Sunday, May 30, 2021

बजेटपछि विद्युतीय सवारीको मूल्य कति घट्यो ?

 https://www.onlinekhabar.com/2021/05/962321

१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको करमा व्यापक हेरफेर गरेको छ । अन्तःशुल्क हटाएको छ भने भन्सार दर पनि प्रगतिशील बनाएको छ । यसले विद्युतीय सवारीलाई फेरि उपभोक्ताले किन्न सक्ने अवस्थामा ल्याएको व्यवसायीले बताएका छन् ।

शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको जानकारी दिएका थिए ।

यो हेरफेरले विद्युतीय सवारीहरु ‘अफोेर्डेबल’ हुने अवस्था देखिएको नाडा अटोमोबिल्स अफ एसोसियनका पदाधिकारीहरु बताउँछन् । तर, एक वर्षअघि विद्युतीय सवारीमा देखिएको आकर्षणलाई फेरि फिर्ता गर्न समय लाग्ने उनीहरुको तर्क छ ।

चालु आर्थिक वर्षको बजेट अनुअघि बजेटअघि खरिद मूल्यको १० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक दस्तुर थियो भने भन्सार शुल्क पूरै छुट थियो ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटमा ८० प्रतिशतसम्म अन्तःशुल्क र ४० प्रतिशतसम्म भन्सार लगाइएको थियो । उपभोक्ता र व्यवसायीले विरोध गरेपनि खतिवडा टसमस भएका थिएनन् ।

विष्णु पौडेल अर्थमन्त्री भएपछि विद्युतीय सवारीको अन्तःशुल्क दर संशोधन गर्दै सरकारले ५० किलोवाटसम्मका विद्युतीय सवारीले अन्तःशुल्कमा ८० प्रतिशत, ५१ देखि १०० किलोवाटका सवारीले अन्तःशुल्कमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाटसम्मका विद्युतीय सवारीले अन्तःशुल्कमा ७० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

तर पनि मूल्य उच्च भएकाले तल्लो रेन्जका विद्युतीय गाडी किन्न पनि नसक्ने अवस्था कायमै थियो ।

आर्थिक वर्ष २०७७-७८ को बजेटपछि ६० लाख रुपैयाँमा पाइने विद्युतीय गाडीको मूल्य १ करोड १७ लाखसम्म पुगेको थियो । कर संशोधनपछि त्यही गाडी ९० लाख ९१ हजार रुपैयाँमा झरेको थियो ।

कति घट्छ मूल्य ?

तर, आगामी वर्ष २०७८-७९ को बजेटले तल्लो ‘रेन्ज’को विद्युतीय सवारीमा लाग्ने भन्सार महसुल १० प्रतिशत मात्रै राखेको छ, पहिलाजस्तै मूल्य अभिवृद्धि कर र सडक दस्तुर भने तिर्नुपर्ने छ । यो रेन्जमा मध्यमवर्गीय परिवारले चढ्न सक्ने गाडीहरु हुन्छन् ।

सरकारले १ सय किलोवाटसम्मका विद्युतीय सवारी आयात गर्दा खरिद मूल्यको १० प्रतिशत भन्सार तिरे पुग्ने गरी आर्थिक अध्यादेश जारी गरेको छ । यो रेन्जको गाडीको मूल्य चालु आर्थिक वर्षको बजेट आउनुअघिकै हाराहारीमा आइपुगेको व्यवसायीहरु बताउँछन् ।

त्यसभन्दा माथिल्लो क्षमता भएका गाडीमा पनि मोटरको किलोवाट अनुसार स्ल्याब राखेर भन्सार दरलाई प्रगतिशील बनाएको छ । अब १ सयदेखि २ सय किलोवाटसम्म इन्जिन क्षमता भएका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्नेछ । २ सयदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीमा लाग्ने भन्सार दर ३० प्रतिशत कायम गरेको छ । ३ सय किलोवाटभन्दा माथिका मोटर जोडिएका सवारीमा ४० प्रतिशत भन्सार दर कायम भएको  छ । अब माथिल्ला रेन्जका गाडी पनि अहिलेको भन्दा निकै सस्तो हुनेछ ।

तल्लो रेन्जका सवारीको मूलय विगतकै नजिकको मूल्यमा झर्नेछन् । किया मोटर्सका आधिकारिक विक्रेता इन्टर कन्टिनेन्टल प्रालिका अध्यक्ष सुहृद घिमिरे आफ्नो कम्पनीले बेचिरहेको ‘निरो’ नामको विद्युतीय गाडी करिब ७५ लाख रुपैयाँमा बेच्न सकिने बताउँछन् ।

चालु आर्थिक वर्षको बजेटअघिसम्म करिब ६५ लाख रुपैयाँमा बिक्री भइरहेको यो १०० किलोवाटभन्दा बढी क्षमताको गाडीमा यो वर्ष थप ५ प्रतिशत कर बढ्दा मूल्य पनि थोरै बढ्ने उनको भनाइ छ ।

‘गत वर्षको बजेटले विद्युतीय सवारी प्रवर्द्धनको मोमेन्टम बिगार्‍यो,’ उनले भने, ‘अब फर्किन समय लाग्छ ।’

विद्युतीय गाडी प्रवर्द्धनका लागि करमा छुटसँगै रातिको समयमा चार्ज गर्दा छुट दिने, विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याउनुपर्ने घिमिरे ।

हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठ विद्युतीय सवारीमा करको दर घटाएर सरकारले वातावरण संरक्षण र विद्युत खपत वृद्धिका लागि उचित कदम चालेको बताउँछन् ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेट आउनुअघि  ५६ लाखमा बिक्री भइरहेको हुण्डाईको ‘कोना इभी’ अब फेरि ५५ देखि ६० लाख रुपैयाँमा उपलब्ध हुने अवस्था रहेको बताए । अहिले यो गाडी ८५ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।

अधिकृत विक्रेता अनिवार्य
बजेटले उत्पादक र अधिकृत विक्रेताहरुले मात्रै गाडी ल्याएर बेच्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री खतिवडाले गैरअधिृकत विक्रेताले गाडी ल्याएमा ३० प्रतिशत जरिवाना तिरेर आयात गर्नसक्ने व्यवस्था गरेका थिए ।

आर्थिक ऐन २०७८ ले उत्पादक र अधिकृत विक्रेताबाहेक अरुले सवारी आयात गर्न नसक्ने व्यवस्था गरिदिएको छ । सरकारले अधिकृत विक्रेता नै हुननपर्ने व्यवस्था गरेपछि औडी र टेस्ला गाडी अधिकृत विक्रेता विना नै नेपाल भित्रिएका थिए ।

अब शर्त मिचेर सवारी वा ढुवानीका साधन आयात गरेमा त्यस्ता सवारी तथा ढुवानी साधन जफत हुने व्यवस्था आर्थिक ऐनले गरेको छ ।

कर घटेपछि कति सस्तियो बिजुली कार? हेर्नुहोस मूल्य

 https://news116daily.com/2021/05/30/कर-घटेपछि-कति-सस्तियो-बिज/

२०७७ सालको जेठ १५ मा चालु वर्षका लागि बजेट घोषणा गर्दै तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले बिजुलीबाट चल्ने कारमा एक्कासी कर बढाइदिए। 

कर बढेपछि मूल्य आकाशिएकाले आयात गर्न नसकिने व्यवसायीहरुले तत्काल प्रतिक्रिया दिए। यसै पनि महंगो हुने बिजुलीबाट चल्ने कारमा कर बढेपछि उपभोक्ताको रोजाइमा नपर्ने उनीहरुको भनाइ थियो। त्यी मूल्य बढेका कारण भन्सारसम्म ल्याएका कार अहिलेसम्म पनि आयात गरेका छैनन्। 

‘चालु वर्षको बजेटबाट कर बढेपछि सामन्यतया ६० लाख पर्ने कारको मूल्य १ करोड २० लाखसम्म पुगेको थियो’नेपालमा कियाका विद्युतीय गाडी बिक्री गरिरहेको कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरेले भने। 

यो मूल्य बढेपछि उनीजस्तै अरु व्यवसायीले पनि अर्डर रद्धमात्र होइन भन्सार पास नै गराएनन्। 

शनिबार आएको आगामी वर्षको बजेटबाट सरकारले फेरि यस्ता कारमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिदिएको छ। जुन चालु वर्षको बजेटमा ३० देखि ८० प्रतिशतसम्म लगाइएको थियो। 

त्यस्तै ८० प्रतिशत पुर्‍याइएको भन्सारलाई सरकारले क्षमता वर्गिकरण गर्दै न्यूनतम १० प्रतिशतमा झारिदिएको छ। एक सय किलोवाट पिकआवर क्षमता भएका कारमा अबदेखि १० प्रतिशतमात्र भन्सार लाग्ने छ। यो भनेको गत वर्ष कर बढ्नु पहिलेको अवस्थाको दर हो। 

१०० देखि २ सय किलोवाट क्षमताका कारमा १५ प्रतिशत लाग्ने छ भने। २ सयदेखि ३ सय सम्मका कारमा ३० प्रतिशत र ३ सय भन्दा माथिका कारमा ४० प्रतिशत भन्सार लाग्ने छ। 

यो करका दरको हिसाब गर्दा अहिले नेपालमा आइरहेका बिजुली कारको मूल्य गत वर्षको कर लाग्नु पहिलेकै हाराहारीमा पुग्ने देखिन्छ। 

यो हिसाबले ६० लाखबाट बढेर १ करोड २० लाख मूल्य पुगेको कारको मूल्य अब फेरि पुरानै दरमा आउनसक्ने छ। तर मूल्यमा फरक  पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा। 

‘फ्याक्ट्रीबाट आउने मूल्य,ढुवानी भाडा, ब्याज तथा अन्य लागत फ्याक्टरको कारणले मूल्य तलमाथि हुनसक्छ। तर करकै कारणले जति मूल्य बढेको थियो त्यो भने जसरी कर घटेर पहिलेको अवस्थामा आएको छ त्यहीअनुसार मूल्य पनि घट्छ’घिमिरेले सेतोपाटीसँग भने। 

नेपालमा आउने अधिकांस बिजुली कारहरु सय किलोवाट क्षमता मै आउछन्। उच्च क्षमताका कारहरु तत्काल आएका छैनन्। बजारमा प्रतिस्पर्धी मूल्य भएका किया, हुन्डाइ र एमजीका कारणहरु सय किलोवाट क्षमताकै रेन्जमा छन्। 

आम रुपमा बिक्री हुने कारहरुको मूल्य गत वर्ष कर लाग्नु पहिलेको अवस्थामा पुग्ने छ। अर्थात् मूल्यलाई प्रभाव पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा गत वर्ष ६० लाखमा पाइने बिजुली कार अब फेरि त्यही दरमा पाइने छन्। 

एमजीका बिजुली गाडी बिक्रीवितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल करकै कारणले बढेको मूल्य कर घटेकै अनुपातमा घट्ने बताउछन्। यद्यपी ठ्याक्कै कारको मूल्य कति सस्तो हुन्छ भन्ने कुरा एकपटक अर्डर भएर आयात भएपछि थाहा हुने उनको भनाइ छ। 

बढेको कर घटाएर सरकारले राम्रो गरेपनि विद्युतीय सवारीको सवालमा सरकारको गलत मुभका कारण एक वर्ष बजार विथोलिएको घिमिरेको भनाइ छ। 

बजेटले करमा गरेका परिवर्तनहरू

 https://www.nayapatrikadaily.com/news-details/64915/2021-05-30

बजेटले करमा गरेका परिवर्तनहरू

अग्रलेख

चुनावी सरकारले अध्यादेशमार्फत करका दर तथा व्यवस्थामा दुईतिहाइ सरकारले भन्दा बढी परिवर्तन गरेको छ

