बोलपत्र आह्ावन गरेर जम्मा भएको रकमले सडक खनिएको छ ।

संखुवासभा जिल्लामा रहेका २ सय ६८ सामुदायिक बनमध्ये यो वन समूह आर्थिक रुपले सक्षम छ । वनको आयस्ताले खाँदबारीको बडरेनी-नारदेभञ्ज्याङ्गसम्मको ३० किलोमिटर सडक निर्माण गरिएको छ । यो सडक आगामी हिउँदभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । यो खण्डमा हिउँदमा यातायात सञ्चालन हुन्छ । रुद्राक्षबाट सडक खनेको उदाहरणमात्र हैन केही विद्यालयले यसकै आयले भौतिक पूर्वाधार पनि निर्माण गरेका छन् ।

रुद्राक्ष नर्सरी र प्रहरी

रुद्राक्षको माग बढ्दै गएपछि वन कार्यालयले व्यवसायिक खेतिका लागि नर्शरीबाट बिरुवा उत्पादन गर्न थालेको छ । कृषकलाई निः शुल्क उपलब्ध गराउन नर्शरी अवधारणा ल्याइएको हो । रुद्राक्षका दानाबाट बिरुवा उत्पादन गर्दै कृषकलाई मागअनुसार उपलब्ध गराउन थालिएको छ ।

यसैवर्ष सुरु गरिएको नर्सरीबाट १५ हजार बिरुवा उत्पादन भए । ती सबै कृषकले लगेर रोपेका छन् । वन कार्यालय रुद्राक्ष बिरुवाको माग निरन्तर रहेको भन्दै आगामी वर्षहरुमा पनि नर्सरीलाई निरन्तरता दिने लक्ष्यमा छ । संखुवासभा र भोजपुरबाहिरका व्यक्ति यी स्थानमा आएपछि चिनोको रुपमा रुद्राक्षका बिरुवा लिएर जाने गरेका छन् । घरमा लगेर रोप्न भन्दै आन्तरिक पर्यटक, कर्मचारी र राजनीतिकर्मीले बिरुवा लिएर जाने गरेका हुन् ।

दाना जोगाउन प्रहरी

भोजपुरको दिङला क्षेत्रका कृषकले आफ्ना बारीमा फलेको दाना चोरबाट जोगाउन प्रहरीको सहयोग लिन थालेका छन् । कृषकले दैनिक प्रहरी गस्ति गराएर दानाको सुरक्षा गरेका हुन् । प्रहरीसँग समन्वय गर्दै दाना फलेपछि केही प्रतिशत प्रहरीलाई दिने शर्तमा प्रहरी परिचालन गरिएको हो ।

रुद्राक्षमा कर

संखुवासभा जिविसले २०६५ सालदेखि दाना निकासी कर संकलन सुरु गरेको छ । जिविसका अनुसार दानाबाट वर्षेनी पाँच लाख रुपैयाँ कर संकलन हुन थालेको छ । दाना कारोवार गर्ने व्यवसायीलाई क, ख र ग श्रेणीमा विभाजन गरेर १, ५ र १० हजार रुपैयाँ दरमा एकामुष्ट रकम लिँदै निकासी अनुमति दिने गरिएको छ । संखुवासभा र भोजपुरमा दाना किनबेच गर्ने करिव दुई सय ७५ व्यवसायी छन् ।

रुद्राक्ष औषधि

आयुर्वेदिक दृष्टिले रुद्राक्ष महाऔषधि मानिन्छ । यो उष्ण क्षेत्रमा हुने अमिलो फल पनि हो । अमिलो र भिटामिन सी युक्त भएकोले रक्त सोधक तथा रक्त विकार नाशक हो । तातो हुनाले रुद्राक्षले चिसोबाट हुने सबै रोगका लागि उपयोगी मानिन्छ ।

उच्च रक्तचाप भएका रोगीलाई रुद्राक्ष एक वरदान मानिन्छ । रुद्राक्षले एक्युपे्रसरको काम गर्छ त्यसैले रक्तचापलाई नियन्त्रणमा राख्छ । रुद्राक्ष दाना वा माला हृदयसम्म पुग्नु पर्छ अर्थात दानाले हृदयलाई स्पर्ष गर्नुपर्छ । रुद्राक्षले रोगीको गर्मी आफूमा लिएर बाहिर फाल्ने विश्वास गरिन्छ ।

रुद्राक्षको दाना पानीमा घोटेर घाउहरुमा लगाउँदा निको हुन्छ । रुद्राक्षलाई साँझमा पानीमा राखेर बिहान त्यो पानी खालिपेटमा पिउनाले हृदय रोग र कब्जियत ठीक हुन्छ । रुद्राक्ष दूधमा उमालेर पिउनाले स्मरण शक्ति वढ्ने, खोकी निकोहुन्छ ।

रुद्राक्षको मुखमा पूजा गरिन्छ । माला बनाएर लगाइन्छ । औषधिको रुपमा पनि प्रयोग गरिन्छ । मान्यताअनुसार घरमा रुद्राक्षको पूजा गर्नाले लक्ष्मीको बास हुन्छ । रुद्राक्ष लगाउने व्यक्तिलाई भूत, प्रेतले हैरान पार्न सक्दैनन् । र, रुद्राक्षको पूजा गर्ने व्यक्ति स्वतः स्वर्ग जाने विश्वास गरिँदै आइएको छ । रुद्रको आँखाबाट खसेको आँशुले बनेको रुद्राक्ष साक्षात् शिव रुप मानिन्छ ।

संखुवासभा र भोजपुरका बजारमा रुद्राक्षको मूल्य

एक मुख े अनमोल

दुई मुखे ३ हजारदेखि ५ हजार रुपैयाँ

तीन मुखे ७० रुपैयाँदेखि ५ सय रुपैयाँ

चार मुखे प्रति किलोग्राम २०० रुपैयाँ

पांच मुखे प्रति किलोग्राम २०० रुपैयाँ

छ मुखे प्रति किलोग्राम २०० रुपैयाँ

सात मुखे ३५ रुपैयाँदेखि २ सय रुपैयाँ

आठ मुखे ५ सयदेखि १ हजार रुपैयाँ

नौ मुखे ५ सय देखि एक हजार रुपैयाँ

दश मुखे ५ सयदेखि १ हजार रुपैयाँ

एघार मुखे ६ सयदेखि एक हजार २ सय रुपैयाँ

बाह्र मुखे १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँ

तेह्र मुख े ३ हजारदेखि ५ हजार रुपैयाँ

चौध मुखे १० हजारदेखि २० हजार रुपैयाँ

पन्ध्र मुखे ८ हाजर ५ सयदेखि १५ हाजर रुपैयाँ

सोह्र मुखे ७ हजारदेखि १२ हजार रुपैयाँ

सत्र मुखे २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँ

अठ्ठार मुखे ५० हजारदेखि १ लाख ४० हजार रुपैयाँ

उन्नाईस मुखे ५ लाखदेखि १२ लाख ७५ हजार रुपैयाँ

बीस मुखे २ लाखदेखि ५ लाख रुपैयाँ

एक्काईस मुखे १२ लाखदेखि १५ लाख रुपैयाँ

बाईस मुखे ३ लाख ५० हजारदेखि ६ लाख रुपैयाँ

तेईस मुखे ९ लाखदेखि १६ लाख रुपैयाँ

चौबीस मुखे ५ लाखदेखि ७ लाख रुपैयाँ

पच्चीस मुखे ७ लाख ५० हजारदेखि ११ लाख रुपैयाँ

छब्बीस मुखे ५ लाख ५० हजारदेखि ७ लाख रुपैयाँ

सत्ताईस मुखे १२ लाखदेखि २७ लाख रुपैयाँ

अठ्ठाईस मुखे ९ लाखदेखि २० लाख रुपैयाँ

उनन्तीस मुखे २० लाख रुपैयाँदेखि माथि

बत्तीस मुखे २१ लाख रुपैयाँमाथि

-तीस मुखे र एकतीस मुखे हालसम्म फेला परेको छैन ।)

रुद्राक्ष लगाउने उचित समय

हिन्दु धर्मग्रन्थहरुका अनुसार रुद्राक्ष चन्द्र र सूर्य ग्रहण, संक्रान्ति, बैशाख, आमावस्य, तीर्थाटन, गंगातट -नदीको किनार), महाशिवरात्री, दिपावली, पूज्य इष्टदेवको साथ, पूज्य गुरुदेवका साथ, कुम्भ पर्व, गंगा पर्व वा कुनै महान् नदीका छेऊछाऊ, नवरात्रीमा , अयन र अन्य कुनै शुभ दिन लगाउनु उचित हुन्छ ।

हिन्दु धर्म ग्रन्थहरुले रुद्राक्ष लगाउन कुनै समय र वाध्यता अर्थात निश्चित निमयमा बस्न उल्लेख गरेका छैनन् । तर, रुद्राक्ष लगाउने व्यक्तिले मासु, माछा, अण्डा र मध्यपान नगर्नु उचित मानिन्छ । रुद्राक्ष लगाएपछि धार्मिक मान्यता अंगाल्दै गएमा यसको प्रभाव छिटो देखा पर्ने ग्रन्थहरुले उल्लेख गरेका छन् ।

