Wednesday, August 3, 2022

लुम्बिनी केबलकार माघ 2079 देखि सञ्चालन हुने

लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने

https://www.himalkhabar.com/news/131474

पूर्वाधार     लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने   हिमालखबर सोमबार, १६ साउन, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ।

करीब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिर सहितका संरचना निर्माण हुने भएका छन्। कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने जानकारी दिए।

केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करीब चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए। तल्लो स्टेशनको सब–स्ट्रक्चरको निर्माण कार्य करीब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम भइरहेको जनाइएको छ।

नौमध्ये आठ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य भइरहेको छ। माथिल्लो स्टेशनमा सब–स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाको आयात प्रक्रिया पनि अघि बढेको उनले बताए।

सोमबार, १६ साउन, २०७९, १५:१६:०९ मा प्रकाशित


No comments:

Post a Comment