चुनावी सरकार भनिएको हालको सरकारले अध्यादेशमार्फत करका दर तथा व्यवस्थामा दुईतिहाइको सरकारले भन्दा बढी परिवर्तनको प्रयास गरेको छ । आर्थिक अध्यादेशमार्फत करमा भएका मुख्य संशोधनहरू देहायबमोजिम रहेका छन् :

मुद्दा फिर्ता लिएमा जरिवाना छुट हुने : आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तः शुल्क ऐन, २०५८ बमोजिम २०७७ असार मसान्तभित्र कर कार्यालयबाट कर निर्धारण गरेकोमा त्यसमा चित्त नबुझाई प्रशासकीय पुनरावलोकन वा सोको फैसलामा समेत चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन मुद्दा फिर्ता लिई सो निर्धारण भएको कर र सुविधा लिन निवेदन दिएको मितिसम्मको ब्याजको ५० प्रतिशत रकम २०७८ मङ्सिर मसान्तभित्र बुझाएमा सोमा लाग्ने शुल्क, थप दस्तुर, जरिवाना र बाँकी ब्याज मिनाहा हुनेछ । 

बक्यौता मिनाहा : अन्तः शुल्क ऐन, २०१५, आयकर ऐन, २०३१ र होटल कर, मनोरञ्जन कर, ठेक्का कर र बिक्री कर ऐनबमोजिम लगत कायम भई असुल हुन नसकेको बक्यौता रकममध्ये कर रकमको पचहत्तर प्रतिशत रकम २०७८ पुस मसान्तभित्र बुझाएमा सोमा लागेको जरिवाना, शुल्क, ब्याज र बाँकी कर मिनाहा हुनेछ । त्यस्तै, ०७६ असार मसान्तभित्र कर निर्धारण भई बक्यौता रहेको रकममध्ये कर रकम र सुविधा लिन निवेदन दिएको मितिसम्मको ब्याज ०७८ पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुनेछ । गैरनाफामूलक सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था तथा विद्युतीय सञ्जालमा आधारित सवारी सेवा उपलब्ध गराउने सञ्चालकलाई २०७८ जेठ १५ भन्दा अघि कर निर्धारण भई न्यायिक प्रक्रियामा नरहेका त्यस्ता करदाताले ०७८ पुस मसान्तभित्र बक्यौता मिनाहाको निवेदन दिएमा त्यस्तो बक्यौता मिनाहा हुने व्यवस्था अध्यादेशमा गरिएको छ ।

करछुटका व्यवस्था : उत्पत्तिको प्रमाणपत्र जारी गर्ने संस्थाले ०७८ जेठ १४ सम्मको सो प्रमाणपत्र जारी गरेबापत बुझाउन बाँकी मू.अ.कर वा कर कार्यालयबाट निर्धारण भई बुझाउन बाँकी रहेको मू.अ.कर र सोमा लाग्ने ब्याज, थप दस्तुर र जरिवाना मिनाहा हुने भएको छ । त्यस्तै, ट्राभल तथा ट्रेकिङ एजेन्सीले मूल्य अभिवृद्धि कर लाग्ने कारोबारलाई कर छुटको बिक्रीमा देखाई मू.अ.कर दाखिला नगरेकोमा वा कर कार्यालयबाट कर निर्धारण भएकोमा बक्यौता रकम ०७८ पुस मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ । 

ढुवानी व्यवसायलाई विशेष सहुलियत : ढुवानी सेवा प्रदायक व्यवसायीले ०७६/७७ मा स्थायी लेखा नम्बर नभएका प्राकृतिक व्यक्तिबाट ढुवानीका साधन भाडामा लिई स्रोतमा अग्रिम करकट्टी गरी भुक्तानी गरेकोमा सोबापतको विजकमा ढुवानी साधनधनीको स्थायी लेखा नम्बर नभए पनि सो रकम कर प्रयोजनका लागि खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ ।

आ.व. ०७७/७८ लाई कोभिडका कारण उपलब्ध सहुलियतहरू : २० लाखसम्म वार्षिक कारोबार भई दुई लाखसम्मको आय भएका अनुमानित कर तिर्ने प्राकृतिक व्यक्तिको हकमा तिर्नुपर्ने करमा ९० प्रतिशत छुट दिई महानगरपालिका वा उपमहानगरपालिकाको हकमा ७५०, नगरपालिकाको हकमा ४०० र गाउँपालिकाको हकमा २५० रुपैयाँ मात्र भुक्तानी गरे हुने गरी संशोधन गरिएको छ । त्यस्तै, कारोबारका आधारमा कर तिर्ने २० लाखदेखि पचास लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ । एक करोडसम्म व्यावसायिक कारोबार भएका व्यक्तिलाई लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । त्यस्तै, होटल, ट्राभल, टे«किङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, मिडिया हाउस, यातायात वा हवाई सेवाको एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई लाग्ने आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, आ.व. ०७६/७७ र ०७७/७८ मा नोक्सानी भएमा दश वर्षसम्म नोक्सानी सार्न मिल्ने सहुलियत पनि दिइएको छ ।

करदाताले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेमा सो रकम घटाई बाँकी रकममा मात्र कर तिरे हुनेछ
 

कोरोना कोषमा गरेको योगदान खर्च लेख्न मिल्ने : कुनै पनि करदाताले ०७७/७८ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेमा सो रकम घटाई बाँकी रकममा मात्र कर तिरे हुने व्यवस्था गरिएको छ ।

व्यावसायिक सामाजिक उत्तरदायित्वबापतको खर्च लेख्न मिल्ने : आ.व. ०७७/७८ मा व्यावसायिक सामाजिक उत्तरदायित्वबापत छुट्याइएको रकमबाट नेपाल सरकारले तोकेको विशिष्टीकृत अस्पताल निर्माण तथा कोभिड–१९ को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर प्रयोजनका लागि खर्च लेख्न पाउने व्यवस्था गरिएको छ ।

फर्म तथा कम्पनी नवीकरण शुल्क मिनाहा : आ.व. ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका निजी फर्म वा कम्पनीले ०७८ असोज मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको दश प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुनेछ ।

व्यवसायको प्रकृतिका आधारमा मू.अ. करमा दर्ता हुनुपर्ने व्यवस्था हट्यो ः विगतमा व्यवसायको प्रकृतिका आधारमा (जस्तै– मदिरा, वाइन, हेल्थ क्लब आदि) जति सानो कारोबार भए पनि मू.अ.करमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरिएको छ । अब व्यवसायको कारोबारको आधारमा मात्र मू.अ.करमा करदाता दर्ता हुनुपर्ने भएको छ ।

खरिद–बिक्री खाता प्रमाणित गराउनुपर्ने झन्झट हट्यो : मू.अ.करमा दर्ता भएका करदाताले साउन मसान्तभित्र कर अधिकृतबाट खरिद–बिक्री खाता प्रमाणित गराउनुपर्ने झन्झटिलो व्यवस्था खारेज गरिएको छ । अब करदाताले ती खाता आफैँले प्रमाणित गराइराख्नुपर्नेछ ।

राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्दा राख्नुपर्ने धरौटीका सम्बन्धमा स्पष्ट व्यवस्था थप : आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तः शुल्कका सम्बन्धमा राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्दा धरौटी राख्नुपर्ने रकमलाई स्पष्ट पारिएको छ । अब न्यायाधीकरणमा पुनरावेदन दिँदा निर्धारित कर रकममध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकम र जरिवानाको पचास प्रतिशत रकम धरौटी राख्नुपर्ने वा त्यस्तो रकमबापत बैंक जमानत दिनुपर्ने गरी नयाँ व्यवस्था गरिएको छ ।

अनुमानित कर तिर्ने सीमा बढ्यो : विगतमा वार्षिक कारोबार २० लाखसम्म र करयोग्य आय दुई लाख रुपैयाँसम्म भएका मू.अ.करमा दर्ता नभएका प्राकृतिक करदाताले अनुमानित कर (डे १) बमोजिमको कर तिर्न छनोट गरेमा तिर्न पाउने व्यवस्था थियो भने अब ३० लाखसम्म वार्र्षिक कारोबार र तीन लाख रुपैयाँसम्मको करयोग्य आय भएका मू.अ.करमा दर्ता भएका वा नभएका प्राकृतिक व्यक्तिले अनिवार्य रूपले अनुमानित कर (डे १) भरी कर बुझाउनुपर्नेछ ।

त्यस्तै, विगतमा वार्षिक कारोबार ५० लाखसम्म भएका मू.अ.करमा दर्ता नभएका प्राकृतिक करदाताले कारोबारका आधारमा कर तिर्दै (डे २) आएकामा अबउपरान्त ३० लाखभन्दा वढी एक करोडसम्म वार्र्षिक कारोबार भई १० लाख रुपैयाँसम्म करायोग्य आय भएका मू.अ.करमा दर्ता भएका वा नभएका प्राकृतिक व्यक्तिले अनिवार्य रूपले कारोबारका आधारमा कर (डे २) भरी कर बुझाउनुपर्नेछ ।

आयकर पूर्ण छुट दिइएको : नेपाल धितोपत्र बोेर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष र नेपाल सरकारको निकायसँग भएको समझदारीपत्रका आधारमा नाफा नकमाउने वा वितरण नगर्ने उद्देश्यले स्थापना भई सञ्चालनमा रहेको शैक्षिक संस्थाले आफ्नो उद्देश्यअनुरूप आर्जन गरेको रकममा आयकर नलाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, वार्षिक एक करोडसम्मको कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म पूर्ण कर छुट हुनेछ । तर, यिनै निकायको विगतमा गरिएको कर निर्धारणको हकमा भने के हुने भन्ने विषयमा आर्थिक अध्यादेश मौन छ ।

आयकरमा आंशिक छुट दिइएको : कृषि व्यवसाय गर्ने फर्म वा निकायको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी आय गरेमा त्यसमा १०.४० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ, विगतमा यो करको दर १२ प्रतिशत थियो । औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना वा स्थानान्तरण भई सञ्चालनमा रहेको विशेष उद्योगलाई उत्पादन सुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत र त्यसपछिको पाँच वर्षसम्म २५ प्रतिशत छुट हुने नयाँ प्रावधान थप गरिएको छ । त्यस्तै, स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशतले छुट गरिएको छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको विशेष उद्योग उपत्यकाबाहिर स्थानान्तरण भई सञ्चालन भएमा तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत कर छुट हुनेछ । वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेको वस्तु मात्र कच्चा पदार्थका रूपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई पहिलो तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत र त्यसपछिको दुई वर्ष २५ प्रतिशत कर छुट हुनेछ ।

अग्रिम करकट्टीसम्बन्धी व्यवस्था : विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिस्ट्रेसन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्कबापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतको दरले अग्रिम करकट्टी गर्नुपर्ने व्यवस्था थप गरिएको छ भने बैंकले जीवन बिमा कम्पनीलाई निक्षेपबापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशत रकम अग्रिम करकट्टी गर्नुपर्ने भएको छ, विगतमा यो दर पन्ध्र प्रतिशत थियो । त्यस्तै, सहकारी बैंक तथा सहकारी संघसंस्थाले एकआपसमा ऋण लगानीबापत तिरेको ब्याजमा करकट्टी गर्नुनपर्ने भएको छ । यस विषयमा पहिले नै कर निर्धारण भएकोमा के हुने भन्नेबारे अध्यादेश मौन छ ।

सेयर कारोबारको लाभमा लाग्ने करमा फेरबदल : धितोपत्र बोर्डमा सूचीकरण भएका सेयरको कारोबारमा तीन सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको लगानीको बिक्रीबाट भएको लाभमा पाँच प्रतिशत र सो अवधिभन्दा कम अवधि स्वामित्वमा रहेको लगानी बिक्री गरेमा लाभको ७.५० प्रतिशत लाभकर लाग्ने व्यवस्था गरिएको छ । विगतमा जुनसुकै किसिमको लाभमा पनि पाँच प्रतिशत कर लाग्दै आएको थियो ।