दानालाई एक मिनट उमाल्ने र पुनः एक मिनट तातो पानीमा छोपेर राख्ने । यसरी उमाल्दा नक्कली दाना भए फुट्छ । र, जोडेको केमिकल देखिन्छ । दाना उस्ताको उस्तै रहेमा सक्कली हो । दाना दायाँ र बायाँ घुम्छ । तामाको दुई वटा टुक्रा लिनुपर्छ । एक टुक्रामा दाना ठाडो पारेर राख्ने माथिबाट अर्काे टुक्राले हल्का दबाउँदा दाना घुम्छ । नघुमेमा दाना नक्कली हो । तपाईलाई शंका लागेमा तत्काल घरेलु परीक्षण गर्न सक्नुहुन्छ ।

सिपालु कालीगढ एक पटक देखेको दाना जस्ताको तस्तै बनाउने गर्छन् । उनमा भएको प्राकृतिक सीपले कालीगढले दानाबनाउँदा पनि दाना चिन्नेहरु झुकिन्छन् । मानिसहरु ४, ५ र ६ मुखे रुद्राक्षलाई काट्दै एकदेखि २१ मुखेसम्म बनाउछन् ।

मुख- मुख अलगअलग भएपछि त्यसलाई सुपर ग्ल्यु वा यस्तै सोलुसनले जोड्ने गरेको पाइन्छ । बाँसको जरालाई रुद्राक्षको आकार दिएर रातो गुलावी गङ दिएर नक्कली दाना बनाउने गरिन्छ ।

रुद्राक्ष -दान) सानो साइजमा थोरैमात्र पाइन्छ । अति ठूलो र अति नै सानो दानाको मूल्य बढी हुन्छ । रुद्राक्ष रुखमा अधिकांश ४, ५ र ६ मुखे दाना फलेको हुन्छ । त्यसैले यो अति नै सस्तो हुन्छ । यी मुख भएका रुद्राक्ष किलोको हिसावमा किनबेच गरिन्छ ।


Wednesday, June 15, 2011

लक्ष्य स्टाफ नर्सको विदुर खतिवडा,शिव मुखिया

कांतिपुर साप्ताहिक बाट
स्टाफ नर्स बन्ने सपना सजाएका छात्राहरूमध्ये यो वर्ष ३ हजार ५ सयभन्दा बढीले त्यो मौका पाउनेछन् । तुलनात्मक रूपमा यो वर्ष स्टाफ नर्सको प्रतिस्पर्धा केही खुकुलो हुने बताइएको छ । गत वर्षभन्दा झन्डै १ हजार सिट बढेकाले स्टाफ नर्समा भर्ना पाउन सहज हुने देखिएको हो, तर दसौं हजार छात्रा स्टाफ नर्स बन्ने लक्ष्यका साथ तयारीमा भिड्ने भएकाले मेहनत भने आवश्यक हुन्छ । राजधानीलगायत अन्य सहरहरूमा नर्सिङ प्रवेश परीक्षा तयारीका लागि सञ्चालित इन्स्िटच्युटहरूमा देखिने छात्राहरूको उल्लेख्य भीडले नर्सिङप्रतिको मोहलाई प्रस्ट्याउँछ । स्कुले अध्ययनमा राम्रो ज्ञान भएका छात्राहरूले एसएलसी उत्तीर्णपछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइएको छ । स्टाफ नर्स नै किन ? 'सुरक्षित करियरका रूपमा विकास हुनुले पनि यसप्रतिको आकर्षण बढेको हो ।' स्टाफ नर्स अध्ययनरत स्मृति ढुंगाना भन्छिन्- 'यहाँ मात्र होइन, विदेशमा समेत रोजगारको राम्रो अवसर छ ।' पेसागत रूपमा सेवामूलक कार्य भएकाले पनि छात्राहरू नर्सिङ अध्ययनमा रुचि देखाउने स्मृति बताउँछिन् ।

नेपालका मेडिकल प्रशिक्षित मानिसको माग विकसित देशमा बढ्दो छ, जसमा सबैभन्दा बढी माग नर्सहरूकै छ । यसले नेपाली नर्सका लागि युरोप, अमेरिका, जर्मनी, अस्ट्रेलियाजस्ता मुलुकमा करियर बनाउने बाटो खुला गरिदिएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष अमेरिकामा मात्र ६ हजार नर्सको माग हुन्छ । विदेशमा प्राप्त अवसरका कारण नेपालमा नर्सहरूका लागि अवसर नै छैन भन्ने अर्थ लाग्दैन । हरेक वर्ष उत्पादन हुने नर्सको ठुलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ । एकातर्फ नेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले स्टाफ नर्सप्रतिको आकर्षण देखिएको हो ।

प्राविधिक शिक्षाको सूचीमा स्टाफ नर्स रोजगारमुखी र सजिलो पेसा भएकाले आकर्षण बढ्दो क्रममा रहेको नेपाल नर्सिङ काउन्सिलले जनाएको छ । अहिलेको तथ्यंाकमा बर्सेनि १ हजारभन्दा बढी स्टाफ नर्स उत्पादन हुन्छन्, जसमध्ये धेरै विदेश जान्छन् । विदेश जानेहरूले अन्तर्राष्ट्रिय स्तरका परीक्षण प्रवेश परीक्षा उत्तीर्ण गरेको खण्डमा त्यहाँ गएर काम पाउन अझ सहज हुन्छ, जसले गर्दा त्यहाँ जानेबित्तिकै उनीहरूलाई उच्च अध्ययन र रोजगारीको अवसर मिल्ने जानकारहरू बताउँछन् । खास गरेर विदेशमा उनीहरूले नर्स तथा होमनर्सका रूपमा काम गर्ने गरेको पाइन्छ ।

'स्वदेशमै पनि स्टाफ नर्सको आवश्यकता अझै छ', स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालक द नेक्स्टका शालिकराम भण्डारी भन्छन्- 'एक दशकयता ७९ वटा स्टाफ नर्स कलेज खुल्नु र अझै खुल्ने क्रम रहनुले यसलाई पुष्टि गर्छ ।' स्टाफ नर्स अध्यापन गराउने कलेजको संख्या अझै बढ्दै जाने सिटिइभिटी सम्बन्धन महाशाखाका उपनिर्देशक देवेश देवकोटा बताउँछन् । देवकोटाका अनुसार अस्पताल भएका शैक्षिक संस्थाले मात्र स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्न पाउँछन् । देवकोटा भन्छन्- 'सम्बन्धन प्राप्त गर्ने सूचीमा थुप्रै शैक्षिक संस्थाहरू छन् ।' सरकारी कलेजहरूको तुलनामा सिटिइभिटीबाट प्राप्त कलेजलगायतका निजी क्षेत्रको अध्ययन महँगो छ । सरकारी कलेजमा न्यून शुल्कमा अध्ययन गर्ने सुविधा भए पनि सिटिइभिटीअन्तर्गतका कलेजमा २ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म खर्च लाग्छ ।

स्टाफ नर्स अध्ययनमा क्रेज भएकै कारण हुनसक्छ, राजधानी काठमाडौंमा मात्र करिब दुई दर्जन इन्स्िटच्युटले स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएका छन् । इन्स्िटच्युटमा स्टाफ नर्सका प्रवेश परीक्षाका लागि अध्ययन गर्नुपर्ने विषयवस्तु, यसअघिका प्रवेश परीक्षाका प्रश्नपत्रको समाधान अभ्यास र नर्सिङ अध्ययनका आधारभूत ज्ञान प्रदान गरिने निमास इन्स्िटच्युटका प्रबन्ध निर्देशक डा. लेखनाथ बराल बताउँछन् ।

'नर्सिङ स्वास्थ्यसँग सम्बन्धित भैकन पनि सामाजिक प्रतिष्ठा र सेवासँग सम्बन्ध जोडिएको विषय हो,' स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएको निमासका डा. बराल भन्छन्- 'त्यसैले स्टाफ नर्स बन्न के-कस्ता गुण विद्यार्थीमा हुनुपर्छ भन्ने कुरा पनि प्रवेश परीक्षा तयारी कक्षाले जानकारी दिन्छ ।' सिटिइभिटीले स्टाफ नर्स कार्यक्रम सञ्चालनको सम्बन्धन दिनुअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक कलेज तथा काठमाडौं विश्वविद्यालयमा मात्र यो शैक्षिक कार्यक्रममा अध्यापन हुन्थ्यो । सिटिइभिटीद्वारा सञ्चालित कलेजका सन्दर्भमा गुणस्तरीयतासँग सम्बन्धित केही कमजोरी देखिने गरेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार त्यसलाई सही व्यवस्थापन र अनुगमन निरीक्षणको आवश्यकता छ । सिटिइभिटीअन्तर्गतका कतिपय शैक्षिक संस्थाका अस्पतालमा प्रयोगात्मक सुविधा राम्रो नहुनुले पनि गुणस्तरमा प्रश्नचिह्न खडा गरिदिएको हो ।

नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पस

-६० सिट), ललितपुर नर्सिङ क्याम्पस -४५ सिट), पोखरा नर्सिङ क्याम्पस -४५ सिट), वीरगन्ज नर्सिङ क्याम्पस ४०

