Sunday, May 30, 2021

कर घटेपछि कति सस्तियो बिजुली कार? हेर्नुहोस मूल्य

 https://news116daily.com/2021/05/30/कर-घटेपछि-कति-सस्तियो-बिज/

२०७७ सालको जेठ १५ मा चालु वर्षका लागि बजेट घोषणा गर्दै तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले बिजुलीबाट चल्ने कारमा एक्कासी कर बढाइदिए। 

कर बढेपछि मूल्य आकाशिएकाले आयात गर्न नसकिने व्यवसायीहरुले तत्काल प्रतिक्रिया दिए। यसै पनि महंगो हुने बिजुलीबाट चल्ने कारमा कर बढेपछि उपभोक्ताको रोजाइमा नपर्ने उनीहरुको भनाइ थियो। त्यी मूल्य बढेका कारण भन्सारसम्म ल्याएका कार अहिलेसम्म पनि आयात गरेका छैनन्। 

‘चालु वर्षको बजेटबाट कर बढेपछि सामन्यतया ६० लाख पर्ने कारको मूल्य १ करोड २० लाखसम्म पुगेको थियो’नेपालमा कियाका विद्युतीय गाडी बिक्री गरिरहेको कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरेले भने। 

यो मूल्य बढेपछि उनीजस्तै अरु व्यवसायीले पनि अर्डर रद्धमात्र होइन भन्सार पास नै गराएनन्। 

शनिबार आएको आगामी वर्षको बजेटबाट सरकारले फेरि यस्ता कारमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिदिएको छ। जुन चालु वर्षको बजेटमा ३० देखि ८० प्रतिशतसम्म लगाइएको थियो। 

त्यस्तै ८० प्रतिशत पुर्‍याइएको भन्सारलाई सरकारले क्षमता वर्गिकरण गर्दै न्यूनतम १० प्रतिशतमा झारिदिएको छ। एक सय किलोवाट पिकआवर क्षमता भएका कारमा अबदेखि १० प्रतिशतमात्र भन्सार लाग्ने छ। यो भनेको गत वर्ष कर बढ्नु पहिलेको अवस्थाको दर हो। 

१०० देखि २ सय किलोवाट क्षमताका कारमा १५ प्रतिशत लाग्ने छ भने। २ सयदेखि ३ सय सम्मका कारमा ३० प्रतिशत र ३ सय भन्दा माथिका कारमा ४० प्रतिशत भन्सार लाग्ने छ। 

यो करका दरको हिसाब गर्दा अहिले नेपालमा आइरहेका बिजुली कारको मूल्य गत वर्षको कर लाग्नु पहिलेकै हाराहारीमा पुग्ने देखिन्छ। 

यो हिसाबले ६० लाखबाट बढेर १ करोड २० लाख मूल्य पुगेको कारको मूल्य अब फेरि पुरानै दरमा आउनसक्ने छ। तर मूल्यमा फरक  पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा। 

‘फ्याक्ट्रीबाट आउने मूल्य,ढुवानी भाडा, ब्याज तथा अन्य लागत फ्याक्टरको कारणले मूल्य तलमाथि हुनसक्छ। तर करकै कारणले जति मूल्य बढेको थियो त्यो भने जसरी कर घटेर पहिलेको अवस्थामा आएको छ त्यहीअनुसार मूल्य पनि घट्छ’घिमिरेले सेतोपाटीसँग भने। 

नेपालमा आउने अधिकांस बिजुली कारहरु सय किलोवाट क्षमता मै आउछन्। उच्च क्षमताका कारहरु तत्काल आएका छैनन्। बजारमा प्रतिस्पर्धी मूल्य भएका किया, हुन्डाइ र एमजीका कारणहरु सय किलोवाट क्षमताकै रेन्जमा छन्। 

आम रुपमा बिक्री हुने कारहरुको मूल्य गत वर्ष कर लाग्नु पहिलेको अवस्थामा पुग्ने छ। अर्थात् मूल्यलाई प्रभाव पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा गत वर्ष ६० लाखमा पाइने बिजुली कार अब फेरि त्यही दरमा पाइने छन्। 

एमजीका बिजुली गाडी बिक्रीवितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल करकै कारणले बढेको मूल्य कर घटेकै अनुपातमा घट्ने बताउछन्। यद्यपी ठ्याक्कै कारको मूल्य कति सस्तो हुन्छ भन्ने कुरा एकपटक अर्डर भएर आयात भएपछि थाहा हुने उनको भनाइ छ। 

बढेको कर घटाएर सरकारले राम्रो गरेपनि विद्युतीय सवारीको सवालमा सरकारको गलत मुभका कारण एक वर्ष बजार विथोलिएको घिमिरेको भनाइ छ। 

No comments:

Post a Comment