विदेशबाट पैसा आउँदा कर लाग्ने : कुनै व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै अन्य विद्युतीय सेवा उपलब्ध गराएबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त भएका बखत सम्बन्धित बैंक वा मनी ट्रान्सफरले त्यस्तो भुक्तानी प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने नौलो व्यवस्था गरेको छ । विदेशमा रोजगारीका माध्यमबाट आउने र यस्तो सेवाबापत आउने रेमिट्यान्सको वर्गीकरण गर्न व्यावहारिक रूपले जटिल हुने भएकाले यो व्यवस्थाको व्यावहारिक प्रयोग चुनौतीपूर्ण देखिन्छ । 

मूल्य अभिवृद्धि कर छुट गरेका मुख्य वस्तु तथा सेवाहरू ः आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगले पैठारी गर्ने कच्चा पदार्थ, इ–लाइब्रेरी सेवा शुल्क, ढुवानी साधनको भाडा, ढुवानी सेवा (आपूर्तिसँग सम्बन्धित ढुवानीबाहेक) तथा कार्गो सेवा, साइलो र साइलोमा गरिने कृषि भण्डारणबापतको सेवा, मनी एक्सचेन्ज, स्विफ्ट सेवा, हायर पर्चेज कारोबार, निक्षेप तथा कर्जा सुरक्षण सेवा, निर्यात प्रयोजनका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सेवा र ट्रेकिङ तथा टुर प्याकेजसम्बन्धी सेवामा विगतमा मू.अ.कर लाग्दै आएको भए पनि अब यी कारोबारमा मू.अ.कर नलाग्ने व्यवस्था आर्थिक अध्यादेशले गरेको छ ।

अन्य महत्वपूर्ण व्यवस्था : बढीमा पाँचवटा स्टार्टअप व्यवसायलाई दिएको प्रतिव्यवसाय एक लाखसम्मको बिउ पुँजी कर प्रयोजनका लागि खर्च लेख्न पाइनेछ भने बैंक, वित्तीय संस्था वा बिमा व्यवसायको मर्जरमा दिइएको सहुलियत अब एकै वर्गको मर्जरमा मात्र उपलब्ध हुने व्यवस्था गरिएको छ । फरक वर्गका मर्जरमा उपलब्ध सहुलियत २०७८ साउन १ बाट लागू हुने गरी खारेज गरिएको छ । त्यस्तै, करदाताले आफ्नो घरको बिमा गरेको रहेछ भने आफ्नो आय गणना गर्ने प्रयोजनका लागि सो बिमा प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन कम हुन्छ, सो घटाई बाँकी रकममा मात्र करको गणना गर्न मिल्ने व्यवस्था थप गरिएको छ । 

बजेट वक्तव्य र आर्थिक अध्यादेशमा फरक परेका व्यवस्था :
– बजेट वक्तव्यमा मुद्दा फिर्ता लिने अवस्थामा करदाताले कर निर्धारणउपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधीकरण वा अदालतमा विचाराधीन मुद्दा सम्बन्धित करदाताले फिर्ता लिन चाहेमा फिर्ता लिन मिल्ने उल्लेख भए पनि अध्यादेशमा प्रशासकीय पुनरावलोकनका लागि निवदेन दिएको वा विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावलोकनका लागि गएका मुद्दा मात्र फिर्ता लिन मिल्ने व्यवस्था उल्लेख छ । यसले गर्दा कोही करदाता सोझै अदालत गएमा बजेट वक्तव्यअनुसार मुद्दा फिर्ता लिन मिल्ने देखिए पनि अध्यादेशले भने त्यसलाई रोकेको छ ।

– बजेट वक्तव्यमा बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानीमा लाग्ने अग्रिम कर घटाएको उल्लेख भए पनि अध्यादेशमा उल्लेख गरेको पाइँदैन ।

– बजेट वक्तव्यमा ०७८ साउनपछि स्थापना हुने उत्पादनमूलक विशेष उद्योगका लागि संस्थागत आयकरको दर पाँच वर्षभित्र पन्ध्र प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष एक प्रतिशतका बिन्दुले घटाउँदै लग्ने उल्लेख गरे पनि सो व्यवस्था अध्यादेशमा उल्लेख छैन ।

– बजेट वक्तव्यमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराइने उल्लेख भए पनि सो सहुलियत दिन अध्यादेशमा आवश्यक संशोधन गरिएको छैन ।

(लेखक चार्टर्ड एकाउन्टेन्ट हुन् ।)

Thursday, May 27, 2021

फ्रुक्टोज को इंसुलिन की आवश्यकता नहीं होती है,asd

 https://www.healthshots.com/hindi/healthy-eating/are-you-diabetic-and-want-to-eat-litchi-then-read-it-carefully/

लीची की फाइबर सामग्री रक्त शर्करा के स्तर में अचानक वृद्धि को रोकने में भी सहायता करती है। हालांकि, फ्रुक्टोज को इंसुलिन की आवश्यकता नहीं होती है, पर फिर भी इसे मॉडरेशन में खाना सबसे अच्छा है। यदि आपका रक्त ग्लूकोज नियंत्रण में है, तो लीची का सेवन करना सुरक्षित है।

https://oyehero.com/india-bio/gyan/glucose-fructose-difference-in-hindi/

Difference between Glucose and Fructose in Hindi | ग्लूकोज और फ्रुक्टोज में क्या अंतर है !!

# ग्लूकोज में डायरेक्ट चीनी होती है जबकि फ्रक्टोज में प्राकृतिक चीनी होती है जो फल और सब्जियों से प्राप्त होती है.# एक डायबिटीज मरीज को ग्लूकोज लेने को मना किया जाता है जबकि वो फल सब्जियां आराम से खा सकता है.# ग्लूकोज और फ्रक्टोज दोनों मोनोसैकराइड का रूप हैं वो भी समान केमिकल कम्पोजीशन और अलग अलग अणुओं के स्ट्रक्चर के साथ.# एक कच्चा फ्रुक्टोज, ग्लूकोज की अपेक्षा काफी मीठा होता है.# ग्लूकोज को उचित चयापचय के लिए इंसुलिन की आवश्यकता होती है जबकि फ्रुक्टोज को संसाधित करने के लिए इंसुलिन की आवश्यकता नहीं होती है.

https://www.facebook.com/eradicatediabetes01/posts/310195299759419/

फ्रूटोज़ - इसे आमतौर पर फल शुगर के रूप में जाना जाता है फल में पाया जाता है,सब्जियां, शहद और फक्रूटोज लिवर में चयापचय जाता है। ग्लूकोज के विपरीत, यह इंसुलिन को उत्तेजित नहीं करता और शरीर में रक्त शर्करा के स्तर को तेजी से नहीं बढ़ाता है। हालांकि, यह अन्य शर्करा की तुलना में अधिक लिपोजेनिक(lipogenic), या वसा उत्पादन कर्ता है । ग्लाइकोलिसिस के माध्यम से ऊर्जा का उत्पादन करने के लिए फ्रूटोज का उपयोग किया जा सकता है। लेकिन, ग्लूकोज के विपरीत, फ्रक्टोज़ एक उपमार्ग में जो फॉस्फोफक्टोकिनेज को कीए बीना ग्लाइकोलिसिस(glycolysi) में प्रवेश करता है । इस में अतिरिक्त फ्रक्टोज़ के रूपांतरण फ्रैक्टोस को ट्राइग्लिसराइड्स में परिवर्तित कर देता है। फ्रूटोज़ के रूप में ≥20% ऊर्जा वाले आहार और ग्लूकोज या स्टार्च ≥20% ऊर्जा युक्त आहार की तुलना में फ्रूटोज़ वाले आहार में डिस्प्लिडेमिया (dyslipidemia) लिपिड असामान्यताओं (lipid abnormalities) होने की अधिक संभावना होती है। फ्रूटोज को चयापचय सिंड्रोम से जोड़ा गया है। यह शरीर को कम और इंसुलिन का उपयोग कम करने की क्षमता रखाता है । ये ग्लूकोज के विपरीत है जो घ्रेलिन (ghrelin) के स्राव को दबाता है (भूख-उत्तेजक हार्मोन) और लेप्टिन (भूख-दमनकारी हार्मोन) को उत्तेजित करता है ।


‘राई’ जाति होइन, पदवी

 https://www.himalkhabar.com/news/123692

‘राई’ जाति होइन, पदवी

निनाम कुलुङ ‘मंगले’ बुधबार, १२ जेठ, २०७८

151 Shares

जसरी राईहरूको आफूलाई जाति मान्ने आत्मनिर्णयको अधिकार छ, त्यसैगरी हामी कुलुङले पनि ‘कुलुङ’ लेख्न, लेखाउन र जातीय स्वपहिचानले चिनिन पाउनुपर्छ।

निनाम कुलुङ ‘मंगले’

आजभोलि धेरै मान्छे राई भन्ने बित्तिकै नेपालको एक जाति बुझ्छन्। अहिले ‘राई’ जाति भनेर चिनिएका हामी कुलुङहरू यथार्थमा १६ खम्बुका सन्तान हौं। हामीले, खासगरी भूमिसुधार ऐन २०२१ लागू भएपछि, राई पदवी पाएका तालुकदार वा जिम्मावाल जस्तै ‘ठूलो मान्छे’ भइन्छ भन्ने रहर वा बाध्यताले जाति र थर ‘राई’ लेख्न थालेका हौं। 


हाम्रै बीच पनि राई जाति हो–होइन भन्ने विवाद छ। कोही जाति मान्नुपर्छ भन्छन् त कोही मान्दैनौं भन्छन्। यसमा १६ खम्बुका सन्तानमध्ये कुलुङ लगायत १४ थरी किराती संस्थागत रूपमा लागेका छन्। राईलाई जाति मान्नुपर्छ भन्ने पक्षको नेतृत्व राई यायोक्खा नामक गैरसरकारी संस्थाका हर्ताकर्ताले गरेका छन्। केही राई लेखक, बुद्धिजीवी, भाषाविद्, मुन्धुमविद् (कुलुङहरू ‘मुन्धुम’ लाई ‘रीदूम’ भन्छन्), संस्कृतिविद्, विज्ञ, प्राज्ञ, अन्वेषक, इतिहासकार, खोजकर्ता, अनुसन्धानकर्ता पनि यसमा लागेका छन्।


राई जातिवालाले अहिलेसम्म पनि राई जाति वा समुदाय हुने प्रष्ट आधार नदिई बोलेको, लेखेको, वकालत गरेको देखिन्छ। राई जाति होइन भन्नेलाई उनीहरू तिमीहरूको तीनपुस्ते विवरणका साथै नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र, पेन्सनपट्टा, विद्यार्थी परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र आदिमा के छ भन्ने प्रश्न गर्ने गर्छन्। 


राई जातिवालाले पहिले राई ‘जाति’ वा ‘पदवी’ के हो भन्नेबारे प्रष्ट हुनु आवश्यक छ। त्यसपछि यही शब्दले चिनियौं र यही शब्दले समूहका रूपमा चिनिन्छौं, जाति वा समुदायका रूपमा होइन भन्नुपर्दछ। किनभने, समूह हुनलाई माथि उल्लेख भए जस्तो जाति वा समुदायका आधार र मापदण्ड चाहिँदैनन्। 

तर, खासमा जाति वा समुदाय हुन यस्ता कागजपत्र होइन, अरू जातिको भन्दा छुट्टै पितापुर्खाले चर्चेको ऐतिहासिक भूमि वा उत्पत्तिथलो, पितापुर्खाले खाई–खेली आएको भूमि, मातृभाषा, वंशवृक्ष, परम्परा, वेशभूषा, गरगहना, परम्परागत कानून, चाडपर्व, जीवनशैली, मूल्य–मान्यता, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, परस्पर बिहेबारी, मौलिक साहित्य, लोककथा, मिथक, गीत–सङ्गीत, बाजागाजा आदि हुनुपर्दछ। नागरिकता, जग्गाधनी पूर्जा, पासपोर्ट आदिले व्यक्ति कुन देशको नागरिक र बासिन्दा हो भन्ने मात्र बुझाउँछन्। 