-३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन), नेपालगन्ज नर्सिङ क्याम्पस ४० -३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन सिट), विराटनगर नर्सिङ क्याम्पस ४५ -३५ सिट स्कलरसिप तथा १० सिट डोनेसन सिट) छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६ वटा क्याम्पस तथा वीर हस्पिटलको नाम्समा प्रवेश परीक्षा दिन एसएलसीमा न्यूनतम ५० प्रतिशत अंक हासिल गर्नुपर्छ । यी ७ वटा नर्सिङ कलेजमा भर्ना पाउन कठिन मानिन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सरकारी कलेजहरूमा भर्नाका लागि प्रवेश परीक्षामा विज्ञानबाट ४५ प्रतिशत, हेल्थबाट २० प्रतिशत, अंग्रेजी २५ प्रतिशत र गणित १० प्रतिशत गरेर १ सय पूणर्ाङ्कको प्रश्न सोधिन्छ । सरकारी कलेजमा कात्तिकमा भर्ना लिइन्छ । उच्च सुविधायुक्त प्रयोगशाला, अत्याधुनिक अस्पताल तथा दक्ष शिक्षक-शिक्षिका हुने भएकाले यी संस्था स्टाफ नर्स अध्ययनका निम्ति पहिलो प्राथमिकतामा पर्छन् । यी सबै सरकारी अस्पतालसँग आबद्ध सरकारी नर्सिङ कलेजहरूले प्राइभेट -सिटिइभिटी) भन्दा सस्तो शुल्कमै अध्यापन गराउँछन् । स्वायत्त वीर अस्पतालको प्रवेश परीक्षाका लागि विज्ञान २०, अंग्रेजी २०, स्वास्थ्य २०, गणितबाट २० अंकको प्रश्न सोधिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान -बीपीकेआईएच), धरानले पनि स्टाफ नर्स पाठ्यक्रममा ४० जनालाई भर्ना लिन्छ । बीपीकेआईएचमा खुला प्रतिस्पर्धाबाट १६ सिट, दुर्गम पहाडी जिल्लाबाट १६ सिट, विदेशी विद्यार्थी ५ सिट, दलितबाट २ सिट र कर्मचारीकोटामा १ सिट निर्धारण गरिएको छ । बीपीकेआईएचको प्रवेश परीक्षामा जनरल साइन्सबाट ३५, अंग्रेजी २०, हेल्थ एन्ड जनरल नलेज २५ र गणित २० प्रतिशत गरी १ सय पूणर्ांकको प्रश्न सोधिन्छ । बीपीकेआईएचको प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्छ ।

यस्तै काठमाडौं विश्वविद्यालयअन्तर्गत स्टाफ नर्समा ४० जनालाई प्रवेश परीक्षाको माध्यमबाटै भर्ना लिइन्छ । काठमाडौं विश्वविद्यालयले आफ्ना उच्च भौतिक संरचनाका अस्पतालमा अध्यापन गराउने भएकाले यसको अध्यापन शैलीमा खोट लगाउने ठाउँ छैन । तथापि विश्वविद्यालयको ४० सिटमध्ये ३० प्रतिशत सिट संस्थागत स्पोन्सरका रुपमा आरक्षण गरिएको छ । एसएलसीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण वा सोसरह उत्तीर्ण हुनेले केयुको प्रवेश परीक्षा दिन पाउँछन्, जसका लागि उनीहरूले विज्ञानमा ४० प्रतिशत, अंग्रेजीमा २० प्रतिशत, हेल्थमा २० प्रतिशत र गणितमा २० प्रतिशतको परीक्षा दिनुपर्छ । काठमाडौं विश्वविद्यालयमा जेठको अन्तिम साताभित्र आवेदन दिइसक्नुपर्छ भने असारको तेस्रो साता प्रवेश परीक्षा हुन्छ । काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षा उत्तीर्ण भएकाहरूमध्येलाई फेरि अन्तर्वार्ता लिएर मात्र अन्तिम रूपमा स्टाफ नर्सको बाटो खोलिदिन्छ ।

वीर अस्पतालले पनि स्वायत्त रूपमै पिसिएल नर्सिङ कार्यक्रम चलाएको छ । ४० सिटमध्ये १० प्रतिशत दुर्गम जिल्लालाई कोटा छुटाइएको छ । असारको दोस्रो साता आवेदन खुल्ने वीर अस्पतालमा साउनको पहिलो साता प्रवेश परीक्षा लिइन्छ । यसैगरी सिटिइभिटीअन्तर्गतका कलेजहरूमा स्टाफ नर्स अध्ययनका लागि प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनुपर्छ । सिटिइभिटीअन्तर्गतका कलेजका लागि भदौमा प्रवेश परीक्षा लिइन्छ । सिटिईभिटीको प्रवेश परीक्षामा गणित ३५, साइन्स ३५, अंग्रेजी ३० अंक गरेर १ सय पूणर्ाङ्क हुन्छ । सिटिइभिटीमा असारको तेस्रो साता आवेदन लिइन्छ भने साउनको दोस्रो साता परीक्षा हुन्छ । सिटिइभिटीबाट हालसम्म सम्बधनप्राप्त कलेजहरूको संख्या ७९ छ । यो संख्या बढ्दो क्रममा छ । सबै गरेर हाल ८८ वटा कलेजले स्टाफ नर्स कार्यक्रम चलाएका छन् । त्यस्तै एसएलसी उत्तीर्णहरूले विभिन्न स्थानका लागि एकैवर्षमा ५ पटक प्रवेश परीक्षा दिन सक्छन् ।

सिटिइभिटी तथा त्रिभुवन विश्वविद्यालयका पाठयक्रम एकै प्रकारका हुन्छन्, जसमा प्रथम वर्षमा आधारभूत नर्सिङ, कम्युनिटी इन्टि्रग्रेटेड साइन्स, होम भिजिटिङ, दोस्रो वर्षमा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेवियर साइन्स, नर्सिङ केयर अफ चिल्ड्रेन र तेस्रो वर्षमा नर्सिङ केयर अफ एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्टलगायतका विषय अध्ययन गर्नुपर्छ ।

स्टाफ नर्स भएपछि कमसेकम तीन वर्षको अनुभवपछि मात्र नर्सिङ स्नातक -बीएन नर्सिङ) गर्न सकिन्छ, तर सिटिइभिटीका कलेजहरूमा एक वर्षको अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । महाराजगन्ज नर्सिङ कलेज, ललितपुर नर्सिङ क्याम्पस, पाटन नर्सिङ क्याम्पस तथा स्तूपा नर्सिङ क्याम्पसले बीएन कोर्स उपलब्ध गराउँछन् भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत १० वटा बीएस्सी नर्सिङ कलेज सञ्चालित छन् ।

त्रिभुवन विश्वविद्यालयमा बीएन कोर्स ३ वर्षको तथा पूर्वाञ्चल विश्वविद्यालयमा २ वर्षको छ । नेपालमा सन् १९७७ सालदेखि महाराजगन्ज नर्सिङ क्याम्पसमा बीएन नर्सिङको अध्यापन हुन थालेको हो । यस्तै स्नातकोत्तरको कोर्स सन् १९९५ देखि सञ्चालन हुन थालेको हो ।

नर्सिङको अध्ययनमा त्रिभुवन वश्वविद्यालयअन्तर्गतका कलेजमा तीन वर्ष समय अवधिको बढीमा १ लाख रुपैयाँसम्म खर्च हुन्छ । सिटिइभिटीअन्तर्गत कलेजहरूमा तीनदेखि चार लाखसम्म खर्च हुन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नर्सिङ क्याम्पसहरू छात्राहरूले प्रतिमहिना २ सय रुपैयाँ छात्रवृत्तिस्वरूप पाउँछन् ।

हेल्थ असिस्टेन्टको अध्ययन नेपालमा

कान्तिपुर साप्ताहिक बाट
एसएलसीपछि रोजगारमुखी शिक्षा हासिल गर्ने चाहना राख्नेहरूका लागि सर्टिफिकेट इन जेनरल मेडिसिन रोजाइ बन्न सक्छ। एसएलसी पछिको यो तीन वर्षे कोर्स गरिसकेपछि हेल्थ असिस्टेन्ट अर्थात् एचए बन्न सकिन्छ। एचएलाई 'स्वस्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति' मानिन्छ। एचए उत्तीर्णले विभिन्न मेडिकल कलेजबाट पब्लिक हेल्थमा ब्याचलर गर्न सक्छन् भने पाटन एकेडेमी अफ मेडिकलबाट एमबीबीएस अध्ययनको अवसरसमेत प्राप्त गर्न सक्छन्।

एसएलसी उत्तीर्ण विद्यार्थीले एचएको अध्ययन गर्न सक्छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि एचए अध्ययनको ढोका खुल्छ। सर्टिफिकेट इन जेनरल असिस्टेन्टसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरिसकेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर पाइन्छ। यस्ता जनशक्तिले हेल्थ पोस्टमा प्रमुखका रूपमा समेत काम गर्न सक्छन्। एचएलाई प्राइभेट क्लिनिक, हेल्थकेयर सेन्टर, जिल्ला अस्पताल, नर्सिङ होम तथा अस्पतालमा स्वस्थ्य सहायकका रूपमा काम गर्न सक्षम मानिन्छ।

