Thursday, June 18, 2020

निर्माणमा नवीनतम वैकल्पिक प्रविधि : अब पोलेको होइन नपोलेको इँटा

https://www.abhiyandaily.com/newscategory-detail/364085

निर्माणमा नवीनतम वैकल्पिक प्रविधि : अब पोलेको होइन नपोलेको इँटा

२०७६ चैत, ५   
प्रविधि
Image Not Found
चैत ५, काठमाडौं । वातावरणीय दृष्टिले राम्रो मानिने आगोले नपोलेर नै इँटा उत्पादन गरिने ‘असल इँटा पद्धति’ नेपालमा शुरु गरिएको छ । माटो, सिमेन्ट, रसायन ‘स्वाइल स्टेब्लाइजर’ र पानीको मिश्रणबाट मजबुत पारी इँटा तयार गरिने यो प्रविधि कोरियन कम्पनी इन्नोसिएसआरले भित्र्याएको हो ।    
   
आगोले नपोली उत्पादन गरिने इँटालाई ‘असल इँटा पद्धति’ भनिन्छ । जुन इँटा उत्पादनको क्षेत्रमा नवीनतम वैकल्पिक प्रविधि हो । यस प्रविधिमा ‘मेशिन’बाट माटो, सिमेन्ट, स्वाइल स्टेब्लाइजर र पानीको मिश्रण गरी मेशिनबाटै प्रेसर गरेर इँटा तयार गरिन्छ । नेपालमा गोरखामा पहिलोपटक गोरखा इन्नोटेक प्रालिले सन् २०२० को फेब्रुअरीमा इन्नोसिएसआरको असल इँटा पद्धति अवलम्बन गरी उत्पादन र विक्रीवितरण शुरु गरिसकेको बताएको छ ।    
   
आगोले इँटा पोल्नुपर्ने परम्परागत विधिका इँटाभट्टाको वातावरणीय तथा स्वास्थ्य समस्याको निराकरणका लागि यो प्रविधि भित्र्याएको इन्नोसिएसआरका वरिष्ठ बजार तथा विक्री व्यवस्थापक ओशिका न्यौपानेले जानकारी दिए । यस्तो प्रविधिबाट इँटा उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि हुने, धेरै अदक्ष कामदारको प्रयोग नहुने साथै इँटाको गुणस्तर उच्च हुने र परम्परागत इँटाकै मूल्यमा उपभोक्तासम्म इँटा पुग्ने उनले दाबी गरे ।    
   
यसको आफनै माटो परीक्षण गर्ने प्रयोगशाला भक्तपुरमा छ । कम्पनीको मुख्य उद्देश्य इँटा उत्पादनका क्षेत्रमा रहेका उद्यमीलाई इँटा उत्पादनको एउटा नयाँ वैकल्पिक प्रविधिको परिचय गराउने रहेको व्यवस्थापक न्यौपानेले बताए ।
इन्नोसिएसआर सन् २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरियालगायत मलेशिया, फिलिपिन्स, चीन र नेपालमा इँटा उत्पादनको क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याएको छ ।    
   
इन्नोसिएसआरले शुरुआती समयमा इँटा उत्पादनको अवस्था बुझ्न नेपालका विभिन्न क्षेत्रमा करीब १८ महीना माटोको परीक्षण सम्पन्न गरिसकेको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम लीले यस प्रविधिले इँटा उत्पादनको लागतमा कमी आउने, उत्पादकलाई वर्षैभरि उत्पादन गर्न मिल्ने र वातावरणीय तथा सामाजिक समस्याको समाधान गरी देश र जनतालाई योगदान पुग्ने बताए ।    
   
यस प्रविधिका लागि मेशिन र अन्य उपरकण भारतबाट ल्याइएको गोरखा इन्नोटेक प्रालिका सञ्चालक विकास श्रेष्ठले जानकारी दिए । 
इँटा उत्पादन गर्न उद्योग स्थापनाका लागि करीब रू.३ करोड लागत लागेको जानकारी गराउँदै उनले भने, ‘यस प्रविधिको इँटा बलियो र गुणस्तरीय छ, हामी विद्यमान इँटाकै मूल्यमा उपभोक्तालाई यो प्रविधिको इँटा उपलब्ध गराउने योजनामा छौं ।’
यस प्रविधिको इँटा बनाउन आवश्यक पर्ने माटो, सिमेन्ट र पानी नेपालमै उपलब्ध भए पनि स्वाइल स्टेब्लाइजर हाल कोरियाबाट आयात गर्नुपरेको सञ्चालक श्रेष्ठले बताए ।    
   
यस उद्योगको करीब २ करोड इँटा वार्षिक रुपमा उत्पादन गर्ने क्षमता हुन्छ । ललितपुरको पुल्चोकस्थित, इन्जिनीयरिङ क्याम्पसको निर्माण सामग्री परीक्षण प्रयोगशालाले असल इँटाको धेरै पक्षको प्राविधिक जाँच गरी यसको कडापन ‘१०ं एमपीए’ रहेको प्रमाणित गरिसकेको कम्पनीले बताएको छ । जुन निर्माणको गुणस्तरमा उच्च रहेको मानिन्छ । रासस

No comments:

Post a Comment