प्रष्ट हुनु जरुरी 


राई जातिवालाले पहिले राई ‘जाति’ वा ‘पदवी’ के हो भन्नेबारे प्रष्ट हुनु आवश्यक छ। त्यसपछि यही शब्दले चिनियौं र यही शब्दले समूहका रूपमा चिनिन्छौं, जाति वा समुदायका रूपमा होइन भन्नुपर्दछ। किनभने, समूह हुनलाई माथि उल्लेख भए जस्तो जाति वा समुदायका आधार र मापदण्ड चाहिँदैनन्। 


यसमा प्रष्ट हुने सिलसिलामा राई यायोक्खाले राईलाई पदवी नै मान्छौं भनी पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिनुपर्नेछ। यो काम हाल स्थगित २०७८ को जनगणनाअघि नै गरिहाल्नु राम्रो हुन्छ। सोही पत्रकार सम्मेलनमा उनीहरूले राई जाति हुन नचाहने हामी कुलुङ लगायत १२ थरी किरातीलाई अबदेखि राई मान्न जोर–जबर्जस्ती र लिँडेढिपी गर्दैनौं भन्ने प्रतिबद्घता पनि जनाउनुपर्ने हुन्छ।


राई जातिवालाले आफूलाई एक जाति, २८ भाषी जस्ता विशिष्टता बोकेको राई भन्ने गरेको पनि सुनिन्छ। यस्तो तर्क गर्नेमा राई यायोक्खालाई मातृसंस्था मान्ने राई प्राज्ञ, पत्रकार, कलाकार, लेखक, बुद्धिजीवी, विद्यार्थी, उद्योगी, कर्मचारी, विभिन्न संघसंस्थाका उच्च पदाधिकारीहरू छन्। 


उनीहरूले बडो स्टाइलका साथ चेस्मा नाकको डाँडीमा झुन्ड्याएर, जुल्फी हल्लाएर, हात हल्लाएर, औंला ताकेर, आँखा झिमझिम गर्दै, मुसुक्क हाँस्दै, थेगो मिसाउँदै, अट्टहास गर्दै, अन्टसन्ट बोल्दै, बडो हाउभाउका साथ राई यस्तो र उस्तो भन्दै अन्तर्वार्ता दिएका, लेख लेखेका देखिन्छ। हिमालखबर मा ११ चैत २०७७ मा प्रकाशित पूर्ण पी राईको ‘किन हुँदैछ राईकै पहिचान मेट्ने बहस ?’ शीर्षकको लेख पनि यसकै पछिल्लो उदाहरण हो। 


राई जातिवालाले भने जस्तै राई जाति हो र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया आदि थर हुन् भने कसरी एकै थरका कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच बिहाबारी चल्छ?

त्यसैले राई जातिवालाहरूले भने जस्तै साँच्चै एक जाति र २८ भाषी विशिष्टता बोकेको राई हो भने म एक जाति राई हुँ, मेरो भाषा २८ वटा छ भनेर २८ वटै भाषामा खररर बोल्न सक्ने कोही भए भेट गराइदिनुपर्यो‍ भन्ने यो पङ्क्तिकारको विशेष आग्रह छ। 


कहाँ छ ऐतिहासिक भूमि? 


कुलुङ जातिका पितापुर्खाले शुरूमा खाई–खेली आएको/चर्चेको ‘महाकुलुङ’ भन्ने भूमि सोलुखुम्बुको उत्तर–पूर्वी क्षेत्रमा छ। त्यस्तै, आठपहरिया, बाहिङ, मेवाहाङ, बान्तावा र अरूका पनि होलान्। तर, राईका पितापुर्खाले शुरूमा खाई–खेली आएको/चर्चेको ऐतिहासिक भूमि कहाँ हो, कुन हो थाहा हुनेले बताउनुपर्‍याे, लेख्नुपर्‍याे। 


कुलुङ जाति ‘कुलुङ’ भनेर चिनिनुअघि हाम्रा पुर्खाका २३–२४ पुस्ता छन्। त्यसपछि पनि मुख्य चार वंश वा पुर्खा छन्– छेम्सी, ताम्सी, खप्दूलू (पिल्मो) र राताप्खू (सोत्तो)। अनि मात्रै हामी कुलुङ जातिका रूपमा स्थापित भएका हौं। त्यसपछि पनि हाम्रो जातिभित्र ३८० भन्दा बढी पाछा/उपपाछा (थर/उपथर) छन्। यही भएर कुलुङ–कुलुङबीच बिहाबारी चल्छ। राई जातिवालाले भने जस्तै राई जाति हो र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया आदि थर हुन् भने कसरी एकै थरका कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच बिहाबारी चल्छ?


राई भनेको नेपालको कुनै जाति नभएर भौगोलिक एकीकरणपछि शाह एवम् राणा शासकले किरातीहरूको एउटै भूमिलाई टुक्र्याएर स्थानीयस्तरमा तिरो–भरो उठाउने र पञ्चखतबाहेकका मुद्दामामिला मिलाउने अधिकार तथा ठेकीबेठीसहित दिएका पदवी वा पगरी मात्रै हो। ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ बाट भएको हो। कर्णाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’ भनिन्थ्यो। 


अझै पनि कसैले राई शब्दले विगतमा जेसुकै जनाए पनि जाति भनेर स्थापित गरायो, त्यसैले अब हामी यो शब्दलाई जाति नै मान्छौं भन्छन् भने त्यसमा हामी कुलुङहरूको आपत्ति हुनेछैन। तर, हामीले पनि आफ्नो स्वपहिचान ‘कुलुङ’ भनेर चिनिन र लेख्न–लेखाउन पाउनुपर्‍यो।

हुन त नेपालको भौगोलिक एकीकरणपछि राई मात्रै नभएर सुब्बा, मुखिया, देवान, पटवारी, गोवा, चौधराई, थरी, कारबारी, बैदार आदि पदको पनि सिर्जना भएको थियो। तर, यीमध्ये राई, सुब्बा, मुखिया, देवान, चौधराईका केही मान्छेले मात्र आफूले पाएको पदवीलाई जाति मानेका देखिन्छ। यिनमा पनि राईबाहेक अरूले आफूलाई जाति मान्न छाडेर आफ्नो असली जातीय स्वपहिचान लिम्बू, सुनुवार, याक्खा, थारू भनेर चिनाउन थालिसकेका छन्। 


अझै पनि कसैले राई शब्दले विगतमा जेसुकै जनाए पनि जाति भनेर स्थापित गरायो, त्यसैले अब हामी यो शब्दलाई जाति नै मान्छौं भन्छन् भने त्यसमा हामी कुलुङहरूको आपत्ति हुनेछैन। तर, हामीले पनि आफ्नो स्वपहिचान ‘कुलुङ’ भनेर चिनिन र लेख्न–लेखाउन पाउनुपर्‍यो। त्यसैले राई जातिवालाले कुलुङ लगायत अन्य किरातीलाई आफ्नो जाति मान्न दबाब नदिए हुन्थ्यो। 


जनगणनामा राई


राईकरणको मारमा परेका १६ खम्बुका सन्तानको चेतना पछाडि फर्किएन भने यसपालिको जनगणनामा राईको सङ्ख्या २०६८ को भन्दा आधै घट्नेछ। २०५८ को जनगणनामा ६ लाख ३५ हजार भएका राई २०६८ मा घटेर ६ लाख २० हजारमा झरेका थिए। त्यसबीच उनीहरूको जनसङ्ख्या १.२ वा १.३ प्रतिशतले मात्रै बढेको भए पनि १० वर्षमा सात लाख नाघेको हुनुपथ्र्याे। तर, यो सत्यतथ्य लुकाएर बसेका छन् राई जातिवालाहरू। 


हो, २०६८ को जनगणनामा कुलुङ लगायत १२ किराती जातिको स्पष्ट तथ्याङ्क आयो। तर, त्यसका लागि कूलू गुसखोख, आदिवासी किरात महासंघ लगायत किरातजन्य जातीय संघ–संस्थाका अगुवाले धेरै पापड बेल्नुप¥यो। किनभने, त्यस्तो तथ्याङ्क आउन नदिन राई यायोक्खाले अनेकौं हर्कत गरेको थियो। केन्द्रीय तथ्याङ्क विभागका तत्कालीन महानिर्देशक, जनसंख्या शाखा निर्देशक र अन्य शाखाका निर्देशकहरू यसको जानकार छन्। जनगणनामा कथित सूचीकृत ५९ जातिको मात्रै तथ्याङ्क आउनुपर्ने आशयको समाचार लेख्ने कान्तिपुर का पत्रकार तथा राई यायोक्खाका पूर्वसचिव गणेश राईलाई पनि धेरै कुरा थाहा छ। 


वास्तवमा राई जाति होइन भन्ने कुरा नेपालको भौगोलिक एकीकरणपछि वि.सं. १८३१ मा राई पद पाएका र सोही आधारमा भूमिसुधार ऐन लागू भएपछि राई लेख्दै आएका संखुवासभाको पाथीभरा, बाह्रबिसेका वनेम थरका लिम्बूहरू २०६६ मा राई त्यागेर पुनः आफ्नो असली जाति लिम्बूमै फर्किएबाट पनि प्रष्ट हुन्छ। त्यतिबेला योे समाचार नेपालका विभिन्न पत्रपत्रिका, एफएम रेडियो, टिभीमा पनि आएको थियो। 


स्मरण रहोस्, राई जाति हो कि पदवी मात्रै भन्नेबारे त्यो बेलाका ठूलो राई अर्थात् ५२ पगरीका राई खलकका छोरा, नातिहरू, जस्तै भोजपुरको दिल्पा–अन्नपूर्ण–नागी क्षेत्रका मुकारुङ, संखुवासभाका पाङमा र धुपुका लोहोरुङ तथा मेवाहाङ खलकको ५२ पगरीका राईका जेठा छोराहरू धरान, काठमाडौं लगायत अन्यत्रका शहर–बजारमा अझै भेटिन्छन्।

आफ्नो भाषा भन्दै बान्तावा भाषामा संस्थाको नाम ‘यायोक्खा’ राखेका राईहरूले आफूले नाच्ने चण्डी नाचको नाम चाहिँ चाम्लिङ भाषाबाट ‘साकेला’ राखेका छन्। आफूलाई पृथक् जातिको भन्ने राईले यायोक्खा र साकेलाको सट्टा आफ्नै मौलिक भाषाको नाम खोज्नुपर्दैनथ्यो? भोलि बान्तावा र चाम्लिङले आपत्ति जनाए भने उनीहरू के गर्छन्? 