क्लिनिकल, प्रिभेन्टिभ तथा प्रमोटिम क्षेत्रमा यस्ता जनशक्ति आवश्यक हुन्छ। रोग प्रतिरोध एवं शारीरिक स्वास्थ्य कायम राख्न गरिने विभिन्न स्वास्थ्य कार्यक्रममा एचएको महत्त्वपूर्ण भूमिका हुन्छ। कुनै पनि रोगविरुद्धको खोप, फेमेली प्लानिङ, हेल्थ एजुकेसन क्याम्पियन जस्ता कार्यक्रम सञ्चालनमा उनीहरूले अगुवाइ गर्न सक्छन्। उनीहरू समुदायमा स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधानका लागि कार्यक्रम बनाउन र सञ्चालन गर्न योग्य हुन्छन्। एनजीओ, आइएनजीओमार्फत यस्ता कार्यक्रमहरू सञ्चालन भैरहेका हुन्छन्, जहाँ एचए गरेकाहरूले रोजगारी पाउने संभावना हुन्छ।

सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गरेकाले बिरामीको समस्या पहिल्याउन, भाइटल साइन लिन एवं स्वास्थ्य परीक्षण गर्न सक्छन्। प्रोभिजनल डाइनोसिसका साथै बिरामीका लागि इसेन्सियल औषधी (स्वास्थ्य मन्त्रालयले तोकेको) सिफारिस गर्न समेत पाउँछन्। ग्रामीण क्षेत्रका 'डाक्टर' रूपमा चिनिने एचएले सामान्य विरामीको राम्रो उपचार गर्न सक्छन्।

एचएको अध्ययन सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूमार्फत गर्न सकिन्छ। राजधानीलगायत विभिन्न ४४ वटा शिक्षालयबाट सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गर्न सकिन्छ। सीटीईभीटीको आंगिक कलेज अफ हेल्थ साइन्स भरतपुरबाट यो कोर्स गर्न ३० देखि ४० हजार खर्च लाग्छ भने अन्य सम्बन्धन प्राप्त शिक्षालयबाट दुईदेखि तीन लाखसम्म खर्च लाग्छ। एसएलसी उत्तीर्ण विद्यार्थीले एचएका लागि आवेदन दिन सक्छन्। उनीहरूलाई प्रवेश परीक्षामा सामेल गराइन्छ। प्रवेश परीक्षामा एसएलसी सरहको अंग्रेजी, गणित तथा विज्ञानका अब्जेटिक प्रश्नहरू सोधिन्छ। मेडिकल साइन्सका लागि महत्त्वपूर्ण हुने भएकाले यिनै विषयमा आधारित प्रश्नहरू सोधिने सीटीईभीटी पाठ्यक्रम विकास विभागका निर्देशक शिवशंकर घिमिरे बताउँछन्।

एचए गरिसकेपछि एमबीबीएस तथा ब्याचलर अफ पब्लिक हेल्थ अर्थात् बीपीएच गर्न सकिने भएकाले यसतर्फ युवा आकर्षण बढ्दो छ। पाटन एकेडेमी अफ मेडिकल कलेजमा एमबीबीएसका लागि आवेदन दिन सकिन्छ। एचए उत्तीर्ण गरेर एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण पछि केही महिनाको प्रि-मेडिकल साइन्सको कोर्स गराइन्छ। त्यसो त विज्ञानमा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेकाले पनि त्यहाँ प्रवेश पाउन सक्छन्। त्यसैगरी कुनै पनि मेडिकल कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेर ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न सकिन्छ।

तीन वर्षे कोर्समा के पढ्ने ?

सर्टिफिकेट इन जेनरल मेडिसिनअन्तर्गत पहिलो वर्षमा विभिन्न ९ वटा विषय पढ्नुपर्छ। यसमा अंग्रेजी, नेपाली, समाजशास्त्र, एनाटोमी एन्ड फिजियोलोजी, फिजिक्स, केमेस्ट्रि, जुलोजी, वोटानी तथा म्याथमेटिक्स एन्ड कम्प्युटर एप्लिकेसन छन्। पहिलो वर्षको अधिकांश कोर्स सिद्धान्तमा आधारित छ भने दोस्रो वर्ष सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि लिनुपर्छ। दोस्रो वर्ष १० वटा विषय पढ्नुपर्छ। मेडिसिन, सर्जरी, क्लिनिकल, फार्माकोलोजी एन्ड फार्मेसी, इन्भाइरोमेन्टल हेल्थ, हेल्थ एजुकेसन, फेमेली हेल्थ, ईपीडीमीयोलोजी एन्ड कम्युनिटी डिजिज, बेसिक मेडिकल प्रोस्युडर तथा फस्ट एडजस्ता विषयमा प्रयोगसहितको कोर्स गराइन्छ। तेस्रो वर्ष पनि यिनै विषयको थप गहन अध्ययन एवं प्रयोग गर्नुपर्छ। यो वर्ष खासगरी मेडिसिन, सर्जरी, हेल्थ म्यानेजमेन्टलगायत इमरजेन्सी, मेडिसिन, सर्जरी (इएनटी) समेटिएको छ। अध्ययनका साथै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिइन्छ। तेस्रो वर्ष समुदायमा गएर स्थलगत अध्ययन गर्नुपर्ने हुन्छ।



सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूले मात्र सर्टिफिकेट इन जेनरल मेडिसिनको कोर्स गराउँदै आएका छन् जुन यसप्रकार छन्

शिक्षालय कोटा

लाइफ लाइन हस्पिटल प्रालि, झापा ४०

मानसरोवर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड इन्स्टिच्युट, झापा ४०

कोसी हेल्थ इन्स्टिच्युट, माइस्थान, विराटनगर ४०

विराट हेल्थ कलेज एन्ड रिसर्च सेन्टर, विराटनगर ४०

न्यूरो अस्पताल प्रालि, विराटनगर ४०

मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी मोरङ ४०

युनिक एजुकेसन एकेडेमी, राजविराज ४०

छिन्नमस्ता एजुकेसन एकेडेमी, राजविराज ४०

विरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड डेन्टल टेक्नोलोजी, धनुषा ४०

मोडेल टेक्निकल अफ मेडिकल साइन्स, जनकपुर ४०

केयर मेडिकल सेन्टर प्रालि, धनुषा ४०

नेसनल ह्युमेन रिसोर्स डेभलपमेन्ट एकेडेमी, जनकपुर ४०

इन्स्टिच्युट अफ कम्युनिटी टेक्निकल एजुकेसन, रौतहट ४०

द हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीरगन्ज ४०

मोडेल कलेज अफ टेक्निकल एजुकेसन, वीरगञ्ज ४०

कलेज अफ मेडिकल साइन्स, भरतपुर ४०

नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर ४०

एनपीआई नारायणी सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टर, भरतपुर ४०

मनमोहन मेमोरियल हस्पिटल, ललितपुर ४०

मार्टस मेमोरियल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी ४०

इवामुरा कलेज अफ हेल्थ साइन्सेस प्रालि, भक्तपुर ४०

नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, काठमाडौ ं४०

नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, बौद्ध काठमाडौं ४०

होलीभिजन टेक्निकल क्याम्पस, बानेश्वर काठमाडौं ४०

अल नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स, चाबहिल, काठमाडौं ४०

सहिद स्मारक जनस्वस्थ्य कोपरेटिभ, काठमाडौं ४०

शंकरापुरा एकेडेमी, जोरपाटी, काठमाडौं ४०

लर्डवुद्ध कलेज गोंगबु, काठमाडौं ४०

ओम समाज शैक्षिक प्रतिष्ठान ४०

बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट धापासी, काठमाडौं ४०

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि, काठमाडौं ४०

पोखरा टेक्निलक हेल्थ मल्टिपर्पोज इन्स्टिच्युट, पोखरा ४०

धौलागिरि टेक्निकल एजुकेसन सेन्टर, बाग्लुङ ४०

कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, नवलपरासी ४०

मायादेवी टेक्निकल इन्स्टिच्युट, बुटवल ४०

रम्भादेवी कलेज अफ मेडिकल साइन्स, बुटवल ४०

सुर्खेत एजुकेसन डेभलोपमेन्ट एकेडेमी, सुर्खेत ४०

कैलपाल हस्पिटल एन्ड कलेज प्रालि, नेपालगन्ज ४०

कलेज अफ अलाइड हेल्थ साइन्स प्रालि, नेपालगन्ज ४०

नेपालगन्ज टेक्निकल कलेज, नेपालगन्ज ४०

बागेश्वरी एकेडेमी अफ हेल्थ साइन्स, धनगढी ४०

शैलेश्वरी फार वेस्ट स्कुल अफ हेल्थ साइन्स टेक्नोलोजी, धनगढी ४०

फरवेष्ट स्कुल अफ मेडिसिन प्रालि, महेन्द्रनगर ४०

हेल्थ असिस्टेन्टको अध्ययन नेपालमा

कान्तिपुर साप्ताहिक बाट
एसएलसीपछि रोजगारमुखी शिक्षा हासिल गर्ने चाहना राख्नेहरूका लागि सर्टिफिकेट इन जेनरल मेडिसिन रोजाइ बन्न सक्छ। एसएलसी पछिको यो तीन वर्षे कोर्स गरिसकेपछि हेल्थ असिस्टेन्ट अर्थात् एचए बन्न सकिन्छ। एचएलाई 'स्वस्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति' मानिन्छ। एचए उत्तीर्णले विभिन्न मेडिकल कलेजबाट पब्लिक हेल्थमा ब्याचलर गर्न सक्छन् भने पाटन एकेडेमी अफ मेडिकलबाट एमबीबीएस अध्ययनको अवसरसमेत प्राप्त गर्न सक्छन्।