अर्को प्रश्न, विगतमा ‘राई’ भएर तिरोभरो उठाएका वा राई पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई, कुमाल राई, रोकाया राई आदिले पनि आ–आफ्नै संघ खडा गरेर सम्बद्धता माग्न आएमा यायोक्खाले देला कि नदेला, दनुवारलाई फुटाएर ‘देवास राई’ भनी दिए झैं। ‘देवास’ भनेको दनुवारका कुलदेवताको नाम हो। 


सबै जातको फूलबारी भन्ने किताबमा डोरबहादुर विष्टले ‘... तिरो उठाउँदा जग्गाको नाप अनुसार नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो। जसले गर्दा थोरै जग्गा हुने राईहरूलाई मर्का पर्थ्याे। त्यसैले किपट प्रथा र राई पगरी वा पदवी खारेज हुँदा धेरैजसो राईहरू नै खुशी भएका थिए ...’ भनी लेखेका छन्। यो प्रसङ्गले पनि राईको पहिचान के हो भन्ने प्रष्ट पारेको छ।


सन् २००७ को आदिवासी दिवस कार्यक्रममा मैले ‘वास्तवमा राई जाति होइन, तर राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीको जातीय अस्तित्व मेटिन आँटेको छ’ भन्दा भोजपुर, बोयाका डा. शिवकुमार राईले ‘भाइ, तपाईंले साह्रै रामो प्रश्न उठाउनुभयो, किनभने भूमिसुधार ऐन आएपछि जग्गा–जमीन रैतीको नाममा सार्नुपर्ने भएकाले मेरा बाबु ठुलो राईले पनि म पो राई यी मेरा रैती÷ढाक्रेहरू कसरी राई भनेका थिए’ भन्ने कुरा गर्नुभएको थियो। 


स्मरण रहोस्, राई जाति हो कि पदवी मात्रै भन्नेबारे त्यो बेलाका ठूलो राई अर्थात् ५२ पगरीका राई खलकका छोरा, नातिहरू, जस्तै भोजपुरको दिल्पा–अन्नपूर्ण–नागी क्षेत्रका मुकारुङ, संखुवासभाका पाङमा र धुपुका लोहोरुङ तथा मेवाहाङ खलकको ५२ पगरीका राईका जेठा छोराहरू धरान, काठमाडौं लगायत अन्यत्रका शहर–बजारमा अझै भेटिन्छन्। उनीहरूलाई सोधे पनि थाहा हुन्छ, राई जाति हो कि पदवी भनेर। 


अन्त्यमा, राईलाई जाति मान्नेले जाति नै मानौं। त्यस्तै, राई जाति हुन नमान्नेलाई हुनैपर्छ भनी करबल, जोड र जबर्जस्ती पनि नगरौं। राई शब्दले तत्कालीन सामन्ती प्रथालाई प्रतिनिधित्व गरेको प्रष्टै छ, तैपनि त्यही शब्दलाई कसैले जातिका रूपमा स्थापित गर्नुपर्छ, मान्नुपर्छ भन्छ भने त्यो उसको आत्मनिर्णयको अधिकार हो। त्यसमा कुलुङ समुदायबाट कहिल्यै बाधाविरोध भएन र हुने पनि छैन। तर, राई जातिवालाहरूले पनि हामी (कुलुङ) लाई ‘कुलुङ’ लेख्न, लेखाउन र ‘कुलुङ’ जातीय स्वपहिचानले चिनिन बाधा–व्यवधान नगरून्, छेको नहालून्।


बुधबार, १२ जेठ, २०७८, २०:२२:०० मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/123692

प्लाज्मा थेरापीबारे कति धेरै भ्रम : धेरैले नबुझेको तर बुझ्नै पर्ने १० तथ्य

 https://www.mysansar.com/2021/05/43536/

प्लाज्मा थेरापीबारे कति धेरै भ्रम : धेरैले नबुझेको तर बुझ्नै पर्ने १० तथ्य

1.1kShares
facebook sharing button 715
twitter sharing button 357
pinterest sharing button
email sharing button
sharethis sharing button

अहिले फेसबुकमा धेरैले फलानो ब्लड ग्रुपको प्लाज्मा चाहियो भन्दै डोनर खोजिरहेका हुन्छन्। कोभिड-१९ लागेर निको भइसकेका व्यक्तिको खोजी गर्दै गरिने यस्ता अनुरोधहरु सामाजिक सञ्जालमा, मेसेजमा र ग्रुपहरुमा पनि प्रशस्त देखिन्छन्। अहिले दैनिक ७ हजारभन्दा बढी संक्रमित पहिचान भइरहेका छन्। सक्रिय संक्रमितहरुको संख्या ठूलो छ। त्यसैले अस्पताल पुग्ने गरी कोभिडले बिरामी बनाएकाहरु पनि धेरै छन्। उपचारमा भएकाहरुलाई ‘प्लाज्मा’ दिनुपर्‍यो भनेपछि बिरामीका आफन्तहरु यसरी सोसल मिडियामा सहयोग खोज्दै आउने हुन्। तर प्लाज्मा थेरापीका बारेमा धेरैले नबुझेका र बुझ्नै पर्ने कुरा धेरै रहेछन्। त्यसैलाई यहाँ समेट्ने प्रयास गरेको छु।

१) के हो Convalescent plasma therapy ?

पहिला अलिकति सैद्धान्तिक रुपमा कुरा बुझौँ। एउटा देशमा बाह्य आक्रमण भयो भने त्यो देशभित्रैका शक्तिहरुले त्यसलाई परास्त गर्छन्। त्यसैगरी कसैलाई संक्रमण भयो भने त्यो व्यक्तिको शरीरले एन्टीबडी बनाउन थाल्छ। त्यही एन्टिबडीले भाइरसको संक्रमणलाई हराइदिने हो।

कोरोना भाइरसको संक्रमण भएको मान्छेको जिउमा पनि त्यसैगरी एन्टिबडी शरीरले बनाउँछ। यो रगतमा हुन्छ। कोरोना लागेर निको भइसकेको मान्छेको रगतबाट प्लाज्मा निकालियो भने त्यहाँ भाइरसविरुद्ध लड्ने क्षमता भएको एन्टिबडी हुन्छ। अनि त्यो एन्टिबडीहरुलाई लिएर अर्को व्यक्तिलाई जसलाई संक्रमण भएको छ, उसलाई हाल्ने हो भने त्यही एन्टिबडीहरुले भाइरसलाई निस्तेज पारिदिन्छ भन्ने सिद्धान्त हो।

इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार ‘एक व्यक्तिको प्लाज्मा अर्कोलाई दिनु भनेको कुनै पनि देशको आर्मी पुलिसले काम गर्न सकेन भने संकटको बेला अरु देशको सेना पुलिस बोलाएजस्तै हो।’

२) यो नयाँ कुरा हो त ?

होइन। यो धेरै पहिलादेखि गरिँदै आएको विधि हो। इतिहास खोतल्ने हो भने त सय वर्षभन्दा अगाडि पुगिन्छ। अरु केही उपचार विधिका विकल्प नहुँदा एच१एन१, सार्स र इबोला रोगको बेलामा पनि प्लाज्मा चलाइएको थियो। कसैको शरीरले आफै एन्टिबडी विकास गर्‍यो भने त्यसलाई एक्टिभ इम्युनिटी भनिन्छ। उदाहरणका लागि भ्याक्सिनबाट एन्टिबडी बन्नु। तर जब मानिसले अरु कुनै व्यक्तिको एन्टिबडी प्लाज्माबाट लिन्छ, त्यसलाई प्यासिभ इम्युनिटी भनिन्छ।

३) यो प्रभावकारी छ त ?

कोभिड-१९ को उपचारका लागि यो प्रभावकारी भएको प्रमाणित भइसकेको छैन। यसलाई क्लिनिकल ट्रायलका लागि सुरुमा अनुमति दिइएको हो।

इबोलाको औषधी बनाउने टिममा समेत रहेका भाइरोलोजिस्ट डा. सुदीप खड्काका अनुसार यसको अनुसन्धानका लागि सुरुमा क्लिनिकल ट्रायलहरु अहिले उनी काम गरिरहेको अमेरिकाको मेयो क्लिनिकमा पनि भएको हो। औषधी, खोप लगायत सार्वजनिक स्वास्थ्यको विषयमा अमेरिकाको नियामक निकाय एफडीएले यो प्लाज्मा थेरापीलाई आपतकालीन रुपमा प्रयोग गर्न सकिने भनेर अनुमति दिएको थियो।

तर त्यहाँ पनि अहिले यसको प्रयोग खासै भएको छैन।

किन त ? त्यसका विभिन्न कारणहरुबारे डा. खड्काले यसरी बुझाए-

एउटा कारण हो, सबै जनाको शरीरले एउटै किसिमको एन्टीबडी बनाउँदैन। भाइरससँग शरीरले फाइट गर्दा कुनै धेरै प्रभावकारी हुन्छ भने कुनै कम प्रभावकारी हुन्छ भाइरसलाई न्युट्रिलाइजिङ (निस्क्रिय) पार्ने विषयमा।

संक्रमित भएर निको भएका सबै जनाको दिन गनेरै एउटा निश्चित समयमा नै निकाल्ने हो भने पनि सबै जनाको शरीरमा त्यही संख्यामा एन्टिबडीहरु हुँदैन। कसैकोमा धेरै हुन्छ, कसैकोमा कम हुन्छ। कसैकोमा निको भएको ५,७ दिन वा १० दिनमा नै कम भएको पाइएको छ, कसैकोमा चाहिँ दुई तीन महिनासम्म पनि धेरै भएको पाइएको छ।

प्लाज्मा संकलन त गरिन्छ तर त्यसमा एन्टिबडीको क्वालिटी (भाइरसलाई निस्तेज पार्न सक्ने न्युट्रिलाइजिङ एन्टिबडी) सबैमा एउटै मात्रामा हुन्न। यति नै हुन्छ भनेर त्यसको निर्क्यौल गर्न सकिन्न। यसका लागि रगतबाट प्लाज्मा लिएर त्यसमा न्युट्रिलाइजिङ एन्टिबडी कति छ भनेर क्वान्टिफाइ गरेर हेर्नुपर्ने हुन्छ। तर क्वान्टिफाइ गर्दा पनि समस्या हुन्छ।

टेस्ट गर्दा सबभन्दा सजिलो भाइरसको एउटा प्रोटिनमात्र लिएर त्यसलाई टेस्ट गर्नु हो। तर त्यसरी गर्दा त्यो र वास्तविक भाइरसलाई न्युट्रिलाइजिङ गर्ने क्षमतामा चाहिँ फरक हुनसक्छ।

सारमा भन्नुपर्दा प्लाज्मामा भएको एन्टिबडीले भाइरसलाई न्युट्रिलाइज गर्छ भन्ने कन्फर्म पनि हुन्न। कति छ निश्चित एन्टिबडी भन्ने थाहा पनि हुन्न। त्यसलाई टेस्ट गर्नै पर्ने हुन्छ।

४) नेपालमा कसरी सुरु भयो?

प्लाज्मा थेरापीको एकदमै चर्चा कान्तिपुरले एक वर्षअघि (२०७७ साउन १९) गते ‘प्लाज्मा थेरापीले जगायो आशा’ शीर्षकको समाचारपछि हुन थालेको हो।

समाचार अनुसार त्यतिबेला नेपालमै पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट ‘सफलतापूर्वक उपचार’ गरिएको थियो। ठाउँ थियो- त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज। एक ६० वर्षका संक्रमित चिकित्सक जो आईसीयूमा उपचाररत थिए, उनमा प्लाज्मा थेरापीपछि ‘उल्लेखनीय सुधार’ देखिएको समाचारमा उल्लेख थियो।

त्यो समाचारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीको यस्तो भनाई राखिएको छ- सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी सुरु भए पनि देशभरका १२ वटा निजी र सरकारी अस्पताल कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरु गर्न तम्तयार अवस्थामा रहेको छ।

यो समाचार आएको तीन सातापछि भदौमा परिषद्ले अपील निकालेर १५ वटा अस्पतालमा अब्जरभेसनल स्टडीका रुपमा अनुसन्धान भइरहेको जानकारी दिएको थियो।

नौ महिना भइसक्दा यस्तो अध्ययनको नतिजा के देखियो, साँच्चिकै यसबाट फाइदा भएको देखिएको छ कि छैन, भएको भए कति प्रतिशत सफल भयो, कति असफल भयो- कुनै पनि जानकारी परिषद्ले सार्वजनिक गरेको छैन।

५) विदेशमा अध्ययनको नतिजा के आयो त?