एसएलसी उत्तीर्ण विद्यार्थीले एचएको अध्ययन गर्न सक्छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि एचए अध्ययनको ढोका खुल्छ। सर्टिफिकेट इन जेनरल असिस्टेन्टसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरिसकेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर पाइन्छ। यस्ता जनशक्तिले हेल्थ पोस्टमा प्रमुखका रूपमा समेत काम गर्न सक्छन्। एचएलाई प्राइभेट क्लिनिक, हेल्थकेयर सेन्टर, जिल्ला अस्पताल, नर्सिङ होम तथा अस्पतालमा स्वस्थ्य सहायकका रूपमा काम गर्न सक्षम मानिन्छ।

क्लिनिकल, प्रिभेन्टिभ तथा प्रमोटिम क्षेत्रमा यस्ता जनशक्ति आवश्यक हुन्छ। रोग प्रतिरोध एवं शारीरिक स्वास्थ्य कायम राख्न गरिने विभिन्न स्वास्थ्य कार्यक्रममा एचएको महत्त्वपूर्ण भूमिका हुन्छ। कुनै पनि रोगविरुद्धको खोप, फेमेली प्लानिङ, हेल्थ एजुकेसन क्याम्पियन जस्ता कार्यक्रम सञ्चालनमा उनीहरूले अगुवाइ गर्न सक्छन्। उनीहरू समुदायमा स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधानका लागि कार्यक्रम बनाउन र सञ्चालन गर्न योग्य हुन्छन्। एनजीओ, आइएनजीओमार्फत यस्ता कार्यक्रमहरू सञ्चालन भैरहेका हुन्छन्, जहाँ एचए गरेकाहरूले रोजगारी पाउने संभावना हुन्छ।

सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गरेकाले बिरामीको समस्या पहिल्याउन, भाइटल साइन लिन एवं स्वास्थ्य परीक्षण गर्न सक्छन्। प्रोभिजनल डाइनोसिसका साथै बिरामीका लागि इसेन्सियल औषधी (स्वास्थ्य मन्त्रालयले तोकेको) सिफारिस गर्न समेत पाउँछन्। ग्रामीण क्षेत्रका 'डाक्टर' रूपमा चिनिने एचएले सामान्य विरामीको राम्रो उपचार गर्न सक्छन्।

एचएको अध्ययन सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूमार्फत गर्न सकिन्छ। राजधानीलगायत विभिन्न ४४ वटा शिक्षालयबाट सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गर्न सकिन्छ। सीटीईभीटीको आंगिक कलेज अफ हेल्थ साइन्स भरतपुरबाट यो कोर्स गर्न ३० देखि ४० हजार खर्च लाग्छ भने अन्य सम्बन्धन प्राप्त शिक्षालयबाट दुईदेखि तीन लाखसम्म खर्च लाग्छ। एसएलसी उत्तीर्ण विद्यार्थीले एचएका लागि आवेदन दिन सक्छन्। उनीहरूलाई प्रवेश परीक्षामा सामेल गराइन्छ। प्रवेश परीक्षामा एसएलसी सरहको अंग्रेजी, गणित तथा विज्ञानका अब्जेटिक प्रश्नहरू सोधिन्छ। मेडिकल साइन्सका लागि महत्त्वपूर्ण हुने भएकाले यिनै विषयमा आधारित प्रश्नहरू सोधिने सीटीईभीटी पाठ्यक्रम विकास विभागका निर्देशक शिवशंकर घिमिरे बताउँछन्।

एचए गरिसकेपछि एमबीबीएस तथा ब्याचलर अफ पब्लिक हेल्थ अर्थात् बीपीएच गर्न सकिने भएकाले यसतर्फ युवा आकर्षण बढ्दो छ। पाटन एकेडेमी अफ मेडिकल कलेजमा एमबीबीएसका लागि आवेदन दिन सकिन्छ। एचए उत्तीर्ण गरेर एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण पछि केही महिनाको प्रि-मेडिकल साइन्सको कोर्स गराइन्छ। त्यसो त विज्ञानमा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेकाले पनि त्यहाँ प्रवेश पाउन सक्छन्। त्यसैगरी कुनै पनि मेडिकल कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेर ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न सकिन्छ।

तीन वर्षे कोर्समा के पढ्ने ?

सर्टिफिकेट इन जेनरल मेडिसिनअन्तर्गत पहिलो वर्षमा विभिन्न ९ वटा विषय पढ्नुपर्छ। यसमा अंग्रेजी, नेपाली, समाजशास्त्र, एनाटोमी एन्ड फिजियोलोजी, फिजिक्स, केमेस्ट्रि, जुलोजी, वोटानी तथा म्याथमेटिक्स एन्ड कम्प्युटर एप्लिकेसन छन्। पहिलो वर्षको अधिकांश कोर्स सिद्धान्तमा आधारित छ भने दोस्रो वर्ष सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि लिनुपर्छ। दोस्रो वर्ष १० वटा विषय पढ्नुपर्छ। मेडिसिन, सर्जरी, क्लिनिकल, फार्माकोलोजी एन्ड फार्मेसी, इन्भाइरोमेन्टल हेल्थ, हेल्थ एजुकेसन, फेमेली हेल्थ, ईपीडीमीयोलोजी एन्ड कम्युनिटी डिजिज, बेसिक मेडिकल प्रोस्युडर तथा फस्ट एडजस्ता विषयमा प्रयोगसहितको कोर्स गराइन्छ। तेस्रो वर्ष पनि यिनै विषयको थप गहन अध्ययन एवं प्रयोग गर्नुपर्छ। यो वर्ष खासगरी मेडिसिन, सर्जरी, हेल्थ म्यानेजमेन्टलगायत इमरजेन्सी, मेडिसिन, सर्जरी (इएनटी) समेटिएको छ। अध्ययनका साथै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिइन्छ। तेस्रो वर्ष समुदायमा गएर स्थलगत अध्ययन गर्नुपर्ने हुन्छ।



सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूले मात्र सर्टिफिकेट इन जेनरल मेडिसिनको कोर्स गराउँदै आएका छन् जुन यसप्रकार छन्

शिक्षालय कोटा

लाइफ लाइन हस्पिटल प्रालि, झापा ४०

मानसरोवर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड इन्स्टिच्युट, झापा ४०

कोसी हेल्थ इन्स्टिच्युट, माइस्थान, विराटनगर ४०

विराट हेल्थ कलेज एन्ड रिसर्च सेन्टर, विराटनगर ४०

न्यूरो अस्पताल प्रालि, विराटनगर ४०

मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी मोरङ ४०

युनिक एजुकेसन एकेडेमी, राजविराज ४०

छिन्नमस्ता एजुकेसन एकेडेमी, राजविराज ४०

विरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड डेन्टल टेक्नोलोजी, धनुषा ४०

मोडेल टेक्निकल अफ मेडिकल साइन्स, जनकपुर ४०

केयर मेडिकल सेन्टर प्रालि, धनुषा ४०

नेसनल ह्युमेन रिसोर्स डेभलपमेन्ट एकेडेमी, जनकपुर ४०

इन्स्टिच्युट अफ कम्युनिटी टेक्निकल एजुकेसन, रौतहट ४०

द हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीरगन्ज ४०

मोडेल कलेज अफ टेक्निकल एजुकेसन, वीरगञ्ज ४०

कलेज अफ मेडिकल साइन्स, भरतपुर ४०

नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर ४०

एनपीआई नारायणी सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टर, भरतपुर ४०

मनमोहन मेमोरियल हस्पिटल, ललितपुर ४०

मार्टस मेमोरियल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी ४०

इवामुरा कलेज अफ हेल्थ साइन्सेस प्रालि, भक्तपुर ४०

नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, काठमाडौ ं४०

नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, बौद्ध काठमाडौं ४०

होलीभिजन टेक्निकल क्याम्पस, बानेश्वर काठमाडौं ४०

अल नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स, चाबहिल, काठमाडौं ४०

सहिद स्मारक जनस्वस्थ्य कोपरेटिभ, काठमाडौं ४०

शंकरापुरा एकेडेमी, जोरपाटी, काठमाडौं ४०

लर्डवुद्ध कलेज गोंगबु, काठमाडौं ४०

ओम समाज शैक्षिक प्रतिष्ठान ४०

बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट धापासी, काठमाडौं ४०

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि, काठमाडौं ४०

पोखरा टेक्निलक हेल्थ मल्टिपर्पोज इन्स्टिच्युट, पोखरा ४०

धौलागिरि टेक्निकल एजुकेसन सेन्टर, बाग्लुङ ४०

कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, नवलपरासी ४०

मायादेवी टेक्निकल इन्स्टिच्युट, बुटवल ४०

रम्भादेवी कलेज अफ मेडिकल साइन्स, बुटवल ४०

सुर्खेत एजुकेसन डेभलोपमेन्ट एकेडेमी, सुर्खेत ४०

कैलपाल हस्पिटल एन्ड कलेज प्रालि, नेपालगन्ज ४०

कलेज अफ अलाइड हेल्थ साइन्स प्रालि, नेपालगन्ज ४०

नेपालगन्ज टेक्निकल कलेज, नेपालगन्ज ४०

बागेश्वरी एकेडेमी अफ हेल्थ साइन्स, धनगढी ४०

शैलेश्वरी फार वेस्ट स्कुल अफ हेल्थ साइन्स टेक्नोलोजी, धनगढी ४०

फरवेष्ट स्कुल अफ मेडिसिन प्रालि, महेन्द्रनगर ४०

केही साइट हरु

Tuesday, April 12, 2011

अखिलका नेता दायाबायाँ राखेर अदालत गए चक्रे

05/04/2011 18:22:00 नवराज मैनाली/नयाँ पत्रिका
काठमडौं, २२ चैत
केन्द्रीय कारागारमा रहेका 'डन' चक्रे मिलन -मिलन गुरुङ) एमालेनिकट अनेरास्ववियुका केन्द्रीय नेताहरूसाथ अदालतमा उपस्थित भएका छन् । चक्रे मंगलबार काठमाडौं जिल्ला अदालत पुग्दा अनेरास्ववियुका सचिवालय सदस्य ऐन महर, केन्द्रीय सदस्य समिक बडाललगायत आधा दर्जन विद्यार्थी नेताहरू साथमा थिए ।
गत ९ फागुनमा वसुन्धरास्थित हेबिटेन्ट हाउजिङमा कार्यरत चालक युवराज सिलवाल र डोजर जलाएको घटनामा चक्रेलाई काठमाडौं जिल्ला अदालतले झिकाएको थियो । मागेजति पैसा नदिएपछि हाउजिङ निर्माणमा संलग्न डोजरलाई चालकसहित उनका सहयोगीहरूले जलाएका थिए । तर, प्रहरीले उद्धार गरेपछि चालक सिलवाल बाँच्न सफल भएका थिए ।
चक्रेकै निर्देशनमा आक्रमण भएको अभियोगमा प्रहरीले उनलाई समेत विपक्षी बनाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको थियो । यही मुद्दामा बयान दिन मंगलबार दिउँसो करिब ३ बजे चक्रे अदालतमा पुग्दा अनेरास्ववियुका नेता तथा उनका सहयोगीले हात मिलाएर अभिवादन गरेका थिए ।
बयान सिद्धिएपछि पनि उनले ती अखिल नेताहरूसँग अदालत परिसरबाहिरको सडकमा गोप्य गफ गरेका थिए । उनलाई जिल्ला अदालत लिएर गएका केन्द्रीय कारागार प्रहरी निरीक्षक रविराज थपलियालगायत एक दर्जन प्रहरी उनीहरूको कुरा नसकुनञ्जेल पर्खेर बसेका थिए । कुराकानी सकिएपछि भोलि सोही समयमा अदालतमा भेट्ने भन्दै चक्रे अखिल नेता र आफ्ना वकिलसँग हात मिलाएर बिदा भएका थिए ।
अखिल नेता महरले भने चक्रे गोलघरबाहिर रहँदा भेटघाट हुने गरेको, तर मंगलबार भने अदालतमा नभेटेको दाबी गरे । चक्रेसँग आफ्नो राम्रो सम्बन्ध भएकाले बेलाबेलामा भेटघाट हुने गरेको उनको भनाइ छ ।
प्रहरी निरीक्षक थपलियाले भने मंगलबार पनि चक्रेले अखिल नेतासँग कुरा गरेको स्वीकारे । अखिलका दुई नेता बयानका क्रममा साक्षी बसेकाले उनीहरूले कुरा गरेको उनको भनाइ छ ।
'जेलभित्रैबाट अपराध गरेको अभियोगमा गोलघरमा राखिएका व्यक्तिसँग अदालतमै विद्यार्थी संगठनका नेताले भेट्नुको पछाडि ठूलै अर्थ छ,' एक प्रहरीले भने । तर, चक्रेले जेलप्रशासनको मिलेमतोमा जेलभित्रबाटै धम्काएर बाहिर पैसा असुली गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
स्रोतका अनुसार चक्रे गोलघरभित्र परेपछि सहयोगीहरूसँग उनको भेटघाट निकै कम भएको थियो । गोलघरभित्र रहेका व्यक्तिलाई वकिल र नजिकका आफन्तबाहेक अरूलाई भेट्न दिइँदैन । त्यसैले अखिल नेताहरूले उनलाई अदालतमै भेटेका हुन् । लागूऔषध तथा हातहतियार तथा खरखजाना मुद्दामा चक्रे पुर्पक्षमा जेलमा परेका हुन् । उनको पुरानै मुद्दाको फैसला भइसकेको छैन ।
अदालतको बयानमा भने चक्रेले घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । १० फागुनमा उनकै समूहले सोही हाउजिङका एक लगानीकर्ता संजीव वलीमाथि खुकुरी हानेका थिए । सो घटनामा पनि उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दामा विपक्षी बनाइएको छ । खुकुरी काण्डमा बयान दिन उनलाई बुधबार जिल्ला अदालत बोलाइएको छ ।

आत्महत्याः एक विकराल समस्या

भुवन शर्मा
Font size: Decrease font Enlarge font

हरेक दिन दस नेपाली युवाले आत्महत्या गर्नेगरेको डरलाग्दो सामाजिक तस्बिर नेपाल प्रहरीको अनुसन्धानले बाहिर ल्याएको छ । प्रहरीले पछिल्लो तीन वर्षमा गरेको अनुसन्धानअनुसार आत्महत्याको कारण विशेषगरी गरिबी र बेरोजगारी देखिएको छ । अनुसन्धानले ६० प्रतिशत युवाको आत्महत्याको कारण बेरोजगारी र गरिबी रहेको देखाएको छ । त्यसैगरी महिलामाथि हुने हिंसा र मानसिक समस्या पनि आत्महत्याका प्रमुख कारण हुन् ।

दोस्रो जनआन्दोलनपछिको राजनीति स्थिर र सरकार जनमुखी बन्न नसकेको यो गतिलो उदाहरण हो । हालसम्म जनताले झेलेका दुई सरकारका बेरोजगारी दर घटाउने प्रतिबद्धता कार्यान्वयनमा तथ्यांकले प्र्रश्न खडा गरिदिएको छ । देशको गलत राजनीतिको प्रभाव समाजमा कसरी परिरहेको छ भनेर मूल्यांकन गर्ने यो प्रमुख आधार बन्न पुगेको छ ।

आत्महत्याका घटना व्यक्तिगत हुन सक्छन् तर ती प्रत्यक्षरूपमा राज्यको नीति निर्माणसँग जोडिएका हुन्छन् । राज्यका हरेक नीतिले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । यस अर्थमा दैनिक दस नेपालीले आत्महत्या गर्नु भनेको असफल राज्यको संकेत पनि हो । किनकी राज्यकै सुरक्षा निकायको अनुसन्धानले देखाउँछ कि नागरिकले राज्यबाट पाउनुपर्ने सुविधा अभाव आत्महत्याको कारण हो ।

प्रहरीको अनुसन्धानमा देखिएको अर्को महत्त्वपूर्ण विषय यो पनि हो कि समग्रमा ४५ प्रतिशतले गरिबीका कारण आत्महत्या गर्ने भए पनि उपत्यकामा भने दुई प्रशितले मात्र गरिबीका कारण आत्महत्या गर्छन् । सहर र गाउँबीचको आर्थिक दूरीलाई पनि यस तथ्यांकले प्रष्टयाएको छ ।

सबैभन्दा डरलाग्दो तस्बिर यो हो कि आत्महत्या गर्नेमध्ये अधिकांश धेरै युवा तथा प्रौढ छन् । तथ्यांकअनुसार ७५ प्रतिशत आत्महत्या उक्त समूहका व्यक्तिले गर्दछन् । राष्ट्रनिर्माणका लागि खट्ने जनशक्तिको यो निराशावादी मनोविज्ञानको समीक्षा सरकारले आफ्नो नीति र कार्यक्रमका कागजमा हैन, कार्यान्वयनमा खोज्नुपर्ने बेला भइसकेको छ ।

हुन त देशका गलत राजनीतिको प्रभाव राज्यका हरेक अंगमा पर्दछन् । २०४६ सालमा प्रजातन्त्र आए पनि त्यसयता गठन गएका कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गरेनन् । अर्थात् राजनीतिक किचलोमै २० वर्ष बिते । दोस्रो जनआन्दोलनयता पनि पुरानै अवस्था दोहोरिएको छ । जनआन्दोलन-२ पछि हालसम्म गठन भएका दुईवटा सरकारको चुनौती सरकार टिकाउनु मै रहे र वर्तमान सरकार पनि त्यो अवस्थाबाट मुक्त छैन । निश्चय पनि जनआन्दोलनपछिका सरकारहरूको प्राथमिकता शान्तिप्रक्रियाको तार्किक निष्कर्षसहित संविधान निर्माणका लागि आवश्यक सहयोग जुटाउनु रहँदै आएको छ । तर सँगसँगै विकास र सुशासनको जिम्मेबारीबाट सरकारले मुक्ति पाउँदैन । त्यसकारण घोषित प्राथमिकतामा सरकारहरू चुक्दै जानुको नकारात्मक परिणाम युवामात्र हैन हरेक उमेर समूहले व्यहोर्दै आएको छ । कू-शासनका कारणहरूले निम्त्याएको आत्महत्याका शृंखला राज्यका लागि अपूरणीय क्षति हो । राज्यको नीति निर्माण र त्यसको कार्यान्वायन गर्नेहरूले बेलैमा सोचेनन् भने आत्महत्या देशको एउटा विकराल समस्या बन्न सक्छ ।