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार ‘कोभिडको बारेमा सबैभन्दा उपयोगी र भरपर्दो रुपमा गरिएको बेलायतको “रिकभरी” र अन्य केही ठूला ट्रायलहरूमा प्लाज्माको अध्ययन बीचैमा बन्द गरिएको थियो। किनभने कुनै पनि समूहका बिरामीलाई केही फाइदा देखिएन। अर्जेन्टिनामा गरिएको एउटा निकै सानो अध्ययनमा ६५ वर्ष माथिकालाई लक्षण शुरु भएको ७२ घन्टाभित्र एन्टिबडीको मात्रा धेरै भएको प्लाज्मा दिइएको समूहमा सिकिस्त हुने संभावना घटेको देखिएको थियो। तर त्यो अध्ययन बिचैमा बन्द गरिएको थियो, बिरामीको संख्या नपुगेर। अरू निकैवटा ट्रायलले फाइदा नदेखाउँदा नदेखाउँदै, र अधिकांशतः त्यसै ठिक हुने “माइल्ड” बिरामीलाई प्लाज्मा दिनुपर्ने त्यस्तो उपचार यहाँ व्यावहारिक छैन।”

उनले ट्विटरमा लेखेका छन्- “विश्वभर नै प्रमाण-आधारित चिकित्सा पालना गर्ने ठाउँमा सबै खाले कोभिडका बिरामीलाई प्लाज्मा दिने काम बन्द गरिसके।”

भारतको महाराष्ट्रमा भर्खरै (जनवरी २०२१ मा) गम्भीर बिरामीहरुमा गरिएको प्लाज्मा थेरापीको ट्रायल बीचैमा रोक्नुपरेको थियो। कारण मृत्यु दरको ठूलो संख्या र इन्टरभेसन आर्ममा क्लटिङ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले गरेको ४५० जना मध्यम अवस्थामा पुगेका बिरामीहरुको अध्ययनमा पनि यसले खासै प्रभावकारी नतिजा नदिएको उल्लेख थियो। त्यसैले उसले मध्यम र सिकिस्त बिरामी भएका बिरामी र बिरामी भएको १० दिनभन्दा बढी भइसकेका र जसको बडीमा इम्युनोग्लोबिन जी पहिल्यै छ, उनीहरुमा प्लाज्मा थेरापी नगर्न सुझाव दिन्छ। बाँकी रह्यो माइल्ड बिरामी,  त्यस्ता ९८ प्रतिशत बिरामी त आफै निको हुने महाराष्ट्रको महात्मा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका एसपी कालन्ट्री बताउँछन्। 

६) नेपालमा के छ अवस्था ?

अहिले नेपालमा प्लाज्मा दिनुपर्‍यो भन्दै बिरामीका आफन्तहरु हारगुहार गरिरहेको अवस्था छ। ती बिरामीका आफन्तहरुलाई यो कस्तो खालको उपचार हो भनेर बुझाइएको छ त?

यो तल राखिएको फाराम प्लाज्मा थेरापी दिनका लागि बिरामी वा आफन्तले भर्ने मञ्जुरीनामाको अंश हो।  यसलाई मैले यहाँबाट लिएको हुँ। यसको सातौँ बूँदामा Neutralizing antibody titters बारे जे लेखिएको छ, त्यो पढ्दा अचम्म लाग्यो। मैले त्यो बारे डा. सुदीप खड्कालाई जिज्ञासा राख्दा उनले भने,  ‘Neutralizing antibody कति छ भन्ने थाहा नभएको प्लाज्मा प्रयोग गर्नु र कति मिलिग्राम औषधिको क्याप्सुल हो थाहा नभएको प्रयोग गर्नु उस्तै हो।’

डा. अनुप सुवेदीले पनि ट्विटरमा लेखेका छन्, ‘नेपालमा प्रायः ठाउँमा प्लाज्मामा एन्टिबडीको मात्रा जाँच्न पनि पाइँदैन।’

डा. खड्का थप्छन्, ‘मर्न लागेको बिरामीलाई कसैले मात्रा थाहा नभएको औषधि खुवाउँदैन तर यहाँ प्लाज्मा भने मनपरी छ। Resistant virus variant बनाउने बाहेक अरु केही फाइदा गर्दैन यसले।’

जे कामका लागि प्लाज्मा दिनु पर्ने हो, त्यो नै हुने/नहुने निश्चित नभएको अवस्थामा रामवाण जस्तो गरेर बिरामीका आफन्तलाई किन भौँतारिएर प्लाज्मा खोज्न लगाइन्छ त? के प्लाज्माको प्रक्रिया चलाएर त्यसवापत आउने शुल्क असुल्नमा अस्पतालहरुको बढी ध्यान गएको हो त?

किनभने डा. सुदीप खड्काका अनुसार अमेरिकामा एफडीएको गाइडलाइनमा Minimum requirement नै high titer neutralizing antibodies against COVID-19 भनिएको छ। नेपालमा टाइटर साइटर मतलब नगरी जथाभावी प्रयोग भएकोमा उनी चिन्ता जनाउँछन्।

यो मञ्जुरीनामा पनि औपचारिकताका लागि मात्र होला। कति बिरामीका आफन्तलाई यो कुरा थाहा होला त? मैले सोधेका केहीले त निको हुन्छ रे, कोमललाई त निको भयो रे भन्ने मात्र बताए, अरु कुरा डाक्टरहरुले बुझाएका छन् जस्तो लागेन।

भारतको कुम्भ मेलाबाट फर्किएको केही समयमा गद्दी बिनाका राजा ज्ञानेन्द्र र उनको परिवारमा श्रीमती कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण पुष्टि भएको थियो। कोमललाई प्लाज्मा थेरापीबाट उपचार गरिएको समाचार मिडियामा आएका थिए।

स्वास्थ्यखबरमा वैशाख १७ गते प्रकाशित समाचार।

अहिले  त नेपालमा प्लाज्मा खोज्दै, संकलन गर्दै  मानिसहरुलाई दिइराखेको अवस्था छ। मान्छेको साइज अनुसार २ सय एमएल दिने हो कि ५० एमएल दिने हो कि, कति दिने हो, जति पाइन्छ त्यति दिउँ भनिरहेको अवस्था छ।

७) ‘अन्तिम अवस्थामा प्लाज्माले काम गर्दैन’

अहिले फेसबुकहरुमा आइसियुमा लानु पर्ने भो, लौ प्लाज्मा चाहियो भनेर पोस्ट गरेको पनि एकदम धेरै देखिएको छ। तर डा. सुदीप खड्का भन्छन्- ‘प्लाज्मा थेरापीले अन्तिम अवस्थामा सहयोग गर्दैन।’

किन त ?

उनले बुझाए, ‘किनकि पिक टाइममा पुगिराखेको बेला भाइरसको नम्बर यति धेरै भइसक्या हुन्छ शरीरमा कि बाहिरबाट ५० एमएल, १०० एमएल प्लाज्मा हालेर त्यसमा भएको अलि अलि एन्टिबडीले कामै गर्दैन। सुरुवाती चरणमै जसलाई जोखिम छ, उदाहरणका लागि भर्खरै मुटुको शल्यक्रिया गरेर बसेको मान्छे छ, अथवा क्यान्सरको बिरामी छ, उसलाई कोभिडको संक्रमण भएको छ भने गम्भीर रोग लाग्ने चान्स छ भने त्यतिबेला दिनु ठीक हो। उपचारै गर्ने भनेर दिनु चाहिँ उपयुक्त हैन।’

नेपालमा उपचारै गर्ने भनेर बिरामीका आफन्तलाई प्लाज्मा खोज्न लगाइन्छ। आत्तिएका आफन्तहरुलाई यस्ता कुरा के थाहा हुनु। मरता क्या न करता भन्ने हिन्दी उखान जस्तो सकेको गर्छन्, खोज्न।

उनी भन्छन्- ‘अहिले नेपालमा अलिकति गम्भीर समस्या देखियो कि प्लाज्मा चढाइदिइहाल्ने भन्ने मेन्टालिटीमा गइरहेको जस्तो छ सबैजना। तर त्यसो होइन। कतिमात्राको प्लाज्मा दिने भन्ने थाहा पाउन पहिला एन्टिबडी कति छ भन्ने निर्क्यौल गर्नुपर्ने हुन्छ।

सरकारी तवरबाटै एउटा नियम बनाएर यति न्युट्रिलाइजिङ एन्टिबडी चाहिन्छ, त्यही अनुसार एउटा निश्चित मापदण्ड पुगेका बिरामीहरुमा मात्र प्लाज्मा दिने भनेर एउटा नीति नै बनाउनु पर्ने सुझाव उनको छ।

८) ‘जथाभावी प्रयोगले नयाँ खाले भाइरस निस्कने खतरा’

भाइरोलोजिस्टका रुपमा डा. सुदीप खड्का यसरी जथाभावी प्लाज्मा प्रयोग गर्दा नयाँ खाले भाइरस निस्कने खतरा देख्छन्।

कसरी त ?

भाइरसको म्युटेसन भएर (स्वरुप परिवर्तन गर्दै)  नयाँ नयाँ भेरियन्ट बनिरहेका हुन्छन्। म्युटेसन आफै बिस्तारै हुँदै हुँदै जाने हो भाइरसमा।

म्युटेसनलाई बढावा दिने केही कुराहरु हुन्छ जसलाई हामी ‘सेलेक्सन प्रेसर’ भन्छौँ। अहिलेसम्म कोरोनाका जे जति भेरियन्टहरु देखिएका छन्, त्यो भन्या त केही पनि होइन त्यसका लागि।

किनभने संसार भरी जोजोलाई संक्रमण भएको छ अहिलेसम्म, ती मानिसहरुलाई अहिलेसम्म कोरोना भाइरसको संक्रमण कहिले भएकै थिएन। किनभने यो नयाँ खालको भाइरस थियो। यसको मतलब कसैलाई संक्रमण भयो भने त्यतिबेला भाइरसविरुद्ध कसरी लड्ने भनेर कसैको शरीरलाई थाहै थिएन।

त्यसले गर्दा भाइरस शरीरभित्र छिर्‍यो र मजाले आफूलाई रेप्लिकेट गर्दै नयाँ भाइरसहरु बनाउँदै शरीरमा फैलाउन पायो। यो त्यतिबेलासम्म भाइरसले गर्दै गयो, जतिबेलासम्म शरीरले भाइरसविरुद्ध  एन्टिबडी कसरी बनाउने भन्ने थाहा पाएन। त्यसैले त्यतिबेला शरीरमा सेलेक्सन प्रेसर परेन।

सेलेक्सन प्रेसर कस्तोमा पर्छ भने जतिबेला भाइरसमाथि दबाब पर्छ। जस्तो मलाई गत अक्टोबरमा एक पटक कोरोना भाइरस संक्रमण भइसकेको छ। अब फेरि मलाई फेरि इन्फेक्सन हुन लाग्यो भने सुरुमै सेलेक्सन प्रेसर हुन्छ।

डा. सुदीपका अनुसार अहिले यो प्लाज्मा जथाभावी रुपमा अलि अलि मात्र एन्टिबडीहरु भएको चढाइदिँदा आधामात्र काम गर्ने वा त्यसले भाइरसलाई न्युट्रिलाइजै गर्न त सक्दैन नै,  त्यो एन्टिबडीलाई जित्‍ने खालको नयाँ खालको म्युटेसन निस्कन्छ फेरि भाइरसको।

एन्टिभाइरलहरुको पनि त्यही हो। एन्टिबायोटिक्सहरुको पनि डोज पुर्‍याउनु पर्छ भनेको कारण त्यही हो। पिलो सुकेर गए पनि अर्को एक दुई हप्ता औषधी खानै पर्छ भनिन्छ। मात्रा पुर्‍याउनु पर्ने कारण त्यही हो।

यसमा चाहिँ मात्रा नै नपुर्‍याइकन, मात्रा कति हो भन्ने थाहा पनि नभइकन यसै हालिदिँदा  त्यसले आर्टिफिसियल रुपमा भाइरसलाई सेलेक्टिभ प्रेसर दिइरहेको छ। अहिले फैलिरहेको भाइरसविरुद्ध बनिरहेको एन्टिबडीहरु हामीले मात्रा नपुर्‍याइकन यत्तिकै हचुवाको भरमा दिँदाखेरी भाइरसलाई सेलेक्टिभ प्रेसर पुग्छ। अनि यसबाट स्केप हुने नयाँ खालको भाइरस निस्कने सम्भावना झन् धेरै हुन्छ।

बुझिने भाषामा डा. सुदीप बक्सिङ म्याचको उदाहरण दिन्छन्– कोरोना र मानवको लडाइँ एउटा बक्सिङ्ग म्याच जस्तो मान्ने हो भने हाम्रो प्रयास सटिक प्रहार गरेर नकआउट पार्ने हुनुपर्छ, तर अहिलेको जथाभावी प्रयोग भनेको सिकारु खेलाडीहरू पठाएर कोरोनालाई प्रशिक्षित गराएको जस्तो हुनजान्छ। सिकारुले एक–दुई मुक्का त हान्लान् तर कालान्तरमा उल्टो कोरोनालाई थप शक्तिशाली बनाउँछ।

सबैभन्दा ठूलो रिस्क यही हो।

उनी भन्छन्, ‘अहिले मलाई के लागिरहेको छ भने इन्डिया र नेपालमा अहिले निकै फैलिरहेको कुरामा- इन्डियामा पनि यस्तै हचुवाको भरमा धेरै प्रयोग भइरहेको थियो यसले गर्दा पनि नयाँ भेरियन्ट निस्केको हो कि भन्ने कुरा पनि एउटा शंका छ।’

९) के प्लाज्मा थेरापी ‘रामवाण’ हो त?