ऊर्जा संकट

मनमोहन भट्टराई

चैत्र २९ -
लोकतान्त्रिक परिभाषाभित्र संकटकालको अर्थ कार्यकारी, व्यवस्थापिका र न्याय सम्पादनसम्बन्धी हकलाई एकातिर निलम्बित गर्छ भने अर्कोतिर नागरिकको स्वाभाविक हक, स्वतन्त्रतालाई खुम्च्याउँदै सरकारका निकायलाई बढी क्रियाशील तुल्याउँदै संकटकालीन अवस्थामा योजना र कार्यक्रमका लागि आफूखुसी शासनको तयारी गर्छ । यसले मूल संविधानले प्रत्याभूत गरेका अधिकारबाट पनि नागरिकलाई बञ्चित गर्न सक्छ । यस्ता घोषणा सामान्यतः प्राकृतिक वा युद्धकालीन अर्थात् भनौं मानवसिर्जित विध्वंसका बेलामात्र गरिन्छ, जस्तै- गृहयुद्ध । कतिपय मुलुकमा मानवअधिकारका मान्यतालाई अक्षुण्ण राख्दै पनि संकटकाल लाग्न सक्छ भने कतिपय देशमा दसकौंसम्म पनि संकटकाल लम्मिएका इतिहासहरू पनि छन् ।

ऊर्जा संकट मुलुकको सबभन्दा ठूलो समस्याको रूपमा देखिएको छ । त्यस्तो स्थितिमा राज्य र राज्यका अधिकारीहरूले ऊर्जा संकटकालका रूपमा यसलाई हेर्नु सामान्यतः अस्वाभाविक नदेखिन सक्छ । संकटकाल ऊर्जा, वन, प्राकृतिक स्रोत जस्तै- जल, माटो, ढुंगा-बालुवा, खानीखजाना, वनजंगल, जनावर, जनशक्ति यथार्थमा भन्नुपर्दा केचाहिँ होइनन्, सबै त हुन् । सरकारले यसरी एउटा क्षेत्रलाई चैत ९ गते साढे चार वर्षसम्मका लागि संकटको घोषणा गर्‍यो, ऊर्जा संकटकालको नाम दिएर । ६० प्रतिशत नेपाली अझै टुकी सरहको बिजुलीको पहुँचबाट बञ्चित छन् । १४ घन्टाको लोडसेडिङको पनि हिसाब गर्ने हो भने बिजुली नेपालीको पहुँचमा छैन नै भन्ने बराबर छ । उद्योग, व्यवसाय यसैकारणले आक्रमन्त प्रायः छन् । ऊर्जाको अर्को कुनै विकल्प पनि देखिएको, भेटिएको छैन । नगण्य रूपमा सौर्य, थर्मल प्लान्ट कतैकतै प्रयोगमा छन् । कोइला र अन्य विकल्पका लागि सरकार बजेट छुट्याउने तरखरमा छ । यी कुनै पनि कुरा व्यावहारिक देखिँदैनन् । अन्धकारमा बसेका जनतालाई राहतको ओठे आश्वासन यसले दिनसक्छ । तर जलस्रोतको धनी भनिएको मुलुकमा यी कुरामा दीर्घकालीन समाधानका रूपमा लिन पनि सकिँदैन । यो विषयसित जोडिएर सरकारले भन्ठानेको हुनसक्छ ऊर्जा संकटकाल, त्यो पनि साढे चार वर्षका लागि ।

हाम्रो अन्तरिम संविधान- २०६३ ले नेपाल राज्यको सार्वभौमसत्ता, अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर संकट उत्पन्न भएमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपाल राज्यभर वा कुनै खास क्षेत्रमा लागू हुनेगरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछन् भन्ने कुरा उल्लेख गरिएको छ । त्यो पनि एक महिनाभित्र अनुमोदनका लागि व्यवस्थापिका संसदको बैठकमा पेस गरिनेछ । अनुमोदनका लागि पेस भएको घोषणा वा आदेश व्यवस्थापिका संसदको बैठकमा उपस्थित सदस्यहरूको दुई तिहाइ बहुमतले अनुमोदन गरेमा घोषणा वा आदेश भएको मितिले तीन महिनासम्म लागू हुनेछ ।

संकटकालको व्याख्या गर्ने क्रममा आवेश हो या आक्रोशमा हो, मन्त्री, प्रधानमन्त्रीका भाषणमा थुन्ने, छेक्ने, गोली चलाउने र मान्छे मार्नेसम्मका पनि कुराहरू सुन्न-पढ्नमा आए । लोकतन्त्रले कुनै पनि राजनीतिकर्मीलाई यस्ता शब्दावलीहरूको प्रयोगसम्म गर्ने पनि छुट दिँदैन । त्यसो त यस्तो विधेयक न संसदमा आउन सक्छ, न संसदले यसलाई अनुमोदन गर्ने सम्भावना नै देखिन्छ, न यसले कानुनको रूप नै लेला । यी अर्थहीन हुंकारले जनतालाई त्रसित तुल्याउने, झूठको खेती गर्ने र एकथरी उद्यमीहरूलाई कृत्रिम सुरक्षाको अनुभूति दिलाउनु बाहेक केही गर्न सक्छ भन्नेजस्तो लाग्दैन । जनताले आफ्नो अधिकारका लागि गरेको संघर्ष अथवा श्रमिकले आफ्नो हकका लागि गरेको विरोध आफ्नै विनाशका लागि कदापि होइन । कुनै परियोजनामा कसैले आफ्नो अधिकारको लागि सामूहिक रूपमा माग राख्छ र त्यसका लागि शान्तिपूर्ण संघर्षको बाटो लिन्छ भने त्यसलाई संकटकालको नाममा ज्यानै लिने गरिकन दमन गर्नु नितान्त अधिनायकवादी सोच हो । मूल्य निर्धारण आयोगको खारेजी, खरिद प्रक्रियाको चलिआएको व्यवस्थाको निलम्बन, वैकल्पिक ऊर्जाको व्यवस्था गर्न बजेट छुट्याइने प्रावधान यी सबै कुराले वर्तमान सरकारको नेतृत्व अर्थ संकलनको बाटोतिर मात्र अग्रसरता देखाउँदैछ । त्यस दिशातिर कोही बाधक हुन्छ भने त्यसलाई पन्छाउन ऊ कानुनी उपायको खोजी गर्दैछ भन्ने कुरा स्पष्ट देखिन्छ ।

बिजुली सबैलाई चाहिएको छ । बिजुलीका लागि न्यूनतम शुल्क तिर्न सबै नेपाली तयार छन् । दातृराष्ट्रहरू पनि तयार

छन् । बिजुली शिक्षाका लागि पनि चाहिएको छ, स्वास्थ्यका लागि पनि चाहिएको छ, उद्यमका लागि पनि चाहिएको छ । बिजुलीको बहुआयामिक प्रयोगका सम्भावनाहरू छन् । सरकार कति बुझ्छ, थाहा छैन । बिजुलीका ज्ञाताहरू यस विषयमा बुझ्छन् भन्ने मलाई लागेको छ ।

साढे चार वर्षको ऊर्जा संकटकाल सरकारबाट घोषणा आएको

छ । त्यसले अब सरकारले ल्याएका कार्यक्रम बेरोकटोक कार्यान्वयन गरिने, कानुनले व्यवस्था गरेको सार्वजनिक टेन्डरको समेत पालना गर्नुपर्ने छैन । त्यसैगरी ६ महिनाभित्र विद्युत चुहावट २७ प्रतिशतबाट २० प्रतिशतमा झारिने, चुहावट गर्न पल्केका कर्मचारीलाई बर्खास्त गर्ने, चुहावटको सूचना दिनेलाई असुल भएको रकमको २५ प्रतिशत पुरस्कार आदि यी सबै बिनाकानुन, बिनाविधेयक कुनै सरकारले गर्नसक्ने कुरा होइन । संकटकालको कानुनी प्रावधानका लागि सामान्यतः यस्ता हचुवा कुरो गरेर पुग्दैन ।