होइन। नेपालमा पहिलो केसमा उपचार सफल भयो तर त्यसलगत्तै यसको सफलताका कथा बुनिए। तर दोस्रो पटक प्लाज्मा चढाइएका व्यक्तिको मृत्यु नै भएको थियो।  धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरुमा प्लाज्मा दिइएका दुई जना बिरामीको पनि मृत्यु भएको थियो। चितवनमा पनि उतिबेला अर्थात् भदौमै प्लाज्मा चढाइएका बिरामीको मृत्यु भएको थियो।

अनलाइनखबरमा साउन २७ गते प्रकाशित समाचार

कति जनाको सफल भयो, कति जनाको असफल भयो? सफल हुने वा नहुने केसमा कति एन्टिबडीको मात्रा थियो, यो सब तथ्याङ्क राखेका छन् कि छैनन् मलाई थाहा भएन। तर उपचारका लागि हैन, अध्ययन र अनुसन्धानका लागि मात्र यो विधि सिफारिश गरिएका कारण त्यो सब तथ्याङ्क हुनुपर्ने हो। यसलाई सार्वजनिक गर्नु पर्छ।

प्लाज्मा थेरापी गर्दाखेरीको अर्को समस्या भनेको हतार हतारमा इमर्जेन्सी भनेर मान्छे ल्याएर रगत निकालेर त्यसको प्लाज्मा निकालेर बिरामीलाई चढाइदियो भने त्यसले समस्या निम्त्याउन सक्छ। किनभने त्यो प्लाज्मा दिने मानिसलाई एचआइभी एड्स वा हेपाइटाटिस सी लगायतका अरु भाइरस हुनसक्छ। त्यसको राम्रोसँग स्क्रिनिङ गर्नै पर्छ। नत्र सर्ने सम्भावना हुन्छ।

डा. सुदीपले इजिप्टमा १९९० को दशकमा भएको एउटा घटनाको उदाहरण दिए। त्यतिबेला हेपाटाइटिस सीको स्क्रिनिङ नगरी मान्छेहरुलाई प्लाज्मा चढाइएको थियो।  हेपाटाइटिस सीको चाहिँ इन्फेक्सन भएको पाँच सात वर्षपछि मात्र लक्षणहरु देखिन्छ। त्यसको आठ दश वर्षपछि त संसार भरी हेपाटाइटिस सीको सबभन्दा बढी संक्रमण भएको देश इजिप्ट बन्यो।

यी कुराहरुलाई ध्यानै नदिइकन एउटा पाटो मात्र हेरेर सबले आफ्नै हिसाबले हचुवाको भरमा उपचार गर्न थाल्यो भने पछि झन् ठूलो समस्या निम्तिएला भन्ने डर रहेको उनी बताउँछन्।

१०) जवाफ नभएका प्रश्नहरु

यो अमेरिकाको पब्लिक रेडियो नेटवर्क एनपीआरको वेबसाइटमा प्रकाशित समाचार हो। यो प्लाज्मा थेरापीसित सम्बन्धित विषय हो। एफडीएका प्रमुख Stephen Hahn ले पोहोर अगस्तमा प्लाज्मा थेरापी लिने १०० मध्ये ३५ जना बच्ने दावी गरेका थिए। जसलाई विज्ञहरुले भ्रामक भन्दै आलोचना गरेका थिए। त्यसपछि उनले माफी माग्नु परेको थियो।

खासमा एफडीएले प्लाज्मालाई आकस्मिक अवस्थामा मात्र प्रयोग गर्ने अनुमति त्यतिबेला दिएको हो।  नेपालको अनुसन्धानको नतिजा सार्वजनिक गरिएको छैन तर विदेशमा गरिएका अध्ययनहरुले कोरोना लागेको धेरै समय भइसकेको वा सिकिस्त वा मध्यम बिरामीलाई समेत फाइदा गरेको देखिएको छैन।

अध्ययनले खासै फाइदा नदेखेको, फाइदा देखिने सामान्य लक्षण भएकाहरु ९८ प्रतिशत आफै निको हुने भएकोले प्लाज्माबाट खासै फाइदा नभएको देखिएको छ। त्यसो भए किन अहिलेसम्म नेपालमा प्लाज्मा थेरापीलाई उपचारकै रुपमा जस्तो चलाउन खोजिएको छ त। किन सामाजिक सञ्जालमा प्लाज्माका लागि हारगुहार मच्चाइँदैछ त? के आधारमा चिकित्सकहरुले प्लाज्माका सिफारिश गरेका हुन्? के साँच्चै फाइदा नै हुने सम्भावना भएर सिफारिश गरेका हुन् त? नियामक निकायले यसबारे तत्काल नयाँ परिस्थिति अनुसारको गाइडलाइन बनाउनु पर्ने होइन र ?

 

2 comments to प्लाज्मा थेरापीबारे कति धेरै भ्रम : धेरैले नबुझेको तर बुझ्नै पर्ने १० तथ्य

Saturday, May 22, 2021

कति गुनी छन् कुसुम, गान्टे र रामगुवा?

 https://www.himalkhabar.com/news/123683

कति गुनी छन् कुसुम, गान्टे र रामगुवा?

कमल मादेन २७ मिनेट पहिले 18 Shares


सामान्यजनलाई मात्र होइन, वनस्पतिविद्लाई समेत कमै मात्र जानकारी भएको डायोइसी प्रजातिका यी वनस्पति कुसुम, गान्टे र रामगुवाको संरक्षण र व्यावसायिक खेतीबारे स्थानीय सरकारले चासो दिनुपर्ने देखिन्छ। 

कमल मादेन

गायक कुमार बस्नेतले गाएको ‘लप्सीको गेडो चुसेर, ज्यामिर–निबुवा साँधेर ...’ बोलको गीत त सुन्नुभएकै होला। लप्सी कत्तिको खाने गर्नुभएको छ कुन्नि? यो मध्यपहाडी भूभागका जङ्गलमा कतैकतै पाइने फल हो। यसमा एमिनो एसिड, मिनरल्स र भिटामिन सी प्रशस्त हुन्छ। यसबाट जाम, क्यान्डी, अचार आदि धेरै परिकार बन्छन्।

वसन्तको आगमनसँगै वनजङ्गलमा ‘काफल पाक्यो ... काफल पाक्यो’ भने जसरी चरा कराएको पनि त सुन्नुभएको होला। काफल पनि उपयोगी जङ्गली फल हो। त्यसै खान पनि मीठो हुने काफल दम, अल्सर, रक्तअल्पता, ज्वरो, पखाला, नाक, कान, घाँटी आदिको उपचारमा समेत प्रयोग गर्ने चलन छ। लप्सी र काफल दुवै उपयोगी फल हुँदाहँुदै पनि बिरलै रोपिन्छन्। कारण, तिनको रूखका भाले–पोथी छुट्टाछुट्टै हुन्छन्। फलका निम्ति रोपिने बोट नफलेसम्म पोथी हो कि भाले नछुट्टिने भएकाले त्यति रोप्ने गरिँदैन, जङ्गलमा आफैँ उम्रिएर हुर्केबढेका रूखहरूबाटै फल लिने गरिन्छ। 

विज्ञानमा भाले र पोथी छुट्टाछुट्टै बोट हुने वनस्पतिलाई ‘डायोइसी’ भनिन्छ। अमेरिकन जर्नल अफ बोटनी को वर्ष ८२ अङ्क ५ मा प्रकाशित ‘डायोइसी एन्ड इट्स कोरिलेट्स इन द फ्लावरिङ प्लान्ट्स’ (सन् १९९५) लेख अनुसार, फूल फुुल्ने वनस्पति ‘एन्जिओस्पम्र्स’ मध्ये करीब ६ प्रतिशत ‘डायोइसी’ छन्। यीमध्ये पनि रूख वर्गका वनस्पति बढी डायोइसी हुन्छन्।नेपालमा करीब ६५०० जति फूल फुुल्ने वनस्पति छन्। तीमध्ये पंक्तिकारको अनुमानमा ६०० जति रूख प्रजातिका छन्। अमेरिकन जर्नल अफ बोटनी मा प्रकाशित लेखलाई आधार मान्ने हो भने नेपालमा ३६ प्रजातिका डायोइसी रूख हुनसक्छन्।


गान्टेको फूल। तस्वीर : कमल मादेन

डायोइसी प्रजातिको सङ्ख्या कम त छँदै छ, भएकामा पनि रूखको सङ्ख्या झनै कम छ। अधिकांश वनस्पतिविज्ञहरू समेत रूख प्रजाति चिन्नसक्ने क्षमता कम राख्छन्। त्यसैले हामीकहाँ डायोइसी वनस्पतिबारे थोरै मात्र जानकारी छ। यो लेखमा झापाको जलथल जङ्गलमा भेटिएका फल खान हुने तीन थरी डायोइसी रूख प्रजातिबारे चर्चा गरिँदै छ। 

हामीमध्ये कतिले कुसुमको फल खाएका छौँ?

झापाको जलथल जङ्गलमा भने अर्कै थरी कुसुम पाइँदो रहेछ। विद्युतीय सञ्जालमा ‘बर्मिज ग्रेप’ भनेर खोजे प्रशस्त जानकारी पाइने यो कुसुमको वैज्ञानिक नाम ‘ब्याकुरिआ रेमीफ्लोरा’ हो। अघिल्लो र पछिल्लो कुसुम क्रमशः ‘सेपिन्डेसी’ र ‘फाइलेन्थेसी’ वनस्पति परिवारका हुन्।


कुसुुम।

बर्मिज ग्रेप उपनामबाटै अनुमान लगाउन सकिन्छ, यो बर्मामा प्रशस्त पाइनुुपर्छ र आकार अंगुर जस्तो हुनुपर्छ। जानकारहरूका अनुसार, जलथलमा यो फललाई आकार र स्वादका कारण कुसुम भनिएको हो।  नेपालमा बर्मिज ग्रेप इलामको गाँजाबारी र चितवन राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा राप्ती नदी नजिक पाइएको अभिलेख प्रकाशित छ।योे फलमा भिटामिन सी, प्रोटिन र आइरन प्रशस्त हुुन्छ। भारतको गुहाटी विश्वविद्यालयका विश्वदीप गगोईले सन् २०१७ मा ब्याकुरिआ रेमीफ्लोराबारे एन्नल्स अफ् प्लान्ट साइन्स जर्नलमा यो वनस्पतिका बोक्रा, पात, बिउ सबै औषधि बनाउन प्रयोग हुन्छन् भनेर लेखेका छन्।

यस्तै, मेघा राघवन र एमडी रामजनले जर्नल अफ मेडिसिन प्लान्टस् को वर्ष ६ अंक ३ मा ‘बर्मिज ग्रेपः अ प्रोमिसिङ फ्रुट क्रप फर फ्युचर जेनेरेसन्स्’ (सन् २०१८) भन्ने लेखमा यसलाई भावी पिँढीका निम्ति एक महत्त्वपूर्ण फल प्रजातिका रूपमा चित्रित गरेका छन्।बर्मिज ग्रेप फलको रसमा कार्बोहाइड्रेड, पानी, फाइबर, प्रोटिन, आस र लिपिड क्रमशः ५१.८, ३५.५, २०.४, ५.८५, ३.८४ र ०.७३ प्रतिशत हुन्छन्। सय ग्राम फलको रसमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, आइरन, क्याल्सियम, सोडियम क्रमशः ७३०, ५०४, १३२, १००, ७५ र ३५ एमजी हुने जनाइएको छ।

ब्याकुरिआ जातिका वनस्पति विशेषतः दक्षिण–पूर्व र दक्षिण एसियामा पाइन्छन्। यसका अहिलेसम्म ५० भन्दा बढी प्रजाति सूचीकृत भएका छन्। तीमध्ये नेपालमा एउटा मात्र प्रजाति पाइएको छ भने भारतमा तीन प्रजाति भेटिएका छन्। यो वनस्पतिबारे नेपालमा थप खोजबिन जरुरी छ।


गान्टे 

झापाको हल्दीबारी गाउँपालिकास्थित बडाबडी चोकभन्दा दक्षिणतिरको जङ्गलमा एउटा अर्को खान हुने फलका केही रूख भेटिएका छन्। रूखको मुख्य काण्डमै कटहर झैँ फल्ने डायोइसी प्रजातिको यो फल बेलभन्दा केही ठूलो हुन्छ। स्थानीय बासिन्दाले ‘गान्टे’ भन्ने यो वनस्पतिको फूल फुलेको बेलाको तस्बीर पंक्तिकारले चैत महीनाको अन्तिमतिर खिच्न पाएको थियो। बोटमा गत सिजनका एकाध फल पनि बाँकी थिए।

यो वनस्पतिको वैज्ञानिक नाम ‘गाइनोकार्डिया ओडोराटा’ हो। फूलको ओभरी अर्थात् अण्डाशयको आकृति महिलाको मुुटुको जस्तो हुने भएकाले यसलाई ‘गाइनोकार्डिया’ जाति र यसको फूलले निकै बास्ना दिने हुनाले ‘ओडोराटा’ प्रजाति नामकरण गरिएको रहेछ। गाइनोकार्डिया जाति अन्तर्गत गाइनोकार्डिया ओडोराटा भन्ने प्रजाति मात्रै छ। यो ‘एकारिएसी’ परिवारको वनस्पति हो।

डा. तीर्थबहादुर श्रेष्ठले सन् १९६९ मा इलामबाट सङ्कलन गरेको गान्टेको नमूना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीमा संगृहीत छ। जलथल जङ्गलमा चाहिँ गैरसरकारी संस्था फरेष्ट एक्शन नेपाल का अनुुुसन्धानकर्ताले गत साल फलेको अवस्थामा यो फल फेला पारेका थिए। 

गुहाटी विश्वविद्यालयका दीपज्योति कलिता र निलाक्शी देवीले गान्टेबारे ‘अ सर्ट रिभ्यु अन गाइनोकार्डिया ओडोराटाः अ पोटेन्ट मेडिसिनल प्लान्ट अफ आसम’ (सन् २०२०) लेखमा आसमको खाँसी समुदायले यो फलको बिउको अचार बनाउने उल्लेख गरेका छन्। अन्य विभिन्न लेखले यो वनस्पतिलाई खाने परिकारका निम्ति भन्दा बढी औषधि–उपचारका निम्ति प्रयोग गरिने जानकारी दिएका छन्। यो फलको धूलो माछा मार्न पनि प्रयोग गरिन्छ। 


गान्टे। तस्वीर : प्रतीक पाण्डेय

भारतको मेघालयमा फल पिँधेको धूलो ताजा घिउमा मिसाएर छालाका विभिन्न रोग निको पार्न प्रयोग हुने जनाइएको छ। बिउको तेल पनि छालाका रोग निको पार्न प्रयोग गरिने रहेछ।

अमलकुमार घिमिरे र अरूहरूले लेखेको ‘वाइल्ड इडिबल प्लान्ट्स अफ द इलाम हिल्स् एन्ड देयर मोड अफ युुज बाई द लोकल कम्युुनिटी’ (सन् २०१०) लेखमा यसको बिउ भुटेर पेलेर निकालेको तेल खान प्रयोग गरिने उल्लेख छ। चीनको तिब्बतदेखि मलेसियासम्म पाइने यो वनस्पतिको फलको सारतत्त्वलाई विभिन्न किसिमका ब्याक्टेरिया निर्मूल पार्ने, अल्सरबाट जोगाउने आदि प्रयोजनमा उपयोग गर्दा लाभदायी परिणाम दिने लेखिएको पाइन्छ। 


रामगुुवा

हिमालखबर मा १८ वैशाख २०७८ मा ‘जलथलमा कसरी जोगाउने दुर्लभ वन सुपारी रामगुवा?’ शीर्षकमा लिलानाथ शर्माको लेख प्रकाशित भएको थियो। डायोइसी प्रजातिको यो वनस्पतिको वैज्ञानिक नाम ‘हर्सफिल्डिया किङ्गी’ हो। यसको फल सुपारी जस्तै हुने भएकाले ‘वन सुपारी’ भनिँदो रहेछ। 


रामगुवा।

मेचे र राजवंशी समुदायले यसलाई रामायण का रामसँग जोड्छन्। रामले यो फल सुपारीका रूपमा खाएका थिए भन्ने किंवदन्ती पाइन्छ। त्यसैले यो रूखलाई ‘रामगुवा’ अर्थात् ‘भगवान् रामको सुपारीको बोट’ भनिँदो रहेछ।

इलाममा यो फल सुपारीका अतिरिक्त जाम र अचार बनाउन पनि प्रयोग गरिन्छ। हिमालखबर मा लेख प्रकाशित भइसकेपछि यो वनस्पति इलाम, मोरङ, तेह्रथुम, पाँचथरमा पनि पाइने जानकारी थपिएको छ। वनस्पतिविद् गंगादत्त भट्टले जानकारी गराए अनुसार, सिन्धुपाल्चोकको जलबिरेबाट १५ जेठ २०७५ मा सङ्कलन भएको रामगुवाको एउटा नमूना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा संगृहीत छ। 


कुसुुम।

संरक्षणको खाँचो 

डायोइसी वनस्पतिमा मौरी, पुतली जस्ता कीरा, चरा, चमेराबाट मात्र परागसेचन हुन्छ। त्यसैले भाले–पोथी रूख टाढा–टाढा छन् वा धेरै टाढा नभए पनि त्यस्ता जीव भएनन् भने परागसेचनको सम्भावना कम हुन्छ। परागसेचन नभएपछि पोथी रूखमा फूल फुल्ने र फल लाग्ने कुरै भएन।

जङ्गली फलका बोटबिरुवालाई एक ठाउँबाट अर्कोमा पैmलाउने काम स–साना स्तनधारी जनावर र चराचुरुङ्गीले गर्छन्। फल खाएपछि अर्कैै ठाउँमा बिस्ट्याउँदा तिनका गेडाबाट बिरुवा उम्रन्छन्। हिजोआज त्यस्ता जनावर र चराचुरुङ्गीको सङ्ख्या पनि घट्दै गएकाले पहिलेको तुलनामा डायोइसी प्रजातिका रूखहरू प्राकृतिक तवरमा पनि कमै मात्र फैलिएका छन्। जलथल जङ्गलमा पनि डायोइसी रूखका स–साना हुुर्कंदै गरेका बोटबिरुवा देखिएनन्।

हामीकहाँ डायोइसी वनस्पतिको पहिचान नै कम भएको छ। वनजङ्गलसँग प्रत्यक्ष सरोकार राख्नेहरू नै यसबारे बेखबर छन्। अब जिल्ला वन कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहहरूसँग सम्बद्ध व्यक्तिले यस्ता रूख प्रजातिप्रति चासो राख्नुपर्छ। सामुुदायिक वनका उपभोक्ताले आफ्नो वन क्षेत्रमा भएका डायोइसी रूख पहिचान गरी तिनको संरक्षण गर्नेतर्फ पाइला चाल्नुपर्छ। सरकारी निकाय र संरक्षणमा काम गर्ने संघसंस्थाले यस्ता फलको आधुनिक तवरले व्यावसायिक खेती गर्न के गर्नु आवश्यक छ, अध्ययन गर्नुपर्छ।


आइतबार, ९ जेठ, २०७८, ०६:४५:०० मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/123683

Thursday, May 20, 2021

48 मेगापिक्सल कैमरे, 6000mAh बैटरी के साथ आज लॉन्च हो रहा है शानदार फोन, 10 हज़ार से कम होगी कीमत

 https://hindi.news18.com/news/tech/poco-m3-pro-5g-launched-with-90hz-display-and-5000mah-battery-check-price-ndss-3594262.html

48 मेगापिक्सल कैमरे, 6000mAh बैटरी के साथ आज लॉन्च हो रहा है शानदार फोन, 10 हज़ार से कम होगी कीमत

Infinix Hot 10S में 48 मेगापिक्सल कैमरा दिया जाएगा.

Infinix Hot 10S में 48 मेगापिक्सल कैमरा दिया जाएगा.

Infinix Hot 10S: लॉन्च से पहले ही फोन के कुछ फीचर्स सामने आ गए हैं. फोन के ऑफिशियल रेंडर से पता चला है कि इसके फ्रंट में वॉटरड्रॉप नॉच मिलेगा.

  • SHARE THIS:
    इनफिनिक्स हॉट 10S भारत में आज (20 मई) लॉन्च होने के लिए तैयार है. फोन की लिस्टिंग फ्लिपकार्ट पर हो गई है, जिससे कि लॉन्च से पहले ही फोन के कुछ फीचर्स सामने आ गए हैं. फोन के ऑफिशियल रेंडर से पता चला है कि इसके फ्रंट में वॉटरड्रॉप नॉच मिलेगा. इसके अलावा ये भी कंफर्म हुआ है कि इसका डिस्प्ले 90Hz के रिफ्रेश रेट के साथ आएगा. साथ ही कीमत को लेकर कंपनी ने साफ कर दिया है कि ये 10,000 रुपये के अंदर आएगा. इससे ये माना जा रहा है कि इसे 9,999 रुपये की कीमत में लॉन्च किया जाएगा.

    मिलेगा 48 मेगापिक्सल कैमरा

    जानकारी के लिए बता दें कंपनी ने पिछले महीने इनफिनिक्स हॉट 10 प्ले लॉन्च किया था, जिसकी कीमत 8,499 रुपये रखी गई. कैमरे के तौर पर इस फोन में 48 मेगापिक्सल का प्राइमेरी कैमरा दिया जाएगा, साथ ही इसमें 2 मेगापिक्सल का डेप्थ सेंसर और AI कैमरा दिया जाएगा.
    ===========================================
    https://www.flipkart.com/infinix-hot-10-ocean-wave-128-gb/p/itm80ea670ef0bfc
    128GB 6GB RAM=10400 IC
    https://www.gsmarena.com/infinix_hot_10-10452.php

    Pricing

    64GB 4GB RAM₹ 10,180
    128GB 6GB RAM₹ 12,299