नेपालका जलस्रोतका ठूला योजनाहरू सेती, तल्लो सेती, बुढीगण्डकी, त्रिशूली, नौसालगार्ड, दूधकोशी, उपल्लो कणर्ाली, उपल्लो तामाकोशी त्यो सरकारले आफ्नो रुचि अन्तर्गतको ठेकेदारलाई दिने यही हो ऊर्जा संकटकाल ? ऊर्जा संकटकालीन अवस्थामा योजना निर्माण गर्ने निजी क्षेत्रलाई पहिलो दस वर्ष आयकर छुट, त्यसपछिको ५ वर्षमा ५० प्रतिशत छुट दिने निर्णय सरकारको छ । यो नेपालको विकासमा सकारात्मक हो भन्ने पनि केही ऊर्जा उत्पादक उद्यमीहरू उत्साहित छन् । यो उत्साह कति दिन टिक्छ, त्योचाहिँ भन्न गाह्रै छ । तर विगत पाँच-सात वर्षदेखि खोलानाला, नदीको लाइसेन्स लिएर बसेकाहरू उद्यमी हुन् वा नहुन्, वर्तमान सरकारको नेतृत्व गर्ने दलसित उनीहरूको कुनै न कुनै किसिमको सामिप्यता छ । त्यसैको फाइदा लिने प्रयत्नस्वरूप यो कुरो आएको होइन भन्न सकिँदैन । संकटकालको नाममा कुनै एउटा क्षेत्रलाई संकटकाल घोषणा गरेर नागरिक अधिकारलाई यसरी खुम्च्याउन पनि सकिँदैन र पाइँदैन पनि ।

राष्ट्र, संकटकाल, सरकारको अधिकार र नागरिकको स्वतन्त्रता यी चार विषय हुन् हामी जसमाथि छलफल गर्दैछौं । म राष्ट्र र राष्ट्रिय सम्पदालाई एकैठाउँमा जोड्न चाहन्छु । राष्ट्रले आफ्नो पुरातन परम्परालाई सम्पूर्ण पहिचानका रूपमा बोक्न सक्दैन । राष्ट्र उसको आफ्नो जीवनशैली हो, सोच हो, लय हो, विचार हो, त्यसभन्दा पनि माथि उठेर गति हो । जसले उसलाई अगाडि बढाउँछ र उसलाई आत्मविश्वास दिन्छ, साथै आत्मसम्मान हो, जसलाई उसले म यो राष्ट्रको नागरिक हुँ भन्ने सबभन्दा ठूलो सोच दिन्छ । असजिलो छ, तर व्यक्तिको स्वाभाविक विश्वास यही नै हो । राष्ट्र हावादारी भाषणाबाट उत्पत्ति भएको शब्द होइन । यसका लागि ठूलठूला संघर्ष र युद्ध भएका छन् । राष्ट्र एउटै भूगोलभित्र धेरै व्यक्तिहरूको जमात तर एउटै राजनीतिक व्यवस्थाभित्र बसेर पनि बेग्लै विचार राखेर आत्मसम्मान बचाएर बस्नेहरूको बीचबाट जन्मेको एउटा शब्द हो । त्यसलाई सम्मान गर्न सक्नु नै राष्ट्र हो । राष्ट्र बौद्धिकताको त्यो उच्चतम मूल्य हो, जो सामान्य मान्छेहरूले सामान्य राजनीतिककर्मीहरूले बुझ्ने र समात्ने विषय पनि होइन । सम्पूर्णतामा यो एउटा त्यस्तो बौद्धिक अभ्यास हो, जो बौद्धिक समाजबाट जन्मेको एउटा त्यस्तो संस्कार या संस्कृति हो, जसभित्र भूगोल त छ, तर अरू धेरै कुराहरू जो सामान्य शब्दकोशमा लेखिएका छन्, ती कुराहरूले अर्थ राख्दैन । राष्ट्रले धेरै अगाडिदेखि मान्छेको जीवनशैलीलाई प्रभावित गर्दै आएको छ । संस्कृतिले राष्ट्रलाई प्रभावित गर्‍यो या राष्ट्रले संस्कृतिलाई प्रभावित गर्‍यो, यो बुझ्नका लागि धेरैले आधुनिक विश्व इतिहास हेरे हुन्छ, बुझे हुन्छ, आफ्नै केटाकेटीको जीवनशैलीलाई हेरे हुन्छ, धेरै पर जानै पर्दैन ।

यी दुई कुराको प्रासंगिकता एकैठाउँमा जोड्न कुनै पनि मान्छेलाई असजिलो हुनसक्छ । एकातिर यत्रो स्वतन्त्र चिन्तन अर्कोतिर संकटकाल । संकटकाल कुनै पनि प्रकृतिको किन नहोस्, कुनै न कुनै किसिमले त्यसले व्यक्तिको स्वायत्ततालाई खुम्च्याएकै हुन्छ । व्यक्तिले त्यसका लागि स्वीकृति दिँदैन । राष्ट्रको सीमा हामीले जे भन्यौं, त्यो त्यति नै हो । सरकार त्यो त्यहीमात्रै हो, शासन उसले बढी खोजेको हो, त्यति गर्न पाइँदैन । शासन आदेश, उपदेश, फर्मान, हुकुम यी कुनै पनि शब्दले गर्न दिँदैन भन्ने हाम्रो अन्तरिम संविधानले तोकेको छ । अनि सरकारसित संकटकाल घोषणा गर्ने हक कसरी प्राप्त भयो ? त्यो पनि साढे चार वर्षसम्मको । न्याय व्यवस्था र शान्ति-सुरक्षाको मात्रै बन्दोबस्त गरिदिएदेखि काम गर्नेले काम पाउँथे, व्यापार गर्नेले व्यापार गर्न पाउँथे । तिनै जो हिजो यिनै आयोजना निर्माणमा बाधा-अड्चन पुर्‍याउँदै थिए, आज उनैलाई संकटकाल चाहियो ? मुलुकलाई पुँजीको अभाव छैन, प्रविधिको अभाव छैन, सूचना प्रविधिको अभाव छैन, दक्ष जनशक्तिको अभाव छैन, सामान्य श्रमशक्तिको अभाव पनि छैन । अभाव छ भने उछृङ्खलताबाट मुक्तिको । तर त्यसभित्र द्रव्य छ । राजनीतिक नेतृत्वले त्यसैभित्रबाट द्रव्य चाहेको पनि छ । त्यो कोही पनि छोड्न चाहँदैन । त्यसकारण यो उपाय पनि सायद कारगर छैन । अब व्यक्तिले अत्यन्तै दुःखका साथ आर्जन गरेको आफ्नो सार्वभौमसत्ता राज्यको हातमा कुनै पनि हालतमा छोड्न ऊ तयार छैन । त्यो विद्रोहको सामना गर्ने शक्ति सरकारसँग छ ?

प्रकाशित मिति: २०६७ चैत्र ३० ०९:२०

Wednesday, February 2, 2011

विद्युत् विकासमा रु.तीन अर्ब विनियोजन

कपिलदेव खनाल/नुवाकोट

विदुर, माघ ६ गते । यस वर्षदेखि नुवाकोटमा ठूला जलविद्युत् आयोजना निर्माण गरिने भएपछि चालु आर्थिक वर्षमा नुवाकोटको कुल बजेटको ७१ प्रतिशतभन्दा बढी रकम विद्युत् विकासमा विनियोजन भएको छ ।

राष्ट्रिय योजना आयोगले नुवाकोटका लागि विनियोजन गरेको तीन अर्व १३ करोड ९८ लाख ६२ हजार रुपियाँमध्ये रु. दुई अर्ब २५ करोड १५ लाख ८६ हजार विद्युत् विकासका लागि छुट्याएको छ । यो रकम कुल बजेटको ७१ दशमलव ७१ प्रतिशत रहेको छ ।

आयोगले माथिल्लो त्रिशूली-३ -ए) जलविद्युत् आयोजना निर्माणका लागि रु. एक अर्ब १८ करोड ५० लाख, देविघाट जलविद्युत् केन्द्र सुदृढीकरण कार्यका लागि रु. १९ करोड ५९ लाख ८६ हजार, त्रिशूली जलविद्युत् केन्द्र सुदृढीकरणका लागि ६० लाख र माथिल्लो त्रिशूली-३ -बी) जलविद्युत् आयोजना निर्माणका लागि रु. ५० लाख विनियोजन गरेको छ । त्यसैगरी, बेलकोट- कुमरी- चाउथे विद्युतीकरण आयोजनका लागि एक करोड ७५ लाख रुपियाँ, भद्रुटार लेखि तलाखु विद्युत्ीकरण आयोजनाका लागि रु. एक करोड ६० लाख, अधुरो ग्रामीण विद्युतीकरणका लागि रु. एक करोड ९० लाख, र सामुदायिक तथा ग्रामीण विद्युतीकरणका लागि रु. ६० लाख ४२ हजार विनियोजन गरेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।

नुवाकोटमा विद्युतीकरणका लागि गत वर्ष पनि रु। १२ करोड विनियोजन भएको थियो । गत वर्ष जिल्ला विकास समिति नुवाकोटमा प्राप्त रोयल्टीसमेत विद्युत् विकासमा मात्र खर्च गर्न पाउने गरी सशर्त निकासा भएपछि जिल्ला विकास समितिको धेरै योजना प्रभावित भएको थियो । पौने दुई करोड रुपियाँ रोयल्टी ससर्त आएपछि जिल्लाका राजनितिक दल र कर्मचारीले विरोध गरी सरकारको निर्णय फिर्ता लिन पटक- पटक दबाब लिएका थिए । उक्त रकम हालसम्म पनिखर्च हुन सकेको छैन ।